शनिवार, 7 मई 2011

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो
जे देख्छौ क्षितिजमा पढे पो हुन्थ्यो

आफ्नै सर्तमा तिमी बाँच्न त खोज्छौ -
दुनियासित पनि बरु लडे पो हुन्थ्यो
...
मञ्जुर थिएन यदि कसैको अन्ध अनुकरण
परिभाषा आफ्नै नया गढे पो हुन्थ्यो

बिरालोको घाटीमा त्यो घण्टी बाध्ने-
को छ खोइ - अघि बढे पो हुन्थ्यो

ठेस लागे अचानक उठ्छौ कुन्नि कसरी
था' पाउन कुनै दिन लडे पो हुन्थ्यो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ