शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ - "दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … " "अलि भाउ घटाइदेउन भाई । धेरै लैजान्छु नि । " "ल १० रुपैया घटाईदिन्छु । त्यो भन्दा बढि घटाउदिन अब । " "हया भाई के १० रुपैया मात्र घटाउने कुरा गर्या । ल १०० रुपैया भयो । त्यति भए लैजान्छु ।" "१०० रुपैयाले त हुदैन । हामीलाई पनि यसो नाफा चाहिन्छ नी । घाटामा बेचेर कसरी बाँच्ने हामी ? भैगो तपाई नलैजानुस । तपाई धेरै घटाउनुहुदोरहेछ । बरु अर्कैले लैजान्छ … " हुन पनि शकुन्तलादेवीले ३०० को माललाई १०० रुपैयामा किन्न खोजेपछि कुरा कहाँ मिल्थ्यो र । कुरा मिलेन । उनी रित्तै भुनभुनाउँदै पसलेलाई गाली गर्दै घर फर्किन । दुइ बर्षपछि…… शकुन्तलादेवीले आफ्नै पसल खोलिन् । एकदिन उही बजारको पसले साहु उनकै पसलमा छिरेछ । शकुन्तलादेवीले उसलाई चिनिन । अनि फेरी सामान किन्ने बेलामा विवाद यसरी भएछ - "साहुनी अलि भाउ घटाइदिनुसन । " "हुदैन भाई । यो भन्दा एक रुपैया पनि घट्दैन । यसको जति दाम छ त्यो भन्दा बढि त हामीले नै तिरेर ल्याउनुपर्छ । कसरी दिन मिल्छ त्यो भाउमा ?" "हैन साहुनी यसो मिलाएर दिनुसन । अलि अलि त घटाउन मिलिहाल्छ नी । यही पसलमा मात्र पाइन्छ भनेर झन आको । पछि फेरी बेलाबेलामा पनि किनिरहनुपर्छ । तपाईकै यसो मिलाउन पाए सजिलो हुन्थ्यो ।" "हुदैन भाई । लैजाने भए लैजानुस । नत्र एक रुपैया पनि घटाएर दिन मिल्दैन । " धेरै बेरसम्म पनि भाउबारे कुरा नमिलेपछि भुनभुनाउदै त्यो पसले साहु त्यहाँ बाट निस्केर जान बाध्य भयो । |
रविवार, 22 मई 2011
एैचोपैचो
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ