शनिवार, 7 मई 2011

सिस्नो

बिहानको ठीक सात बजे भनेको तर आठ बजे सहिदगेटबाट एक हप्ताको लागि "नारी कानुनी साक्षरता" तालिमको निम्ति हाम्रो समूह वातानुकूलित सुविधा सम्पन्न विदेश वसमा नगरकोट हुँदै शिवपुरी डाँडातिर लाग्यो ।
हामी हाम्रो देशका पहाडका श्रृङ्खला, खोलानाला, चाँदीजस्ता हिमशिखर आदिका प्रकृतिक सुन्दरताको अवलोकन गर्दै घर-व्यवहारको तनावलाई बिर्सिदै गइरहेका थियौं । दुई-तीन घण...्टाको यात्रापछि सुन्दर हरियो पहाड र जङ्गलले हामीलाई स्वागत गरिरहेको ठाउँमा पुग्यौँ ।
बैशाख महिनाको मध्यदिनमा पनि त्यहाँ सिरसिर चिसो हावा चलेको थियो जसको र्स्पर्शले हाम्रो तनमनलाई शीतल र आनन्दित तुल्याइदियो । हामीलाई एउटा कोलाहलपूर्ण दुर्गन्धित वातावरणबाट एकैचोटी र्स्वर्गमा पुगेजस्तो अनुभव भयो ।
त्यहाँ हामीलाई गा.वि.स.का अध्यक्ष र केही शिक्षकहरूले जङ्गली फूलका गुच्छा दिएर स्वागत गरे । हामीलाई अध्यक्षले आफ्नो घर नजिकको चौरमा टहराजस्तो ढड्डीले बनाएको, आकर्ष परालले छाएको एउटा छाप्रोमा लगे ।
भुइँमा टम्म पारेर काठमा फल्याक ओछ्याइएको थियो । त्यसमाथि आधुनिक कार्पेट आछ्याइएको थियो । एउटा कुनामा डनलपका ओछ्यान, सिरानी, तन्ना र सिरकलाई चाङ मिलाएर राखिएको थियो ।
झ्यालबाट र्सर्रर हावा आइरहेको थियो । त्यहाँबाट वनजङ्गलको प्राकृतिक दृष्य र मध्यदिनको घाममा मोतीजस्ता टल्किरहेका हिमश्रृङ्खलाहरू प्रष्टै देखिन्थे ।
हामी सबैजनाले आ-आफ्ना झोला बिर्साई आराम गर्यौँ ।
त्यसपछि हामी हातमुख धोएर फ्रेश हुन प्राकृतिक पानी बगिरहेको पँधेरोतिर गयौँ जहाँ पँधेरोसँगै आधुनिक तरिकाबाट परालले छाएको नुहाउने बाथरुम पनि थियो । अर्को सँगैको कोठामा आधुनिक किसिमबाट बनाइएको कमोड राखिएको शौचालय रहेछ ।
हामीले यात्राको शारीरिक थकानलाई केही छिन आराम गरी मेटायौँ । हामीलाई केही समयपछि लञ्च खानको लागि बोलाइयो । त्यहीँको चिसो पानीको मसिनो चामलको भात, पहाडी कुखुराको मासु, त्यहीँ पाइने बोडीको दाल, ताजा सागो तरकारी, शुद्ध घ्यू,, दही जस्ता धेरै परिकारका खाना अति मीठो मानी स्वाद लिईलिई खायौँ ।
सहरका अनेक रासायनिक मलबाट कृत्रिम रूपले उब्जाइएको खाँदाखाँदा वाक्क भइरहेका हामीहरूलाई त्यस्तो खाना, चौरासी व्यञ्जनभन्दा मीठो लाग्यो । केहीक्षणपछि हामी तालिम दिइने ठाउँ निरीक्षण गर्न गयौँ । त्यसबेला हामीलाई रमाइलो गोधुलीको प्रकृति अवलोकन गरेजस्तो लाग्यो ।
हामीले भोलिपल्ट बिहान एघार बजेदेखि चारबजेसम्म एक हप्ताको तालिम दिने कार्यक्रमको सूची यार पार्यौँ । तालिमका उद्देश्यहरूमा महिलालाई संविधानमा भएका अधिकार र कर्तव्यबारे जानकारी गराउने, महिला -पुरुष बीच समान अधिकारबारे जानकारी दिने, महिलालाई सम्पत्तिको अधकिारबारे बताउने र सबै किसिमका शोषणविरुद्ध सक्रिय बनाउने, नारी चेतना जगाउने आदि थिए । यिनै विषयमा छलफल गर्नुथियो ।
भोलिपल्ट बिहान हामी कार्यक्रम स्थलतिर गइरहेका थियौँ, मेरा आँखा सात-आठ महिनाको बच्चा पिठ्यूँमा बोकी चिम्टाले सिस्नो टिपिरहेकी एउटी महिलामा परे । मेरो मुखबाट प्याच्च निस्कियो - "सिस्नोको तिहुन असाध्यै मीठो र फइदा गर्ने हुन्छ भनेको सुनेकी थिएँ ।"
मेरो कुरा सुनी अध्यक्षले भने - तपाइँहरूलाई खान मन लागेको छ भने भोलि नै सिस्नु टिपी तिहुन बनाउन लगाउनेछु ।"
साँच्चै भोलिपल्ट बिहानको खानामा अध्यक्षकी श्रीमतीले असाध्यै मीठो सिस्नोको तिहुन बनाएर ख्वाइन् । सबैले अति मीठो मानी थपीथपी खाए ।
तालिम अवधिमा भातसँग कहिले पहाडी बोकाको मासु, कहिले बँदेलको मासु त कहिले जङ्गली कालिजको मासुसहित शुद्ध दूध, घ्यू, भातदाल र सागसब्जीसँग मीठो खानाको खुब स्वाद लियौँ । एक हप्तापछि हाम्रो कार्यक्रम रमाइलोसँग र सफलतापूर्वक सकियो ।
तालिम सकिएपछि हामी स्वच्छ वातावरणबाट फेरि दूषित ठाऊतिर फर्किन बाध्य थियौँ । तालिम अवधिको हप्ता हामीलाई कुनै पाँचतारे होटलको भ्रमणमा बिताएजस्तो लाग्यो ।
साँच्चै भनुँ भने हामी घरका सबै तनावबाट मुक्त भएका थियौँ । त्यहाँका गाउँलेको आतिथ्य, सेवा-सत्कार देखि हामी धेरै प्रभावित भयौँ । स्वच्छ, शान्त प्राकृतिक वातावरणमा हामीले आफ्ना सबै दुःख बिर्सेंका थियौँ ।
त्यस कार्यक्रममा सहभागी हामी सबै महिलाहरू शिक्षित। सम्पन्न, ठूलाबडा ओहदाका व्यक्तिका श्रीमतीहरू थियौँ । हामी सबैका घरमा अनेक आधुनिक सुखसुविधयुक्त वातावरण भए पनि त्यहाँको प्राकृतिक वातावरणबाट हामी सबै मोहित भएका थियौँ । थोरै दिनहरूको सुखद अनुभव बटुली हामी फर्किन गाडीमा चढ्यौँ । अध्यक्ष लगायत त्यहाँका सबै सहभागी गाउँले महिलाहरूका साथै हरिया पहाड र जङ्गलले पनि हामीहरूलाई अन्तिम अभिवादन गरी बिदा दिए । गाडी विस्तारै गुड्यो ।
आधा घण्टा अगाडि बढेपछि मेरा आँखा अचानक त्यही पिठ्यूँमा बच्चा बोकीएउटा ठूलो ढुङ्गामाथि बसेकी पसनाले निथु्रक्क भिजेकी महिलामा परे, जसलाई हाम्रो यात्राको पहिलो दिन पनि मैले त्यस भेकमा देखेकी थिएँ । भोकप्यासले उसका ओठहरू कलेटी परेका थिए र ऊ सिकुटे बच्चालाई आफ्ना सेप्रिएका दूधका लाम्टा चुसाइरहैकी थिई ।
यसो घडी हेछु, दिनको बाह्र बजिसकेको रहेछ । यी महिला हिडेर कुनबेला घर फर्किने हुन् - कुनबेला सिस्नोको तिहुन पकाएर खाने हुन - कति भोक लागेको होला - मलाई यी महिलाको साह्रै माया लागेर आयो ।
हामी त्यहाँ महिला विकास समितिबाट हजारौँ रूपैयाँ खच गरेर गएका थियौँ । हठात् मलाई लाग्यो, हामीले अन्जानमा गरिब महिलाहरूको छाक नै हरेका रहेछौँ ! मैले स्वाद मानी खाएको सिस्नोको तिहुन अकास्मात तीतो अनुभाव भयो । महिला शोषणका विरोधमा त्यहाँका महिलालाई चेतना दिन पुगेका थियौँ हामी, सायद उल्टो हामीबाट नै उनीहरू शोषित छन् !
हामी तथाकथित शिक्षित, सम्पन्न ठूलाबडाका श्रीमतीहरूका सोखका लागि सिस्नोका धेरै झाडीहरू नष्ट भए होलान् । हामीलाई खुसी पार्न त्यो अध्यक्षले कतिको पेट काटी खाद्य सामग्री जुटायो होला ! गरिबहरूको आहार हामीले खोस्यौँ । मनमनै मैले यस्तै साचेँ र दुखित भएँ ।
मलाई यसैयसै आत्मग्लानी भयो । हामीलाई सत्कार गरेबापत उसलाई कति हजार फाइदा भयो होला कुन्नी ! अन्जानमा नै हामी त गरिब नारीको रक्षक होइन भक्षक भएछौँ ।
हाम्रो बसभित्र कोही खुसी भई गीत गाइरहेका थिए । कोही मासुको स्वादको बयान गरिरहेका थिए । कोही शुद्ध घ्यू, दूध, सागसब्जी सम्भिmरहेका थिए । कोही मानौँ केही दिनको स्वर्गीय आनन्दको अनुभूति लिई आँखा चिम्ली बसिरहेका थिए । कोही भत्ताको राशीबाट सारी र गहना किन्ने, रेष्टुराँमा खान जाने कुरा गरिरहेका थिए ।
म भने आत्मग्लानीबाट थकित भएको अनुभव गरिरहेकी थिएँ । कहिले घर पुगूँ र यो पीडाबाट मुक्त हुन गहिरो न्रि्रामा डुबूँजस्तो लागिरहेको थियो ।

कथा पहेंलो गुलाफ

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ ।कस्तो खाली हो म आफैं पनि जान्दिन । म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत । मलाई टी.बी. भएको रहेछ । हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेट...ोरियाममा छु । धेरै भइसक्यो मेरो छातीको एक्स-रे गरेको, डाक्टरले भन्थ्यो, मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे । साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती र्झन मात्र बाँकी छ । मैले उहाँसित मेरो एक्स-रे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले हुन्छ हुन्छ भन्दै अझसम्म मलाई त्यो देखाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे । ओह, मलाई आश्चार्य लाग्छ, किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ, अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु नि ! यो थूकसित लत्पतिएको रगत, यो कुहिएको, फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिउFm, कति घाटा परू ! उहाँले मलाई कति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ, सधैं मेरा अगाडि आएर घन्टौं घन्टमैं बसिरहनुहुन्छ । मलाइ कत्रो भयंकर सरुवा रोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन र - तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न । झन् एकै पलङमा मसित च्यापिएर बस्नुहुन्छ । मलाई उहाँको ज्यादै पीर लाग्छ, कतिचोटि उहाँलाई मैले आफ्नो नजीकबाट हटाइसकें, उहाँ मान्नुहुन्न, म के गरूँ ! हिजै पनि उहाँले कस्तो काम गर्नुभयो, सम्झँदैमा मेरो मुटु अझै थर्र थर्र काम्छ । उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दा बस्दै मलाई एकतमासको खोकीले च्याप्यो, मुटु थर्केर बाहिर निस्किएला जस्तो भएको थियो मेरो, अनि उहाँ कति डराउनुभएको थियो त्यस बेला । खोक्दा खोक्दै रगतको सानो ढिका थुक र र्यालसँग लटपटिएर मेरो चिउँडोभरि पोतियो, मलाई आफ्नै शुर थिएन, पछि पो थाहा पाएँ उहाँले आफ्नै रेशमी रुमालले त्यो थुक र र्याल थाप्नुभएछ । म छक्क पर्छु ुहाँको लापर्वाही देखेर कस्तो केटाकेटी जस्तो मान्छे ! अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्कियो, फोहरले कट्कटिएको । त्यही रुमाल किन चलाउनुपथ्र्यो, मेरै मुख पुछ्ने भुवादारी रुमाल पलङनिरै स्ट्याण्डमा झुण्डिएकै थियो नि । कति राम्रो थियो त्यो रुमाल, प्याजी रङको प्योर सिल्कको, मैले नै एकचोटी उहाँलाई किनेर दिएको, कति खुशी हुनुभएको थियो त्यो रुमाल पाएर । मलाई प्याजी रङ चौपट्टै मन पर्छ, मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन् । प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रशन्नता लाग्छ, त्यसै उहाँ जिस्क्याउनुहुन्थ्यो - तिमीलाई त प्याजी रङको टबभित्रै पो संधै डुबाइराखुँ कि ! त्यतिमात्रै होइन, उहाँ मेरो प्रसन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ । रमा मेरो ड्राइङरुमअगाडि दूवोको चउरभरि उहाँले प्याजी रङका जर्भेराहरू लगाइदिनुभएको छ, म घण्टौं घण्टौं ती प्याजी फूलहरूको बीचमा बसेर साँझका रमाइला बादललाई हेरिरहन्थें । कति आनन्द लाग्थ्यो त्यो गर्न मलाई । अहिले आठ महिना भइसकेको छ । म यहाँ छु, ती फूलहरूको स्याहार कसले गरिदिँदो हो । ती प्याजी जर्मेरा ! प्याजी रुमाल ! ओह ! कसरी फोहरमा कक्रिएका । मेरो फोक्सोका किराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान । छि : धोएर पनि के गर्नु त्यो रागी रुमाल, त्यसैले मैले फोहर मिल्काउने भाँडोमा हालिदिएँ । उहाँ मलाई कति माया गर्नुहुन्छ, म परि लगाउन सक्तिन । मलाई थाहा छ त्यो माया मभित्र व्याप्त छ, मेरो एकएक नसामा त्यसले जरा गाडिसकेको छ, त्यसबाट मुक्त हुन म कहिल्यै सकुँला म खुशी छैन, अझै पनि यो कस्तो माया हो जसमा सन्तोषको सानो लेश पनि म भेट्न सकिँन । यतिको माया पाएर पनि म खाली-खाली छु । यो खाली सायद कहिल्यै भरिँदैन । दुई मपिनासम्म म ज्यादै थलिएँ, अहिले अलि सञ्चो छ, तर के ! टी.बी. का कीराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्, त्यहाँ त खाली झ्वाङप्वालमात्रै होलान् । कहिलेकाहीं मलाई छातीभरि मुटुभरि बतास छिरेजस्तो लाग्छ, त्यसैले मभित्र हावै हावामात्र छ, हावा भरिएको बेलुन । मेरो फोक्सोको झ्वाङप्वाल च्यातिएर ठूलो प्वाल भइसक्यो, सिंगै आकाश अटाउन सक्छ यहाँ, एउटा रित्तो आकाश । के गर्नु रित्तिनुमात्र त रहेछ नि, जति भर्यो उति रित्तियो ।

९ असार
उहाँ आउनुभयो । संधैंको जस्तो आज पनि आफैंले अनार छोडाउनुभयो र रस निचोरेर गिलासमा खन्याउनुभयो । मलाई खान मन थिएन, गिलासतिर मैले हेर्दै हेरिँन, उहाँको कुरामा पनि साथ दिइनँ । मेरो मन हिजोदेखि उदास उदास थियो, चल्न बोल्न मन थिएन । केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनुभयो । मैले सुन्दै सुनिनँ । आखिर उहाँले नै जवरजस्ती मेरो टाउको समातेर गुलाफी झोल मेरो मुखभित्र खन्याइदिनुभयो । मुखमा लागेको अनारको च्याप-च्याप झोल मैले राम्ररी पुछ्न पनि पाइन एक्कासी गोहीका तिखा दाह्राले मेरो ओठलाई पर्याम्म चपाए, रन्थनिएँ, ओठबाट कति रगत र किराहरू निस्के मैले थाहा पाइँन, म बेहोश भइछु । अहिले दुई घण्टाअगाडिमात्रै पो म बिउँझें, खोइ, उहाँ त गइसक्नुभएछ - पानी परेकोले हो कि ! ऊ अझै पानी दर्कदैछ । यो पानी अब रातभर थामिदैन । ऐया : यो मेरो पाखुरा किन यसरी दुखेको, बेस्सरी बटारेको जस्तो भइरहेको छ । ए, बिहान डाक्टरले पनि यसैमा इन्जेक्शन दिएको थियो क्यारे । त्यहाँ स्ट्याण्डमा के त्यो - मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ । यस्तो पानीमा वर्षाती पनि लगाउनभएको थिएन । यो कोट मेरो चोलोमाथि; मेरो सेतो चालो मेरै रगत हराएको मुखजस्तो सेतो थाङ्नो, तैपनि उहाँ मलाई उत्तिकै माया गनुहुन्छ; पहिलेको जस्तै होइन, अझ बढ्ता, पहिलेकाभन्दा पनि बढ्ता । ओह, उहाँको सुम्सुम्याइमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ । मेरो ओठभरि अघि उहाँल लगाइदिएर जानुभएको थूक अझै लपक्क भिजेको छ ।

१२ असार
दुई दिनदेखि केही लेख्न सकिनँ । लेख्न सकिनँ के भन्नु लेख्न पाइनँ, फुर्सतै भएन । यी तीन दिन उहाँले एक मिनेटको लागि पनि मलाई कहीं छोड्नुभएन, म बाँधिएर बसिरहें उहाँको जब्बर अँगोलोभित्र । म रोगी, त्यही पनि क्षयका कीराले ध्वस्त पारिसकेका, त्यति उम्कन सक्ने बल कहाँ पाउनु मैले ।
यो गुलाफको बोट, पातहरू कति चम्केका ! हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ । म यहाँ बस्न आएदेखि नै यो गुलाफको बोट यहीं छ, तल पोर्टिकोदेखि पस्रेर आएका यसका दुई लहरा मेरो कोठाको झ्यालमा संधैं यसैगरी तत्रिरहन्छन् । मजस्तै रोगी छ यो गुलाफको बोट, पहेंला फूलमात्रै फूल्छन् । त्यसैले यसको मलाई माया लाग्छ, म यसको पातमा एउटा झुसिल्कीरा पनि बस्न दिन्नँ, देखेको बेला एक दुई वटा झुसिल्कीरा सधैं टिपेर फ्याँकिदिन्छु । अहिले त धेरै नै पहेंला कोपिलाहरू बोटमा लागेका छन् । फक्रेपछि झ्याल पहेंलै हुन्छ । पहेंलो हाम्रो एउटै समवेदना ।
अहिलेसम्म उहाँ आउनुभएन । मेरोझर्को लाग्ने बानी, अलिकति अबेर भए पनि पट्याइ लाग्छ । अब त मलाई उहाँकै प्रतीक्षा छ, खाली उहाँकै ।
उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात, चिसो ओठ मेरो रोगको एउटै सान्त्वना । त्यसैबाट त उहाँले मलाई सन्तोष दिन खोज्नुहुन्छ । यही यस्तै हात र ओठको सन्तोष चारवर्षेखि उहाँले मलाई दिँदै आउनुभएको छ । म थाकिसकेकी छु, बिल्कुलै थाकिसकेकी छु, यी सन्तोष्हरूबाट । उहाँ भने अझै थाक्नुभएको छैन । उहाँभित्रको अर्को पुरुष अझ उहाँभन्दा पनि बलियो र सशक्त छ उहाँ मलाई माया गर्नुहुन्छ । उहाँ मलाई माया गर्नुहुन्छ, मेरो हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ । उहाँ मलाई चाट्नुहुन्छ, बिरालोले बच्चालाई चाटेजत्तिकै, तर उहाँलाई पत्तै हुँदैन । उहाँभित्रको सशक्त पुरुष ढाडे बिरोलो जत्तिकै निर्दयी भएर मलाई लर्छार्छ, पर्छार्छ, भुत्ल्याउँछ । हाम्रो विवाहको चार वर्षेखि एक सरह एकनासले विभिन्न तरीकाले उहाँले मलाई माया गर्दै आउनुभएको छ, तर उहाँलाई के पत्तो उहाँको त्यस सुमसुम्याइमा म कति बिथोलिएकी छु, कति नाङ्गिएकी छु । विवाहको पहिलो रातमै आफूलाई उहाँमा समर्पित गरिदिएँ । त्यस बेला मेरो आँखामा कति सपना भरिएका थिए । उहाँलाई पाएर मलाई र्सवस्व पाए जस्तो लागेको थियो । उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन बरु पोखरीझैं आफूभित्रै जमेर बस्न खोजेकी थिएँ । उफ्, उहाँ त बेगवान पुरुष हुनुहुन्थ्यो । एउटै जोसमा बग्नुभयो, मलाई पनि बगाउनुभयो । माया गर्दै उहाँले मेरो अन्तर वाह्य दुवैलाई मथेर पानीजस्तै पातल्याउनुभयो । म बगें । मलाइ बग्न कर लाग्यो - बाटो उहाँले खोलिदिनुभएकै थियो । उहाँ लोग्नेमानिस हुुनुहुन्छ, म स्वास्नीमान्छे, यो बाहेक अरु सबै उहाँले बिर्सनुभयो, किनभने म एउटी लोभलाग्दी सिंगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि ! त्यतिकैमा उहाँ सन्तुष्ट हुनुभयो । उहाँ लोभी स्यालजत्तिकै ममाथि खनिनुभयो र मेरो आदर्शको तहलाई उप्काइदिनुभयो । त्यहाँदेखि म कागतीझैं उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु, चुइङगमजत्तिकै उहाँको तातो थूकमा पग्लिएकी छु । अब त के छ र मसित ! खालि राम्रो रबड मात्रै न हो, जति चुसे पनि, टोकेर क्याच-क्याच पारे पनि एक थोपा रस निस्कने होइन । ओह ! गुलाफको पातमो फेरि झुसिल्कीरा आएछ । जति फ्याँके पनि कता कताबाट रगरगाउन आइहाल्छ । यी कोपिलाहरू फक्रन नपाउँदै झुसिल्कीराले पातलाई चलनी पारिदिने हुन् कि ! दुई दिनपछि त फक्रलान् । मेरो औषधि खाने बेला भएछ, डाक्टर आउँछ अब । ऊ डाक्टर ! छि कति खानु औषधि पनि एउटामात्रै हो र तरह तरहका । डाक्टर गयो रित्तो औंस लिएर, अर्को कोठमा पुगेपछि उसले फेरि त्यो औंसलाई औषधिले भर्छ, फेरि रित्याउँछ । म पनि त्यही रित्तो औंस हुँ, खाली, केही नभएको रित्तो । भएको जति सबै उहाँले नै सिध्याउनुभइहाल्यो । यताउता लागेको खारखुर पनि सोहोरिइसकेको छ । साँच्चै यी चार वर्षभत्रमा उहाँ अलिकति पनि घाटामा पर्नुभएको छैन । घाटा म पो परेकी छु, भएको जति सबै सिध्याएर आखिर क्षयका कीरालाई आफ्नो जीवभरि पालेर मृत्युलाई कुरिरहिछु । उहाँलाई त के छ र ! झन् नाफै नाफा छ, लोग्नेभन्दा पनि बढी उहाँ एउटा चतुर घिउपसले सावित हुनुभएको छ, तै पनि उहाँलाई ममाथि दया उठ्दैन । मसित यो झिनो जी र कुहिएको फोक्सोबाहेक अरु के छ र, अझै के लिन आउनुहुन्छ यहाँ -
टी.बी. भएको सुनेर मलाई दुःख लागेन बरु खुशी लाग्यो । मैले सोचेकी थिएँ कमसे कम यो यतनाबाट छुटकारा त पाइयो । त्यसै दिनर् इश्वरको नाउँमा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो एउटा दुःखमा अर्को दुःखलालाई बिर्सने गरें तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नुपरेको छ । दुई महिना थला परेको बेलाबाहेक छ महिना मैले नर्कको कीरा झैं उहाँको थूकभित्र लटपटिएर काटेकी छु । त्यो थूक कहिल्यै सुक्तैन, घट्तैन । मेरा हात खुट्टा सबै यसैमा टाँस्सिएका छन्, न आँखा उर्घार्न सक्छु म । मेरा परला यही प्याच-प्याच परेको थूकमा जमेको छ । कहाँ छ र्स्वर्ग - त्यही प्याजी जर्नेरामा, अनि नर्क यो थूकमा - कस्तो घीनलाग्दो जीवन ! कहिले त लाग्छ त्यो प्वाइजन लेखेको शीशी स्वात्तै घाँटीभित्र खन्याइदिउFm, तर नाइँ, म त्यसो गर्न पनि सक्तिनँ । यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसै गरी जीवनलाई घिच्याइरहनुपर्ने हो । भन्छन् टी.बी.ले खाएकाहरू झन् धेरै बाँच्छन् रे !
हिजोको एउटा घटना पनि लेखिहालुँ । सम्झन पनि सक्तिनँ, लाज लाग्छ । अहिले औषधि ख्वाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनि सकिनँ, उसलाई पनि सबै कुरा थाहा । थाहा किन नहोस् उसलाई, म उसैको हातको प्राइभेट पेसेन्ट । हिजो राती पनि त्यसबेलासम्म उहाँ पलङमा मेरै छेउमा पल्टिरहनुभएको थियो । डाक्टर के कामले हो झ्वासझ्वास्ती कोठाभित्र पस्यो, फेरि ठाडै खुट्टाले ऊ फर्कियो । एकछिनपछि उहाँलाई डाक्टरको काल आयो, उहाँ हाँस्तै कोठाबाट निस्कनुभयो र फेरि हाँस्तै र्फकनुभयो । सिल्ली डाक्टर ! मेरो मुख रन्न तात्यो, मैले उहाँलाई हेरें । उहाँको अनुहार निर्वाकार थियो । मलाई ज्यादै थक्थकी लाग्यो, के गर्नु सबै कुरा बुझेर पनि लाज पचाएर बसें ।
उहाँ आउनुभयो, ऊ मोटरको आवाज हाम्रै क्याडिलक हो । सेनेटोरियमजस्तो ठाउँमा लाखौं मोटर आउँछन्, तैपनि आफ्नो क्याडिलकलाई म राम्ररी चिन्छु ।

१४ असार
गुलाफ फूलिसकेछ । कति राम्रो दुई वटा मात्र फूलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेंलो गुलाफलाई अझ अरु त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ न्रि्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै ! फेरि झुसिल्कीरा लागेछ । मेरो कामै झुसिल्कीरा टिपेर फ्याँक्ने भइसक्यो । सानुचा आयो ऊ ढोकामा, पाँच वर्षो ख्याउटे केटो । चम्पा यसकी आमा काली भएपनि राताराता गाला भएकी । ऊ यहाँ कुचो लाउने काम गर्छे रोगीका कोठा-कोठामा डुलेर फोहर बेड-प्यानहरू उठाउँछे । उसको आफ्नै जिन्दगी छ । सानुचा मेरो बिस्कुटमा पल्किएको छ, अहिले ऊ जंगारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर ङच्िच हासिरहेछ । त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु, बिचरो ! छिः कहिले त घीन लाग्छ त्यसको नमाझेको दाँत र नाकमा कटकटिएको सिंगान देख्ता वाक्क वाक्क आउँछ । अहिले पनि बिस्कुट लिन आएको त्यो । एउटा क्रीमक्रेकर झिकेर ढोकातिर मिल्काइदिएँ, हत्तपत्त टिपेर खुर्र दौड्यो, बुद्धु केटो ।
हिजो केही लेख्न सकिनँ । राती एक बजे लेख्न बसेकी लेख्न मन लागेन । न्रि्रा पनि परेन । आज पनि के लेखूँ खैं ! ठूलो चट्टान उखेलिएर छातीमा झुण्डिएको छ । एउटा निर्जीव शताब्दी, अघिको फसिलसित जोडिन म पुगेकी छु ।
हिजो उहाँले सताउनसम्म सताउनुभयो । चीलले मुसालाई झुण्ड्याए झैं झुण्ड्याएर मलाई माथि-माथि आकाश सबै घुमाउनुभयो । कहिल्यै नसकिने आकाश रहेछ । त्यहाँबाट कति तल देखिन्छ, तर जति गयो उति माथि कहाली लाग्ने पो रहेछ । अहिले भर्खर फेरि डाक्टर मलालाई इन्जेक्शन दिन आयो । इन्जेक्शन दिने ठाउँ थिएन, दुवै पाखुरा सियोले छिया छिया पारेको छ, त्यसैले निर्धक्कसँग फिला खोलिदिएँ । डाक्टरले हातमा सिरिञ्ज लिएर मेरो फिलालाई हेरि मात्रै रहृयो । त्यहाँ चिमोटेका र बोक्सीले चुसेजस्ता निकै नीला डामहरू रहेछन् । मैले डाक्टरलाई भनें -
सपनामा मलाई आकाशमाथिमाथि उडेर घुमेजस्तो लागेको थियो । पछि अकस्मात् जमीनमा पछारिएँ । आकाश त के हुन्थ्यो र - न्रि्रामा पलङबाट पो खसेकी रहिछु । डाक्टरले केही भनेन, चुपचाप त्यही नीलो फिलामा इन्जेक्शन दियो र कस्तो कस्तो आँखाले मलाई हेरेर गयो ।
अस्तिदेखि मेरो छाती दुख्न थालेको छ । पहिले त अलिअलिमात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ । हिजोदेखि त दुखेको झन् झन् बढ्न थाल्यो, मैले उहाँलाई हिजो पनि कति पञ्छाएँ, बोलिन पनि । म नबोलेर हुन्छ र ! उहाँ त आफ्नै धुनमा बौलाहाजतिकै फतफताइरहनुभयो, सनकीजस्तै हललल हाँसिरहनुभयो । उफ्, आजित पारिसक्यो यो झुसिल्कीराले मलाई ! हेरन, फूलसितै कसरी लपक्क टाँसिएको ।
हिजो आउँदा आउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनुभयो उहाँले । मैले त्यसै टेबुलमाथि राखेकी थिएँ त्यो फूलको गुच्छा । उहाँ घर जानुभएपछि त्यसलालाई उठाएर हेरें, प्याजी फूल धेरै पछि खेलाउन पाएको, त्यसैले हेरिरहें, खेलाइरहें, एकएकवट गरी गनें । मेरो हातमा छ्यास्स झुस लाग्यो, त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्कीरा रहेछ । हातभरि चिलउने डाबरहरू उठे अनि कता कता उहाँको हललल हाँसो मेरो बिरामीको प्राइभेट कोठाभरि घन्क्यो । कालो झुसिल्कीराका टल्ल परेका आँखामा दुई वटा चम्किला आँखाले चियाए । म तर्सिएँ, उहाँले मलाई दुःखै दिन खोज्नुभएको रहेछ । त्यो प्याजी फूल मैले पर-पर मिल्काउन पठाइदिएँ नत्र त्यो झुसिल्कीरा फेरि मेरो पहेंलो गुलाफको बोटमा उक्लन्थ्यो ।
ओह ! कस्तो खोकीले च्यापेको मलाई । ल, रगत पनि निक्कै पो आयो । सेतो थूक त पटक्कै देखिन्न । डाक्टरले यसरी बढ्ता रगत आउनु खराबी हो भनेको थियो । छाती झन् चस्किन थाल्यो, तकियाले थिचे पनि दुख्न छोड्दैन । उहाँ पनि आउनुुहुने बेला भयो । हिजोको जस्तै एक गुच्चछा प्याजी फूल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ । चस्कियोस् यो छाती पनि, कति चस्किन पर्ने हो । यसै गरी छाती चस्कँदा चस्कँदै रगत ओकल्दा ओकल्दै म सकिन्छ । मलाई उहाँले सक्नै खोज्नुभएको हो । केी छैन, म सकिइसकेकी छु, फेरि सकिनुमा मलाई के चिन्ता । सपूर्णता चाहन्न, थाहा छ अब म निको हुन्न, हुँदै हुन्न । अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो । उहाँ अहिले फेरि आउनुहुन्छ, ठट्टै ठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ । रगत झन् चुहिन्छ । झ्यालमा गुलाफको लहरापछाडि त्यो परपरसम्म फैलेको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाघारीसित टम्म मिल्न पुगेको छ । दुवै हरिया एकाकार । फाँटमा को होलान् ती एक जोडी । घुम्न आएका हुने क्यारे, त्यत्रो फाँट स्वात्ते चहारिसके । टाढाबाट उनीहरू कति राम्रा देखिन्छन् । आइमाईको जुरोमा गुलाफको रातो फल छ, त्यो लोग्नेमान्छेचाहिं आइमाईको कुममा हात राखेर हिंडिरहेछ । उनीहरू सल्लाघारीसम्म पुगिसेक । लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाघारीको बाक्लो छायाँले घप्लप्पे ढाक्यो । अब अग्लो होचो तरेली परेको रित्तो फाँटमात्रै छ । रातो गुलाफ मेरो आँखाभरि तिर्मिराएर आयो । उफ् ! म सहनै सक्तिनँ, मेरो मुटु किन यसरी हल्लिन थालेको ! यो फलामाको पलङ्ग पग्लेर मेरो जीउभरि टाँस्सिइसक्यो । कस्तो भत्भत् पोल्ने डाह ! आकाश किन हल्लिन्छ यसरी, हेर आम्मे नि ! सुर्य पनि खस्न लागि सक्यो, हल्लेको हेर ! ओह ! सुर्य पनि टुक्रिन्छ अब मेरो टाउकोमा । एकैचोटि आगो खनिन्छ, म डढ्छु, यी पहेंला गुलाफ पनि डढ्छन् मसित । हेर, झुसिल्कीरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ । मरोस् ये पनि डढेर, फाल्दै फाल्दिन टिपेर अब यसलाई, मरोस् । मेरो छाती चक्र्यो, मुटु हल्लेको कसरी, भित्रभित्रै भूइँचालो छुटेजस्तो छ । छाती पनि फुट्छ कि क्या ! छाती फुटेपछि त रगतको मुस्लो निस्कन्छ, रगत त्यहाँ सल्लाघारीभित्र पसेको रातो गुलाफजस्तै । फुट्न लाग्यो मेरो छाती, फुट्न लाग्यो, अब रगतको छेलोखेलो बग्छ । उहाँ पनि आइपुग्नुहुने बेला भयो, आउनुहुन्छ, मेरो छाती ................ ।
म पनि टोकिदिन्छ, म पनि माया गर्न थाल्छु उहाँलाई । म पनि बिरालो हुन्छु, खस्रो काँढा उम्रेको ज्रि्रोले चाट्छु, उहाँको कमलो आङ्भरि । उहाँको गुलाफी आङ गाडेर एक एक चोक्टा मासु झिक्छु र मेरो फोक्सोका जम्मै कीरा त्यसमा भरिदिन्छ । मलाई माया गर्ने त्यो गुलाफी आङ पनि मेरो आङजस्तै कत्ला परेको साह्रो फसिल हुनर्ुपर्छ । उहाँका ती दूध निस्लान् जस्ता ओठ कति लोभलाग्दा छन्, खै मेरो त्यस्तो ! उहाँ आइपुग्नुहुने बेला भयो, तयार भएर बस्नुपर्यो । ती ओठलाई मुखभरि च्यापेर तनतन पिइदिन्छु । त्यसभित्रको आलो रगतमा मेरो कुहिएको रगत जति सप्पै खन्याइदिन्छु । उहाँको मायाको प्रतिदान मेरो पनि उहाँलाई माया गर्छु उहाँ मलाई माया गर्नुहुन्छ त्यसैले म पनि उहाँलाई माया गर्छु यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीं यस्तै सेतो पलङमा बाँधेर राख्न पाए कस्तो हुन्थ्यो ! आज त म उहाँलाई छोड्दै छोडि्दन । उहाँको फोक्सोमा पनि मेरो फोक्सोकोजस्तै झ्याङप्वाल ; सिंगै आकाश अटाउन सक्ने झ्याङप्वाल । हाम्रो फोक्सोको झ्याङप्वाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो शून्य बन्छौं अनि तिनीहरूमाथि दुई वटा कत्ला परेका साह्रा फसिलहरू समयलाई गुमाइसकेका हुनेछन् । च्व : मेरो पहेंलो गुलाफ, एउटा एउटा पातमा एउटा एउटा लाभ्रे । सबै फूल खाएर सकिन लागिसके ; यी लाभ्रेहरू कति चाँडो-चाँडो पातलाई सक्दा रहेछन् । पानी छिट्यो, ऊ आकाश हल्लिरहेछ खस्नलाईमात्रै बाँकी छ । गुलाफ ! पहेंलो गुलाफ एक एक पत्र हराउँदैछ ।

कथा उन्मत्त भैरहव

उसले आफ्नो कथा यसरी सुरु गरी -
"म काठमाडौंमा जन्मेँ, हुर्के र बढैँ । मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको, हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो । ...
उहाँ अमेरिकामा उच्च शिक्षाका लागि जानु भएको छ । मैले आफ्ना सबै गहना बेचेर पनि नपुगेको पैसा अरुसँग सापट मागी उहाँलाई पढ्न पठाएकी थिएँ । हुन... त दुई वर्षा लागि जानु भएको हो, तर दश वर्षभयो र्फकनु भएको छैन । म एक किसिमले स्वतन्त्र पंक्षीजस्तै छु । जीवनका महत्वपूर्ण क्षणहरू एक्लै बिताउनु मेरो बाध्यता हो ।"
उसको अनुहार केही कठोर हुँदै आयो ।
"म एक्लै छु, घर-परिवारको कुनै बन्धन छैन । म एउटा बैङ्कमा काम गर्छु एक्लो ज्यानलाई साधारण खान लाउन पुग्छ । म बाँच्नुमा कताकता अपूर्ण ताको आभास पाउँछु । साँच्चै जीवन बाँच्नु भनेको खानु लाउनु मात्र पनि होइन नि ! मेरो विवशता कहाँ गएर पोख्नु सक्छु र !"
ऊ आफ्नो कुरा भन्दैरही -
"म हरेक बिहान नुहाईधुवाई गरी पशुपति मन्दिर जान्छु । भगवान्को दर्शन पनि, मर्निङवाक पनि । सायद भगवान्को दर्शन र मर्निङवाकमा आफूलाई व्यस्त राख्ने बहाना वा केही सन्तुष्टि प्राप्त गर्ने लोभ पनि हो ।"
उसले आफ्नो कुरा नढाँटीकन भन्दैगई -
"बिहानको चिसो हावाले शीतलता त दिन्छ, तर बाटामा थुपारिएका फोहरको डङ्गुलु नाक नै फुट्लाजस्तो हुन्छ । रातोपुल पुग्दा धोबीखोलाको दुर्गन्धले नाक थुन्न बाध्य पार्छ । हेर्दाहेर्दै नदीमा पनि कस्तो फोहर बढेको !"
आफ्नो अतीतमा अनायसै फर्किन्छे ऊ -
"समयले कसरी र कस्तो नियति भोगाउँदो रहेछ !
म सानो हुँदा त्यही खोलाको पानी चोखो मानेर पूजा गर्न प्रयोग गरिन्थ्यो । दसैंमा चराचुरुङ्गी नकराउँदै त्यहाँबाट चोखो पानी र बालुवा ल्याई जमरा राखिन्थ्यो । अहिले त्यहाँको पानी छुनै हुँदैन ।
मेरी आमा भन्नुहुन्थ्यो, उहाँ सानो छँदा त्यही नदीमा पौडी खेल्नुहुन्थ्यो र त्यहाँको पानी अँजुलीमा लिएर पिउनुहुन्थ्यो रे ! त्यो कुरा अब एकादेशको दन्त्यकथाजस्तो लाग्छ ।"
उसले पौडी खेलेको सम्झी - पौडीमा कति आनन्द आउँछ ! साच्चै पौडी नखेलेको पनि कति वर्षभयो ! पौडी ! आहा ! सम्झिदै आङ जिरिङ्ग हुन्छ । पौडीको कल्पनामा डुब्दाडुब्दै चिट्चिट् पसिना आयो । फेरि यथास्थितिमा र्फकने चेष्टा गरी -
"मन्दिरमा पुगेपछि पहिला पशुपतिनाथको दर्शन गर्छु एक चक्कर घुमेर उत्तरपट्टिको वासुकीनागको दर्शन गर्छु किनकिन नचाहँदा नचाहँदै पनि त्यस मन्दिरको टुँडालमा आँखा जान्छ, त्यहाँ रतिक्रियाका अनेक आसन कुँदिएका हुन्छन् । त्यो हेरेपछि एकछिन मेरो तनमन सिरिङ्ग भई हलचल हुन्छ ।"
उसका आँखा पेरि टुँडालतिर पुगे । यी सबै दृष्यहरूले पनि टुँडालबाट उसका आँखा छुटाउन सकेनन् ।
उसका आँखा टुँडालका मैथुनिक दृष्यमा निकैबेल अल्झि रहे र त्यो हेर्दाहेर्दै ऊ एकोहोरीरही । उसका आँखा फेरि पाटीतिर पुगे -
त्यहाँ पाटीमा अनेकथरी मानिस हुन्छन् । कोही खरानी घसी लँगौटीमा लगाएर चिलिममा गाँजा राखी तानिरहेका, उसका चेलाहरू एक सर्को तान्न वरिपरि झुम्मिरहेका, कोही पहेँलो वस्त्रमा रुद्राक्ष जपिरहेका, कोही भजन गाइरहेका अनि कोही लुला-लङ्गडा मगन्तेहरू सबै खुसीले नै बाँचेका छन् ।
त्यस पाटी अगाडि कृष्ण मन्दिरको छेउमाएउटा सानो महादेवको मन्दिर छ । त्यस मन्दिरमा दुई तीन महिनादेखि एकजना युवक साधु जप गरिरहेको हुन्छ । किनकिन उसतिर मेरा आँखा आकषिर्त भइरहन्छन् । म टक्क अडिएर जप गरेको हेरिरहन्छु । उसले पनि आफ्ना अगाडि कोही उभिएको थाहा पाउँछ । ऊसँग मेरो आँखा जुध्दा मेरो मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । किनकिन एकपटक उससँग आँखा नजुधेसम्म मलाई सन्तुष्टि हुँदैन ।
म पशुपति मन्दिरको दक्षिणपट्टि उन्मत्तभैरवको दर्शन गर्न कहिल्यै छोडि्दनँ । मलाई त्यहाँ नगएसम्म मन शान्ति हुँदैन । साँच्चै भनु भने पशुपतिको दर्शन गर्ने मेरो निहुँ मात्र हो । म त उही उन्मत्त भैरवको दर्शन गर्न मन्दिर जाने हो । हरदिन त्यहाँ पुग्दा एक किसिमको सन्तुष्टि हुन्छ । किनकिन मलाई उन्मत्त भैरवको मूर्ति ले नजानिँदो आकर्षा पैदा गरिरहन्छ । अनौठो कुतकुती जगाइरहन्छ । त्यसपछि म भैरव मन्दिरभित्र पस्छु । अनायसै मेरा आँखा मूर्ति का अङ्गप्रत्यङ्ग नियाल्न थाल्छन् । कति कसिलो शरीर ! उन्मत्त भैरवका अङ्गविशेषले मलाई तरङ्गको झड्का दिन्छ । नाम नै उन्मत्त भैरव !
उन्मत्त नग्न भई कामले उत्तेजित रूपमा ठिङ्ग उभिइरहेको देख्दा मनमा मिठो काउकुती लाग्छ । मेरा संवेदनाहरू असरल्ल हुन्छन् । त्यस काउकुतीबाट म द्रवित हुन्छु - लोग्नेसँगको सम्बन्धबाट हुने तृष्णातउप्तिको अनुभूति हुन्छ मलाई ।"
उसले उन्मत्त भैरवको मूतिलाई तलदेखि माथिसम्म टोलाएर हेरी ।मूर्ति यन्त्रवत थियो र दृढ पनि । उसले विस्तारै मूर्ति चलमलाएको देखि र आफूतिर आउँदै गरेको अनुभव गर्न थाली ।
ऊ अकस्मात उन्मत्त भैरवको मूर्ति लाई अँगालो मान पुगी । बेसरी बाहुपासमा बाँधी । मूर्ति कठोर थियो । मूतिको दृढइन्द्रियले उसको पेट अचेटेपछि बल्ल थाहा पाई - मूर्ति ढुङ्गाजस्तै कठोर थियो ।
उसले आफ्नो कथा अघि बढाउँदै गई -
"एकदिन मन्दिर जाँदा त्यो युवक साधुलाई देखिनँ । मन अलि खल्लो र खिन्न भयो । म मर्माहत थिएँ । किनकिन अनायसै उससँग आफ्नापन गाँसिएको लाग्यो । आज उसलाई नदेख्दा मन नमीठो बनाएर घर फर्केँ । मनले ऊसँगको सामिप्य खोजेको थियो ।
घर पुगेर ढोका खोल्दा उही साधु मेरो खाटमा बसिरहेको देखेँ । मैले आश्चार्य र हर्षा साथ उसलाई हेरिरहेँ । ममा एकाएक डर, त्रास र आशङ्काका भेलहरू बग्न थाले । कसैले देख्ला कि भनेर ढोका बन्द गरेँ । उसले आफ्ना हात फैलाउँदै मलाई आफूतिर आउन आँखाले इसारा गर्यो । म उसको अँगालोमा बाँधिएँ । उसको नरम र न्यानो ओठको चुम्बनको वर्षा मेरो अनुहारभरि पर्दा म पग्लिएँ । म आफूलाई बिर्सेंरउसैसँग समाहित भएँ । उसको न्यानो र उन्मादी र्स्पर्श शरीरभरि तरङ्गति हुँदै गयो ।
मलाई लाग्यो - म पौराणिक कथाकी रति र उनी कामदेव । हामी दुई जनाको सङ्गमको क्रीडा कामशास्त्रमा वर्ण्र्ाागरिएका अनेक आसनमा रति र कामदेवको जस्तै यौनप्रतिस्पर्धा भइरहृयो । हाम्रो हारजितको फैसला हुन नपाउँदै ठूलो स्वरले सधैंझैं बिहानको पाँच बजे टोलको गणेश मन्दिरमा घण्टी बज्यो । म झल्याँस्स ब्युँझेँ ।"
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसिनाले निथु्रक्क भिजेको थियो, तर पनि ऊ पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्ती पछिको हलुङ्गो मनको अनुभूति दिइरहेको थियो ।

केवल आठसय त्रिपन्न शब्दमा

अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् "यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -" त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी प्रकृतिबारे भेद गरेको पनि थिइन । तन्मयतासाथ लेख्थें, व्यग्रतापूर्वक त्यसको प्रकाशन मितिको प्रतीक्षा गर्दथें । टेलिफोनद्वार...ा धेरैलाई सुनाउंथे "फलाना बारको अखवारमा मेरो यस्तो आर्टिकल आउंदैछ, पढ्न नभूल्नू होला ।" अनि त्यो छापिएको बिहान मेरो लागि अर्कै घाम झुल्किन्थ्यो । मानिस व्यस्त छन्, प्रतिदिन दुइ मनजति कागजमा नेपाली अक्षर छापिन्छन् तर पनि मनमा एउटा भोक उत्पन्न हुन्थ्यो- मेरो यो लेख सबैले पढिदिऊन्, त्यसपछि अलिकति प्रशंसा मिसिएको प्रतिक्रिया सुन्न पाइयोस् । त्यसपछि म अधैर्य भएर अबेरसम्म त्यसैको प्रतीक्षा गर्दथें ।
यसरी अखवारको स्तम्भले दिने उर्जाले सात दिन, पन्ध्र दिन तानिइरहन्थें । त्यसपछि त्यो धूमिल हुन्थ्यो, फेरि अर्को रच्थें । कहिल्यै पनि निर्धक्क हुन पाइएन । सधैं एउटा कर्तव्यवोधले खेदिर≍यो । मेरो रचनाको शीर्षक अनाकर्ष हुने हो कि, रचनाभित्रको सामाग्री सारहीन हुने हो कि, अरुचिकर शैलीले गर्दा यो अपठनीय हुने हो कि, मैले अघिका स्तम्भमा कमाएको शाख एकैचोटि समाप्त हुने हो कि जस्ता चिन्ता र भयका मुıामा निरन्तर डुबिरहन्थें, रातोदिन म असुरक्षति हुन्थें- मैले भन्न खोजेको मुख्य कुरा सम्पादकले काटिदिने हुन् कि, शीर्षक बललिदिने हुन् कि, छपाई अशुद्ध हुने हो कि - पाठकहरूले तिखो आक्रमण गर्ने हुन् कि - पीरका पर्वत ठडिन्थे । मेरो भन्दा गोपिको स्तम्भ बढी रुचिकर भएर बिस्तारै म यस पत्रिकाबाटा हट्ने हुं कि -
वास्तवमा यस्ता चिन्ताले खेदेकोबेला राती अवेरसम्म बस्थें, झिस्मिसेमै उठ्थें, कम्प्युटरमा घण्टौंसम्म झुण्डिंदै, अक्षरहरू केलाउंदै, विचार काट्दै, फेरि टांस्दै, एकपल्ट लेखेपछि फेरि अक्षरको धुलो बढाथें, पुछ्थें, हम्किन्थें, निफन्थें, भथें, तौलिन्थें, नमिलेकालाई फुलेका रौंजस्तै चिम्टाले उखेलेर निकाल्थें, नयां अलि टल्किनेखालका राख्थें । अनि सस्वर पढ्दै तीबाट हुने ध्वनीलाई मनले माम्थें पनि- यहां गति उत्पन्न हुनुपर्छ । मेरो लेख शब्दहरूको बिस्कुनमात्र होइन, यसबाट एउटा र्सार्थकता उत्पन्न हुनुपर्छ, यो पठनीय र सकारात्मक पनि हुनुपर्छ । यो निर्भीक र प्रष्ट पनि हुनुपर्छ । यी कुरा सम्झेर स्तम्भ लेख्न बस्थें तर कहिलेकाहिं शब्दसंख्या नपुग्ला कि भन्ने डरले रोकिंदै गन्दै गर्थें, कहिलेकाहिं मनमा विचारहरू बग्दाबग्दै धेरैधेरै पर पुगिसकेको हुन्थें । तर केवल आठसय त्रिपन्न शब्दमा कतै नकाटिएको, नखुम्चिएको, नदोब्रिएको, नटालिएको सग्लो रचना तयार हुनु पथ्र्यो । अनि अधिक भएका शब्द काट्तै जान्थें, रचनालाई ताछ्तै जान्थें, त्यो अत्यन्तै पीडादायी कर्म हुन्थ्यो किनकि त्यसरी मैले यो रचना अपाङ्ग बनाएं कि जस्तो लाग्थ्यो । त्यस्तो बेलामा मात्रै यो अखवारले मेरो स्वतन्त्रता निलिदियो भनेर मनमनै दाह्रा किट्थें । कहिलेकहीं अपूग भएर तीनसय चपास शब्द थप्नु परेको रचना पढ्दा पनि मलाई घुंडा टालेको सुरुवाल भिरेर हिंडेजस्तो हुन्थ्यो ।
यसरी अनेक चिन्ता बोकेर समय, स्थान सम्पादक, पाठक, विषयवस्तु आदिका भारी मनमा घिस्याउंदै म कम्प्युरमा झोक्राउंथे, म त्यसैलाई सिर्जना ठानिरहन्थें । पत्रकारले प्रश्न गरेपछि मलाई थाहा भयो- वास्तवमा त्यो त्यति स्वतन्त्र सिर्जना थिएन जति एउटा उपन्यास वा आफूखुसीको निबन्ध, समालोचना लेख्न बस्ता मनमा हुन्छ । म यसमा आफूखुसी, शक्तिले भ्याएसम्मको लम्बाइमा तन्किन सक्तिनं, समय पर र्सार्न सक्तिनं, आजका पाठकलाई अरूको कुरा सारेर ढांट्न सक्तिनं, कुरा दोहोर्याएर पाठकलाई झर्को लगाउन सक्तिनं । म यो म्याराथुन दौडमा छुट्ने हुं कि, घोडेजात्रामा दौडिंदादौडिंदै टुंडिखेलमा पछारिएको सिपाहीजस्तो हुने हुं कि - यस्ता विघ्न भयहरू भिरेर कुध्नु एउटा ठूलो चुनौती हो, खतरा हो, एडभेन्चर पनि । हेर्नोस्, स्तम्भ लेख्न कति चिन्ता र पिरहरूको खेती गर्नु पर्छ ⁄
बीपीले जेल जर्नलमा तीन चार ठाउंमा भनेका छन्- आज अखबार आउंछन् तर मलाई तीनमा रुची छैन । वास्तवमा जेलभित्रको अन्धकारमा एउटा चिन्तक राजनेतालाई दैनिक वा साप्ताहिक प्रकाशनप्रति ठूलो आकर्षा हुनुपर्ने≤ तिनीहरूले ल्याउने एउटा उत्तेजक आनन्दको प्रतीक्षा हुनुपर्ने । तर उनलाई त्यस्तो हुदैन । उत्तेजनाको सानोसम्म लहर उत्पन्न गर्ने घटना नघटेको बेला’ पनि उनी क्षणभङ्गुर दैनन्दिनी र सूचनाका भारी बोकेर आउने अखबारप्रति त्यति आकृष्ट हुदैनथे किनभने त्यहां चिन्तनको ठाउंमा चिन्ता बढी हुन्छ, बिस्तारको ठाउंमा बेग हुन्छ, उपन्यासको आकारको घटना सुकेर बोनर्साई वृक्षजत्रो हुन्छ । त्यसैले उनले पाश्चात्य र पूर्वीय साहित्य दर्शन र विचारका सम्वाहक सी. एम. जोडको प्रतीक्षा गरे, नेहरूको गरे, भिक्टर ≍युगोको, बेकनको, फ्रायडको, जेपीको, डेकार्टरको, गीताको, उपनिषदको, कामुको, कालीदासको, टेनिशनको, टोयन्बिको, ज्वीगको, ताराशंकर बन्दोपाध्यायको, हेमिङ्वेको, गरुदत्तको, पाष्टरनाकको । यस्ता कृतिको प्रतीक्षामा अधीर रहने उनीले सामामयीक पत्र-पत्रिकाप्रति एउटा निस्पृह भाव प्रकट गरेका छन् ।
मैले थाहा पाएं- लामो तपस्याको धैर्य नभएकाले सिर्जना छोडेर म अखबारभित्र लागेंछु । लामो समय लगाएर म एउटा शक्तिशाली कृति निकाल्थें र ठूलो यश कर्ीर्ति कमाउने थिएं तर म अधैर्य भएर समयलाई ससाना टुक्रामा अहिले नै बेचिरहेछु, त्यस्तो लेखनबाट कमाउन पाउने पुरस्कार पैसापनि खुıामा अहिल्यै लिंदैछु किनभने मेरो निम्ति यो एउटा मनोरञ्जन भएको छ, आदत भएको छ, क्षणिक उत्तेजनाजस्तै हप्ताहप्ता मलाई पछयाइरहने सपना भएको छ । म सधैं घरमा, बाटामा, अफसिमा, रत्नपार्कमा स्तम्भको बारेमा सोचिरहेको हुन्छ- कसरी एउटा सिङ्गो विचारलाई केवल आठसय त्रिपन्न शब्दमा अटाउने होला - यो चिन्ताले र ठूलो काम गर्ने मेरो क्षमता यसरी चानचुनमा बिक्री गर्दाको क्षण सम्झेर यो मनमा उठेको उत्पात किसिमको क्षयवोधले मलाई गलाइरहेको हुन्छ । आफ्ना ठूल्ठूला सपनाहरू धुलो नपारी, दासत्वको सीमाभित्र मनलाई नखांदी तपाईं स्तम्भलेखक बन्नै सक्नुहुन्न≤ तर एकपल्ट स्तम्भलेखक बनिसकेपछि आजीवन यसबाट फुक्लिन सक्नुहुन्न, यो क्षणिक उत्तेजना उमार्ने खेलको ब्यसनमा फैलेपछि तपाईं त्यो भन्दा राम्रो र्सजक बन्न सक्नुहुन्न । मैले अन्तर्वार्ताकारलाई अन्त्यमा त्यही जवाफ दिएं ।

हाइ, हाइ हिमाल

मनबाट बाहिर निस्के हिमालहरू ।
कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।।
गोरखाको उत्तरी थुम्कामा गजधुम्मिएको पुरानो राजमहल । हामी पसिनामा पखालिएर टेकियौं यो थुम्कीमा । अघिको खलखली पसिना अब साटियो चिसोमा । आंख...ाहरूले सबै थोक हेरी-हेरी हानिए उत्तरतिर । र, हृदयको पाइतोसराइ भयो मास्तिरका शैलशृङ्खलातातिर ।
हिउंतर्ीथ रुचाउंछ मन ।
हिउंचुलीमुन्तिरका हरिया लाग्ने निर्दोष पहाडहरू । एक्लो अनुभूतिमा सुलुल्ल बग्ने पहाडी खोलाहरू । सुरिला, सुलुत्त रूखहरू । क्षिितजको तुजुकमा कक्रिएको आकाश । मनको ग्लोबमा घुम्छन् फनफनी- यी भूदृश्यहरू, भूतलहरू ।
सांझ खोर्लिएको बेला ।
मैले मेरा चेतनामा पिङ लेखेको पाइरहेछु सुन्दरताका । मैले मेरा स्पन्दनमा सुसेली हालेको पाइरहेछु उत्फुल्लताका । मैले मेरा धुकधुकीमा तरङ्ग छचल्किएको पाइरहेछु प्रकम्पनका । यी अनुभूतिले बालेका चम्काभित्र भरभराउंदा हिमालका खिचडी छड्किरहेछन्' छड्किरहेछन् ।
पानीलाई गर्भाधान पानीकै । अनि त हिमकण बिर्बिरिन्छ र लटरम्म भरिन्छ हिमाली फलफूल हिउंचुलीमा । बैग्लै चमक पोतिन्छ, बेग्लै कान्ति पोखिन्छ । रित्तो मन रसाउंछ सौर्न्दर्यको जलप पाएर ।
एउटा बेग्लै विज्ञान छ रङ्गको । एउटा भिन्नै संसार छ आकृतिको । र, मेरो आंखाले सम्यक् संयोजन गरी हेर्ने एउटा फरक अनुभूति छ- हिमालको । त्यही हिमालमा छ रङ्ग पनि, आकृति पनि ।
घुमेका मनले कति बुझे हिमाल । डुलेका चेतनाले कति जाने हिमाल । हेरेका आंखाले कति पढे हिमाल । सोध्ने मन त छ नि ⁄ हो, चमत्कारी र विलक्षणताले यदाकदा नबुझन, नजान्न र नपढ्न सक्छन् । हामीलाई मिल्न सक्ला यो तर्क ।
के प्रत्येक नेपालीका ओठमा झुन्डेको छ हिमालको नाम -
सरसराइरहेछ चिसो हावा । र, घरी-घरी धोएर गइरहेछ मलाई । म सिनित्त धोइन्छु चिसोमा । ल्याफल्याती भिजेको म, फेरि हिमालको प्रकाशले सुक्छु र्र्सलर्क्क । पानीको आलोकले गम्न लगाउंछ मलाई । पानीको उज्यालोले अंध्यारोबाट अलग्याउंछ मलाई । पानीको ऊर्जाले ब्युंताउंछ मलाई ।
मनबाट धमाधम निस्किरहेछन् हिमालहरू ।
जल, जङ्गल र जीवन- मेरो देशको ऐर्श्वर्य । यिनै तीन थोकमा बांधिएको छ- राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि । ढुक्कले भन्छु- यहींनेर छ गतिमय । जातीय, क्षेत्रीय वा सगोलका परखालहरू ठडिन्छन् अनि गर्ल्यामगर्ुर्लुमिन्छन्- यिनै जल, जङ्गल र जीवनको त्रिकोणमा ।
हिमालका कालीभीरमा लिपपोत गर्छ घामले, जूनले र ताराले । आङअठिङरमा मस्किएका बैंसालु खित्का सजाई हांस्छ हिमाल- छोटा परेलीभित्रका विशाल दृष्टिले पढिरहेछु म हिमाली लावण्य ।
हिमालीहरू छन् उत्र्सर्गी अनुहारमा । प्रत्येक बिहान भालेको डाक सुनिंदो हो यहां पनि, प्रत्येक मध्या≍नमा चरीको चिरबिर सुनिंदो हो यहां पनि, प्रत्येक सांझ रैनबसेराको सुस्केरा गुन्जिंदो हो यहां पनि । तर कति अटल यो ⁄⁄⁄ झन्-झन् उमेद लिएर स्थापित हुंदो छ ।
देशका धेरै अञ्चलमा टेकेको छ हिमालले । अञ्चलका धेरै जिल्लामा छोएको छ हिमालले । जिल्लाका धेरै नगरपालिका वा गाविस नाघेको छ हिमालले । मजस्ता अलेख नेपालीका टोलबाट फड्केको छ हिमालले । पूर्वबाट पश्चिमसम्म लमतन्न छ हिमाल । उत्तरबाट दक्षिणसम्म पग्ली-पग्ली बगेको छ हिमाल ।
पानी रिसाउंछ, हिउंचुली बन्छ । कठोरताको अर्थ यो । पानी हांस्छ, नदी बन्छ । तरलताको सङ्केत यो । पानी मर्छ, वाष्प, बन्छ । वायुको अर्थ यो ।
हिमालको रहस्यज्ञान नपढेर परास्त भइरहेछु म, पराजित भइरहेछु म र अज्ञानतामा भासिइरहेछु म ।
आंखामा छन् वेगवान् तरङ्ग । ती उत्तरतिरका सेता पहाडहरूको फन्को मार्छन् र नअघाएको राग अलाप्छन् । म थच्च्याउन कहां सक्छु अन्तस्करणलाई । यसैको आकाङ्क्षामा उनिएर आएको म, अब विरोधको तुक न तर्क । र, हिमालका जन्म-मरणमा सहभागी हुन मुक्त छोडिदिएको छु आंखालाई ।
हिमाल उठाएर,
माझ-माझ धरतीमा
जीवनका थप रङहरू
छोडौं
कलाकारलाई ।
गीत भए मनका । र्समर्पण गरें हिमाललाई । अब गाउन सकौं । सबैका सुरतालले नसुसेल्ने किन यही शब्दलाई ⁄ परबाट अछेता फालेर अर्थ के मुर्तिलाई - नजिक जाऔं र आस्तिक भए अर्चना गरौं, नानिस्तक भए सांस्कृतिक भावले पढौं मुर्तिलाई । त्यस्तै हुन् हिमालहरू ।
हिमालवरपर हरिया पहाड- सेनाजस्ता । रूप, गुण, शील, स्वभावमा मोहिनी लाग्छन् हिउं-थुम्काहरू । रङगीबिङ्गी पर्दामा मौसम खेल्छ यहां ।
प्रकृतिको जादू छ हिमालमा ।
कलिला रूख छन् । छिप्पट हांगाका बूढा रूख छन् । ती दुवैले थेग्ने हिउं फुसफुससाइरहेछ- गोरखामास्तिर हिमालयमा । हात्तीलाई सुंडकै र भुसुनालाई परेलीकै भारी होला नि त । तर हिउंभित्रको रङ र आकार, बर्साई र मौसम पढ्ने मेरा आंखाले कुनै भारीको किञ्चित् अनूभूत गरेनन् । थकित भएनन् हृदय, गलेनन्, चेतना, बिसाएनन्, आंखाका खुट्टा । वस्तुभित्र रहेन निरक्षेप वजन त्यै हो कि -
मनबाट बाहिर निस्के हिमालहरू ।
बोलाउनु छ हिमगिरिहरूलाई । सबभन्दा होचोबाट नाम लिऊं कि अग्लोबाट - तर्ेर्सियो प्रश्न । उत्तर उभियो- अग्लोबाट, किन नि - प्रश्नै छ किनभने हामी चिनिएकै त्यही अग्लाइबाट । तर विरोध बोल्यो मनले प्रत्येक होचोबाटै अग्लोको निर्माण भा हो नि ⁄ अं त्यो त हो नि ⁄ बल्ल सामसुम भो, मन ।
लाङटाङ कि कञ्चनजङ्घा, आमादब्लम कि जुगल, मनासलु कि गौरीशङ्कर- हामीले गोता लाउनुअघि नै डोब बनाइसकेका छन् पर्राईका पैतालाले । हाम्रा त मनसम्म जेनतेन पुग्या छन्, पाइला त कहां पुग्नु ।
भुल्न आंटेको लाग्ला सगरमाथाको नाउं । कहां बिर्सनु त्यो श्रीपेचलाई । तर कहिलेकाहिं बाजेभन्दा नातिको बढी हुंदो रहेछ चर्चाचासो । यसै भन्दिउं आजलाई । तर तेन्जिङ नोर्गेचाहिं लोभमा जाकिएर नर्के भएपछि सगरमाथाको नाम उच्चारण गर्दा ढुङ्गा लाग्दो रहेछ दांतमा ⁄
विवशता थिचेर ऐर्श्वर्यको रागमा प्रमुदित मेरा हिमालहरू ⁄⁄⁄
लगालग खेदो गर्यो- रङले । बिहान पनि देखेको हो र सांझै पनि देखेको, हिउंचुलीलाई । तर चांदीले बनेको पहाड आरक्त वर्णन तरुनी बन्दिंदा- तीनछक्कले सोहोरेकोसोहोर्यै गर्यो मलाई । यो कस्तो लुकामारी ⁄
के पानीभित्र रङपरिवर्तनको रहस्यमय सूत्र हुन्छ -
के हेर्ने- आकार कि रूपसज्जा ⁄ आकारै हेरौं न । किन कुनै हिमाल चुच्चिएका, कुनै नेप्टिएका, कुनै बाटुलिएका, कुनै गान्टिएका, कुनै पसारिएका - किन, हं किन - लघारिरहेछ मलाई आशङ्काले । उचाइ नाप्ने मनको चुलबुले तरङ्गले ।
पानीको तंछाडमछाड
तरङ्गको अनित्य कुस्ताकुस्ती
कतै नारीको गहिरोपन
हिमाल, पिरामिड ⁄
लेख्दै छु हिउंराशि हेरेर । समेट्न सकेको छैन सबै । चुचुरामा वास बसेका हिमकणहरू टलपलिन्छन् आंखामा । उता गहिरा गुफामा लिप्सिएका हिउंथोपा पनपनिन्छन् हृदयमा । के गर्नु, नेपालभरि छरिएका पानीपिरामिडहरूको कि दायां कि बायां हेरियो । हिमालका अस्थिपञ्जर हर्ेछन् मान्छे, सम्पूर्णतामा कसैले हेरेका छैनन् हिमाललाई ।
हिउंचुचुरामा बस्ती छन् मान्छेका । त्यस्तै अरूहरू बस्ती बसाउने पोख्छन् धोको । याक, चौंरी, हिउंचितुवाको दिक्कालदेखि घुमफरि छंदै छ ।
उता तुन्ıा प्रदेशका झारबुटयान वा धुपी-सल्लाका कोणधारी रूखहरूको रजगज पनि त अनादिकालदेखि नै ओर्लिरहेछ सांझबिहानमा ।
टुङ्नाको मधुर धुन वारिपारि बज्रिन्छ- हिमशिलामा ठोकिएर ।
सेताम्मे हिउं । हरियो हरियाली । एकअर्कामा गहिरो मिलाप । बास्ना र बहार- मानका खातिर मान । हिमालमा ठिङ्गिएका रूख, गहिरो खुसीमा रमाएका पाउंछु म । लेकका चौंरीगोठालाको सुसेलीजस्तो- सघन खुसी ।
भ्रष्ट मनले सब थोकको व्यापार गर्छ । हिमाललाई हताश हृदयका बिच्छुकले सराप्ने पनि कस्तूरीको सिकार अ जिटामसीका जरापर्यन्त लुछलाछ गर्नेहरूको बस्ती थपिंदै छ मिहालयवरपर । झन् यार्चागुम्बाका गल्लावालाहरूको ऐंठनमा उकुसमुकुसिंदो छ हिमाली भूमि । तर मायालु मन बेपत्ता, उही लालचीको धुइरो । भीडभाड अनि घचारो सगबगाउंछ अचेल हिउंथुम्कातिर ।
हिउंमा नुहाएको हावाले भिजाएर गयो मलाई ।
न्रि्रुक्क भिजिरहेछु । आंखा भिजेका छन्, मन भिजेको छर लप|mक्क भिजेको छ अनुभूति । उत्तरतिर शृङ्खलाहीन हिउंचुलीमा रङको अङ्गुल थपिंदो छ, बढ्दो छ र रूपान्तरित हुंदो छ । पटके रङफेराइमा हिउंको जीवनले कतै जुठो-सूतक भोगेको छ होइन - प्रश्नका पटुकी बेरिन्छन् फनफनी । रछायांमा एकटक साथ दगुरेजस्तो, घाङबादलमा अविचलित उत्रिरहेको आकाशजस्तो ।
क्रोध मरेर करुण हर्ुकन्छ- हिमाल देख्दा । झोक झरेर ममता फुल्छ- हिमाल हेर्दा । सभ्यता हामीसंग डोरियो । यो हिंडाइमा हिमाली हावापानी आफन्छ भो’ हाम्रो । आयआऊन, धर्मसंस्कार, युद्ध-झगडा, मेल-मित्रता लम्किए हामीसंगै । दुर्ग-किल्ला भयो हिमालय हाम्रा निम्ति । मित्रवत्, असाध्यै मित्रवत् । पूर्वजले लडेका लडाइंमा छाती भए हिउंचुलीहरू । अब स्वाभिमान अक्षरमा कुंदिंदा परिवेश '' किन -
कोमलता छोडौं एकछिन । अंगालौं चट्टान कठोरता । हिमाल-आरोहणको प्रयत्न भो’ धेरै अघिदेखि । सन्तोष, सुख र सुबिस्ता त्यसैमा भयो- हाम्रा पाखुरीले सधैं अग्रता कायमै राखे अर्थात् श्रेष्ठता झुकेन, झन् पथपर््रदर्शन भइर≍यो हाम्रा बरिष्ठ पैतालाबाट ।
"अक्सिजनविना सगरमाथामा चौबीस घण्टा ⁄"
"दौरा-सुरुवालमा एभरेस्टक्लने ⁄⁄"
"दसौं पटक सगरमाथा टेक्ने हिउंचितुवा ⁄⁄⁄"
यसरी पाना भरिए रङ्गीन कलेवरले- साहसीका, आंटीका र जुझारु आरोहीका । तर एक दिन बौद्धको अंध्यारो गल्लीमा हिउंचितुवाले भातपानी नपाएर भोकभोकै हप्तौं पसारिएको देख्ने अखबारको समाचारदाताले के-कस्तो टिप्पणी गर्यो, त्यो जगजाहेरै छ नि ⁄
अब गज्याङगुजुङ कहां भो, उठ्लान् प्रश्नहरू ।
सधैं लागिर≍यो' लागिर≍यो । यतिका हिमाल चढ्ने विख्यात आरोहीका नाममा कुन छ हिमाल - आदर्श जब मान्छेको कर्म हो, तिलस्मी देउताको नाम होइन । मैले गणेश हिमाल, गौरीशङ्कर वा अन्नपूर्णका ठाउंमा आङरिता, बाबुछिरी वा पासाङ ≍लामुका नाममा पढ्न कहिले पाउने - शताब्दीको छातीमा प्रेमको हावा भरिएर फुकोस् फयिो, सङ्कर्ीण्ाताका कीटाणुले नखाऊन् कुटुकुटु ।
मुहुनी लाउने जीवनशैली हुर्केको छ हिमालमा । हेरूं, चोरूं, लुटूं वा माया बसाऊं- यतिले पनगुे ऋतुदान गरूं ⁄ शेर्पीनी हेर्नेले मलाई भन्यो, यै भन्यो मेरो मनले मलाई पनि । जतिखेर धौलागिरीमुनि छुर्पी चपाइरहेथ्यौं हामी ।
ढुङ्गाका हारमा चुच्चा छन् घरहरू । त्यसै आंगनमा कञ्चन पानी पिएका हिमाली षोडशीका राता गाला इख्याउंछन् हामी नक्कलेलाई । मनबाट बाहिर निस्के हिमालहरू ।
हिउंद, बर्खा- उस्तै हिमाल । झरी, बादल- उस्तै हिमाल । वसन्त, शिशिर- उस्तै हिमाल । आंफैं पनि हिउं नै भइदिऊंजस्तो । कति ऋतु बन्नु, सुशील-शान्त हुन खोज्छ मन । निर्विकार हुन खोज्छ हृदय ।
जलसमाधिको अर्को नाम हिउंराशि ।
रिसाएजस्तो छ- अररिएको हिमाल देख्दा, लाग्छ । खुसाएजस्तो छ- बिरबिराएको हिउं देख्दा, लाग्छ । हरका आंकुरा उम्रन्छन्- हिमालको वसन्त हेर्ने, वर्षा हेर्ने र शिशिर हेर्ने शरद्को हिमाल हेरी मन धुने रहर हो पुरानै । हिउं कहिले फुल्छ, कहिल्यै ओइलाउंछ - अनित्य उही लाग्छ, उस्तै लाग्छ ।
पानीको तपस्या हो
हिमाल ।
र,
प्राणायाममा
ऊ बिरबिर गर्छ
अनि बर्सिन्छन् हिउंका डल्ला ।
आज त सबै चाहन्छन् सिंगारिन । रूपयौवनले धपक्क हुने चाह छ ।
सबैको । आभूषणका लचकमा हरेकको चाल छ चलायमान । गहनाका भारी बोक्ने बोझमा हरेकको पाइला सरेको छ धीरललित । होस्-नहोस् तर नक्कली नै भए पनि सौर्न्दर्य बढाउने लालची चरित्र छ अत्यन्त बढ्दो । तर खोइ, हिमाल सजिएको । के कति चित्ताकर्ष हुंदो हो हिमाल सिंगारिंदा ।
वंशवृद्धिमा बाधा भइरहेछ हिमचुलीको । हिमालको ऋतुदान भो नरोकौं हामी । हिउं-चपरीका डोबमा सुन्न पाइयोस् हिमालको च्यां-च्यां ।
ıव्यका लासहरूले धावा बोल्न छोडेका छैनन् हाम्रा हिमालहरूमा । सधैंको किचाघानले थिलिथिलो पारिरहेछन् यी शान्त पानी-पिरामिडहरूलाई ⁄⁄ चिसा यी जलपहाडहरू झन् चिसा पारिंदै छन् किन-किन /
पतित पैतालाले नटेक मेरा हिमालहरू, पातकी पाइलाले नछोऊ मेरा मैलो मनले नहेर- मैलेला हिमाल ⁄

हजार पीडाहरूको माया लागेर आउंछ

हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्द...गी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई नै माया गर्यो र नभएको वर्तमानको दोभानमा दुवैको भेट भयो ।
'अर्थात् जम्मामा म शून्यमै छु≤ जसलाई प्रारम्भ भने पनि, अन्त्य भने पनि या दुवै नभने पनि हुन्छ । आखिर जिन्दगी एउटा यस्तो असाध्य वीणा बनिदियो, धुन आंफैसंग छ तर बजाउन सकिएन । हुन त घण्टलाई नठोकी घण्ट बज्दैन भन्छन्, फेरि सन्तुष्टि त एक अर्थमा मृत्यु त हो ⁄ यर्सथमै म मृत्युबाट बौरिएर ठोक्करहरूबीच जिन्दगी हिंडिरहेछु र कहिले जीवनको मध्यराततिर सपनाको पहाडबाट खसेर बिपनाको फेदीमा झस्कन्छु त कहिले सपनाका सारा रङ्गहरू इन्द्रेनीलाई र्समर्पण गरेपश्चात्को बिलकुल रङ्गहीन चित्रकारको चित्रकारिताजस्तो पहाडमाथिको घाम हिउंले छोपेर मात्र सादा ब्ल्याक एन्ड ≍वाइटको युगविकल्प पर्खिरहन्छु र गुनगुनाउंछु- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।
मैले बांचेको जिन्दगीको कुन निश्चित समयरेखा हो, यकिन भन्न त सक्दिनं≤ यद्यपि मीठो सम्झनाको अन्तिम विन्दुसम्म र्फकंदा बालसुलभ कोमल हातहरूले हार्मोनियमको सरगम खेलेको यादहरूसम्म म पुग्छु । नजाने सागरमा मात्र एक बुंद पानीको अस्तित्व पोखिएं हुंला, तर त्यो उत्सुक प्रहर मसंग केवल खुसीको उन्मुक्तता बयली खेल्दै थियो । ममा कुनै अर्किड पीडाको चेत थिएन । समकक्षी जिन्दगीहरूको माहोलमा खुसीको अतिरिक्त बोधले म झुमिरहन्थें । तिनै सरगम खेल्ने हातहरू अझ रङ्गहरू, नृत्यका विविध भावभङ्गिमाहरू, शब्दका रहस्यमय बान्कीहरूमा ब्यक्तिंदा मेरो खुसीको अतिरिक्त बोध अझ चुलिंदै गइरहेको आभास मिल्दथ्यो । यसरी नै समयको सतहमा अस्तित्वका रेखाहरू कोरिंदै जांदा धुनहरूमा, रङ्गहरूमा अनि शब्दका कोलाजहरूमा जिन्दगी लहरायो कि भन्थें, तर आज आफ्नो लागेका सारा खुसीका भ्रमहरू एकलासमा फुलेको जङ्गली फूलको कांडामा अल्झिएर टुट्दा प्रश्नपीडाको अतिरिक्त बोधले बोझिल छ मेरो चेतना≤ जो मान्छेकै पीडा र खुसीसम्मत संवेदनासंग मानौं अझ नभेटिएको अस्तित्वको प्रश्न गरिरहेछ । तिनै अस्तित्वका वक्ररेखाहरू पुनः प्रत्रि्रश्न बनेर मेरो बाटो छेकिरहेछन् र यतिखेर म यी र यस्तै मेरा हजार प्रश्नपीडाहरूको याद गरिरहेछु ।
उज्यालोविना रङ्गको अस्तित्व सम्झिंदा सबैको सपना रङ्गीन नै हुन्छ भन्ने पनि त छैन ⁄ जसरी भए पनि यथार्थतः मान्छे बाह्रवर्षो जमेको इनारजस्तो भएर निकासहीन बांच्न कहां सक्दो रहेछ र ⁄ ऊ त समयका ऋतुहरूमा जसरी नि अन्जान फुलिसक्दो रहेछ, थाहै नपाई यात्रामा बगिसक्दो रहेछ, तर यतिखेर मसंग यात्रामा दृश्य छुटेजस्तो मात्र बाकी छन् उही थकानको अंध्यारोमा आलो सम्झनाहरू, हिंडिएका जीवनका रेखाचित्रहरू≤ जसलाई म आफूभित्रै मनपर्दो रङ्ग सिर्जना गरेर जीवनको अन्तिम क्यानभासमा एकसाथ सजाउंदै उज्यालोविना नै एउटा भव्य चित्रकारिता सिर्जना गर्नेछु र भन्नेछु- मेरा हजार पीडाहरूसंगै अंध्यारोको माया लागेर आउंछ ।
आजभोलि मेरा सुकोमल भावनाहरूमाथि विचारहरूको निर्मम हमला हुने गर्छ । विचारको यस्तो असामञ्जस्य प्रदूषणबाट मुक्तिका लागि म आंखा बन्द गर्छु संसार सुन्दर लाग्छ, आंखा खोल्छु संसार विरूप लाग्छ । यसैले त विरूप संसारलाई सुन्दर देख्न म अंध्यारो रोज्छु र आंखा चिम्लन्छु । साथमा मेरा हजार पीडाहरूको याद गर्छुजुन पीडाहरूको प्रेमनिवेदनले बारबार म पुलकित हुन्छु≤ जतिखेर मलाई जीवनको औधी माया लागेर आउंछ ।
आज म स्वयम्का अस्तित्वप्रश्नहरूद्वारा लखेटिएर यो निर्वासित समयसम्म आइपुगेको छु । यतिखेर मलाई त्यतिखेरको मेरो कविताको भावकका पङ्क्तिहरूले छोइरहेछन्- "कुनै कविताहरू यस्ता पनि हुंदा रहेछन्≤ जसलाई उपहारस्वरूप दिन सकिन्छ फूलजस्तो, शिरीषजस्तो, गुलाबजस्तो' ।" कति सहृदयी आंखाहरूले पढिए होलान् मेरा कविताका घायल मनहरू ⁄ जो सुन्दर उपहार बनेर समुıपार पुगेको थियो । आत्मीयताको यो हरियाली लाग्छ, लेखक र पाठक दुवैको पूरक अस्तित्वमा मात्र झांगिन सक्छ अर्थात् कविको अस्तित्व के कवितामा छैन ⁄ कविताको अस्तित्व पाठकमा छैन ⁄ पाठकको अस्तित्व भावनाको गहिराइ एवम् चेतनाको उचाइसम्मत छैन ⁄ फेरि भावचेत पनि त सम्बद्ध जीवन अर्थात् सिङ्गो युगसापेक्ष हुन्छ अनि युग समयसापेक्ष हैन र ⁄' ⁄⁄ यहांनेर प्रश्नमा पूर्णाविराम लागेजस्तो समयको गति निरपेक्षझैं लाग्छ, तर समयको पनि कहां एक्लो अर्थ खुल्न सक्छ र ⁄ समयको वस्तुता त पानीजस्तै रङ्गहीन हुन्छ र विभिन्न जागतिक रङ्गमा घोलिएर रङ्गीन बन्दछ । यद्यपि यो सत्य पनि समयको केवल आफ्नो भन्न सकिन्न किनकि सम्भिmइएका सारा सत्यहरू अर्को सत्यलाई केन्ı बनाएर परिक्रमा गरिरहेका हुन्छन् र विभिन्न दूरीमा पुग्दा उज्यालोसंगको अन्तक्रिर्याका कारण विभिन्न रङ्गहरूमा परावर्तन भइरहेका हुन्छन्- हाम्रा सामु । यर्सथमै जागतिक सम्पूर्णता कहीं भेटिन्छ जस्तो लाग्दैन । पीडाबोधको यही विन्दुमा उभिंदा कांडामा गुलाबको अस्तित्व खुब खुलेजस्तो लागिरहेछ ।
यहां देखिन्छन्- फूलको सुन्दरता स्वयम् पत्थर बनेर प्रहार भइरहेछ फूलकै जवानीमा, मीठो लाग्ने मुस्कान स्वयम् बाण बनेर प्रहार हुन्छ मायाकै कहानीमा, मनहरू स्वयम् पनि मनसंग छल गरिरहेछन् मनकै हैरानीमा । यस्तो लाग्छ, मान्छेको बस्तीमा भगवान् त केवल मान्छेको युटोपियन सूत्र हो, पापीहरूको बस्तीमा धर्म त केवल पापीहरूको युटोपियन कवच हो, पीडाको बस्तीमा प्रेम त केवल नरम-नरम युटोपियन बहाना हो । यसैले जीवनको किनारमा म एउटा आत्मबोध कुरिरहेको छु । जब कमलको फूलबाट तरङ्गित मेरा चेतनाका लहरहरू टाढा-टाढा फैलिएको हेदाहेर्दै क्षिितजसम्म पुगेर बेटुङ्गोमा मोडिन्छ≤ लाग्छ, धरतीका सारा सीधा रेखाहरू केवल युटोपियन भ्रम हुनुपर्छ । यदि पृथ्वी गोलो छ भने स्पष्टतः धरतीका सारा सीधा रेखाहरू मोडिएर स्वयम् प्रश्नचि≍नको जुलुस बनिसकेको हुन्छ अर्थात् संसारमा विचारको कुनै निचोड रहेनछ । यसैले त माफ गर्नुहोसर््र् इश्वर दाइ ⁄ बांच्ने बहानाको सबैभन्दा सुन्दर भ्रम जिन्दगीका सारा सपनाहरू कतै थाती राखेर भनिरहेछु- मेरा हजार प्रश्नपीडाहरूको माया लागेर आउंछ ।
जसरी जीवनका बाटाहरू धर्म, अर्थ, काम, मोक्षका विविध बान्कीहरूमा प|mेमिङ हुन्छन्≤ जीवनसम्बद्ध अस्तित्वहरू पनि बदलिंदो रङ्गमा प|mेमिङ हुदै जान्छन् । मानौं, अस्तित्व स्वयम् एउटा यात्रा हो≤ ऊ देउराली फुल्न सक्छ, हिमचुली उक्लिन सक्छ, सागर गहिरिन सक्छ या धार मोडिन सक्छ अर्थात् अस्तित्व स्वयम् मान्यताको सुरुआत अनि मान्यताकै अथाह अन्त्य पनि हो । इतिहास साक्षी छ- तत्कालीन मान्यताको दह्रो किल्ला ठोकेर मान्छे भनाउंदाहरूबाटै जिससको हत्या गरियो र फेरि मान्यताकै कलेवर ओढाएर उनै जिससको पूजा गरिरहेछन् उही मान्छेहरू' । लेनिनको सालिक स्थापना गरियो र ढालियो पनि' । हरे ⁄ अस्तित्वका रङ्गहरू चिन्नै नसकिने गरी कस्तरी बदलिंदा रहेछन्, तर यो पनि सत्य हो कि मान्छेको कर्मशीलता जागतिक रङ्ग घोलिएको समयसंग अन्तक्रिर्या हुदै युगको आंगनीमा परावर्तन हुंदो रहेछ र त्यही चहकमा प्रतिविम्बित सभ्यताले आफ्नो अस्तित्वको दाबी गर्दै मान्छेको नायकत्व स्वीकार गर्दछ र मान्छे पीडाहरूमा पनि उत्सवमय बन्दछ ।
भन्ने नै हो भने अंध्यारोमा झटारो हान्दा भूलले झरेको फलजस्तो यो जिन्दगीमा सङ्गति नै कहां र≍यो र ⁄ सिङ्गो र्स्वर्ग नै दाउमा राखिए पनि यहां कुनै होड जित्ने मनफूल फुलेन, घण्टध्वनिको सस्तो भेटीले ढुङ्गे मुटु पग्लेन । भत्किसकेको आस्थाविन्दु क्षणिक आकर्षाहेतु कति दिन टिक्न सक्थ्यो र ⁄ सम्भवतः र्समर्पणको भोको आस्थाकेन्ı देवताको देशमा प्रेमको खडेरी परेको हुनुपर्छ । कठै ⁄ त्यो र्स्वर्गमा महान्ताका नाममा त्यागमय प्रेमको आदर्श लेपनभित्र तृष्णाका गुत्थीहरू कति सलबलाउंदा होलान् ⁄' ⁄⁄ अप्सराको सदाबहार यौवन मातृत्वविहीन किचकन्नी बनेर कैयौं प्रहर रोएको होला ⁄' ⁄⁄ लाग्छ, र्स्वर्गमा साह्रै दुःख हुनुपर्छ ।
मेरा कतिपय यादहरूले मलाई जीवनका धारावाहिक विसङ्गतिबीचको आस्तित्विक लडाइंमा गहिरो सान्त्वना दिने गर्छ । मेरा बुबाको मृत्यु भएको भय र चोटग्रस्त त्यो सांझ भयानक रातमा अनूदित भएर मलाई ऐठन गरेथ्यो र आज पनि म कैयौं पीडाहरूको ऐठन भोग्न विवश छु, तर पनि एउटा लामो दिन सीमान्त पीडादायी नै किन नहोस् या एउटा छोटो दिन सीमान्त सुखद नै किन नहोस् आखिर दिनको अन्त्य उही सांझमा हुन्छ≤ जो कैयौंको जिन्दगीमा शीतल-शीतल मृदु बनेर सिङ्गो रात छाइदिन पनि सक्छ । यसैले त बिदाइका हर पीडाहरूलाई दिन-रातजस्तै आदतमै जिउन थालेछु अर्थात् सारा पीडास्मृतिहरू सुमधुर बनेर आज जीवनका तारहरूमा व्याप्त रहेको आभास छ≤ जसलाई म सपनासरि भ्रम ठानेर भुल्न चाहन्नं । पीडाबोध वास्तवमा यस्तो जागृत चेतना हो≤ जसमा भ्रम टुट्नुपछिको कठोर यातना भोग्नुपर्नेछैन । लाग्छ, पीडाका यिनै अनन्त सुखानुभूतिहरूले यो विसङ्गत जीवनलाई अझ सुरुचिपूर्ण जिउने प्रेरणा दिएको छ ।
म मेरो जिन्दगीको उपयुक्त विशेषणको खोजीमा छु र जिन्दगी पीडाहरूको भव्यता बोकेर मेरै अगाडि आशर्वादपूर्ण्ा ऐर्श्वर्यशाली बन्ने प्रतिबद्धता जाहेर गरिरहेछ, तर म भने उज्यालोमै पर्खाल अग्ल्याएर अंध्यारोमा बसेको छु र यही अंध्यारोमा कैयौं उद्घाटित दुर्घटनाहरूसहित जिन्दगी बांचेको आभास छ मसित, जिन्दगी बांचेको उपलब्धि छ मसित किनकि मेरो संसारमा मलाई प्रेम गर्नेहरू छन्, घृणा गर्नेहरू छन्, आफन्तहरू छन्, पर्राईहरू छन्, औपचारिकताहरू छन्, शुभकामनाहरू छन्र्,र् इष्र्याहरू छन्, त्रुटिहरू छन्, क्षमाहरू छन् र छन् बर्षा बादल, घाम, पानी, दूबो, शीत, सूर्य, जूनताराको प्राकृतिक नृत्य । तर कोही सधैं मलाई भित्र एउटा आवाज दिन्छ, तिमी कहीं छैनौ≤ जसले मलाई अझ बढी म’ हुनुको विश्वास दिलाएको छ । यी र यस्तै पीडायुक्त सुन्दर छायाचित्रहरूमा जीवनको भागदौडसंगै म जहींतहीं छु, र्सवत्र फिंजिएको छु ।
अझ खोजिरहेछु म जिन्दगीको र्सवश्रेष्ठ उपमा' । प्रेम-घृणा, जीवन-मृत्यु साराहरू अमूर्त चित्रकारिताझैं दुर्बोध्य लाग्छ । एकरस जीवनको मुक्तिको खोजीमा जीवनका निर्रथक प्रश्नहरूको दलदलभित्र नित्से, कामुमात्र होइन म पनि फसेको रहेछु । यसैले त सारा सुन्दर सपनालाई सपनाकै जिम्मा लगाएर बिपनाका सुन्दर पीडालाई माया गर्न थालेछु । सम्झ, अब मेरो अस्तित्वको डुङ्गा छिन्नभिन्न हुदै पार गर्ने तरखरमा छ र यतिखेर म जे छु त्यही रहन चाहन्छु ।
यथार्थतः जीवनमा असफल हुनुको सुन्दरतम उपहारस्वरूप गुमाउनका लागि अब मसंग कुनै त्यस्तो खास वस्तु नै बाकी रहेन । भनौं, यसैले कि वैशाख दुखेर बर्सर्ेेे बदनाम मेरो आंसु फूलको सतहमा कहिल्यै विद्रोहको बाढी उर्लन सकेन, नजरका मेरा दुखेसाहरू कसैको बांसुरीमा सुरिलो धुन बज्न सकेन, बरु मध्यरातको एकलासमा सपनाहरू जल्दै जान्छन् र म प्रभाती भस्म टीका थापेर बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर' ।
आज आत्मबोधको नवीन पृष्ठमा नीलो गहिराइबाट प्रेम र घृणाका चन्ıकिरणहरू परावर्तन भइरहेछन् एकसाथ, तर प्रेमको कुनै शुभसाइत खोपेर होइन र घृणाको फूल रोपेर पनि होइन, बरु एकलासको चितामा नयां चिता पस्केर आकाङ्क्षाहरू जलिरहेछन् प्रातःदेखि सांझसम्म र म अंधेरी रात ओढेर अवशेष बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर' ।
आखिर फूलको भाका उनेर वर्तमानसम्म, आंखामा स्वरूपको रङ्ग छरेर स्वप्नहारसम्म र वासन्ती पालुवामा अलिकति घाउ बनेर मृत्युको सीमासम्म युगको निर्वासित आंसु चुपचाप कैद भोगिरहेछ बाफलिदो मध्या≍नमा र म आफ्नो जुनेली सपना आकाशको तारामहलमै साइत सारेर, कसैको सपनाको पिंध अलिकति चोइटयाएर तृष्णाको भेल बग्दै रहेछु हर वैशाख दुखेर बर्सने साउने झरीमा, हर विसङ्गत र्स्पर्श दुखेर रोएको जीवनको अवशेषमा । यसैले त म मेरा हजार पीडाहरूको माया गर्दो रहेछु ।
जिन्दगीलाई नितान्त एउटा सादा क्यानभासमा रूपान्तरण गरेर जब-जब म आगामी बुद्धको चित्र कोर्न खोज्छु, चित्रबाट फेर परेर म प्राचीन बुद्धको छायामा ओत लागिरहेको हुन्छु अर्थात् मेरो उमेरभरिको इरेजरले आफूलाई मेटेर पनि मैले बिलकुल विगतमुक्त सग्लो आफ्नो परिचय दिन सकिनं । यसरी नै अस्तित्वको उत्खननमा बारबार तथाकथित राजनीति, धर्म, विचार र तर्कहरू अवरोध बन्छन् । यस्तो लाग्छ, कुनै कलाकृतिको सुन्दर रहस्यजस्तो प्रवाहशील समयको कुनै अंध्यारो गर्तमा तिमीजस्तै म पनि छुटेको छु≤ जुन रहरलाग्दा पीडाहरूप्रति मेरो प्रेमभाव जगजाहेर छ ।
कुनै समय दांतभित्रको ज्रि्रोजस्तै म सुरक्षति थिएं, यसैले म हांस्नका लागि पनि दांतकै अनुमति माग्थें, तर अवसर-अवसरमा त्यही दांतले टोकेर मलाई रगताम्मे बनाइदिन्थ्यो र पनि त्यो त्रसित समय मेरो एक आत्मीय मित्रको मृत्युमा मैले रुनका लागि कसैसित अनुमति मागिनं । मृत्युपछि पो थाहा पाएं, म उसलाई प्रेम गर्दो रहेछु' ⁄⁄ जसले मेरो सिङ्गो जीवनलाई नै पीडामय उत्सव बनाइदियो ।
पीडाको सौर्न्दर्यले पुलकित म, आज उसलाई गाढा नीलो पृष्ठभूमिमा याद गरिरहेछु । याद पनि त वैचारिक कसरतसहितको हृदयविलास त हो ⁄ यिनै यादहरूको सुन्दर पुष्पहारको जीवन्त प्रतिबद्धताले मलाई वर्तमानबाट भाग्न कदापि दिंदैन । भनूं भने विगत, पीडा, आंसु र याद नै जीवनको सुन्दरतम आत्मिक आकर्षा बनिदियो । पीडाको हांसोजस्तो उही आकर्षा नै जीवनको उत्कृष्ट आदर्श पनि बनिदियो किनकि मृत आमाको दूध चुसिरहेको तस्बिरको मानवपीडाले मलाई जति छोएथ्यो त्यति फूलहरूमा रमाइरहेकोर् इश्वरको र्फर्ुसदिलो वरदानजस्तो तस्बिरले मलाई छुन सकेन ⁄' ⁄⁄ यदि यो मेरो खुसीप्रतिकोर् इष्र्या हो भने विश्वस्त छु, मानवीय कमजोरी ठानेर वल्लभ दाइ मलाई माफ गर्नुहुनेछ ।
जब म पीडा भेट्छु≤ फूल बिर्सन्छु, जूनतारा बिर्सन्छु । मृत्युलाई भेटे जिन्दगी बिर्सन्छु क्यारे ⁄ जुन तीतो सत्य संसारलाई सुन्दर बनाइराख्ने क्रूर दूरदर्शिता हो प्रकृतिको≤ जुन सत्य मेरो दाबीमा अन्ततः प्रेम नै हो ।
मबाहेक अरूले अनुभव गर्न नसक्ने मेरा पीडाहरूसहित म जीवनरत छु । हजार पीडाहरूले प्रहार गरेको भग्नावशेष मन्दिरजस्तो यो जीवनमा अब कुनै देख्य आकर्षा त रहेन, तर तिमीले भनेजस्तै मेरो अनुभवरत आत्मा भने पुरातात्त्विक मूल्ययुक्त भव्य मुर्ति सम्भिmरहेछु≤ जसलाई पीडाका नाममा म आंफै पूजा गरिरहेछु । सांच्चै प्रेम त त्यही आदिवासी मुर्ति रहेछ ।
चराहरू गुंडमा र्फकने समयसांझको यो प्रहर उज्यालोले छाडेर गएको डोब महसुस गर्न सकिन्छ, नीलो आकाशलाई जर्जर इतिहास र्समर्पण गरेर अनगिन्ती पातहरू झरिरहेछन्, पातहरू पानीसंगै बगिरहेछन्, म डिलमा उभिएर कुदिरहेको पानीलाई हेरिरहेछु । निश्चय नै एक दिन म त्यही पानीमा खस्नेछु, बगरमा लासहरू जलिरहेका हुनेछन्, बिस्तारै-बिस्तारै आकाश धूवांले ढाकिनेछ । यिनै शब्दरङ्गी विम्बाङ्कित एउटा पेन्टिङ यतिखेर मभित्र उद्घाटित छ≤ जुन पेन्टिङ म मेरा पीडानायकलाई र्समर्पण गर्न चाहन्छु≤ जसको प्रेमिकाबाट मैले आफूलाई च्युत गरे पनि मेरो प्रेमीबाट उसलाई च्युत गर्ने कमै मात्र सम्भावना छ किनकि म हिटलरको मुर्तिमा बुद्धको आत्मा समाहित गर्न खोजिरहेछु । हुन सक्छ, हिटलरकी प्रेमिका पनि यही चाहन्थी । अपसोच ⁄ म पनि त्यही भूल गरिरहेछु' ।
यिनै हजार पीडाहरूको सम्झनामा जब म लीन हुन्छु≤ हो, म जिन्दगीको सपना नै बिर्सन्छु । सम्पूर्णमा मेरो वर्तमान शून्य नै रहन्छ । सम्भवतः यो मभित्रको अधिकतम ऊर्जाको क्षण≤ जसलाई एकाकार चैतन्यप्राप्त ब्र≍ममय एवम् प्रकाशमय भन्न मन पराउंछु । तर हामी सबै आ-आफ्नै आकाशको सीमाङ्कन गर्न प्रतिबद्ध छौं । यसरी मानवचेतनाको कन्जुस्याइंग्रस्त भीडमा हांडीले आफ्नै आकाशको कल्पना गर्नु अस्वाभाविक पनि त होइन ⁄ यद्यपि हांडी फुटे उसको आकाश पनि उही सिङ्गो आकाशमा लीन हुनुको विकल्प कतै छ र ⁄ वास्तवमै आकाश एउटै बोध गरेको क्षण हामी सबै एकाकार हुन्छौं । निराकार ब्र≍मस्वरूपको परमानन्द भनेको यही विभाजनहीन निरपेक्ष सत्य हुनुपर्छ≤ जहांनेर न उसको सपना रहन्छ न मेरो पीडा रहन्छ, न भविष्य रहन्छ न विगत रहन्छ । मात्र एकाकार वर्तमानको निराकार ब्र≍मानन्दमा लीन हुनु मेरो पीडाप्रेमको खोज हो । यही निरपेक्ष सत्य बोध गर्न प्रेरित गर्ने मेरा हजार पीडाहरूलाई साधुवाद ⁄
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । फरक यतिमात्र हो, म पीडा सम्हालेर सपना देख्छु≤ ऊ सपना सम्हाल्दै पीडा झेल्छ । हो, ऊ स्वप्ननायिकालाई प्रेम गर्छ, म बिपनाको पीडानायकलाई प्रेम गर्छु आधा उसको सपनाजस्तो, आधा मेरो बिपनाजस्तो प्रेम त त्यही आदिवासी अनुभूति रहेछ ।

बर्खान्तको बेला डेरिडाको सम्झना

आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । यसबेला हामीलाई उनको सम्झनाले सताउनु स्वाभाविक लाग्दछ किनभने तिनै मूल्यहरूको अभावले जगत जर्जर हुँदैछ ।
डेरिडा...ले देखे- वर्तमान विश्वइतिहास रक्तपातमय अभिघातले भरिएको छ । यसका सामुन्नेमा देखिएको प्रवल कारण शस्त्रास्त्रको निरन्तर उत्पादन र सर्वत्र सहज उपलब्धता हो तर यसको सञ्चालक तत्वचाहिँ मानिसको हातमा परेको अन्धशक्ति नै हो । त्यो शक्तिको शासक वा राज्यसत्ता हुन्छ अथवा त्यो आसनमा पुग्न चाहने प्रतिरोधी हुन्छ । उनीहरू आफ्ना अहङ्कार र अभिमानको उन्मादलाई बाजी थापेर एकअर्कालाई निमिट्यान्न पार्न उद्यत हुन्छन्, परिणामस्वरुप उनीहरू सर्वनाशक ध्वंसतर्फ आकृष्ट हुन्छन् । यसकारण वर्तमान विश्वमा जाति विनाश, आत्महत्या, नरसंहार, देशनिकाला, थुना, नजरबन्दी र प्रतिबन्धका अनेक उदाहरण पाइन्छन् । यी मानव सभ्यताका अँध्यारा पाटा हुन् । दुस्खको कुरा के छ भने हाम्रो देशले पनि यस्ता कुराको अभ्यास गरिरहेको छ । यस्ता घटना र तिनीहरूका परिणामको प्रत्यक्षदर्शी भएको छ । भोगिरहेको छ । भोगाइरहेको छ । देशवासी नै यसमा लागेका छौं ।
यस्ता प्रकारका दुखकष्टहरू सङ्कीर्णतावादको अभ्यासले उत्पन्न गराएका कुरा हुन् । यो देखेर डेरिडाले भने- हाम्रा चिन्तन, दर्शन, परिकल्पना र प्रयोग सारा कुरा मानवजातिका लागि हुन् । उसको शरीर र मनको संरक्षणका लागि हुन् । उसको अस्तित्व नै सधैं संकटमा परिरहन्छ भने हाम्रा चिन्तनको वा दर्शनको कुनै अर्थ छैन । संसारलाई यही कु्रा बुझाउन लेखिएको कृति उनी मर्नुभन्दा तीनचार वर्ष पहिले
विश्वबन्धुत्व र क्षमाशीलताका विषयमा (On Cosmopolitatism and Forgiveness) शीर्षकमा प्रकाशित भयो । यस कृतिमा केवल दुईवटा लामालामा निबन्ध प्रकाशित छन् - विश्वबन्धुत्व विषयमा एउटा, क्षमाशीलता विषयमा अर्को । यस कृतिमा उनका अन्तिम दर्शनको प्रस्तावना छ ।
डेरिडाले देखे- अन्तर्कलह र विद्वेषले गर्दा मानिसमानिस बीचमा कहिल्यै नजोडिनेजस्ता धाँजा फाटिरहेका छन् । के मानवसभ्यता चलिन्जेल हामी यसैगरी फुक्लिएर बाँच्न चाहन्छौं त रु अवश्य होइन । हामी प्रेमले, सहिष्णुताले, मानवीय बन्धनले र कानुनले बाँधिन चाहन्छौं । हामी अराजकता र बर्बरताबाट मुक्त हुन चाहन्छौं । यसरी मानवहरूलाई जोड्नका निमित्त डेरिडाले मेलमिलाप, आममाफी अर्थात् सर्वक्षमाको प्रस्ताव राखेका थिए ।
डेरिडाका निबन्धका विषयवस्तु हेर्दा हाम्रो देशको परिस्थितिलाई हेरेरै लेखिएका हुन् कि जस्तो पनि लाग्दछ । तर त्यसो होइनस महासमरदेखि यता संसारले भोगेका कष्ट देखेर उनले यी चिन्ता लेखेका हुन् । उनका चिन्ताको एउटा विषय हो विश्वमा देखिएको शरणार्थी समस्या । वर्तमान विश्वमा झन्डै एक चौथाइ नागरिक आफ्नो देशबाट उखेलिने, खेदिने, मारिने, बेपत्ता पारिनेमा पर्दछन् । नागरिक अधिकार वञ्चित गराइएका, देशनिकाला गरिएका, निर्वासित, विस्थापित र अरु अनेक कोटिमा पर्दछन् । यसैबाट उत्पन्न हुन्छ शरणार्थी समस्या । त्यसमाथि स्वभावैले उत्पन्न हुने परदेशी, विदेशी, आप्रवासी, विद्यार्थी, यात्री, पर्यटक आदि थपिन्छन् । यो दोस्रो वर्गमा पर्नेहरू संसारको नियमित चालाभित्र पर्दछन् तर पहिलो वर्गकाहरू शरणार्थीको रुपमा परिणत भएपछि त्यसले जहाँ पनि समस्याको रुप लिएको छ । अतीतमा कहिल्यै नसोचेको यो विषयले आज आफ्नै मुलुक आक्रान्त बनेको छ । डेढ दशक पुग्यो । हजारौं मानिस अस्थायी शिबिरमा छन् । आफ्नो अतीतबाट उखेलिएका तिनीहरु भविष्यरहित आँखाले पानी चुहिने कटेराबाट हामीतिर हेरिरहेका छन्, अनागरिक नानीहरू नाङ्गा खुट्टाले धुलामा वरपर गर्दछन् । बाबुआमाले पाउने बेसार, खुर्सानी, तरकारी कटौती भएको छ, झुप्रा छाउने खरबाँस कटौती भएको छ, ती बाहिर गएर काम गर्न सक्दैनन् । अपूरो खाना खाएर भत्केको अतीत र अनिश्चित भविष्य कल्पेर शिबिरमा झोक्राइरहन्छन् । यी शरणार्थी शिबिर होइनन्, यातना शिविर हुन् । कुनै अपराधमा संलग्न नभए पनि यी नागरिकहरू ठूलो सजाय काटिरहेका छन्- घरको सम्झनामा मेचीपुल पुग्दै फर्किंदै यी महाशक्तिले खेलौना बनाइएका झुम्राका भकुन्डासरह भएका छन् (यस्ता चिन्ताहरू कृष्णचन्द्रसिंह प्रधानका निबन्धमा खासगरी उनको प्रकाशोन्मुख समय सुनामीमा देख्न पाइनेछ) ।
विश्वभरि शरणार्थीको बढ्दो समस्या देखेर डेरिडाले प्रस्तावित गरेका थिए- संसारभरि राजनैतिक शरण माग्नेहरुका लागि, अन्य प्रकारका शरणार्थी, निर्बासित, विस्थापित र आप्रवासीका लागि विश्वव्यापी अधिकार र कर्तव्यहरू तय गर्नुपर्दछ । तिनीहरूका निमित्त खुला नगरु वा शरणार्थी नगरु को स्थापना गर्नु पर्दछ । उनले भने- त्यसलाई अन्तर्राष्ट्रिय समुदायले शरणार्थी नगरको बडापत्रमा पास गरोस् । त्यस्तो नगरमा पुगेर नागरिकहरूले यातना, भय र कष्टबाट मुक्तिको सुनिश्चिति प्राप्त गरून् । त्यहाँ भयमुक्त भएर केवल रात र दिन काट्ने प्रबन्ध उपलब्ध गराउने मात्र होइन, त्यसका अतिरिक्त ती शरणार्थीलाई भोजन, बस्त्र, आवासजस्तै जीवनका पूर्वाधारबारे कुनै चिन्ता नहोस्स स्वास्थ्य, शिक्षा, सम्मान र अन्य नागरिक अधिकारको सुनिश्चित होओस् । त्यस्ता नगरको स्थापनालाई उनले विश्वबन्धुनगर ठानेका थिए । त्यस्ता नगर स्वयं शासित र स्वतन्त्र भए पनि राज्य संयन्त्रका नियमको अधीनमा हुनेछन् । यसभित्र शरणार्थी मात्र नभएर निर्वासित, फिर्ता बोलाइएका, निकाला गरिएका, उठिबास भएका, विस्थापित, आप्रवासी अनेक वर्गका हुनसक्छन् । त्यस्ता नयाँ शरणार्थी नगरमा आतिथ्यको एउटा न्यूनतम आधार हुन्छ र आचरणको न्यूनतम रेखा । विश्वस्तरमा उत्पन्न हुने हिँसालाई सम्झेर उनले यस्तो परिकल्पना गरेका थिए । त्यस्तो हिंसा उत्पन्न गर्न कहिले राज्य संयन्त्र नै लागि पर्दछ -जस्तो भुटान देखिएको छ । यस्तो कष्ट उत्पन्न गर्न मानसिक यातना, शारीरिक यातना, सेन्सरसिप, अन्य प्रकारका दासता र आतंङ्कको पनि भूमिका हुन्छ । राज्य वा राज्येतर दुबैखाले शक्तिले यस्तो उत्पन्न गर्न सक्छन् । अनेकौं व्यक्ति यस्ता कर्मका शिकार भएका हुन्छन् तर ती बेनामी समूह हुन्छन् । त्यसभित्र मानसिक सन्त्रास खेपिरहेका बौद्धिक, चिन्तक, विद्वान्, सञ्चारकर्मी, लेखक, मनको पीडा र अन्यायबिरुद्ध खुलेर बोल्न चाहने वर्ग सधैं तारो हुन्छ । हाम्रो देशमा पनि त्यस्तो भइरहेकै छ ।
वि श्वभरि चलिरहेको हत्या, हिंसा र विविध प्रकारको यातनालाई कम गराउन डेरिडाले क्षमादानको पनि प्रस्ताव गरेका छन् । हामीले प्रथम विश्वयुद्धकालदेखि अहिलेको कोसोभोसम्म आइपुग्दा सर्वनाशका डरलाग्दा दृश्यहरु देख्नुपर्यो । ती सबै दृश्यहरू यही ग्रहका मानिसका कर्म हुन् । हामीले अरु कसलाई दोष दिनू रु हामी आफ्नो जातिका आफैं बैरी भएका छौं । डेरिडाले देखे - मानिसका हृदयमा दयाभाव समाप्त भएर, करुणा, प्रेम र क्षमाशीलता समाप्त भएर पनि यी पाशविक र क्रूर कर्म भएका हुनसक्छन् । त्यसैले उनले दयाभावको प्रस्ताव राखेका हुन् ।

क्षमाको प्रस्तावनाले अहिलेको विश्वग्रामीकरणको धारणालाई पनि सहयोग पुर्याउँछ । विश्वभ्रातृत्व बढाउँछ । कुनै जाति, वर्ग, दल वा समूहप्रति उत्पन्न भएको द्वेष, ईर्ष्या, बदलाभाव मेटिएर जान्छ । इतिहासले यसका केही पाठ पनि सिकाएको छ । अतीतमा आफ्नो देशबाट भएको हिंसाप्रति जापानी प्रधानमन्त्रीले कोरियाली जनतासमक्ष क्षमायाचना गरे, दक्षिण अफ्रिकामा कालाप्रति भएको अन्याय सम्झेर गोराले क्षमायाचना गरे । आज अतीतको साम्राज्यवादले, सामन्तवादले जताततै क्षमायाचना गर्नुपर्ने देखिन्छ । पुराना घाउहरू यसैगरी बिस्तारै निको पार्न सकिन्छ । हाम्रो आँगनमा पनि प्रजातन्त्र मास्ने, त्यसको प्रवेश रोक्ने अनेक सत्ताहरू छन् । एकदिन तिनीहरूले जनतासमक्ष आफ्ना सारा अत्याचार र अन्यायका निमित्त क्षमायाचना गर्नुपर्ने छ । हामी देखिरहेछौँ आफ्ना नागरिकहरूमाथि अकल्पनीय अत्याचार गर्ने भुटानी राजाले एक दिन यी दुखी जनतासमक्ष क्षमायाचना गर्नुपर्ने छ ।

डेरिडाको मत छ- वास्तविक क्षमा भन्नुको तात्पर्य अक्षम्यलाई क्षमादान दिनु हो । यदि क्षम्यलाईमात्र क्षमा दिने हो भने त्यसकार्यभित्र क्षमाको अवधारणा नै रहँदैन । यसभित्र रङ्गभेदका हिँसामा भएका नरसंहारक हत्याहरू पनि पर्नुपर्दछ। त्यसो भए कानुन समाप्त भए हुन्छ रु प्रश्न आउँछ । तर त्यसो होइन। क्षमा सधैं विरोधाभाषपूर्ण निर्णय हो । भुलले, आवेगले, अन्धवेगले, अहङ्कारले कुनै प्रकारले उत्पन्न भएका यस्ता दुखद परिणामलाई एक ठाउँमा अन्त्य गरी फेरि मेलमिलापको स्थापना गर्न र विश्ववन्धुत्वको भाव जगाउन सकिएला कि भनी डेरिडाले त्यो प्रस्ताव गरेका हुन् । मित्रता, प्रेम, कानुन, विश्ववन्धुत्व, क्षमा र मृत्युदण्ड अन्तर्सम्बन्धित धारणा हुन् । ती मध्ये सबैभन्दा ठूलो मूल्य हो स्वतन्त्रता । अहिले अक्षम्यलाई क्षमा दिने र मिल्न नसक्नेहरूबीच मित्रता कायम गर्नुपर्ने समय छ । अरूको अस्तित्वको सम्मान गर्दै व्यक्तिगत र सामाजिक स्वतन्त्रताको निम्ति लड्ने समय आएको छ । आजको कला, साहित्यले पनि यिनै मूल्यलाई प्रोत्साहित गर्नुपर्दछ ।

पारिजातको जिन्दगानी

पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात सामान्य परिवारमा जन्मेकी थिइन् । अनि यिनको वास्तविक नाउँ विष्णुकुमारी वाइबा हो । साथै त्यतिखेर यिनलाई लामाले प्रदान गरेको न...ाउँ छेकुडोल्मा हो । वाइबाको अर्थ यी तामाङ थिइन् । आफ्नो थरका विषयमा उनले भनेकी पनि थिइन् "म तामाङ पनि पिछडिएको जातबाट आएकी हुँ ।"
विष्णुकुमारी वाइबाले आफ्नो चेतना आफैँ भित्र परिपक्व हुन थालेपछि आफ्ना बाबुआमा तथा लामाले राखिदिएको नाउँलाई फेरेर आफूलाई पारिजात बनाएकी थिइन् । पारिजातकै कुरा गर्ने हो भने यिनले आफू काठमाडौं आएपछि मात्र पारिजातको फूल देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजात बोटबाट होइन झरेपछि भुइँ बाट टिपिन्छ भन्ने थाहा पाएर यिनले विष्णुकुमारी वाइबालाई पारिजातसँग साटेकी थिइन् । यसै विषयलाई लिएर यिनले फेरि पनि भनेकी थिइन्, "पारिजात नाउँका पछि रहेको ऐतिहासिक तथा पौराणिक अवधारणाबाट प्रभावित भएर राखेकी हुँ ।" यही पारिजातका नाउँबाट यिनको साहित्यिक व्यक्तित्व क्रमशःक्रमशः फैलिएर देशदेशान्तर पुग्यो । पारिजात यही नाउँबाट नेपाली भाषासाहित्यका संसारमा चिरञ्जीवी भइन् ।
ड्ड
पारिजातका बाबु दार्जिलिङनिवासी भए तापनि उनीहरूको पुख्र्यौली थलो सङ्खुवासभाको चैनपुरस्थित उँखुवा गाउँ थियो । पारिजातका बाजे सरदार धनमानसिंह वाइबा र्सवप्रथम भारतको दार्जिलिङ पुगेका थिए । वाइबा दार्जिलिङ पसेर चियाकमानमा कुल्ली भए । उनले त्यतै बिहे गरेर आफ्नो गृहस्थी पनि कायम गरे । अनि उनले छोरा कालुसिंह पाए ।
के.एस्. लामा (कालुसिंह लामा) अर्थात् पारिजातका बाबु पनि पहिला भारतीय सैनिक सेवामा कार्यरत थिए । त्यस कालमा पारिजातको घरमा आर्थिक पक्षले पनि राम्रो टेवा पाएको थियो । तर पारिजातका घरमा क्रमशः दसा पस्न थालेपछि उनीहरूको सम्पन्नता पनि बिस्तारै खच्किन थाल्यो, हराउन थाल्यो र डुब्न पनि थाल्यो । वास्तवमा त्यसपछि दार्जिलिङमा उनीहरूका लागि सुनको फुल पार्ने अर्को कुनै कुखुराको आविष्कार हुन सकेन । त्यसैले उनीहरूले त्यहाँ आयआर्जन गरी खास कुनै उन्नति गर्ने सपना पनि देख्न सकेनन् । त्यस बेला उनीहरूका जीवनमा जेजति कष्ट भए तापनि पारिजातका बाबु होमियोप्याथीका चिकित्सक थिए । तिनै चिकित्सकले दुक्खसुक्ख घरको दैनिक कारोबार धानेका थिए ।
पारिजातका बाबु कालुसिंह वाइबालाई डा. के.एस्. लामा भनेरै चिनिन्थ्यो । अनि उनकी आमाको नाउँ अमृता मोक्तान थियो । अमृताचाहिँ के.एस्. लामाकी दोस्री पत्नी थिइन् । प्रथम पत्नी दिवङ्गत भएपछि लामाले पुनः अर्को बिहे गरेका थिए । पारिजात भने लामा दम्पतिकी तेस्रो सन्तान थिइन् । पारिजातका दुवै आमाबाट चाहिँ जम्मा ११ जना सन्तान जन्मेका थिए ।
ड्ड
पारिजात बाल्यावस्थादेखि नै बिमारी परिरहन्थिन् । उनको शारीरिक दुर्बल ताले गर्दा स्कुलमा पनि साथीभाइहरूसँगको झैझगडा र खेलकुदमा उनी हार्ने गर्थिन् । वास्तवमा त्यसै बेला यिनलाई शरीर कुँजिने रोगले भित्रभित्रै आक्रमण गर्न थालेको रहेछ । पहिलोपल्ट त्यस रोगले आक्रमण गर्दा पारिजात १३ वर्षी थिइन् । त्यस बेला हाडजोर्नी दुख्ने रोगले पारिजातलाई निक्कै विहृवल बनाएको थियो । पारिजात जेजस्तो बिमारी हुँदा पनि उनका बाबुले आफै औषधिउपचार गर्थे । डा. के. एस्. लामा आफ्नै हठ, अडान र सिद्धान्तका चिकित्सक थिए । त्यसैले २०११ सालसम्म पारिजातले अरू चिकित्सकको मुख राम्ररी देख्न पाएकी थिइनन् । त्यस बेलासम्म उनका बाबुले आफू चिकित्सक भएको अहम् पारिजातमाथि नै थोपरिराखे । वास्तवमा सानैदेखि पारिजातले समुचित उपचार पाएको भए सायद उनी जीवनभरि ओछयानमा पल्टनुपर्ने थिएन भन्ने पनि त्यस समयका मान्छेहरूको गुनासो थियो ।
बिमारी परिरहने भए तापनि पारिजात सानैदेखि अन्तर्मुखी थिइन्, अनि यी भावुक पनि थिइन् । आफ्नो किशोरावस्थाका विषयमा पारिजातले भनेकी थिइन्( "मेरो गाउँ सहरदेखि टाढा थियो । मेरो घर जङ्गलबीचमा थियो । त्यस बेला सायद मेरो भित्री अचेतन मनबाटै लेखूँ लेखूँ लाग्यो होला; त्यसैले मलाई जङ्गलजङ्गल डुलूँ डुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा गएर सुतूँ सुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँ नाचूँ लाग्थ्यो । त्यति मात्र होइन, म त्यस बेला भीरपाखा ओरालोउकालो सबैतिर डुल्न पुग्थे“ । त्यतिखेर मलाई रमाइलो गर्न नै विशेष मन पथ्र्यो । तरै पनि त्यस बेलाचाहिँ मैले कविता लेख्न सकेकी थिइन“ ।"
लेखूँ लेखूँ , पढूँ पढूँ र गम्भीर बनूँ बनूँ लाग्ने बेलामा पारिजात घुम्नमा नै मन दिन्थिन्, जङ्गल पस्थिन्, ऐँ सेलुको झाङमा पसेर ऐँ सेलुका दाना टिपेर खाँ दै दिन बिताउँथिन्; पुतलीको विवाह गर्थिन्; झयाउँकिरी समातेर उडाउने गर्थिन् । अरूअरू साथी भेला पारेर जङ्गलका बीचमा पुग्ने गर्थिन् र खोलामा गएर नुहाउने गर्थिन् । वास्तवमा उनलाई खोला, पानी र वर्षा सानैदेखि मन पर्थे । यसबारे पारिजातले पछिसम्म पनि भनिरहिन् "म वर्षा मा हराउँछु , मेरो शरीरले दिने भए त मलाई पानीमा भिज्न रमाइलो लाग्छ । जब वर्षा सकिन्छ मलाई म आफू नै रित्तो भएझै“ लाग्छ । मेरो मन छटपटिन्छ र म तीव्र प्यासको अनुभूति गर्छु "
ड्ड
शिशु अवस्थामा नै पारिजातको भावना चराझै“ चारैतिर घुमिरहने गथ्र्यो । त्यसैले बाल्यकालदेखि नै यी डुलन्ते थिइन् । यी प्रायः एक्लै डुल्ने गर्थिन् । पानीमा भिज्दैभिज्दै डुल्नमा पनि यीभित्र आनन्द जम्ने गथ्र्यो । त्यसै बेलादेखि यिनलाई जूनले नुहाएको धर्तीमा समय बिताउन मन लाग्थ्यो । त्यो चञ्चले उमेरमा यिनलाई फूलबारीको एकान्तमा रात बिताउन मन लाग्थ्यो । साथै यिनलाई त्यस समयमा चौतारीमा पनि सुत्न मन लाग्थ्यो । तर जतिजति दिन बित्दै गए यिनका सोचाइहरू पनि अर्थहीन हुँदै गए । घाम अस्ताउनासाथ यिनले कैदी हुनुपथ्र्यो । मानौँ यिनको घर यिनको जेल हुन्थ्यो । जेलबाट फुत्किन यिनले कैयौ“ संघर्ष गर्नुपथ्र्यो । जेल फोर्न नसकेर यिनले आफ्ना अभिभावकहरूसँग मुखमुखै लाग्नुपथ्र्यो । विभिन्न वाध्यता, विवशता र परिस्थितिले हिर्काएर त्यस बेला यिनको सशक्त जाँगरलाई कैदी बनाइएको थियो । त्यो घडी यिनले आफ्ना मनका अविरल चाहनालाई बिर्को लाएर आफैभित्र आफैलाई कज्याउनु परेको थियो ।
ड्ड
पारिजात सानैदेखि घर र कोठा सजाउने काममा सिपालु थिइन् । यी राम्राराम्रा फूलहरू खोजेर ल्याउँथिन्, अनि कोठा सजाएर ढकमक्क पार्थिन् । यिनको यो रीत दार्जिलिङमा थियो र त्यही रीत काठमाडौंमा पनि कायमै थियो । यिनको आफ्ना घरमा रहेको लेख्ने टेबलमा राखिएको फूलदानमा पनि प्रायः ताजा फूलै राखिएको हुन्थ्यो । फूलप्रतिको यिनको चाहना देखेर पछिपछि पनि यिनका एक जना मित्र रूपचन्द्र विष्ट यिनलाई बारम्बार जिस्काउने गर्थे । अर्थात् विष्ट यिनलाई फूल टिपेर नहिँड्ने सल्लाह दिन्थे । किनभने रूपचन्द्र विष्टलाई फूल बोटैमा ओइलाएको मन पथ्र्यो । त्यतिबेला विष्टले पारिजातलाई थप भनेका थिए "तपाईंमा एउटा अपराधी प्रवृत्ति लुकेको छ; तपाईं परपीडक हुनुहुन्छ; यी फूलहरूलाई घाँटी निमोठ्तै ल्याएर आफ्ना वरिपरि सजाउनुहुन्छ । बोटमा नै ओइलिन दिए हुन्छ नि ।" फूलका प्रसङ्गमा पारिजातचाहिँ भन्थिन्( "फूल नै मेरो कमजोरी हो । म बसेको कोठामा फूल छैन भने त्यो ठाउँ नै मलाई बिरानो लाग्छ ।"
ड्ड
आफ्नो बाल्यकालमै पारिजातले आमालाई गुमाएकी थिइन् । त्यसैले आमाको प्रेम, माया र आत्मीयताका विषयमा यी अनभिज्ञ थिइन् । पारिजातले साँच्चै नै आफ्नो जीवनकालमा आमाको अनुभव गर्न पाइनन् । नारीको रूपमा जन्मेकी पारिजातले आफूले आफ्नी आमाको र आफूले नै भौतिक सन्तानकी आमा हुनुको अनुभूति सँगाल्न पनि पाइनन् । त्यसो त उनका मानस सन्तानको पर्याप्तताले गर्दा आफू आमा हुनुको अनुभूतिको छायाप्राप्ति भने उनले अवश्यै गरेकी थिइन् । यस सिलसिलामा पारिजातले भनेकी थिइन्( "मैले आमाको अनुभव गर्न पाइन“ । आमाको माया कस्तो हुन्छ त्यो
थाहा छैन ।" त्यसैले पारिजात बाबुको मात्रै संरक्षण र रेखदेखमा आबद्ध थिइन् ।
कामको विविध प्रपञ्चले गर्दा डा. के. एस्. लामा प्रायः सधै व्यस्त रहन्थे । पारिजात भने त्यसै अवस्थामा बाबुका आँखाहरूमा छारो हाल्न पुग्थिन् । त्यही परिणामले बाबुको आँखा छलेर यिनले सानैदेखि चुरोट खान सिकिन् । आफू छैटौ कक्षा पढ्न थालेदेखि नै यिनले राम्ररी चुरोट तान्न थालेकी थिइन् । आफ्नै फुपूकी छोरीसँगको सङ्गत र घोडचढी दाजुको आत्मीयताले गर्दा यिनले आफूलाई चुरोटमा बानी पारेकी थिइन् । यी क्रमशः यसैमा डुब्दै पनि गइन् । यतिसम्म कि भात खाइसकेपछि चुरोटको हरर तलतल लागेको यी प्रस्टै थाहा पाउँथिन् । उमेर बढ्दै जाँदा चुरोट त यिनलाई सामान्य लाग्न थाल्यो । त्यसपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । यिनले त्यसैबेला गाँजा खाएर मुटुको ढुकढुकी पनि बढाएकी थिइन् । पारिजात गाँजा खाएरै बिरामी पनि भएकी थिइन् ।
ड्ड
सानैदेखि पारिजातको हातमा घरको भान्साको बागडोर परेको थियो । पारिजातलाई भान्सामा पकाउने ठूलो रहर थियो । त्यसैले उनी सहर्षत्यसबापतका कामहरू सम्हाल्थिन् । तर क्रमशः शारीरिक अवस्थाले गर्दा यी भान्साबाट पनि निष्कासित हुन थालिन् । यसै प्रसङ्गमा उनी भन्थिन्( "पाक मेरो रुचि थियो र त्यो मेरा बुबाको रहर पनि थियो । अझै पनि मैले पकाउन नपाउँदा मलाई दुक्ख लाग्ने गर्छ ।" आफ्ना किशोरवयमा जङ्गलमा पसेर स्याउला बटुल्ने, आगो बालेर आलु पोल्ने, चराहरू पोलेर खाने आदि मनोरञ्जनमा दिन बिताए पनि घरका प्रायः सबै काममा यिनले राम्ररी नै दलिनुपथ्र्यो । किनभने घरका सबैखाले काममा यी पोख्त थिइन् । वास्तवमा सानै उमेरकी भए पनि त्यस बेला आफ्नो घरकी मियो नै पारिजात थिइन् ।
ड्ड
पारिजातले प्रारम्भिक चरणमा दार्जिलिङकै क्रिस्चियन स्कुलमा पढिन् । ती स्कुलहरू थिए( 'नेपाली गर्ल्स हाईस्कुल' र 'सेन्ट टेरिजा स्कुल' । सेन्ट टेरिजा स्कुल क्रिस्चियनले सञ्चालन गरेकाले त्यस स्कुलमा जुनसुकै विद्यार्थीले पनि बाइबल पढ्नै पथ्र्यो । त्यसैले यिनले सानै उमेरमा 'बाइबल'का पाठहरूको अध्ययन गरेकी थिइन् । क्रिस्चियन स्कुलमा पढे पनि यिनले आफ्नो धर्मचाहिँ छाडिनन् । यी बौद्धधर्मावलम्बी थिइन् । यिनले पन्ध्र वर्षो उमेरमै बौर्द्धदर्शनका ग्रन्थहरू र गीता पढेकी थिइन् । साथै यिनले अन्य धार्मिक ग्रन्थहरूको पनि अध्ययन गरेकी थिइन् । त्यही स्कुलमा पढ्दापढ्दै यिनलाई स्काउटप्रति पनि चासो लाग्यो र यिनले गर्ल्स स्काउट हुने मौका पनि पाएकी थिइन् । पारिजातले प्रारम्भिक कक्षादेखि दस कक्षासम्म दार्जिलिङमा नै पढेकी थिइन् । उनी २०११ सालमा दार्जिलिङबाट काठमाडौं आइन् । काठमाडौं उपत्यकामा प्रवेशपछि उनी एस्.एल्.सी. परीक्षाका लागि डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् ।
ड्ड
पारिजात सानैदेखि गीत गाउनमा रुचि राख्थिन् । सानामा पारिजातको स्वर पनि राम्रो थियो । त्यसैले पारिजात सानैदेखि स्कुलमा होस् या घरमा होस्, सभामा होस् या वनभोजमा होस् गीत गाउन चाहन्थिन् । गीत गाएर उनले धेरैलाई लोभ्याएकी पनि थिइन् । तर यिनका बाबुलाई यिनले गीत गाएको पटक्कै मन पर्दैनथ्यो । त्यसैले यिनको स्वर बिस्तारै खुम्चेर जान थाल्यो, हराएर जान थाल्यो र सेलाएर जान थाल्यो । सानामा नाच्न पनि यिनमा त्यत्तिकै सोख थियो तर बाबुका डरले यी यस बाटामा पनि औपचारिक रूपमा हिँड्न अर्समर्थ भइन् । सृजनात्मक रचनाहरू गर्न पनि यिनलाई त्यति नै रुचि थियो तर यिनले लेखेका लेखहरू यिनका बाबुका लागि असहृय हुन्थे । यिनलाई जनताका माझ र समाजमा नै पनि यी विविध रमाइला काम गर्न र लेख्न ज्यादै लोभ लाग्थ्यो । तर बाबुको डरले गर्दा पारिजात यस बाटामा प्रत्यक्ष खुल्न सक्तिनथिन् । लुकेर नै भए पनि यिनले गाउन छाडिनन्, नाच्न पनि छाडिनन् र लेख्न पनि छाडिनन् । आफू जिद्दी भएका कारणले नै यिनले आफ्ना रुचिहरूमा दिग्विजय प्राप्त गरेकी थिइन् । वास्तवमा उनी आफ्नै मनकी रानी पनि थिइन् । त्यसैले यसबारे उनी बराबर भन्थिन्( "बाबुसँग छलेर पनि म मेरा यात्रामा नै बगेँ । मेरा इच्छाहरूमा मैले नै जितेँ । घरबाट भने लेख्ने प्रेरणासम्म पनि मैले पाएकी थिइन“ । तर पनि मैले मेरा जीवनका उद्देश्यहरू त पूरा गरें नि !"
ड्ड
पारिजातलाई विज्ञान, अङ्ग्रेजी साहित्य र गणित पढाउने उनका बाबु डा. के. एस्. लामाको ठूलो धोको थियो । डा. लामा दिनरात एउटी छोरीलाई डाक्टर बनाउने कामना गर्थे । तर बाबुको चाहनामा पारिजात रत्तीभर चलेकी थिइनन् । यिनका बाबुको छोरीलाई प्राविधिक बनाउने दृष्टिकोणबाट मोडिएर यी स्वतन्त्र अध्ययनमा नै मन गर्थिन् । वास्तवमा यी आफ्ना कक्षाका पुस्तक पनि किन्दिनथिन् र मन दिएर पनि पढ्दिनथिन् । बरु अरू पुस्तकहरू पढ्दा नै यिनले स्वाद मेट्थिन् । आफ्ना बाबुको त्यस्तो कडा व्यवहारसँग सामना गरेर यी स्वतन्त्र नै भई छाडिन् । व्रि्रोह गरेर पनि यी स्वतन्त्र रूपमा बढ्न चाहन्थिन् । यसै विषयमा बाबुछोरीको ठयाकठयाक ठुकठुक परिरहन्थ्यो । यसबारे उनी भन्थिन्( "मेरो अटेरपनादेखि उहाँ (बुबा) लाई यातना हुन्थ्यो, उहाँको वाध्यतादेखि मलाई यातना हुन्थ्यो ।" त्यस बेला आफ्ना बाबुबाट यिनका गोडामा कति साङ्ला ठोकिन्थे, अनि कति काटिन्थे । तर उनी एकैनासले आफ्नै ढिपीमा आफ्नै बाटामा मात्रै हिँड्न खोज्थिन् । त्यसैअनुरूप पारिजात विशेषतः लेखनमा नै समर्पित हुन थालिन् र उनी यस उद्देश्यमा सफल पनि भइन् । यिनले लेखक बन्ने आफ्नो तीव्र इच्छालाई आफै साकार बनाइन् । आफ्नो दृढता, लगन र र्समर्पणका कारण उनी यस धर्तीकी सफल साहित्यकार बनिन् ।
ड्ड
दार्जिलिङको जीवनकालमा पारिजातले जति सुक्ख पाइन् दुक्ख पनि त्यति नै भोगिन् । आफ्नो मातृभूमिका विभिन्न मनोरञ्जन, प्रेम, सद्भावना, दुक्ख र सुक्खमा डुबुल्किँ दाडुबुल्किँदै यी २०११ साल मङ्सिरमा दाजु (काकाका छोरा) का साथ लागेर काठमाडौं
पसिन् । काठमाडौं आएर यिनले पढ्न थालिन् । त्यसै वर्षयिनले पद्मकन्या विद्याश्रमबाट एस्.एल्.सी. परीक्षा दिइन् र यी तृतीय श्रेणीमा उत्तीर्ण भइन् ।
ड्ड
काठमाडौंमा सुरुका दिनमा पारिजात र सुकन्या रामशाहपथमा डेरा गरी बसेका थिए । त्यस बेला यिनीहरू कहिले बानेश्वर, कहिले कीर्तिपुर अनि कहिले लगनटोलमा पनि डेरा सरेका थिए । जहाँजहाँ डेरा सरे पनि त्यहीँत्यहीँ मित्रहरूको जनसङ्ख्या बढाउने पारिजातको नैर्सर्गिक कला थियो । पारिजात असाद्धे मिलनसार थिइन् । पढ्ने क्रममा पनि यिनले थुप्रैलाई मित्र बनाइन् । आई.ए. पढ्न पद्मकन्या कलेज पुगेपछि दया सिंह यिनकी आत्मीयताकी डोरी बनिन् । मित्रताको डोरी कसिँदै जाँदा पारिजात दया सिंहकी माया, व्यथा र करुणाकी मूर्ति बनिन् । अथवा उनी पारिजातकी एउटा पथिक बनिन्, अनि उनी पारिजातकी एउटा पथ बनिन् । पारिजातका आ“सु जति पोखिन्थे ती सबै दया सिंहले देख्थिन् अनि पारिजातका खुसी जति हुन्थे ती सबै दया सिंहले नै पहिलोपल्टमा नै अथवा दोस्रोपल्टसम्ममा पक्कै देख्न पाउँथिन् ।
आई.ए. पढ्न पारिजात सुरुमा नेशनल कलेजमा भर्ना भएकी थिइन् । तर उनी त्यहाँ एक हप्ताजति मात्र गइन् र त्यसपछि पद्मकन्या कलेजमा यिनले आफ्नो नाउँ लेखाइन् । पद्मकन्या कलेजमा चाहिं यिनको मन पनि रत्तिएको थियो । त्यस कलेजमा पढेताका त्यहाँ उनी एक प्रकारले हिरोइनझै चम्केकी पनि थिइन् ।
पद्मकन्या कलेज पढेकाबेला यिनका मन पर्ने साथीहरूमा नमी राणा, भुवनेश्वरी थपलिया (पछि सत्याल), नारायणीदेवी चित्रकार (पछि मल्ल) पनि थपिएका थिए । भुवनेश्वरी थपलियाहरूले यिनको पढाइका सर्न्दर्भमा पनि प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याएका थिए । यसबारे पारिजातले भनेकी पनि थिइन्( "मलाई उनीहरूले कक्षँ का नोट दिएर पनि सहयोग गरे ।" साथीसँगिनी, बोलीचाली हरेक दृष्टिले उनी त्यहाँ चाँडै नै प्रायः र्सवपरिचित भइसकेकी थिइन् । कलेजका कार्यक्रममा उनी कत्थक नृत्य पनि गर्थिन् । त्यहाँ पढेताका उनी व्याडमिन्टन पनि खेल्थिन् । व्याडमिन्टन खेलेका बेला उनी हातको नारीमा रुमाल बान्ने गर्थिन् । त्यति बेलाको त्यो दृश्य हेर्न पनि रमाइलो हुन्थ्यो ।
पद्मकन्या कलेजमा अध्ययन गर्दा सुरुसुरुमा पारिजातले गाँजा पनि खाइन् । पारिजातका अनुसार यिनले पद्मकन्या कलेज पढ्दा त्यहाँका प्रायः विद्यार्थीहरू चुरोट खान्थे; तर मधु गिरी तथा देवलक्ष्मी भन्ने दुईजना विद्यार्थीहरूले भने चुरोट खाँ दैनथे । पारिजातकी असाध्यै मिल्ने साथी दया सिंहले पनि पारिजातको सङ्गत भेटेपछि चुरोट खान थालेकी रहिछन् । दया सिंहको सङ्गतपछि पारिजातले झन् एकान्तमा बसेर चुरोट तान्ने साथी पनि पाइन् । बाँचुन्जेलसम्म पारिजातले चुरोट खाई नै रहिन् । मानौँ , चुरोट यिनको एक प्रकारको अभिन्न साथी बनिसकेको थियो । किशोरावस्थामा उनी दार्जिलिङमा मटरमार चुरोट खान्थिन् भने काठमाडौंमा उनले खाने चुरोट 'गैंडा' (गैंडा चुरोट निस्केपछि) हुन्थ्यो ।
पारिजातले पद्मकन्या कलेजबाट २०१४ सालमा आई. ए. उत्तीर्ण गरेकी थिइन् । पद्मकन्या कलेजको अध्ययनका क्रममा पारिजातको बेग्लै हाउभाउ थियो । आफू बी.ए.को दोस्रो वर्षी छात्रा भएका बेला यिनले हस्तरेखाको पनि अध्ययन गर्न थालेकी थिइन् । त्यस समयको चित्रात्मक घटनालाई अघि सार्दै उनी भन्थिन्- "म सारा कोर्स एकातिर थन्क्याएर हस्तरेखामा दत्तचित्त भएँ ।" हस्तरेखाको अध्ययनका समयमा पारिजातले ज्योतिष विद्याको गणित गर्दै आफ्ना साथीहरूको जन्मकुण्डली बनाएर र हात हेरेर व्यावहारिक सीप आर्जन गर्ने प्रयास गरेकी थिइन् । उनले आफू शिक्षिका भएका बेला पनि यो रीत कायम राखेकी थिइन् । तर पछि आफ्ना बाबुले यस विषयमा हात हाल्न कडाइका साथ निषेध गरेपछि उनी यस मार्गमा हिँड्न बन्द भएकी थिइन् ।
पारिजात नाटयकलामा पनि अभिरुचि लिन्थिन् । अध्ययनका बेला उनले केही नाटकमा अभिनयको भूमिका पनि खेलेकी थिइन् । यसै क्रममा गोविन्दबहादुर मल्ल 'गोठाले'को 'युगको शिकार'नामक नारीप्रधान नाटकमा पारिजातले नायिकाको सशक्त भूमिका निर्वाह गरेकी थिइन् । त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए । पारिजातसँग त्यस नाटकमा खेल्ने अर्का साहित्यकार चित्तरञ्जन नेपाली थिए ।
पारिजातले पद्मकन्या कलेजमा पढेताका उनको कक्षामार् इश्वर बरालले अङ्ग्रेजी पढाउने गर्थे । पढाउँदापढाउँदै बरालले त्यस बेलाकी विष्णुकुमारी वाइबा अर्थात् भविष्यकी पारिजातमा भएको कस्तूरीको नाभिको बास्ना प्राप्त गरिसकेका थिए । बरालले मात्र होइन प्रायः सबै प्राध्यापकले उनको शिष्टाचारको बढाइँ गर्थे । उनी कलेजताकाको पढाइमा पनि राम्रो कसरत गर्थिन् । उनले २०१६सालमा सोही कलेजबाट बी. ए. पनि उत्तीर्ण गरिन् ।
अङ्ग्रेजी साहित्य लिएर पारिजातले एम्.ए. पनि पढिन् । त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत एम्.ए. पढ्ने यिनको समूह पहिलो थियो । अर्थात् त्यस वर्षेखि मात्र नेपालमा एम्.ए. स्तरको पढाइ सञ्चालन हुन थालेको थियो । तर आर्थिक अवस्थाका कारण उनी ललितपुरस्थित मदनमेमोरियल गर्ल्स हाईस्कुलमा पढाउन जान थालिन् । अनि स्कुलमा शिक्षिका भएपछि यी एम्.ए.का कक्षाहरूमा उपस्थित हुन सकिनन् । त्यसपछि पारिजातले औपचारिक हिसाबबाटै एम्.ए. पढ्न छाडेकी थिइन् ।
ड्ड
२०१७ साल फागुनदेखि पारिजातले मदन मेमोरियल गर्ल्स हाईस्कुलमा मासिक दुई सय रुपियाँमा काम गर्न थालिन् । त्यस स्कुलमा यिनलाई भर्ना गर्न सिफारिस गर्ने वासुदेव शर्मा लुइँ टेल थिए भने भर्ना गर्ने व्यक्ति कमल दीक्षति थिए । उनी मदन मेमोरियल गर्ल्स हाईस्कुलमा दसौं कक्षामा अङ्ग्रेजी, भूगोल, नेपाली र भारतको इतिहास पढाउँथिन् । साथै उनी आफ्नो रुचि र विषयअनुसार सात र आठ कक्षाका विद्यार्थीलाई चित्रकला पनि सिकाउने गर्थिन् । त्यस स्कुलमा पारिजातले आफ्नो कला, सीप र जाँगर देखाउन पाइन् । स्कुलमा पनि यी प्रायः सबैकी प्रिय भइन् । उनी एउटी स्तरीय, कुशल र सक्षम गुरुआमा थिइन् । त्यतिमात्र होइन; उनले त्यस स्कुलमा प्रातःप्रार्थना का लागि गीत पनि लेखेकी थिइन् । यस विषयमा कमल दीक्षतिले लेखेका छन्- "उनले रचेका प्रार्थना गीत स्कुलका हाम्रा नानीहरूले सधै“ बिहान गाउँथे ।" विष्णुकुमारी वाइबाले स्कुलका लागि प्रार्थना गीत रचेपछि मात्र उनी पारिजात भएको कुरो मदन मेमोरियल स्कुलसँग सम्बन्धितहरूले पनि थाहा पाएका थिए । यसै प्रसङ्गमा सो स्कुलका तत्कालीन सक्रेटरी कमल दीक्षितको भनाइ छ- "बी. ए. पास भएकी विष्णुकुमारी वाइबालाई पाउनु स्कूलका लागि ठूलो कुरा भएको थियो त्यस बेला । विष्णुकुमारी वाइबा कवि पनि भन्ने कुरा स्कूलमा हामीले थाहा पायौ । उनले स्कूलमा प्रातः प्रार्थना लेखिदिएपछि ।"
स्कुलमा पढाउन थालेपछि पारिजातमा बिस्तारैबिस्तारै रोगको सशक्त आक्रमण हुन थाल्यो । आफ्नो शारीर कि स्वास्थ्य प्रतिकूल हुन थालेपछि यी स्कुल जान पनि अर्समर्थ भइन् । त्यसैले २०१९ सालदेखि यिनले मदन मेमोरियल हाईस्कुलबाट अवकाश लिन खोजिन् । तर त्यति बेला त्यस स्कुलले उनको राजीनामा स्वीकारेन । उनी स्वस्थ भई पुनः स्कुल र्फकलिन् कि भन्ने आशामा उनको राजीनामालाई औपचारिकता दिइएको थिएन । यसको प्रमुख कारण उनीप्रतिको दया थिएन; उनी कुशल अङ्ग्रेजी शिक्षिका थिइन् ।
स्कुलबाट पारिजातको राजीनामा स्वीकृत नभएकाले २०२२ सालमा उनले सो स्कुललाई फेरि अर्को कडा चिठी लेखिन् "मेरो राजीनामा तपाईंहरूले किन स्वीकार नगरेको ? " त्यसपछि चाहिँ उनको राजीनामा स्वीकृत भयो । वास्तवमा गम्भीर शारीरिक अवस्थाका कारण उनी त्यो स्कुल छोड्न बाध्य भएकी थिइन् । त्यस बेला पैदा भएको त्यो बिरामीले उनलाई जीवनपर्यन्त झन्झनै रोगी बनाउनेछ भन्ने कुरा त्यस बेला स्वयं पारिजातलाई पनि त्यतिको थाहा थिएन ।
पारिजातलाई बाथले कक्राककुक्रुक पार्न थालिसकेको थियो । उनका हातखुट्टाका जोर्नी खपी नसक्नु दुख्न थाले । त्यति बेला उनको उपचार्रार्थ कमल दीक्षित पनि खटेका थिए । यस विषयमा दीक्षितले लेखेका छन्( "बाथको रोगीलाई स्यालको मासु खायो भने फाइदा हुन्छ भन्ने र एउटा स्याल मारिदिनु पर्यो भन्ने अनुरोध मलाई (मदन मेमोरिल) स्कूलबाट आयो । तिनताका श्रीदरबार जङ्गलजस्तै थियो र दिउँसै पनि त्यहाँ स्यालहरू कुदिरहन्थे ।... मैले मेरो टुटु बन्दुकले एउटा स्याल मारेर छाला काढ्न लगाई त्यसका चारवटा सपेटा स्कूलमा पारिजातका लागि पठाइदिएको थिएँ । तर स्यालको मासुले पनि उनलाई केही फाइदा भएन ।" अनि त्यसै वर्षेखि जीवनमा कहिल्यै निको नहुने गरी बाथ (Rheumatoid arthritis)का कारणबाट पारिजात थला परिन् । यसै प्रसङ्गलाई लिएर पारिजातले लेखेकी थिइन्- "झन्डै उन्नाइसबीस सालदेखि म बाथको रोगले कुजिएँ । दुई वर्षम्म खाटमा सीमित भएँ । त्यसैताका मैले एउटा उपन्यास सिध्याएँ 'शिरीषको फूल' । यसको भूमिका मैले मलाई आफ्नो सबैभन्दा मन परेको लेखकद्वारा लेखाउनु थियो र त्यस धोकोलाई मैले सफलतासाथ पूरा गरेँ ।" वास्तवमा शङ्कर लामिछानेले 'शिरीषको फूल' भित्र एउटा अभूतपूर्व भूमिकाको रचना गरेका थिए ।
ड्ड
पारिजातको औषधी उपचारका हेतु सिद्धिचरण श्रेष्ठ र दान खालिङले उनलाई राजा महेन्द्र (म. वी. वि. शाह) का नाउँमा बिन्तीपत्र लेख्न आग्रह गर्दै भनेका थिए- "एउटा बिन्तीपत्र हाल्नुस् बैनी !तपाईंका निम्ति जे पनि हुन सक्छ ।" त्यस बेला दान खालिङले चाहिँ पारिजातलाई राजा महेन्द्रको महानताका बारे धेरै बुझाएका थिए । अनि पारिजातले प्रत्युत्तरका क्रममा भनेकी थिइन् -"त्यसरी सुटुक्कै दरखास्त हाल्न मेरो मन राजी हुँदैन; यो काम मलाई मीठो कुरा एक्लै खाएजस्तै लाग्छ ।" यस प्रसङ्गमा पारिजातले लेखिन् पनि-"धेरै बेरको बहसपछि उनीहरू मलाई बिन्तीपत्र लेख्न राजी गराएरै छोड्छन् । बिन्तीपत्र उनीहरूले नै तयार पार्छन् म हस्ताक्षर गर्छु केही समयपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट एउटा चिठी आउँछ । चिठीमा जुन अस्पतालमा गएर पनि रोगको अनुसन्धान गराउन पाउने सङ्केत थियो । शान्तभवनका डा. मिलरले यस पत्रको अपहेलना गरिदिए । त्यसको केही दिनपछि अर्को पत्र सोझै राजदरबारबाट आउँछ; जसमा रोगको अनुसन्धान गरी अथवा कति खर्चले ठीक हुन्छ पत्तो लगाउनुपर्ने कुरा लेखिएको थियो ।" त्यसघडी यस कामका लागि पारिजातले धेरै दौडधूप पनि गरिन्, तर नोकरशाहहरूको एक इन्च पनि सहयोग पाइनन् । पारिजातले त्यतिबेला पनि आफ्नो स्वाभिमान ढलेको ठानिन् । साँच्चै भन्ने हो भने राजा महेन्द्रले चिने पनि उनलाई कर्मचारीले चिनेनन् ।
२०४६ सालको आरम्भतिरको कुरा हो; पारिजातको औषधी उपचार गर्नेबारे पारिजातसमक्ष थप प्रस्ताव नरेन्द्रराज प्रर्साईले पनि राखेका थिए । त्यति बेला प्रर्साईले पारिजातलाई भनेका थिए "दिदी !हजुरले हुन्छ मात्रै भन्नु, दिदीलाई संसारको जुनसुकै ठाउँमा गएर औषधीउपचार गर्ने विषयमा रानी ऐर्श्वर्य (कवयित्री चाँदनी शाह) मार्फत म समर्पित हुन्छु । दिदीको स्वास्थ्य ठीक भएमा नेपाली भाषासाहित्यका लागि थप अर्को उपलब्धि हुन्छ ।" तर पारिजातले त्यो प्रस्ताव अस्वीकार गरेकी थिइन् । वास्तवमा स्वाभिमानलाई शिरमा बोकेर हिँड्नुपर्दा उनले आफ्नो रोगलाई पनि सधैं शरीरमा बोकेरै हिँड्नुपर्यो । सी. के. प्रर्साईका शब्दमा भन्ने हो भने "पारिजातले जीवनभर रोग एवम् शैयाग्रस्त हुँदा पनि केवल दिनुभयो; कसैबाट केही लिनुभएन ।"
ड्ड
पारिजातलाई नेपालको नागरिकता लिने साहै्र ठूलो इच्छा थियो । त्यसैले उनी नागरिकता लिन ठाउँठाउँमा पनि धाइन् । तर उनले नेपाली नागरिकता पाइनन् । उनले यस विषयमा पनि अत्यन्तै विहृवलित हुँदै लेखिन्- "कति ठाउँबाट भौ“तारिएर नोकरशाह अधिकृतहरूको ढोकाबाट भकुन्डो खेलाइ सहेर हिँड्दा पनि मैले नागरिकताको प्रमाणपत्र पाउन सकिन“ ।"
ड्ड
पारिजात आफ्ना अभिन्न मित्र भूपी शेरचनका माध्यमबाट वामपन्थी नेता निर्मल लामासँग घनिष्ठ हुन पुगेकी थिइन् । निर्मल लामाको पारिजातसँग ज्यादै घनिष्ठता बढेपछि पारिजातकी बहिनी
(नाउँ अज्ञात) सँग निर्मल लामाका भाइ सचिनको बिहे भयो । त्यसपछि सुकन्यासँग निर्मल लामाको पनि वैवाहिक जीवन बाँधियो । निर्मल लामा र सुकन्याको जोडी बाँधिएपछि क्रमशः पारिजातमा प्रसन्नताको वृद्धि भइरहेको पाइन्थ्यो । त्यसपछि बिस्तारै पारिजातले निर्मल लामालाई गडफादर भनेका प्रसङ्गहरूसमेत पनि प्रकाशनमा आए ।
शारीरिक अस्वस्थताले दुक्ख दिए तापनि मानसिक रूपमा पारिजात सम्पन्नतामा हुर्कि रहेकी थिइन् । यसैबीच फेरि पनि पारिजातको शिरमा अर्को चट्याङ बज्रन पुग्यो । भनूँ , पारिजात र सुकन्याका जीवनमा फेरि अर्को आकाश खसेको थियो । अर्थात् २०२९ सालमा पारिजातका बाबु डा. के.एस्. लामाको निधन भएको थियो ।
ड्ड
पारिजातको घर काठमाडौको म्हैपीमा २०३२ सालमा निर्माण भएको थियो । पारिजातकी बहिनी सुकन्या फोर्ड फाउन्डेशनमा काम गर्थिन् । त्यहाँबाट प्राप्त रकम जोडेर त्यहाँ एउटा सामान्य अथवा अझै भनूँ अत्यन्तै सामान्य घर बनाइएको थियो । त्यस निवासमा साहित्यिक जमघटहरू भइरहन्थे, त्यस निवासमा कलाकारहरू उपस्थित भइरहन्थे र त्यस निवासमा साहित्यानुरागीहरूको भिड लागिरहने गथ्र्यो । त्यहाँ कहिले साहित्यगोष्ठी हुन्थे, कहिले गीतगायन
कार्यक्रम हुन्थे र कहिले स्रष्टाहरूमाझमा परिचयात्मक कार्यक्रम हुने गर्थे । पारिजातका समकालीन साथीहरू भन्छन्( त्यस बेलाको म्हैपी नेपाली कला र साहित्यको मनोरम, चमकदार र अनुरागी ठाउँ थियो ।
ड्ड
पारिजातलाई २०२१ सालदेखि बाथ रोगले क्रमशः पीडा दिन थाल्यो । दिन बित्तै जाँदा उनको रोगले उनलाई अत्यन्तै दुक्ख दिन थाल्यो । कहीँ कतै गए पनि त्यस रोगको उपचार हुन नसक्ने सङ्केत त्यसै बेला भइसकेको थियो । सास भइन्जेल आस हुन्छ भन्ने अभ्रि्रायले गोविन्द भट्टले मीनभवनमा बस्ने चीनियाँ एकुपन्चर डाक्टरकहाँ पनि पारिजातलाई पुर्याए । त्यस बेला चीनियाँ डाक्टरले भनेका थिए "क्रोनिक भएछ ।" र्यूमोटोइड आथ्राइटिस भन्ने रोगले बेस्सरी च्याप्न थालेपछि यी वेदनामा चुर्लुम्मै डुब्न थालिन् । त्यसै बेलादेखि पारिजात जीवनभरका लागि ओछयान लागिन् । त्यसपछि उनलाई अल्सरले पनि दुक्ख दिइरहृयो । यसरी बैसको कल्कलाउँदो र भर्भराउँदो जिन्दगीमै उनले बाँचुन्जेल कुँजिने रोगको सिकार हुनुपरेको दुखद सूचना आफ्नै शरीरमार्फत पाएकी थिइन् ।
ड्ड
पारिजातको जीवनमा राल्फाको पनि ठूलो प्रभाव पर्यो । राल्फामा लागेर उनले धेरै पाइन् र केही गुमाइन् । त्यति बेला पनि यौनपिपासुदेखिर् इष्र्या गर्नेसम्मले उनका शरीर र व्यक्तित्वमा पनि आ“खा गाडे । त्यस घडी उनी प्रायः बघिनी हुन्थिन् त कहिलेकाहीँ बिरालाले खेलाउन खोजेको मुसो पनि बन्नुपर्ने बाध्यतामा गाँसिन्थिन् । त्यसबेला पनि यिनले धूमधाम निराशाका दिनहरू खेप्नुपरेको थियो ।
ड्ड
आफ्ना विभिन्न व्यथालाई ढाक्न, छोप्न र रोक्न उनी बिजुली र्सबतमा पनि निर्धक्क डुब्न थालेकी थिइन् । चुरोटपछि रक्सी
उनको जीवनको अर्को महत्त्वपूर्ण कमजोरी भइसकेको थियो । यसै सिलसिलामा एक दिनको बिजुली र्सबतको प्रसङ्गबाट रामेश श्रेष्ठ लेख्छन्- "नसाभित्र हुनुहुन्थ्यो दिदी । मैले माया र आदरले नपिउन अनुरोध गरे । नभन रामेश म अति व्यस्त छु । रामेश !म थाक्छु, अति नै थाक्छु । मेरो यो सानो रिल्याक्स !थकाइ र पीडा बिर्सने बहाना ! अलिकति मनोरञ्जन........!"
ड्ड
मान्छेका लागि बाँच्ने कुरा नै प्यारो लाग्छ । बाँच्नका लागि भनेर पारिजातको उपचार, औषधि र सेवा बराबर भइरहेको थियो । कैयौ“पल्टको उपचारप्रयास पनि उनको जीवनका लागि सफल हुन सकेन । साढे तीन दशकसम्म निरन्तर शरीर दुख्तादुख्तै यस पृथ्वीबाट उनको भौतिक शरीर एकाएक विलीन भयो ।
पारिजातले यो चमत्कारी संसारबाट घरीघरी बिदा लिन खोजेकी थिइन्; अनि साँच्चै नै काठमाडौ“को वीर अस्पतालबाट २०५० सालको वैशाख ५ गते एकाबिहानै सबैसँग सधै“का लागि बिदा मागेर उनी स्वर्गीय भइन् । उनको इच्छा थियो- "मेरो शरीरलाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा नराख्नू ।" उनको पार्थिव शरीर टु“डिखेलमा राखियो । त्यहाँ उनको अन्तिम दर्शनका लागि मान्छेहरूको ओइरो लाग्यो । पारिजातको पूर्वइच्छाबमोजिम उनको पार्थिव शरीरमा हरियो रङ्गको सारी लगाइएको थियो भने रातो रङ्गको पछयौरी ओढाइएको थियो । उनकै इच्छाअनुसार उनको शव आठ जना महिलाहरूद्वारा उठाइएको थियो ।

उज्यालोको चौकीदारी

त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो ।
... जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल,
चिसोका साम्राज्यहरू पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर,
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा,
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर,
अनि हिमपात बर्साएर-
र सिरेटो र्छर्केर,
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा,
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका,
मान्छेहरू भने,
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै,
आकाशले चोरेका हाम्रा न्यानाहरू,
धर्तीमै फर्काउन भनेर,
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौं ।
सभा लगाइरहन्थ्यौं ।
र नारा घन्काइरहन्थ्यौं ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरू,
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरू पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरू त्यसबेलासम्म पनि,
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरू -
हामी फिर्ता लिने तरखरमा थियौं ।
हुँदा-हुँदा,
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन,
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरू,
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरू विनाशर्त आकाशले फिर्ता दियो ।
अहिले पनि हामी एक हूल मान्छेहरू छौं ।
जो धर्तीमा फ्याँकिएको त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर,
अहिले हामी,
उज्यालोको चौकीदारीमा छौं ।

म बिक्रीमा छु

मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन्
मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।
...
मेरो योजना, प्रतिवद्धता र दृढताहरू बिक्रीमा छन्
मेरो कलम, शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमङ्गहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो विवेक, चाहना र दृष्टिकोणहरू बिक्रीमा छन्
मेरो सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सपनाहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो आत्मा, चिता र श्रद्धाहरू बिक्रीमा छन्
मेरो मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सैयौं मृत्युहरूमा रमाउनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।
  tulsirampandey48@yahoo.com