बुधवार, 11 मई 2011

परिचय


शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनैतिक रुपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरुमा कच्ची मोटरबाटोबाट यातायात संचालन भै रहेको छ । यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजिक रहेको सिमिचौर गा.वि.स.मा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रुपमा अगाडी बढीरहेको छ ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरु गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन।
यि स्थानहरु धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रुपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो । यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको गिद्ध पाइएको छ । यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ । बिभिन्न जात जातिहरुको समिश्रण रहेको यस जिल्लामा जनजातिहरुको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन । लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरुलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ ।
यसै गरि ग्रामिण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरिबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरु अगाडि बढाउन लागिरहेको छ । गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यवसायिक रुपमा व्यवसायिक खेतीको सम्भावना रहेको छ । नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय ईतिहास बोकेको गुल्मी जिल्ला विेदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला पनि हो र जापान तथा कोरियामा हालसम्म पनि निर्यात हुदै आईरहेको छ । जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरु रहेका छन् ।
साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ । नेपालको दोश्रो ठूलो व्यापारिक केन्द्र वुटवलबाट ११५ कि.मि. मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरु निर्यात गर्न कुनै समस्या छैन । हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन र पशुपालन अन्तर्गत उत्पादीत दुध पोखरा निकासी हुदै आईरहेको छ ।

जिल्लाको नामाकरण

संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ । लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो । यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ । जसलाई गुल्मीकोट पनि भनिन्थ्यो । यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ ।

नेपालको क्षेत्रिय बर्गिकरण


नेपालको भूभाग ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरुमा वर्गिकृत छ ।

विषयसूची

  • १ पूर्वाञ्चल विकासक्षेत्र
  • २ मध्यमाञ्चल विकासक्षेत्र
  • ३ पश्चिमाञ्चल विकासक्षेत्र
  • ४ मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
  • ५ सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र
 पूर्वाञ्चल विकासक्षेत्र
पूर्वाञ्चल विकासक्षेत्र ३ अञ्चल र १६ जिल्लामा वर्गीकरण गरिएको छ।
  • मेची अञ्चल - जिल्लाहरु: झापा, इलाम, पाँचथर, ताप्लेजुङ
  • कोशी अञ्चल - जिल्लाहरु: मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा
  • सगरमाथा अञ्चल - जिल्लाहरु: सप्‍तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु
 मध्यमाञ्चल विकासक्षेत्र
मध्यमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १९ जिल्लामा वर्गिकरण गरिएको छ।
  • जनकपुर - जिल्लाहरु: धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा
  • नारायणी - जिल्लाहरु: रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन
  • बागमती - जिल्लाहरु: काभ्रे, ललितपुर, काठमाडौं, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा
 पश्चिमाञ्चल विकासक्षेत्र
पश्चिमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १४ जिल्लामा वर्गिकरण गरिएको छ।
  • लुम्बिनी - जिल्लाहरु: नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी
  • गण्डकी - जिल्लाहरु: गोर्खा, तनहू, स्याङ्जा, लमजुङ, कास्की, मनाङ
  • धवलगिरी - जिल्लाहरु: पर्वत, वाग्लुङ, म्याग्दी, मुस्ताङ
 मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
मध्य-पश्चिमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १५ जिल्लामा वर्गिकरण गरिएको छ।
  • राप्ती - जिल्लाहरु: दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम
  • भेरी - जिल्लाहरु: बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट
  • कर्णाली - जिल्लाहरु: डोल्पा, जुम्ला, कालिकोट, मुगू, हुम्ला
 सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र
सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र २ अञ्चल र ९ जिल्लामा वर्गिकरण गरिएको छ।
  • सेती - जिल्लाहरु: कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ
  • महाकाली - जिल्लाहरु: कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला

नेपाल

नेपालको अन्‍तरिम संविधान, २०६३ अनुसार नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो। मूलत: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ।

ऋग्वेदमा सूर्य-सन्दर्भ


ऋग्वेदमा सूर्य-सन्दर्भ
ऋग्वेदमा सूर्यस“ग सम्बन्धित जम्मा १४ सूक्त छन् । तीमध्ये ११ सूक्तहरु सूर्यको उपवर्ण्र्ाा, स्तुति या महत्व-प्रतिपादक छन् । ऋग्वेद तथा वैदिक परम्पराका ग्रन्थहरुमा सूर्यका अनेक नामहरु पाइन्छन्, जस्तै- मित्र, अर्यमा, भग, वरुण, दक्ष, अंश, धाता, विवस्वान्, आदित्य, इन्द्र, पूषा, त्वष्टा, सविता, विष्णु, सूर्य, रवि, आदि । वस्तुतः सूर्य एकै हुन् र कर्म, काल, परिस्थिति अनुसार उनका विविध नाम राखिएका हुन् । यी प्रत्येक नामले छुट्टाछुट्टै अर्थ बोकेका छन् ।
उदाहरणकालागि 'आदित्य' नामलाई लिऊ“ । 'आदित्य' किन भनियो - अदितिलाई सूर्यकी माता पनि मानिएको छ । यिनै अदितिको नामबाट सूर्यलाई आदित्य पनि भनिएको हो । पुराणहरुमा अदिति कश्यप ऋषिकी पत्नी एवम् देवमाता (एक नारी) की रुपमा वर्ण्र्ाागरिएकी छन् । परन्तु, 'अदिति' शब्दको यौगिक अर्थ 'अखण्ड' हो भन्ने संस्कृतज्ञहरुको मत छ । यस अर्थमा हेर्दा ऋग्वेदले सूर्यलाई कुनै अदिति नामकी नारीको पुत्र भन्ने जनाउनकालागि भन्दापनि कुनै गूढ अर्थमा 'आदित्य' नामले सम्बोधन गरेको बुझिन्छ ।
ऋग्वेदमा सूर्यका सर्न्दर्भमा बताइएका तथ्यहरुलाई आधुनिक विज्ञानको आ“खाबाट हेर्दा रोचक लाग्दछ । जस्तै : आधुनिक विज्ञानले प्रमाणित गरेको छकि सूर्यको किरणमा सात रङ्ग समेटिएका हुन्छन् र ती सात हु“दाहु“दैपनि तिनमा एकत्व छ । यसैलाई जनाउने गरी ऋग्वेद मंडल २, सूक्त ३६(२ मा भनिएको छकि सूर्यको एक चक्रवाला रथमा सात घोडा जोतिएका छन् र एकै अश्व ढकिरण) सात नामले रथ बोक्दछ । सूर्यको किरण सेतो रङ्गको देखिन्छ, तर यसमा सात रङ्ग निहित छन् । अनि ती सात रङ्गलाई संयोजन गर्दा एकै रङ्ग ढसेतो) बन्छ भन्ने तथ्य त हाम्रा विज्ञान पढ्ने विद्यार्थीले विद्यालयमा 'प्राक्टिकल' गरेर हेरिरहेकै छन् ।
अर्को एक सर्न्दर्भ हेरौं । हामीले अनुभव गरेकै कुरा होकि प्रातः कालमा सूर्य उदाउनु भन्दा केही समय अघिनै उज्यालो हुन्छ र यसलाई उषाकाल भनिन्छ । ऋग्वेद मंडल १, सूक्त १२३, मन्त्र ८ मा भनिएको छकि उषा सूर्यभन्दा ३० योजन अगाडी रहन्छे । यसबारेमा आचार्य सायण लेख्नुहुन्छ( "उषा सूर्यभन्दा ३० योजन पूर्वगामिनी भएकी हुनाले सूर्योदय भन्दा करीब आधा घण्टा पहिले उषाको उदय मान्नुपर्छ ।" अझ अर्को वैज्ञानिकतापूर्ण उदाहरणको रुपमा ऋग्वेदमै मंडल ५, सूक्त ४०, मन्त्र ५(९ मा सूर्यग्रहणको पूर्ण विवरण छ । यसैगरी विभिन्न मन्त्रहरुमा सूर्यको कारणले नै वर्ष महिना, दिन र रात हुने हो भन्ने तथ्य बताएको देखिन्छ । साथै, तेह्रौं महिना -मलमास अथवा मलिम्लुच) बारेमा पनि बताइएको छ । सौर र चान्द्र दुबै मास वैदिक कालमा प्रयुक्त हुने र ती दुईमा सामञ्जस्य ल्याउन अधिक् मास वा मलमास मलिम्लुच पनि राखिएको ऋग्वेदबाट ज्ञात हुन्छ । यो प्रचलन आजैसम्म पनि यथावत् छ ।
ऋग्वेद( १।१५५।६ मा कालका ९४ अंश बताइएका छन् । संवत्सर, दुई अयन -दक्षिणायन र उत्तरायन), पा“च ऋतु -हेमन्त र शिशिरलाई एकै मानिएको), बाह्र महिना, चौबीस पक्ष, तीस अहोरात्र, आठ पहर र बाह्र राशि गरी यिनको संख्या जम्मा ९४ हुनआउ“छ । ऋग्वेद( १०।१४९।१ मा सूर्यको आकर्षा शक्तिको कारणले नै पृथिवी र अन्तरिक्षलाई अड्याएको बताइएको छ । सौरमण्डलको अवस्थिति सूर्यकै कारणले हो र यसमा आकर्षाशक्ति रहेको छ भन्ने तथ्य अनादि कालदेखिनै आर्यहरुलाई थाहा थियो भन्ने कुराको बलियो प्रमाण मिल्छ ।
सूर्यको किरणले अनेक रोगहरुको निवारण गर्न सकिने कुरा पनि आधुनिक वैज्ञानिकहरुले बताएकै छन् । उता, ऋग्वेदमा रोग-निवारणार्थ सूर्यको किरण उपयोगी हुने तथ्य बताउने तीन मन्त्रहरु छन् । मंडल १, सूक्त ५० मा मन्त्र ८, ११, र १३ ले सूर्य किरणबाट रोगको उपचार बारेमा बताएका छन् । वैदिक वाङमयका अन्य ग्रन्थहरुमा यसको विस्तार छ“दैछ । सूर्य नमस्कारलाई उपचार पद्धतिको रुपमा स्वीकार गरेर आरोग्यलाभ गर्नेहरु त्यसका प्रत्यक्ष प्रमाणका रुपमा आजपनि भेटिइन्छन् ।
चन्द्रमाको आफ्नो प्रकाश हु“दैन र यो सूर्यको प्रकाशले प्रकाशित हुने हो । यो यथार्थता आज विज्ञानको सामान्य विद्यार्थीलाई पनि थाहा छ । खुशीको कुरा छकि ऋग्वेदमा स्पष्टतः यही कुरा बताइएको छ । मंडल १, सूक्त ८४, मन्त्र १५ को व्याख्या गर्दै सायणले अर्थ्याएका छन्( "सूर्यको एक किरण चन्द्रमण्डललाई प्रदीप्त गर्दछ । सूर्यबाट नै चन्द्रमामा प्रकाश आउ“छ ।" -अथाप्यस्यैको रश्मिश्चन्द्रमसं प्रति दीप्यते । आदित्यतो˜स्य दीप्तिर्भवति ।।) यसको अलावा, ऋग्वेदमा खगोलवर्त्तीप्तषिर्, ग्रह, तारा तथा उल्का आदिको पनि उल्लेख छ । सौर परिवारको बारेमा वैदिक विज्ञानलाई विस्तृत ज्ञान भएको देखिन्छ । वैज्ञानिकताको आ“खाले जा“च-परख गर्ने होभने यस्ता अनेकौं उदाहरणहरु भेटिनेछन्, जस्ले ऋग्वेदको र्सार्वजनिनताको थप प्रमाण दिनेछन् ।
बाकसभित्र बहुमूल्य सम्पत्ति त छ, तर त्यसको सदुपयोग गर्न सक्ने वा नसक्ने भन्ने कुरा त हाम्रो क्षमता वा अक्षमताले निर्धारण गर्दछ । "ल्हासामा सुन छ, कान मेरो बुच्चै" लाई चरितार्थ गर्न पटक्कै हु“दैन र "बाबुले घिउ खाएका थिए, नपत्याए मेरो हात सू“घ्" भन्ने प्रवृत्तिले पनि हु“दैन । पुनर्जागरणको युग नआई यस्ता वैदिक युगका कुरा कुरैमा सीमित रहनेछन् । धार्मिकतायुक्त विज्ञान एवम् वैज्ञानिकतायुक्त धर्मको समन्वयात्मक विश्व-दृष्टिकोणको उत्थान नभइकन हु“दैन । हाम्रो देशमा सरकारी सहयोग एवम् आर्थिक योगदानमा वैदिक शोध संस्थान हुनुपर्ने देखिन्छ, तर नेपालमा एउटैपनि वैदिक शोध संस्थान नहुनु अवश्यै खेदको कुरा हो ।

नारी


शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् ।
यस्तो किन भइरहेको छ भन्ने कुरालाई दुई किसिमबाट हेर्नुपर्ने हुन्छ । एक त हाम्रो समाजमा स्वयम् पुरुषहरु नै धेरै कुराहरुमा आफै पनि पिडित छन्; त्यसो हुँदा महिलाहरुलाई पनि त्यसको नकारात्मक असर परिरहेको छ । यस्ता समस्याहरु सल्ट्याउन सम्पूर्ण समाजको नै उन्नति प्रगति उत्थान हुनु जरुरी छ र यसका निमित्त नारी-पुरुष मिलेर सहकार्य नगरी हुँदैन । दोस्रो चाहिँ अहिले तत्कालै सल्ट्याउन सकिने खालका समस्याहरु पनि देशको सामाजिक तथा राजनीतिक नेतृत्वको अक्षमताका कारण ज्यूँकात्यूँ रहेका छन् र इच्छाशक्ति हुनासाथ समाधान पनि सहज छ ।
नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । ुसत्ययुगुमा महिलाको जुन स्थान थियो त्यो तत्पश्चात् कहिल्यै रहेको छैन र ुवैज्ञानिक सत्ययुगुको स्थापना भएपछिमात्र त्यस स्थितिको पुनरागमन हुनेछ । धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि सामन्ती राज्यसत्ताका क्रममा त्यो खण्डित हुनगयो । कालान्तरमा त्यो वैदिक परम्परा माथि अतिक्रमण हुँदा नारीहरुलाई दोस्रा दर्जाका झैं गर्ने छोरी जन्मँदा नरमाइलो मान्ने जस्तो कुप्रवृत्ति फैलिएको हो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर्याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र ूमर्दका दशवटीू भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिकै विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र ूछोरीको जन्म हारेको कर्मू भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।
धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमा चाहिँ बम्बै-कलकत्ताका कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; ूयत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताू भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; ून गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यतेू अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने; यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।
हिन्दू संस्कृति त त्यो हो जहाँ मान्यता छ कि ू…। यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रयाू अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु ुदेवीु जन्मनु हो; र जहाँ छोरीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन आमाले रुनुपर्दैन; दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजूफूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् । अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ अस्मिता उँचो हुन्छ । यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन ।
अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको ुग्यारेण्टीु हो । यसमा नारीको सामाजिक सुरक्षा छ व्यक्तिगत तथा सामूहिक सुखको प्राप्ति छ र महिमा गरिमा अस्मिताका कसीमा पनि अनुपम एवं उच्च स्थान छ । हाम्रो संस्कृतिमा जस्तो ममता आदर सम्मान प्रेम तथा सुरक्षाको विधान अन्यत्र कतै उपलब्ध छैन नारीलाई । तर यदि कुनै नियम पालन गर्न सकिएन भनेचाहिँ त्यो नियम हुनु र नहुनुको कुनै अर्थ रहँदैन । तसर्थ यहाँ आवश्यकता नयाँ नियम कानुन विधान बनाउनुको होइन कि वैदिक संस्कृतिको पूर्ण पालना पो हो आवश्यकता त । चाहे आधुनिकताको नाममा आएको होस् अथवा परम्पराको बहानामा आएको होस्- वास्तविक रुपले नारीलाई अहित गर्ने तत्वलाई अस्वीकार र हित गर्ने तत्वलाई स्वीकार गर्नु पर्दछ । दशैं जस्तो देवी-उपासनाको चाड यसबारेमा चिन्तन मननकालागि अत्यन्त उपयुक्त सन्दर्भ हो । दशैंमा शक्तिको आराधना गरिरहँदा हामी सबैले त्यो पूजा सार्थक छ वा फगत् देखावटी ढोँग भइरहेछ भनेर आफ्नो अन्तरात्मालाई सोध्नै पर्छ ।

धर्म अर्थात् जीवन-पद्धती


धर्मलाई अंग्रेजी शब्द रेलिजन (religion) को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता छ । रेलिजनले एउटा सम्प्रदाय वा मजहब मात्र जनाउँछ; यता धर्मचाहिँ व्यापक अर्थ भएको शब्द हो । आरम्भमा धर्म-तत्व एउटै थियो तापनि कालान्तरमा मान्छेले धर्मका नाममा अनेक कर्महरु अपनाउँदै गयो; अनेक रीतिरीवाज विधि-विधान चाल-चलन प्रथाहरु प्रचलित हुँदैगए; अनि धर्मलाई तिनै भौतिक कि्रयाकलापका आधारमा छुट्ट्याउने; खुट्ट्याउने गर्न थाले । देश काल परिस्थितिमा अनेकता हुँदा कर्म रीतिरीवाज विधि-विधान चाल-चलन प्रथा आदि जस्ता भौतिक कि्रयाकलापमा पनि अनेकता आउन थाल्नु स्वाभाविकै भयो । तर जब मान्छेले वास्तविक धर्म-तत्वलाई बिसे्रर पछि विकसित गरिएका भौतिक कि्रयाकलापलाई नै धर्म ठान्न थाल्यो तबदेखिनै मतभेद पनि प्रकट भयो । धर्मको वास्तविक तत्वलाई भन्दापनि यिनै कुराहरुलाई महत्व दिने प्रवृत्तिले धर्मका नाममा संघर्ष शुरु गरायो । संसारमा धर्मका नाममा पटक-पटक िहंसा भड्केको छ; धर्मको निहुँमा मानव-रक्तको खोलो धेरैपल्ट बगेको छ । धर्म सम्प्रदायगत ट्रेडमार्कले छोपिएर मान्छे धर्मको भ्रममा सम्प्रदायगत ट्रेडमार्कमा जकडियो । अहिले त धर्म भन्नासाथ कुनचाहिँ धर्म अनि मेरो धर्म र तेरो धर्म भनेर आपसी लडाइँ मारकाट गर्ने बहाना बनाएका छन् धर्मलाई । यदि मानव समाजले असली धर्म-तत्व आत्मसात् गर्ने होभने धर्मका नाममा हुने गरेका सारा द्वन्दको औचित्य नै रहने छैन । यसकालागि सम्प्रदायगत ट्रेडमार्कको साँघुरो घेराबन्दीबाट उम्किन सक्नु पर्दछ । प्रारम्भमा धर्म-तत्व एउटै थियो; तब अहिले किन हुन सक्दैन अवश्य हुनसक्छ ।
विश्वको सर्वप्राचीन धर्मग्रन्थ ऋग्वेद भएकाले यसमा वर्णित धर्म-तत्वलाई मानव समाजको ुआदिधर्मु मान्नुपर्ने हुन्छ । हुनपनि वेदमा कहिएको धर्म सम्प्रदायगत ट्रेडमार्क भन्दा अलग्गै र सारा मानव-समाजकालागि समानरुपेण लागू हुनसक्ने छ । तसर्थ ऋग्वेद एवं यस परम्पराका विविध धर्मग्रन्थहरुमा वर्णित धर्म-तत्वलाई अवलम्बन गर्नासाथ धर्मका नाममा सृजित सारा समस्याहरु समाधान हुन सक्दछन् । धर्म यस्तो तत्व हो जसका कारणले मनुष्य पशु बन्नबाट जोगिएको छ । अर्थात् धर्मनै यस्तो चीज हो जसका कारण मान्छे अरु पशुहरुबाट पृथक् रहेको छ । धर्म नहुने होभने मान्छे र अन्य पशुबीचमा फरक हुने थिएन । धर्मले मान्छेको आध्यात्मिक आधिदैविक आधिभौतिक अभ्युदय गराउँछ ।
रेलिजनको; मजहबको चक्करमा नपर्ने होभने; तिन्लाईनै धर्म ठानेर भ्रममा नपर्ने होभने व्यर्थ हुनेछन् जेहाद र क्रुसेडहरु । धर्म लडाइँ गर्ने चीज होइन; यो त पवित्र जीवन-पद्धति हो । धर्म शब्द धृ धातु धारणा गर्नुबाट निष्पन्न भएको हो । यसबाट देखिन्छकि धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरु प्रदान गर्दछ । ती धारणाहरुको फलस्वरुप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम-कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम राम्रा गुण असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक-चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन् तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो । जस्तोकि ऋग्वेदमा जीवनका शाश्वत मूल्यहरुको स्थापना एवं अवलम्बन गर्न धर्मले प्रेरणा दिन्छ । अनि मनुस्मृतिमा धर्मको लक्षण बताइएको छकि धैर्य क्षमा दम विषय-वासना हटाउनु अस्तेय शौच इंदि्रयनिग्रह धी बुद्धि विद्या सत्य र अक्रोध यी धर्मका दश लक्षण हुन् । यसमा कुनै सम्प्रदायवालाले आपत्ति जनाउनु पर्ने वा अस्वीकार गर्नुपर्ने के छ र ! महर्षि कणाद जब भनिरहेका हुन्छन्कि जसबाट अभ्युदय उन्नति या कल्याण हुन्छ तथा मुक्ति प्राप्ति हुन्छ त्यही धर्म हो यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः -तब कहाँनेर छ विवाद; अस्वीकार गर्नुपर्ने ठाउँ
ऋग्वेदमा भनिएको छकि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी हुन्छ धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ वास्तवमा समस्त विश्वको साझा विश्व-धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरुपको धर्ममात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमाचाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनु पर्ने हुन्छ ।
धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ मारकाट िहंसा शस्त्रास्त्रको उपयोग आदि-इत्यादि त राजनीति हो अर्थनीति हो; -धर्मनीति होइन । कहिलेकाहिँ तीपनि आवश्यक पर्लान्; तर तिन्लाईनै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा तीबाट प्रायः पर रहनु पर्दछ । कर्म रीतिरीवाज विधि-विधान चाल-चलन प्रथा आदि जस्ता भौतिक कि्रयाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरुप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ; हुनुपर्छ

मीमांसा-दर्शन निर्देशन


मीमांसा-दर्शन पनि सनातन धर्मको प्रमुख धरोहर हो । सांख्य, योग, न्याय, वैशेषिक तथा वेदान्त दर्शनका तुलनामा मीमांसा-दर्शन विस्तृत छ, यसको सूत्रसंख्या २६४४ छ (जुनकि अरु पाँचै दर्शनहरूका सूत्रहरू सम्मिलित गर्दा हुनआउने संख्या जति छ । मीमांसा-दर्शनलाई अरु दर्शनभन्दा फरक यस कारणले मानिएको छ कि यसमा कर्मकाण्डलाई धर्मको मूल साधन बताइएको छ । जैमिनीको स्पष्ट मत छ कि धर्मको जुन व्याख्या वेदमा गरिएको छ त्यसलाई स्वीकार गर्नु र तदनुसार आचरण गर्नु मनुष्यको कर्तव्य हो ।
मीमांसा-दर्शनको चर्चा गर्दा श्रद्धेय आचार्य कुमारिल भट्टको नाम उल्लेख गर्नैपर्छ । किनकि, वर्तमान समयमा मीमांसा-दर्शनको जुन रूप प्राप्त छ त्यो आचार्य कुमारिलद्वारानै पुनःस्थापित भएको हो ।

मीमांसा-दर्शनको उद्देश्य यस्ता धार्मिक विषयहरू तथा समस्याहरूबारेमा विचार गर्नु हो जसका बारेमा लोकमा विभिन्न प्रकारका मतभेद तथा भ्रम फैलेका थिए । 'मीमांसा' शब्दको अर्थ नै 'विचार गर्नु' हो । विद्वानहरू भन्दछन् कि मीमांसा-दर्शनको ज्ञान प्राप्त नगरी वैदिक वाक्यहरूको वास्तविक अर्थ जानिँदैन । अहिले वेदका शब्दहरूका अर्थ नजान्नाले समाजमा समेत अनर्थ भएको छ । धर्मको वास्तविकतामा मान्छेहरू पुग्न नसक्नाले अनर्थ भइरहेको छ । यदि मीमांसा-दर्शनको अध्ययन हुने हो भने यस दर्शनले हामीलाई वास्तविकता बोध गराउनेछ, यथार्थ ज्ञान दिनेछ । अहिलेको समयमा यस दर्शनको महत्व तथा आवश्यकता झन् बढेको छ ।

म यशस्वी एवं प्रातःस्मरणीय आचार्य कुमारिल भट्टप्रति श्रद्धानत हुँदै मीमांसा-दर्शनको चर्चालाई अगाडी बढाउँछु । परम्आदरणीय पण्डित रुद्रमणि उपाध्याय अधिकारीको पुत्र एवम् शिष्य निर्मलमणि उपाध्याय अधिकारी 'आयोदधौम्य'कृत पुस्तक मीमांसा-दर्शन निर्देशन प्रकाशन भइसकेको छ ।

किन 'लाइट अफ् एसिया' मात्रै -


"द लाइट अफ् वर्ल्ड भन्नाले जिसस क्राइस्टलाई बुझिन्छभने लाइट अफ् एसिया भन्नाले कस्लाई बुझिन्छ -" विद्यालयस्तरमा पढ्दा हाजिरी-जवाफ प्रतियोगितामा पटक्-पटक् सोधिने यो प्रश्नको जवाफमा "भगवान् बुद्ध" भनेर 'ठिक' --) उत्तर दिई कतिपल्ट पुरस्कार जितियो! अहिलेपनि थुप्रैले उसरीनै जवाफ दिइरहेकै छन्। जस्तो पढाएको छ उस्तो ! यसरी सामान्य तबरले हेर्दा कुरो स्पष्ट नै छकि 'लाइट अफ् वर्ल्ड'- जिसस क्राइस्ट र 'लाइट अफ् एसिया'- भगवान् बुद्ध । तर पख्नोस्; कुरो यति सामान्यमात्रै छैन । यी दुई व्यक्तित्वलाई चिनाउन प्रयोग गरिएका दुईओटा उस्तै-उस्तै खालका उपमाहरू बीचमा रहेको भिन्नताले ठूलो अर्थ बोक्छ । सोझो हेराइमा सामान्यजस्तो लाग्ने; तर यस्सो विचार गर्नासाथ मेसो पाइहालिने भिन्नताको पेटबोली वा आशय हेर्दाखेरीमा के देखिन्छभने येशू ख्रिस्ट (जिसस क्राइस्ट) चाहिँ 'संसार'कै ज्योति हुन् र बुद्धचाहिँ 'एसिया' कामात्र ज्योति ! क्या कमाल !!
यहाँ नबुझिएको कुरोचाहिँ के होभने कुन त्यस्तो कारण छकि जुन कसीमा जाँच्दा जिसस क्राइस्ट 'संसारका ज्योति' ठहरिने; तर भगवान् बुद्ध एसियास्तरकामात्र ज्योति ठहरिने ! कुन तराजु हो त्यो जोखेर ठ्याक्क पत्ता लगाउने ! दुई पृथक् कालखण्डका महान् विचारकहरूलाई यसरी दाँजेर धुर्ततापूर्वक 'ठूलो' र 'सानो' बनाउने कार्य प्रच्छन्न तवरले यहाँ भएको छ । कुनै एउटा पश्चिमा लेखकले बुद्धको जीवनी लेख्ने क्रममा किताबको शीर्षक राख्यो- "बुद्ध ः द लाइट अफ् एसिया" र हामीचाहिँ त्यसैलाई आधार मानेर त्यो उपमा र्सलक्कै स्वीकार गर्ने ! उसले किताब लेख्दाखेरीमा जानी-बुझी धुर्ततापूर्वकनै त्यसो गरेकोपनि हुनसक्छ र अन्जानैमा भावुकतावश त्यस्तो भएको हुनपनि सम्भव छ । तर, एकातिर एउटा धर्मको प्रवर्तकलाई ठूलो आकारको विश्वव्यापी स्तरको 'ज्योति' भनेर अर्को एउटा धर्मको प्रवर्तकलाईचाहिँ अल्लि साँघुर्याएर एसियाली स्तरकोमात्र 'ज्योति' भन्नु सरासर धुर्तता हो; र त्यस उपमालाई लाटोबुङ्गोझैं सहजै स्वीकार गर्नेहरू- महामूर्ख !
जसरी महाभारतकाल भन्दापनि अगाडीदेखिनै संसारको सर्वोच्च शिखरको रूपमा मान्यता प्राप्त भई 'नौबन्धन' भनिइने र पछि 'व्योमकूट' भनिइने गरेको 'सगरमाथा'लाई साम्राज्यवादीहरूले 'माउन्ट एभरेस्ट' नाम अनाधिकार थोपरिदिए -उसरीनै भगवान् बुद्धलाईपनि जिसस क्राइस्टको तुलनामा अल्लि सानो स्तरको 'ज्योति'मै सीमित राख्न खोजे त के आर्श्चर्य ! दोष उनीहरूको जति छ त्योभन्दा बढी हाम्रो छकि हामी यस्ता बाङ्गा-टिङ्गा काइते कुराहरूलाई पटक्कै नबुझेर सोझो पाराले जेपनि स्वीकार गरिरहेका छौं । -इस्लामी हतियारधारीहरू त झन् हतियारकै बलमा हामीलाई सिध्याउन चाहनेहरू हुन् भन्ने पनि भुल्नु हुँदैन ।)
यस्तो अन्य सर्न्दर्भमा पनि भइरहेकै हो । कुनै अर्धज्ञानीले कतै लेखिदियो- चाणक्य पूर्वका 'मेकियाबेली' हुन् भनेर । अनि गोरो छालाले भनेको कुरो तिन्का बौद्धिक दासहरूले कसरी अस्वीकार गर्न सक्थे र ! झन् चर्का स्वरमा भट्ट्याउन थाले- हो, हो, चाणक्य पूर्वका 'मेकियाबेली' नै हुन् । सत्यानाश !! कहाँका महान् आचार्य चाणक्य; अनि कहाँको षडयन्त्रकारी राजनीतिज्ञ मेकियाबेली ! चाणक्यलाई मेकियाबेलीसँग तुलना गर्नु उनीप्रतिको अपमान त हो नै; साथसाथै पटमुर्ख्याइँ पनि हो । भारतवर्षो विशाल भू-भागमा यवनहरूको साम्राज्य स्थापित भएको र बाँकी भू-भागमा पनि अनेकौं सस्याना राजा-रजौटाहरूको आपसी संघर्षले अशान्तिको साम्राज्य फैलिएको त्यस अवस्थामा भारतवर्षलाई विदेशी दासताबाट मुक्त गर्राई विशाल साम्राज्यका रूपमा संगठित गर्ने र शान्ति बहाल गर्ने ती महान् गुरुको स्थान भारतवर्षको इतिहासमा अद्वितीय रहेको छ । शास्त्रशक्ति र शस्त्रशक्ति दुबैको जति राम्रो संयोजन चाणक्यले गरेका छन्, त्यस्तो उदाहरण अन्यत्र सायदै पाइएला । वास्तवमै 'युग-नायक' हुन् आचार्य चाणक्य । उता मेकियाबेली महोदयकोचाहिँ कुरै अर्कै छ । यी दुईको तुलना पटक्कै नसुहाउने कुरो हो । आचार्य चाणक्यलाई मेकियाबेलीसँग तुलना गर्न तुरुन्त छोड्नै पर्छ ।
हामी उस्तै-उस्तै पाराको गल्ती गर्र्छौं जब नेपाल राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहदेवको जीवनी पढाउँदा हाम्रा विद्यार्थीहरूलाई "पृथ्वीनारायण शाहलाई नेपालका बिस्मार्क भनिन्छ" भनेर घोकाइरहेका हुन्छौं । जर्मनी बिस्मार्कको उनको देशमा ठूलै होला योगदान। तर पृथ्वीनारायणलाई 'नेपालका बिस्मार्क' भनिरहँदा हाम्रा राष्ट्रनिर्माताको गौरवमा वृद्धि भएको छ भन्ने म कत्तिपनि ठान्दिनँ; बरु यसबाट "बुझदो न सुझदो टुँडिखेलमा कुद्दो" उखानले दर्शाएजस्तो हास्यास्पद स्थिति पो दर्शिएको छ त ! जसरी उखानमा बताइए अनुसार "अकबरी सुनलाई कसी लगाइरहनु पर्दैन", उसरीनै हाम्रा महान् आचार्य चाणक्य, भगवान् बुद्ध एवम् राष्ट्रनिर्माता पृथ्वीनारायण आदिलाई परचक्री उपमा कत्तिपनि जरुरत छैन ।
"हाम्रो मुलुक नेपाल कहिल्यै पराधीन भएन; हामी सधैं स्वतन्त्र रहृयौं" भनेर नाक फुलाउने गर्र्छौं हामी । छिमेकी मुलुक भारतले पनि साम्राज्यवादीका पन्जाबाट मुक्ति पाएको भइसक्यो थुप्रै समय । तर, यस भारतवर्षभू-भागमा बस्नेहरूले हेक्का नपुर्याइरहेका थुप्रै साम्राज्यवादी अवशेषहरूले अझैपनि दाह्रा-नङ्ग्रा गाडिरहेकै छन् । साँचो कुरा हो- मानसिक दासता झन् खतरनाक हुन्छ । सगरमाथालाई 'माउन्ट एभरेस्ट' नै भनिइन दिइरहनु; बुद्धलाई 'लाइट अफ् एसिया'मै खुम्च्याइरहन राजी हुनु; चाणक्यलाई मेकियाबेलीसँग र पृथ्वीनारायणलाई बिस्मार्कसँग अर्थ न बर्थ सित जोडिरहनुले गर्ने संकेत विडम्बनापूर्ण नै त छ । होइनभने, अब कस्सिएर सवाल ठोक्ने बेला आइसकेको छ- हाम्रा बुद्ध किन 'लाइट अफ् एसिया'मात्रै -

मेट्दछ आफ्नो इतिहास जसले मेटिन्छ आफै पनि


इतिहास विषय आफैमा बडो गजबको छ। कतिपयका धारणामा यो भूतकालको फेहरिस्त मात्रै हुन सक्छ, मचाहिँ त्यसमा वर्तमानका लागि शिक्षा र भविष्यका लागि चेतावनीसमेत भेट्टाउँछु। अर्थात्, इतिहास त्यस्तो तराजु साबित हुन सक्छ, जहाँ भूत, वर्तमान र भविष्यत्कालको मापन हुन सक्छ। तर शुष्क इतिहास रटन्तामले हैन, बरु फराकिलो आशयमा।
जस्तो कि पृथ्वीनारायण शाहदेवले काठमाण्डौ उपत्का विजयपश्चात् तत्काल त्यहाँ रहेका कपुचिन पादरीहरूलाई डाँडो कटाउन आदेश दिएका किन होला? कप्तान किनलक र उसका चण्डमुण्डहरू कुनै हालतमा नेपाल छिर्न हुँदैन भन्ने निष्कर्ष निकालियो किन? अझ अगाडि बढेर राजा जयप्रकाश मल्लले अंग्रेजहरूसँग सैन्य सहयोग लिने निर्णय लिनासाथ उनका रैतीहरूमा सुरक्षाभाव बढ्नुको साटो झन् राजा बहिष्कृत अवस्थामा पुगे किन? हाम्रा विद्यार्थीहरूलाई यस्ता प्रश्नहरूमा गहिरिएर पढ्ने अवसर प्राप्त भयो र? अँ हँ, फगत् यसो भयो, उसो भयोको फेहरिस्त रटेर कागजे खोस्टो (सर्टिफिकेट) पाउने र नाक फुलाएर क्वाँक्क पर्ने! यसरी इतिहास पढेर-पढाएर केही हुनेवाला छैन।हामीलाई पढाउने इतिहास वास्तवमा इतिहास नै होइन। यहाँ त इतिहासको नाममा भूतकालको वर्णन मात्र छ। वर्णन इतिहास हुन सक्दैन। इतिहास हुनलाई त्यहाँ त्यस्ता तत्वहरू हुनु पर्छ जसले विगत देखाओस्, वर्तमानका लागि शिक्षा देओस् र भविष्यका लागि दिग्दर्शन गराओस्। हाम्रो देशका राजनीतिज्ञहरूले, अर्थशास्त्रीहरूले, योजनाकारहरूले कहिल्यै पृथ्वीनारायण शाहदेवको ‘दिव्योपदेश’ मनन गरेका छैनन्। त्यो हो हाम्रो इतिहास। चाहे तथाकथित विद्वानहरू एम.ए., पी.एच.डी., डी. लिट्. नै गरून्, तिनले दिव्योपदेश पढेका छैनन्, पृथ्वीनारायणलाई बुझेका छैनन् र जयस्थिति मल्ल र राम शाहलाई चिनेका छैनन् भने त्यो डिग्री जनताको आँखामा छारो हाल्न काम लाग्छ, देश बनाउन हैन।
हाम्रो इतिहास मेटिने गरी हाम्रा विद्यार्थीहरूलाई पढाइँदैछ। तिनलाई थाहा छैन वीर बलभद्र कुँवर किन ‘लाहुरे’ हुनु पर्‍यो? तिनलाई मेसो छैन किन वीर अमरसिंह थापा रगत छादेर मर्नु पर्‍यो? बेलायती साम्राज्यले सारा संसार खाइसक्दा पनि नेपालीलाई कुन नैतिक बलले अपराजित राख्यो? पक्कै हिन्दू अभिमान नै त्यो तत्व थियो भन्ने पनि हाम्रा विद्यार्थीहरूलाई पत्तो छैन। अहिले हामीलाई पढाइँदैन कि खम्पा काण्ड किन मच्चियो र त्यसको पछाडि को थियो? अहिले हामीलाई सुगौली सन्धिको पीडा पढाइँदैन। अहिले हामीलाई किन अरुको विजय अभियान पूरा नभएर पृथ्वीनारायणको एकीकरण अभियान सफल भयो भन्नेसम्म पनि राम्ररी पढाइँदैन। तब के पढाइन्छ त? उही एकोहोरो भूतकालीन वर्णनको खोस्टो ।हाम्रा प्रत्येक पिँढीलाई थाहा हुनु पर्छ पृथ्वीनारायण शाहको योगदान के हो र किन बारम्बार स्मरण गर्नै पर्छ उनलाई भनेर। हाम्रा प्रत्येक नागरिकलाई पढाइनु पर्छ दिव्योपदेश, त्यो पनि अहिलेका पाठ्यपुस्तकझैँ रटाएर होइन कि त्यसका मूलभूत तत्वहरूलाई राम्ररी मनन, चिन्तनको स्तरमा। हामीलाई ज्ञान हुनु पर्दछ किन कपुचिन पादरीहरू र कप्तान किनलकहरू हाम्रा शत्रु थिए? र हामीलाई ज्ञान हुनै पर्छ कि आज यहाँ च्याउझैँ उम्रिएका डलरमुखी एन.जी.ओ., आई.एन.जी.ओ.हरू कति घातक छन् हाम्रा लागि। हाम्रो इतिहासले हामीलाई बताउनु पर्छ कि यहाँ जति आई.एन.एफ., युनाइटेड मिसन टु नेपाल, आल्ड्राजस्ता विदेशी ‘सहायता’ संस्था बढ्दै जान्छन्, उति हामीलाई घाटैघाटा छ र वास्तवमै नेपालको हित चाहने हो भने तिनीहरूलाई आफ्नै देशतिर फर्क भनेर पठाइदिनु पर्छ। नत्र एक दिन यस्तो आउनेछ- हामी हाम्रो इतिहाससँगै आफू पनि मेटिन लागेको थाहा पाएर झसङ्ग हुनेछौँ।

देवताहरु ः कति वास्तविक कति काल्पनिक


हिन्दूधर्मावलम्बीहरुले अनेक नाम र रुपका देवीदेवताको पूजा-आराधना गरेको देखिन्छ र हिन्दूका तेत्तिस कोटी देवीदेवता छन् भनिन्छ । तीमध्ये कति वास्तविक हुन् र कति काल्पनिक हुन् भन्ने छुट्ट्याउनु सजिलो छैन । वैज्ञानिकतायुक्त धार्मिकता र धार्मिकतायुक्त वैज्ञानिकता- यी दुइटैले परिपूर्ण दृष्टिकोण नभई यथार्थ खुट्ट्याउनु सम्भव छैन ।
कतिपय व्यक्तिहरु जसरी ुस्वर्गु भन्नासाथ त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् अनि मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यसरी नै देवता भन्नासाथ त्यही स्वर्ग भनाउँदो कुनै अलौकिक स्थानमा रहेका र चमत्कारिक क्षमता भएका व्यक्तिगत-सत्ता-विशेष ठान्दछन् । तर यस किसिमका भनाइले हाम्रो मूल धर्मशास्त्र वेदको वास्तविक आशयलाई क्षयीकरण गराएका छन् । निश्चयनै वैदिक परम्परामा विविध नाम र रुपका ईश्वरीय विभूतिको पूजा आराधना अर्चना उपासना गर्ने प्रेरणा दिइएको छ तर यसका साथसाथै ख्याल राख्नुपर्ने तथ्य के छभने त्यहाँ अनेकतामा एकताको अवधारणालाई विशेष जोड दिइएको छ । अर्थात् सबै ईश्वरीय विभूति एउटै ब्रह्म-तत्वको प्रकटीकरण हुन् । हिन्दू-संस्कृति यसरी ुएकमा अनेकु र अनेकमा एक आत्मसात् गरेको संस्कृति हो ।
अध्ययनबाट हामीलाई ज्ञान हुन्छकि हाम्रा धर्मशास्त्रले देवताहरुको नाममा विभिन्न प्रकारका यज्ञहरुको प्रेरणा दिनुको उद्देश्य तरह-तरहका सानाठूला व्यक्तिगत देवी-देवताहरुको मान्यता प्रचार प्रसार गर्नु थिएन एकै ब्रह्म-तत्व नै यिनीहरुको लक्ष्य हो । वास्तवमा विष्णु शिव गणपति इन्द्र वायु अग्नि आदिइत्यादि नामले एकै परब्रह्म परमेश्वरका विविध गुणहरुका सम्बन्धमा निर्देश गरिएको थियो कालान्तरमा पछि सोही नामका व्यक्ति-विशेषको प्रताप एवं यशका कारण अत्यधिक प्रभावित भएका मानिसहरुले नाम-समानतालाई लिएर यसलाई नै बहुदेववादी अवधारणाका रुपमा बुझे र समय बित्दैजाँदा त्यही धारणालेनै पूर्ण स्थापित विश्वासको रुप ग्रहण गर्यो । तर यथार्थता के होभने यी विभिन्न शक्तिहरुको मूलमा एकै ब्रह्म-तत्व नै स्थित छ । नत्र देवता शब्दको अर्थ सही रुपमा हुँदैन । कर्मकाण्डमा यज्ञको आहुति जुन देवताहरुलाई दिइने विधान छ- त्यसको विवेचना गर्दै मीमांसा-दर्शनमा एक मुख्य कुरा यो भनिएको छकि देवताको अर्थ कुनै दूरवर्ती लोकमा रहेका सूक्ष्म या स्थूल शरीरधारी व्यक्ति विशेष होइन परमात्माका विविध शक्तिहरु तथा जुन पदार्थहरु, जीवहरुमा ती शक्तिको विशेष विकास भएको छ तीप्रति यसको अर्थ लक्षित छ । सूर्य चन्द्र अग्नि इन्द्र वायु आदित्य सोम अश्वनी वरुण प्रजापति गणपति आदि जुन-जुन देवताको उल्लेख वेदमा बारम्बार पाउन सकिन्छ ती एउटै परमात्माका विभिन्न शक्तिहरु नै हुन् ।
पुराणहरुमा देवताका विभिन्न नामहरुलाई कतिपय अवस्थामा वेदमाजस्तै एउटै ब्रह्म-तत्व बुझाउन प्रयोग गरिएको छ र अन्य कतिपय अवस्थामाचाहिँ समान नामका कोही प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वका सन्दर्भमापनि ती नामहरु उल्लेखित छन् । यसमा कल्पनाशीलताको कमालपनि थपिएको छैन भन्न सकिने स्थिति देखिदैन । कतिपय ऐतिहासिक र कतिपय काल्पनिक समेत रहेका तिनै प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुलाई समेत ध्यानमा राखेर हिन्दूका तेत्तिसकोटी देवता मानिएको हुनसक्दछ ।
यो समस्त विश्व परमात्माकोनै विराट रुप हो तसर्थ प्रत्येक प्राणी परमेश्वरकोनै अंशरुप हो । तीमध्येमा यदि जहाँ-कहिँपनि कसैमा सामान्यतया जोकोहीमा नपाइने कुनै विशेष गुण या शक्ति देखियो भने त्यसलाई परमात्माको विशेष विभूति मानेर सम्मान गर्ने गरिएको पाइन्छ । विशिष्ट क्षमतावान्लाई सम्मान गरिनु स्वाभाविक नै हो । अर्कातर्फ नवपुस्तालाई शिक्षा प्रदान गर्न आख्यानहरु बनाइनु पनि स्वाभाविकै हो । कतिपय आख्यानका पात्रहरु यदाकदा यति प्रभावशाली भइदिन्छन्कि समाजमा तिनीहरुको छुट्टै अस्तित्वबोध समेत हुनथाल्छ । हाम्रा कतिपय देवी-देवताहरु यस प्रकारले स्थापित भएका पनि होलान् भन्न सकिने स्थिति छ । लोक-कल्याणकारी महान् आत्माहरुको सम्मान गर्नु हिन्दू-समाजमा जीवनशैली नै बनेको छ र हिन्दू-समाज अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुमा इश्वरीय अंशावतार देख्दछ । अवतारी सिद्ध महात्माहरुका उपदेशहरुलाई अनुशरण गर्दै विभिन्न सम्प्रदायको स्थापना समेत भएको हामी पाउँछौं । हुन त हिन्दू-इतर समाजमा पनि यो कुरा लागू हुन्छ जस्तोकि मोहम्मदलाई ुअल्लाहुको पैगम्बर ठान्नु जीसस क्राइस्टलाई ईश्वर-पुत्र ठान्नु आदि । तिन्का जीवनगाथा गाउने क्रममा कति अतिराजना थपिएका छन् भन्ने पक्ष अध्ययन हुनसकेमा धेरै रहस्यका पर्दा खुल्न सक्छन् । वास्तविकतालाई काल्पनिकताको चास्नीमा डुबाइएको हुनसक्ने तथ्यतर्फ आँखा चिम्लनु अवैज्ञानिक दृष्टिकोण हुन जानेछ ।

भोककै कारण छोरीहरुसहित आत्महत्या गर्न बाध्य आमाको देशमा


यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।

सकेसम्म कोही चाहँदैन मर्न । मानिसलाई सबै भन्दा प्यारो लाग्ने नै आफ्नो जिन्दगी हो । त्यसमाथि प्रेम एवं करुणाकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई यति माया गर्छिन् कि त्यो अवर्णनीय छ । तर हाम्रै नेपालको सुदूरपश्चिममा एक आमाले आत्महत्या गरिन् आफ्ना दुई छोरीहरुसहित ।
अखबारले दिएको समाचार संक्षिप्त भए पनि कुरो बुझिन्छ । थुप्रै दिनदेखि ती तीनजनाको मुखमा अन्न परेको थिएन । केही नखाएपछि आमाको स्तनबाट दूध आओस् कसरी । रोइरहेका छोरीहरुलाई पानीसमेत पियाउन सकिनन् आमाले किनकि सुदूरपश्चिमको त्यो गाउँ हाम्रो देशका अनेकौँ यस्ता गाउँजस्तै थियो जहाँ पिउने पानी लिनसमेत निक्कै पर पुग्नु पर्ने हुन्छ ।
समाचार पढेर थाहा लाग्दैन तर अनुमान गर्न सकिन्छ कि आमाले केही माग्ने र छोरीहरुलाई बचाउने प्रयत्न पक्कै गरिन् । दरिद्रबस्तीमा सम्भवतः कसैसँग थिएन उनीहरुलाई दिनका लागि केही ।
अन्नपानी केही पनि नपाएपछि छोरीहरुको स्वरसमेत सुक्यो होला । पीडाले छटपटाइरहेका तर त्यसलाई समेत व्यक्त गर्न नसकिरहेका छोरीहरुको वेदनाको आघात कसरी सहन सक्थिन् आमाले । निरुपाय उनले छोरीहरुलाई पीडाबाट मुक्ति दिने एउटै मात्र उपाय देखिन् ।

हाम्रै देशमा भएको घटना हो यो । यो यस्तै अनेकौँ घटनाहरुको प्रतिनिधि मात्र हो ।
यो संसारमा यस्तो पनि देश छ र यो मेरै देश हो जहाँ भोकका कारण मानिस आत्महत्या गरिरहेका छन् जहाँ झाडापखाला लाग्दा सामान्य औषधी नपाएर कैयौँजना मरिरहेका छन् जहाँका मानिसहरु सामान्य गाँस बास कपासको आवश्यकता पूर्तिका लागि कुल्ली दर्बान भाडाका सैनिक घरेलु नोकर आदिका रुपमा बेचिनु परिरहेको छ जहाँ आफ्नै चेलीहरुलाई वेश्यावृत्तिका लागि बेचिन्छ जहाँ बोक्सीका नाममा आमा दिदी बहिनीहरुमाथि बर्बर िहंसा भइरहेको छ जहाँ हजारौँ मानिसको हत्या गर्ने िहंस्रकहरु राजनेता कहलाइन्छन् जहाँ राजनीति भनेकै जसरी पनि सत्ता शक्ति र सम्पत्ति हत्याउने साधन बनेको छ ।
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । के अधिकार छ त्यस्तो देशलाई एउटा स्वतन्त्र देश भएको भनेर गर्व गर्न के हक छ त्यस्तो देशको सरकारलाई जनतामाथि राज गर्न कुन स्वाभिमानले हो म बुझ्न सकिरहेको छैन कि आठ महिनाकी बच्चीलाई समेत अन्न पानी उपलब्ध गराउन नसक्ने मेरा देशका बहुसंख्यक मानिसहरु सधैँभरि राष्ट्रियताको नारा उरालिरहेका हुन्छन् ।

बोक्सीको बात


कहिले मरनीदेवी, कहिले सुदामादेवी वा अन्य केही नामका देवीहरुलाई बोक्सीको बात लगाएर गरिएका अत्याचारहरु साचार-माध्यममा आइरहेका छन् । उता ठाउँ-ठाउँमा आमा दिदी बहिनीहरु प्रताडित भइरहँदा बोक्सीका नाममा नारी-अस्मिताको हुर्मत लिने यस्ता लज्जास्पद कार्यको विरुद्धमा ओठे प्रतिकि्रया बाहेक ठोस कार्य हुन नसकिरहेको स्थिति छ । न राज्यपक्षले पीडकहरुलाई दण्ड दिन सकेको छ; न त भविष्यमा अरुले यस्तो प्रताडना बेहोर्न नपरोस् भन्ने प्रतिरोधात्मक उपाय गर्ने छेकछन्द नै देखिन्छ ।
बोक्सी भएको आरोपकासाथ जब कोही अकल्पनीय यातनाको शिकार हुन्छिन् तबमात्र बल्ल वक्तब्यको लहर चल्ने वा पीडितलाई साचार माध्यम मेडियाको अगाडी उभ्याएर घाउ कोतर्ने; अनि एकादुई गोष्ठीमा बुद्धि-विलास गर्ने प्रवृत्तिमात्र यहाँ देखिएको छ । तर एउटी चेलीको घाउमा खाटा बस्दा-नबस्दै अर्की चेलीको हुर्मत लिएको खबर आइरहेको हुन्छ । यो ुबोक्सीको बातु नेपाली समाजको निधारमा लज्जास्पद धब्बाका रुपमा रहेको छ । जब बोक्सीको आरोपमा कोही व्यक्तिमाथि आक्रमण भइरहेको हुन्छ; तब प्रत्येक आक्रमणपिच्छे मानवता लज्जित भइरहेको हुन्छ । बोक्सीका नाममा अनाहकमा कसैमाथि जाइलाग्नु पूर्णतया पागलपन सिबाय केही होइन । अझ यस्तो कुकृत्यकोसाथमा धर्म संस्कृति परम्पराको दुहाइ दिनु त झनै गलत हो । हाम्रो सनातन हिन्दू धर्म संस्कृति परम्परा 'बोक्सी'को परम्परा होइन; यो त 'देवी'को परम्परा पो त !
यथार्थ जतिसुकै तीतो भएतापनि यथार्थता नै हो । शक्तिको पूजा अर्चना गर्ने हाम्रो संस्कार हाम्रो संस्कृतिमा जतिसुकै भरिभराउ रहेको भएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइन । वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति हाम्रैमा छ; घरेलु िहंसाबाट पिडित हुनु परिरहेछ यहाँका नारीहरुले; अनि आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् । एकातिर यस्तो भइरहेको छभने अर्कातिर शताब्दीयौं देखिनै महिलालाई देवी मानेर पूज्ने संस्कार हामीसँग छँदैछ । अचम्म लाग्छकि कसरी हामी उही नारीलाई देवी मानेर पूज्दा-पूज्दै फेरि बोक्सीको रुपमा पनि ठानिरहेका हौंला !
वास्तवमा नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । कालान्तरमा त्यो वैदिक परम्परा व्यवहारमा कायम राख्न सकेन यो समाजले; र धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि सामन्ती राज्यसत्ताका क्रममा त्यो खण्डित हुनगयो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर्याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र मर्दका दशवटी भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिको विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र ूछोरीको जन्म हारेको कर्मू भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।
धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमाचाहिँ कसैलाई बोक्सी बनाएर हुर्मत लिने तथा कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; "यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता" भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; "न गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यते" अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने ! यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।
हाम्रो धर्म संस्कृति त त्यो हो जहाँ मान्यता छ कि "… यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रया" अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु देवी जन्मनु हो; र जहाँ चेलीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन । आमा दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजू फूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् । अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ अस्मिता उँचो हुन्छ । यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन ।
अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध/ अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको सुनिश्चितता ग्यारेण्टी हो । तर घोर विडम्बना ! देवीहरुलाई बोक्सीका बात लगाउने अधम्हरुले आफ्नो कुकृत्यलाई धर्म संस्कृति परम्पराको आडमा जायज ठहर्याउने दुस्प्रयास गरिरहेका छन्- कसैले धूर्ततावश र कसैले अज्ञानतावश । तर यथार्थता के होभने हाम्रो धर्म देवीलाई कदापि बोक्सी ठान्दैन । यतिबेला धर्मसम्बन्धी कार्यकालागि खोलिएका संस्था तथा धर्मका व्याख्याताहरुले स्पष्ट पार्नु पर्दछकि देवीलाई बोक्सीको बात लगाउनु पाप हो; यो पूर्णतया धर्म-विरुद्ध कार्य हो ।

तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना


आज त तिम्रो जन्मदिन,
तर पनि म धेरै दुखी छु।
किनकि,
तिमीलाई सुहाउदो उपहार, कहीं पाउन सकिन।।

म कहाँ कहाँ गईन,
पहिला त सुर्यमुखीको बगैंचामा गए,
र उनलाई सोधें
“मेरी एक प्यारीसँगिनी छन्, उनको लागि के तपाईंको सुन्दरता पाउन सक्छु ???”
तर सुर्यमुखीले लजाउदै भनिन्,
“ममा त्यति सुन्दरता छैन, जति तपाईंकीसँगिनीमा छ।“

यहाँपछि म अजम्बरीसँग पुगे,
उनको उमेर माग्नका लागि।
तर उनले भनिन्,
“तपाईंको साथीको उमेर त धेरै लामो छ, मेरो भन्दा पानि बढी।“

त्यस पछि म चाँदनीसँग भेट्न, चंन्द्रलोकमा पुगे।
र उनलाई बिन्ती गरें,
“मेरी एक हसिन साथी छन्।
उनलाई संसारकै सबैभन्दा मिठो मुस्कान चाहिएको छ।
के तपाईंको मुस्कान पाउन सक्छु ??”
तर उनले मुस्काउदै भनिन्,
“तपाईंको साथीको जस्तो मधुर,
सुशील अनि अनमोल मुस्कान आजसम्म कसैको देखेकी छैन।“
अन्तत मलाई थाहा भयो,
तिमी त आफैंमा पूर्ण रहिछौ।
तिमीलाई सुहाउदो उपहार त कहीं भेट्न सकिन यो दुनियाँमा,
त्यसैले,
म तिम्रो सामु आएको छु र म मात्र भन्छु
“तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना”

लाचार श्रीमानको पत्र श्रीमतीको नाममा


धर्तीमा कुनै पनि व्यक्तिले आफ्नो संघर्ष र प्रयासलाई सधैं जारी राख्छ ताकि उसको हत्केलाको पौरखमा बाच्ने अरु प्राणी खुसीसँग जिउने सहारा पाउन्। तर जिन्दगीमा उसलाई किस्मतले नै ठग्यो भने उसले के गर्ने? आखिर उसको यो संसारमा आफ्नी श्रीमती बाहेक अरु कोही साहरा हुदैनन्! लाचार विवस भएर श्रीमतीको नाम पत्र लेख्न बाध्य नै हुन्छन!!!...
प्राण प्यारी हृदयकमलेषू,
आज हाम्रो विवाहको बाईस वर्ष पुगिसक्यो। तर यस्तो अवस्था कहिले पनि आउला जस्तो लागेको थिएन। तिमीलाई यस्तो प्रकारले पत्र लेख्ने जरुरी परेको पनि थिएन। तर आज विवस, लाचार भै फसेको छु। आज मैले धार्मिक तीर्थस्थलको बाटो तय गरेको छु । तिमीलाई त आफ्नो कामबाट कहाँ फुर्सत हुन्छ र त्यस घरको जिम्मेवारीसँग । जस्तो कि तिम्रो नाता नरिवलसँग खोप्राको सम्बन्ध हुन्छ । केही दिन म शान्ति प्राप्तिको लागि, मन शुद्धिको लागि तीर्थधाम पसेको छु!
मेरी रति, मेरा दुई आँखाले मात्र होइन मेरो आत्माले पनि तिम्रो दु:ख देखिरहेको छु। तर के गरूँ ? म पनि त कुनै बन्धनमा उल्झिरहेको छु । निस्साह बनी तिम्रो यो लाचार श्रीमानले तिमीलाई सिउदोमा दुई चुट्टी सिन्दुर र आमा बन्ने सौभाग्य बाहेक अरु केही दिन सकेको छैन।
भन्छन् नि सधैं, बिना खरीको मादल बज्दैन । उसै प्रकार म पनि भाग्य बिनाको एउटा प्राणी रहेछु । मलाई त सबैले पढ्न सके तर मैले कसैलाई पनि जिन्दगीभरि पढ्न सकिन । यद्यपि मेरो जीवन सधैं कछुवाको चाल चल्दै रह्यो । सधैं मेरा पाइलाहरू जिम्मेवारीको बोझमा फलामको सांग्लाले बाँधिए। मैले आफ्नो घरको जिम्मेवारी निभाउँदा निभाउँदैमा आफै सकिएछु । मैले मेरो आफ्नो कर्तव्य देखाउनु पर्ने ठाउँ पनि बिर्सिएछु। स्वभिमानी बनेर उदेर बन्नु पनि आफ्नो लागि भोलिको अभिषाप बन्न पुग्दो रहेछ! हे भगवान तिम्रो लिला पनि अपरम्पार नै हुदो रहेछ । नमन छ प्रभूलाई!
मेरी रति, म अति सालिन भएर तिमी र भगवानसँग क्षमा याचना गरी बसेको छु । भन्छन सबैले मानिसको भाग्य सधैं विधाताले स्वर्गमा लेख्छन भनेर । तर मलाई पक्का थाह छ तिम्रो मेरो भाग्य त यही धर्ती कै प्राणीले लेखिदिएका रहेछन ! किन आए होला त्यो दिन जुन दिन हाम्रो बैबाहिक सम्बन्ध यकध बनाए !
मेरी रति, तिमीलाई पाउँदा मेरो जीवन त हराभराले भरिएको सरी छ । सायद तिमी जस्ती कुशल श्रीमती पाउनु मेरो अहोभाग्य रहेछ । तर तिमीलाईभन्दा त मलाई नै दुख लागिरहेको छ । तिम्रो बारेमा सायद तिम्रो जीवनमा मेरो प्रस्ताव न आएको भए, तिमीलाई मेरो लगन डोरोसँग नबाँधेको भए सायद तिम्रो जीवनमा मन चाह वर आउँथ्यो होला। धनी, पैसावाल, सर्वगुण, मङ्गल भएको वरसँग विवाह हुन्थ्यो होला । तिमीलाई मेरो जीवनसँग बाँधिदिनाले तिम्रो जिन्दगीभरि उल्झन र आँसुमा सिक्रिएर बस्नु बाध्य भयौ रति ।
रति, तिमी धन्य छौ । तिमीले मेरो मात्र होइन मेरो परिवार, समाजमा लाज राख्यौ । मर्यादालाई पालना गरेकी छौ । तिमी कुशल नारी हौ । नारीको लागि देवीको वरदान आशिर्वाद हुन्छ भन्छन्, नारीमा पनि अनेक रुप हुन्छन । तर तिम्रो धैर्यताको सीमा धेरै रहेछ । म धेरै खुशी छु । तिमी जस्ती कुशल श्रीमती पाउँदा मेरो जीवन सफल भयो । तिम्रो धैर्यताले मलाई कायल बनायो । तिम्रो मनावीयता रुपले सधैं तिमीप्रति प्रेरित बनायो । कठै तिमी पनि कस्तो भाग्य लिएर आएकी रहिछौ, म जस्तो अभागी किस्मत लिएर जन्मेको मान्छे तिमीलाई ग्रह्नित भएको छु ।
रति, के तिमीले जीवनको यति लामो यात्रामा एक पटक पनि सोचिनौ कि एक पलको लागि मलाई छोडी कहीं जाउँ भनेर ? के तिम्रो मनमा यस्तो शंका उठेन कहिल्यै सु:खको जीवन खोजुँ भनेर ? फेरि पनि धैर्यताले कुनै न कुनै एउटा सुखको पल आउला भनी पर्खी बस्यौ । जीवनलाई सधैं आगोमा जलाउँदै गर्यौ। आफ्ना आँसुले त्यही आगोलाई बुझाउने कोशिस गर्दै गर्यौ।
धन्य हौ नारी तिमी, नारीको सहनशीलता पाएकी रहिछौ । रति, तिमीलाई यो जीवनमा मैले केही सु:ख दिन सकिन, सिवाय मेरो मनमा तिम्रो लागि ईज्जत अनि अथाह सागरभन्दा गहिरो माया । मैले हरेक दिन भगवानसँग तिम्रो लागि प्राथना गरिरहेको छु। ताकि, मेरो सातौं जन्ममा तिमी नै मेरी अर्धांगिनी बनी आउनु ! रति, म लाचार भै डुब्दै गरेको सुरज जस्तै भैरहेको छु । मैले तिम्रा प्रत्येक पाइलामा साथ दिने कसम खाएको थिएँ । तर आज मेरा यी पाइलाहरू पछि हट्दै छन् । रति, अब सारा जिम्मेवारी तिम्रो नै काँधमा छ । हाम्रा प्यारा सन्ततिहरू अब तिम्रो नै भरोसामा छन् । सायद कतै तिमीलाई चाहना होला नया सन्तानको पनि तर त्यो चाहनालाई मनभित्र नै दबाई राख। हाम्रो विवाह वन्धनको बाचा कसम सम्झेर आफ्नो घर संसारलाई सधैं झैँ खुशीसँगै उज्यालो बनाई राख्नू ।
रति, माता-पिताको स्वर्गवास भएपछि उनका सन्तानले बाबु आमाको श्राद्ध पिण्डदान गरी आत्माको शान्ति प्राप्ति गराउँछन । तर रति, यसको पनि सौभाग्य हामीमा रहेनछ । हाम्रो वंश पनि अब अगाडी नबढ्ने पक्का भयो । तर हाम्रा दुई पुत्री हाम्रो लागि पुत्र समान हुन् । यिनीहरूको खुशी जीवन भरपुर राम्रो मर्यादा र राम्रो बातावरणले बनाउनु पर्छ । नयाँ दौरलाई केलाई तिता-मिठा सबै कुरालाई बुझी समयको धारसँग चल्न सिकाउनु पर्छ । यो सबै जिम्मेवारी तिमीमा छ ।
रति, यो संसार आज अधर्म र असत्यको घोर घेराभित्र फँसिसकेको छ । यहाँका प्रत्येक प्राणी पापको पोटली भित्र बाढी सकेका छन्!
रति, मैले मेरो सायद पूर्व कालमा कुनै पाप गरेको थिएँ होला । यसै कारण यो जन्मको जीवन मलाई अभिसाप जस्तै बनिरह्यो । मैले मेरा आँखाले भोलिका हाम्रा लाचारी दिनहरू देखिरहेको छु - हाम्रो अवस्था पनि भयानक हुनेछ । हे काल देउता तिमी त चोरीको कलामा त अति निपूर्ण छौ। मेरो बिन्ती छ हाम्रो जिन्दगीको अन्तिम प्रहरमा हाम्रो दुर्दासा नगरिदिनुहोला । हाम्रो जीवनमा धेरै दुख आए जीवनको अन्त्य सँगै होस् । पूनर्जन्मको साथ फेरि तिमीसँग मिलोस !

मनको स्थान मनै


बिहान उठ्दा मेरो गुडिया रिसाएर अर्कोतिर फर्किदियो । म उसलाई फकाउनपट्ट िलागिनँ । म त हिजो राति तिमीसँग भएको कुरालाई पो केस्रा केस्रा गरी सम्झँदै थिए । कस्तो बिल्कुलै अनौठो अनुभूति दियौ तिमीले मलाई । कहिल्यै नपोखियोस भन्ने लागिरा' छ । ओछ्यानमै हुँदा तिमीले पठाएको म्यासेज सन्चै छौ ? ल म त झन ... ।
अमिर ! म हिजोको रातभन्दा अगाडि पो विसन्चो रहेछु मलाई पत्तै थिएन । आज त म यति निको भएकी छु कि होसारा संसारलाई चुमीचुमी आकाशमा उड्न मन भइरहेको छ । संसारको प्रत्येक चिज प्यारो लागिरहेको छ । रातभर तिमीले निदाउन कहाँ दियौ र ? आँखा अनिँदो भए पनि खै कसरी हो निदाएको भन्दा बढी निन्द्रा पुगेको छ । ओठ खल्लो भयो होला, सुख्खा भए झैँ लाग्दैछ । यो मनमा चैन भित्रिएको छ । म बिल्कुलै सन्चो भएकी छु ।
सधैँ रात गर्ने उही उस्तै घर, परिवार, समाज, राष्ट्रको कुरा गर्न रोकेर 'नयाँ कुरा' गर्न भनी 'कसम' खुवायौ । अमिर म त कसम नै नखुवाएको भए पनि रिसाउने थिइन तिमीसँग । थाहा छ अमिर गर्छु ... तिनकै छोरा त हुन क्यारे मेरो लाग्ने । उनीहरू भने मसँग कहिले पनि रिसाएको थाहा छैन । भगवतीलाई झैँ पूजा गरेर राखेका छन् मलाई । यो देखेर छिमकीहरू मेरो ग्रह बलियो ठान्छन् । तिमीलाई थाहा छ दिपक ? तिमीले पहिलोपटक भेट्दा दिएको उपहार वेस्टफ्रेन्ड लेखेको रिसर्ट पहिरिएको केटो गुडियाले मलाई अलिकति नै सही सन्तुष्टि दिन्छ । त्यसलाई म सधैँ मेरो सिरानीसँगै राख्छु । प्रत्येक रात त्यसलाई चुम्छु अनि बेसरी अँगाल्छु । मेरो त्यो केटो गुडिया कहिलेकाहीँ मसँग घुर्की पनि देखाइ टोपल्छ मतिर र्फकदैन भित्तामा फर्किएर बस्छ । नबोल्ने कसम नै खाए झैं पो गर्छ । मलाई त्यसको धेरै माया लाग्न थालेको छ अचेल । लोग्नेसँग सुत्दा पनि म त्यसलाई च्याप्न छोड्दिन । मेरो लोग्ने त्यसलाई जार सम्झँदैन पनि ।
ऊसँग मेरो बिहे गर्दिएर मात्र मेरो लोग्ने भएको हो होइन भने ऊ लोग्ने मान्छे होइन । उसको शरीर कमलो छ मेरो जस्तै उसको हात नरम छ मेरो जस्तै .... । मेरो लोग्ने एउटा पुरूष हुँदै होइन । ऊ त ... ।
अदभूत लाग्यो यो फोन पनि । तिमी दुरीले टाढा थियौ । तिम्रो आवाज शरीरको बाटो हुँदै गहिराईमा पुग्यो । मनको स्थान मनभित्रै हुँदोरहेछ हगि ।