शनिवार, 7 मई 2011

*के महिलाहरु कमजोर छन् त???

******के महिलाहरु कमजोर छन् त????*******यदि यही प्रश्न मैले तपाईलाई गरेँ र तपाई पुरुष हुनुहुन्छ भने तपाई यसलाई सहजै स्वीकार्नु होला तर तपाई महिला हुनुहुन्छ भने,यो प्रश्नको उत्तर दिन तपाईलाई समय लाग्ने मात्र हैन,उत्तर दिन गाह्रो पनि हुने छ। किनकी महिलाहरु कमजोर छैनन् भन्नलाई,यो कुरा यथार्थ नलाग्न सक्छ,कमजोर भनिहाल्न तपाईको पनि मन नमान्ला। म पनि महिला हुँ र मलाई पनि हामी महिला कमजोर छौं भन्ने कुरा स्वीकार्न कत्ति मन छैन।कोही पनि महिला आफै कमजोर बन्न,देखिन र भनाउन चाहँदिनन्। बास्तवमा महिलालाई कमजोर बनाइन्छ तर कसले; समय,परिस्थिति,पुरुष,दोस्री

महिला वा खुद ऊ आफैले,यो प्रश्नको जवाफ त्यति सजिलो छैन। फरक परिस्थितिमा यी फरक कारक तत्वहरुले महिलालाई कमजोर बनाइरहेका हुन्छन् तर के साँच्ची महिलाहरु कमजोर नै हुन् त?अथवा यथार्थमा पुरुष पो कमजोर हुन् कि?
>>महिला पुरुष आफैमा,कोही पनि पूर्ण र सबल हुँदैनन्। यिनीहरु एकअर्काका पुरक हुन्। एक अर्काका साथ पाएर नै समाज बिकसित,सभ्य,अर्थपूर्ण र शान्तिपूर्ण हुन्छ। पिडीत र कमजोर महिला पनि कसै न कसैकी आमा,दिदीबहिनी,स्वास्नी,साथी वा कुनै आफन्त हुन्छिन्। उनी कमजोर हुनु भनेको घर कमजोर हुनु हो,पुरुष कमजोर हुनु हो र समाज कमजोर हुनु हो। त्यसैले महिलाहरुले आफ्नो सोचलाई कमजोर बनाएर कमजोर हुनुहुँदैन,उनीहरुलाई कमजोर बनाइनु पनि हुँदैन। तपाई चैं के भन्नुहुन्छ ??????????

यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?

tulsiram pandey
म २५ वषर्ीय परदेशी युवक हुँ । हालसम्म अविवाहित छु । लगभग १६-१७ वर्षको उमेरदेखि हस्तमैथुन गर्दै आएको छु । १८ वर्षको हुँदादेखि साढे १९ वषर् सम्म करिब साढे १ वर्ष एक विवाहित युवतीसँग यौनसम्पर्क राखेको थिएँ । त्यतिबेला भने हस्तमैथुन गरिनँ । त्यस पछिका र पहिलेका सबै समयमा  हस्तमैथुन गर्ने गरेको छु । यो एक-दुई वर्षमा म दुई-तीन दिन बिराएर हस्तमैथुन गर्छु । मलाई हस्तमैथुनको बानी नै लागिसक्यो । हस्तमैथुन गर्दा म  चार-पाँच मिनेटमै शिथिल हुन्छु र यौनसम्पर्क राख्दा पनि पाँच-सात मिनेटमै शिथिल हुन्छु । हस्तमैथुनको बानि त्याग्न निकै पहल र अठोट गरें, तर केही  दिनमै असफल हुन्छु । मलाई हस्तमैथुन त्याग्न मन छ, त्यसका केही उपाय छन् ? के यो मेरो शीघ्रपतनको समस्या हो ? हस्तमैथुनले भावी विवाहित  जीवनमा असर पार्छ कि पार्दैन ? यौनसम्पर्क गर्दाको न्यूनतम समय कति हो ? यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?

हस्तमैथुनको बानी कसरी हटाउने ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको  विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत  धारणा पनि छन् ।

यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा  यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको  यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै  हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले  स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को  व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक  क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा  बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला ।  ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो  सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र  समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य  व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।  विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क  हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला ।

के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?

मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले  अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने  गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दर्ैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै  नगरेको स्थितिमा भने फरक पर्छ । दुवै जना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।

के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि  मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले  आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा  योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी  परिभाषित गर्ने भन्ने बहस पनि  नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव  हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि  तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर  वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

यौनसम्पर्कको समय कति हुनुपर्छ ?

यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नुभयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई  लिएर सन्तुष्ट हुनुपर्छ ।
· · Share · Delete

श्री;- तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी अंचल पच्छिम नेपाल

कुनै बेला नेपाली साहित्यको मरुभूमिका रुपमा परिचित बाँकेमा अहिले साहित्यिक संस्थाको बाढी मात्र आएको छैन, दैनिकजसो साहित्यिक गतिविधिहरू हुने गरेका छन्।
नेपाली भाषा साहित्यका लागि बिरलै गतिविधि हुने नेपालगन्जमा यतिबेला राष्ट्रियस्तरका कार्यक्रमदेखि बौद्धिक बहस, साहित्यिक अन्तर्त्रिmया, कवि गोष्ठी, कार्यशालासम्म आयोजना हुन थालेका छन्। साप्ताहिक गजल सन्ध्यादेखि मासिक मुशायरा चल्ने यहाँ कथा लेखन र बाल साहित्य प्रशिक्षणसम्म आयोजित भएका छन्। तर, ती परिणाममुखी र उत्पादनशील हुन सकेको देखिँदैन। लाग्छ दैनिक गतिविधि गर्नुनै साहित्यको गन्तव्य हो।
भेरी साहित्य समाजले मध्यपश्चिमाञ्चलमै नेतृत्वदायी भएर राष्ट्रिय साहित्य सम्मेलन तथा मध्यपश्चिम साहित्य महोत्सव-२०६६ आयोजना गरेकोे ठीक एक वर्षपुग्दा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा यसै साता क्षेत्रीय साहित्यिक कार्यक्रम आयोजना गर्यो। देशभरिका ५ सयभन्दा बढी स्रष्टा भित्रिएको नेपालगन्जमा एक वर्षछि काठमाडौंका वरिष्ठ साहित्यकारदेखि मध्य तथा सुदूर पश्चिमाञ्चलका साहित्यिक अनुरागीहरूको जमघट भयो। त्यसबीच दर्जनौं साहित्यिक कार्यक्रमहरू भइरहे।
भाषा सहित्यको क्षेत्रमा बाँके उर्वर हुँदै आएको छ, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेनाले भने, पुरानो पुस्तालाई उछिनेर नयाँ पुस्ताको हातमा साहित्यिक अभियानको नेतृत्व आएको छ। बाँकेको साहित्यिक अभियान उत्साहजनक रुपले अगाडि बढेको अनुभूति गरेका महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेपाली भाषासाहित्य प्राध्यापनमा संलग्न तिमिल्सेनाले नेपाली साहित्य अध्ययन गर्ने विद्यार्थीहरूको संख्यासमेत सोही अनुरुप अगाडि बढेको बताए।
गतिविधिहरू मात्रै होइन पछिल्लो पाँच वर्षता दर्जनौं साहित्यिक कृति पनि प्रकाशमा आएका छन्। संघसंस्थाहरूमा युवा पुस्ता संगठित हुने क्रम बढेपछि संगठन विस्तारमा जोड दिइएको भए पनि गुणस्तरमा भने खासै फरक पर्न सकेको छैन। क्रियाकलाप बढेका छन् तर उपलब्धि भएन, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका सचिव खगेन्द्र गिरी कोपिलाले भने, गुणस्तरमा विकास गर्न गतिविधिहरू र्सार्थक भएनन्।
नेपालगन्जबाट काठमाडौं पुगेर साहित्यिक क्षेत्रमा नाम र दाम कमाउनेहरूको कमी छैन। कामकै क्रममा किन नहोस् बाहिरबाट नेपालगन्ज आएर चर्चा पाउनेको संख्या पनि उस्तै छ, तर, जस यहाँको साहित्यले पाउने गरेको छैन।
राष्ट्र बैंकमा कामका लागि आउँदा वरिष्ठ साहित्यकार बासुदेव अधिकारीले आफनो सम्पादनको शब्द संयोजनको नेपालगन्ज विशेषांक नै प्रकाशित गरे। त्यसअघि नेपालगन्ज रहँदा राससका प्रमोद प्रधान, कर्मचारी सञ्चय कोषका मोदनाथ सादा हुन् वा वाणिज्य बैंकका विनय रावल -र्स्वर्गवासी)ले यहाँको साहित्यलाई त्यति नै प्रेरणा दिए।
प्रहरी सेवामा रहेर पनि कथाकार महेशविक्रम शाह नेपालगन्जकै पृष्ठभूमिमा रचना मात्र होइन रचनात्मक क्रियाकलापमा योगदान गर्दै छन्। उनकै अगुवाइमा हालै मात्र भव्य सांस्कृतिक कार्यक्रममार्फ वषर्ाैंदेखि थलिएर बसेका गायक तथा कवि प्रेमप्रकाश मल्ललाई सयौं दर्शकमाझ उभ्याएनन् मात्रै एक लाख रुपियाँ आर्थिक सहयोग जुटाएर हात पारिदिए।
यसले पनि बाँके साहित्यको उर्वरा क्षेत्र हो भन्ने पुष्ट्याइँ गर्न चर्चित उपन्यासकार नयनराज पाण्डेको गृह जिल्ला भनेरै मात्र चिनाइरहनु पर्दैन। न त वरिष्ठ कथाकार सनत रेग्मी बाँकेबाटै प्रज्ञा प्रतिष्ठानमा सदस्य हुँदै सदस्य सचिवको ओहदामा पुग्न सफल भएको कुरालाई नै स्मरण गरिरहनुपर्छ।
तर पनि बाँके साहित्यको राष्ट्रिय मूलधारमा किन छैन, समाजका अध्यक्ष तिमिल्सेना भन्छन्, बाँकेलाई आधार बनाएर वरिष्ठताको उपाधि भिरेकाहरूले नितान्त निजी स्वार्थ र राजनीतिक अभीष्ट पूरा गर्न उद्यत भए। तिमिल्सेनाले कागजी साहित्य र उपाधिमा मात्र आफूलाई सीमित राखिँदा व्यक्तिले पद त पायो, जिल्लाले कुनै उपलब्धि नपाएको टिप्पणी गरे।
नेपालगन्जमा साहित्य र साहित्यकारलाई चिनाउने कुनै ठोस उपलब्धि उनीहरूबाट पाउन नसकिएको भन्दै आलोचना गर्ने तिमिल्सेना भेरी साहित्य समाजको अग्रसरतामा महाकवि देवकोटा चोक, प्रतीक्षालय निर्माण र शतवाषिर्की समारोह मनाएर राष्ट्रियस्तरमा बाँकेको साहित्यलाई चिनाउन पहलकदमी लिएको बताउँछन्। महाकवि देवकोटाको शतवाषिर्की पारेर समाजले गतवर्षचैत २१-२२ गते नेपालगन्जमा देशभरिकै स्रष्टा निम्त्याएर राष्ट्रिय साहित्य सम्मेलन तथा मध्यपश्चिम साहित्य महोत्सव-२०६६ आयोजना गरेको थियो। नवप्रतिभा पर््रवर्द्धन समूहले हस्तान्तरण गरेदेखि समाजले दौंतरी साहित्यिक पत्रिका पनि प्रकाशित गर्दै आएको छ।
कोहलपुरमा रहेका आधा दर्जनभन्दा बढी साहित्यिक संघसंस्थाहरू हालै एकीकृत भएर पूणिर्मा साहित्य प्रतिष्ठान गठन गरिएको छ। हरेक साता सशुल्क गजल सन्ध्या सञ्चालन गरेका उनीहरू एक दशकदेखि पूणिर्मा साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका छन्। पूणिर्मा सम्पादक सागर गैरेले यसबीच विभिन्न स्रष्टाहरूका आधा दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशन गरिएको जानकारी दिए। प्रतिष्ठानमा तुलसीराम स्मृति साहित्य प्रतिष्ठान, नवयुवा साहित्य मञ्च, पूणिर्मा साहित्य समूह, कोहलपुर गजल साँझलगायत एकीकृत भएको गैरेले बताए।

महानन्द ढकालको अध्यक्षतामा रहेको प्रतिष्ठानले १५औं गजल सन्ध्या आयोजना गरिसकेको सचिव कपलि अन्जानले जानकारी दिए। उनका अनुसार, सिक्दै गरेका नव प्रतिभादेखि स्थापित साहित्यकारसम्म १ हजार रुपियाँसम्म तिरेर गजल सन्ध्यामा सहभागी भएको अध्यक्ष ढकाल बताउछन्।

namaskaar mitra haru laai

गुल्मी बासी सबै मित्र हरुलाई नमस्कार छ / हाम्रो गुल्मी लाइ हामी सबै मिलेर नया गुल्मी बनाउनु छ / तेसैले हामीहरुले गुल्मी लाइ नया रुप दिनु छ / तपाइँ हरु जहाँ हुनुहुन्छ तेही बाट नै जस्तो सक्नुहुन्छ तेस्तै नै सहयोग गर्नुहोस गुल्मी बाट सम्बन्धित लेखहरु / गुल्मी का पर्यटक स्थल हरु को प्रचार प्रसार गर्नु छ तपाइँ हरुका गाउ ठाउँ मा भएका मन्दिर खोला नाला का लेख हरु लेखेर पठाउनुहोस / तपाई हरुका लेख का प्रचार हामी गर्नेछौ / email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
· · Share · Delete

गन्तव्य गाउँ

ढाडमा झोला बोकेका माल्दाइ 'ल है मनोज, पुगेर फोन गरौंला' भन्दै बस उक्लँदा एकछिन त मलाई पनि नरमाइलो लाग्यो। मकालुको झापा जाने नयाँ बस कलंकीबाट छुट्नै लागेको थियो। खलासी 'ल पूर्व है पूर्व... झापा... झापा...' भन्दै थियो। सबै सिट भरिइसकेका थिए। भर्खरै ग्यारेजबाट निकालेको हो कि जस्तो नयाँ बस देख्दा मलाई पनि झापा जाउँजाउँ लाग्यो। दिमागमा अनायासै गाउँको प्यारो माईखोला, दोमुखाको हरियाली, चुलाचुली डाँडा आइहाले।
तुरुन्तै सम्हालिएँ- कहाँ झापा जानु, एकैछिनमा अफिस पुग्नु छ!
माल्दाइ झ्यालपट्टिको सिटमा गएर बसे र हात हल्लाउन थाले। उनका रसिला आँखा म प्रस्ट देख्दै थिएँ। मेरा आँखा पनि भरिए।
हेर्दाहेर्दै खलासीले गाडीको ढोकाछेवैमा ढ्यापढ्याप पार्‍यो। बस बिस्तारै गुड्न थाल्यो।
म के गरुँ - के गरुँ भएर यसै उभिरहेको थिएँ। माल्दाइ हात हल्लाउँदै नै थिए। कलंकीचोकबाट बस थानकोटतिर मोडियो र सडकमै हरायो।
काठमान्डुमा बीस वर्ष बिताएर माल्दाइ सधैंका लागि गाउँ हिँडेका थिए। मेरो पनि सपना त यही हो! सहरका सारा काम निप्ट्याएर एक दिन गाउँ फिर्नु। सायद गाउँबाट सहर पसेका थुप्रै मानिसको सपना! तर, काठमान्डु कहिल्यै तर्न नसकिने भवसागरजस्तो बनिरहेको छ। यसलाई तरेर गाउँ जाने पुल माल्दाइजस्ता फकिर र साहसीले नै बनाउन सक्छन् सायद, हाम्रो हुतिको कुरा होइन!
...
माल्दाइ त सधैं भनिरहन्थे, काठमान्डु मेरा लागि परदेश हो। जहिल्यै परदेश नै रहिरहनेछ। म एउटा मिसनमा यहाँ आएको हुँ। त्यो पुरा भएपछि एक मिनेट पनि बढी बस्दिनँ। मेरै प्यारो गाउँ फर्कन्छु।
कहिलेकाहीँ हामी दुईजनाको जमघटमा रक्सी लागेका बेला उनी गाउँ सम्झेर झनै भावुक हुन्थे। बिस्तारै रक्सीको सिप लाउँथे र हामी प्रायः बस्ने रेस्टुरेन्टको सिलिङमा चुरोटको धुवाँ फुरर्र पार्थे। मोबाइल फोनबाट गाउँकै छिमेकी साथीलाई फोन गर्थे जो साउदीबाट फर्केपछि पाँच वर्षयता घरमै पाँचछ वटा गाई पालेर बसेको थियो। बजारमा दुध बेचेर महिनाको दसबीस हजार कमाउँथ्यो। अहिले आनन्दले गुजारा चलेको छ, साउदी जानुअघि नै किन मेरो बुद्धि आएन भनिरहन्थ्यो। गाईको हेरचाह गर्न एउटा मान्छे राखेकोे थियो। ऊ आफैं पनि खट्थ्यो।
माल्दाइ साथीसँग फोनमा गाउँघरको खबर सोध्थे। भन्थे, 'बुझिस्? अब म पनि गाउँ आउँछु। मलाई वाक्क लागिसक्यो, यो सहर अचेल! बानेश्वरको यो दुइटा कोठाबाट मुक्त हुन चाहन्छु म। गाउँमै दाजुभाइ मिलेर गाई पालौंला वा तँ गाई पाल्लास्, म अर्थोकै केही गरौंला।'
साथी के भन्थ्यो कुन्नि, उनी थप्थे, 'हेरिराख, अब एकदुई वर्ष हो मेरो काठमान्डु बसाइ। त्यसपछि यत्रा पनि बस्दिनँ यहाँ।'
उनी जोस्सिन्थे। साथी पनि जिस्क्याउँथ्यो सायद, रक्सीको सुरमा माल्दाइ उसलाई गाली गर्थे र फोन राखेर स्वाट्ट ठूलो सिप चिरिप्प पार्थे। फेरि चुरोटको लामो सर्को तानेर रेस्टुरेन्टको सिलिङतिर फुरर्र धुवाँ फ्याँक्थे।
दुई वर्षअघि कान्छो छोराको पनि भिसा लागेपछि माल्दाइ गाउँ फर्कन झनै हतारिएका थिए। मलाई भन्थे, 'अब दुई वर्ष हो, बुझ्यौ? गाउँमा एउटा घर बनाएर ऋण तिरतार गरेपछि एक मिनेट पनि यहाँ बस्दिनँ। त्यही दिनकै नाइट बस समात्छु गाउँ जान।'
म जिस्क्याउँथे, 'काठमान्डुमा यत्रो कमाउनुहुन्छ दाइ, के जानुहोला गाउँ!'
उनी भन्थे, 'हेरिराख न। म जान्छु जान्छु। काठमान्डुको यो सानोतिनो कमाइभन्दा गाउँकै रुखोसुखो मलाई मन्जुर छ।'
उनी रक्सीको सुरमा कहिलेकाहीँ काठमान्डु र यहाँका मान्छेलाई बेस्मारी गाली गर्थे। काठमान्डु त बस्न हुने सहर नै होइन भनेर भुतभुताउँथे। भन्थे, 'यो असभ्यहरूको सहर हो, बुझ्यौ? जंगली मान्छेहरूको बस्ती हो यो! म त यहाँ एक बस्दिनँ, दुई बस्दिनँ, तीन बस्दिनँ।'
रक्सीको सुरमा बढी भावुक भए पनि उनले गफै दिएकाचाहिँ होइन रहेछन्। काठमान्डुको सबै बेचबाच गरेर यहाँका सारा लगावबाट मुक्त हुँदै बीस वर्षअघि एउटा झोला बोकेर सहर पसेजसरी त्यस्तै एउटै झोलामात्र भिरेर गाउँ फर्कनु सबैले गर्नसक्ने काम हो?
...
बीस वर्षअघि माल्दाइ यसैगरी नाइट बस चढेर काठमान्डु पसेका थिए।
गाउँमा साह्रै राम्रो मेलो थिएन। धेरै दाजुभाइ। सुकेडाँगीमा एउटा फुसको घरमा दुखजिलोसँग गुजारा चल्दै थियो। उनले खासै पढ्न सकेनन्। एसएलसीपछि घरव्यवहारले थिच्यो। पढ्न असाध्यै मन गर्ने माल्दाइको पढाइ यसै ढुसियो।
अढाइ दसकअघि सुकेडाँगीबाट आइए पढ्न कि भद्रपुर जानुपर्थ्यो, कि दमक! घरबाट धाउन गाह्रै हुन्थ्यो। जाँदाआउँदै तीनचार घन्टा लाग्ने। कलेज भएकै ठाउँमा डेरा गरेर पढ्ने हैसियत थिएन।
माल्दाइको दिन खेतीपातीमै बित्न थाल्यो। गाउँमै बिहे गरेर एउटा छोरा जन्मेपछि भने उनी अलि भरंगिन थाले। जिन्दगी यस्तै सुस्त गतिमा चल्न सक्दैनझैं लाग्न थाल्यो।

श्रीमतीले पनि कचकच गर्न थालिन्, 'हेर बुढा, जिन्दगी यसरी चल्दैन। केही उपाय त गर्नैपर्‍यो! तिमीले पनि पढेनौ, मैले पनि पढ्न सकिनँ। कमसेकम यो छोरालाई त राम्ररी पढाउनैपर्छ। गाउँमै बसियो भने त छोरा पनि तिमीजस्तै भुक्कड हुन्छ।' कान्छो जन्मिसकेको थिएन।
माल्दाइले केही दिन गमेरै बिताए। अरूभन्दा पनि छोरालाई राम्ररी पढाउनुपर्छ भन्ने उनको दिमागमा गहिरोसँग गढेको थियो। सुकेडाँगीकै स्कुलमा पढाए त छोरा पनि आफूजस्तै भुक्कड हुन्छ भन्ने श्रीमतीजस्तै माल्दाइलाई पनि लागेकै थियो।
एक दिन घरको थोत्रो साइकल खियाउँदै सुरुंगा बजार गए र काठमान्डुमै सानोतिनो व्यापार थालेको सँगै पढेको साथीलाई फोन मिलाए। त्यत्तिखेर सुरुंगामा भर्खरभर्खर फोन जोडिएको थियो। दुईचार लाइन सार्वजनिक फोनमात्र थिए। सुकेडाँगीमा त कहाँ पाएर हुनु!
साथीले ढाडस दियो, '२० हजारजति रुपैयाँ लिएर आइस् भनेर मेरै व्यापारमा मिसिएलास् माइला!'
साथीको ढाडसकै भरमा माल्दाइ रिनपान गरेर जम्मा गरेको २० हजार रुपैयाँ खल्तीमा हालेर एक दिन काठमान्डु हानिए, सुरुंगाबाट नाइटबस चढेर।
भोलिपल्ट दस बजे काठमान्डु उत्रिएर साथीलाई फोन गरे र उसैले भनेअनुसार टेम्पो समातेर घट्टेकुलो पुगे।
अर्को दिन नै साथीले उनलाई व्यापारमा मिसायो। माल्दाइ बिस्तारै काठमान्डुका साहुजी भए। व्यापार चम्कँदै गयो। उनी टाठै थिए, साथी पनि टाठै, पसलमा मालताल थप्दै गए दुई भाइ मिलेर।
वर्षदिन बितेपछि माल्दाइले सोचे, साथीसँग मिसिरहनुभन्दा एक्लै व्यापार गरे बढी कमाइ होला। एक्लै व्यापार धान्ने आँट पलाइसकेको थियो। कान्छो छोरा पनि जन्मिसकेको थियो। उसको पढाइको चिन्ता पनि थपिएको थियो।
काठमान्डु छिरेको अर्को वर्ष सरस्वतीपुजाको दिन उनले आफ्नै व्यापार थाले। पुतलीसडकमा खुल्यो माल्दाइको स्टेसनरी पसल।
अर्को वर्ष त उनले श्रीमती र छोराहरूलाई झिकाइहाले। पसल अचम्मैसँग चम्कियो। माल्दाइ ग्राहकसँग राम्रो व्यवहार गर्थे, सामानमा धेरै नाफा राख्दैन थिए। थोरै नाफा खाने, धेरै सामान बेच्ने सिद्धान्त थियो। एकचोटि सामान किनेका मान्छे उनको पसलका नियमित ग्राहक बन्थे।
दुवै छोरा काठमान्डुकै बोर्डिङ स्कुलमा पढ्न थाले।
बाह्र वर्षअघि म काठमान्डु आउँदा माल्दाइ स्टेसनरीकै थोक व्यापार गर्न थालिसकेका थिए। श्रीमती र छोराहरू आएपछि नै लिएको बानेश्वरका दुइटा साँघुरा कोठा भने माल्दाइले घर फर्कन्जेलसम्मै छाडेनन्।
कहिलेकाहीँ भाउजु र म भन्थ्यौं, 'अब त पैसा पनि कमाउन थाल्नुभयो, अलि फराकिलो डेरा खोज्नुपर्‍यो।'
माल्दाइ जवाफ दिन्थे, 'म एउटा मिसनमा सहर पसेको हो, रइस गर्न होइन।'
...
म काठमान्डु आएदेखि नै माल्दाइसँग नियमित भेट हुन थाल्यो। हामी कहिलेकाहीँ साँझतिर पुतलीसडककै रेस्टुरेन्टमा भेट्थ्यौं र रमाइलो गर्थ्यौं। राम्रो पैसा कमाइरहेका थिए तर उनमा यसको कुनै मात थिएन। सधैं भनिरहन्थे, 'म काठमान्डु एउटै मिसनमा आएको हुँ, छोराहरू पढाउने। धेरै पैसा कमाउँला र सहरमा बिल्डिङ ठड्याउँला भन्ने कुनै चाह छैन मलाई।'
सुकेडाँगी घरमा पनि महिनैपिच्छेजस्तो पैसा पठाइरहन्थे। अरूले जस्तो काठमान्डुमा तीनचार आना जग्गा किन्ने र बट्टाजस्तो सानो घर बनाउने उनको कुनै मन थिएन। पछि गाउँकै जग्गामा फराकिलो घर बनाउँछु भनिरहन्थे। छोराहरू राम्रोसँग पढ्दै थिए, त्यसमै सन्तुष्ट थिए। छोराको रिजल्ट राम्रो भएको दिन उनी प्रायः मलाई पुतलीसडकको हामी सधैं भेट्ने रेस्टुरेन्टमा बोलाउँथे र टि्रट दिन्थे।
मलाई माल्दाइ अनौठा लाग्थे। रमाइला लाग्थे। प्यारा लाग्थे। जीवनमा कुनै ठूलो महŒवाकांक्षा नभएका साधु स्वभावका मानव थिए। एउटै उद्देश्य थियो, छोराहरू राम्ररी पढून्- बस्! फकिरजस्ता थिए, गाउँठाउँका मान्छेलाई सहयोग गरिरहन्थे। कमाइको निश्चित अंश चन्दा वा दान दिन्थे।
गाउँको प्राथमिक विद्यालयलाई माध्यमिक बनाउनुपर्छ भनेर लागेका थिए। महिनाको पाँच हजार रुपैयाँजति स्कुललाई चन्दा पठाउँथे। भन्थे, 'सुकेडाँगीको त्यो स्कुल मावि भयो भने कमसेकम गाउँका भुराले डेढ घन्टा हिँडेर पढ्न सुरुंगा जानुपर्दैन।'
पाँच वर्षअघि प्लस टु सकेर जेठो अस्टे्रलिया गयो। त्यो दिन माल्दाइले मलाई पुतलीसडकको त्यही रेस्टुरेन्टमा बोलाए र दिल खोलेर टि्रट दिए। हुन त उनको दिल कहिले पो नखुलेको हुन्थ्यो र!
जेठो अस्ट्रेलिया गएको दिन माल्दाइ अलि भावुक पनि भएका थिए। भनेका थिए, 'बु‰यौ, काठमान्डु आएको मेरो एउटा मिसन पुरा भयो आज। अब आफ्ना लागि उसैले कमाउँछ। मैले चिन्ता गर्नुपर्दैन।'
त्यो दिन मैले खान्नँ भन्दाभन्दै उनले मेरो ग्लासमा दुई पेग बढी हाल्देका थिए। त्यो दिन हामी रेस्टुरेन्टमा निकै बेरसम्म बसेका थियौं। झन्डै बाह्र बजेतिर पछाडिको ढोकाबाट निस्केका थियौं।
...
प्रायः महिनामा एकदुई दिन हाम्रो भेट हुन्थ्यो।
उनी काठमान्डुलाई एकरति मन पराउँदैन थिए। एउटै वाक्य बोलिरहन्थे प्रायः, 'बु‰यौ, काठमान्डुका मान्छेको सोमतै छैन। आफू बसेको ठाउँलाई प्रेम गर्नै जान्दैनन् उनीहरू।'
गाउँसँग उनको बिछट्ट प्रेम थियो। भन्थे, मिसन पुरा भएपछि गाउँबाट आएका मानिस गाउँ नै फर्कनुपर्छ। सहरमा भीड गर्नु हुँदैन। सहरको हावामा बिगार छ भन्थे।
कहिले दार्शनिकजस्ता लाग्थे, कहिले योगीजस्ता, कहिले अभिभावकजस्ता। माईखोला, दोमुखा, सुकेडाँगी, चुलाचुली जंगलको कुरा गरिरहन्थे। जीवन गाउँमै रमाउँछ, काठमान्डुसँग त जहिल्यै प्रतिरोधमात्र गरेर बाँच्नुपर्छ भन्थे। क्या गजब मान्छे!
...
दुई वर्षअघि कान्छो पनि अमेरिका उड्यो। उसले एरिजोनाको एउटा युनिभर्सिटीमा स्कलरसिप नै पाएछ। माल्दाइलाई धेरै खर्च गरिरहनु परेन।
माल्दाइले मलाई फेरि ट्रिटमा निम्त्याए, पुतलीसडकको त्यही रेस्टुरेन्टमा। त्यो दिन पनि हामी बाहिर निस्कँदा बाह्र कटिसकेको थियो। रेस्टुरेन्टका अन्तिम ग्राहक हामी नै थियौं।
भनेका थिए, 'अब सहरमा बस्ने मेरो मिसन लगभग सकियो। छोराहरूप्रति गर्नुपर्ने कर्तव्य एकप्रकारले पुरा भयो। उनीहरू अब आफ्नो खुट्टामा उभिन सक्छन्।'
उनी ढुक्क देखिएका थिए। थपेका थिए, 'अब गाउँमा एउटा सानो घर बनाउँछु, यहाँको रिनपान तिर्छु र गाउँ फर्कन्छु।'
भन्थे, 'अब धेरै सहर बसेँ भने सहरिया रोगले मलाई पनि समात्छ, डायबेटिज, कोलेस्टोरेल, ब्लडप्रेसर, केके!'
गाउँलेहरूले माईखोला किनारमै स्थापना गरेको धनुषकोटी धाममा तीनचार वर्षयता सुरुंगाबाहिरका भक्तजन पनि आउन थालेका थिए। अघिल्लो वर्ष दसैंमा घर गएका बेला माल्दाइले धनुषकोटी धाम विकासका लागि पनि केही रकम दिएछन्।
भन्थे, माईखोला र दोमुखा त सहरिया रोगको औषधी नै हो! माईखोलाको चिसो पानीमा नुहाउँदा बेग्लै आनन्द आउँछ, शरीरका विकार नै बाहिर निस्केजस्तो हुन्छ।
रक्सी लागेका बेला गीत गाउँथे, 'दोमुखाको चिसो पानी... क्या रमाइलो जिन्दगानी।' कुनै लोकगीतलाई आफैं स्थानीयकरण गरेका थिए।
अब गाउँको स्कुललाई मावि बनाउने मिसनमा उनको ध्यान केन्द्रित थियो। सुकेडाँगीमै चिटिक्कको घर बनाउने, बारीमा तरकारी र फलफूल रोप्ने, घरमै एउटा पसल खोल्ने र गाउँमा सरसहयोग गरेर जीवन बिताउने- उनको जम्माजम्मी लक्ष्य यत्ति थियो।
...
अघिल्लो हिउँदमा माल्दाइले भाउजुलाई गाउँ पठाए, घर बनाउन। अस्ति दसैंमा गाउँ गएका बेला उनले मलाई घर हेर्न बोलाएका थिए। चिटिक्कको एकतले घर बनाएछन्, फराकिलो आँगन राखेर। काठमान्डुमा कहाँ पाएर बनाउन सक्नु यति खुला ठाउँ भएको घर। माईखोलाको चिसो पानीमा नुहाएर बिहान माल्दाइकै घरमा खाना खाएर दिउँसोतिर सुरुंगा फर्केको थिएँ म।
माघतिर एक साँझ हामी पुतलीसडकमै रेस्टुरेन्टमा बसेका थियौं। भनेका थिए, 'अब नयाँ वर्ष नलाग्दै म गाउँ फर्कन्छु। पसल किन्ने मान्छे पाइसकेँ। सबै ऋण तिरेर पाँच लाखजति रुपैयाँ बच्लाजस्तो छ, त्यही पैसाले घरमै पसल खोल्छु। महिनाको दसपन्ध्र हजार कसो नकमाइएला?'
मलाई अचम्म लागेको थियो, सबै खर्च कटाएर महिनाको ५० हजार रुपैयाँ कमाइ हुने पसल बेचेर माल्दाइ गाउँ फर्कने घोषणा गर्दै थिए।
मान्छे गाउँबाट काठमान्डु पस्छन्, काठमान्डुबाट न्युयोर्क जाने सपना बुन्छन्, मिले त्यहाँबाट चन्द्रमा उड्ने महŒवाकांक्षा राख्छन्। यी फकिर गाउँ फर्केर स्कुललाई मावि बनाउने मिसनमा लाग्छु भन्छन्। धनुषकोटी धामलाई जिल्लाबाहिरका भक्तजन पनि आउने धार्मिक पर्यटकस्थल बनाउँछु भन्छन्।
घर जाने अघिल्लो दिन पनि हामी पुतलीसडकमै भेटेका थियौं। सायद यो काठमान्डुमा हाम्रो अन्तिम जमघट थियो।
...
नयाँ वर्षको पहिलो साँझ म अफिसमै थिएँ। काठमान्डुमा नयाँ वर्ष भन्नु के- उही नियमित दैनिकी! साँघुरो कोठा, भीड सडक र बेस्वाद अफिस। २०६८ सालको पहिलो दिन भएर पनि मनमा कुनै उल्लास थिएन। काठमान्डुको निरस जिन्दगीमा कुनै नयाँ रंग थिएन।
सात बजेतिर सुकेडाँगीबाट माल्दाइको फोन आयो, 'ओ, के छ? नयाँ वर्षको शुभकामना, यार।'
मैले भनेँ, 'धन्यवाद माल्दाइ। तपाईंलाई पनि ह्यापी न्यु इयर।'
उताबाट माल्दाइको एकदमै प्रफुल्ल स्वर सुनियो, 'ओहो मनोज, तिमीलाई भन्न पनि सक्दिनँ, आज म कति खुसी छु। बीस वर्षपछि माईखोला किनारमा मैले नयाँ वर्ष सुरु गरेँ। बिहानै नदीमा नुहाएँ, एकछिन दोमुखाबाट मास्तिर डाँडा उक्लिएँ। धनुषकोटी धाममा आएर एकछिन पुजाआजा गरेँ। आजैदेखि घरकै सटरमा मेरो पसल पनि सुरु भयो।'
'ओहो... गज्जब दाइ, ल बधाई छ,' माल्दाइको खुसीले मेरो नयाँ वर्ष पनि रमाइलो भएजस्तो लाग्यो। माल्दाइले मेरो नयाँ वर्षमा खुसी ल्याइदिए भनेझैं लाग्यो।
माल्दाइले थपे, 'गाउँमा बेग्लै मजा छ, तिमी पनि काठमान्डुको मिसन सकेर चाँडै घर फर्क यार! ल त, एकपटक फेरि तिमीलाई नयाँ वर्ष २०६८ को धेरैधेरै शुभकामना।'
म केही बोल्न खोजेँ तर मुखबाट आवाज निस्केन।

लाहुरे जीवन

लाहुरे जीवन लेखुँ जस्तो लाग्दा लेख्न थालें। प्रश्न आँफैलाई- लाहुरेको जीवन लेख्ने कि लाहुरे-जीवन? फरक छ। एउटा व्यक्तिगत पाटाहरु पल्टाउने काम, अर्को समग्रमा साझा अनुभव कोर्ने। अहिले लाई जनरलाइजेशन गरेर लेख्छु, व्यक्तिगत गन्थन खोल्दिन।

हाम्रो लागि सामान्य कुरा पनि अचम्म हर्षको कारण बन्छ। अहिले उ त्यो बंकरको छत ( छत भनौँ र? ) त्यहा जमेको छ मेहफिल - तासको आवाज सुनिरहेछु , एकान्तमा सुनसानमा थपडी। घर बाट टाढा घर- साथी अपरिचित हरु माझ।

उ! खच्चर हिन्हिनायो। मैले त बिर्सेको रहेछु- यो पहाडको टाकुरामा हामीलाई पानी खुवाउने खच्चरलाई। यहाँ त एक गिलास पानी खाँदा सास ढक्क फुल्छ। एक कदम हिड्दा फोक्सो छाती चिरेर बाहिर निक्लन खोज्छ- मुटुलाई सँगै उछिट्ट्याउँछ कि जस्तो। युद्ध-विरामको बातावरणले हावा खान पाएका छौँ बाहिरको- पातलो अक्सिजन भएको हावा।

खच्चरले भन्नै ला' थियो होला - 'ए केप्टन, मेरो नाम बिर्सेलास् लाहुरे जीवनमा।' किन पो सक्थें र भुल्न तिम्रो योगदान।

अपरिचितलाई जीवन सुम्पने खेल- लाहुरे जीवन। मैंले दर्शन जन्दिन, छाँट्न खोजेको पनि हैन तर हेर्न सक्ने लाई यो भन्दा ठुलो दर्शन कहीं छैन।
कलिलो सोह्र वर्षे ठिटो कल्कलाउँदो, कुखुरे छाती भएको, टल्केको बुट्मा अनुहार हेर्छ- लाज मानेर आँफैलाई वर्दीमा चिटिक्क देख्दा- मख्ख हाँसो खिसिक्क हास्छ कसैले नदेख्ने गरी। त्यो निर्दोष शुरुवात। आरम्भ, श्रीगणेश।

हातमा खुकुरी लिंदा मैले डाएसमा गरेको भाषण कसैले सुन्छ भनेर मान्दिन। कसैले याद दिलाउनु पर्दैन। पुर्खाहरुको पौरख खुकुरीले संचार गरिदिन्छ- झन्न बुटदेखी गोर्खा-ह्याट सम्म। पैताला देखी सिर सम्म। अनी त्यो बेलामा फुस्रा शब्दहरुको, औपचारिकताका लागि जानी नजानी बोलिएका गोर्खाली अप्ठेरा वाक्यहरुको रह्योनै के औचित्य?

अहिले व्यस्तता थाकेछ र अलिकती फुर्सद्ले पनि काम पाएछ। क्रिकेट खेल्दैछन् - धन्न यत्तिको ठाउँ पाएर। दस फीटको सम्म जमिन पाए त खेलिहाल्थे, यहाँ त धेरै खुल्ला छ। कोही नेपालका यस् कुना देखी उस कुना सम्मका, कोही भारतक नेपालीहरु। आ-आफ्नै विगत छ, आ-आफ्नै ईतिहास। एक दुई देखी बिस बाइस बर्ष सम्म लाहुर रहेका लाहुरे हरु। विविधता यसैमा थाहा लाग्छ- कोइ क्रिकेट खेल्न जान्ने छन्, कोही अहँ! क्याजुअल्टी हुन्छौं हामी त क्रिकेट्मा, एउटाले भन्दै थियो। व्यङ्ग। हाँसो। यस्तै हुन्छन् लाहुरेहरु- मृत्युलाई पनि सजिलै हाँसो को बिषय बनाउन सक्छन्। बनाउछन्।

पोखिएका जीवन हरु। वर्षमा दुई महिना छुट्टी बिताएर रित्तिएर फर्किन्छ। खाली बोतल जस्तो। मिठो रस मगजमा चढ्छ तर हेर्दा रिस उठ्छ। अलिकती नशा,अलिकता पछुतो र अलिकती शंका - बिर्को खोलेर ढ्वाक्क स्वाक्क पार्न खोज्छ। तर ...... ।
अर्को वर्षलाई उ आँखा चिम्लेर विश्वास गर्छ। भर पर्छ। शंका मार्छ।

प्रतिदिन टाकुराहरुमा रक्सीको बोतल झैं रित्तिदै गएको लाहुरे जीवन। जीवनमा रित्तिन दु:ख हुँदैन लाहुरेलाई अरुलाई जस्तो।

आजभोलि त हामीलाई खासै गाह्रो छैन- सुविधा छ टेलीफोनको। रङ्गूनमा महिनौँ वर्षौं काट्ने पनि थिए- पारीजातका लाहुरे। जङ्गललाई लहरा लहरा चिनेका पनि थिए। खोपिल्टामा कति मरे कति - तर अझै कति खोपिल्टामै बाँचे होलान्। अहो! आज हो कि भोली, शक्तिशाली तर कमजोर अति - लाहुरे जीवन।

काग कराउँदा सन्देश भनी पढ्ने बुझ्ने पनि छन् यीनैमा। कागचरी झैं उड्ने सन्देश बोकेर लाहुरे जीवन। पहिले पहिले युरोपमा 'ल गोर्खाली आयो' भनेर फ्रान्सेलीहरु रमाएर स्वागत गरेका थिए रे। के सन्देश पाए कुन्नी समुद्रपारका ती गोर्खा चरी हरु बाट- त्यस्तो विश्वास कसरी गरे?

विश्वास पाल्ने, विश्वास कै भरमा बाँच्ने - लाहुरे जीवन।

लामो हाँसो गलल हाँस्छ, सेता दाँत टल्काउँछ र स्वाक्क पारेर भट्टी छोड्छ। बीपी को लाहुरे त्यो। भट्टिनी गुर्सिनिलाई म्वाइं खान खोज्छ र तिम्री छोरी लाई बिहे गर्छु भन्छ।

मैले पनि पढें! अचम्म लाग्यो ।
आज भोग्दैछु! लाहुरे जीवन ! झनै अचम्म लाग्छ!

त्यो हाँसोको मनोविज्ञान बुझ्ने बी पी लाई म यो जीवन कसरी देखाउँ ? यही एउटा बाटो।
हिजो कै कुरा - 'आमाको अप्रेशन गराउन जानु छ, सिरिएस केस छ। ' कति हाँसेर जस्तै भनेको थियो तर आँखामा छ वेदना।
अनि पहिल्यैको एउटा अनुहार - मरेकी छोरीको सम्झनामा मलिन तर त्यो पनि हाँसेरै टिमालेको थियो। यदी आँखाले वेदनामा रसाउन नखोज्ने भए म पनि झुक्किन्थें।

बीपीको बाटोको त्यो भट्टीमा यो आँखा भेटिदैन। आजभोलि त कालो चश्मा होला अझै। झुक्किनु स्वाभाविकै।

तर यस्ता अनेकौँ पीर लाहुरे दिन दिनै बोतल सँग साट्छ। आँफै एउटा बोतल जस्तो। रमझममा जीवन बित्छ हिद्डा हिड्दै। अरु यात्री त के यात्री- लाहुरे यात्री, पर्याय नै भने हुन्छ। नामै त्यस्तै छ।
आज कश्मिरका शिखरहरुमा नेपालको छाँया खोजी रहेको छु। नेपालै कश्मिर बन्छ कि? भन्छन् कोही। बनिसक्यो- थप्छन् केही। म बुझ्दिन। स्विट्जरल्यान्ड बनाउछु भन्ने सुनेको हो, त्यही स्विट्जर्ल्यान्ड खोजिरहन्छु। अनगिन्ती खोजहरुमै गाँसिदै धागाहरु एउटा यग्योपवित बन्छ- जीवनरुपी। मरुभुमी, महसागर, हिमशिखर। त्यसैमा लाग्छ मृत्युलाई कहिले छातीमा पाउचभित्र कहिले पीठको पिठ्युमा बोकेर हिंड्ने यात्रा लाहुरेको पिक्निक।

मलाई मिठो लाग्छ त्यो भनाइ हामीले ट्रेनिङमा छँदा टी-शर्टमा लेखाएको-
I love by choice
I live by chance
I kill by profession


घाट लाग्दो कुर थियो त्यो। ट्रेनिङ को नयाँ नयाँ जोशमा त अझै यसको मोहनी भन्नै परेन।
जोशै जोशको जीवन -लाहुरे जीवन।

हिउँ त हैन फाप्रेको डंगुर .... कति घत्लाग्दो चित्र। यहाँ हिउँका टाकुराहरुमा सेता बुट टल्काउँदै लाहुरे हिउँको सुन्दरता हैन तिर्खा बुझ्छ। हिउँले उमारेको तिर्खा। हिउँ पगालेर पीउनुको तिर्खा पाँच छ महिना सम्म।
अर्को तिर्खा छ हिउँ सँग जोडीएको - नोस्टेल्जिया को चीसो हावा हान्छ झेलम पारीको हिउँको टाकुराले। त्यहाँ पनि हामी जस्तै अर्को साथी- झेलम पारीको हावामा वास्ना खोज्दै होला।(उ त अझै लाहोर कै लाहुरे हो कि ?)।

उसको लागि हामी पारी - हाम्रो लागि उ।
हाम्रो लागि हामी वारी - उसको लागि उ।

सिमानामा बाँडिएको , सिमानाले बाँधिएको लाहुरे जीवन।

बिर्सिसके होलान् तिनिहरुले - त्यो शहरको नामले हाम्रोलागी कति जीवन परिभाषित गरेका छन्। कति प्रेरणाको स्रोत बनेको छ कतिलाई सपना सुनौलो त्यही शब्द !
लाहुरे दाई!
लाहुरे बा!
लाहुरे हजुरबा!
लाहुरेनी!

संस्क्रितीमा छापीइसक्याछ, अब छुट्दैन। मान्छेले नबुझेर पो लड्छ - लाहुरे जती अहिंसक त अरु कोही हुंदैन। अरु को हिंसाको माध्यम हो लाहुरे त।

फौजीले फौजीलाई माया गर्छ शत्रु नै भए पनि। सच्चा फौजीले त कर्तव्य निभाउँछ - हत्यारा होइन उ। बन्धक छ उ त।

ईतिहास लेखिन्छ सिपाहीको रगतलाई मसी बनाएर - कलम राजाको हातमा हुन्छ।

नेपालले भारतको सीमा मिचेछ

सँधैजसो नेपालको सीमा फलानो ठाउँमा भारतले मिच्यो भन्ने समाचार आइरहन्छ। तर आज भने अचम्मै भो, नेपालले भारतको सीमा पो मिचेछ।
लौ नेपालीहरु त कस्ता रैछन्, भारत जस्तो शक्तिशाली छिमेकीको समेत सीमा मिच्न सक्ने भएछ। कति बलियो रैछ नेपाल देख्‍नुभो ? भारतको सीएनएन-आईबीएन टिभी र उसको वेबसाइटले भारतको विहार राज्यको सीमा नेपालले मिचेको खबर दिएको हो। अब कुन दिन भारतलाई नेपालमा विलय गराइँदैछ भनेर समाचार लेख्‍न पनि बेर लाउँदैन होला यही ताल हो भने।

बिहारको जमिन नेपालले हडप्यो, सरकार चुप बस्यो शीर्षकमा आज (अप्रिल २८) को बिहान ७ बजेर ५५ मिनेटमा प्रभाकर कुमार नामका पत्रकारले नयाँ दिल्लीबाट लेखेको यो समाचार हाँसउठ्दो सुनिन्छ। समाचार अनुसार नेपाल अझै ‘हिमाली अधिराज्य’ नै रहेछ। नेपालको औपचारिक नामसमेत थाहा रहेनछ उनलाई। बिहारका सात जिल्लामा हजारौँ गाउँलेले नेपालले सीमा अतिक्रमण गरेका कारण भूमि र घर गुमाए रे। यसको कारण चाहिँ सुगौली सन्धि रे।
सीएनएन भारतको अंग्रेजी भाषाको टेलिभिजन समाचार च्यानल हो। सीएनएनको मालिक टेड टर्नरको कम्पनी टर्नर इन्टरन्यासनल र ग्लोबल ब्रोडकास्ट न्युजको साझेदारीमा यो च्यानल खुलेको हो। भारतीय कम्पनी ग्लोबल ब्रोडकास्ट न्युजले यो च्यानल चलाउँछ तर सीएनएनको ब्रान्ड यसले प्रयोग गर्छ। त्यसवापत् टाइम वार्नर कम्पनीले २६ प्रतिशत शेयर पाउने सम्झौता छ। यो नेटवर्कका प्रधान सम्पादक राजदीप सरदेसाइ हुन्।

येसैलाई भन्छन नया नेपाल

चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ  /किना एस्तो गर्दै गयौ नेपाली ले नेपाली लाइ किना मार्छौ  /तिम्रा पनी दाई भाई होलन तिम्रा पनी बाल बच्चा होलान  /  तिम्ले यस्तै गरेऊ भने उनले पछि के पो गर्लान   / चेतना को बिगुल फुक्दै हिड्दै थियौ ग़ाऊ ग़ाऊ पसि /  आज फेरी कता गयौ भन्दै हिड़थेयौ  हामी होऊ देश बासी /  मान्छे ले नै  मान्छे लाइ किन एस्तो ब्यवहार गर्ने सक्ने /रावण राक्षेस ले सीता लाइ झै हर्न सक्ने /  कती कठोर हदों रहेछ यो मान्छे को मन /  देश विकास गर्छु भन्ने कता गयौ आज झन  / सबैले बोलना पाउनु पर्छ सबैले मन को कुरा खोल्न पाउनु पर्छ/  /  देश को लागी लड़ने हरु डराउदैनन एस्तो संग   / एक मुठी सास रहून्जेल लद्नु पर्छ भय पनी अंग भंग  /                                                                                                                                                                                                                                                                 संपर्क                                                                                                                                                                                                                                                                                                               tulsiram pandey simichaur 8 rangbas pachase gulmi                                                                                                                                                                                                             email  tulsirampandey48@yahoo.com                                                                                                                                                                                                                                tulsirampandey48@gmail.com 
· · Share · Delete

prichaye

म एक गरिब परिवार बाट सम्बन्ध राख्छु मेरो रुची लेख लेख्ने मित्रतागर्ने सच्चाई को लागि लड्ने अन्नाये को बिरुध्द लड्ने सच्चाइको सामना गर्न सक्ने मित्रहरुले म संग जति बेला पनि सम्पर्क राख्न सक्नुहुनेछ / म तुल्सीराम पाण्डे / मेरो घर गुल्मी जिल्लाको सिमिचौर गा/ बि /स/ को वार्ड न ८ को रान्ग्बास पचासे टोल मा  पर्दछ/ मेरो परिवार मा /मेरो आमा/  दाजु २ /भाई १  /अनि  श्रीमती विष्णु पाण्डे /छोरा सन्दिप पाण्डे  /र छोरी शर्मिला पाण्डे छन्

maanchhe

मान्छे मान्छे एउटै हो कुनै दुई जाती होइन रगत सबै को रातै हुन्छ कोइ तल माथि होइनआदर्शको खोल ओढ्नेहरु पुरानै ऋति अंगाले नि मनमा जातीय भेद भय त्यो असल साथी होइनमानिस ठुलो मनले हुन्छ जातले हुदैन नि तल्लो जात भन्ने कोइ औसी को राती होइन मन मिले सबै मिल्छ प्रेम पप होइन यहाँ जुनी राम्रो बित्छ भने बिहे गर्नु घात होइन

baal katha

धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षिहरु प्नि मानिस जस्तै वोल्दथे । त्यसताका जनावर र पशुपंक्षि वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षि र जनावरहरुको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरु जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरुले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम...्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरुले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे । कसैको केही उपाए चलेन । निकै सोच विचार गरे । अन्तत उनीहरु आ–आफ्नो शुरक्षाका लागि आफ्नै समाज निर्माण गर्ने निर्णयमा पुगे । त्यसैले त्यसताका जनावरको राज्य छुट्टै निर्माण भएको थियो । सवैले आफ्नो शुरक्षाको लागि सिंहलाई राजा बनाएका थिए । त्यसै गरि चरा जातिले पनि आफ्नो राज्य निर्माण गरी गरुढलाई राजा बनाएका थिए । जनावर र चराजातीहरुले आफ्नो राज्यमा आ–आफ्नै कानुन पनि बनाएका थिए । समय वित्दै जादा राजाले आफ्नो शक्ति मजबुत पार्दै गयो । उसले कानुन पनि आफ्नै अनुकुल बनाउदै गयो । समाजका जनावरलाई विस्तारै चेतनाबाट बन्धक वनाउने तर्फ कानुनहरु निर्माण गरिदै लगियो । जनावरहरु एकआपसमा समेत मित्रता गर्न नपाउने भए । संगै बसेर छलफल गर्न पनि बन्देज लगाइयो । दिनभरिको आफ्नो आहारा जुटाउन जान पनि राजाको आज्ञा लिनु पर्ने भयो । उसको विरोध गर्नु त के राजा तर्फ सिधा हेर्न समेत नपाइने भयो । धरै कालसम्म यस्तै रित चल्दै आयो । जनावरहरुलाई आफुले बनाएको राजा हो भन्ने पनि पछिका सन्ततिले भुल्दै गए । राजा भनेको त देवादी देवताले नै बनाई पठाएको हो भन्ने भनाइको सविस्तार हुदै गयो । सवै जनावरहरुले राजालाई देवदुतको रुपमा मान्न थाले । राजाको आज्ञाको शिरोपर नगरे त धरै थिएन । यसरी राजा आफुसंग पुरै अधिकार पाए पछि क्रुर र घमण्डी बन्दै गयो । सम्पुर्ण कानुन उसले नै बनाउने र आफूले चाही कानुन तोड्न थाल्यो । त्यतिखेर राजाको वोली नै कानुन सरह हुन थाल्योे । राजा सिहंले आफ्नो कानुन आफै बनायो । जस अनुसार सवै जनावरले राजाको सम्मानार्थ उसको दरवारमा उपस्थित हुनुपर्ने भयो । राजको आहाराको लागि सवै जनावरहरुबाट पालो पालो गरि दैनिक एक एकले आफ्नो वलिचडाउनु पर्ने भयो । यसरी आफ्नो वली चडाएका जनावरहरु सिधै स्वर्ग पुग्ने छन भन्ने भनाईको मान्यतालाई सवैमा विश्वस्त पारियो । त्यसैले सिंहले दैनिक एक एक जनावरलाई मारेर खान थाल्यो । उता चराजतीका राजा गरुढले पनि त्यहीकुराको देखा सिकी गरिसकेको थियो । उसले पनि आफ्ना राज्यवाट दैनिक जसो एउटा एउटा चरालाई मारेर खाने गरेको थियो । यसरी आफ्ना प्रजालाई मारेर आफ्नो भोक प्यास मेटाउन मै सिंह र गरुढ व्यस्त हुन थाले । उनीहरुमा कसै प्रति दयामाया हुदैनथ्यो । कसैले पनि राजाको विरोध गर्न पाउन्नथ्यो । यदि कसैले विरोध गर्यो भने पालै नआएपनि शिकार हुनु पर्दथ्यो । यसैगरी कैयौ वर्ष वित्दै गयो । जंगलका जनावर र आकासका चराहरुको संख्या पातलो हुदै गयो । त्यसै जगंलको किनारमा व्वासो र सुगा एउटा बुढो रुखको फेदमा संगै वस्दथे । उनीहरु दुवै अती घनिष्ठ मित्र थिए । एक अर्का प्रति अतिनै सहयोग र सदभाव गर्दथे । दुवैका दुःख सुख वारेमा एक अर्काप्रतिको मर्म वुझ्दथे । दुवै दिनभर आ–आफ्नो आहाराको खोजीमा टाढा टाढा सम्म जान्थे र साझ परेपछि दुवै जना त्यही रुखमा वास वस्न आउने गर्दथे । दिनभरका आफ्ना तिता मिठा अनुभवहरु एक अर्कामा साटासाट गर्दथे । यसरी एकले अर्काको कुरा सुन्न पाउदा उनीहरुलाई अत्यन्तै रमाइलो लाग्दथ्यो । त्यसरी उनीहरु दिनभरको थकाई विर्सन्थे र रुखको टोढकामा नै निधाउन पुग्थे । एक दिनको कुरा हो सुगा विहान उठेर आफ्नो आहारा खोज्न जादै थियो । त्यसै वखत गरुढको मन्त्री चिल वाटामा भेट भयो । चिल निकै छाँट वाट संग कड्कीलो स्वभावको थियो । उसले टाढैबाट सुगालाई रोक्न आफ्नो दुत कागलाई पठायो । कागले दिएको सुचनाको आधारमा सुगाले गरुढलाई कुरेर बस्यो । नभन्दै गरुढ पनि ठुलो गड्गढाहट स्वरमा आयो र भन्यो । हेर सुगा राजको सुचना अनुसार म यहा आएको हु । त भोलि विहानै नुहाई धुहाई गरेर सफा सुग्घर बनी दरवारमा समयमै उपस्थीत हुनु । भोलि राजको भोजन गराउने तेरो पालो छ । राजको हुकुम हो यो, अन्यथा नगर्नु भन्दै गरुढ कड्कदै आदेश दिएर गयो । सुगालाई त्यो कुरा सुने पछि मनमनै असाध्यै खिन्नता भयो । शरिर त्यसै कामेर आयो । उसको दिमागमा के गरौं के नगरौं जस्तो भयो । हुनत जन्मे पछि एक दिन आवस्य मर्नु पर्छ भन्ने उसलाई थाहा थियो । तै पनि मर्नबाट सवैलाई डर लग्दो रहेछ । सवैलाई लामो समय सम्म वाच्न मन लाग्छ । त्यसमा पनि प्रकृतिको नियम विपरित उसलाई आफुले यति छिटो मर्नुपर्ला भनेर सय मनमा एक मन पनि कहिलै सोचेको थिएन । एक्कासी त्यो सुचना पाए पछि ऊ अगाडि बढ्न सकेन । अव के का लागि आहारा खोज्न जाने । भोलि त आफै अरुको आहारा बन्नु पर्ने छ । एक दिन त नखाइकन पनि बाचिन्छ भन्दै ऊ वाटो वाटै फरक्क फर्की आफ्नो वासस्थान तर्फ लाग्यो । वासस्थानमा पुगे पछि त्यसै भुइमा पछारियो र आफ्नो साथी व्वासोलाई संझिन पुग्यो । शरिरका सवै नसा तरंगित हुनथाले । भोलिबाट व्वासोको साथी कोहि हुने छैन । ऊ एक्लो हुने छ । मलाई संझेर रुने छ । विलौना गर्ने छ । ऊ पनि नखाई नखाई दुव्लाउने छ भन्ने सुगालाई लाग्यो । ब्वासो एक्लै भएपछि उसले यो आफ्नो गुड पनि छाड्ला भन्ने लाग्यो । अनि यो रुखको स्याहार गर्ने कोहि पनि हुने छैनन । कसैको स्याहार नपाए पछि यो बुढो रुख त्यसै ढल्ने छ भन्ने चिन्ता लाग्यो । सकभर आफ्नो साथीलाई यो रुखको स्याहार सुसार गर्नलाई अनुरोध गर्नु पार्यो । उसले विवाह गरेर यसै रुखको तल घरजम गरी वस्नलाई पनि अनुरोध गर्ने निश्चय गर्यो । यस्तै यस्तै सोच्दै उसको दिन वित्यो । दिन लामो भए पनि वितेको उसलाई थाहनै भएन । साझ परेपछि ब्वासो पनि वासस्थान तर्फ फर्कियो । त्यस दिन ब्वासो आफ्नो खाने आहारा नजिकै भेटेको हुदा अलि चाडै फर्केको थियो । आज आफु छिट्टो फर्केकोले बासस्थानमा एक्लै के गरेर सुगालाई पर्खने भन्ने बारेमा सोच्दै बाटामा पनि ढिलो ढिलो गरी आउदै थियो । बाटोमा एक गफाडी मुसासंग भेट भयो । मुसाले ब्वासोलाई गफ गरेर भुलाउने बिचार गर्यो र आफ्नो कथाको गफनिकाल्दै भन्यो । एक दिन ऊ तीनवटा विरालो संग बाच्न सफल भएको कुरा, आफ्ना बाबु आमालाई भेट्न जाउ भन्दै तीनैवटा बिरालोलाई दुलोमा छिराई आफुले बहिरबाट माटोले बन्दगरी मर्नबाट जोगिएको थियो । भन्ने सारा वृतान्त सुनेर भ्याउदा पनि ब्वासो चाडो नै आएको थियो । आफु आएको कुरा र मुसाको कथा आज सुगालाई भन्न पाईने भएकोले ब्वासो ज्यादै खुशी थियो । जब ऊ आईपुग्यो आफुभन्दा पहिलै नै आएर सुगालाई सुतिरहेको देख्दा ब्वासो अचम्म पर्यो । कतै असञ्चो भएर त होइन भन्ने चिन्ता पनि लाग्यो । उसले मनमनै भगवानलाई पुकार्यो । ब्वासो सुगाको नजिक गएर बिस्तारै बस्यो । सुगालाई भने निद्रा लागेकै थिएन । मनभरी चिन्ता लिएर पल्टीमात्र रहेको थियो । साथी आएको उसले टाढैबाट थाहा पाएको थियो । तर उसले आवाज नै निकाल्न सकेको थिएन । निन्याउरो अनुहार, आँखाबाट आसुझार्दै साथीलाई हेरीरहन बाहेक केही वोल्न सकिरहेको थिएन । उसको यस्तो अवस्था देखेर ब्वासो आत्तियो । उसलालई सबै भन्दा प्यारो साथीलाई पक्कै के भएको छ भन्ने लाग्यो र झन चिन्तित बन्दै सोध्यो –साथी तिमीलाई के भयो आज ? विसञ्चो भयो कि के भयो भन्दै मलिन स्वरमा सोध्यो । सुगालाई आफ्नो साथी झन चिन्तित भएको देख्दा झन मुटुभरी अमिलो भएर आयो । ऊ आसु झार्दै साथीलाई हेर्न थाल्यो । केही वोल्न सकेन । कसरी उत्तर दिऊँ । मुखमा वोलीनै फुट्दैन भन्ने लाग्यो । धेरै बेर पछि हिम्मत गर्दै बिस्तार संग मधुरो स्वारमा रुदै भन्न थाल्यो । तिम्रो यो साथी भोलिबाट नरहने भयो । तिमीले यति धेरै माया दिएकोले झन मलाई बोझ भइरहेको छ । तिमीले मलाई बिर्सीनु पर्छ । यसरी सधै को कहा संगै सधैभरी रहन सकेको छ र । त्यसैले म नभए पनि तिमी हाँसी खुशी रमायौ भने मलाई स्वर्गमा पनि आनन्द होला । म नभए पनि तिमीले विवाह गरेर बस्नु । अन्तमा मेरो एउटा अनुरोध छ तिमी जहा गएपनि यो हाम्रो बासस्थानको माया नभुल्नु । ब्वासीनीको साथमा यही बुढो रुखको स्याहार गरेर बस्नु भन्दै अन्तिम विदा माग्दै भन्यो । सुगाको यस्तो कुरा सुन्दा ब्वासो छक्क पर्यो । सोच्यो आज आफ्नो साथीले के भएर यस्तो कुरा गर्दैछ भन्ने लाग्यो । पक्कै पनि उसलाई कुनै आपति परेको हुनु पर्दछ । हैन भने आजसम्म उसले यस्तो कुरा कहिलै गरेको थिएन । कहिले काही मैले हाँसो ठट्टा गर्दा पनि ऊ गम्भिर हुने गर्दथ्यो । मलाई सधै राम्रा अर्ति दिने गर्दथ्यो । कुनै खतरा आइपर्दा पनि उसैले बच्ने उपाए निकाल्थ्यो । आत्तिनु हुदैन भनेर मलाई सम्झाउथ्यो । मिठा मिठा कुराहरु गरेर भुल्यााउथ्यो । मधुरो स्वरमा गीत गाएर सुनाउथ्यो । साधारण समस्या त उसको लागि केहि पनि हुदैनथ्यो । आज उसलाई के आपति परेको रहेछ मैले बुझ्नै पर्छ भन्ने सोचेर ब्वासोले सुगालाई संझाउदै सोध्यो – “मेरो साथी तिमी यो के भनिरहेकाछौ ? म त केही पनि बुझिरहेको छुइन नि । तिमी यस्तो के कुरा गर्दैछौ ? तिमी विना त म एक छिन पनि रहन सक्दिन । तिमी म भन्दा झन बाठा छौ । सहनसिल छौ । अनेक जुक्ति सोच्न सक्छौ । अनि के आपति प–यो र तिमी मलाई यस्ता कुरा गरिरहेका छौ । बरु भन के भयो । दुवैले सल्लाह गरेर तिम्रो समस्याबाट मुक्त हुन पो सकिन्छ कि ? तिमीले मलाई यस्तो कुरा गर्न सुहाउदैन । मर्न नै पर्ने भए हामी दुवै मरौला । ब्वासोको यस्तो कुरा सुन्दा सुगालाई झन अव के भनेर सम्झाउने भन्ने अप्ठारोमा पा–यो । के भनेर सम्झऊ भन्ने डर लाग्यो । भन्न लाग्यो –हामीहरु छुट्टै जातीका जन्तु भए पनि हाम्रो मित्रता ज्यादै घनिष्ठ छ । हाम्रो यो मित्रता आदिमकाल सम्म पनि अमर रहने छ । यसमा कुनै सन्देह छैन । हामी माथी कुनै नियमहरु प्रकृतिले बनाएका छन भने कुनै नियमहरु हामीले बनाएका छौ । कतिपय नियमहरु हामी माथी बाध्यतावश लगाईएको हुन्छन । त्यो हामी नकार्न सक्दैनौ । बाध्यतामा हामीहरु एका एक होमीरहेका हुन्छौ । थाहा छ, सवैको एक मत छ तर एकता छैन । कसैले आवाज उठाउन सक्दैन । आवाज उठायो भने पनि कसैले सुन्दैनन । यसमा केही उपाए गरेर पनि बच्न सकिने अवस्था हुदैन । घेरामा परेपछि सवैलाई बाध्यतानै हुन्छ आफ्नो आहुति दिन । म यसवारे सवै तिमीलाई नभनेर कसलाई भन्न सक्छु र । तिमीलाई सुनाउन भनेरै म यहा आएर दिन भर पर्खेको छु भन्दै आफ्नो दिनभरि भएको र त्यो मन्त्रि आएर सुनाएको समाचार भन्छ । आफु आफ्नो राजाको शिकार हुनु पर्ने । भोलिको पालो आफु कसैगरी टार्न नसक्ने सवै वृतान्त सुगाले आफ्नो साथी ब्वासोलाइ सुनायो । सुगाको यस्तो कुरा सुने पछि ब्वासोको पनि मन करुण भएर आयो । उसललाई के गर्ने के नगर्ने भयो । उसले मनमनै उपायहरु सोच्यो । आफुलाई मुसाले भनेको कथा पनि याद आयो । आफुले दिनमा भेटेको मरेको गोरुको आन्द्राभुडी निकालेर छोडेको पनि सम्झियो र साथीलाई संझाउदै भन्यो– तिमी अतिनु पर्दैन म भोलि बिहान तिम्रा राजा गरुढकहा जाने छु सम्झाउदा माने भने भइहाल्यो । नत्र अनुरोध गर्दछु । कतै केहि उपाए लागेन भने अनि सोचौला । अहिलेलाई धेरै चिन्ता लिनु भन्दा भोलि कुनै उपाए निक्लिहाल्यो भने सवैको भलाई होला भन्दै दुवै सुत्न गए । भोलिपल्ट बिहान ब्वासो गरुढको दरवारमा पुगयो । चतुर ब्वासोले दरवारको गेटमा पुगेर पाले संग भन्यो तिमीहरुको राजालाई यहा डाक । म हाम्रो राजा सिंहले बोलाउन पठाएर आएको हु । हाम्रो दरवारमा अहिले अफर्झट बैठक बस्नुपरेको छ भनि मलाई लिन पठाइबक्सेको हुदा म लिन आएको हुँ । पाले कत्ति पनि ढिलो नगरी राजाकहा पुग्यो र व्वासोको कुरा सुनायो । गरुढले पनि सिंह राजाले आफुलाइ के अर्फझट प–यो होला भन्दै ब्वासोलाई सम्मान सित भित्र ल्याई आफु समक्ष पेश गर्न लगायो । ब्वासोलाई दरवारको बैठक कोठामा लगेर राजा समक्ष प्रस्तुत गराइयो । त्यसै अवसरमा चतुर व्वाँसोले पनि कुरा मिलाउदै भन्यो । हाम्राराजा सिंहले आजबाट नयाँ नियम निकाली आफ्ना प्रजालाई नखाने र आफ्नै छोरा छोरी जस्तै गरी माया गर्नै भन्ने निर्णय गर्नु भएको छ । यही प्रस्ताव तपाई सामु पनिराख्नु भएको छ । हजुरको राय वुझ्न चाहानु भएको छ । त्यही खवर लिएर म आएको हुँ भन्यो । गरुढलाई यो कुराको चित्त बुझेन । कतै सिंहले प्रजाको हत्या नगर्ने भनेर घोषणा त गर्दैनन । बरु चाँडो गएर यो कामलाई रोक्नु प–यो भन्दै ब्वाँसो संग हिडेर जाने निर्णय गर्यो । यसरी ब्वासो अघि अघि गरुढ राजा पछि पछि गरेर ठुलो जंगलको बाटो हिडे । राजदरवारमा पंक्षिहरुलाइ मार्दै खादै गरेका राजा केहि वेर हिड्ना साथ भोक र थकाइ बाट गलस्त परिहाल्यो । उसले ब्वासोलाइ केही खाने कुराको इन्तजाम गर्न भन्यो । ब्वासोले पनि यहि मौकामा आफुले हिजै मात्र खाएर बचेको गोरुको मासु खानु पर्छ भन्योे । खाने भने पछि उसको मुखबाट र–याल छुटेर आयो । लौ भन कहा छ त्यो गोरु तुरुन्तै लगिहाल । ब्वासोले गरुढलाई आफुले हिजो मात्र छोडेको गोरुको पेटको प्वाललाई केहि ठुलो बनाई भित्र पसायो । हिडाइको थकाइले गलित भएको गरुड गोरुको आन्द्रा भँुडी खादाखादै भुसुकै निदायो । तर व्वाँसो भने बाहिर आयो । छाला तनक्क तन्काई प्वाललाई थुनि दियो । दिनको टन्टलापुर घाममा गोरुको छालसुकेर भुडि कसक्क भयो । प्वाल बाहिरको छाला तन्किएर अझ बलियोसंग बन्द भयो । भित्र सुतेको गरुढ ब्युझदा त सवै प्वालहरु बन्द भै सकेका थिए । ऊ रात परेछ क्यारे भन्दै अझ सुत्दै गयो । तर कहिलै पनि उज्याले भएन । अन्तत गरुढ गोरुको छाला भित्र थुनिएर म–यो । यसरी आफ्नो साथीको ज्यान वचाएर बेलुकी व्वासो बासस्थानमा फर्कियो । नयाँ जीवन पाएपछि सुगालाई पनि केही कृित गर्न मन लाग्यो । उसले नजिकको शिमलको रुख आफ्नो ठुँडले खोपेर महल तयार पार्यो । आफुलाई जस्तै आपत एक दिन आफ्नो साथीलाई पनि आउन सक्ने कुराको सुगाले महसुस गरेको थियो । सिंह ज्यादै बाठो र बलियो थिया । गरुढलाई जस्तो गरेर सजिलै सित थुन्न पनि सक्ने अवस्था थिएन । सुँगाले अनेक जुक्ति सोच्यो । अनेक उपाय रच्यो । दैनिक रुपमा सिंहको कमजोरी पत्तालगाउन दरवारमा लुकेर चियो गर्न थाल्यो । अन्तत उसले एक जुक्ति निकाल्यो । एक दिन सुगा राजाको दरबारमा गयो । मैले जीवन भर लगाएर एक महल बनाएको छु । राजा भनेका देवताको रुप हुन्छन । त्यसैले म जिवित छदै राजालाई दान गर्नपाए भने देवताले मलाई आवस्य पनि मेरा सवै पाप नास हुने छन । मरेपछि पनि स्वर्गमा बास दिने छन । त्यसैले म महल दान दिन चाहान्छु भन्यो । लोभी सिंह सितैमा पाए अलकत्र पनि नछाड्ने खालको थियो । त्यो कुरा सुगाले राम्ररी बुझेको थियो । सुँगाको यस्तो प्रस्ताव सुन्न साथ बिहानको पुजा आराधनामा बसेको सिंह एक्कासी बाहिर निस्कियो । “तिमी त बास्तवमा निकै बुद्धीमानी रहेछौ । यस्तो शुभ काममा रत्तीभर ढिलाई गर्न हुदैन भन्यो” । उसलाई मनमनै कस्तो महल दिन खोज्यो भनी हेर्नजान उत्सुक भयो । लौ भन कहा छ त्यो महल मलाई अहिले नै देखाइहाल भन्दै हिड्न तयार भइहाल्यो । सुगाले पनि मौकाको चौका छोपिहाल्यो । सिंहलाई लिएर खुरुखुरु सिमलको फेदमा पुगिहाल्यो र ढोका खोली भित्र पसायो । सिंह दरवारको लागि उपयुक्त रहेछ भनी माथी माथी हेर्दै गयो । सुगालाई धन्यबाद दिदै अहिले नै आफ्ना मन्त्रिहरुलाई डाकी ल्याउन सुगालाई नै खबर पठायो । सुगाले आफु नआउन्जेल सम्म महलमा नै बस्नु भन्दै बाहिरबाट ढोकामा ताल्चा लगाई दियो । सिहंलाई आफुले थुनेको कसैलाई पनि भनेन । अन्तत सिंह राजाको अन्त भयो । यसरी सुगाले सिंहको अन्त्य गरी आफ्नो साथीको पैचो तिर्यो । ।।

katha

न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका रेशाहरूका तारबाट मस्तिष्क भरि झड्क्रित हुन्छ । यसको अनुभव अङ्ग अवयवहरूमा संचालित भएको पाउँछु । म खुशी...का मनमनै गुलियो मन पारेर हाँस्छु । मनको ओठहरू गंभीर खुशीका जलले हराभरा हुन्छन्, अनि म लुकाउनै नसकिने गरेर ओठहरूमा हराभरा व्यक्तिन्छु । मसँगै हिंडेको साथीले मलाई भन्छ - किन त्यसरी एक्लै मक्क परेकी - म त्यसलाई व्यक्त गर्दिनँ किनकि मेरा स्वयं उपस्थितिको अभिव्यक्तिको अगाडि शब्दका अभिव्यक्ति अधुरो हुन्छ भन्ने मलाई लाग्छ । म उसलाई उछिनेर त्यो रानेर पुग्न पाइला शीघ्र रूपमा बढाउँछु । मैले त्यतिबेला आगोको उज्यालो मात्र देखेको हुन्छु, त्यसको अवशेष कोइलाको कालो वा त्यसको नतीजा धूवाँको अँध्यारो देख्दिन, किनकि ती सबै आगोको न्यानो मात्र हुन्छ । म खरानी देख्दिन, किनकि खरानी अवशेष हो र भविष्य बताउने अवशेषलाई देख्ने प्रौढता र बुढौती ममा विकसित भएको छैन । त्यहाँ आगो बालेर अगाडि
बसेको एउटा मानिस छ, जो हार्दिकता र स्नेहले मलाई टाढैबाट स्वागत गरिरहेछ, बोलाइरहेछ, औंलाले इशारा गरिरहेछ ।

म हिंड्दै गरेको ठाउँको र त्यस आगोको रापको ठाउँमा बाटोको दूरी निक्कै नै छ ! मेरा गोडा शीघ्रातिशीघ्र बढ्न थाल्छन् । त्यपछि झन् मेरा गोडाहरू यसरी हिड्दा-हिड्दा त्यस आगोसँग साक्षात्कार हुने ठाउँ वा जमीनको अंशमा आइपुग्छन्, जसमा म निसङ्कोचस्पष्ट रूप भएर समानान्तर सिंढीको रेखामा त्यहाँ उभिन पुग्छु । आगो प्रचण्ड रूपमा बलरहेको हुन्छ । एकछिन त आगोको ज्वालामा आफूलाई पनि प्रज्वलित पाउँछु । म त्यस रापमा आफूलाई हर्ेर्ने प्रयत्न गर्ने कोशिश गर्छु एक छिन त आनन्दी, आराम, स्वच्छ र न्यानो पाउँछु आफूलाई । त्यहीको त्यस साथीले मलाई भन्छ - "अलिक नजिक आएर बस, मेरो सँग नै ।" म स्वचालित यन्त्र जस्तो त्यतै लच्कन्छु । मलाई न्यानोको अनुभव प्रगाढ हुँदै जान्छ, मन पनि त्यसै साथ रमाउँदै जान्छ । न्यानोको पनि सङ्गीत हुँदोरहेछ प्रशस्त मेडोली भएको । मेलोडीको सरगमले भरिएका मेरा रक्त कोषाणु रापको न्यानोपन भएको अर्को मेलोडीमा मिस्सिन पुग्छन्-केन्द्रबिन्दु भएको उसको मानवीय भौतिक शरीरले बोकेका गोडातिर मेरो न्यानो पाउने उद्देश्य अझ अग्रसर हुन पुग्छ । मैले त्यतिबेला त्यहाँको त्यो आगोको न्यानो टिपिसकेको हुन्नँ, केवल रापले मात्र टाढाबाट नजिक हुँदै छोइएको हुन्छु ।

मलाई एउटा उखानको सम्झना हुन्छ,- "अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ ।" त्यतिबेला त्यहाँ प्रत्यक्ष नै एउटा बालक अज्ञानमा आगोतिर बामे र्सर्दै घस्रन्छ, उसका आँखाले देखेको उज्यालोलाई उसको हातले टिप्न खोज्छ, त्यहाँ पोल्ने खतराको सीमारेखा उसले आफ्नो मस्तिष्कमा कोरिसकेको हुँदैन । एक मुष्ट आवाजले परबाट उसलाई "ए हुन्न हुन्न, पोल्छ, हुन्न" भनेर प्रतिक्रिया जनाउँछन् । त्यस आवाजप्रति एकचोटी आफ्नो शीघ्र आगो भेट्ने गतिलाई ऊ एकाएक टक्क रोक्छ । पोल्ने कुरालाई उसले देक्दैन, आगोको उज्यालोलाई मात्र देख्छ । फेरि शीघ्र गतिमा आगोतर्फकुद्छ र आगोलाई भेटिछोड्छ । तुरन्त यातना र पीडाले अज्ञानमा ठूलो आवाजमा त्रासको बीचमा रोएर चिच्याउन थाल्छ । म त्यो जीवित घटना त्यही फेरि देख्छु जुन आफूले पनि भोगिसकेको हुन्छु । वैचारिक साधारणीकरणको स्तरमा पुगेर मनभित्र आफूले आफैंलाई भन्छु-हर बालक आगोले पोलेको पीडाको ज्ञान अनुभवबाटै गर्छ । मलाई त्यो देखेर आफैं बालक भए जस्तो लाग्छ, मलाई नै पोलेजस्तो लाग्छ । म सम्झन थाल्छु मेरो मन पनि यसै गरी बामे सरेको थियो कुनै बेला, कुनै न्यानो वस्तुको प्राप्तीमा । आगोतिर कलिलो मन अग्रसर हुँदा, "ए हुन्न, हुन्न, पोल्छ, नजाऊ" भन्ने आवाज परिवारबाट र समाजबाट सुनेको थिएँ । म त्यो बालकको रुवाईको आवाजमा आफ्नै बामे सरेको पूर्वमनको आवाज पाउँछु । म त्यतिबेला आगोमा पुग्न अग्रसर हुँदा समातेर विपरित दिशामा फ्याँकेर आगोदेखि बचाइदिने कोही नभएको सम्झन्छु । त्यस बालकले आगोमा पोलेको हात गोडालाई नियालेर हेर्छ पोलेर बचेको तर कुरूप भइसकेको आफैंवरको आफ्नै मनलाई देख्छु । म हिस्टेरिया वा न्यूरोसिसले ग्रस्त भए झैं तुरुन्त ठूलो आवाजले डाको छाडेर रुन थाल्छु, तत्क्षण त्यहीं नै । सायद ठूलो भइसकेर पनि आवाज आउने गरी रोएको पहिलो हिक्का यही नै हो, आफूले नियन्त्रण गर्न नसकेको तीव्र दुःखको आरोह त्यही नै हो । मलाइ बलिरहेको त्यस आगोले तत्क्षण त्यहीं नछोएर नै पोल्छ । मेरो अनियन्त्रित आँसुको झरीले त्यस मुढोमा बलेको आगोलाई निभाउन के सक्थ्यो, बरु आगोमा घ्यू थपेजस्तो हुन्छ, आगो झन् प्रज्वलित भएरबल्न थाल्छ । सँगै उभिएको उसले मलाई हेरिरहेको हुन्छ । म रँदै र दौडदै घर र्फकन्छ, मैले मेरो आँसु र हिक्कालाई लुकाउनै सक्तिनँ यो रूपाइको हिक्का ज्वालामुखी भएर फुट्छ, अनि फैलन्छ । सबै घटना बगैंचा भ्रमण गरिरहनु भएका आमा र बुबालाई भनिदिन्छु । मेरो हात पनि बालककालमा यसैगरी पोलेको थियो । म आफ्ना ती अज्ञान औंलारहीत हात उहाँहरूको सामू तेर्स्याएर आँसु मिश्रति प्रश्न ठड्याउँछु - "यो मेरो हात कसरी पोलिएको थियो - तपाईँहरू त्यो घटनाको कारण मलाई कहिले पनि किन बताउनु हुन्न -"

आमा रिसाएर र उदासीनता मिसिएको स्वरमा भन्नुहुन्छ "आगोले पोल्छ, तँलाई थाहा छैन -"

बुबा ऐजन स्वरमा गंभिरता थपेर बोल्नु हुन्छ - "आगोलाई ताप्न जान्नु पर्छ छोरी ! अनि आगो न्यानो हुन्छ । आगोले सबैलाई पोल्छ । तँलाई आगोले पोल्दा तँ सानी थिइस् ।"

आजकल म अक्सर त्यो आगोले खाएको कुरूप हात तेर्स्याएर कोठामा हिटरको आगोको मात्र न्यानो ताप्ने गर्छु अक्सर म हिटरको आगोको करेन्ट र राप आँखाले नाप्ने गर्छु ।

ढुङ्गा

केवल एउटा ढुङ्गा बाँकी थियो । आफ्नो भन्नलाई र घर भन्नलाई । ढुङ्गा ?
हो । एउटा विशाल चट्टान भनुँ । पातलो हुँदै भुइँमा गाडिएको थियो । मास्तिर विशाल फिंजिएको त्यो चट्टानको विस्तृत भाग थियो । कथामा वणिर्त शेषनाग झैं ।
उसलाई शेषनागले यसैगरी ढाकेर शिशु कृष्णलाई ओत दिएको कथा थाहा थियो । सोच्न थाली - 'शेषनागले डस्न पनि सक्दो हो । कृष्ण भएर डसेन । त एउटी यस...्ती आइमाई यो ओत दिने ढुङ्गाले थिचिदिन के बेर ?'
चारैतिर त्यही एउटा ढुङ्गाबाहेक त्यसले अरुथोक केही देखिन, जहाँ ऊ बस्न सकोस् । कहिलेकहीं यसो थामिए पनि, पानी निरन्तर परिरहेको थियो ।
त्यो ढुङ्गा अलिक भिरालोमा गाडिएको वा अडेको थियो । नत्रभने तलतिर त पानीबाहेक केही छँदै थिएन । मास्तिर सानो जङ्गल र झारपात थियो । पानी थामिनासाथ, त्यतै गएर, कुनै चिनेको, कुनै नचिनेकै भए पनि खाने जस्तो कुरो उखेलेर वा टिपेर ल्याउँथी । सलाई हुन्जेल ऊ आगो सल्काएर एक दुई वटा बाँकी रहेका भाँडोमा पकाउने खाने गर्दथिई । सलाईका काँटी सकिदै गएपछि उसले त्यही एउटा सानोखाल्डो खनी र भुङ्ग्रो बनाएर आगो साँच्न थाली ।
त्यहाँ सडक पनि थिएन, गोरेटो पनि थिएन । थिए र अब थिएनन् । त्यसकारण कोही कतैबाट आउने परिस्थिति पनि थिएन । कुनै हेकोप्टर पनि देखिएको थिएन । सके बस्ती नभएकोले होला । केवल एकपटक त्यसको भाग्यले, एउटा हेलिकोप्टर मास्तिर उडेको देखिएको थियो । कुनै चमत्कार जस्तै माथिबाट एउटा पोको खस्यो । त्यसभित्र खाद्य सामग्री छ्याल्लब्याल्ल भए तर त्यो त्यति आनन्दित भएकी थिई, जस्तो जीवनको कुनै अप्राप्य सुख देखेकी होस् । पोकोभित्र चालम थियो, अरु के थियो र ? तर त्यसले चामल देख्न नपाएको समेत धेरै दिन भइसकेको थियो । त्यसकारण चामललाई मुठीमा कसेर अर्को हातमा झार्दै धेरैबेरसम्म खेलिरही । यस्तो उसले बाल्यकालमा गरेकी थिई । त्यसबखत उसलाई त्यही आफ्नो बाल्यकालको सम्झना आयो । ऊ विभोर भई । धेरैदिनदेखि त्यसको स्मृतिले त्यसलाई धोका दिएको थियो । त्यो केही पनि सम्झिन लायक थिइन । ढुङ्गामुन्तिर ढुङ्गा बनेर बितिरहेकी थिई ।
फरक यति थियो, ऊ सास फेर्थी , चलहल गर्थी । खानेकुरो खोज्न जान्थी र जे पायो त्यही पकाएर वा काँचै खान्थी । निदाउँथी, बिउँझिन्थी । निवृत्त हुन जान्थी । पानीको समस्या त छँदै थिएन । जहाँ पानी नै समस्या होस्, त्यहाँ पानीको के समस्या होला ?
एकान्तको यस्तो भयावह रूप ऊ भोगिरहेकी थिइ, जुन कुनै पनि मनुष्यको कल्पनाबाहिर थियो ।
मान्छेभित्रै भय पनि हुँदो रहेछ क्यार ? नत्र ऊ केसित डराउने ? त्यहाँ मान्छे त छाडिदिउँ, जनावर समेत सखाप भएका थिए । कहाँसम्म भने चराचुरुङ्गीको आवाज नसुनेको पनि जुग भएको जस्तै लागेको थियो उसलाई ।
केही दिनदेखि सुर्य को र्स्पर्श पनि थिएन हर समय साँझ परेजस्तो देखिन्थ्यो । त्यसैले हो कि केले हो, राती आउनु पर्ने अदृष्य किराहरूका एकनास आवाज जुन क्षण पनि सुन्न सकिन्थ्यो । राती त्यो आवाज झन् भयावह भएर चर्किन्थ्यो । त्यही आवाजको सङ्गत थियो, जसले एकान्त झन् बढाइदिएको थियो ।
त्यसदिन चामल देखेर त्यो आश्चार्य मानेर एकछिन उभिइरही । त्यसले आकाशतिर हेरी, जस्तो इश्वरले त्यसलाई केही समय बाँच्ने आदेश दिएका हुन् । त्यसको मनमा उदेकलाग्दो किसिमले आफू बाँचेको आभास उक्सेर आयो ।
त्यो मास्तिर उक्ली । चिङ्ना बटुल्न थाली । भिजेका थिए । तैपनि त्यसको उत्साह निकै तातेको थियो । चामल त्यसले बटुलेर पानीले भिजाइदिएकी थिई । धूलो थिएन । त्यसकारण हिलोमा छरिएका चामलका दाना पनि त्यसले सोहोरेकी थिई । पानीलेहिलो सजिलै पखालिदियो । पहिलेपहिले तीन पानी पखालेर चामल भिजाउँथी । अहिले ६-७ पानी पखाली । त्यस क्रियामा पनि त्यसलाई आनन्द आइरहेको थियो । चाहिरहेकी थिई चामलबाट हिलो अझै २-४ पानी पखालुन्जेल रहिरहोस् ।
कतिदिनपछि त्यो भात खान पाइरहेकी थिई । केटाकेटीमा, निस्तो भात खानुपर्दा भात छरिदिन्थी । दालभातखाँदा थालको बिटमुन्तिर भात पोख्दथिई । त्यसकी आमा गाली गर्थी - "हेर यसरी अन्नलाई हेला गरिस् भने अन्नले सराप्छ ।"
"अन्नले सरापे के हुन्छ आमा ?" त्यसले सोधेकी थिई ।
आमाले भनी ? "यसरी पोख्दा, जुन दिन तेरो पेटभर्ने जति भात पोखिन्छ, एकछाक तँ भोकै पर्छे ।"
"कहिले आमा ?" त्यसले मनोरञ्जन गर्दै सोधेकी थिई ।
"कहिले भन्छेस् ? यही जुनीमा, अर्को जुनीमा होइन । तँ जति पोख्छेस् त्यतिदिन तैँ भाकै पर्छे , मलाई के ?" आमाले गम्भिर भएर भनेकी थिई ।
त्यो हाँस्न थालेकी थिई । आमाको एउटा सहज तर्कमाथि त्यसको त्यतिकै सहज अविश्वास थियो । त्यसले गर्दा ।
चामल पखाल्दा त्यही सम्झिन थाली । सोची? 'आमाले भनेको त परिस्थितिले मिलाएर ल्याइदियो तर यति छाक भोको बस्नु पर्ने गरी त मैलो पोखेकी थिइनँ ? त्यति अन्न त हाम्रो घरमा छँदै थिएन, अनि ?'
त्यसलाई सम्झना आयो, त्यो चामल सिद्धिएपछि त त्यसले फेरि भोकै बस्नु पर्छ ।
कहिलेकहीं फ्याट्फ्याट् गर्दै के के भएर किनारामा पछारिन आएका मरेका माछाहरू त स्वादिष्ट र उत्कृष्ट भोजन हुन् । अलिअलि गनाउने अवस्थामा फेला परे पनि माछा भनेको माछै हो । एकाद पटक त त्यसको पेटको रित्तोपनाले ब्रहृमाण्ड देखायो कि अन्धकार देखायो भन्नु त्यसले भ्यागुतासमेतको स्वादिष्ट उपभोक्ता बन्नु परेको थियो ।
यस्तो पनि होइन, भ्यागुतो खाँदा त्यसलाई दिगमिग नलागेको होस् । २-३ पटक बमन नै भएको थियो । कृही दिन त्यतातिर हेर्दै हेरिन । रूखको पात भए पनि खाएकी थिई तर ...... एक दिन फेरि एउटा राम्रो भ्यागुतो फेला पर्यो । त्यसले आफ्नो यताउता छामी । दुई चारवटा थोत्रा नोट पनि बस्त्रबाट ननिस्केका होइनन् तर ती नोटलाई जति रूपैयाँका नोट माने पनि हुने अवस्था थियो । एकलाई हजारको माने पनि भयो, हजारलाई एकको माने पनि यो । नोटको भाउ पहिले पनि कम-बेसी हुन्थ्यो तर यति खस्दो रहेछ, त्यसलाई थाहा भयो ।
नोटले एउटा भ्यागुतो पनि किन्न नसकिने थियो । भ्यागुतो बरु निःशुल्क उपलब्ध भइरहेको थियो । त्यसकारण त्यसले बुझी नोटको भाउ त्यहाँ निःशुल्कभन्दा पनि तल झरेको थियो ।
त्यसैले आफ्नो तर्क आफैं निर्माण गरेकी थिई । नखानु, एकपटक खाइहालियो, अब त्यो खाएकोलाई नखाएको तुल्याउन कहिल्यै सकिन्न । धर्म भ्रष्ट भए पनि पहिल्यै भइसक्यो अब फेरि त्यो भन्दा बढी अरु के होला त ? विश्वमित्र रिखीले कुकुर खाएका थिए रे, मैले भ्यागुतो खान के हुन्छ ? दिगमिग लागे लाग्ला यत्रैसिति पेट त भरिन्छ ।
उसलाई आफैं अचम्म लागेको थियो, दिगमिग नलाग्दा तर एउटा कुरो अनौठो थियो । त्यही प्राणी पनि अब फेला पर्न छोडेको थियो ।
त्यसकारण चामल देखेर उसको शरीरमात्र होइन, सम्पपूर्ण अस्तित्व रक्तिम आभायम भएको थियो ।
त्यो नायक रबिनसन क्रुसो थिइन न कुनै सन्यासिनी थिई तै पनि त्यसबखत त्यसले दुवैको भार सदाशयतापूर्वक वहन गर्नु परेको थियो । भय पनि त्यसलाई अब आफ्नो स्वभावको एक अनिवार्य अंशजस्तो लाग्न थालिसकेको थियो ।
भयको कारण बाहिर मान्छे वा जनावरका रूपमा भए भाग्ने वा जोगिने प्रयन्त गर्थी तर त्यस्तो थिएन । त्यो भय कहाँ थियो कहाँ ? तर यति स्वभाविक थियो कि कुनै दिन भयभीत भइन भने त्यसलाई लाग्न थाल्थ्यो, कतै म मनुष्यबाट ढुङ्गामा परिणत भइरहेकी छैन ? त्यसपछि त्यो कसैगरी र कतैबाट भए पनि भयको झिल्को झिकेर आफूलाई तताउँथी ।
त्यसै गरी सुरक्षा पनि कहाँ थियो, कुन्नी - त्यो भने, दिनको कयौं पटक दोहोर्याउँदथी, म यहाँ सुरक्षित छु, निरापद छु । मलाई यो ढुङ्गाले शरण, सुरक्षा र निर्भयता दिनुसम्म दिएको छ ।
एउटै ढुङ्गाले त्यसलाई दुवैथोक दिएको थियो । गज्जवको ओत दिएको थियो । राती सुत्दा सधैं त्यो ढुङ्गालाई कृतज्ञ दृष्टिले हेर्दै थिई । भोलिपल्ट बिहान बिउँझिनासाथ सबभन्दा पहिले, ऊ आफ्नो शरीरलाई चारैतिर छाम्दथी । कतै त्यो ढुङ्गोमुन्तिर किच्चिएको त छैन । त्यसपछि क्रमश : आँखा उघारेर ढुङ्गोलाई हर्ेदथिई । ढुङ्गो त्यसलाई त्यसैगरी ओत र आश्रय दिएर उभिएको देखिन्थ्यो ।
मान्छे बाँचेको भए पनि केही थिएन । मानवनिर्मित कुनै वस्तु भएको भए पनि मान्छे थियो भन्ने आभास हुन्थ्यो । त्यहाँ दुवै थिएनन् ।
मानव र मानवनिर्मित वस्तु दुवैका रूपमा, त्यहाँ त्यतातिर त्यही मात्र बाँकी थिई ।
कही दिनअघि त्यहाँ एउटा सानोतिनो वस्ती थियो । । गाउँ थियो । गाउँको नाउँ थियो, बाटो थियो, थोरै भए पन मिान्छेको आवतजावत थियो ।
कहिलेकाहीँ कोहीकोही जिस्कने जातका मानिस आउँथे र भन्थे -'तिम्रो अहिले छोराछोरी पाउने बेलै भएको थिएन किन पाएको यति चाँडो ?'
-'आफूले भनेर हुन्छ त ?' त्यो जवाफ दिन्थी ।
-'किन हुँदैन ?' जिस्किने मानिस भन्थ्यो -'आफूले लोग्नेलाई भनेर हुन्नथ्यो ?'
-'के भन्नु ?' त्यो अचम्मसित सोध्थी । भित्रअलिकति लज्जा पनि नहुने होला ।
-'त्यही भन्नु नि, जुन तिमी आफैंलाई भन्न मन लागेन होला नि त ?'
-'छ्या, कस्तो कुरा गरेको ? ' त्यो यसभन्दाअघि आफू जाननसक्ने देखेर अन्तिम पटक लाज मन्दै भन्थी ।
त्यसकी तीन महिनाकी एउटी छोरी थिई । त्यसको कुनै न कुनै स्तनसित दिनरात यस्तरी टाँस्सिएकी देखिन्थी कि लाग्दथ्यो, छोडेर हल्लाइदियो भने पनि दाँतले मुण्टो च्यापेरै भित्त घडीको लिबलिबेजस्तै हल्लिरहन्थी ।
लोग्ने बेलाबेलामा कामको खोजी गर्न बाहिर गइरहन्थ्यो । आएको बखत, कि बाबुलाई दुःख दिन्थ्यो कि छोरीलाई । छोरीलाई कसैगरी मुण्टाबाट छुटाइदिन्थ्यो । एक दुई दिन बाबु तिनको उपयोग गथ्र्यो र फेरि काम खोज्न हिंड्थ्यो ।
घरमा जम्मा एघारजना थिए केटाकेटी बूढाबूढी सब गरेर ।
लोग्ने जाँदा सबथोक रित्याएर तन्नम्टाट भएर जान्थ्यो । आउँदा भरिभराउ भएर आउँथ्यो पैसा र शरीर दुवैले ।
त्यसलाई खल्तीभरि नोट राखेर उसमाथि लम्पसार परेको र आफूमाथि सबथोक खन्याइरहेको पति असाध्यै मनपथ्र्यो । यद्यपि, त्यस्तो बखत खल्ती र उसको फकालेर कतै झुण्ड्याइएको हुन्थ्यो । तै पनि पतिको आफ्नालागि गरिएको परिश्रम देखेर त्यसलाई माया लाग्दथ्यो ।
पैसा कमाउन कति गाह्रो हुँदोरहेछ त्यो सोध्दथिई । लोग्नेको पसिना पुछ्दै भन्थी -'अब नजानुस् न, जसोतसो गरेर चलाउँला नि ?'
लोग्ने त्यस कुरालाई प्रत्येक स्वास्नीले लोग्नेलाई माया देखाउनलाई भन्ने शब्दहरू भन्ठान्थ्यो र चुप लाग्दथ्यो ।
कहिलेकाहीं भन्थ्यो पनि -'होइन, तँलाई म चाहिया कि ...... के चाहिया ?'
'त्यस्तो केही होइन क्या ?' त्यो भन्थी -'तपाईँ हुँदा एउटा ओतमुनि छु जस्तो लाग्छ । '
-'अनि पैसा भएन भने, मेरो ओत ढुङगाको ओतजस्तो हुन्छ नि त' लोग्ने भन्थ्यो -'खस्रो र चहलपहल नगरेर ठिङ्ग उभिए जस्तो ।'
त्यो चुप लाग्थी । लोग्ने निख्रिसकेको हुन्थ्यो । त्यो छोरीलाइ मुन्टो चुसाउनतिर दत्तचित्त हुन्थी ।
एकरात त्यस्ता सारा व्यवहार सम्पन्न भएपछि तिनीहरू निदाए । छोरीका लागि त्यो रातभरि आफ्नो दाहिने स्तन उघारेर राख्दथी । राति बिउँझी भने पनि आफैं चुस्न थाल्थी र निदाउँथी । त्यो त्यसले आफ्नै सुविधाका लागि गरेकी थिई । नत्र छोरी रुन्थी । निन्द्रा खल्बल्याएर उठ । चोलो फुकाल, अनेक झ्याउलाहरू ।
छोरी र त्यो मात्र त्यहाँ सुत्दथे, त्यसकारण छाती उर्घार्नमा आपत्ति थिएन । लोग्ने हुँदा त झन् शरीरमा चोलो नै रहन दिदैन थियो, समस्यै समाप्त । धोती पनि लोग्ने बिहानीपख ओढ्नै जस्तै ओढ्ने गर्दथ्यो ।
त त्यो एकरात, तिनै कुराहरू त्यसैगरी घटित भए । लोग्ने धेरैबेरसम्म बिउँझिन चाहन्थ्यो । स्वास्नीले भनी -'अरु कुरा भोलिलाई राखौं ।'
-'किन गर्ने जति कुरा सकेर, भोलि फेरि दोहर्याउन वा नयाँ कुरा पाउन सकिन्न ?' लोग्ने अझै अलिकति अतृप्त र उत्तेजित थियो, त्यस्तो त्यसले अनुमान गरी । त्यसले भनी -'तपार्इँ आउनु भएको भनेरै, आज बिहानैदेखि काममा जोतिएकी जोतियै छु । साँझ पर्दै भाँडापानी सिध्याएर बसेकी थिएँ । थकित छु । त्यसैले भोलि भनेकी ।'
को कतिखेर सुत्यो थाहा भएन महत्वपपूर्ण पनि भएन ।
महत्वपपूर्ण भयो, त्यो एउटा दीर्घ मुर्छनाबाट बिउँझिछ । निन्द्रा होइन । निन्द्रा बाट बिउँझिनु अगि नै मुर्छा परेर आएको बेहोशी ।
पिठ्यूँमा त्यसको, अत्यन्त पीडा भइरहेको थियो । शीरमा पनि । छामेर हेरी । पिठ्यूँ मा एउटा घाउ भएको रहेछ । चोलो संयोगले लगाएर सुतेकी रहिछ । तर त्यसको दाहिने तर्फो पाटो झैं उघ्रे को थियो, छोरीका लागि त्यसले एक अभूतपपूर्व अत्यासकासाथ चारैतिर छोरीलाई खोजी । यसपटक, मुण्टो आफैं छुटाएर छोरी बेपत्ता भएकी थिई ।
लोग्ने कतै थिएन । घर थिएन । घरका अरु नौजना थिएनन् । केवल त्यही एकजना कसरी बाँकी भई ! बस्ती थिएन । बाटो र आउने जानेहरू थिएनन् । पानी नै पानी थियो । कि त्यो विचेत भएर बिउँझेको त्यही भिरालो थियो ।
त्यो रुन थाली । त्यसपछि रुन पनि सकिन । त्यस्ता अप्रमाणिक र अनुपस्थित व्यक्तिलाई 'हराएको' भन्ने चलन थियो । तिनलाई मृत भनिँदैन । त्यसकारण त्यो पनि तटस्थ भएर जसरी सक्दथी हिंड्न थाली ।
एक ठाउँमा, दुई जना केटाकेटीको लाश देखि वास्तवमा त्यसले देखेकी वस्तीका अन्तिम चिन्ह तिनै दुई लाश थिए ।
त्यसले दुवै बच्चालाई पालैपालो बोकी र लगेर बगिरहेको पानीमा मिल्काइदिई । केहीबरेसम्म ती केटाकेटीका ओल्ट्याङ्पल्ट्याङ् गरिरहेको लाशलाई हेरिरही । वास्तवमा त्यस बखत त्यसले तिनीहरूका लागि गर्न सक्न र्सबश्रेष्ठ मानवीय सेवा नै त्यही थियो भन्ने साची । यद्यापि त्यो त्यसबखत एउटा यस्तो गहिरो क्षतिभित्र थिई, न दुःख, न सुख, न अँध्यारो, न उज्यालो, भन्नु पर्ने हुन्छ, ता पनि केटाकेटीका लाशहरू बगाएपछि त्यसले एउटा होलोपनको अनुभव गरी, एउटा विक्षिप्त होलोपनको । किनभने केहीबरे पछि नै त्यसलाई कुनै होश रहेन, त्यसले के गरेकी थिई अथवा त्यसले के गर्नुछ र त्यो त्यही विक्षिप्त होलोपन खोज्नलाई जथाभावी हिंडिरही । कतै कुनै लाश मेटिन्थ्यो भने, त्यसै गरी बगाएर धर्म गर्छु भन्ने सोच्दै ।
त्यसो गर्दा गर्दै त्यसले विशाल ढुङ्गो फेला पारेकी थिई । त्यसको जीवनलाई ढुङ्गाजस्तै व्यवस्थित बनाइदिने ढुङ्गो । त्यसलाई घर पाएजस्तै प्रसन्नता भयो । शोक पनि कसरी मनाउनु यो त्यसलाई थाहा भएन । अनुमानभन्दा माथिको त्यो नितान्त अपरिचित शोकलाई त्यसको मनले कुनै आकार नै दिन सकेन । त्यसैबखत त्यसलाई पहिलो पटक लागेको थियो, कतै यो ढुङ्गामुन्तिर म पनि ढुङ्गै त भइँन ?
त्यस रात, रातभरि पानी परेको र पानी बगेको आवाज सुनेर बिताई । भोक पनि लागेन । निन्द्रा पनि लागेन । वरपर बेलाबेलामा सानोठूलो पहिरो गएको आवाज सुनिन्थ्यो । पहिलो जाँदा गर्ल्याम्म ढलेको ढिस्कोको आवाज एकपटक सुनिन्थ्यो । त्यसपछि त्यसलाई पछ्याउँदै गुडिल्किदै ठक्कर खाइरहेका ढुङ्गाहरूको आवाज निकैबरेसम्म सुनिन्थ्यो ।
त्यसदिनदेखि नै, त्यसको सङ्गत एउटा भत्केको प्रकृतिसित भयो । जस्तो त्यसको शरीर र मन थियो, त्यस्तै बाहिरी प्रकृति थियो । कुनै बोद्धिक खालको व्यक्ति भएको भए यसबाट दुनियाँलाई चकित तुल्याइदिने अनेक चिन्तन झिक्थ्यो, कि होइन भने, आत्महत्या गर्ने थियो । त्यो तीमध्ये कोही थिइन । त्यसबखत त त्यहाँ त्यो गरिब भनिने किसिमकी पनि थिइन । गरिब हुन त मान्छेको बीचमा हुनुपर्यो नि त ?
त्यो अहिले एक्काइसौं शताब्दीको अङ्गालोमा बेरिएर आदिम दिनचर्या व्यतित गर्न बाध्य भएकी युवती थिई । फरक थियो । निर्वस्त्र भइसकेकी थिइन । केही दिन अझै बाँकी थियो, त्यो आदिम युगकी स्त्री झैं निर्वस्त्र हुन । तैपनि त्यसको शरीर कहाँ ढाकिनु पर्ने र कहाँ उघ्रिनु पर्ने हो, त्यस हिसाबले बस्त्रावृत्त थिएन । कारण जे सुकै होस्, ढाकिने अङ्ग नै बढी उघ्रेका देखिन्थे, सबभन्दा सद्दे भाग धोतीको सप्को थियो, जसको कुनै खास भूमिकै थिएन ढाक्न, छोप्नमा ।त्यो पनि विशेष चिन्तित देखिँदैन थिई । यहाँ देख्ने को थियो र उघ्रे का ढाकेको हेर्नेलाई ?
कहिलेकाहीं नुहाउँदाहोर्दा, त्यो आफैं, निर्वाङ्ग भएर खहरेमुन्तिर उभिन्थी । नुहाइसकेपछि पनि हतार गर्दिन थिई । त्यस्तै अवस्थामा पहिले कपाल झड्कार्ने, सुकाउने र सम्याउने गर्थी । अनि विस्तारै, कुनै अनावश्यक, अनिच्छुक तर बानी परेकाले अनिवार्य वस्तु झैं आफ्ना च्यातिएको वस्त्रहरू तानेर बेवास्ताले बेर्द थी ।
त्योसित भाव थियो, तर हेर्ने मान्छे थिएन । भाषा थियो, बोल्ने मान्छे थिएन । पहिले पहिले कोही नहुँदा, तीन महिनाकी छोरीसित एकोहोरो कुरा गरेर पनि काम चलाउँदथिई । यहाँ के गर्ने ?
प्रलय यस्तै हुँदा रहेछ क्यार, त्यो सोच्दथी । प्रलय कसरी आउँछ, थाहा छैन तर प्रलयमा कि मान्छेसमाप्त हुन्छ कि समाप्त हुने गरी एकान्तमय बन्दछ । त्यसलाई लाग्दथ्यो, त्यो अहिले प्रलयलाई भोगिरहेकी छ । त्यसपछि प्रलय भोग्दाभोग्दै, समाप्त हुनेहरूको आभासमा टन्न कसिँदा कसिँदै, एकदिन आफैं समाप्त हुन्छ । यसरी बाच्दा अन्त्यमा अरु को होला त ?
तर चामल देखेपछि त्यसको ती सारा सोचाइ, सम्मेहित जस्तै भएर निदाए । त्यसमा यस्तो जाँगर आयो, जुन यतिका दिनमा कहिल्यै आएको थिएन ।
त्यसका मास्तिर उक्लेर सकेसम्मका छेस्काछुस्की बटुली । एकाद रूख लडेका थिए केही रु पहिलेदेखि नै काटिएका थिए तर तिनका वरपर छेस्काछुस्की छरिएका थिए । त्यसको काम तिनैबाट चल्दथ्यो । एकदिन त्यसले झन् चनाखोपनकासाथ बटुली । वरपरसम्म गएर ।
ढुङ्गामुनि आएर एकछिन भुङ्ग्रो खोस्री । अलिकति आगो फेला पर्यो । त्यो आगो लिएर, भाँचेर चराको गुँडजस्तो पारेर ससाना चिङ्नाहरूबीच राखेर फुक्न थाली । चिसो हुनाले धेरैबेर लाग्यो । निकै बेर फू फू गरेपछि र उसको मुख त्यसका तोडले रक्तिम वर्णको भएपछि, धुवाँ आउन थाल्यो । त्यसको आँखामा धूवाँ पस्यो । आँखा पीरो भयो र र श्वासप्रश्वासको असन्तुलनले गर्दा त्यो खोक्न थाली । तर त्यसले त्यो झन् प्रसन्न भई । धूवाँ बढेपछि आगो बल्ने आशा पनि बढेको थियो ।
त्यसले भएको एउटा सानो ताउलीमा भात बसाली । भात, तरकारी, नुन, तेल भन्ने शब्द पनि बिर्सिसकेकी थिई । त्यो त ताउलीमा बिस्तारो पहिलो फोका उठ्ने र पछि गुदुगुद हुने साधारण एउटा प्रकृयालाई पनि मन्त्रमुग्ध भावले हेरिरहेकी थिई । सृष्टिको कुनै अनुपम दृष्य हेरिरहे झैं ।
त्यसले माड काडी । अनि भात भर्सिन भनेर एकछिन छाडिदिई । पहिले ऊ नुहाउन चाहन्थी । आफ्नो प्रफुल्लता बढाउने उपायहरू गरिरहेकी थिई । त्यसले आज अरु दिनजस्तो गरिन । त्यो लुगा फुकालेर नुहाउन उभिइन । लुगासहित नै छाँडोमुन्तर उभिई, के पनि हुनसक्छ भने उत्साह र हतारमा उसले त्यसले त्यसो गर्न बिर्सें होस् ।
आज नुहाउनमा पनि त्यसलाई विशेष आनन्द आइरहेको थियो । त्यो युवतीलाई लाग्न थाल्यो आज त्योसित एउटा शरीर पनि छ । यद्यपि, त्यो अझै भोकै थिई । तैपनि त्यो क्षण तत्काल बेग्लै बनेको थियो त्यसकालागि । त्यसैले आफ्नो शरीरलाई चारैतिरबाट मली । तत्काल त्यसका यौवनका लक्षण र प्रतिक्रियाहरू प्रकट हुन थाले ।
त्यसमा के पनि मिसिएको थियो भने, चामल केवल एक छाककालागि थिएन । केही दिन पुग्ने गरी थियो ।
नुहाएपछि बरु त्यसले आफ्ना बस्त्रहरू फुकाली । अब ती नाममात्रका बस्त्र थिए । तैपनि त्यसले धोती चोलो सबै निचोरी । धरै निचोर्दा फाट्ने डर थियो, त्यसकारण अख्रेको रूखमा ल्याएर छाडिदिई । आफू बस्ने चट्टानमाथि सुकाउन भनेर पि+mजाईदिई । त्यसदिन पानी थामिएको थियो र उज्यालोमा अलिकति वृद्धि भएको थियो ।
त्यो चट्टानमाथि बसेर कपाल झड्कार्न थाली । त्यसलाई आफ्नो नितम्बमा चट्टानको र्स्पर्श बडो सुखद् र पौरुषको र्स्पर्श जस्तो लागिरहेको थियो ।
त्यसपछि त्यसले भात पस्की । तृप्त भएर खाई । त्यो तृप्ति त्यसलाई जीवनको प्रथम तृप्ति जस्तो लागेको थियो । त्यसले नजिक बगिरहेको पानीलाई अञ्जुलीबाट भरीभरी खाई । त्यसबाट त्यसलाई झन् तृप्तिको अनुभव भएको थियो । भोक र प्यासबाट मुक्त भएको शरीर त्यसदिन आफ्नै होइन, अर्काको शरीर जस्तो लाग्न थालेको थियो । यो म होइन, कोही अरू हो, जो तृप्त भएको छ, यस्तै यस्तै ।
ढुङ्गाबाट शरीर बनेको शरीर । त्यसले केही दिन जे बाँची, त्यसलाई नाउँ नदिए पनि हुन्छ । चालमका साथ बाँचेकी थिई र चामल सकिंदै थियो । पहिलेको चकमन्न र सङ्कटको आवाज पहिलेभन्दा चर्को लाग्न थाल्यो । त्यसको खिन्न दिनचर्या फेरि त्यसै गरी चलिरहृयो ।
राति उज्यालोको त कतै प्रश्नै थिएन, केवल चट्टानको भित्तामा जीउ अड्याएर थाहा पाउँथिई, म अझै छु ।
एकदिन त्यो चट्टानमाथि बसिरहेकी थिइ पानी परेपनि केही छैन भने झैं गरी । वास्तवमा ढुङ्गामुन्तिर ओत लाग्दालाग्दा पनि त्यो कहिलेकाही दिक्क मान्ने मात्र होइन, झक्ने पनि गर्दथिई कच्चा रङ्ग सरे जस्तो, ढुङ्गाको ढुङ्गापन आफूमा सरिदेला भने झैं गरी ।
त्यस्तो क्षणमा, त्यस्तो सदैवको अनकण्टारको ठाउँमा, त्यसदिन अचम्मसित एउटा पुरुष आइपुग्यो, घुम्दाघुम्दै वा बाटो बिर्सें । संयोगले त्यसदिन त्यसले लुगा लगाएकी थिई । पुरुषलाई देख्नासाथ त्यो झस्की । त्यसले सकेसम्म आफ्नो लुगा ठीक पारी तानतुन गरी ।
पुरुषले भने त्यसलाई हेरिरहृयो । एक त जति तानतुन गरे पनि त्यो वस्त्र थियो रबर थिएन । त्यसकारण, शरीरको पर्याप्त भाग दगर्ुर्ने अवस्थामा उघ्रे का थिए । त्यसमाथि भिजेका कारणले, वस्त्रसहित त्यो यथेष्ट मात्रामा उत्तेजक देखिन्थी ।
पुरुषले सोध्यो - 'तिमी यहाँ कहिलेदेखि छ्यौ ?'
- 'धेरै दिन भयो ।' त्यसले जवाफ दिई । पहिलो पटक बोल्न पाएकाले त्यसलाई उकुसमुकुस फ्याँकिएजस्तो लागेको थियो । एकैछिनमात्र सङ्कोच भएको थियो । बोलेपछि त्यसलाई भित्री प्रसन्नता भयो । वास्तवमा चामलको दिनपछि त्यो आजै प्रसन्न भएकी थिई । ओर्लेर आई ।
- 'यही हो तिमी बस्ने ठाउँ ?' पुरुषले सोध्यो ।
- 'हा ।' त्यसले भनी ।
- 'एक्लै बस्छ्यौ ?'
- 'अँ ।'
- 'तिम्रा अरु मानिसहरू ...... -'
- 'सबै बगे ।'
- 'गाउँ पनि ?'
- 'धेरै ठूलो गाउँ थिएन । गाउँ पनि बग्यो ।'
- 'कसरी बग्यो ? '
- 'थाहा पाइनँ । म बेहोश थिएँ ।'
- 'केही पनि फेला परेन ?'
- 'केटाकेटीका दुई लास फेला परेका थिए । मैला बगाइदिएँ ।'
पुरुषले स्त्रीतिर हेर्यो । स्त्रीले जवाफ दिँदाखेरिको तटस्थताले ऊ अलि अन्यौलमा पर्यो । तै पनि भन्यो - 'तिमीसित ओड्ने केही छैन ?'
- 'पुग्ने छैन ।' त्यसले त्यतिकै तटस्थताले जवाफ दिई ।
- 'त्यसो भए धन्दा नमान,' पुरुषले भन्यो - 'म तिमीलाई कम्मल ल्याइदिन्छु ।'
कम्मल ओडेपछि पाइने न्यानोलाई सोचेर त्यसले आशावादी आँखाले पुरुषलाई पुलुक्क हेरी । आँखा त्यसका ठूल्ठूला र मोहक थिए, त्यसमा सन्देह थिएन ।
'म भोलि नै कम्मलको बन्दोबस्त गरेर ल्याइदिन्छु' पुरुषले आश्वान दियो - 'आज त म पनि बाटो भुलेर यहाँ आइपुगें, बाटो नभए पनि बाटो खोज्दै । यहाँबाट कहाँ जानु पर्छ ?'
- 'त्यो थाहा पाएको भए, म पनि यहाँ बस्दिन थिएँ ।' स्त्रीले भनी ।
- 'तिमी एउटा उपकार गर्न सक्छ्यौ ?' पुरुषले सोध्यो ।
- 'के' त्यसले भनी ।
- 'भोलि म कम्मल ल्याइदिन्छु' पुरुषले भन्यो 'तर आज म तिम्रो न्यानो पाए मात्र रात काट्न सक्छु । म शहरको मानिस हुँ, तिमी जस्तो किसिमले सुत्ने कल्पना गर्न पनि सक्तिन ।' त्यो केही बोलिन । त्यसै गरी तटस्थ बनिरही । पुरुष त्योसित रातभरि न्यानो मानेर सुत्यो । भोलिपल्ट आफ्नो कम्मल ल्याइदिने बचन दोहोर्यायो र हिंड्यो ।
दुई तीन दिन बित्यो । कम्बल ल्याउने पुरुष आएन । तर त्यसपछि एकदिन अर्को एउटा पुरुष आयो ।
त्यसले भन्यो - 'म तिम्रा लागि चामलको बोरा ल्याइदिन्छु ।'
त्यस रात चामल ल्याइदिने पुरुष त्योसित सुत्यो । भोलिपल्ट आफ्नो बचन दोहोर्याएर हिड्यो । त्यो पुरुष गएको पनि केही दिन बिते । चामल त आएन । एकदिन एउटा अर्को पुरुष आयो ।
त्यो तेस्रो पुरुषले भन्यो - 'तिमीलाई छाप्रोको आवश्यकता छ । म तिमी लाई छाप्रो बनाइदिने बन्दोबस्त गरिदिन्छु ।' त्यस रात त्यस चट्टानमुनि, छाप्रो बनाइदिने पुरुष सुत्यो । भोलिपल्ट त्यसले पनि आफ्नो प्रतिज्ञा दोहोर्यायो र हिड्यो । त्यो तटस्थ थिई । पछिका पुरुषहरूसित त बोल्न पनि छाडेकि थिई । केवल चट्टानमुन्तिर तिनीहरूसित सुतिदिन्थी ।
कोही आएन । त्यो फेरि एक्ली भई । त्यसको दिनचर्या फेरि त्यस्तै भयो । त्यस्तै जस्तो पहिले थियो । यतिले पुग्छ । अब दोहोर्याउनु पर्दैन ।
एकरात सुतेर भोलिपल्ट बिउँझिदा जस्तो ऊ गर्ने गर्दथी आफ्नो जीउ छामेर चट्टानलाई हेर्ने कम, त्यसै गर्नासाथ त्यो झस्केर मात्र होइन, त्रस्त भएर जुरुक्क उठी ।
त्यसका मास्तिर चट्टानको ओत थिएन । बादलले टम्म आकाश देखेर त्यो झस्केकी थिई, अथवा हरेस खाएकी थिई, त्यो भन्न सकिन्न ।
त्यसपछि त्यसले चारैतिर आँखा डुलाई । निकै तलतिरदेखि, चट्टान आफ्नो ठाउँबाट उखेलिएर गुड्दै एक ठाउँमा पुगेर अड्केको थियो । त्यसलाई चट्टानले किन थिचेन ?
चट्टान उखेलिँदा के त्यस्तो चमत्कारी किसिमले उखेलिएछ र त्यो बाँची - त्यसको रहस्य त्यसले बुझ्नै सकिन । तै पनि, त्यो तेस्रो पटक खुशी भएको क्षण त्यही थियो ।
सुरक्षा र असुरक्षा एउटा अनौठो मोह जालमा त्यो आजसम्म बाँचेकी थिई । आज एउटा आतङ्क दिने ढुङ्गाले त्यसलाई असुरक्षादेखि मुक्ति दिएको थियो । त्यसले सोची मलाई नथिचेर पनि यस ढुङगोले मलाई आश्रय नै दियो । अब जे सुकै होला, देखाजाला । ढुङ्गाको आश्रय नभएपछि अब त्यो जहाँ पनि जान सक्थी । त्यसले मुक्ति पाएकी थिइ ।
महिना बिते । पानी घट्यो । प्रकृति हाललाई शान्त भएको थियो तर त्यसलाई भेट्न कोही आएन कम्मल, चामल, छाप्रोवालामध्ये कोही पनि । बरु एउटी छोरी जन्मी । कारण स्पष्ट छ । भनिरहनु पर्दैन । त्यो अब कुनै गाउँमा बस्न थालेकी थिई । छोरी तीन महिनाकी जुन दिन भई त्यसलाई आफ्नो त्यो छोरीको सम्झना आयो, जो त्यसको छातीमा सधैं झुण्डिइरहन्थी । त्यो विस्तारै रुन थाली । लोग्ने सम्झी ।
फेरि रुन थाली । त्यसपछि यो छोरीलाई हेरी । केही शान्त भई । मनमनै सोची, मेरी बगेकी छोरी फर्केर आएकी हो । कति वर्षवितेपछि त्यसको किशोरी छोरीले आमासित प्रश्न गरी -'मेरा बाबु को हुन् आमा ?' त्यसले एकछिन गमेर अनि गम्भिर जवाफ दिइरही - 'तेरा बाबु इश्वर हुन् । '
- र्'इश्वर ?'
- 'तिनैले प्रलय, प्रकोप र पशु पठाएर मेरो गर्भधारण गराएका हुन् ।'
छोरीले धेरै बुझिन । उसले आमाबाट सुनेको कथाको आधार लिएर सोधी - 'अब फेरि त्यस्तै प्रलय भयो र मैले तपाइँ जस्तै बस्नु पर्यो भने के होला आमा ?'
त्यसले छोरीतिर भावहीन अनुहार लगाएर एकछिन हेरी र भनी - 'तँलाई पनि त्यहाँ कम्मल, चामल र छाप्रो दिनेहरू आउनेछ् ।' छोरी उत्तरभन्दा आमाको अनुहारमा टल्केर आएको ढुङ्गाले गर्दा बढी आतंकित भई र आमालाई घच्घच्याउन थाली ।