आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो /आफ्ना सारा सम्पति स्वाहा गर्यो /जिवनमा कहिल्यै नगरेका काम हरुमाँ पनी पैसा आर्जनका लागी हात हाल्यो जसले गर्दा उसको इमान्दारितामाँ पनी आंच आयो केवल श्रीमतीलाई बचाउने प्रयासका लागी /यत्तिका सारा प्रयास बावजूद पनी उसले श्रीमतीलाई भयानक रोगबाट मुक्त गर्यो / त्यतिन्जेल सम्ममा उसले आफ्नो सारा सम्पति, स्वाभिमान गुमाई सकेको थियो तर अफ्शोच यत्तिका प्रयास पश्चात् पनी अन्त्यमा उसकी श्रीमतीले म्रीत्युको काख नै रोज्नु पर्यो /एकदिन अनायास बाटोमा हिडिरहेको समयमा अचानक अंधाधुन्द चलेको गोली बाट उसकी श्रीमतिको म्रीत्यु भयो /अन्त्यमा उ सम्पतिबाट पनी पराई बन्यो र श्रीमतिको साथ अनि श्रीमतिको ज्यान को लागी गरेका अनेकों प्रयासहरु बाट पनी बंचित भयो / अहिले उ सोची रहेछ /यो कुन दैवको खेल भनी ? अनि रंभुल्लमा परिरहेछ म कुन न्यायको ढोका ढकढकाउ भनी .../
रविवार, 22 मई 2011
लन्डन लाइफ
हाम्रो चार जनाको परिवार छ । पाठकवृन्द, सोच्नु होला म, श्रीमान्, छोरा र छोरी । तर यो घरभन्दा बाहिरको परिवारको कुरा हो । हुन त मेरो चार जनाकै परिवार छ । छोरा र श्रीमान् हङकङमा, छोरी उसको मिलिनियर अंगे्रज बेहुला सग बैंककमा र म चाहि अंगे्रजी पढ्ने बहानामा लन्डनमा छु ।
हो, यो अंग्रेजी पढ्ने क्रममा भेटिएकी साथीबाट सानो परिवार बनेको छ । सन् ००३ अक्टुबरको दोस्रो हप्तातिर एउटा सुन्दरी, फरासिली चाइनिज केटी हाम्रो कक्षामा भर्ना भई । केही दिनमै हिमचिम भयो । उसको नाम सनी रे । चिम्सा आ"खा, हसिलो मुहार अंग्रेजी प्रस्ट बोल्न नसक्ने टिपिकल चाइनिज लवजकी ।
म आफन्तकहा बसेकी छु । ताक परे र्सर्ने विचार छ । कक्षामा संसारभरकै साथी छन् । तर म ऊस"ग त्यसै त्यसै नजिकिए" । त्यो मार्ग मेरो परदेशको दुःख साट्ने संगी रोजें । ऊ मेरी छोरीकै उमेरकी अथवा छोरी नै जस्ती लागेर हो क्यार मैले कोठा सार्नु छ थाहा पाए भने भने नै भनेथें । डिसेम्बरको पहिलो हप्तामा खबर दिई, र् हामी सगै बस्ने हो - कोठा पाएकी छु । हेरं बस स्टेसन नजिकै । हेन गए, गजबको फ्रल्याट रहेछ । एकजना हङकङ र अर्की सिंगापुरकी बसेका छन् । अब सनी र म बस्ने भयौं । म क्रिसमसअगाडि र्सर्ने तय भयो । ऊ चाहि फेब्रुअरीमा । जनवरीको पहिलो हप्ता नै ऊ विदामा घर गई । ऊ वृद्ध हजुरआमालाई भेट्न आतुर छे साथै लुना वर्ष सगै मनाउन ।
नया घरमा त सरें तर झयामिनै सकिन । दिउसो कोठामा गयो । रात पर्यो कि आफन्तकहा नै र्फकने रोग धेरै दिनसम्म लागिरह्यो । सनी, चीनबाट फर्केर आई । मलाई र्एइ त त कोठा नबस्ने रहिछस् त र त्यत्रो भाडा तिरेर उतै बस्ने भए किन सरिस् कोठामै आइज भन्दै कर गरी । उसैका लागि नियमित बस्न थाले । चीनबाट त आई तर नराम्रो खबर लिएर । उसको हजुरआमाको नयावर्ष मनाउनु लगत्तै चोला उठेछ । दुःखको खास्टो ओढेर आइपुगी । धेरै चिनिया जडिबुटी र खानेकुरा लिएर । ठ्यास ठयास गनाउने, चीनको कुनै एक गाउ जस्तै भयो हाम्रो फल्याट ।
ऊ पकाउ"छे र ए यो स्वास्थ्यको लागि राम्रो, खा भन्दै खालखालको गन्दे सुप, जुडल, सागसब्जी र भुटेको भातमा थरीथरी जडिबुटी हालेर खुवाउ"छे । म दिनदिनै बानी हु"दै गए" । का"टाचम्चाभन्दा चपस्टिक सजिलो भइसक्यो मलाई । तर, ऊ मेरो खाना मन पराउन्न । त्यसैले ऊ र म सगै भएको बेला म चाहि हेल्पर ऊ हेड कुक । ऊ फुर्तीसाथ के-के मिसाउ भन्दै पकाउछे । एइ टाटर काट, म टमाटर काट्छु । सब्जी काट् म ठिक्क पार्छु भरे ऊ पोटेटो खोज्छे । हामी डल्लो परेर हा"स्छौं । ऊ किचन र चिकनमा पनि जहिले पनि झुकिन्छे ।
कुनै बेला भोक लाग्यो भन्दै फत्र्याकफत्र्याक भएर बोलमा भात र सब्जी चपस्टिकले अलिकति खा"दै अघाए" भन्छे । मेरो बा-आमाले पकाएजस्तो मीठो भएन, भोलि फोनमा कसरी पकाउने सोध्छु आज यस्तै भयो है भन्दै उठ्छे । बिहान संगै कलेज जान्छौं । ऊ मेरो औंला छाड्दिन । कलेजको गेटमा आई डी कार्ड देखाउ"दै छिर्र्छौ । गार्डले हेलो आमाछोरी गुडमर्निङ भन्दा ऊ खित्का छाडेर हास्छे ।
ऊ कफी सप र केएफसीमा समय मिलाएर काम गर्छे पढाइ खर्च उसको कमाइले पुर्याएकी छे । बेलुका गलेर आइपुगेर काखमा लुटपुटिन्छे । उसको यो व्यवहारले अझ नाता नजिकको भएको छ । म आमा हु" भन्ने भावना तीव्र भएको छ । ऊ मेरो धेरै कुरामा साथ दिइरहन्छे । एकपटक बैंक व्यालेन्स देखाउने काम पर्यो मेरो । उसले थाहा पाई, हवाई (हेलो)
छाङछाङ, छुइ-चुइ गर्दै कता कता फोन गरी भोलिपल्ट मेरो दुइ सय ब्यालेन्समा दुइ हजार पाउण्ड ३-४ महिनाका लागि ठीक पारी । फोन गरेर तोलाको बचन खोलामा हाल्न परेन ।
ऊ बक्स रुममा बस्छे । कुनै बेला जगिदै यता हेर्छु, उता हेर्छु भित्तामा बस्दिन, यस्तो च्यापोमा भन्छे । म उसको कुरालाई हासोमा उडाइदिन्छु । ऊ कुनै बेला विरहमा बौलाउ"छे मजस्तै । र, उसका बा-आमालाई फोन गर्छे उसको उद्योगपति बाबाले छोरी धेरै काम नगर्नु राम्रो पढ्नू । पढार्इखर्च म पठाउ"ला भन्ने सान्त्वना पाउ"छे । तर ऊ स्वाभिमानी छे । बाबाको पैसा चाहिदैन रे म विरहमा श्रीमान्लाई फोन गर्छु दु:ख भयो भनेर, तर उताबाट खोजेको भेटिस् भन्दै मुखको मैला भेट्छु । ऊ सग धेरै रमाइलो दिन बिते । उसले भित्ताभरि अंगे्रजी शब्दका कागजका टुक्रा टासेकी छ । उसको कन्ठस्थ पारेपछि मेरो भित्ताभरि टासेर जान्छे ।
ट्वाइलेटको भित्ताभरि पनि यसरी नै टा"सिएका छन् अंग्रेजी शब्दहरु । बेलुका खाना पकाउ"छे भोकले फत्र्याक-फत्र्याक हु"दै मलाई पर्खन्छे । म ए सनी † फाइभ मिनेट क्विक सावर भन्दै बाथरुममा पस्छु । ऊ टु मिनेट अर्ली भन्दै कराउ"छे । हामी फेरि अट्टाहासमा रुमलिन्छौं ।जनवरीबाट सनी जाने भएकी छे, सेन्ट्रल लन्डनमा । त्यसैले र्सर्नैपर्ने भयो । पिरलो गर्छे विलौना गर्न खुब जानेकी छे । ऊ आसु खसाउछे, म पिउछु मात्रै देखाउन्न । गएको महिना केएफ्सीमा काम गर्दा एउटा अधबैसे काले कस्टमरले अनुहारमा थुकेर अपशब्द बोल्यो रे त्यो बेलुका घर आइपुग्दा चुच्चो काटिएको चराजस्तै बुच्चो भएर आइपुगी । हरेक सा"झ म आइपुगें है भन्दै हल्ला गर्ने, रु"दै आइपुगी आज । सिंगापुरे साथीले सम्झाई, मेरो त त्यो ढंग पनि रहेनछ । हेर त आफूलाई त्यत्रो बद्नाम भएको नठान् । त" त सामान्य व्यक्ति यस्तो कुरोले असर पर्ने - हाम्रो देशको प्रधानमन्त्रीलाई एकपल्ट सामान्य मान्छेले नालीमा थचारिदिएथ्यो- 'हेर कत्रो बद्नाम त्यो त के, त्यत्रो शक्तिशाली देश अमेरिकाको राष्ट्रपति क्लिन्टनले लुकेर ह्वाइट हाउसमा मोनिकासग यौनसम्बन्ध सारा संसारका सामु हो भन्नुपर्यो । त्यो बेला ऊ र उसकी श्रीमती हिलारीलाई कत्रो बद्नाम ।'
अर्की साथीले उसलाई यी उदाहरण दि"दै सम्झाएपछि ऊ फेरि हिजोको जस्तै हसिलो मुहारले चचमच गर्दै मेन्डारिनमा साथीहरुस"गै हा"स्तै गफ गर्न थाली सारा पीर बिर्सिएर ।

मायाको क्यानभासमा
कथाकार दिवाकर नेपालीज्यू, तपाईको कथा 'कल्पनाको क्यानभास'मा पढे। अद्भूत लाग्यो। तपाई कसरी अमूर्त कलालाई मूर्तता दिन सक्नुहुन्छ। प्रेमको अमूर्त कलाको उद्बोधलाई मैले मुरीमुरी धन्यवाद दिए। वास्तवमा प्रेम नै संसार हो, प्रेम नै ईश्वर हो र प्रेम नै सत्य हो। प्रेम र समपर्णको त्यो सचित्र चित्रणलाई म कसरी व्याख्या गरू। मलाई खुसी लागेको छ। तपाईले मजस्तो एउटा सामान्य नारीको समिप्यबाट यति सुन्दर रचना सिर्जना गर्नुसक्नुभयो। वास्तवमा तपाई महान हुनुहुदो रहेछ। म पनि तपाईको प्रतिभाबाट प्रभावित भएर आफूलाई यसैमा सर्मपित गर्न खोजिरहेकी छु। तपाईजस्तो कुनै पनि आफ्नो अनुभूतिलाई तुरुन्त कलामा उतार्न त म सक्दिन तर पनि पात्रको अनभूतिलाई उनीहरूको भाषामा चाहि कोर्न सक्छु। भनाै उनीहरूको भाषामा ब्यक्त गर्नसक्छु।
तपाईले कल्पना गर्नुभएको त्यो क्यानभासको अमूर्तकलामा मैले मेरा कथाहरूको बिम्ब पाए त्यहा मैले मेरो अति प्रियवस्तुको प्रतिबिम्ब पाए। वास्तवमा त्यो अमूर्तकला प्रेमको एउटा अदभूत उद्बोधन हो। मैले भनि सके म तपाई जस्तो अमूर्तकला सिर्जना गर्न त सक्दिन तर अहिले म मेरो मायाको क्यानभासमा दुईटा पात्रहरूको चित्र कोर्न गइरहेकी छु। कसरी उनीहरूको आकस्मिक मिलनले प्रेमको आकार लिएर विछोडमा परिवर्तन भयो भन्ने कथाको चित्रलाई मूर्तरूप दिन गइरहेछु। मेरो मायाको क्यानभासमा ती दुई पात्रहरूको चित्र यसरी चलचित्र बन्छन्। अनि एक आपसमा भावनाहरू यसरी साटासाट गर्छन् –
प्रिय उपासक, म तिम्रै बाटो कुरेर बसिरहेकी छु। तिमीले छोडेर गएका तिम्रो बन्धकीरूपी प्रेमसग म बाचिरहेकी छु। मैले त्यसलाई मिल्काउन सकेकी छैन। तिमीले हामीबीच प्रेमको नौलो अनुभूति सिर्जना गरेर कतै हरायौ। मलाई थाहा छ तिमी अर्कै दुनियामा छौ त्यो संसारमा जहा साइबर युग छ। विज्ञानका सबै अत्याधुनिक चमत्कारहरू छन्। सायद तिमीले भुलि पनि सक्यौ होला – अठारौ शताब्दीको दुनियामा बाचेको प्रेमको अद्भूत अनुभूतिलाई। सायद तिमीलाई सम्झने फुर्सद पनि नहुन सक्छ। किनभने तिम्रो आत्मा नै विज्ञानका चमत्कारहरूमा साटिइसकेको छ। तिमी त निर्जीव रोबोटसरह मात्र काम गरिरहेका हुन सक्छौ। तर म तिम्रो प्रेमको वासना बोकेर हावामा, नदीमा, पहाडमा बाचिरहेकी छु। तिम्रो प्रेम मैले नदीमा देखेकी छु। प्रत्येक पल तिम्रो मायाको सन्देश बोकेर– लाग्छ ती तिमीलाई खोज्न दौडिरहेका छन्। मैले तिम्रो प्रेम सूर्योदयको पहिलो किरणमा भेटेकी छु। ती किरणहरू तिम्रै उपस्थितिको दृश्य हेर्न भौतारिरहेको पाएकी छु। हावाहरू तिम्रै उपस्थितिको सुगन्ध खोज्न हिडेको पाएकी छु।
तर तिमी हरायौ – जसरी आकाशमा इन्द्रेणी आफ्नो अद्भूत सौन्दर्य छरेर क्षणभरमा नै अदृश्य बन्दछ। अनि आफ्नो सौन्दर्य छर्न फेरिफेरि पनि उदाउने गर्दछ। हो त्यसरी नै अहिले तिमीले एउटा प्रेमको सन्देश पठाएका रहेछौ। प्रिय उपासक, अहिले म त्यो सन्देश पढिरहेकी छु –
प्रिय मधुरिमा,
असीम स्नेह
दृश्यहरू बादलका टुक्रा भएर छरिदै, बटुलिदै गर्दथे। हामी पनि बादलका टुक्रा भई उडिरहेका थियौं। कतिखेर बादलहरू पहाडमा ठक्कर खाई हाम्रा कल्पनाहरूझै छतछुल्ल हुन्थे, हामीलाई थाहा हुदैन्थ्यो। प्रकृतिको मनोरमतामा तिम्रो उपस्थितिले थप सुगन्धको काम गरेको थियो। जीवनका कोलाजहरू हामी यतै कतै खोजिरहेका थियौं। अनूभुति र विचारका आकृतिहरू भत्कदै बन्दै गर्दथे। हामी त्यसलाई जीवनको सार्थकतामा साट्ने प्रयास गरिरहेका थियौ। प्रिय मधुरिमा, तिम्रो रूप र सौन्दर्यले एउटा नया आयाम सिर्जना हुनसक्दथ्यो। त्यसमा डुबेको म स्वंयम् आफैलाई हराइरहेको पाएको थिए। प्रेमको एउटा नया अनुमूति नयँ सिद्धान्त प्रतिपादन गर्न खोजिरहेका थियौ हामीहरू।
मल्ााई थाहा छ तिमीले वर्डस्वर्यको लुसी पढेकी छैनौ, देवकोटाको लुनी पढेकी छैनौ। तर म त बगिरहेको थिए– लुसी र लुनीमा। तिमी प्रकृतिमा रमाएकी सुन्दर फुल– तिम्रंो सुगन्ध, तिम्रो सौन्दर्यमा पहिलो स्पर्श मैले गरेको छु। तिमी पहाडबाट बगेकी कञ्चन झरनाको पवित्रतालाई परावर्तित गरिाखेकी थियौ – मेरा आखाहरूमा। तिमी र म हुनुको बीचमा झरनामा तिनै कञ्चन थोपाहरू साक्षी थिए।
प्रिय मधुरिमा, तिमी र म बग्दै गयौं। झरनाको कञ्चन पानीमा हामी कहाबाट कहँ, कुन आकृतिमा बग्यौं हामीलाई थाहा हुन सकेन। बग्नु नै हाम्रो नियति थियो। हामी फर्केर फेरि मुहानमा पुग्न सक्दैनथ्यौं। प्रिय मधुरिमा, न तिमी समयलाई बाध्न सक्थ्यौं, न म नै बाध्न सक्थे। समय बगिरहेको थियो। झरनाको पानी भएर मैले आफूभित्र तिमीलाई खोजे अनि तिमी भित्र आफूलाई। तिमीलाई गरेको प्रेमको परिभाषा खोजे। मैले बादलमा खोजे, झरनाको पानीमा खोजे, प्रकृति आफैले बनाएका सुन्दर पहाडहरूमा खोजे। प्रेमको नौलोनौलो परिभाषा यतैकतै पाए मैले। मैले स्पर्श गरे प्रेमको त्यो मीठो अनुभूतिलाई, मैले साक्षात्कार गरे प्रेमको त्यो सुन्दर आकृतिलाई, मैले आलिङगन गरे प्रेमको त्यो मूर्तिलाई र विराजित गरे हृदयमा कहिले अदृश्य नहुनेगरी।
प्रिय मधुरिमा, तिमी सधै यस्तै प्रेमको प्रतिमूर्ति भएर बाच्न सक्छौं? कतै तिम्रो सौन्दर्य शरदको चिसोले कठयाङ्ग्रिने त हैन अथवा कतै तिम्रो सौन्दर्यलाई ग्रीष्मको अविरल बर्षाले चुटेर रूपहीन पार्ने त होइन अथवा कतै बसन्तको हावाले उडाएर कतै पुर्याउने त होइन? प्रिय मधुरिमा, कतै तिमीप्रतिको मेरो प्रेम आकृतिविहीन, अस्तित्वविहीन भएर हराउने त होइन? किनभने जीवनका प्रत्येक वस्तु नाशवान छन्। कही यतैकतै हाम्रो प्रेम हराएर म भौतारिहरेको हुने त छैन? तिमी जीवन मात्र होइनौं, तिमी प्रकृति पनि हौ। प्रकृति कहिल्यै नाशवान हुन सक्दैन। अनुभूति कहिल्यै मर्न सक्दैन। कैयौ प्राकृतिक दुःख खेपेर फुलेकी तिमी कहिल्यै झर्न सक्दिनौं।
प्रिय मधुरिमा, त्यो दिनको दृश्य स्मरण गर्दै छु अहिले म। पर्यटकलाई स्वागत गर्न बसेकी तिमी सायद तिम्रो हातको माला मेरो गलामा पहिरिन उत्सुक भइरहेका थिए होलान्। त्यसैले समय र परिस्थितिले तिमीले हजाराै स्नेह र आस्थाका थुगा मिलाएर उनेकी माला मेरो गलामा पहिरिन संयोग मिलेको थियो। सायद ती प्रत्येक थुगाका सौन्दर्य मिलेर तिमी बनेकी थियौं। अलिकति प्रकृतिले आफ्नो सौन्दर्य तिम्रो रूपलाई अर्पित गरेको थियो क्यारे, अलिकति फुलहरूले र अलिकति मेरा आखाहरूले। तिमी शुक्लपक्षको चन्द्रमाझैं सौन्दर्यको मधुरो प्रकाश छरिरहेका थियौं। प्रकृतिको मनोरम गाउ– तिम्रो रानीगाउ। साच्चै तिम्रो गाउ सौन्दर्यकी खानी थिई। प्रत्येक सौन्दर्य पारखीकी मुटुकी रानी थिई। सायद सौन्दर्यपारखीलाई पनि मुस्किल पर्न सक्थ्यो – तिम्रो सौन्दर्य र तिमंो गाउको सौन्दर्यलाई तुलना गर्नेका लागि।
पर्यटकहरूको स्वागतको भब्य तयारीमा जुटेको – तिम्रो गाउ। आधुनिकताको नाममा एउटा एयरपोट र तारविनाको एउटा टेलिफोनबाहेक अरू कुनै कुरा भेट्न मुस्किल पर्दथ्यो। चारैतिर प्राकृतिक मुस्कानहरू छरिएका थिए। अनि व्यवहार र बोलीवचनमा निश्छलता, हार्दिकता र आत्मीयता थिए। कतै मिसावट थिएन। तर हामी सहरियाहरूमा विशुद्धता थिएन। हामी आफूआफू नै अविश्वास र अनास्थाका पुजारी थियौं। हामीले हाम्रो व्यवहारको सिकार तिमीलाई बनाउन पुग्यौं। हामीले त्यो दिन बेलुका तिमीमाथि आरोप र लाञ्छनाका बल्छी फ्याक्यौ। तिमीलाई घाइते बनायौ। तिम्रो रूप र सौन्दर्यमा दोष र खोट मात्र देखायौं । राति कोठामा सुत्ने तरखर गर्दा कुनै एउटा साथीको केमरा र बहुमुल्य सामान भएको झोला हराउदा हामीले त्यो दृष्कार्यको सम्पूर्ण जिम्मा तिमीमाथि थोपार्यौं। हामी सहरिया मानिस अमानवीय र अविश्वासी वातावरणमा हुर्कको मान्छे, तिम्रो पवित्र हृदयको मूल्याङ्कन नै गर्न सकेनौं। भोलिपल्ट तिमीले जब कतै बेवारिसे भइरहेको त्यो झोला सकुशल ल्याईदिएका थियौं तब तिमीप्रतिको मेरो विश्वास, आस्था र प्रेम चुलिएर सगरमाथा भएको थियो। हामी हिनताबोधले ग्रस्त भएका थियौ। त्यसपछि मैले आफ्नो हृदयमा तिमीलाई राखेको थिए।
प्रिय मधुरिमा, त्यसपछि रानीगाउको प्रत्येक कुनाकुना हाम्रो प्रेमबाट परिचित हुन पुग्यो। म डोरिएको थिए तिमीसगै, कहिले डाडामा, कहिले सामुदायिक वनमा, कहिले झरनाहरूमा हामी रानीगाउको प्रत्येक वस्तुसग साटियो। कहिले मेरो शिर तिम्रो काखमा अलौकिक प्रेमानुभूतिको मीठो स्पर्शमा हुन्थ्यो भने कहिले तिम्रो शिर मेरो काखमा। दिनहरू घण्टामा बदलिन्थे , घण्टाहरू मिनेटमा बदलिन्थे र मिनेटहरू सेकेडमा। हामी पनि समयसग बदलियौं। हामी कहिले ठोसबाट तरल बन्यौं। कहिले तरलबाट ठोस बन्यौ.। कहिले वाफिएर हावा भएर अखण्ड ब्रमाण्डमा विचलन गर्न पुग्यौं। फेरि तरल भएर ठोसमा परिवर्तन भयाै। समय बलवान थियो। हाम्रो मिलन, हाम्रो ढुकढुकी र हाम्रो एकात्मकताभन्दा बलियो थियो। त्यसैले तिमीसगको अलौकिक प्र्रेभानुभूतिको अविस्मरणीय भारी बोकेर म एक्लै फर्कनु परेको थियो। त्यो विछोडको पिडा सायद म शब्दमा वर्णन गर्न सक्दिन। सायद तिमी पनि क्षत विक्षत भएर टुक्रिएकी थियौं। त्यो पिडाले तिमीले आफ्नो खण्डित अर्न्तहृदयलाई मुस्किलले जोडेर मलाई विदा गरेकी थियौं।
प्रिय मधुरिमा, अब म फेरि तिमीलाई उही रूप र सौन्दर्यमा फेरि कहिले, भेट्न सकुला? मलाई डर लाग्छ कतै तिम्रो मेरो मिलन अतीत बनेर हराउने त होइन? तर पहाड, बादल झरना साक्षी छन् – मैले तिमीलाई गरेको पवित्र र अमर प्रेमको कथा। सायद हाम्रो प्रेमको कथा प्रकृतिले सधै गाइरहनेछ।
तिम्रो उपासक
प्रिय उपासक, तिमीले आफ्नो सन्देशमा धेरै कुरा लुकाएका रहेछौ नि तिमी र म जङ्गलजङ्गल दौडदै गर्दा तिमीलाई सिस्नोले पोलेर कहालिएको कुरा त लेख्न नै बिर्सेछौ नि। फेरि हामी दुई एकान्तमा हराउदा कसैले थाहा पाउछ भनी सतर्क भएका कुरा र थाहा पाए कि भनी डराएको कुरा त भन्नै सकेनौ किन हो? हाम्रो मायासगै फूल मात्र होइन काडा र विषालु झारहरू पनि सगै उम्रेका थिए। हामीले काडा र बिषालु झार फाल्न धेरै मिहिनेत र युक्तिहरू प्रयोग गरेका थियाै। कतिपय ती युक्तिहरू सफल पनि भए र कतिपय असफल पनि भए। सफल हुदा हामी हर्षित हुन्थ्यौ र असफल हुदा हामी चिन्तित। तर पनि हामी हाम्रो प्रेम विशुद्ध, कञ्चन र स्वच्छ हावामा फुलाउन सफल भएका थियौ। एकपल्ट तिमी मलाई भेट्न आउदा खेतको कान्लाबाट पछारिएर तल पुगेको कुरा त खुलाएनछौ नि किन हो बिर्सेछौ नि त्यो बेला तिम्रो खुट्टा भाचिएको भए के गर्ने भनेर म औधी डराएकी थिए। तर ईश्वरको कृपाले तिमीलाई केही भएन। त्यो बेला तिमीले सबै कपडा भिजेर सुकाउनु परेको थियो। अनि तिमीले जङ्लका ठूलठूला रूखका पातहरूले आफ्ना गोप्य अङ्गहरू छोपेको कुरा लाजले होला खोल्न नै सकेनछौ नि मैले त कुनै कुरा बिर्सेको छैन। सबै कुरालाई जीवन्त बनाएर हृदयमा साचेर राखेकी छु।
तिमीले मलाई त्यसबेला एउटा कविता पनि कोरेर कोशेलीको रूपमा छोडेका थियौ। उसबेला छोडेको कविता अहिले पनि मलाई कठस्थ छ –
प्रिय मधुरिमा
तिम्रो माया फुल्नु थियो फुल्यो
तिम्रो माया खै कहा फुल्यो भनू?
तिम्रो माया फूलमा फुल्यो भनू भने
प्रत्येक रात अध्यारोको डरले तडपनुपर्ने थिएन
तिम्रो माया माटोमा फुल्यो भनू भने
सुगन्ध छर्दै मुस्कुराउन कफर्यूको आदेश मान्नुपर्ने थिएन।
तिम्रो माया बारुदमा फुल्यो भनू भने
तिम्रो मायाको आयु क्षणिक हो भन्न गाह्रो हुने थिएन।
तिम्रो माया फुल्नु थियो।
फुल्यो।
त्यो स्वाभाविक थियो।
तिम्रो माया पहाडमा फुल्यो क्यार
त्यसैले तिम्रँे मायाको सुगन्ध लिन हावाहरू बतासिइ रहेछन्।
तिम्रो माया सागरमा फुल्यो क्यार ?
त्यसैले नदीहरू बेजोडले भेट्न दौडिरहेछन्।
तिम्रो माया सायद यतै कतै फुल्यो कि ?
तिम्रो माया मेरो मनमा फुल्यो क्यारे ?
त्यसैले मेरो मन तिम्रो मायाले भरिएको बेलुन भएर उडिरहेको छ।
तिम्रो माया सायद मेरो तनमा फुल्यो क्यार ?
त्यसैले मेरो तन तिम्र्रो मायाको बिद्युतीय तरङ्गले तरङि्गत भइरहेको छ।
तिम्रो माया सायद मेरो भावनामा फुल्यो क्यार ?
त्यसैले मेरो भावानाहरू अवरोधहरूका अविरल वर्षालाई रोकेर
सप्तरङ्गी इन्द्रेणीझै हास्न सफल भइरहेछ।
तिम्रो माया सायद मेरो चाहनामा फुल्यो क्यारे ?
त्यसैले अवरोधका हजारौ शिखर काटेर
गङ्गाझै अविरल बगिरहेछ।
प्रिय उपासक, तिमी शिक्षित मानिस। तिमी एक्काइसौ शताब्दीमा बाचेको मानिस। तिमी जीवनको अनुभूतिलाई कलामा सिगारेर बाच्ने मानिस। तर म अठारौ शताब्दीमा रुमलिएकी मसग तिम्रो जस्तो अनुभूतिलाई कलामा उतार्ने खुबी छैन। म आफ्ना भावानाहरू प्रकृति मार्फत मात्र व्यक्त गर्न सक्छु।
तिम्रो सन्देशले लाग्छ तिमी जसरी भएपनि हाम्रो प्रेमलाई जीवित राख्न अवश्य आउनेछौ। अहिले सम्म तिम्रो मधुरिमा तिम्रो पर्खाइमा उही रूप, उही सौन्दर्य उही आत्माकाङ्क्षाका फूलले सजिएको माला बोकेर उभिइरहेकी छे , पर्खिबसेकी छे।
प्रिय कथाकार दिवाकर नेपालीज्यू, मेरो मायाको क्यानभासका यी दुई पात्रहरूको कथा पनि हाम्रो जस्तै मिलनपछि विछोडमा बदलिएको छ। हाम्रो मिलन त क्षणिक थियो। हाम्रो मिलनमा यति धेरै एकात्मकता, आत्मीयता र समर्पण थिएन। तर मेरो मायाको क्यानभासका यी दुई पात्रहरूको प्रेम मीठो अनुभूतिमा डुबुल्की मार्दै उत्रर्दै गरेका छन्। त्यसैले यी दुई पात्रको अवश्य भेट हुनुपर्दछ। यी दुई पात्रलाई तपाईको अमूर्त कलाले कसरी व्याख्या गर्दछ म भन्न सक्दिन147 तर मेरी मधुरिमाले प्रेमको अदालतमा अवश्य न्याय पाउनेछे भन्ने ठानेकी छु किनभने मधुरिमा उपासकविना सधै अधुरो र अपूरो रहन्छे।

वास्तव
बिहानीको मधुरताले सिँगो दिन सुखमय बनाउँछ रे । तर यो बिहानीले राम्रो संकेत लिएर आएको थिएन । एक त रातभरि मुटु नै छेड्नेगरी आएका गोलीका आवाजहरुले अहिलेसम्म पनि डर दिइरहेको थियो अर्कोतिर बाटोभरि रुखहरु ढलेका थिए । आज प्रवेशीका परीक्षा पहिल्यै नै यो उकालो चढ्दा चढ्दै ढिलो भएसकेको थियो झन सबै साथीहरु पहिल्यै गइसकेकोले आफु एक्लै परियो । एक्लै हिड्दा कता कता मनमा रातका ती भयङ्कर दृश्यहरुले अझ बढी डर थपिरहेको थियो ।
एउटा अग्लो उचाइ भएको र अर्को ठूलो आँखा भएका सैनीकका अनुहार अहिले पनि झल्झली आँखै अगाडि छ । उनीहरुले मुठभेड भनेपनि वास्तवमा हिजो कुनै दाहोरो मुठभेड चलेको थिएन । उनीहरु सायद लड्न आएका विद्रोहीहरुको सामना गर्न सक्दैनथे कि त्यसैले बन्दीहरुलाई बाहिर निकाल्दै गोली हान्दै थिए । त्यसैले कतै झूठो भिडन्तमा आपुू पनि परिने हो कि भनेर म बिहानदेखि नै डराईरहेको थिएँ ।
रातभरि टुकी बालेर पढ्छु भन्ने सोचेको त थिएँ डरले गर्दा टुकि निभाउनुपर्यो । रातभरि डरले गर्दा निद्रा पनि लागेन पढ्नुको त कुरै छोडाँै । परीक्षा राम्रो नहोला भन्ने डर भन्दा पनि आज फेरि गाउँमा के पो हुने हो भन्ने डर बढ्ता लागीरहेको थियो ।
जङ्गलै जङ्गलको उकालो बाटो त सकिनै लागेको थियो तर स्कुल पुग्न अझै खोला तार्नु थियो । सायद परीक्षा शुरु भइसकेको थियो होला तर आपुू भने अझै बाटोमै थिएँ । दौडिन खोज्दै थिएँ अचानक केही राइफलधारीहरु तलतिर झर्दै रैछन् दौडिन डर लाग्यो । उनीहरु सरकारी पक्षका रैछन् । हामी गाउँलेहरुलाई विद्रोहीहरुको भन्दा पनि यिनुरुकोबढ्ता डर लाग्थ्यो । उनीहरु त आउँथे केही बुझाउँन खोज्थे आफ्ना कुरा जसरी भएपनि सुनाई छाड्थे तर उनीहरु गइसकेपछि हामीहरुले सास्ती भने भोग्नुपथ्र्यो । तर किन-किन उनीहरु आफ्नै मान्छे जस्तो लाग्न थालेको थियो । तर यिनुरु वर्षमा एक दुई पटक मात्र आउँथे हाम्रो गाउँमा घर-घर खोतल्थे दुई चार जना गाउँलेलाई लैजान्थे तर कहिल्यै फर्काुथेनन् । तिनुरु काँ छन् कुन हालतमा छन् कसैलाई थाहा छैन तर सोध्ने आँट कसैले गदैनथे ।
कतीबेला तिनीहरु मेरो सामुन्ने आईपुगेका रैछन् पत्तै भएन । ए केटा काँ जान आटिस् एकजना अग्लो-अग्लो सैनिकले मलाई हकारेको स्वरमा सोध्यो । मैले डराउँदै-स्कुल परीक्षा दिन जान लागेकाे भनँे । अर्को सैनिकले मेरो तलासी लिरहेको रैछ मैले पछिमात्र थाहा पाएँ । तलासी लिनेले मेरो नाम सोध्या मैले रोशन भनेर जवाफ दिएँ । अघिकै अग्लो सैनिकले अचानक मेरो कठालो समात्दै मप्रति क्रोधित हँुदै भन्यो साले आतङ्ककारी तेरो प्रवेश पत्रमा कृष्ण लेखीराछ हाम्लाई ढाट्छस् उनीहरुले तलासी लिने बेला मेरो प्रवेश पत्र झिकिसकेका रैछन् । मेरो घरमा मलाई माया गरेर रोशन भनेर बोलाउँथे । मेरो स्कुलमा भने बुवाले कृष्ण नाम लेखिदिनुभएको थियो । मलाई सबैले रोशन भनेर बोलाउने हुँदा कृष्ण भन्ने मेरै नाम हो भनेर पनि मलाई त्यति याद हँदैनथ्यो । त्यसैले मैले बेहोसीमै ुरोशनु भनीदिएँ । मलाई थाहा थिएन नामले पनि यति धेरै समस्या दिनेवाला थियो ।
अचेल आतङ्ककारीहरुले हिमाल पहाड क्रान्ति आन्दोलन ज्वाला रोशनु यस्तै-यस्तै नाम राख्छन् साले त्यसोभए त पनि दुईटा नाम भुको रैछस् । त पक्कै आतङ्ककारी होस् । भन अरु आतङ्ककारीहरु काँ छन्, मेरो मुटुले ठाउँ छोड्दै थियो । के भन्नुपर्ने हो के भन्नुनपर्ने हो मलाई केही थाहा थिएन । बरु साँचो बोल्दा बचिएला कि भन्ने सोचेर डराई-डराई भनँे म यस्तोमा लाग्या छैन । मैले कैले उनुरुसीत बोल्या पनि छैन खाली एकचोटी हाम्रो स्कुलमा आका थे तर मैले कसैलाईनि चिन्दिन ।
ए भेट्या त रैछस् त्यसो भए त साले पक्कै आतङ्ककारी नै होस् । भन्दै अर्कोले मेरो प्रवेश पत्र धुजा धुजा पारेर भुईंमा फ्याँकिदियो । मैले डर र रिस मिश्रित भावमा उसलाई हेरेको मात्र के थिएँ मेरो पिठ्युमा कसैले जोडले बुटले हिर्कायो र म केही पर गएर नराम्ररी पछारीएँ मुखबाट रगत पनि बग्न शुरु गर्यो । धेरै नै पीडा भएर म छट्पटिन थालँे मेरो आँखा वरीपरि अँध्यारो पर्दा खस्न थाल्यो । मेरो आँखामा पट्टी बाधियो मेरो हात पनि पछाडिपट्टी लगेर कसियो । अब भने पक्कै मरिने भो भन्ने सोचेर म जोडले रुन थालँे ठूलो स्वरमा रुन थालेपछि अचानक मैले कतै नजिकै गोली पट्किएको आवाज सुनँे । मेरो आँखाको पट्टी पनि अचानक आफै खुल्यो मेरो हात पनि खुकुलो भयो । टाढा टाढासम्म कसैलाई देखिन ती सैनिक साँच्चै कहाँ गएछन् म रनभुल्लमा परँे । गोजी छाम्दा मेरो प्रवेशपत्र जस्ताको तस्तै थियो मेरो मुखबाट रगत बगेको पनि थिएन । म सपना देख्दै थिएँ कि एकछिनमै यो सब जादु भयो
सायद यो घटना त्यो दिनका लागि साँचो थिएन होला तर यो आफैमा झूठो पनि थिएन । रोशन छिटो जाउ हामी पूरा आधा घण्टा ढिलो भइसक्याँै । एकजना अर्को साथी पनि ढिलो आउँदै रहेछ ।

क्रम
घरि दायाँ कोल्टे फेर्छ घरि बायाँ कोल्टे फेर्छ । एकैछिनमा लामो सास फेर्छ । अनि नाडीको घडीमा यस्सो आँखा दगुराउँछ ।
‘उफ्, कति लामो रात पनि’ मनमनै सुस्केरा हाल्छ ।
फेरि स्मृतिमा उही कुरा दोहोरिन्छ ।
‘छैन मसँग पैसासैसा’ उसका बाबुको स्वर सधैंभन्दा ठूलो थियो ।
‘अर्को हप्तासम्म पैसा नतिरे जरिवाना लाग्छ रे । अझै पनि नतिरे जाँचै दिन पाइन्न रे बा’ दबेको रुन्चे स्वर बहिनी शोभाको थियो ।
‘पर्दैन जाँच दिन, पर्दैन पढ्न । डेरालाई पैसा, खान-लाउन पैसा, पढ्न पैसा । पैसा, पैसा । भन्नासाथ कहाँबाट आउँछ पैसा ?’
क्याम्पसबाट फर्कंदा भ-याङमा आइपुग्दा सुनेका यी कुरा नविनका कानमा ठोक्किरहन्छ र उसलाई रातभर निद्रा पर्दैन ।
‘अब त उज्यालो भयो होला’ नविन जुरुक्क उठ्छ । सँगै सुतिरहेको भाइ सुवासको कपाल मुसार्छ । खाटबाट ओर्लन्छ । अर्को खाटमा सुतिरहेकी बहिनीतिर पुलुक्क हेर्छ र सरासर बार्दलितिर जान्छ । उसले आफ्ना आँखा बाहिर डुलाउँछ । मान्छे चिन्न सकिने उज्यालो अझै भएको हुँदैन । हातमा अलिकति पानी लिन्छ र आँखा भिजाउँछ । अनि पूर्वतिर हेरेर एकोहोरो टोल्हाउन थाल्छ ।
अल्छि मानेझैं गरी बिस्तारै सूर्य झुल्किन्छ । मन बहलाउन नविन बाहिर निस्कन्छ । नजिकैको पत्रिका पसलमा यस्सो मुन्टो घुमाउँछ । अकस्मात उसका आँखा एउटा पत्रिकामा गएर रोकिन्छ । ‘आवश्यकता’ लेखिएको एउटा विज्ञापन देखेपछि हत्तपत्त पत्रिका थुत्छ र ध्यान दिएर हेर्न थाल्छ । हेर्दाहेर्दै उसका आँखामा चमक आउँछ । पसलमा एक टुक्रा कागज मागेर केही टिप्छ र पत्रिका त्यहीँ छोडेर फेरि घरभित्रै पस्छ । कोठामा जान्छ केही कागजपत्र बटुल्छ, फाइलमा बाँध्छ र फाइल बोकेर खानै नखाइ कसैलाई थाहा नदिइकन ऊ बाहिर निस्कन्छ ।
ठुलो जोशका साथ नविन एउटा अफिसमा पुग्छ । केहीबेर कुराकानी हुन्छ ।
‘ठीक छ, आफ्नो बायोडाटा र सर्टिफिकेटहरु छोडेर जानुस् । अन्तर्वार्ताको लागि भोलि आउनुस्’ यति सुनिसकेपछि आफ्ना कागजपत्रहरु छोडेर नविन फर्कन्छ ।
भोलिपल्ट पनि नविन सबेरै उठ्छ । फाइल बोक्छ र अन्तर्वार्ता दिन हिँड्छ । अन्तर्वार्ताको नतिजामा नाम निक्ले बोलाइने आश्वासन पाएर नविन फर्कन्छ । केही दिनपछि नविन आफैं अफिसमा पुग्छ तर आफ्नो नाम ननिस्केको थाहा पाएर ऊ दुःखी हुन्छ ।
फेरि ऊ पत्रिका पल्टाउँछ । अर्को कम्पनीमा जान्छ । अन्तर्वार्ता दिन्छ । नाम निस्कनेको सूचीमा आफ्नो नाम खोज्छ, पाउँदैन र निराश हुन्छ ।
यसरी पत्रिका हेर्दै निवेदन दिने र अन्तर्वार्ता दिने क्रम चलिरहन्छ । तर उसको नाम कतै ननिस्केपछि ऊ थकित हुन्छ ।
‘सब वाहियात हुन्’ नविन हातमा बोकेको पत्रिको टुक्रा च्यातचुत पारेर फाल्छ ‘सबका सब झुट् हुन् ।’
अहिले नविन आफ्नै क्याम्पसनेर पुगेको छ । बेलुकीको पढाइ सुरु हुने बेला भैसकेको छ । धेरै दिनपछि ऊ आज क्याम्पस पस्छ ।
‘क्या हो नविन, यतिका दिन कता गायब ?’ क्याम्पस पस्नेबित्तिकै केही साथी नविनलाई घेर्छन् र प्रश्न गर्छन् ।
‘त्यसै, आफ्नै काममा’ कुरा टाल्न खोज्दै नविन बोल्छ र सरासर कक्षाकोठामा पस्छ ।
कक्षामा पढाइ भइरहेको छ । नविनको मन भने कक्षामा हुँदैन । पढाइ हुँदाहुँदै ऊ उठेर हिँड्छ ।
नविन कोठामा फर्कन्छ । बाबु कामबाट अझै फर्केका हुन्नन् । आमा बाबुलाई नै पर्खेर
टोल्हाइरहेकी छिन् । भाइ र बहिनी पढ्नमा व्यस्त छन् । नविन एउटा कुनामा जान्छ र टुक्रुक्क परेर बस्छ ।
त्यत्तिकैमा कोठामा बाबुको प्रवेश हुन्छ । कामको बोझले होला ुथकाइ र भोकु एकसाथ देखिन्छन् उनको अनुहारमा । नविनले खल्लो महसुस गर्छ ।
आउनेबित्तिकै बाबुका आँखा नविनमा पर्छन् । ‘धेरै दिनदेखि नकाटेको दाह्रीजुंगा, जिङ्ग्रिङ परेका कपाल, भित्र गड्का आँखा’ नविन धेरै दिनपछि बिमारबाट उठेको बिरामीझैं देखिएको हुन्छ ।
‘नविन, के भयो तँलाई ?’ बाबु नविनतिर हेरेर सोध्छन् । नविन बोल्दैन ।
‘म सोध्दैछु, के भयो तँलाई ?’ बाबुको थकाइ एकाएक रिसमा फेरिन्छ ‘बिहान खानै नखाई निस्कन्छस् रे । दिनभर बाहिरै हुन्छस् रे । के हो तेरो चाला ?’
‘बुबा’ मसिनो तर धोद्रो स्वरमा नविन बोल्छ ‘एक न एक दिन त मैले पनि काम पाउँछु होला नि । त्यसपछि तपाईंले यस्तरी दुःख गर्नुपर्दैन ।’
परिवारमा एकछिन सन्नाटा छाउँछ । केहीबेर बाबु पनि चूप लाग्छन् । अनि नरम भएर बोल्छन् ‘किन यस्तो चिन्ता लिएको तैंले ? म ज्यूँदो छन्जेल तिमीहरुले भोकै सुत्नुपर्दैन नाङ्गै बस्नुपर्दैन । आफ्नो पढाइमा मात्र ध्यान दे ।’ बाबु टोल्हाउँछन् र आफूले पढ्न चाहँदा चाहँदै पढाइ छाड्नु परेको कुरा सम्झन्छन् ।
‘किन ढाँट्नुहुन्छ बुबा ?’ मनमनै नविन प्रश्न गर्छ ‘कति दिन दुःख लुकाउनुहुन्छ र कतिञ्जेल एक्लै बोक्नुहुन्छ परिवारको बोझ ?’
नविन निहुरिन्छ, आफ्नो टाउको दुई घुँडाको बीचमा च्याप्छ र बेस्सरी आँखा चिम्लन्छ ।
‘दाइ, हिजोअस्ति तपाईं काम खोज्न जानुभएको हो ?’ नविनको नजिक आएर भाइ सुवासले सोध्छ ।
टाउको उठाएर नविन भाइतिर हेर्छ र भाइको गाला मुसार्छ ।
‘भैगो खाना खाऊँ र सुतूँ’ आमा मुख खोल्छिन् । शोभा सबैलाई खाना पस्किन्छिन् । मन नलागी-नलागीकन नविन खाना खान बस्छ । एक-दुई गाँस टिप्छ र छोड्छ ।
सबै जना सुत्छन् । नविन पनि सुत्छ तर उसको मन एक तमासको हुन्छ । जेठो सन्तान भएर परिवारको लागि केही गर्न नसक्दा उसको मन भारी भएर आउँछ । ‘‘पत्रिका हेर्दै अन्तर्वार्ताको लागि धाएको सूचीमा आफ्नो नाम खोजेको र आफ्नो नाम नभेटेपछि निराश भएको’ तस्वीर उसको मनमा आइरहन्छ र ऊ फेरि बर्बराउन थाल्छ ‘सब वाहियात हुन्, सब झुट हुन् ।’ बर्बराउँदा बर्बराउँदै धेरै दिनदेखि ननिदाएका उसका आँखा लाग्छन् ।
‘दाइ’ एकाबिहानै भाइ सुवासको चर्को स्वर सुनेर नविन ब्युँझन्छ ।
‘इः हेर्नुस् त’ हातमा बोकेको पत्रिकामा आवश्यकताको विज्ञापन देखाउँदै सुवास बोल्छ ।
‘कहाँबाट ल्याइस् यो ?’ वितृष्णाको भावले मुन्टो अन्तै फर्काएर नविन बोल्छ ‘लैजा यहाँबाट सब झुट हुन् ।’
दाइ रिसाएको थाहा पाएर सुवास बोल्दैन । पत्रिका त्यहीँ छोडेर ऊ दौडेर जान्छ ।
मन नलाग्दा नलाग्दै नविनको टाउको पत्रिकातिर फर्किन्छ । ‘आवश्यकता’ लेखिएको विज्ञापनमा गएर उसका आँखा फेरि एकपटक ठोक्किन्छ । बिस्तारै पत्रिका हातमा उठाएर ऊ पढ्न थाल्छ । पढ्दापढ्दै फेरि एकपटक उसका आँखाका चमक आउँछ । निराश भएको उसको मनमा फेरि एकपटक खुशी छाउँछ । यतिबेला अन्तर्वार्ताको लागि धाउँदा धाउँदा आफू थाकेको कुरा उसले बिर्सिकेको हुन्छ । अघि भर्खर विज्ञापनलाई झुट भनेको कुरा पनि उसले भुलिसकेको हुन्छ ।
नविन हत्तपत्त खाटबाट ओर्लन्छ । तयार हुन्छ र आफ्ना कागजपत्रहरु फाइलमा राखी फाइल बोकेर कसैलाई केही नभनी ऊ बाहिर निस्कन्छ ।
विज्ञापन हेरेर अन्तर्वाताको लागि नविन धाउने क्रम फेरि एकपटक सुरु हुन्छ ।

भबिष्यवाणी
रामप्रसाद जन्मदा ज्योतिषीले भबिष्यमा कि त उ धनी हुन्छ कि त उ जोगी हुन्छ भनेर भबिष्यवाणी गरिदिएका रहेका छन्। उ गरीब परिवारमा जन्मेको थियो त्यसैले उसको परिवारले पनि उ भबिष्यमा जोगी नै हुन्छ भनेर अड्कल काटे।
समय बित्दै गयो। रामप्रसाद पनि हुर्क्यो। उमेरको परिपक्वतासँगै उ पनि केही गर्न सक्ने खालको भएको थियो। धनी बिधालयमा पढ्न नपाएपनि साधारण बिधालयमा उसले पढ्न पाएको थियो। त्यसैले उ साक्षर नै थियो।
गम्भीर स्वभाव भएको उसको त्यो बानीले साथीभाइहरुसँग त्यति घुलमिल हुन नसके पनि कुनै पनि घटनादेखि उ धेरै संवेदनशील हुन्थ्यो। त्यसैले उसको झुकाव साहित्यतिर गयो।
रामप्रसादले पनि साना साना फुटकर रचना लेख्यो। र त्यसलाई बिभिन्न पत्रिकाहरुमा छापियोस् भन्ने हेतुले रचनाहरु पठाउन शुरु गर्यो। उसका ती रचनाहरु पनि सायद राम्रै भएकोले होला पत्रिकाहरुमा छापिन थाल्यो।
रामप्रसादले बाहिरी नोकरी पनि शुरु गर्यो। उसको गरिबीलाई केही हदसम्म त्यो नोकरीको कमाईले धान्न थालेको थियो। यतातिर जागिर अर्कोतिर साहित्य। त्यतिञ्जेल सम्म त राम्रै भएको थियो। तर भाग्यको लेखा मेटेर मेटिदैनथ्यो। भाग्यमा जे लेखिन्छ त्यो त हुनैपर्थ्यो र भोग्नैपर्थ्यो।
कमाई ठीकठाक चलिरहेको बेला मंहगी एक्कासी आकासियो। उसको त्यो कमाईले मंहगीलाई केही लछारपछार पार्न सकेन। अन्तमा केही सीप नलागेपछि उ जोगी बन्ने अवस्थामा पुग्यो। भोलीपल्ट नै उ जोगीको भेष भिरी माग्न हिड्यो। तर बिधीको बिधान.... उ ठगिएछ। जुन दिन उ जोगी भएर हिड्यो त्यही दिन उसको एउटा रचना उत्कृष्टमा दरिएछ र सम्मान र महङगो पुरस्कारले सम्मानित गरिने भएछ ...

पढ्ने धोको
'ए कान्छा, तँ पनि चिया खान्छस ?'
गलेर लखतरान देखिएको आफ्नो छोरालाइ उसले सोधी । छोरा बोलेन । टाउकाको टोपीले आफ्नो अनुहार सिनित्तै पुछ्यो । अनि त्यसैले हम्कन थाल्यो । पसल्नीले चिया ल्याएर बुढीलाइ दिइन । छोरालाइ पनि दिइन । छोराले छिट्छिटो चिया खायो । अनि जुरुक्क उठ्यो । तर तुरुन्तै के सोच्यो कोनि थचक्क बस्यो । आफ्नो हत्केला एकछिन नियाल्यो । करिब आठ नौ बर्षको उसले हत्केलाका रेखाहरु हेर्यो
वा ठेला त्यो भन्न सकिँन । तर उ घोरिन थाल्यो ।
त्यती नै बेला चिया पसलमा दुइजना मानिसहरु आए । दुवै कुनै विद्यालयका शिक्ष्ाक जस्ता देखिन्थे । उनीहरुले चिया मगाए र गफिन थाले ।
'हुस्सु र कुहीरो त निकै बढ्न थाल्यो है सर ?' एकजनाले भने ।
'हो त विहान यसो बाहिर निस्कुँ भन्यो, चिसोले कठ्याङि्ग्रएर निस्कनै सकिन्न ।'– अर्काले बताए ।
'त्यही त ।' चिया आइपुग्यो । दुवैले एक सर्को चिया पिए ।
'मेरो त विहान दुइ ग्रुप ट्युशन आउँछन । ढिलो उठ्नै पाइँदैन ।' पहिलोले भने ।
'तपाइको दुइ ग्रुप छन ? वाफरे । मेरो त विहान छैनन बेलुका तीन ग्रुप छन । जम्मा तीन ग्रुप । कसरी त्यत्रा भए तपाइका विद्यार्थी ?'
'यो सब त व्यापार हो नि रमेश जी । व्यापारमा धेरै पैसा कमाउन नयाँ नयाँ रणनीति अपनाएजस्तै मैले पनि सही रणनीति अपनाएकोले यस्तो भएको हो । के गर्नु ? विद्यालयमा पढाउँछु । सबैले सर त भन्छन नि तर आफूचाहि व्यापारी बन्नुपरेको छ । आजको दुनियामा व्यापार नगरी उन्नती हुँदैन नि ।' उनले बताए । यतीञ्जेल झोक्राइ रहेको त्यो अघिको भरिया केटा यतिखेर भने सिधा भयो । उसले ती दुवैलाइ हेर्यो । 'हैन हौ सर, यसपाली दश कक्षाका कति जना विद्यार्थी पास होलान एसएलसीमा ?' भावी प्रक्षेपणको लागि एकजनाले अनुरोध गरे । 'खै कति हुन्छन भन्नु ? चिट चोर्न पाए र राम्रोसँग सार्न पाए भने सबै पास हुन्छन । नभएपनि त्यस्तै चालिस प्रतिशत जति चाहि पास होलान ।' उनले रहस्य खोले । 'फेरी सेन्टर सारिदियो भने चिट चोराउन गाह्रो पो पर्ने हो कि ?' पहिलाले आशंका व्यक्त गरे । 'कसरी पर्छ गाह्रो ? हाम्रो विद्यार्थीलाइ गाह्रो पारे भने हामीले पनि त उनीहरुको विद्यार्थीलाइ जानेकै छौं नि ।' उनले यसरी बताए । उनीहरुको गफ ध्यानपूर्वक सुनिरहेको त्यो भरिया केटा उनीहरु नजिकै पुग्यो अनि मसिनो स्वरमा अचानक सोध्यो ('यो एसएलसी पास भयो भने के हुन्छ ? 'प्रश्न सुनेर ती शिक्षकद्धय हाँसे । एक प्रकारले ती बालकको खिल्ली उडाए । खिल्ली उडाउन नहुने हो । तर के सुर चढयो उनीहरुलाइ त्यसरी हाँसे । हाँसो रोक्दै एक जनाले उल्टै सोधे ('पढेपछि के हुन्छ ? 'ती भरियाले भने ('ठूलो मानिस भइन्छ ।''ठूलो भनेको कस्तो ?''तपाइहरुजस्तै ।' उसले उत्तर दियो । 'हो......। एसएलसी पास गरेपछि ठूलो हुने बाटो खुल्छ ।' शिक्षकले ती बालक भित्रैबाट उत्तर निकाले । 'एसएलसी पास नगरी ठूलो होइदैन ?' उसले जिज्ञासा राख्यो ।'अहँ । जसरी घरको तला माथि माथि चढ्न एउटा सिँढी अर्को सिँढी गर्दै चढ्नुपर्छ, त्यसैगरी एसएलसी पास नगरी त्यहाँ भन्दा माथि पढ्नै पाइदैन ।
अनि नपढीकन ठूलो मानिस बनिन्छ कहि ?' ती शिक्षकले एउटा अकाट्य सत्य बताए । 'अब म ठुलो मानिस बन्न के गनुपर्छ ?''पढ्नुपर्छ । कति पढेका छौ तिमीले ?' शिक्षकले सोधे ।'पाँच कक्षा पढेर छोडिदिएको ।' सगर्व बालकको उत्तर थियो यो । 'त्यसो भए तिमीले अझ धेरै पढ्न बाँकी छ । भारी बोकेर कति कमाउँछौ दिनको ?''असी नब्बे रुपियाँ ।' केटाले अघिको हत्केला आपसमा रगड्दै भन्यो । 'अब त्यो पैसाले किताब कापी किनेर स्कुलमा भर्ना हुनु । पढ्नु है । हामी लाग्यौं ।' शिक्षक त्यहाँबाट हिडे । उनीहरु हिडेपछि उसले उनीहरुलाइ टाढासम्म हेरिरह्यो । आमाले हिड् भनेर घच्घच्याएपछि बल्ल झसंग भयो । बोक्न लागेको भारीबाट आफ्नो दृष्टि हटाइ आमातिर हेरेर उसले भन्यो ('आमा, म पनि ठूलो मान्छे बन्छु है । म पनि पढ्न जान्छु । पढेर ठूलो बनेपछि म तिमीहरु सबैलाइ आरामले पाल्छु नि है ।' छोराको यस्तो कुरा सुनेर आमा चाहिले केही उत्तर दिन सकिनन । चुपचाप भारी मिलाउन तिर लागिन । 'है ?' छोराले पुन: सोध्यो । 'मलाइ थाहा छैन । तेरो बाबुलाइ सोध ।' बाबुले अनुमती देलान कि नदेलान भन्ने दोधारमा पर्दै उसले भारी उचाल्यो ।

'फैसला'
छोरीको दाईजो प्रकृयामा खिचलो भई मुद्दा बनेर जिल्ला अदालतसम्म पुग्यो ।जायजेथा र सावगासले भ्याएसम्म दाईजो दिएकै थिएँ ।रै पनि चित्त बुझाउन सकेनन ।उनिहरुले माग राखे बमोजिमको रुपियाँ दस्तुर झट्टै थमाई दिने ममा हैसियत थिएन ।उनिहरुसङ्ग समय नभएकोले छोरीलाई नै भाका समय ठहर्याई फर्काईदिएका थिए ।
म धर्मसंकटमा परे ।छोरीको वल्ल बस्न लागेको घरजमलाई रुपियाँ कै कारणले बिथोल्न चाहन्नथें । त्यसैले माग पुरा गर्न नसकेता पनि केही रकम दिने निर्णयमा पुगें ।जो कुराको अवगत गराई छोरीको घरजम बचाइदिनलाई अनुनय गर्न जिल्ला न्यायाधिशको घरमा मुलाहिजा गर्न गएँ ।न्यायाधिशसमक्ष म आउनुको मुराद बताउन खोज्दै थिएँ,भित्र कोठाबाट लाञ्छना र अपशब्दका वचनहरु वर्षिएको सुनें ।अश्रुधारा बगाउदै नव बुहारी हामी समिप आईन्,न्यायाधिश ज्युले कटाक्ष पाराले बुहारीलाई मूल ढोकाको सँघार देखाईदिनु भो ।यो वातावरणलाई बुझ्न म भुत्तभोगिलाई कठिन लागेन, त्यसैले आफ्नो निर्णयलाई गथासो बनाई बैठक कोठाबाट उठ्दै भने-'हजुर,आज फैसला छ अदालत जाउँ कि !'

हर्के
खुला हृदयको हर्केलाई कसैको रीस छ न डरत्रास नै । विहानै काम गर्न निस्कन्छ हर्के । कहिले मुखियाको टारी खेतमा त कहिले डिट्ठाको गैरी खेतमा । छाक टार्ने देखि लिएर छोराछोरीलाई ड्रेस कापी कलम मसी आफ्नै पसिनाले पुर् याईरहेको छ । काँधमा रेडियो कहिल्यै छोड्दैन हर्के । कालीपारे दाइको गीत आउँदा खेतमै नाचिदिन्छ । रेडियोले 'कण्डम लगाऔं एड्स भगाऔं' भन्दा त्यसै हाँसीदिन्छ ।
दुई मात्र सन्तान ईश्वरको वरदानु भन्दा रेडियो नै बन्द गरिदिन्छ । हर्केका छोराछोरी आधा दर्जन भइसके । एउटा हुनेवालामा छदैछ । एकदिन हर्केकी श्रीमती बच्चा जन्माउन नसकेर बेहोस हुन्छे । उसलाई तुरुन्त अस्पताल पुर् याइन्छ । गाउँलेहरुले दश बीस रुपैयाँ उठाएर पाँच हजार सहित घीउ चामल दिन्छन् । हर्केले श्रीमतीलाई बचाउँछ । ऊ सबैलाई हसाउँछ । रेडियोमा गीत आउँदा आफूमात्र होइन मलाई पनि नचाउँछ । आजभोलि दुईमात्र छोराछोरी पाउनुपर्ने बताउँछ । मलाई घरीघरी सताउँछ । किनकी मेरो पनि यहि महिनामा विहे हुदैछ ।

पागल
उनिहरु गाउँ बिकास समितिको सभा सकेर घर फर्कदै थिए एक्कासी बाटामा एउटा पागल आफ्नो गुप्ताङलाई हातले सुम्सुम्याउदै, सर्बाङग सडकमा कुद्दै गरेको देखेर महिला र बाल बच्चाहरु लाजले आँखा छोप्न थाले |
चार - पाँच जना बयँस्क केटाहरु मिलेर पागललाई समात्दै रुमाल र जुत्ताको-इजार प्रयोग गरी लगौंटी बनाएर गुप्ताङलाई छोपिदिए | लामा - लामा नंग्रा, कुरुप अनुहार,दङदंती गन्हाउने शरीर, उसको मुखबाट मरेको कुकुरको सिनु जस्तै दुर्गान्ध आउँदै थियो | उ खबरदारिको स्वरमा काराएर भन्दै थियो कि "म मरे पनि आत्मासमर्पण गर्दिन, गुद्-द्वारमा लुकाएर राखेको कागज हेर्नेलाई मरिदिन्छु"|
केटाहरुले उसका बलिस्ठ पाखुरा र खुट्टाहरुलाई डोरिले बाँदेंर भुइमा लडाउँदै गुद्-द्वारमा लुकाएर राखेको कागज निकाले |
कागजमा लेखिएको ब्यहोरा पढ्दा थाहा भयो कि पत्र अख्तियार बाट लेखिएको रहेछ - समाज सेबा का नाममा कमाएको अकुत सम्पत्ति सहित उसले स्थानिय प्रशासन समक्ष् पन्द्र दिन भित्र आत्मासमर्पण गर्नु भनी लेखिएको पत्र पढिसकेपछी सबैको अनुमान सही साबित भयो कि उ त्यही सधैंभरी टेलिभिजनमा आइरहने र सभा-सम्मेलनलाई सम्बोधन गरिरहने चिर्-परिचित राष्ट्रिय ब्यक्तित्व नै रहेछ| उसलाई सबैले लाइन लागेर नमर्ने गरी स-संमान एक-एक लात्ती हिर्काए र स्थानिय पार्टी कार्यकर्ता को रोहबरमा उसलाई नजिकको प्रहरी चौकिमा बुझाइदिए |
यो समाचार भोलिपल्ट रेडियोबाट प्रसारित भयो | रेडियोबाट समाचार सकिना साथ मुलुकभरी पागलहरुको संख्या यसरी बढ्यो कि प्रहरीहरुको परिचालन समेतले तिनिहरुलाई संहाल्न नसकेर नेपाल सैनिक को सहयोग लिनु पर्यो|

सीपीको ढिपी
दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ?
सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए।
दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो। मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई ! आजको खाजाको स्पोन्सर म, यो चना केराउ राम्ररी भुट्नु, उ त्यो पोकामा चिउरा छ त्यो पनि झक मजाले खानुपर्छ है ! यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे।
*******
दाई आज अमेरिकन एम्बेसी जानु छ ! सीपीको हुलिया आज निकै बदलिएको थियो। नया पाइन्ट, सेतो सर्ट अनि कालो कोट ( लौन कहाबाट ल्याएछ यो कोट?)
मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे। सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ।
दाई ! ल म हिडे है, दस बजे एम्बेसी छिर्नू छ, भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो।
भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने।
हेर्नु न - उ सहज भाकामा प्रस्तुत भयो - चार जोर मोजा लगाउदा पनि साईलोको जुत्ता फिट भएन, मेरो त थोत्रो गोल्डस्टार मात्रै छ, त्यस्तो के लाउनु भनेर चप्पलै लगाएको !
लाटा ! तिम्रो र मेरो खुट्टाको नाप मिल्छ जस्तो छ, अप्ठ्यारो नमान्नु ! मैले धुलो झारेर मेरो कोसेली छालाको जुत्ता उ तिर लम्काउदै भने।
उ मात्र किचिक्क हास्यो।
साईलो जुत्ता चम्काउन बाहिर बरन्डा तिर दौडियो।
मैले ढाढस दिए - लक्की जुत्ता छ बाबु यो ! मेरो मामाले सीटिईभिटिको स्थायी ईन्जिनियरको जाचको अन्तबार्ता दिन जादा यै जुत्ता लगाएर गएका थिए, बुढाको नाम निस्कीयो। डन्ट वरी!
सीपी किचिक्क बाट मुस्कानमा उक्लीयो।
म जुत्ता बिहिन भए, बाहिर कतै निस्कीन पाईन, दिनभर कम्प्युटरमा काम गरेर बसे।
*******
भिसा पाउने-नपाउने कन्फर्म एघार बजेतिर हुन्छ भनेको थियो सीपीले। तर बाह्र बज्दा पनि मेरो मोबाईलले सीपीको कुनै हालखबर बताएन। पढाईमा अब्बल विद्यार्थी उ, त्यसमाथि निकै मिहिनेत गरेर राम्रो डकुमेन्ट बनाएको छु भन्थ्यो उसले, त्यसकारण पाउला नि। सायद सरप्राईज दिन फोन गरेन होला, मेरो आस मरिसकेको थिएन तर उ भने उता एम्बेसी तिर जिउदै मरिसकेको रहेछ।
*******
चार बजेतिर एउटा भावशुन्य अनुहार मेरो ढोकामा उभियो।
लोप्पा खायो ! आफ्नो अनुहारलाई आफैले लोप्पा खुवाउदै सीपी बोल्यो। म उसलाई सम्झाउन थाले।
दुईटै दाई अमेरिका पुग्लान भनेर दिउसै सपना देखेर हिडेको साईलोको अनुहार बादल लागेको आकाश जस्तो थियो, उ आफैले भिसा नपाए जस्तो! ( सीपीको माईलो भाई टीपी अमेरिका गएको तीन महिना भइसकेको थियो)
अब सीपी अमेरिकाबाट अष्ट्रेलियामा बढुवा भयो या उसकै भाकामा भन्नुपर्दा घटुवा भयो। अष्टे्रलिया जाने धुनमा उ गुणराज दाईको कन्सल्टेन्सी तिर धाउन थाल्यो। कुनै पनि हालतमा नेपाल छाड्ने एक शुत्रीय ढिपी बोकेर सीपी हिड्न थाल्यो।
--------------------------------------------------------------------------------
दाई ! साईलाले डुबायो !
के डुबायो ? जुठा भाडा सबै बाटामा डुबायो ? म आफ्नै धुनमा कम्प्युटरमा ब्यस्त थिए।
धत! जोक नगर्नु न यार, आफुलाई कस्तो टेन्सन भइसक्यो।
के भो ?
साईलाले नुमे बोकेर आएछ।
नुमे ? के हो यो ? खाने कुरा हो कि क्या हो ?
धत! हेर्नु न म अष्ट्रलिया जाने कैले, भिसा लाग्ने कैले, यो मुले साईलाले एक्लै बस्न सक्दिन भनेर मलाई नसोधि नुमेलाई रुम पार्टनर बनाउन ल्याएछ। फेरि भोलि दिदी पनि काठमाडौ आउने रे। बुवालाई अष्ट्रेलियाको भुत लाग्या छ। शर्मिला, शशि, सुरक्षा, हेमकुमारी सप्पै अष्ट्रेलिया उड्ने रे। कोहि आइएलटिएस दिदै छन, कोहि डिपेन्डेन्टमा हाल्दै छन अनि बुवा पनि के कम जा छोरि काठमाडौ आइएलटिएस दिनलाई भनेर दिदीलाई पठाउनु भाछ।
सीपीले एकै सासमा आफ्नो धारा प्रबाह सिध्यायो।
म मरिमरि हास्न थाले।
डुबिस् सीपी डुबिस् ! खुब दाई भई खाको ? देखिस तलाई ४९ सालको भाईले पनि टेरेन आज! क्यारछस् बाबु अब, नुमेलाई कोठा दे, आफु छोडेर जा । मैले सीपीलाई जिस्क्याउदै भने। सीपी आज साच्चै रिसायो र खुट्टा बजार्दै निस्कीयो मेरो कोठाबाट।

के हुदैछ सरहर ? मदनजी को चिरपरिचित आवाज बेमौसमको बाजा बनेर ठोकियो।
-के हुनु सर ! जिन्दगीको पाङग्रा गुडदैछ। अरु केनै हुन्छ र नया नौलो ?
-घान्द्रुक के हुदैछ ?
-प्रि फाइनल चल्दैछ, ड्रइङ अलिकति बाकी छ ( म घान्द्रुकको गुरुङ बस्तिमा थेसिस गर्दै थिए। )
छोटो सबाल जबाफ पछि मदनजी मैदानबाट पछि हटे। म कालो कफिलाई तान्दै र सेतो धर्कालाई कम्प्युटरमा छोट्याउदै थिए, साईलो मुन्टियो।
साईलोको पछिपछि लागेर सीपी पनि भित्रियो।
मदनजी पनि के कम ? लु है म पनि आए सरहरु। बुइनि कता गईच र? भात पकाम्न पर्नी, अनि धेरै काम तुर्न बाकी छ, उनि चिरपरिचित लवज सहित फेरि हाजिर भए।
हैन सीपीजी को घरतिर के छ पेशा ब्यबसाय ? उनले अनायसै बेमौसमको राग अलापे।
म जङ्गिए। सीपी तिर आखा झम्क्याउदै मैले मुख खोले - हेर्नुस मदनजी, सीपी त जमिन्दारको छोरो। १०० बिघाभन्दा बढि खेत छ उसको, भन्डारामा ३५-४० वटा भन्दा बढि ठुल्ठुला माछा पोखरी छ उसको, पोल्टि्रफार्म अनि ५ वटा ट्रक भन्न के लागेको थिए, उसले मेरो मुख थुनि दियो र ट्रकको कुरा मैले खुस्काउनै पाइन।
अतिरन्जित गर्न त भएन नि ! उ मेरो कानमा फुस्फुसायो। म शान्त भए।
मदनजी डङरङ्ग ढले। भाग् ! भनेर भाग्न के आटेका थिए, सीपीको मोबाइलमा घन्टी बज्यो। फोन घरबाट रहेछ, साइलो चाहिले उठायो।
-अनि त्यसपछि के भयो बा ??
साइलोले बार्तालाप आफ्नो चिरपरिचित थेगोबाट शूरु गर्यो। केहिबेरको भलाकुसारिपछि साइलो राकियो - यहा जाडोले मर्न लगिसके, एउटा ट्राउजर किन्ने पैसा छैन, जम्मा ३० रुपैया मात्र बाकी छ हामीसग। ओढने सिरक पनि एउटै मात्र, यो कम्मल त चिसो पानीको भुङग्रो जस्तो छ। भात मात्र खान देर हुन्छ काठमाडौ बसेपछि । साइलोको छारस्ट प्रलापले अघि मैले हालेको भ्रमको पर्दा पूरै च्यातियो। धन्न मदनजी केहि नबुझेझै खिस्स हासे र बहिरिएर मात्रै नत्र बर्बाद !
*******
अमेरिका जान नपाएपनि सीपी र अमेरिकाको हालत एउटै भयो - आर्थिक मन्दी। सीपी पूरै टक्टकियो र साइबर जान समेत नसक्ने हालतमा पुग्यो। मैले ५०० सापटी दिए, चुहिने खल्ति दुइचार दिन टाल्यो अनि फेरि शान्त भयो। एक दिन अनलाइनमा अमेरिका बस्ने उसको माइलो भाइसग मेरो भेट भयो।
-के छ सीपी दार्ईको हाल र?
-अमेरिकाको जस्तै छ, मैले च्याटमा लेखे।
-मतलब र?
-आर्थिक मन्दी
-उसलाई साइबर पठाइ दिनु न। म राम्ररी कुरा गर्छु नि।
-बिचरोसग साइबर आउने पैसो समेत छैन, घरमा पनि पैसा छैन रे पठाइदिनलाई, भाडा नतिरेको दुइ महिना भैसक्यो। तरकारी सम्म जसोतसो दिदीले आफुले बचाएको पैसाले किन्दै हुनुहुन्छ।
मसग समय थोरै तर सीपीको ब्यथाको पोको धेरै भएकोले सपै कुरा एकैचोटि लेखिदिए अनि उसको जबाफ सुन्ने हिम्मत नभएकोले मैले म्यासेन्जर बन्द गरे। कोठामा फर्केपछि सीपीलाई सुनाए - मर्मस्थलमा राम्रै प्रहार गरेको छु। हेरौ, हरिया पात झर्न पनि सक्छन।
आज धेरै दिनपछि ग्रहण लागेको सीपीको अनुहारमा मैले अलिकति आभा मण्डल देखे।
-ल भाई जाम चिया खान।
उ अक्मकियो।
-न आमा पट्टिको न बाउ पट्टिको तै पनि स्पोन्सर म छदै छु नि ! एक कप चिया ख्वाउनलाई मैले दुइ राउन्ड डाइलग हाने। उ र म बाजेको चियाको पसल तिर लम्कियौ।
*******
“ओई ओई साईली ओई ! ओई !!
ओई ओई साईली ओई ! ओई !!”
सीपी साझ ६ बजेतिर भद्दा नाच र उज्यालो अनुहार सहित मेरो कोठामा हाजिर भयो। यसो हेरे,निलो कोट भिरेको रहेछ, अनि मैले बुझहाले -यो सबै हरियो डलरको कमाल हो (पैसा भएको बखत उ कोट लाउने गर्थ्यो।)
-कति पात झर्यो भाइ ?
-जम्मा जाबो ३०० डलर, उसको नाच बन्द भइसकेको थियो।
डलर झरेको खुसियालीमा उसले मलाई भेज म.म. खुवाउन लग्यो। साईलोको चना केराउ खाने अन्तिम इच्छा पनि पूरा गरिदियो सीपीले। १-१ किलो चना केराउ कोठामा भित्रिएपछि नभिजेको केराउ चपाउदै साईलो मच्चियो - अनि त्यसपछि के भयो मिलन दाई !!!!
-त्यसपछि ?
-अ
-“त्यसपछि मिलन दाई मर्यो र मिलन दाईको कम्प्युटर बोकेर साईलो भाग्यो”!!
-ऊ ! हु! हु !!
साईलोले सबैलाई निशुल्क एक डोज मनोरञ्जन प्रदान गर्यो।
*******
अब पालो गल्कोटे माईलोको।
सीपीको खल्तिमा हरिया नोट नाचेको भेउ गल्कोटे माईलोले परैबाट पायो। पुतलीसडकमा सुकेको सागजस्तो पातलो ज्यानलाई हावामा हल्लाउदै हिडिरहेको अबस्थामा उसग गल्कोटेको भेट भएको थियो। गाउबाट दशलाख ठगी गरेर भागेको गल्कोटेलाई सीपीले आफुसग २०-२२ हजार रुपैया भएको र एउटा मोबाइल किन्ने बिचार गरेको कुरा सुनायो।
-हेर सीपी, त भाईजस्तो मान्छे, सिम मेरै छ तलाई फ्रिमै दिउला अनि २ जिबि मेमोरी कार्ड, ३ पिक्सेल क्यामेरा, एमपिथि्र, सिम रिम दुबै हाल्न मिल्ने, हार्ड डिस्क र र्याम समेत भएको चोरीको सेट तलाई ४ हजारमै मिलाई दिउला। अष्ट्रेलियामा आईटि पढन जान ठिक्क परेको साईन्सको विद्यार्थी सीपीलाई गल्कोटेले हार्ड डिस्क र र्याम समेत भएको मोबाइल भनेर बखान छाटेपछि उ दंग पर्यो र ४ हजार गल्कोटेलाई बुझायो।
गल्कोटे साझ पाहुना बनेर सीपीको कोठामा भित्रियो। सीपीका दाजुभाई दुबै मिलेर गल्कोटेलाई निकै पुछपाछ पारे। साईलो गल्कोटेको ज्याकेट धुन धारातिर लम्कियो। सीपी मैनबत्तीको उज्यालोमा चना केराउ र काउलीको तरकारी पकाउन थाल्यो।
मिलन दाई ! फुर्किएको सीपीले घोकेको पाठ झै मेरो कोठामा आएर गल्कोटे पुराण सुनाउन थाल्यो - “ २ जिबी मेमोरी कार्ड, ३ पिक्सेल क्यामेरा, एमपिथि्र, सिम रिम दुबै हाल्न मिल्ने, हार्ड डिस्क र र्याम समेत भएको चोरीको सेट ४ हजारमा”, “ओई ओई साईली ओई ! ओई !!। सरुभत्कको उपन्यास पागल वस्तीको भउते चोर भन्दा बढी कार्टुन डान्स नाचेपछि शान्त भएको सीपीलाई मैले भने - भाई! चोरीको सेट बोक्नु र सेट चोर्नु दुबै एउटै अपराधको कोटिमा पर्छन, फेरी के हो यो हार्ड डिस्क र र्याम भएकोे सेट? ठग्ला है तलाई गल्कोटेले !
धत! मेरो ढोकामा खुट्टा र जुत्ता दुबै बजारेर सीपी बम्कियो - मेरो मोबाइल आएपछि तपाईलाई म छुन पनि दिन्न !
-मलाई चोरीको सेट छुनु पनि छैन !
-नरिसाउनुस न दाई ! सीपीको ढिपी अलि कम भयो -”यो जाबो नोकिया ११०० कति बोक्ने ? बल्ल राम्रो सेट बोक्ने मेसो मिल्दै छ।”
-ल ल भाई मोज गर ! म जबरजस्ती हास्ने प्रयास गर्न थाले।
“ओई ओई कान्छी ओई ! ओई !!, उ गल्कोटेलाई स्याहार्न आफ्नो कोठातिर लाग्यो।
खल्ती र पेटको थैलो दुबै मजाले भरेपछि साईलोले धोईदिएको सफा ज्याकेट र पाइन्ट लाएर गल्कोटे मोबाईल लिन सीपीसगै पुतलीसडक निस्कियो र बीचबाटो बाटै फिल्मी शैलीमा उछििट्टयो।
पट्यार लाग्दो साझमा मकैको ढोड जस्तो अररो शरिर लिएर सीपी फेरी मेरो कोठामा हाजिर भयो। निभ्न लागेको उसको अनुहारतिर मैले हेरे। उसले ईस! भन्दै लोप्पा खुवायो।
मिलन दाई ! चार जना मान्छे छिनाउनु पर्ने भयो, उ अनायासै बडबडायो। को को हो ? मैले आफ्नो गर्दन छाम्दै सोधे।
-मेरो ३००० खाइदिने माटे, गल्कोटे माइलो, मलाई कुकुर बिरालो झै हेपेर अपमान गर्ने कपिल अनि दशतिर ठक्कर खाने अभागी म। धन्न भगवान ! मैले हात गर्दनबाट हटाए।
सीपीको ढिपी ! मेरो मुखबाट अनायासै दुइ शब्द निस्कियो।
उसले पनि आखाबाट दुइ थोपा तातो आशु तप्प झार्यो र टोल्हाइरहयो।

उ मुस्कुराइरहेको थियो
गाउँ भरी नै सम्मानित थियो उ|सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो|बिभिन्न संघ सस्था को सस्थापक अध्यक्ष,सल्लाहाकार समितिको संयोजक,आजिबन सदस्य,मानार्थ अध्यक्ष जस्ता अनगिन्ती गरिमामय जिम्मेवारि तथा संलग्नताका कारण उ अत्यन्तै ब्यस्त हुन्थ्यो| प्रमुख बक्ताको रुपमा होस् वा पुरस्कार ग्रहणका लागि होस,उ देश-बिदेश समेतका कार्यक्रममा गैरहन्थ्यो|
उसको ब्यक्तित्व,मानवीय संवेदना,उदारता र योगदानका बारेमा देश-बिदेशका पत्रपत्रीका समेतले प्रमुख समाचार का रुपमा लेख्ने गर्दथे|स्वाभिमानी चरित्र,लगनशिलता र अनुशासन को नमुना थियो उ| सधैं हाँसी रहन्थ्यो| रिस घमन्ड र आक्रोस कहिल्यै देखिएन उसमा |
उ बारम्बार यिनै कुराहरु भनिरहन्थ्यो-" कि जन्मनु भनेको मर्न र मार्न का लागि हैन,जिवन बाँच्नु को उद्द्धेस्य श्रृजना र परिमार्जन का लागि हुनु पर्दछ|ध्वंस, बिनाश र हत्या जस्ता अमानबिय अपराध कायरहरुले मात्र गर्दछन|सुधार र बिकासका नाममा बिनास गर्नु अपराध हो|भौतिक बिकास र सामाजिक परिवर्तनका लागि चेतना को बिकास हुनु जरुरी छ"|यिनै सर्बमान्य र सत्य भनाइ र गराइका कारण सर्बत्र संमानित थियो उ|अन्याय, अत्याचार र गरीबि बिरुद्ध का अभियानमा उसले कसैलाई पनि रुवाएन| माया र संयमताको उत्कृष्ट हतियार प्रयोग गरेर संसार जित्दै थियो उ |उसको व्यबहार र चरित्र देख्दा यस्तो लाग्थ्यो कि उ समाज-बिकास र सुधार का लागि बरदान हो |
एक्कासी उ गाउँबाट हरायो|कहाँ गयो,के भयो,कसैलाई पनि थाहा भएन।गाउँ भरी रुवा-बासी चल्यो| प्रशासनले उसलाई भेट्टाउनेलाई ५० लाख रुपैया पुरुस्कार को घोषणा गर्यो|अथक् प्रयास गर्दा पनि उसलाई कँहि-कतै भेट्टाउन सकिएन |
घाँस-दाउरा लिन जाने गाउँलेहरुले हराएको एक महिना पछी एक्कासी उसलाई जङलमा भेट्टाए। छातीमा गोली ठोकी, हात-खुट्टाहरु भाँचेर, रुखमा बाँधिएको अवस्थामा भेटिएको उसको शरीर गन्हाइ रहेको भएपनी अनुहार चाँही अझै मुस्कुराइरहेको थियो |

गरिबी
"बाबु ठुलो भएपछि के बन्छौ ?"
"म ठुलो भएपछि डाक्टर बन्छु । "
छोराको यो जवाफमा रमाकान्त खुशी देखियो । तर आफ्नो जीवन गुजारा सम्झेर उ फेरी दुःखी भयो । कारण थियो जसोतसो महिनाभर खान्की पुर्याउने थोरै तलब । अब यस तलबले मात्र उसको छोराको त्यो महत्वाकाङ्क्षालाई कसरी पुरा गर्ने ? बिगत सम्झियो उसले । उसलाई पनि उसको बुबाले सानो हुदा यस्तै प्रश्न राख्थ्यो । र उसले पनि यहि जवाफ दिन्थ्यो - डाक्टर । यो सुनेर उसको बुबा दङग पर्थ्यो ।
तर गरिबीले थिचिएको उनीहरुको जीबनले उसलाई कहाँ आफ्नो लक्ष्य पहिल्याउन दिन्थ्यो र । ठुलो भएपछि धन्न उसले एउटा सरकारी कार्यालयमा पिउनको जागिर पाएको थियो । र यही जागिरले आफ्नो परिवार पालेको थियो ।
"ए रामुका बा ! ए रामुका बा ! चामल सकिएछ । किनेर ल्याउँ है…।" श्रीमतिको आवाजले उ झल्याँस्स बिउँझीयो आफ्नो अतितबाट । र छेवमै रहेको कलिलो छोराको अनुहारमा पुलुक्क हेर्यो । निर्दोष आँखाहरु उसलाई नै हेरिरहेको थियो । उसले मन थाम्न सकेन । झ्याप्प अँगालो मारी गालामा बेस्सरी म्वाई खायो र फटाफट चामल जोहो गर्न हिड्यो बाहिर …।

रक्तबीज
एउटा ठूलो नक्सा गोलो टेबुलमाथी फिजारियो र गम्भीर बिमर्श थालियो।
केही बेरको विमर्शपछि टेबुल वरिपरि बसेका काला, गोरा, खैरा, चुच्चे, नेप्टे, थेप्चे सबैको हातमा एक–एक थान रातो कलम थमाईयो। कलम हात पर्नासाथ सबैको ध्यान त्यै नक्सातिर तानियो अनि सुरु भयो रातो कलमले त्यो नक्सालाई अन्धाधुन्ध चिराचिरा पार्ने र घेराबन्दी गर्ने अत्यासलाग्दो उपक्रम। “यहा देखि यहा सम्म मेरो” “यतादेखि उतासम्म मेरो” “यो पिधतिरको सप्पै सर्लक्कै मेरो” “यो बिचतिरको सप्पै मेरो” हेर्दाहेर्दै अघिको त्यो सुन्दर नक्सा विद्रुप, कुरुप र रगताम्य जस्तो देखियो। कलम समात्ने सबैका आखा राता राता भए र भैरवझै डरलाग्दा देखिए। भुगोलका काला धर्साहरु सबै बिलाएको त्यो नक्सा कताकता रक्तकुण्डको झल्को मेटाउने अमूर्त चित्रजस्तो थियो। "नाइ !" म चिच्याउदै उठे। हैन, यो रातो कलम कतै मेरो देश चिराचिरा पार्ने रक्तबीज बनेर सबैको मनमा हुर्कन थालेको त होइन? मेरो मनको यो भुइचालो के ले शान्त होला खै? सुन्दैछु, हिजोआज त्यै भुइचालो ल्याउने विहानीको स्वागतार्थ धेरैजाना रातो कार्पेट ओछ्याएर तम्तयार भइसके रे ! |
माइक र मेलिण्डा
माइक प्राय ११ बजे नै लन्चका लागि आउने गर्छ र उ सधै पहिलो ग्राहक हुन चाहन्छ र आज पनि उ सधैंझै सबैभन्दा पहिला नै आयो।
मैले उसलाइ रेस्टुरेन्टमा लन्च गर्न आउने क्रममा केहि नेपाली शब्दहरु " नमस्ते,तपाँइलाई कस्तो छ,राम्रो छ,मिठो छ र फेरि भेटौला"जस्ता प्रचलित नेपाली शब्दहरु सिकाएको थिएँ र हाम्रा प्रत्येक भेट्घाटमा उ मैले सिकाएका नेपाली शब्दहरु गर्बका साथ सुनाउन चाहान्थ्यो र नेपालीमै संबोधन गर्ने गर्दथ्यो।
तर आज उ सधै को जस्तो खुशी अनुहारमा थिएन। सधैं नमस्कार भन्दै आउने माइक आज मलिनो अनुहारमा थियो र चुपचाप थियो।माइकको अनुहारको हाउभाउ हेरेर मैले अनुमान लगाएँ की आज उ कुनै ठुलै समस्यामा छ|
लामो सास तानेर माइक स्टुरेन्टको बारमा रहेको भित्ता पट्टिको कुर्सिमा बस्यो|उसले मार्गरिता(मादक पदार्थ) अर्डर गर्दै म संग सम्बाद सुरु गर्यो र भन्यो-हरी, म बर्बाद भएँ,सर्बस्व भयो हिजो मेरो।
म अक्क न बक्क परे,आश्चर्य चकित अनुहारमा उसलाई हेरि मात्र रहें,माईक एक्लै बोल्दै गयो,म सुन्दै गएँ-मेरा दु:खहरुमा साथ दिने र मेरा पिडाहरु सुनिदिने केबल उ मात्र एउटी साथी थीइ जसलाई म हरेक यात्रामा साथ लैजाने गर्दथे। कती सपनाहरु थिए मेरा,मैले उस्लाई धेरै ठाउँमा लान र देखाउन बाँकी थियो तर मेरो केहि लागेन। १५ दिन देखि उसको खान प्रति उति सारो रुचि थिएन र शरिरको वोजन पनि घट्दै जाँदै थियो।
एक्कासी स्वाशप्रश्वाशमा अबरोध आए पछि हिजी राती १२ बजे मैले उसलाई अस्पातल लगें तर औषधी बिज्ञानले मार्न नसकिने किटाणुको संक्रमणका कारण उ जिन्दगिको अन्तिम घडिमा रहिछ,ओखतिले बचाउन सकिएन|ज्यान गयो र हिजो राति नै मेलिन्डाको म्रित शरिर लाई अस्पतालमा छोडेर फर्किंएँ म।
कल्पनानै नगरेको खबरले म आश्चर्यचकित भएँ। जोनिको केटि साथि छ भन्ने त थाहा थियो तर उसको नाम मेलिन्डा हो भन्ने चाँही मलाई थाहा थिएन।
मैले सान्त्वन दिने क्रममा जाने र सुने जतिका सहानुभुतीका शब्दहरु प्रयोग गरें र संसारको रितका बारेमा बताएँ |मेलिन्डाको म्रित शरिरको चिरशान्तिको कामना गर्दै मैले माईकलाई कम्लिमेन्ट्री मर्गरिता थपिदिएँ।
धन्यबाद दिदै माईक ले पुन: मेलिन्डा का बारेमा थप्यो र भन्यो-"बिराला जाति मध्धेकि उत्कृष्ट जातिमा पर्थि मेलिन्डा र उसलाई मैले १० महिना अगाडि मात्र किनेको थिएँ"।

स्वर्गतिरको यात्रा
असोज- कार्तिक तिरको कुरा हो, दशैको मौसम थियो। जताततै हरियाली छाएको थियो रङगीविरङ्गी फूलहरु फूलेका थिए। अझ गाँउतिरको एक पखेरो त लालीगुँरास फूलेर बेहुली सजाए जस्तै देखिन्थ्यो। अलि तल क्षितिजमा बग्ने कर्णाली नदिका लहरमा अनुपम छनछनाकार सुन्न पाइन्थे। योजना मुताविक कसैले थाहा नपाउने गरी जुनिली रातको बेला गाँऊको एउटा कुनामा सबैजना ईच्छुक युवाहरुको जमघट भयो। स्वर्गको यात्रा सबैले सँगै गर्ने सहमती भयो। पूर्ण तयारीका साथ भोली बिहानको सुर्योदय हुनु पहिले नै क्षितिज पार गर्ने योजना मुताविक सबै कसिएर स्वर्ग तर्फको यात्रा शुभारम्भ भयो। पारी पुगेपछि सबैलाई आफ्नो गाँउलाई फर्केर हेर्ने इच्छा अनुरुप रसिलो आँखा बनाई एक नजर लगाए। सबैको कमजोरीपन देखि सचेत रहेर सतर्क गराउदै मैले स्वर्गको यात्रा सोचेभन्दा धेरै कठिन हुनसक्ने जानकारी गराए। बेतोडसँग अघि बडेका हामी सुर्यको पहिलो किरणसँगै क्षितिज पार गरिसकेका थियौ।
जाँदाजादै अलि पर पुगेपछि एउटा दोबाटो आयो। स्वर्गको रमाइलो यात्राका लागि निस्केका हामी युवाहरु सहि के र गलत के हो भन्ने दोधारमा परियो। कुन बाटो स्वर्ग जान्छ भन्ने छुट्याउन अलि कठिन थियो। एकातिर केहि सजिलो बाटो, ओरालो तल पुगेपछि नदिको किनार सङलो पानी, सितल पर्यावरण, हरिया बनजंगल, ढकमक्क फुलेका फुलहरुका बागबगैचा जस्ता रमाईला मनमोहक दृश्यहरु आदि ईत्यादि थिए। अर्को तिर ठाडो कहाली लाग्दो उकालो, डरलाग्दा चट्टान, खडेरी परेको जस्तो देखिने मरुभुमि, हिमालका बरफिला पहाड, आफ्ना नजरले भ्याएसम्मै यस्तै दृश्य देख्न पाइन्थ्यो।
हामी मध्येका केहि ओरालो लागे, स्वर्ग आइपुगियो भन्दै हामफाल्न थाले। आहा!! स्वर्ग आइपुगियो भन्दै खुसी हुदै, रमाउदै, चिच्याउदै थिए। बाकी रहेका हामीहरु केहि गम्भिर भएर सोच्न थाल्यौ। “पक्कै पनि भ्रम भयो स्वर्गको बाटो यति सजिलो भएको भए अवश्य सबै जाँदा हुन।“ बाकी हामीहरु अर्को तिर अगाडी बड्न थाल्यौ। बाटो धेरै कठिन थियो। कसैले कसैको सहयोग गर्ने अवस्था थिएन। सबैले आफैलाई समालेर हिड्नु पर्ने स्थिति थियो। जति जति पाइलाहरु अघि बड्दै जान्थ्यो , त्यति नै अप्ठ्याराहरु आइपर्दै थिए जसले गर्दा हामीहरू एक किसिमले अताल्लिएका थियौ। यात्रा क्रमश जारी थियो एक्कासी एउटा घनघोर जंगल आयो। हिस्रक जंगली जनावरहरु, डरलाग्दा ब्वाँसा र स्यालहरु अनौठा आवाज निकाल्दै चिच्याउदै तछाडमछाड गर्दै हामी तर्फ अघि बढ्दै थिए। त्यस भयङकर परिस्थितिकोको सामाना गर्न सक्ने हामी मध्येबाट केहि अघि बढ्न सफल भयौ भने डरपोख कातरहरु हाहाकार गर्दे पहिलो बाटो नै स्वर्ग जाने सहि बाटो हो भन्दै भागाभाग गर्दै पछाडि फर्किए। स्वर्गको बाटो कठिन छ थाहा छ तर यस्ता परिक्षाहरु जहाँ ज्यानको बाजी लगाउन पर्छ भन्ने अनुमान थिएन। यस्तो स्थिति जहाँ अघि बढेकाहरुले समस्यामा परि पछि परेकाहरुलाई सोध्न सक्ने अवस्थासमेत थिएन, उम्केपछि सिधा अगाडीको अगाडी भग्नुसिवाय उपाय छैन। करिब दुई कोख पर पुग्दा डाडाको फेदमा एउटा अनौठो अजंगको अड्डा आयो। लामा लामा लट्टा पालेका पहेला वस्त्रधारी महापुरुषहरु कुहिरीमण्डल धुनि जगाई वायुमण्डललाई नै रंगिन बनाइरहेका थिए। तिनिहरुले आ-आफ्ना स्थानबाट उठि हाम्रो भब्यसँग हार्दिक स्वागत गरे। यो बाटो भई स्वर्ग जाने सबैले यहाँ प्रशाद ग्रहण गरेर जानु पर्ने अन्यथा अनर्थ हुन्छ भन्दै धुँवा निस्किरहेका अगुल्टा जस्तो चीज तेर्स्याए। भगवानको प्रसाद भन्दै धुनितिर झुम्मिनेहरु त्यसैतिर रंगिन थाले। सचेत गराइरहने समय थिएन, लक्ष्यप्रति प्रतिबद्द रहनेहरु साना तिना अवरोधहरुमा नफसी आफ्नो गन्तव्य तर्फनै तल्लिन रहिरहे। मरुभूमि, हरिया जंगल, उबडखावड सबै पार गर्दै जाँदा फेरि अति सुन्दर वृन्दाबन जस्तो हरियाली आई पुग्दै थियो तर एक्कासी सबैकुरा बदलियो झमक्क साझ पर्यो। लखतरान थकाई लागेकोले एकरात विश्राम गर्ने ठाँऊ खोज्न थाल्यौ। सबैजना आश्चर्यचकित भयौ, त्यति अनुपम ठाँऊ कहिलै जीन्दगीमा देखेका थिएनौ। ठुला ठूला गगनचुम्मि महलहरु, झिलिमिलि रंगिचंगी बत्तीहरु, अपूर्व शिल्पकला, बास्तुकाल, मुर्तिकाल मणि माणिक्य, सुनचाँदि, हिरामोती, अशर्फिहरुले सजिएका चोक, बाटाघाटा कवलहरु केहि साथीहरु त फेरी स्वर्ग आइपुगियो भन्दै हर्षले भावविव्हल हुदै त्यसैमा लडिबुडी गर्न थाले। तर त्यो गलत सोच थियो, धोका थियो। त्यो स्वर्ग नभई पृथ्वीलोकको एउटा स्थान थियो जहाँ स्वर्गलोकबाट आएका पहुनाहरु बस्ने अथितिगृहहरुको शहर थियो।
यहाँसम्म आइपुग्दा अघिसम्मका सबैको साथ छुटिसकेको थियो। म नितान्त एक्लो भएको थिए। मेरा सबै मित्रजनहरुले आ-आफ्ना गन्तव्य फेला पारिसकेका थिए या जहाँ फसे त्यसैलाई नै अन्तिम गन्तव्य ठानेर रमाउन थाले म यसै हो भन्न सक्दिन्। तर मेरो कल्पनाको संसार, मेरो गन्तव्यको अझै पत्तो थिएन। एक्लो म फेरि भौतारिदै अघि बढ्न थाले। मलाई थाहा थिएन मेरो गन्तव्यको अन्त्य कहाँ र कसरी हुन्छ भनेर?? एक्कासी निष्पट्ट अन्धकार छायो। चारैतिर चिडचिढाहट चित्कारका सन्नाटाहरु सुनिन थाले। आँखा चिम्लेर आफैसँग प्रश्न गरे, मेरो मनमा अचानक भिन्नै खालका तरङ्गहरु उत्पन्न हुन थाले । आफू ठूलो भ्रमको पछि लागेको अनुभव हुन थाल्यो। अन्धकारमा एक आश्चर्यचकित दृश्यहरु पर्दामा चलचित्र हेरेझै सरसर्ति नाच्न थल्यो। गाउँका त्यी रमणिय दृश्यहरु, अनुपम धुन निकाल्ने बासुरी र विनायोका संगितहरुले मेरा कान गुन्जिन थाले। नातागोता, आफन्त र साथीसंगीहरु सँगको बिछोडले मन भक्कानिएर आयो। माया प्रेम र आत्मियता सबैबाट एक्लिएकोमा उसलाई पश्चाताप लाग्न थाल्यो। त्यो रमाइलो संसार, कर्णालिको बगर, डांफे मुनाल र ढकमक्क लालीगुराँश फुलेका बनपाखाहरु सायद स्वर्गमा मात्रै हुँदा रहेछन जस्तो लागेर आयो। स्वर्ग भनेको मात्र एउटा तृष्णा, कहिलै नभेटिने खोज रहेछ भन्ने भान हुन थाल्यो। ऊ झसङग झस्कियो.. आफ्नो स्वर्ग, प्यारो दुनियाँ त आफ्नै गाँउघर, बनपाखा रहेछन जुन धेरै पछाडि नै छोडेर आइएछ... अन्तत् उसको स्वर्ग पुग्ने रहर झन् बुलन्द हुदै गयो र उसको अठोट थियो, आत्मबल, बिश्वाश र दृढताका साथ स्वर्गतिरको यात्रा अब शुरु हुनेछ।
जननि जन्मभूमिश्चः स्वर्गादपि गरियसीः

टाउको पचासलाखको
ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।
खोलाको वालुवा खोस्रेर परिवार पाल्नपर्ने उसलाई यो समाचारले उत्ती उत्साहित बनाएन । सित्तै पाइने खोलाको वालुवासम्म लुकीलुकी चोरेर वेच्नपर्ने देशमा कसरी यत्ति ठूलो राशी पाइने व्यवसाय ऊजस्तो सुकुम्वासीको लागि हुनसक्थ्यो पेट्रोलको भाउमा केही राहत भयो रे तर उसले वास्तै गरेन किनभने ऊ पेट्रोलको उपभोक्ता थिएन । टेलीफोनको महशुलमा पनि केही राहतको व्यवस्था भयो रे त्यसमा पनि उसले कुनै वास्ता राखेन किनभने ऊ त्यसको पनि उपभोक्ता थिएन । नजीकै ठूलै नहर बन्यो रे विजुली पनि नजीकै टोलमा आयो रे सडक पनि यतै आयो रे तर ती सबैमा उसलाई चासो भएन किनभने ती कुनैको पनि ऊ उपभोक्ता थिएन । त्यस्ता कुनैपनि अवसरहरुमा उसको चाख हुँदैन किनभने ऊजस्तो निमुखाको लागि केही हुन्छ भन्ने उसलाई विश्वासै छैन । समाज र वस्तीबाटै टाढा ऊ बसेको छ खोलाको बगरमा । वस् वालुवा छ कि ऊ । आँखा छलेर खोलाबाट वालुवा चोर्नपाए उसको जीवनको सवैभन्दा ठूलो उपलव्धी भइहाल्ने । यो पचास लाखसम्मको अवसर पनि ऊजस्तो निमुखाको लागि हुनैसक्दैन भन्दै उसले त्यो खबरलाई पनि अवज्ञा गर् यो ।
एकै छिनमा एकहुल निमुखाहरु हातमा खुकुरी उठाउँदै यतै दौडदै आएका देखिए । ऊ आतङ्कित भयो- मार्छन् कि क्या हो बजियाहरुले !
ऊ बालुवाको डीलमा छलियो । त्यो हुल उसको छेउबाटै गयो तर त्यसले उसलाई मिचेन । हुलमा एउटाले भन्दैथ्यो- शहरमा बम पड्काए रे आतङ्ककारीले त्यसलाई भाग्न नपाउँदै छिनाउन पर्छ ।
अर्कोले भन्दैथ्यो- कस्सो दुइचारवटा काटेपछि एउटानएउटा पचास लाखे नपर्ला ?
उसले सोच्यो- हुलमा पसेपछि कस्सो भाग नपाइएला यो बालुवा बोक्नेजस्तो पुलिसको आँखीहुने जोखिमको काम गरिराख्न पर्छ र काटमारको कुरो परेकोले पहुँचवालाहरुले यसमा अवश्यै प्रतिश्पर्धा गर्ने छैनन् । निमूखाहरुको लागि यत्रो अवसर आएको रहेछ मैले मात्र किन छोड्ने ।
ऊ जुरुक्क उठ्यो र छाप्रोभित्र पसेर खुकुरी झिक्यो । उसले हावामा एकपल्ट सनसनी खुकुरी नचायो । स्वास्नीले आतङ्कपूर्ण विस्फारित आँखाले उसलाई हेरिन् । उसले सफाइ दियो- धन्दा नमान बुढी अव हाम्रा दिन आएछ ।
ऊ हावामा खुकुरी नचाउँदै खुकुरीदलकै भीडमा विलायो ।
भीड आतङ्ककारीको खोजमा शहरतिर जाँदैथ्यो । अन्यमनस्क उसकी स्वानीले टाढा विलाउँदै गरेको भीडलाई हेरिन् । पश्चिमतिर ढल्कँदै गएको घामको टलकमा असंख्य खुकुरीहरु हावामा चमकचमक चम्किरहका थिए ।
अब के हुने हो ?- त्यो आइमाई आतङ्कित भावले थाप्लोमा हात राख्दै उतै नियालिरहिन् । शहरभने पचास लाखे खबरले ढुक्क थियो ।

जागिर
काठमाडौँको विशालताभित्रको सानो कोठामा बसेकी थिइन् मिरामिस। एउटा पलङ, एउटा कुर्सी, सानो टेबल, त्यसमाथि टेलिभिजन, एकछेउमा सानो किचन टेबल, अर्को छेउमा भाँडाकुडाँ, चामलको बोरा, पोकापोकी आदिले सजाइएको थियो उनको कोठा। किचन, बैठक, बेडरुम जे–जे भने पनि उनको सम्पूर्णता त्यही कोठामा नै रहेको थियो।
उनी यहीँको एउटा सानो बोर्डिङ स्कुल पढाउँथिन्। उनका श्रीमान् पनि सानोतिनो जागिर खान्थे। श्रीमान्, श्रीमती र पाँच वर्षकी छोरी मृदुला थिए उनको परिवारमा। सानै परिवार भएपनि काठमाडौँको महँगीका कारण उनीलाई घर–व्यवहार चलाउन हम्मे–हम्मे पर्थ्यो। साथी–सङ्गीले झैँ गर–गहना र महँगा साडी लगाउने घोको धोकोमै सीमित रहेको थियो।
बिहान नौ बजिसक्दा उनी छोरीलाई साथ लिएर हतार हतार दौडँदै हुन्थिन्। समयमै स्कुलद्वारभित्र प्रवेश गरिसक्नुपर्ने स्कुलको कडा नियम सधैँ पालना गर्थिन्। आक्कल–झुक्कल ढिला भइहालेमा पनि उनी डरले थर्कमान हुन्थिन्। तैपनि कतिचोटि उनले प्रिन्सिपलको गाली खाइसकेकी थिइन्।
आज उनको घरमा बैनीज्वाइँ आएका थिए। त्यसैले खानपिन गर्दागर्दै उनलाई सदाभन्दा पन्ध्र मिनेट ढिला भयो। उनी दायाँबायाँ नहेरी लखेटिएकी बघिनी झैँ दौडँदै थिइन्। ला आज मैले दह्रो गाली खानेपरेँ। अब कसो गर्ने? घरमा अप्ठ्यारो पर्यो भनूँ भने पनि तपाईँलाई स्कुलभन्दा घरको महत्व बढी रहेछ, छोड्नुहोस् जागिर भनिहाल्छ प्रिन्सिपलले। जागिर छोडेर पनि के गर्ने? मानव भएपछि साह्रो–गाह्रो जसलाई पनि पर्छ नि तर उसले यो कुरा बु137दै बु137दैन। मानवत्व नभएको मानिस हो ऊ। आज ऊ विशेष कामले बाहिर गएको भएपनि त हुन्थ्यो नि। हे भगवान्! रक्षा गर! यस्तै नानाथरि कुरा मनमा खेलाउँदै उनी स्कुल पुगिन्।
मिरामिस, के हो तपाईँको चाला? स्कुल आउने समय यही हो? काम गर्ने मन छैन कि कसो? यस्तै लापर्वाही गर्ने हो भने आजै जागिर छोडिदिनुस्। प्रिन्सिपलका यस्ता भनाइले उनलाई अत्यन्तै मर्माहित तुल्यायो। सरी सर, अबदेखि कहिल्यै ढिला गर्ने छैनँ। आज त्यस्तै पर्यो .......। उनको बोली भुईँमा खस्न नपाउँदै प्रिन्सिपलले प्रतिक्रिया जनाइहाले। तपाईँको मनलागि यहाँ चल्दैन। यदि यस्तो गर्ने हो भने जागिर छोड्नुहोस्। कालो गए गोरो आउँछ।
उनलाई कक्षामा जाउँ्क कि नजाउँ्क भयो। एक हिसाबले जान्न भन्ने पनि लागेको थियो। फेरि दशैँको मुख घर जान निकै खर्च लाग्ने भएकाले आफ्नो मन बुझाइन् र कक्षामा प्रवेश गरिन्। प्रिन्सिपलका भनाइले मिरालाई घोचिरहेको थियो। उनको मन शान्त थिएन। जसो तसो गरेर आफ्नो कर्तव्य पूरा गरिन्।
स्कुल छुट्टी भएपछि उनी घर आइन्। अझैपनि उनलाई कताकता पोलिरहेको थियो। बेलुका खाईपिई सकेर ओछ्यानमा पल्टिइन् तर उनलाई निद्रा परेन। उनी घरि यता घरि उता फर्किन्थिन्। उनका लागि रात साह्रै लामो भयो। मनमा भावनाका उच्छवासहरू पोखिँदै थिए। उनले जबरजस्ती आँखा चिम्लन खोजिन् तर निदाउन भने सकिनन्। बरू उनी भित्रको मन पो बोल्न थाल्यो। मेरो भाग्य पनि कस्तो रहेछ। आफ्ना साथीहरू कस्ता हुनेखाने छन्। उनीहरू त सधैँ ठाँटिएर हिँड्छन्। उनीहरूका श्रीमान् सरकारी जागिरे परे कमाएर ल्याइहाल्छन्। कोल्टे फर्किन्छिन्। आफ्नो त न श्रीमान्को जागिर गतिलो छ न आफ्नू नै। बिहान दस बजेदेखि चार बजेसम्म टुसुक्क नबसी काम गर्दा पनि कहिल्यै जस पाएको होइन। टिफिनमा, ब्रेकमा समेत बच्चाको गोठालो बस्नैपर्छ। तैपनि प्रत्येक मिटिङमा गाली नखाएको कहिल्यै हुँदैन। रिसले मुर्मुरिन्छिन्। परिश्रम र मेहेनत हामी गर्छौँ, नाक उसको ठडिन्छ। हाम्रो परिश्रमको मूल्याङ्कन कहिल्यै हुँदैन। यसो अप्ठ्यारो परेर विदा माग्दा पनि विदा नै दिन गाह्रो मान्छ। पाँचपाँच वर्ष भइसक्यो तलव चाहिँ जतिको तति नै। बढ्ने होइन। लामो सुस्केरा हाल्छिन्। खै देशमा यत्रो परिवर्तन आयो भन्छन् , निरङ्कुशतन्त्र हटेर लोकतन्त्र आयो भन्छन्। हामी शिक्षक–शिक्षिकाले भने यसको केही महसुस गनै पाएका नै छैनौँ। न तलव नै बढ्छ न सुविधा नै पाइन्छ। खालि जङ्गबहादुरको हुकुमी शाशन जस्तो ताडना। कहिले जागिर खोसिने हो पत्तै हुन्न। यो लोकतन्त्र त हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् भए झैँ छ। आक्रोषित हुन्छिन्। खै, किन हो, नेता, मन्त्री कसैको पनि यसपट्टि ध्यान गएको छैन। अरूले झैँ हामीले पनि सडकमा गएर नारा जुलुस गर्नु पर्ने तर यहाँ शिक्षकहरू बीच नै कहाँ एकता छ र। कतिपयलाई जागिर जोगाउन प्रिन्सिपलको चाप्लुसी गर्दै ठिक्क छ त कतिपय म जस्तै निरिह भएर जागिर खान विवश छन्। यसो आफ्ना कुराहरू राखौँ भनेपनि जागिरै जाला भन्ने डर। अरू स्कुलमा पनि यस्तै हुन्छ कि? के नहुनु। सबै स्कुल उही ड्याङका मूला नै त हुन् नि। फेरि कोल्टे फर्किन्छिन्। यसो व्यापार व्यवसाय गरौँ भने पनि लगानी गर्न सकिँदैन। आफूले विषय नै शिक्षा लिएर पढियो।
उनी खटपटाएको देखेर उनका श्रीमान्ले सोधे– मिरा, तिमीलाई के भयो? किन छटपटाएकी? हेर खलखली पसिना आएछ। उनी झसङ्ग भइन्। केही भएको छैन।” उनले छोटो जवाफ दिइन् तर मन भने भारी भइरहेको थियो। उनले कुरा लुकाउन सकिनन्। एकछिन पछि श्रीमान्लाई स्पर्श गर्दै भनिन्– मैले जागिर छोडेँभने के हामी बाँच्न सक्दैनौँ? किन? के भयो? कि फेरि..........। श्रीमान्ले सोधे। हो आज मलाई स्कुल जान अलि ढिला भयो त्यसैले। छोडिदेऊ न त कति टोकसो सहनु। जहाँ इच्छा त्यहाँ उपाय गरौँला। श्रीमान्को यस्तो प्रतिक्रिया सुनेर उनको मन केही हल्का भएझैँ लाग्यो। स्कुल छोडेर भोलिदेखि नै अन्य कामको खोजी गर्ने कल्पनामा उनी डुबिन्। कतिबेला निदाइन् पत्तै पाइनन्।
दशैँमा उनी गरगहनाले सजिएर माइत गइन्। श्रीमान् र छोरी मृदुला पनि खुबै ठाँटिएका थिए। अरू दशैँभन्दा यो दशैँ उनका लागि विशेष किसिमको थियो। तलव बराबरको दशैँपेश्की। उनमा यो दशैँले भिन्नै उमङ्ग ल्याएको थियो। आमाबुबालाई पनि कपडा लगिदिएकी थिइन्। आमा, हजुरलाई यो साडीचोलो अनि बुबालाई यो दौरा सुरुवाल। मैले सरकारी जागिर पाएको उपल73यमा यो उपहार हजुरहरूका लागि। मिराले खुसी हुँदै सामान झकिन्। आमा, यसपालि त मैले गहना पनि बनाएँ नि। यी हेर्नुस् त। उनले आफ्नो गलामा हात पुर्याइन्। ....ममी, सू आयो। मृदुला जोडले कराई। उनी ब्युँझइन्। गला, कान, हात सबैतिर छामिन् तर उनले लगाएका सुनका सिक्री, चुरा, औँठी आदि केही गहना पनि उनीसँग थिएनन्। सरकारी जागिर खाएको कुरा त सपना पो रहेछ। उनले आफ्नो कर्मलाई धिक्कारिन् र त्यही स्कुल सम्झेर दुईथोपा आँसु खसालिन् अनि आँसु पुस्दै बत्ती बालेर छोरीलाई शौचालयतिर लगिन्।

भूत
मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू घुम्न निस्कियौं । घुम्न निंस्किंदा दिन घर्किसकेको थियो ।
घर फर्कंदा मैले उसलाई सोधेँ - हामी केटाकेटी हुँदा यहि डाँडामा घुम्न आउँथ्यौं । त्यसबेला हामीहरूलाई भूतले तर्साउँथ्यो । हामी केटाकेटी हुँदा भूत भन्नेवित्तिकै अजङ्गको जीउ भएका, लामो कपाल पालेका, लामा नङ् पालेका, आईमाई, केटाकेटीको अपहरण गर्ने अपराधी स्वभावका हुन्छन् भन्ने सुनेका थियौं । तर आजकल गाऊँका ती डाँडापाखा, खोंच, ओडारतिर भूत कतै भेटिंदैन, किन होला? खै त आज पनि हामीहरूलाई भूतले तर्साएन नी ।
मेरो मनमा जे थियो उसले ठ्याक्कै त्यहि जवाफ दियो - उहिले उहिले डाँडापाखा, खोंच, ओडारतिर हुने भूत मान्छेको रूप लिएर आजकल गाउँ शहरतिर पसेको छ, । आजकलका मान्छेहरू मान्छे जस्ता छैनन्, भूत जस्ता छन् । समयको परिवर्तनसंगै भूतको रूप र बासस्थान पनि परिवर्तन भएको छ । आजकल भूतले मान्छेको रूप लिएर आफ्नो व्यवहार देखाईरहेछ ।
समयले हामीहरूलाई पनि कहाँ बाट कहाँ पुय्राईसकेछ । बाल्यकालका हामी घनिष्ट मित्रहरू एकले अर्कालाई गाउँमा बसेको भूत एवं शहरबाट गाउँ फर्केको भूतको रूपमा शंका गरिरहेका थियौं । मलाई लाग्दै थियो मान्छेहरू राजनीतिक दलको रूपमा, वाई सी एल, यूथ फोर्स र तरुण दलको रूपमा, विभिन्न भातृ संगठनको रूपमा भूतको चरित्र देखाईरहेछन् । कता कता मलाई यस्तो पनि लाग्दैछ की जन्मंदैमा अब मान्छे भूत भएर जन्मन्छ । मान्छे अब बुद्ध र गान्धि भएर जन्मन्छ भन्नेमा मलाई कत्तिपनि आश छैन ।

बाघले झम्ट्यो.
भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले को बोल्नुभएको, के काम थियो? भन्ने निदीखुदी पार्छिन्। तै पनि फोन नगरी भएन। मोवाइल उठ्दै नउठेपछि के गर्नु त ! अफिसको लेनलाइन मै फोन गरेँ। उताबाट आवाज आयो ?
हेलो ..
मैले एकै सासमा भनेँ त्यहाँ विदुर शारुलाई दिनुस् न, म विदुरको मामा बोल्दै छु।
उताबाट उही आइमाईको स्वर सुनियो : हजुर, सर त मिटिङमा हुनुहुन्छ। अति गोप्य मिटिङ छ डिस्टर्व नगर्नु भन्नु भएको छ । के खवर हो भन्नुस् न ..।
म अलमल परेँ, मन छट्पटाइरहेको छ। मुटु पनि छिटो छिटो चलेजस्तो लाग्छ। के गर्नु के नगर्नु भैरहेको अवस्थामा, बोली आफै फुट्यो ..ल हुन दिनुस् बरु, सकेसम्म चाँडै मामाको मोवाइलमा फोन गर्न भनिदिनुस् न है।
एक मन त बसेको कोठामा एक्कासी बाघले झम्टियो, तर फुत्त बाहिर निस्केर ढोका लगाएँ। बाघ भित्रै छ भनेर भनिदिनुस् भन्ने पनि मनमा आयो। तर अर्को मनले यस्तो पत्यार नै नलाग्ने कुरा भनेर वास्ता गर्दैनन् होला भनेर त्यस्तो केही नभनी फोन राखिदिएँ।
वल्लो पल्लो घर पनि कसैलाई चिनेको छैन। कसलाई भन्नु। यसो ढोकामा कान थापेर भित्रको त्यो मलाई झम्टने बाघले केही गर्दै छ कि भन्ने बुझ्न प्रयास गरेँ। तर टिभीमा के के कार्यक्रमको आवाज बाहेक केही सुनिएन। शान्त छ, भित्र त। धन्न् बाघको झम्टाइबाट बच्न फुत्त ढोकाबाहिर फुत्किँदा मोवाइल भने खल्ती मै रै छ। नत्र फोन कसरी गर्ने, भन्ने अर्को समस्या पर्ने थियो। साचो त बरु ढोकामै झुण्डिएको रहेछ। ढोका लगाएर अस्पतालमा रीता (श्रीमती) छिन् नै जाउँ भने पनि लुङ्गी र सर्ट मात्र लगाएको छु यही पहिरनमा कसरी जानु। चिन्ने जान्ने भेटिए भने के भन्लान् भन्ने डर। रातभरि विरामी रीतालाई कुर्दा सुत्न पाएको होइन। दुई घ48टा जति आराम गरेर अस्पताल जानुपर्ला भनेँर लुङ्गी लगाएर आराम गरेँ। यो लुङ्गीले पनि यता न उता पार्यो। ढोका खोलेर भित्र गएर कपडा फेरम भने त्यो बाघले खत्तम पार्ला भन्ने डर। मोवाइलको घण्टि बजेको थाहा पाएर हत्त न पत्त फोन उठाएँ।
हेलो ...
उताबाट आवाज आयो– दाई ..म दिवाकर बोलेको भाउजुलाई कस्तो छ? यताको चिन्ता नगर्नुस्। यहाँ हामीले सबै हेरिहाल्छौँ। निर्धक्क भाउजूको उपचार गरेर सञ्चो भएपछि आउनुहोला।
महेश सरसँग आज बिहान भेट भएको थियो। यहाँको केही पीर नगरेर राम्रोसँग मेडमको उपचार गराउन भन्नुहोला हेडसरलाई भन्दै हुनुहुन्थ्यो। भाउजुलाई कस्तो छ अव ..?
उसको प्रश्नले मलाई झस्कायो। म त यो काठमाडौंको शहरभित्र कोठा भित्रै बाघले झम्टियो भन्ने कुरा भनु कि नभनु! भने पनि पत्याउलान्, नपत्याउलान्। अहिले भित्र पनि बाघको कुनै सुइंको छैन, कतै मेरो भ्रम मात्र हो कि भन्ने कुरा मनमा खेलाउँदै उसका कुरा सुन्दै थिएँ। प्रश्नले झस्कायो अनि भनेँ –अँ रीतालाई अलि ठीक छ। सबै एक्सरे भयो। खुट्टा भाँचिएकोले प्लास्टर गरेर भोलि डिस्चार्ज गर्ने भनेको छ। अरु त्यताको हालखवर सुना .. भनेर मेरो कुरा छोट्याएँ। भाईले मेरो आवाज बदलिएको र नआत्तिन भन्दै फोनमा भन्दै गयो हर्कजितले दुध दुहुने, घाँसपात गर्ने, सबै गर्यो। म बिहानै आन्द्रेखोला झरेर धानमा पानी लाएर आएँ। यताको कुनै चिन्ता लिन पर्दैन। मेरो पढाइको पनि खासै त्यस्तो माचो छैन। दुई चार दिन पढाई छुटे पनि साथीहरुको नोट मागेर पढिहाल्छु। भाउजूलाई राम्ररी सञ्चो भएपछि मात्र आउनुहोला। यता मैले सबै सम्हाल्छु। तपाईहरु आएपछि मात्र म हेटौंडा गए पछि मेरो पढाई कभर गरिहाल्छु।
मैले अँ अँ भन्दै गएँ। उसले फोनमा एकोहोरो भन्दै गयो। अस्पतालमा सुत्न नपाएर र थाकेर पनि होला तपाईको स्वर फेरिएको छ। आराम गर्नुहोला। बरु विदुर भाञ्जालाई कस्तो छ। उहाँलाई अफिसबाट विदा लिएर अस्पतालमा कुर्न तपाईलाई पालो दिन लगाउनुहोला।
मैले आफु घरभित्रको बाघको डरले वरन्डामा थुनिएको र भाञ्जा अफिसमा गोप्य मिटिङमा बसेकाले सम्पर्क हुन नसकेर मेरो विचल्ली भएको कुरा बताएर भाइलाई किन चिन्तित पार्नु भन्ने लागेर त्यस्तो केही भनिन।
हुन्छ, त ..चिन्ता न ले। भोलि खुट्टा प्लास्टर भएपछि तेरी भाउजूलाई डिस्चार्ज गर्यो भने पर्सी यहाँबाट हिँड्छु। साँझ हेटौंडा बसेर भोलिपल्ट दिउँसो म आइहाल्छु। त्यसपछि तँ आफ्नो कलेजको पढाईका लागि जालास्। हुन्छ अहिले फोनमा किन धेरै खर्च गर्नु र मैले साँझतिर एक पटक फोन गरुला। स्कूलका महेश सरहरुको तलव निकासा गर्न एक दुई दिन ढिला हुन सक्छ भन्नु। भेट भएन भने पनि चिन्ता नगर्नु। मैले भोलि महेश सरलाई फोन गरेर सम्झाउँला, भनेँ।
हुन्छ दाई, भन्दै उसले फोन राख्यो।
यता भाञ्जाले खबर पाएर मलाई फोन गर्दा मेरो लामो कुरा गराइले फोन इङ्गेज भयो कि भन्ने डर लाग्यो। एक मनले फेरि त्यो भान्जकी पिएलाई फोन गरेर सोधौैँ कि भन्ने पनि लाग्यो। तर फेरि झल्यास्स सम्झेँ र भाञ्जाका मोवाइलमा फोन गरेँ ...
माफ गर्नुहोला, तपाईले डायल गर्नुभएको फोन बन्द छ ..। सुनेर लाइन काटेँ। फोन कम्पनीले पनि कति नमिठो रेकर्ड बनाएको होला जस्तो लाग्यो। अघिपछि पनि फोन कम्पनीका यी रेकर्डेड आवाज नमिठो त लाग्थ्यो। तर, आज विलखवन्धनको आफ्नो अवस्थाले होला झनै झर्को लाग्दो लाग्यो। अलि सुरिलो स्वरमा मिठासका साथ रेकर्ड गरे पनि हुने नि जस्तो भान भयो।
घरको फोनमा घण्टि बज्यो। तर फोन घरभित्र म घरबाहिर भएकोले त्यो घर भित्रको बाघको डरले ढोका खोेलेर फोन उठाउन जान सकिन। भान्जले गरेका होलान् भन्ने लागेर भान्जको मोवाइलमा फोन गरेको उनको फोन व्यस्त रहेको सूचना त्यही नमिठो रेकर्डेड स्वरमा सुनियो। पक्कै भान्जले नै ल्याण्ड लाइनमा मलाई फोन गरेको हुनुपर्छ भन्ने लाग्यो र भित्रको घण्टि बज्न छाडेपछि फेरि भान्जको मोवाइलमा फोन गर्छु भन्ने सोँचेर पर्खन थालेँ। आत्तिएको समय भएर हो कि किन हो त्यो घण्टि त आधा घण्टासम्म बजेको बजै गरेजस्तो लाग्यो।
भान्ज र म दौतरीजस्तै हो नातामा मामा भान्ज भए पनि उमेरमा खासै फरक छैन। भिनाजूको रक्सी खाने नराम्रो लत बस्यो। दिदी र भिनाजू दुवै जना जागिरे भएकोले भिनाजूको सरुवा जहाँजहाँ हुन्छ त्यहाँ त्यहाँ दिदी जान सम्भव पनि हुन्थेन त्यसैले एक्लै हुँदा झन रक्सीको मात्रा बढ्दै बढ्दै गयो। हुँदा हुँदा भिनाजूले रक्सी खाने होइन, रक्सीले भिनाजूलाई खान थाल्यो। आखिर त्यही रक्सीले यी भान्ज कक्षा ५ मा पढ्दा भिनाजूको ज्यान गयो। दिदी प्राइमरी स्कूलकी मास्टर भएकीले अरु त खासै समस्या थिएन। तै पनि ६ कक्षादेखि त भान्ज र मसँगै हाम्रो गाउँको स्कूलमा एसएलसीसम्म पढ्यौँ। भान्ज पढ्नमा जेहेन्दार थिए। अनि टुहुरो भएकोले पनि होला पढ्नमा निकै मन गर्थे। म भने अल्छी, पास मात्र भए भै हाल्छ भन्ने सोँच्थेँ भने उनी चाँही फस्ट हुने गरी पढ्थे।
त्यसैले उनले लोकसेवा समेत पास गरेर अहिले उपसचिव भएका छन्। मेरो पनि गाउँकै स्कूलको हेडमास्टरी जागिरले जिविका चलेकै छ।
एक दिन बुढी (रीता) डिगाँवाच्छालाई घाँस झार्न कुटमेराको रुखमा चढेका बेला रुखबाट खसेकाले उपचारका लागि अस्पतालमा ल्याएको हो। भान्जले पनि आफ्नी माइजूलाई अति सम्मान र माया गर्छन्। नभन्दै माइजू रुखबाट लडेको सुनेपछि। को साथीको हो कुन्नी जीप मागेर हाम्रै घर पुगेर ल्याएर नर्सिङ होममा सिधै पुर्याएर उपचार सुरु गराए। मैले त उतै हेटौंडातिरै उपचार गराउने भन्दा भन्दै मेरो कुरै सुनेनन्।
सरकारी काम त्यस्तै त हो। जिम्मेवारी निभाउनै पर्ने भएर नगई नहुने भएर विचरा अफिस गए। भान्जी बुहारी चाँही एक हप्तालाई कता जागिरकै शिलशिलामा विदेश भ्रमणमा गएकी रहिछन्। यी भान्ज फेरि वालअधिकारको पक्षमा र श्रम शोषणको विरोधमा कट्टर छन्। त्यही भएर घरमा नोकरचाकर चाँही राख्दैनन्। लोग्ने स्वास्नी नै आफ्नो काम आफै गर्छन्। दुःख सुख गरेर बचाएको रकमबाट सानो भए पनि चिटिक्कको घर पनि काठमाडौंमा बनाएकाले अहिले मलाई पनि काम लाग्यो। तर, यो घर भित्रै बाघले झम्टने यो के हो मैले मेसोभाति केही बुझेको होइन ...
यत्तिकैमा भित्रको फोनको घ48टी बज्न छाड्यो र हत्त पत्त भान्जको मोवाइलमा डायल गरेँ। तर मैले भान्जको नम्वर मिलाएर डायल स्वीच थिच्न नपाउँदै भान्जको फोनको घण्टि बज्यो ..
मैले ..हेलो भन्नासाथ भान्ज आत्तिंदै, माइजूलाई कस्तो छ, किन तुरुन्तै फोन गर्न भन्ने खवर छाड्नु भएको? घरको फोन किन नउठाएको? म त एकदम आत्तिएर हत्तपत्त फोन गरेको। भन्ने प्रश्नको तांतीमा मैले कहिले पालो आउला र आफ्नो समस्या बताउँला भन्दै बीचैमा उनको कुरा काट्दै भने..
हेरन म त लुङ्गी र सर्टमा यहाँ वर48डामा छु। खाना खाएर एस्सो आराम गरेर बैठक कोठामा बसेको थिएँ, अगाडिपट्टिबाट एक्कासी एउटा बाघले झम्टियो। त्यसपछि म त बाकिर वरण्डामा आएर ढोका बन्द गरेको सम्झन्छु, अरु केही सम्झन्न। अनि तिमीलाई फोन गरेको तिमीसँग भेटै भएन। म यहाँ अलपत्र परेको छु। ल छिटो केही उपाय लगाउ त!
उता भान्जले चाँहि लामो सास तान्दै भने.. म त माइजूको बिरामी वढी भयो कि भनेर डराएको। ल ल ... नआत्तिनुस् म अव यहाँबाट हिडिहाल्छु एक छिन नआत्तिएर बस्नुस्। छिमेकीको विरालोसिरालो केही पसे होला। के को बाघ हुनु। नडराउनुस्, ढोका खोलेर भित्र बस्नुस् भन्न थाले ..
आफुले बाघै देखेको हो। कसैले पत्याउने होइनन्। अहिले आए पछि आफै भाग्लान् नि भान्ज पनि आफैले बाघ देखेपछि भन्ने लाग्यो र तर्क वितर्क गर्न नथाली ल ल चाँडै आउ, अनि थाहा पाउला भनेँ।
त्यत्ति भन्दै फोन काटेर भान्जलाई पर्खन थालेँ। आफुले प्रत्यक्ष आँखाले देखेको बाघलाई बिरालो भनेर बेवास्ता गरिदिनेसँग के लाग्यो र। हुन त अव यो शहरको ठाउँमा कोठाभित्र बाघ आयो भन्दा भान्जाको ठाउँमा म, मेरा ठाउँमा भान्जा भए पनि मैले पनि त पत्याउने कुरै थिएन। तर आफ्नै आँखाले देखेपछि यहाँ आफुलाई यति डर लागेको छ।
अघि बल्ल तल्ल कसै गरी बाँचे अव त रिस्क लिन हुन्न्। यो झ्यालको पर्दा पनि कस्तो टन्न भित्र सबै ढाक्नेरहेछ। झ्यालको कुनै कुना काप्चाबाट पनि भित्र चियाउन मेल्दो रहेन छ। भित्र त्यो बाघले के गरेको छ, केही मेसो नै आएन। अहिले एक छिनमा भान्जा आइपुगे पछि देख्लान् नि आफ्नो घरभित्रको बाघको चर्तिकला। अनि पुलीस, आर्मी बनपाले कलाई डाँक्दा रैछन् हेरमला नि।
एकछिनपछि फेरि मोवाइल वज्यो। ..भान्जाकै रहेछ। रिसिभ स्वीच थिचेर कानमा लगेर हेलो .. भनेँ। उताबाट उत्तर आयो ...
हजुर मामा, हेर्नोस् न यहाँ ट्राफिक जाम रहेछ। नआत्तिनुस् अव एकैछिनमा आइपुग्छु ..
हुन्छ .. हुन्छ, मेरो अरु उपाय नै के छ र? भन्दै फोन राखेँ।
यही बेलामा फोनको ब्याट्री पनि सकिन थालेछ। भान्जाले अफिस जाने बेलामा अब एक छिन पछि लाइन आउँछ, मोवाइल चार्ज गर्न नविर्सिनुहोला भन्दै गएका थिए। तर, बाघले झम्टेपछि चार्ज न सार्ज भयो। अहिले भित्र लाइन छ। मोवाइल चार्ज गर्न पाएको होइन। चार्जर भित्र छुट्यो नत्र प्लग त यहाँ वर48डामा पनि रहेछ। तर, चार्जर नभई भएन के गर्नु।
झ्यालमा कान जोडेर भित्रको चाल बुझ्ने प्रयास गरेँ तर बाघको कुनै साईसुइको छैन। टिभीमा के के कार्यक्रमको आवाज बाहेक भित्र कुनै आवाज झाईझुई छैन।
बाहिर बाटोमा गाडी रोकियो। भान्ज गेट खोल्दै भित्र पसे। म तर्सेर वर48डामा बसेको देखेर पनि उनमा घरभित्र बाघ छ भन्ने कुरामा विश्वास नभएको देख्दा अलि रिस पनि उठ्यो। अनि भित्र बाघ भएको र सतर्कता अपनाउन पुलिस, आर्मी वा फरेष्टरलाई बोलाउन भन्दा पनि भान्जाले एकछिन पर्खनुस् न भन्दै अगाडि बढे। वर48डाको ढोका खोल्नासाथ त्यही बाघले मलाई झम्टेको कोठा छ। भान्जाले चाही मेरो कुरालाई महत्व नै नदिई अगाडि बढेर ढोका खोल्न थालेँ। म चाँही भित्रबाट बाघले झम्ट्यो भने रोलिङ चढेर छतमा पुग्ने योजना सोँचन थालेँ।
भान्जाले ढोका उघारे तर भित्रबाट बाघले झम्टिएन। भित्र त टिभीको आजाव बाहेक केही थिएन। ढोका खोलेर भित्र पसेर भान्जाले पर्दाहरु खोले कोठा उज्यालो भयो तर भित्र बाघ त के कुरा बिरालोको पनि कुनै संकेत छैन। तर, मेरो मनमा त्यो झम्ट्याइको डर भने हराएको होइन। अर्को मेरो मनमा बाघले झम्टेको विषयमा तर्क वितर्क आउन थाल्यो।
भान्जा कहिले म सपनाएको तर्क गर्थे, म सपनाएको होइन भन्थेँ। उनी भ्रम भन्थे होइन बाघले झम्टेको हो भन्ने म जिद्दि गर्दै गएँ।
त्यसपछि उनले म बसेको कुर्चीको अवस्था त्यसको वगलमा टेवुल, पल्लोपट्टि दराज र अगाडिपट्टिको भित्तामा राखिएको प्लाज्मा टिभीको अवस्थामा ममाथि बाघको झम्ट्याई कसरी भएको हुन सक्छ भन्ने पत्याउने, नपत्याउने, सम्भव, असम्भव आदि तर्क वितर्क गर्न थाले।
मैले बाघले झम्टेकै हो भन्ने उनको भ्रम हो भन्ने दोहोरी चल्दै गयो। त्यसपछि उनले ठीक कुन समय र त्यसबेला मेरा मनमा के कुरा खेल्दै थिए भन्ने सोध्न थाले।
त्यत्तिकैमा मेरो मोवाइलले ब्याट्री सकिएको आवाज गर्यो। यो मोवाइलफोन पनि भान्ज अफिसबाटै विदेश गएका बेला ल्याइदिएका थिए। उनको र मेरो उस्तै मोवाइल छ। मोवाइलमा ब्याट्री सकिएको आवाज सुनेर मलाई मोवाइल किन चार्ज नगरेको भनेर सोधे।
पहिला लाइन नभएकोले मोवाइल चार्ज गर्न नपाएको र लाइन आउँदा बाघले झम्टेकोले आफु बाहिरै भएकोले चार्जर नभएर चार्ज गर्न नपाएको बताएँ।
त्यसपछि भान्जाको प्रश्न लाइन आउनु र बाघले मलाई झम्टनु एकै पटक भएको विषयमा केन्द्रित थियो र वास्तवमा भएको पनि त्यस्तै थियो।
त्यसछि भान्जाले गरेको बाघको विषयको तर्कमा दम थियो। मेरो मनले डर मानेकै भए पनि भान्जाको तर्क मान्नमा मेरो मस्तिष्कले स्वीकृति जनाइसकेको थियो।
उनको तर्कमा नेपालको लोडसेडिङ, टेलिभिजन र बाघको सम्वन्ध जोडिएको थियो। हुन पनि म रातभरिको अनिदो, थाकेको र एकोहोरो भएर बसेको समयमा एक्कासी बाघले झम्टेको देख्दा आत्तिएको मस्तिष्कले त्यो तर्कसम्म नपुग्नुलाई खासै अन्यथा ठान्नुपर्ने जस्तो पनि मलाई लाग्दैन।
वास्तवमा राति भान्जले टिभी हेर्दाहेर्दै लाइन गएको रहेछ। लाइन गएर बन्द भएको टिभी उनले बन्द नगरी सुत्न गएछन्। सधैजसो त उनले बिहान अफिस जाने समयमा टिभीसिभी बन्द भए नभएको चेक गरेर जान्थे तर आज म घरमै भएकोले उनले टिभी बन्द गर्नुपर्ने नठानेर गएछन्। संयोग भन्नु पर्यो हिजो लाइन जाने बेलामा उनले जोग्रफि च्यानल हेर्दै रहेछन्। त्यसैले लाइन आउनु र ज्योग्रफी च्यानलको बाघ टिभीमा झम्टिनुले मेरो एकाग्र मनस्थितिमा उथलपुथल ल्याएको भन्ने भान्जाको तर्कमा म सहमत भएको छु ।

शिष्टचार
शिष्टचार भन्ने चिज कति मिठो हुदो रहेछ भन्ने कुरा बल्ल हरिरामले बुझ्यो । उसले त्यही शिष्टचारको बिभिन्न अभ्यास भने यसरी गरेको थियो ।
प्रथम शिष्टचार अभ्यास ः कामको लागि बिभिन्न सँग हार गुहार गर्यो। अरुको खुट्टा समातेर ढोग्यो पनि । शिष्टचारको यो अभ्यासमा उसले एकदिन सफलता पायो । उसले एउटा नयाँ कार्यालयमा जागिर पायो ।
दोस्रो शिष्टचार अभ्यास ः कार्यालयमा भर्खर नयाँ नयाँ जागिरे भएको हुनाले कार्यालयको कर्मचारीहरुसँग राम्रो रसबस बसाउन सानो देखि ठुलासम्मलाई नमस्कारको अभिवादन चढाउँदै गयो । सबले उसको त्यो नमस्कारलाई स्वीकार गर्यो । सबैसँग हेलमेल भइसकेपछि शिष्टचारको त्यो अभ्यास अब खल्लो लाग्न थालिसकेको थियो ।
तेस्रो शिष्टचार अभ्यास ः पहिलो र दोस्रो शिष्टचार अभ्यास सफल भइसकेपछि तेस्रो शिष्टचार अभ्यास गरी हेर्ने बिचार उसमा आयो । तेस्रो शिष्टचार अभ्यासमा कर्मचारीहरुको मिलेमतोमा आफुलाई कार्यालयको हाकिम बनाइदिन आग्रह गर्दै कार्यालयको कर्मचारीहरुलाई एउटा शानदार होटलमा ठुलो भोज राख्यो । आफु हाकिम भएपछि उनीहरुको स्तर बढाईदिने आश्वासान दियो उसले । आफ्नो खल्तिबाट केही रकम झिकी अरुलाई बाड्यो पनि। अरुले पनि यस काममा उसलाई सघाउने प्रदिबद्धता जाहेर गरे । केही दिनमै उ त्यो कार्यालयको हाकिम भयो जुन कार्यालयबाट उसले आफ्नो जागिरको पहिलो सिढी चढेको थियो ।
चौथो शिष्टचार अभ्यास ः हाकिम भएपछि उसको शिष्टचार त्यसपछि कहाँ पुग्यो कहाँ । पहिले अरुको खुट्टा ढोगेर कैयनलाई निधारमा हात लगि नमस्कार स्वस्ति गर्ने उसको प्रबृति भनौ वा ब्यबहार त्यसपछि एकाएक परिवर्तन भयो । बरु उल्टै उ कहाँ काम माग्न आउने मानिसहरुको नमस्कार स्वस्ति लाई तुच्छ ठान्दै गमक्क पर्दै छाती फुलाउँदै आफ्नो शान शोहरत देखाउन थाल्यो । आफ्नै नजिकका नातागोतालाई पनि टाढै राख्ने कोशिश गर्यो। तर धन हुनेहरुसँग भने टिमिक्क टासुँला झै गरी ब्यबहार भने उसले यथावत राख्यो । सायद त्यो ब्यबहारमा पनि उसले शिष्टचारको नयाँ रंग खोजिरहेको थियो । कुनै स्वार्थ उसले त्यसमा लुकाइरहेको थियो । जे होस् " शिष्ट " को त्यो " अचार " भने उसलाई एकदम फापिरहेको थियो । स्वादिलो भइरहेको थियो ।

बजेट
उसले ऋण गरेर भए पनि त्यसै थन्किरहेको थोत्रो रेडियो हिजै मात्र बनाएर ल्याएको थियो । उसको मुहारमा एक किसिमको चहक उत्सुकता प्रष्टै बाहिरबाट देखिन्थ्यो । बिहान उठेदेखि उ त्यो रेडियो सँग टपक्क टाँसिरहेको थियो मानौ त्यो रेडियो कुनै टिनको सानो बक्सा होइन उसको काखे छोरा नै थियो ।
त्यो रेडियो उसकी श्रीमतिले दाइजोस्वरुप ल्याएकी थिइन । गत बर्ष बजेटले उ जस्तालाई केही राहत दिने रोजगारीको ग्यारेण्टि दिने जस्ता कुरा बाहिर आउँछकि भन्ने उसले सोचेको थियो । परिस्थिती बदलिएको अवस्थामा उसले त्यस्तो आशा राख्नु पनि एकदम जायज थियो । तर उसले सोचेजस्तो नआउँदा उसलाई भित्रभित्रै रिस उठेको थियो । फलस्वरुप रिसको झोकमा उसले त्यो रेडियोलाई भुईमा बॆस्सरी बजार्यो । त्यसपछि उसले त्यो रेडियोलाई फेरी बनाउने हेक्का राखेन ।
मंहगी चुलियो । ज्यामी मजदुर गरेर उसले बल्ल तल्ल केही छाक छोड्दै भएपनि जीवन धानिरहेको थियो । बन्द हडतालले त उसको त्यो श्रम पनि लगभग बेकार हुने अवस्था भइरहेको थियो । यतिकैमा सरकार फेरीयो । र त्यो सरकारबाट बजेट घोषणा हुने तयार भयो । अब त केही आउला कि भोकै बस्नु पर्ने दिन नआउला कि नभए पनि बेरोजगारी भत्ता बढ्छ कि भन्ने आशमा उसले सो रेडियो बनाएको थियो ।
त्यसकै लागि आज मजदुर गर्न उ बाहिर पनि गएको थिएन । बजेट आउने क्रम शुरु भयो । उसले उत्सुकता पुर्वक कान चनाखो पारेर सुन्यो । मन्त्रीको आवाज धोत्रो सायद धेरै बेर बोलिरहदा त्यस्तो भएकोले हुन सक्छ प्रष्ट आइरहेको थिएन । पानी घटघट पिएको पनि सुनियो । र त्यसपछि फेरी मन्त्रीको भाषण जारी रहने काम भयो । दई तीन घण्टा सुनिरहदा पनि गरिबहरुको लागि ज्यामी मजदुरहरुको लागि भनेर एउटै कुरा आएन । यतिकैमा बजेट यति खर्बको…… करोड भनी मन्त्रीले बजेट भाषण टुङ्ग्याएको सुनियो ।
रिसले उसले त्यो रेडियो लौ खा......... भन्दै भुईमा बजार्यो बिगतको बर्ष झै। अब चाहि त्यो रेडियो केही गरी पनि नबनाउने भनेर अठोट गर्यो । र हिड्यो बाहिर । अर्को कोठाबाट श्रीमति चाहि उसको क्रियाकलाप निरन्तर चुपचाप नियालिरहेकी थिइन अबोध बालिका झै……………।

निडरता
करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न गर्न र सोधेका प्रश्नहरुको जबाफ दिन डराउन हुन्न भनी संझाइरहेको बेलामा ६ वर्षकी छोरी पूजा संदा झैं उनको उमेरकाहरुलाई जवाफ दिन अति कठीन प्रश्न तेसार्छिन्, “वावा अस्ति श्यामलाई असाध्यै मूर्ख छ पट्टक्कै डराउँदैन भन्नु भएको होइन अनि अहिले फेरि दादालाई डराउन हुन्न किन भन्नु भएको त?” “बदमाशी गर्न नडराउने मानिसलाई मूर्ख भनिन्छ तर राम्रो काम गर्न भने डराउन हुन्न नि त । शिक्षकहरुसंग प्रश्न गर्ने र सोधेका प्रश्नहरुको जबाफ दिने भनेको त बढी जान्नको लागि हो त यस्तो काममा डराउन हुन्न नि छोरी” - संक्षेपमा यस्तो जबाफ दिएँ छोरीको जिज्ञासा पुरा गर्न मैले । योभन्दा बढी जान्न पहिला छोरी ठूलो हुनुपर्छ भन्दै छोरीलाई तानेर काखमा राखी माया गर्न थाल्छु । छोरीको खुशीको सीमा थिएन सधै अनेक बहाना बनाएर काखमा बस्न खोज्नेलाई आफैले काखमा राखिदिएकोमा ।
निर्भयता, भयहीनता, महसूरपना जस्ता शब्दहरुलाई पर्यायबाचीको रुपमा मान्न सकिने निडरताको बारेमा सामान्यत मानिसहरुले खासै सोचेको अथवा चासो दिएको पाइन्न यसलाई बिशेषणको रुपमा प्रयोग गर्न र कहिलेकाही त्यस्ता ब्यक्तिहरुको कुरो गर्न वाहेक यद्यपि ब्यक्तिगत एबं सामाजिक जीवनमा यस्ले गर्दा पर्न सक्ने क्षणिक एबं दूरगामी संभाबित बिभिन्न परिणामहरुका कारण यसबारे सोचिनु र यस्लाई महत्व दिइनु भने अति आबस्यक देखिन्छ । ब्यक्ति ब्यक्तिमा पाइने निडरताको प्रकृति र त्यस्को श्रोत अनुसार त्यस्को असर ब्यक्ति, समाज, देश र संपूर्ण बिस्वमा आ-आफ्नै किसिमले परिरहेको हुन्छ । वास्तबमा निडरता के हो त, यो आबस्यक कुरा हो कि होइन, निडरताका श्रोतहरु के के हुन सक्छन्, यस्लाई कसरी वर्गीकरण गर्न सकिएला, निडरताले ब्यक्ति र समाजमा के कस्ता असरहरु पार्न सक्ला त - यी यस्ता प्रश्नहरु हुन जुन निडरताको बिषयमा गहन जानकारी हासिल गर्न सहायकसिद्ध हुन सक्छन् ।
कुनै पनि काम कुरो निर्भिकतापूर्बक बिना हिचकिचावट गर्न सक्ने क्षमता राख्न सक्नु निडरता हो, तर बिभिन्न ब्यक्तिमा पाइने निडरताको प्रकृति भने त्यस्को श्रोत एबं कारणको आधारमा फरक फरक हुन्छ र सोही अनुरुप हुने त्यस्को प्रदर्शन र कार्यान्वयनको असर बिभिन्न ब्यक्ति र समाजमा बेग्लाबेग्लै तवरले पर्छ पनि । निडरताले गर्न पर्ने काम कुराप्रति व्यक्तिमा पाइने आत्मबलको मापदण्ड तोक्न सक्छ अनि ब्यक्तिले गर्ने काम कुराबारेको प्रस्तुतिको गुणात्मक पक्ष र ज्ञानको मात्रालाई परिभाषित गर्न सक्छ । कुनै पनि काम कुरा गर्ने सिलसिलामा ब्यक्तिद्धारा प्रदर्शित निडरताको परिणाम या त निर्णयको रुपमा देखा पर्छ या त निर्णयलाई सहायकसिद्ध हुने प्रकृयाको रुपमा । त्यसै गरी यस्को प्रयोग क्षमता अभिबृद्धिको लागि पनि हुन सक्तछ र क्षमता प्रदर्शनको लागि पनि । सामान्यतः व्यक्तिमा अन्तर्निहित ज्ञान शक्ति, आडको संभाबना, अहंकार, पारिवारिक एबं सामाजिक परिबेश, न्यायसंगत मान्न नसकिने कुराहरुमा भएको श्रृङ्खलाबद्ध संलग्नता, यथार्थता लुकाउन पर्ने वाध्यतामा प्राप्त श्रृङ्खलाबद्ध आंशिक एवं पूर्ण सफलता आदि जस्ता कुराहरु श्रोत मान्न सकिन्छ निडरताको लागि । उपर्युक्त कुराहरुबाट स्पष्ट हुन्छ कि ब्यक्ति ब्यक्तिबाट प्रदर्शन हुने निडरताले बिभिन्न ब्यक्तिहरु र समाजमा सकारात्मक र नकारात्मक दुबै किसिमका परिणामहरु दिन सक्तछ ।
जे जस्तो सामाजिक पृष्ठभूमिमा मानव सभ्यता अगाडि बढिरहेको छ त्यस्लाई मध्यनजर गर्दा बिना हिचकिचावट निर्भिकतापूर्बक गरिएको देखिने अधिकांश काम कुरोको पछाडि त्यस्तो परिणाम देखाउन सहायकसिद्ध हुने बिभिन्न उत्प्रेरकहरुः नियमित अभ्यास, लोभ लालच, बाध्यता, श्रृङ्खलाबद्ध अभ्यस्तता, बिशेष समर्थन जस्ताले काम गरेको पाइन्छ । बिषय वस्तुको जटीलताले गर्दा उदाहरणको प्रस्तुति बढी सान्दर्भिक हुन सक्छ । एउटा परिवारमा श्रीमानले सम्बन्धमा नै गतिरोध आउन सक्ने किसिमले लगाइएको श्रीमतिको अभियोगलाई अनेकन तबरबाट होइन भन्ने विश्वाश दिलाउन प्रयास गर्यो तर धेरै कारणले गर्दा आफूले लगाएको अभियोग सत्य हो भन्ने बुझ्दा बुझ्दै पनि पेश नै गर्ने प्रमाण पनि नभएको र घटनालाई बढाउँदा विद्यमान सामाजिक परिबेशले गर्दा आफ्नो सामाजिक प्रतिष्ठामा समेत असर पार्ने ठानी मौन बसी मानसिक तनाव कम गर्न ध्यान पनि शुरु गर्न थाली । यस्लाई श्रीमतिको कमजोरी ठानी श्रीमानले आफ्नो लागेको बानीलाई बिभिन्न रुपमा निरन्तरता दिन थालयो । कहिलेकांही पुनः त्यस्तो केही महसूस गरेपछि श्रीमति कैयौं दिनसम्म श्रीमानसंग राम्रोसंग बोलचाल गर्न छाड्थी र त्यसबाट उस्ले बुझ्थ्यो कि उस्को आँखा चोर कामको उस्ले भेउ पाइ । एकातिर सामाजिक परिबेश र अर्कोतिर बढ्दै गएका केटाकेटीको भबिस्यको बैशाखी टेक्दै जीवनमा वाध्यतापूर्बक धेरै झिझ्यारलाग्दा आरोह अबरोह पार गर्दा गर्दै अब त यस्तो बिन्दुमा आइसकेको थियो कि एउटालाई अर्कोले बिस्वास गर्दैन भन्ने बुझेर पनि झूटो बोल्नु, बहाना बनाउनु, जसरी पनि जित्नै खोज्नु केही न केही भैसक्यो भने अर्कोलाई अर्कोले बोलेको कुरालाई सुने पनि नसुने झैं गर्नु र साथी भाइको सामू औपचारिकताको हाँसो हाँस्नु सामान्य भैसक्यो । अति संबेदनशील र जटील उदाहरण हो यो । यहाँ win win को नभएर loss loss को सिद्धान्त लागु भएको छ । श्रीमति त संधै हार खाएकी छे परिस्थितिबश - क्रमशः निडर बन्दै गएको श्रीमानको निडरताको प्रदर्शनको नकारात्मक असरको चपेटामा परेकी छे भने सफलता पाएको ठान्ने श्रीमानले सफलताको बिजयोल्लास कहिल्यै कहीं मनाउन पाएको छैन आफ्ना गल्ती कमी कमजोरीहरुलाई ढाक छोप गर्न फट्याईं गर्ने बानीलाई आदतमा परिणत गरेर परिवारमा अशान्ति ल्याउन र सामाजिक प्रतिष्ठामा आउने -हासलाई बिबसतापूर्बक स्वीकार्नु बाहेक । लागेको बानी छुटाउनुको अलावा बिभिन्न रुपमा दिइएका त्यस किसिमका कि्रयाकलापको निरन्तरताका कारण खेल्न परेको दोहोरो भूमिकाले गर्दा सधै बाध्यतापूर्बक बोल्न परेको झूटद्धारा सिर्जित भित्रभित्रै दमित पीडाले गर्दा शरीरभित्र पैदा हुने अनाबस्यक हर्मोनले बेमौसमका शारीरिक र मानसिक असन्तुनका लक्षण र संभाबनाहरु बिस्तारै बिस्तारै बढ्दै जानु अस्वाभाबिक होइन ।
काग कराउँदै गर्छ पीना सुक्तै गर्छ भने झैं बिरोध पनि हुँदै गर्ने बिरोध गराइले कुनै अर्थ पनि नराख्ने राजनीति र भ्रष्टाचार जस्ता क्षेत्रको उदाहरण लिने हो भने बाध्यताबश त्यस्तो कार्यमा संलग्न हुन पर्ने नयाँमा वाहेक त्यस्तै बाध्यता अथबा बिभिध अन्य कारणले गर्दा श्रृङ्खलाबद्ध रुपमा त्यस किसिमको कार्यमा भएको बहु संलग्नता तथा शक्ति आडको बैशाखी टेक्नेहरुको आफ्नै किसिमको अहंपना जस्ता कारणले गर्दा जे जसरी निर्धक्कसंग भ्रष्टाचार गरिरहेका हुन्छन सतही रुपमा हेर्दा भ्रष्टाचारमा संलग्न पक्षहरु आर्थिक र सामाजिक पक्षको एउटा पाटोमा बिजयी भएको देखिए पनि उनीहरुलाई राम्रोसंग बुझ्नेको नजरमा भने सामाजिक पक्षको अर्को पाटोमा भने हार भएको देखिन्छ । समग्र भ्रष्टाचारको दुष्परिणाम समाज र देशले कसरी भोग्न पर्छ भन्ने यथार्थता त सबैमा जग जाहेरै छ । सामान्य जीवन यापन गर्न धौ धौ पर्ने जागिर खाएर लखपती करोडपती बन्नुको पछाडि जिम्मेवार छ यही नै खुल्ला रहस्य । हालसम्म प्रमाणित हुन नसकेको तर रासायनिक र जैबिक हतियारको निहुँ पारेर शुरु भएको इराकसंगको युद्ध र त्यसपछि हालसम्म भैरहेको अति महँगो सैनिक कार्यबाही जस्ता कारण पनि जिम्मेवार छैन र वर्तमान विस्वव्यापी आर्थिक मन्दीको लागि? जे जस्तो कारण देखाएर युद्ध गरिए तापनि युद्धको खास कारण भने लुक्न नसकेको रहस्य नै हो ।
सधैं सबै कुरो सबै ठाउँमा समान रुपमा लागु नहुन सक्छ भन्ने यथार्तताबाट यो प्रसंग पनि अपबादरहित नभै रहन सक्तैन । प्रकृति अथाह छ अति बिचित्रको छ - यस्ले कसैलाई पनि अर्कोसंग ठ्याक्कै उस्तै हुनै दिदैन । प्रत्येकलाई केही न केही बिशेष गुण दिएकै हुन्छ । कोही धारा प्रबाह बोल्न सक्छ, तर लेख्न सक्तैन भने कोही मजासंग लेख्न सक्छ, तर बोल्न जान्दैन । कहिलेकांही यस्तो पनि देखिन्छ कि केही बिषयमा सामान्य जानकारी भएकोले उस्कोभन्दा धेरै जानकारी भएकोले भन्दा राम्रो प्रस्तुति गरेको । एउटै संस्थामा कोही जन साधारणसंग राम्रो संपर्क राख्न सक्छन् भने कोही प्रतिबेदन आकर्षक ढंगले लेख्न, कोही मरेर काम गरिरहेका हुन्छन् र पनि गरेको काम देखाउन सकिरहेका हुन्नन् भने कोही काम चोर हुन्छन् र पनि मरेर काम गर्नेले भन्दा बढी काम गरेको देखाउन खप्पिस हुन्छन् । सामान्यत वाकशक्ति राम्रो भएकोलाई क्षमताबान भन्ने गरिन्छ र त भन्ने गरिन्छ कि बोल्नेका पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन र पनि सबैलाई राम्ररी चिनेर बुझेर उपयुक्त ब्यक्तिलाई उपयुक्त स्थान दिन सकेको खण्डमा संस्थाबाट दिन पर्ने परिणाम राम्रो परिणाममुखी बनाउन सकिन्छ । यसरी कहिलेकाही पकृति प्रदत्त केही बिशेष बिशेषता तथा अन्य कतिपय कारणले गर्दा कसैले आफैले भोगेको, गरेको तथा देखेको काम कुरा नै निर्धक्कसंग निडरता पूर्वक प्रस्तुत गर्न नसक्ता उस्को प्रस्तुतिमा आशंका उब्जने वाताबरण तयार हुन्छ भने कसैले आफैले नभोगेको नगरेको तथा नदेखेको काम कुरा पनि यस्तो किसिमले प्रस्तुत गर्छन् कि सो प्रस्तुतिमा शंका गर्न कठीन पर्छ । यस्तो स्थितिमा निडरताको सामान्य सिद्धान्त काम गर्न सकिरहेको हुन्न ।
माथि उल्लिखित प्रसंगहरुलाई संक्षेपमा चार्टको रुपमा तल प्रस्तुत गर्न प्रयास गरिएको छ । समग्रमा भन्नु पर्दा कुनै पनि काम कुरोको सन्दर्भमा कुनै पनि व्यक्तिले निर्धक्कसंग भन्न गर्न सक्नाकॊ पछाडि दुई कारणहरु देखिन्छन्ः सत्य र असत्य । सत्यको गहिराइको बिषय बस्तु अति गहन छ र त्यसबारेको प्रस्तुति यस लेखको आशय होइन । अधिकांश व्यक्ति कुनै न कुनै स्तरसम्म अज्ञानताको उपज बनिरहेको हुन्छ र आफूमा अन्तर्निहित सो अज्ञानताको पत्र नफालुन्जेल आफू र आफ्नो सोंचको बीच कुनै बिभेद छुट्याउन नसक्नाले के सही र के गलत भन्ने स्पष्टताको वास्तबिक रुपमा यकीन गर्न सकिरहेका हुन्नन । फलतः कतिपयले नचाहँदा नचाहँदै पनि गल्ती गरिरहेका हुन्छन् । अज्ञानताको सो पत्र फालेपछि मात्र वास्तबिक सत्यसंग साक्षात्कार हुन्छ र वास्तबिक सत्यको पहिचान गर्नेहरुमा कुनै स्वार्थ हुँदैन, कुनै लोभ लालच हुँदैन र गल्ती गर्ने संभाबना अति न्यून हुन्छ संधै होसियारीपूर्बक जिउने भएकोले । गल्ती नगरेपछि डर पनि हुँदैन । गल्तीको श्रोत नै काम, क्रोध, लोभ, मोह भएको र सत्यको पहिचान गरिसकेकाहरुको लागि यी सब स्वतः महत्वहीन भैदिने भएकोले उनीहरुको उद्धेस्य नै अरुको उद्धार, सहयोग र प्राणी मात्रको कल्याण हुन्छ । उनीहरुबाट निस्वार्थ काम कुरो हुने भएकोले त्यस्मा संलग्न दुबै पक्षमा गरिएका काम कुराको नकारात्मक असर केही पर्दैन । सत्य पहिचानको अभाबमा इमान्दार हुन खोज्ने मानिसहरुले समेत निस्वार्थ पूर्बक काम गर्न खोज्दा खोज्दै पनि कहिलेकांही कतिपय कारणबश परिणाम सोंचे अनुरुप नभैदिनाले चिन्ताको कारण बन्न सक्छ । तल प्रस्तुत चार्टले स्पष्ट गर्छ कि जस्को आधार सत्य छ, निडरता उनीहरुको बिशुद्ध गुण हो र सम्मानजनक सकारात्मक परिणाम ल्याउनु यस्को धर्म हो भने आधार असत्य हुनेहरुले जानाजान आफ्नो अथवा कसैको स्वार्थपूतिको लागि गर्न नहुने काम कुरोमा निडरता प्रदर्शन गर्न पनि सक्छन बिभिन्न कारणहरुले गर्दा र त्यस्को परिणाम भने हुन्छ कुनै न कुनै रुपमा समाजमा र आफूमा बिभिन्न नकारात्मक असरहरुको सिर्जना । सही र राम्रो काम कुरा गर्न खोज्दाखोज्दै पनि कहिलेकांही अज्ञानताको कारण सत्यलाई आधार बनाउने प्रयास असफल भइ चाहे जस्तो परिणामको सट्टा नकारात्मक परिणाम दिने किसिमले काम कुरो भैदिन पुग्छ ।
सामान्यतः सामाजिक एबं कानूनि मान्यतानुरुप गर्न नहुने काम कुरो भन्न गर्न मानिसहरु डराउनु वा हिचकिचाउनु पर्ने हो तापनि त्यस्तो नभएर अधिकांशप्रायः मानिसहरु निडरतापूर्वक त्यस्तो काम कुरोमा संलग्न भए गरेको पाइनुको पछाडि स्वार्थ, बाध्यता, महत्वकांक्षा, दबाब, अहंपना, बदलाको भाब, भैरहेको अथवा संभाबित समर्थन प्राप्त शक्ति जस्ता थुप्रै कारणहरु हुन सक्तछन र त्यसको आधारमा प्राप्त सफलतालाई उपलब्धि माने तापनि त्यो उपलब्धि सीमित ब्यक्ति र समूहलाई त हुन सक्ला तर समग्रमा त्यस्ले समाजमा बिभिन्न किसिमका नकारात्मक असर पार्न सक्तछ । अर्कोतिर जति निर्धक्कसंग त्यस किसिमका काम कुरामा संलग्न भएर आफ्नो कम्जारी लुकाउन खोजे तापनि यथार्थता कुनै न कुनै रुपमा सार्बजनिक हुँदा प्राप्त सामाजिक प्रतिष्ठा यथाबत रहन नसक्ने एउटा पक्ष छ भने अर्को पक्ष अरुलाई ढाँटेर समाजमा आफूलाई जे जसरी प्रस्तुत गरे पनि जुन पृष्ठभूमिमा गरिएको काम कुरो हो त्यसले भित्रभित्रै एक किसिमको त्रास, पीडा र अस्थिरता पैदा गरी शरीरभित्र बिकारयुक्त हर्मोन पैदा गरेर शारीरिक एबं मानसिक समस्याहरु सिर्जना गर्ने काममा सहायक भूमिका निर्बाह गरिरहेको हुन्छ त्यस्ले । इमान्दार हुन खोज्दाखोज्दै पनि कतिपय कारणबश हुने गल्तीका कारण हुने नकारात्मक परिणामहरु पनि अलि बढी होसियार भएको खण्डमा न्यूनिकरण गर्न सकिन्छ । स्पष्टतः सत्यलाई आधार मानेर बहु जन हितायको सिद्धान्तलाई ध्यानमा राखेर गरिने काममा प्रदर्शन हुने निर्धक्कपना सबैको हितमा हुनुका साथै आत्मा सन्तुष्टि दायक हुन्छ भने बिभिन्न कारणबश स्वार्थपूर्ण पृष्ठभूमिमा आफू र कसैको स्वार्थ पूर्तिका लागि गरिने निर्धक्कतापूर्ण कि्रयाकलापको कारण स्वार्थ पुरा गर्न समर्थ हुनेहरु वाह्य रुपमा सफल र खुशी देखिए पनि नैतिक रुपमा असफल र चिन्तित हुने र शारीरिक रुपमा पनि दुस्प्रभाब पर्ने कुरामा भने सन्देह छैन जस्को अन्तत्वगत्वा परिणाम हुन्छ बिभिन्न किसिमका सामाजिक समस्या ।

सदस्यता लें
टिप्पणियाँ (Atom)