रविवार, 22 मई 2011

वालकथा

धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षिहरु प्नि मानिस जस्तै वोल्दथे । त्यसताका जनावर र पशुपंक्षि वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षि र जनावरहरुको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरु जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरुले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरुले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे । कसैको केही उपाए चलेन । निकै सोच विचार गरे । अन्तत उनीहरु आ–आफ्नो शुरक्षाका लागि आफ्नै समाज निर्माण गर्ने निर्णयमा पुगे । त्यसैले त्यसताका जनावरको राज्य छुट्टै निर्माण भएको थियो । सवैले आफ्नो शुरक्षाको लागि सिंहलाई राजा बनाएका थिए । त्यसै गरि चरा जातिले पनि आफ्नो राज्य निर्माण गरी गरुढलाई राजा बनाएका थिए । जनावर र चराजातीहरुले आफ्नो राज्यमा आ–आफ्नै कानुन पनि बनाएका थिए । समय वित्दै जादा राजाले आफ्नो शक्ति मजबुत पार्दै गयो । उसले कानुन पनि आफ्नै अनुकुल बनाउदै गयो । समाजका जनावरलाई विस्तारै चेतनाबाट बन्धक वनाउने तर्फ कानुनहरु निर्माण गरिदै लगियो । जनावरहरु एकआपसमा समेत मित्रता गर्न नपाउने भए । संगै बसेर छलफल गर्न पनि बन्देज लगाइयो ।



दिनभरिको आफ्नो आहारा जुटाउन जान पनि राजाको आज्ञा लिनु पर्ने भयो । उसको विरोध गर्नु त के राजा तर्फ सिधा हेर्न समेत नपाइने भयो । धरै कालसम्म यस्तै रित चल्दै आयो । जनावरहरुलाई आफुले बनाएको राजा हो भन्ने पनि पछिका सन्ततिले भुल्दै गए । राजा भनेको त देवादी देवताले नै बनाई पठाएको हो भन्ने भनाइको सविस्तार हुदै गयो । सवै जनावरहरुले राजालाई देवदुतको रुपमा मान्न थाले । राजाको आज्ञाको शिरोपर नगरे त धरै थिएन । यसरी राजा आफुसंग पुरै अधिकार पाए पछि क्रुर र घमण्डी बन्दै गयो । सम्पुर्ण कानुन उसले नै बनाउने र आफूले चाही कानुन तोड्न थाल्यो । त्यतिखेर राजाको वोली नै कानुन सरह हुन थाल्योे ।

राजा सिहंले आफ्नो कानुन आफै बनायो । जस अनुसार सवै जनावरले राजाको सम्मानार्थ उसको दरवारमा उपस्थित हुनुपर्ने भयो । राजको आहाराको लागि सवै जनावरहरुबाट पालो पालो गरि दैनिक एक एकले आफ्नो वलिचडाउनु पर्ने भयो । यसरी आफ्नो वली चडाएका जनावरहरु सिधै स्वर्ग पुग्ने छन भन्ने भनाईको मान्यतालाई सवैमा विश्वस्त पारियो । त्यसैले सिंहले दैनिक एक एक जनावरलाई मारेर खान थाल्यो ।



उता चराजतीका राजा गरुढले पनि त्यहीकुराको देखा सिकी गरिसकेको थियो । उसले पनि आफ्ना राज्यवाट दैनिक जसो एउटा एउटा चरालाई मारेर खाने गरेको थियो । यसरी आफ्ना प्रजालाई मारेर आफ्नो भोक प्यास मेटाउन मै सिंह र गरुढ व्यस्त हुन थाले । उनीहरुमा कसै प्रति दयामाया हुदैनथ्यो । कसैले पनि राजाको विरोध गर्न पाउन्नथ्यो । यदि कसैले विरोध गर्यो भने पालै नआएपनि शिकार हुनु पर्दथ्यो ।



यसैगरी कैयौ वर्ष वित्दै गयो । जंगलका जनावर र आकासका चराहरुको संख्या पातलो हुदै गयो । त्यसै जगंलको किनारमा व्वासो र सुगा एउटा बुढो रुखको फेदमा संगै वस्दथे । उनीहरु दुवै अती घनिष्ठ मित्र थिए । एक अर्का प्रति अतिनै सहयोग र सदभाव गर्दथे । दुवैका दुःख सुख वारेमा एक अर्काप्रतिको मर्म वुझ्दथे । दुवै दिनभर आ–आफ्नो आहाराको खोजीमा टाढा टाढा सम्म जान्थे र साझ परेपछि दुवै जना त्यही रुखमा वास वस्न आउने गर्दथे । दिनभरका आफ्ना तिता मिठा अनुभवहरु एक अर्कामा साटासाट गर्दथे । यसरी एकले अर्काको कुरा सुन्न पाउदा उनीहरुलाई अत्यन्तै रमाइलो लाग्दथ्यो । त्यसरी उनीहरु दिनभरको थकाई विर्सन्थे र रुखको टोढकामा नै निधाउन पुग्थे ।



एक दिनको कुरा हो सुगा विहान उठेर आफ्नो आहारा खोज्न जादै थियो । त्यसै वखत गरुढको मन्त्री चिल वाटामा भेट भयो । चिल निकै छाँट वाट संग कड्कीलो स्वभावको थियो । उसले टाढैबाट सुगालाई रोक्न आफ्नो दुत कागलाई पठायो । कागले दिएको सुचनाको आधारमा सुगाले गरुढलाई कुरेर बस्यो । नभन्दै गरुढ पनि ठुलो गड्गढाहट स्वरमा आयो र भन्यो । हेर सुगा राजको सुचना अनुसार म यहा आएको हु । त भोलि विहानै नुहाई धुहाई गरेर सफा सुग्घर बनी दरवारमा समयमै उपस्थीत हुनु । भोलि राजको भोजन गराउने तेरो पालो छ । राजको हुकुम हो यो, अन्यथा नगर्नु भन्दै गरुढ कड्कदै आदेश दिएर गयो । सुगालाई त्यो कुरा सुने पछि मनमनै असाध्यै खिन्नता भयो । शरिर त्यसै कामेर आयो । उसको दिमागमा के गरौं के नगरौं जस्तो भयो । हुनत जन्मे पछि एक दिन आवस्य मर्नु पर्छ भन्ने उसलाई थाहा थियो । तै पनि मर्नबाट सवैलाई डर लग्दो रहेछ । सवैलाई लामो समय सम्म वाच्न मन लाग्छ । त्यसमा पनि प्रकृतिको नियम विपरित उसलाई आफुले यति छिटो मर्नुपर्ला भनेर सय मनमा एक मन पनि कहिलै सोचेको थिएन । एक्कासी त्यो सुचना पाए पछि ऊ अगाडि बढ्न सकेन । अव के का लागि आहारा खोज्न जाने । भोलि त आफै अरुको आहारा बन्नु पर्ने छ । एक दिन त नखाइकन पनि बाचिन्छ भन्दै ऊ वाटो वाटै फरक्क फर्की आफ्नो वासस्थान तर्फ लाग्यो । वासस्थानमा पुगे पछि त्यसै भुइमा पछारियो र आफ्नो साथी व्वासोलाई संझिन पुग्यो । शरिरका सवै नसा तरंगित हुनथाले । भोलिबाट व्वासोको साथी कोहि हुने छैन । ऊ एक्लो हुने छ । मलाई संझेर रुने छ । विलौना गर्ने छ । ऊ पनि नखाई नखाई दुव्लाउने छ भन्ने सुगालाई लाग्यो । ब्वासो एक्लै भएपछि उसले यो आफ्नो गुड पनि छाड्ला भन्ने लाग्यो । अनि यो रुखको स्याहार गर्ने कोहि पनि हुने छैनन । कसैको स्याहार नपाए पछि यो बुढो रुख त्यसै ढल्ने छ भन्ने चिन्ता लाग्यो । सकभर आफ्नो साथीलाई यो रुखको स्याहार सुसार गर्नलाई अनुरोध गर्नु पार्यो । उसले विवाह गरेर यसै रुखको तल घरजम गरी वस्नलाई पनि अनुरोध गर्ने निश्चय गर्यो । यस्तै यस्तै सोच्दै उसको दिन वित्यो । दिन लामो भए पनि वितेको उसलाई थाहनै भएन ।



साझ परेपछि ब्वासो पनि वासस्थान तर्फ फर्कियो । त्यस दिन ब्वासो आफ्नो खाने आहारा नजिकै भेटेको हुदा अलि चाडै फर्केको थियो । आज आफु छिट्टो फर्केकोले बासस्थानमा एक्लै के गरेर सुगालाई पर्खने भन्ने बारेमा सोच्दै बाटामा पनि ढिलो ढिलो गरी आउदै थियो । बाटोमा एक गफाडी मुसासंग भेट भयो । मुसाले ब्वासोलाई गफ गरेर भुलाउने बिचार गर्यो र आफ्नो कथाको गफनिकाल्दै भन्यो । एक दिन ऊ तीनवटा विरालो संग बाच्न सफल भएको कुरा, आफ्ना बाबु आमालाई भेट्न जाउ भन्दै तीनैवटा बिरालोलाई दुलोमा छिराई आफुले बहिरबाट माटोले बन्दगरी मर्नबाट जोगिएको थियो । भन्ने सारा वृतान्त सुनेर भ्याउदा पनि ब्वासो चाडो नै आएको थियो । आफु आएको कुरा र मुसाको कथा आज सुगालाई भन्न पाईने भएकोले ब्वासो ज्यादै खुशी थियो । जब ऊ आईपुग्यो आफुभन्दा पहिलै नै आएर सुगालाई सुतिरहेको देख्दा ब्वासो अचम्म पर्यो । कतै असञ्चो भएर त होइन भन्ने चिन्ता पनि लाग्यो । उसले मनमनै भगवानलाई पुकार्यो ।



ब्वासो सुगाको नजिक गएर बिस्तारै बस्यो । सुगालाई भने निद्रा लागेकै थिएन । मनभरी चिन्ता लिएर पल्टीमात्र रहेको थियो । साथी आएको उसले टाढैबाट थाहा पाएको थियो । तर उसले आवाज नै निकाल्न सकेको थिएन । निन्याउरो अनुहार, आँखाबाट आसुझार्दै साथीलाई हेरीरहन बाहेक केही वोल्न सकिरहेको थिएन । उसको यस्तो अवस्था देखेर ब्वासो आत्तियो । उसलालई सबै भन्दा प्यारो साथीलाई पक्कै के भएको छ भन्ने लाग्यो र झन चिन्तित बन्दै सोध्यो –साथी तिमीलाई के भयो आज ? विसञ्चो भयो कि के भयो भन्दै मलिन स्वरमा सोध्यो ।



सुगालाई आफ्नो साथी झन चिन्तित भएको देख्दा झन मुटुभरी अमिलो भएर आयो । ऊ आसु झार्दै साथीलाई हेर्न थाल्यो । केही वोल्न सकेन । कसरी उत्तर दिऊँ । मुखमा वोलीनै फुट्दैन भन्ने लाग्यो । धेरै बेर पछि हिम्मत गर्दै बिस्तार संग मधुरो स्वारमा रुदै भन्न थाल्यो । तिम्रो यो साथी भोलिबाट नरहने भयो । तिमीले यति धेरै माया दिएकोले झन मलाई बोझ भइरहेको छ । तिमीले मलाई बिर्सीनु पर्छ । यसरी सधै को कहा संगै सधैभरी रहन सकेको छ र । त्यसैले म नभए पनि तिमी हाँसी खुशी रमायौ भने मलाई स्वर्गमा पनि आनन्द होला । म नभए पनि तिमीले विवाह गरेर बस्नु । अन्तमा मेरो एउटा अनुरोध छ तिमी जहा गएपनि यो हाम्रो बासस्थानको माया नभुल्नु । ब्वासीनीको साथमा यही बुढो रुखको स्याहार गरेर बस्नु भन्दै अन्तिम विदा माग्दै भन्यो ।



सुगाको यस्तो कुरा सुन्दा ब्वासो छक्क पर्यो । सोच्यो आज आफ्नो साथीले के भएर यस्तो कुरा गर्दैछ भन्ने लाग्यो । पक्कै पनि उसलाई कुनै आपति परेको हुनु पर्दछ । हैन भने आजसम्म उसले यस्तो कुरा कहिलै गरेको थिएन । कहिले काही मैले हाँसो ठट्टा गर्दा पनि ऊ गम्भिर हुने गर्दथ्यो । मलाई सधै राम्रा अर्ति दिने गर्दथ्यो । कुनै खतरा आइपर्दा पनि उसैले बच्ने उपाए निकाल्थ्यो । आत्तिनु हुदैन भनेर मलाई सम्झाउथ्यो । मिठा मिठा कुराहरु गरेर भुल्यााउथ्यो । मधुरो स्वरमा गीत गाएर सुनाउथ्यो । साधारण समस्या त उसको लागि केहि पनि हुदैनथ्यो । आज उसलाई के आपति परेको रहेछ मैले बुझ्नै पर्छ भन्ने सोचेर ब्वासोले सुगालाई संझाउदै सोध्यो – “मेरो साथी तिमी यो के भनिरहेकाछौ ? म त केही पनि बुझिरहेको छुइन नि । तिमी यस्तो के कुरा गर्दैछौ ? तिमी विना त म एक छिन पनि रहन सक्दिन । तिमी म भन्दा झन बाठा छौ । सहनसिल छौ । अनेक जुक्ति सोच्न सक्छौ । अनि के आपति प–यो र तिमी मलाई यस्ता कुरा गरिरहेका छौ । बरु भन के भयो । दुवैले सल्लाह गरेर तिम्रो समस्याबाट मुक्त हुन पो सकिन्छ कि ? तिमीले मलाई यस्तो कुरा गर्न सुहाउदैन । मर्न नै पर्ने भए हामी दुवै मरौला ।



ब्वासोको यस्तो कुरा सुन्दा सुगालाई झन अव के भनेर सम्झाउने भन्ने अप्ठारोमा पा–यो । के भनेर सम्झऊ भन्ने डर लाग्यो । भन्न लाग्यो –हामीहरु छुट्टै जातीका जन्तु भए पनि हाम्रो मित्रता ज्यादै घनिष्ठ छ । हाम्रो यो मित्रता आदिमकाल सम्म पनि अमर रहने छ । यसमा कुनै सन्देह छैन । हामी माथी कुनै नियमहरु प्रकृतिले बनाएका छन भने कुनै नियमहरु हामीले बनाएका छौ । कतिपय नियमहरु हामी माथी बाध्यतावश लगाईएको हुन्छन । त्यो हामी नकार्न सक्दैनौ । बाध्यतामा हामीहरु एका एक होमीरहेका हुन्छौ । थाहा छ, सवैको एक मत छ तर एकता छैन । कसैले आवाज उठाउन सक्दैन । आवाज उठायो भने पनि कसैले सुन्दैनन । यसमा केही उपाए गरेर पनि बच्न सकिने अवस्था हुदैन । घेरामा परेपछि सवैलाई बाध्यतानै हुन्छ आफ्नो आहुति दिन । म यसवारे सवै तिमीलाई नभनेर कसलाई भन्न सक्छु र । तिमीलाई सुनाउन भनेरै म यहा आएर दिन भर पर्खेको छु भन्दै आफ्नो दिनभरि भएको र त्यो मन्त्रि आएर सुनाएको समाचार भन्छ । आफु आफ्नो राजाको शिकार हुनु पर्ने । भोलिको पालो आफु कसैगरी टार्न नसक्ने सवै वृतान्त सुगाले आफ्नो साथी ब्वासोलाइ सुनायो ।



सुगाको यस्तो कुरा सुने पछि ब्वासोको पनि मन करुण भएर आयो । उसललाई के गर्ने के नगर्ने भयो । उसले मनमनै उपायहरु सोच्यो । आफुलाई मुसाले भनेको कथा पनि याद आयो । आफुले दिनमा भेटेको मरेको गोरुको आन्द्राभुडी निकालेर छोडेको पनि सम्झियो र साथीलाई संझाउदै भन्यो– तिमी अतिनु पर्दैन म भोलि बिहान तिम्रा राजा गरुढकहा जाने छु सम्झाउदा माने भने भइहाल्यो । नत्र अनुरोध गर्दछु । कतै केहि उपाए लागेन भने अनि सोचौला । अहिलेलाई धेरै चिन्ता लिनु भन्दा भोलि कुनै उपाए निक्लिहाल्यो भने सवैको भलाई होला भन्दै दुवै सुत्न गए ।



भोलिपल्ट बिहान ब्वासो गरुढको दरवारमा पुगयो । चतुर ब्वासोले दरवारको गेटमा पुगेर पाले संग भन्यो तिमीहरुको राजालाई यहा डाक । म हाम्रो राजा सिंहले बोलाउन पठाएर आएको हु । हाम्रो दरवारमा अहिले अफर्झट बैठक बस्नुपरेको छ भनि मलाई लिन पठाइबक्सेको हुदा म लिन आएको हुँ । पाले कत्ति पनि ढिलो नगरी राजाकहा पुग्यो र व्वासोको कुरा सुनायो । गरुढले पनि सिंह राजाले आफुलाइ के अर्फझट प–यो होला भन्दै ब्वासोलाई सम्मान सित भित्र ल्याई आफु समक्ष पेश गर्न लगायो । ब्वासोलाई दरवारको बैठक कोठामा लगेर राजा समक्ष प्रस्तुत गराइयो । त्यसै अवसरमा चतुर व्वाँसोले पनि कुरा मिलाउदै भन्यो । हाम्राराजा सिंहले आजबाट नयाँ नियम निकाली आफ्ना प्रजालाई नखाने र आफ्नै छोरा छोरी जस्तै गरी माया गर्नै भन्ने निर्णय गर्नु भएको छ । यही प्रस्ताव तपाई सामु पनिराख्नु भएको छ । हजुरको राय वुझ्न चाहानु भएको छ । त्यही खवर लिएर म आएको हुँ भन्यो । गरुढलाई यो कुराको चित्त बुझेन । कतै सिंहले प्रजाको हत्या नगर्ने भनेर घोषणा त गर्दैनन । बरु चाँडो गएर यो कामलाई रोक्नु प–यो भन्दै ब्वाँसो संग हिडेर जाने निर्णय गर्यो ।

यसरी ब्वासो अघि अघि गरुढ राजा पछि पछि गरेर ठुलो जंगलको बाटो हिडे । राजदरवारमा पंक्षिहरुलाइ मार्दै खादै गरेका राजा केहि वेर हिड्ना साथ भोक र थकाइ बाट गलस्त परिहाल्यो । उसले ब्वासोलाइ केही खाने कुराको इन्तजाम गर्न भन्यो । ब्वासोले पनि यहि मौकामा आफुले हिजै मात्र खाएर बचेको गोरुको मासु खानु पर्छ भन्योे । खाने भने पछि उसको मुखबाट र–याल छुटेर आयो । लौ भन कहा छ त्यो गोरु तुरुन्तै लगिहाल । ब्वासोले गरुढलाई आफुले हिजो मात्र छोडेको गोरुको पेटको प्वाललाई केहि ठुलो बनाई भित्र पसायो । हिडाइको थकाइले गलित भएको गरुड गोरुको आन्द्रा भँुडी खादाखादै भुसुकै निदायो । तर व्वाँसो भने बाहिर आयो । छाला तनक्क तन्काई प्वाललाई थुनि दियो । दिनको टन्टलापुर घाममा गोरुको छालसुकेर भुडि कसक्क भयो । प्वाल बाहिरको छाला तन्किएर अझ बलियोसंग बन्द भयो । भित्र सुतेको गरुढ ब्युझदा त सवै प्वालहरु बन्द भै सकेका थिए । ऊ रात परेछ क्यारे भन्दै अझ सुत्दै गयो । तर कहिलै पनि उज्याले भएन । अन्तत गरुढ गोरुको छाला भित्र थुनिएर म–यो । यसरी आफ्नो साथीको ज्यान वचाएर बेलुकी व्वासो बासस्थानमा फर्कियो ।

नयाँ जीवन पाएपछि सुगालाई पनि केही कृित गर्न मन लाग्यो । उसले नजिकको शिमलको रुख आफ्नो ठुँडले खोपेर महल तयार पार्यो । आफुलाई जस्तै आपत एक दिन आफ्नो साथीलाई पनि आउन सक्ने कुराको सुगाले महसुस गरेको थियो । सिंह ज्यादै बाठो र बलियो थिया । गरुढलाई जस्तो गरेर सजिलै सित थुन्न पनि सक्ने अवस्था थिएन । सुँगाले अनेक जुक्ति सोच्यो । अनेक उपाय रच्यो । दैनिक रुपमा सिंहको कमजोरी पत्तालगाउन दरवारमा लुकेर चियो गर्न थाल्यो । अन्तत उसले एक जुक्ति निकाल्यो ।

एक दिन सुगा राजाको दरबारमा गयो । मैले जीवन भर लगाएर एक महल बनाएको छु । राजा भनेका देवताको रुप हुन्छन । त्यसैले म जिवित छदै राजालाई दान गर्नपाए भने देवताले मलाई आवस्य पनि मेरा सवै पाप नास हुने छन । मरेपछि पनि स्वर्गमा बास दिने छन । त्यसैले म महल दान दिन चाहान्छु भन्यो । लोभी सिंह सितैमा पाए अलकत्र पनि नछाड्ने खालको थियो । त्यो कुरा सुगाले राम्ररी बुझेको थियो । सुँगाको यस्तो प्रस्ताव सुन्न साथ बिहानको पुजा आराधनामा बसेको सिंह एक्कासी बाहिर निस्कियो ।

“तिमी त बास्तवमा निकै बुद्धीमानी रहेछौ । यस्तो शुभ काममा रत्तीभर ढिलाई गर्न हुदैन भन्यो” । उसलाई मनमनै कस्तो महल दिन खोज्यो भनी हेर्नजान उत्सुक भयो । लौ भन कहा छ त्यो महल मलाई अहिले नै देखाइहाल भन्दै हिड्न तयार भइहाल्यो । सुगाले पनि मौकाको चौका छोपिहाल्यो । सिंहलाई लिएर खुरुखुरु सिमलको फेदमा पुगिहाल्यो र ढोका खोली भित्र पसायो । सिंह दरवारको लागि उपयुक्त रहेछ भनी माथी माथी हेर्दै गयो । सुगालाई धन्यबाद दिदै अहिले नै आफ्ना मन्त्रिहरुलाई डाकी ल्याउन सुगालाई नै खबर पठायो । सुगाले आफु नआउन्जेल सम्म महलमा नै बस्नु भन्दै बाहिरबाट ढोकामा ताल्चा लगाई दियो । सिहंलाई आफुले थुनेको कसैलाई पनि भनेन । अन्तत सिंह राजाको अन्त भयो । यसरी सुगाले सिंहको अन्त्य गरी आफ्नो साथीको पैचो तिर्यो । 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ