चैत महिनाको मध्य घाम । नेपालगाजको ब्यस्त बजार त्रिभुवन चोक ।
एक तमासले रिक्सा चलाइरहेको रिक्सा चालक उसको नाम रामफेरन । मैले उसलाई अली टाढैबाट चिच्याएँ ए ! रिक्सा खाली हो उ केहि नबोली म भए तिर आयो । किचन हट जाने हो कति पैसा बीस रुपीया हजुर । म आफ्नो सामान सहित रिक्सामा बसें ।
उसले एक तमासले रिक्सा अघि बढायो । म हतार हतार सरसफाइ र खानेपानी बिषयक कार्यशाला गोष्ठिमा सहभागीहरुलाई आबश्यक हाते सामाग्री फोटोकपी गरी होटलतर्फ लागें । उमेरले ३५-४० बर्षको झैं लाग्ने रामफेरन रिक्सा चलाउन थालेको ४-५ बर्ष भैसकेछ । दिनमा कति आम्दानी हुन्छ भन्ने प्रश्नमा उ केहि बोलेन मैले उ संग अरु जिज्ञाासा पनि राख्न खोजें तर उ चुपचाप रह्यो । सायद धेरै थाकेको हुदोहो । होटलको भित्री गॆटसम्म पुर्याइदियो उसले मलाई । मैले उसलाई बीस रुपैया िदंए र भने-धन्यवाद भैया! उसले हातमा पैसा लिदै भन्यो-पानी पिलाएका साहेब पानीको प्यासले थकित रहेछ र पो त उ केहि नबोली एक सुरले रिक्सा चलाउदै थियो यहि सोचें । मैले उसलाई किचनबाट एक बोतल पानी ल्याएर दिएँ । एकै क्षणमै घटघट पियो उसले । म आफ्नो काम तिर लागें । केहिबेर पछि म खाना खान भनी किचेनमा आएँ र खाना अर्डर गरें रिक्सा चालक रामफेरन त्यिहं ढोकाबाट मलाई हेर्दै उभिइरहेको थियो र मलाई भन्यो हजुर यो खाना म खांउ उसले सहभागीहरुले खाएर छाडेको खाना देखाउदै भन्यो र भन्नासाथ तुरन्तै खानाका प्लेटहरु टपटप उठाउदैं धमाधम खान थाल्यो ।
म उसको कृयाकलापले अवाक बनी हेरी मात्र रहें केहि बोल्न सकिन । मेरो खाना भने अझै आउन बांकी थियो । ए भैया तिमीलाई भोक लागेको छ भने म भित्रबाट खाना मगाइ दिन्छु त्यो नखाउ एक छिन पख। भन्दा नभन्दै उसले बाटामा भएका ४-५ वटा प्लेटको खाना चाटी सकेको थियो । मेरो खाना आइ पुग्यो । खाना ल्याउने वेटरलाई मैले भने-बैनी त्यो भैयालाई एक प्लेट खाना ल्याइदिनु त। बिचरा साहै भोकाएछ जुठो भाँडाहरु टिपेर खादैछ । यतिबेर सम्म उसले जुठा थालहरुबाट भोक मारी सकेको थियो । म नतमस्तक उसलाई एकोहोरो हेरीमात्र रहें । मैले मेरो अगाडीको खाना खान सकिन । वेटर बैनीले एक प्लेट खाना ल्याइ दिइन् । उसले त्यो खाना पनि खायो । उसले खाएको खानाले मेरो पेट त भरिएन नै तर मन नराम्ररी अघाएर आयो ।
हरेक गरिब नेपालीहरुको हालत यहि छ जसले दिनभर पसिनासंग रगत बगाएर पनि एक छाक पेटभर खानको लागि पाएका छैनन्। होटलमा बसेर खाना खाने ती सज्जन महोदयहरुले पनि यो दृश्य एक पटक देखेको भए अवश्य पनि अर्को पटक देखि खाना फाल्ने थिएनन् होला सायद …

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ