रविवार, 22 मई 2011

सेतु

सेतबबहादुरलाई आफ्नो नाम पनि लामो एवम् भद्दा लाग्न थाल्छ । सेतबहादुरबाट सेतु वनाउछ । नाम मात्र होइन उसलाई आफ्नो वसाई एवम् रहन सहन उस्तै पट्यार लाग्न थाल्छ । घर हेर्छ कुनै छनक मिलेको छैन । सानो झुप्रो फुसले छाएको एक तले घर छ । ऊ संझन्छ कहाको मुम्वइको होटलको सानदार कोठा कहाको आफ्नो एक तले फुसको छानो भएको कच्ची घर । ऊ वेर गर्दैन । आफ्नो झुप्रोलाई छाडेर नजिकैको वजारम डेरा सार्छ । त्यहीबाट नयाँ जीवनीको सुरुवात गर्ने सोच लिएर ।



मिठो खाने राम्रो लाउने इच्छा सवैमा हुन्छ । त्यही इच्छा सेतुमा पनि थियो । त्यसकै खातिर ऊ मुङ्लानल तिर हानिएको थियो । मुङ्लान्मा गएर एउटा होटलमा काम गरेकोे थियो । दुई चार लाख लिएर आएको थियो ।

आफुलाई पुर्ण रुपमा वदलेको सेतबहादरुले आफ्नो गाउँ केही पनि वदलिएको नपाए पछि ऊ दिक्क मान्छ । उही गाउँ, उही फुसले छाएका स–साना फुसले छाएका घर । उही पाखो वारी । उही भिरालो वाटो । आफ्नो गाउँ, झुप्रोलाई मुङ्लानको भव्य एवम् सानदार होटर र त्यसका कोठा संग तुलना गर्न पुग्छ । त्यहा प्राप्त सुविधा संग तुलना गर्न खोज्छ । सवै कुराको कमी भएको पाउछ । यस्ता पनि के जिन्दगी भन्दै तुरुन्त झुप्रोलाई छाडेर नजिकैको वजारमा डेरा गरेर वस्न थाल्छ ।



मुङ्लानबाट आए यता सेतुको व्यबहारमा पनि आकाश पतालको परिवर्तन आएको छ । खानपान देखि लिएर बोली चालीमा सम्म । ऊ वोल्दा आधा जसो हिन्दी मिसाएर वोल्छ । दिनहु जसो होटल रेष्टुरा धाउन थाल्छ । खादा पनि लोकल ठर्राको सट्टामा ब्रण्डी र ह्वीस्की मात्र मगाउछ । जीवन दुई दीनको लागि हो । मोज मस्ती गर्नु पर्छ । सम्पती भनेको त हातको मैला हो । आउछ जान्छ । जवानीमा मस्ती गरिएन भने कहिले गर्ने र ?” सेतु खाएको वेलामा यस्तै यस्तै बिचारहरु ओकल्ने गर्दछ ।



सेतुको यो रुपान्तरित जीवन लामो सम्म टिक्न सक्दैन । आफु संग भए भरको सम्पती साथी संगी संग मोज मस्तीमै उडाइदिन्छ । ऊ हेर्दा हेर्दै टाट पल्टिन पुग्छ । दिनहु हुस्की र ब्राण्डी नभइ नहुनेमा अव ऊ एक कप चिया किनेर खाने अवस्थामा पनि हुदैन । उसले घर खर्च छोरीको स्कुलको शुल्क देखि लिएर डेरा भाडा तिर्न गरेर मासिक रुपमा तीनहजार भन्दा बढि खर्च पुर्याउनु पर्छ । त्यसैवेला श्रीमति पनि विमारी पर्छे । अस्पतालमा श्रीमतिलाई भर्ना त गर्छ तर उसंग औषधी किन्ने पैसा हुदैन । साथी भाइ संग सहयोगको हात पसार्छ । हिजे मोज मस्तीमा सहभागिता जनाउने उसका साथीभाईहरु सहयोग गर्नु त कता हो कता उसलाई भेटन पनि आउन छाड्छन । सेतु मर्नु न बाच्नु हन्छ । ऊ शहरबाट गाउँ फर्कन्छ । पुरानै झुपडीलाइ लिपपोत गरेर त्यही बस्न थाल्छन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ