बुधवार, 25 मई 2011

भाषा र कर्तव्य

नेपाल एक सयभन्दा बढी जाति जनजाति भएको देश हो र तिनका भाषाको उस्तै संरक्षण र विकास हुन अत्यन्त आवश्यक छ । तर व्यवहारमा के देखिएको छ भने नेपालमा अधिकांश भाषाहरूको आफ्नो निजी र साहित्य लेखनको परम्परा बसेको छैन । यसबाट के डर उत्पन्न हुन्छ भने यसैगरी प्रत्येक भाषालाई लिखितरूपमा नल्याउने हो र तिनमा प्राथमिक तह देखिनै शिक्षा दिने व्यवस्था नगर्ने हो भने ती भाषाको उन्नति र प्रगति रोकिने मात्र होइन यी भाषाको लोप हुने खतरा उत्पन्न भई ती जातिको भाषासँगै संस्कृति र सभ्यताको समेत नास हुने खतरा आइलाग्छ । त्यसैले नेपाल यत्ति सानो मुलुक भएर पनि, यति धेरै भाषाभाषी जाति जनजाति भएको देश भए पनि यहाँ स-साना जनसमूहमा जनजातिको भाषा संस्कृति लोप हुनु नेपाल राष्ट्रकै निम्ति एउटा ज्यादै अपमान र चिन्ताको विषय हो ।



यसका निम्ति यस क्षेत्रमा तीन किसिमका भाषिक सङ्गठनहरू बन्नु अत्यावश्यक देखिन्छ ः

१) लिपी र प्राथमिक शिक्षा नै दिने व्यवस्थासम्म पनि नभएका भाषाभाषी जातिको एउटा साझा सङ्गठन ।

२) लिपी र प्रारम्भिकसाहित्य भएका तर त्यसको शैक्षिक विकासतिर अग्रसर नभइसकेका भाषाभाषीको सङ्गठन ।

३) अनि ती भन्दा समृद्ध भाषाभाषीको सङ्गठन जसमा प्राथमिक शिक्षा दिने व्यवस्था छ । त्यसको तहलाई उठाउँदै माध्यमिक शिक्षा र उच्च शिक्षातिर लाग्नु छ ।



अनि यी तीनै भाषिक सङ्गठनको पनि एउटा छाता सङ्गठन बनाउनु नितान्त जरूरी छ र अनिवार्य नै छ । यस्तो छाता सङ्गठन बनेपछि ती सबै भाषा भाषीहरूमा नेपालका विभिन्न भाषाको वास्तविक स्थिति के छ सो प्रष्ट हुनेछ । यसबाट प्रत्येक भाषाभाषीले बाँकी भाषा-भाषीप्रति कस्तो सरसहयोग गर्नुपर्छ र ती भाषाबाट आफूले के के नयाँ र राम्रा कुरा लिन सकिन्छ सो कुराको ज्ञान हुनेछ । यस छाता सङ्गठनको सुरुको एक दशकका निम्ति अध्यक्षता क्रमशः मैथिली भाषा, भोजपुरी भाषी, अवधि भाषी, तामाङ भाषा-भाषी र नेपाल भाषा-भाषीलाई दिनु बढी प्रेरणादायी हुनेछ । त्यसपछि त्यस छायासङ्गठनको अध्यक्षमा कुनै भाषाभाषीलाई दिएपनि कम प्रेरणादायी हुने छैन ।



सो छाता सङ्गठन बनेपछि त्यसले एउटा व्यापक गोष्ठी गरी नेपालमा सम्पर्ूण्ा भाषा यो संरक्षण, विकास र उन्नतिका निमित नेपाल सरकारले के कस्तो नीति र कार्यक्रम बनाउनर्ुपर्छ त्यसको योजना सुझाव दिनसक्छ ।



त्यस्तै, अर्को एउटा नगरी नहुने कुरा के छ भने नेपालका प्रत्येक पछि परेका जातिका भाषाको प्रेम र मानवीयले परिपर्ूण्ा साहित्यको अनुवाद गरिनर्ुपर्छ र ती पछि परेका भाषाका लिखित श्रेष्ठ साहित्यहरू र लोक साहित्यहरू पनि नेपालका समृद्ध भाषाका साहित्यमा अनिवार्य रूपमा अनुवाद हुनर्ुपर्छ । यसरी नेपालका सम्पर्ूण्ा भाषाका श्रेष्ठ साहित्य नेपालका समृद्ध भाषाका साहित्यमा आएपछि ती दुवैथरी भाषा एक अर्कालाई सकारात्मक प्रभाव पार्न र दुवैथरीले एक अर्काबाट नयाँ र मौलिक कुरा ग्रहण गर्न सम्भव हुन्छ ।



नेपालमा जे जति भाषाहरू छन् ती प्रति १०४ वर्षो राणा शासनले त विशेष वास्ता राख्ने कुरै भएन । जुन व्यवस्था जनता साक्षर र शिक्षित र उद्यमी होलान् भन्ने कुरामै हुनसम्म चिन्तित थियो र नेपाललाई पूरै अन्धकारमा राख्यो । ती शासकको भाषा र शिक्षा नीतिको के कुरा गर्नु - तर २००७ सालको प्रजातान्त्रिक क्रान्तिपछि जब राणा शाही गयो र जनताका प्रतिनिधि राजनीतिज्ञहरू सत्तामा भए उनले देशमा सम्पर्ूण्ा जनताको मातृभाषामा शिक्षा दिने र उनका भाषा र संस्कृतिको रक्षा गर्ने नीति बनाउनुपर्ने हो । यसमा २००७-२०१७ को प्रजातान्त्रिक सरकार पनि धेरै कुरामा, अनेकाकिसिमले पछाडि पर्‍यो र नेपालमा राज्यसञ्चालनको माध्यम भाषाको रूफ्मा रहेको नेपाली भाषाबाहेक अरू नेपालका मातृभाषाको संरक्षण, विकास र विशेष उन्नत्रि्रति उसको ध्यान जान नसक्नु ठूलो कमजोरी भयो । त्यसपछि २०१७ पुस १ देखि २०४६ चैत २६ गतेसम्म देशमा २००७ साल अघिको राणाशाहीको सट्टा 'नव शाह शाही'को नेतृत्वमा देश हाँकिएकोले उसले देश र संस्कृतिको एकताको नामा 'एक भाषा, एक संस्कृति' भन्ने शासक वर्गीय सङ्कर्ीण्ाताबाट देशलाई हाँक्नेदेखि त्यसबेला शासक जातिको भाषा-खसभाषा नेपाली भाषा र त्यति जतिका खस संस्कृतिको मात्र कुरा गर्नु स्वभाविकै थियो । तर २०४६ को प्रथम राष्ट्रव्यापी हुकुमी पञ्चायत विरोधी आन्दोलनको विजयपछि आएका जनताको शासकहरूले पञ्चायती दृष्टिकोणलाई हर्टाई नेपालका सबै भाषा र संस्कृतिको संरक्षण, सर्म्बर्द्धन र विकासका निम्ति जे जस्तो अग्रसरता लिनुपर्ने हो- त्यस्मा धेरै धेरै त्रुटि र कमजोरी देखाएकाले र २०५९ असोज १९ पछि २०६३ वैशाख ११ गतेको प्रथम रातसम्म पुनः राजा महेन्द्रको भन्दा चर्को निरङ्कुश नीति अङ्गालेकाले नेपालका सम्पर्ूण्ा जाति, जनजाति र भाषा, संस्कृतिको टुक्रा हुनु त स्वाभाविकै थियो ।



तर २०६५ वैशाख ११ को निरङ्कुशता आत्मर्सर्म्पण गराउने सफल लोकतान्त्रिक आन्दोलनपछिको सरकारले अब पुरानै नीतिमा हिँड्न सम्भव छैन । तर हाम्रो जोड केमा हुनर्ुपर्छ भने सरकारले हाम्रो उद्धार गर्ला र हामी अग्रगामी बनौँला भन्नुको सट्टा हामीले हाम्रा समस्याको सही समाधान निकाली जनस्तरमा हामीले गर्ने काम थालिहालौँ र साथै सरकारलाई पनि हाम्रा पाइलामा दृढताका साथ दिन आहृवान पनि गरौँ र बाध्य पनि पारौँ ।

अबको साहित्य तथा कला कता

हजारौँ वर्षको अन्तरालपछि देशमा ठूलै परिवर्तन आएको छ । विगतको राजनीतिक द्वन्द्वको परिस्थितिमा बसेर यस क्षत्रमा जे हुनुपर्थ्यो । जसरी हुनुपर्थ्यो सत्ताको डंकनको कारणले गार् हो थियो । अबको खुलेको परिवेशमा लेखनका विषयहरुले कायापलट गरिसकेको अवस्था छ । जस्तै हीजो जुन विषयलाई साम्प्रदायिक मानिन्थ्यो वा उग्रवादी वा अराजक मानिन्थ्यो आज त्यो विषय साहित्यकारहरुको लागि समावेशी वा लोकतान्त्रिक वा क्रान्तिकारी अभिष्ट बन्न पुगेको छ । यो नयाँ परिस्थितिमा बहुदा साहित्यकर्मीहरुलाई अगाडि बढ्न हीजोको त्यो मानसमा भएको कुसँस्कारलाई आफैभित्र अस्वीकारेर नयाँ विषयमा आफूलाई ढाल्नु चुनौति बनेको छ । वास्तबमा सहित्यकारहरु क्रान्तिको अग्रदूत हुनुपर्दथ्यो । तर हीजो हाम्रा बहुधा साहित्यकारहरु पूर्ववत मान्यताका भाटगिरीमै मस्त भई जनताभन्दा धेरै पछि परेका थिए । अबको परिस्थितिमा त्यो पूर्ववत साधनाले काम गर्दै छैन । त्यसैले त्यस्ता पछौटे साहित्यकारहरुलाई यात त्यसैमा ढालिन पर् यो या त लेखन धर्म नै छाड्न पर् यो । जो लेख्छु नै भन्दैछन् ती सबैलाई यसैतर्फ साधनारत हुनै पर्ने अवस्था छ । उनीहरुको लागि निक्कै गाह्रो स्थिति छ । अर्काखाले क्रान्तिकारी साहित्यकर्मीहरुमा भने परिवर्तनका आभास प्रचुर छन् । तर उनिहरुको पखेटा पनि युगौँको पिँजडामा बन्दी रहेका कारणले कुँजिएका छन् । मुक्त आकाश भेट्दा पनि र आफूमा जोश रौस र शक्ति हुँदाहुँदैपनि उन्मुक्त भएर उड्न कुँज्याइको कारणबाट अशक्त भइरहेको स्थिति छ ।



गणतन्त्र आउँदैमा लोकतन्त्र वहाली भइसकेको छ भन्न कदाचित मिल्दैन । कैयुँ गणतान्त्रिक देशमा प्रजातन्त्र कुँजिएर रहेका उदाहरणहरु हाम्रासामू छन् । समाजमा लोकतन्त्र तब बहाली भएको हुन्छ जब बौद्धिक आर्थिक राजनीतिक सामाजिक साँस्कृतिक जैविक लैंकिग र भौगोलिक सुगमताले पुष्ट वर्गबाट शोषित शाशित दलित र अस्वीकृत वर्गले सही मानेमा समानरुपले बाँच्ने मौकाहरु प्राप्त गर्दछन् । त्यो त्यति बेला सम्भव हुन्छ जुन बेला क्रान्तिबाट सफल भएका वर्गले तछाडमछाड त्यागेर समानताको आधारमा अगाडि बढ्न शुरु गर्दछ । तर मान्छे भन्ने जात अति नै स्वार्थी हुन्छ । उ सत्तामा पुग्नेवित्तिकै उनका सबै आदर्शहरुले हावा खान्छन् । यस्तै अवस्थामा साहित्यले अग्रगामी भएर अहम् भूमिका खेल्नपर्ने हो । हाम्रो साहित्यमा भएको बिडम्बना नै यही हो कि त्यो जीविकोपार्जनको लागि समयसापेक्ष हुन संघर्षत हुन्छ । सामयसापेक्षता नै हाम्रो साहित्यको अभीष्ट रही आएकोछ र अब हुने पनि त्यही देख्दछु । समयसापेक्षता मात्र भाटगीरी हो । त्यो यथास्थितिबादिता हो । अप्रगतिशीलता हो । हीजो हाम्रो देशमा साहित्यमात्र होइन राजनीति पनि जनताभन्दा पछि थिए । जनताभन्दा पछि पर्ने राजनीतिले अब हावा खाइसकेको स्थिति छ । हाम्रो साहित्य जनता त के राजनीतिभन्दा पनि पछि परेकाले त्यसको हाल अझ निकृष्टतम थियो । र अझै त्यही हुने देख्दछु ।



साहित्य अग्रगामी हुनुपर्छ । समयसापेक्ष होइन । साहित्यले समयलाई आफ्ना अग्रगामी प्रगतिशीलतासापेक्ष बनाउन पर्छ । सत्तामा विराजमान राजनीतिक शक्तिलाई तत्काल छाडेर राजनीतिलाई नै पथनिर्देशन दिन लाग्नपर्दछ । प्रतिगमन शक्तिलाई नामेट गर्ने काममा सगाउँदै बाँकी कार्यहरुमा प्रतिपक्षीको भूमिकामा होमिनपर्छ । हरेक समय सकारात्मक खबरदारी गरिरहेको हुनुपर्छ । यो भुल्नु हुन्न कि सत्ता सदा दमनकारी नै हुन्छ । मैले भन्न खोजेको हो उनै क्रन्तिकारी शक्ति नै सत्ताको मोहमा पछि गएर व्यवधान हुन जान्छन् निरंकूश बन्नसक्छन् । बुद्धिको खेती गर्नेहरु जबसम्म सत्ताको मोहमा हुन्नन् र प्रतिपक्षमा रहेर खवरदारी गर्दै रहन्छन् तबसम्म हरेक क्रान्तिले बढीमा बढी लोकतन्त्रको उचाई हासिल गरिरहेको हुन्छ ।



प्रगतिशील कर्मीहरुको लागि क्रान्ति कहिल्यै टुंगिदैन । कहीँ कुनै पनि जीव निर्जीव प्रघटनामा प्रगतिको लागि सीमा हुन्न । यही कुरा रंगकर्मीहरुलाई पनि लागु हुन्छ । तर दायित्वकै कुरा गर्ने हो भने रंगकर्मी वा चलचित्रकर्मीहरुसमेतको संस्कृतिकर्मीमा त्यो दायित्व बढी घनिभुत छ । साहित्य भनेको बौद्धिक समुदायमा जाने एउटा विधा हो तर चलचित्र वा रंगमंचन भनेको सबै तहका सवै उमेरका सबै िलंगका जनसमुदायमा प्रत्येक्ष जाने कुरा हुन् । साहित्यमा भएका सानातिना गल्तिहरु बौद्धिक समुदायले यसै पचाउँछन् तर रंगमंच वा चलचित्रमा भएका ससाना गल्तिले वीषकै काम गर्न सक्छ । त्यसैले यसक्षत्रका कर्मीहरुका समवेदनशीलता र दायित्वबोध नीकै गंभीर हुनुपर्छ । साहित्यकर्मी रंगकर्मी एवम चलचित्रकर्मीहरुले अहिलेको आवश्यकतालाई प्राथमितकता दिई जनतालाई सुसूचित गर्ने र अग्रगमनको बाटो निर्देश गर्नुपर्छ । यी विधाहरुमा अग्रगमनको शत्रु को मीत्र को परिवर्तित स्थिति के र अबका दिशा के बाटोहरु के र गन्तव्य के यी सबैको स्पष्ट निर्देशन हुनु जरुरी छ ।



समाजमा मैले आर्थिक हिसाबको वर्गिकरणलाई मात्र होइन राजनितिक हिसाबको वर्गिकरणको पनि धेरै पहिलेदेखि कुरा गर्दै आएको छु- ती हुन् शासक र शासित वर्ग । हामी सबैले देखेका छौँ आर्थिक वर्गनाश भएको देश चिन र सोभियत रुसमा शासक र साशित वर्गको उदय भयो र त्यहाँ अर्कोखाले शासक र शासित वर्गबीच संघर्ष भयो । त्यसकारण मैले अस्वीकृत विचार साहित्यिक आन्दोलनमार्फत जसरी शोािषत वर्गको वकालत गर्दै आएको छु सँगै उत्तिकै जोडले शाशित वर्गको पनि गर्दै आएको छु । यस वैचारिक लडाइंमा मैले धेरैबाट अराजकतावादी भन्ने गालि पनि खाँदै आएको छु । तर आज आएर मेरै देशमा मेरो त्यो उठानको अर्थ लाग्दै गरेको पाएको छु । यो हिमवतखण्डका सम्पूर्ण जनजाति आदिबासी अनि दलितहरु हज्जारौँ वर्षदेखि आफ्नै भूमीमा शासित हुँदै आएका थिए र आज भर्खर एउटा क्रान्तिपछि उनै शासितहरुलाई स्थापना गर्न समावेसी अबधारणाहरु आइरहेका छन् । यहाँ आएर जुन हदमा आर्थिक समानताका लागि संग्राम भइरहेछ त्योभन्दा माथि आएर शासित वर्गको स्थापनामा बढी यो संक्रमणकाल संघर्षशील भइरहेको यथार्थ छ ।



वर्तमान परिवर्तित परिस्थितिमा िसंगो समाजलाई साहित्य कलामार्फत् कसरी अग्रगामी बनाउन सकिन्छ भन्ने एउटा प्रश्न उब्जन्छ । यो स्पष्ट छ नेपाली विश्वविद्यालयहरुले अहिलेसम्मका उत्पादन गरेका संस्कृतमूखी साहित्यकार र उनैद्वारा उत्पादित साहित्यिक अध्यापकहरुले त्यो गर्दैनन् । हज्जारौँ वर्ष पुराना जीर्ण मान्यतामूखी पाठ्यपुस्तकका यी उत्पादनबाट त्यो कदाचित

हुनेवाला छैन । सत्तामा बस्ने दलहरुलाई सन्देश यो दिन सकिन्छ कि अहिलेको परिवर्तित मूल्यअनुरुपका अग्रगामी पाठ्यपुस्तकहरुका निर्माण र त्यसै साथ नयाँ पिँढीलाई यसतर्फ अग्रसर बनाउन पर्छ । साथै नयाँ नेपालका प्रगतिशील क्रान्तिकारी कलाकर्मीहरु तथा साहित्यिकारहरुमा अरुको पनि सुन्ने धैर्यता र खुलापन हुनुपर्ने मैले देखेको छु । अबको साहित्य तथा कला शोषितूुखी मात्रै होइन शासितमुखी पनि बनेको हुनपर्छ । आजको भाषामा भन्ने हो भने शाशितहरु समेतको समावेशी साहित्य हुनुपर्छ । शोषितको साथै शासितहरुको मुक्ति पनि साहित्यको अभिष्ट रहनुपर्छ ।



छोटोमा भन्नु यही छ कि कुनैपनि प्रगतिशील संघर्षको अन्त्य कदाचित हुन्न । समाजमा प्रगतिशील संघर्ष सकारात्मक परिवर्तनको लागि एक नभइनहुने माध्यम हो । त्यसैले समाजमा संघर्ष एउटा शाश्वत परिघटना हो । त्यो थियो छ र सदा रहने छ । जब समाजमा संघर्ष सिद्धियो भनिन्छ त्यहाँ नै प्रगतिको क्रम अबरुद्ध भयो भन्ने जाने हुन्छ । हरेक समाजमा घट्ने यही हो कि हरराजनीतिकर्मीहरु आफ्नो दुनो सोझिनेसाथ थपसंघर्षप्रति निरुत्साहित हुन्छन् । अझ भन्ने नै हो भने उसको दुनो गुम्ने डरमा प्रगतिशील संघर्षलाई निरुत्साहित गर्न लाग्दछ । या त उनिहरु संघर्षशीलतालाई किनेर भाटगीरीमा परिणत गराउँन लाग्छन् या असामाजिक तत्वको रुपमा अस्वीकार गर्दै त्यसैमाथि दमन शुरु गर्दछन् । सही साहित्यकर्मी तथा कलाकर्मी कदाचित भाट रहन सक्दैन । हरेक विसंगतिविरुद्ध उनको चेत जागरुक रहेको हुन्छ । कतै उ रोकिन्न । कतै उ विक्दैन । कतै ऊ भुल्दैन । रोकिनु विकिनु वा भुल्नु उसको मृत्यु हो भन्ने उ बुझ्दछ । ऊ सदा संघर्षशील खबरदारी र विद्रोहमा जीवन्त भइरहन्छ । आकाश खस्छ भनेपनि ऊ विचलित हुन्न । ऊ भाट रहन सक्दैन । अबको खुलापनको बिमा उसैको हतमा छ । स्वतन्त्र समाज निर्माणको लागि निर्देशको जिम्मा उसैमा छ । धन्यबाद ।





------------------------------------







नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा 



नेपाली समाजले भरखरै आएर एउटा जीर्ण अनुपयोगी व्यवस्थालाई विस्थापित गरी नयाँ सामाजिक व्यवस्थालाई स्थापना गर्ने महान कार्यमा पाइला चालेको अवस्था छ । ज-जसको यस संघर्षमा सहभागिता थियो त्य-त्यस्ले यस नवीन समाज निर्माणमा मौका पाउनुपर्छ तर निर्माणमा मौका लिनु वा पाउनु भनेको त्यसको फल बाँडेर खाने अर्थमा लिनु हुन्न ।



मान्छेका सम्पूर्ण चेतना सीर्फ आफ्ना बाँच्नपर्ने स्वार्थमै केन्द्रित रहन्छ । त्यसैले स्वार्थी हुनु मान्छेको अबगुण पक्कै होइन । त्यो चेतनासम्मत स्वाभाविक मानववीय गुण हो । त्यही चेतनशील सुरक्षाको स्वाभाविक स्वार्थकै कारणले मान्छेहरु समूहमा एकत्रित भई सामाजिक प्राणी हुन पुग़्दछन् र अरु पशुहरुभन्दा माथि उठेर अनेकानेक भौतिक र साँस्कृतिक मूल्य र मान्यताहरुको निर्माण गर्दछन् । यसको प्रतिफलमा उनिहरुले भाग खोज्छन् भने त्यसलाई निकृष्टतम स्वार्थको दर्जा दिनु अमानवीय हुन्छ । त्यही अमानवियतालेनै सघर्षहरु निम्ताउने हो । होइन भने सहभोगकै आकर्षणले मान्छेहरुले निर्माणमा सहभागिता दिएको हुन्छ । यसरी चेतनाले स्वार्थलाई, स्वार्थले निर्माणलाई, निर्माणले, नयाँ सुसंस्कृत चेतनालाई विकास गर्दछ र फेरि त्यही प्रकृयाको पुनरावृत्तिले समाज अग्रतातिर निर्मित भइरहेको हुन्छ । समष्टीमा चेतना स्वार्थ र निर्माणकै अर्को नाम हो मान्छे । जति मान्छे चेतनशील छ त्यति ऊ सक्षम स्वार्थी बन्दछ । यो स्वाभाविक मानवीय गुणबाट हामीलाई तर्सनु छैन । बरु यस स्वाभाविक स्वार्थलाई पशुवत व्यक्तिबादिताबाट सामाजिकतातर्फ आकर्षित गर्नु नै मान्छेभित्रको सुसंस्कृत चेतनशीलताको पुरुषार्थ हुन्छ । यो चेतनासम्मत मान्छेत्व भित्रको स्वाभाविक नियम हो । मानव सभ्यता लाखौँ वर्षको संघर्षमा त्यतै प्रवृत छ र मानववंश रहेसम्म पनि हुने त्यही हो । र नयाँ नेपालको निर्माणमा हुने प्रवृित पनि कार्य र कारणको नियमले स्वभावतः हुने त्यही हो । तर त्यतिकै भइहाल्छ भनेर छाड्यौँ भने हामी ढुंगेयुगमा बाँचिरहेका हुने छौँ । यसमा चेतनाको उच्चतम बलात उपयोग हुनैपर्छ । मान्छेको स्वार्थलाई पेटभरीमात्र होइन घाँटीसम्मै आउनेगरी अबसरहरु प्रदान गरौँ । त्यस अघाएका स्वार्थले समाजलाई अग्रगतिको निर्माण नै प्रदान गर्ने छ । नत्र विज्ञान र प्रविधिले खुम्चँदो विश्वमा नेपाली जाति प्रतिश्पर्धाबाटै नामेट हुने स्थितिमा पुग्न बेर लाग्ने छैन । उदाहरण छ सही मानेमा 'बहादुर' कहलाइदा कहलाइदै त्यो बहादुरीको प्रतिकात्मकता आज 'भरौटे' वा 'हीनजाति' भन्नेमा परिणत भइसकेको छ । यो अबगतिबाट हामीले पाठ सिक्नैपर्छ ।



अब 'नयाँ नेपाल' को नारामात्र ले पक्कै पुग्दैन । 'नयाँ महान नेपाल'को नारासाथ पुनर्निर्माणको सुरुवात हुनुपर्छ । सामाजिक अभिमत नै नयाँ महान नेपालको पूर्वाधार हुने छ र बल हुने छ । एउटा व्यवस्था ढालिँदैमा हामीले सबै कुरा प्राप्त गरेका छैनौँ । एउटा अनुपयोगी थोत्रो घर ढालेका छौँ भने त्यसको जगको इंटाढुंगा बाँडचुडमा लाग्ने होइन अपितु नयाँ घरको निर्माणमा प्रवृत्त हुनुपर्छ । राष्ट्र निमार्णको जिम्मेवारी पक्कै ख्यालख्याल छैन त्यो यस अवस्थामा कि समस्त पूर्ववत स्थापनाहरुलाई पूरै अस्वीकार गरिएको छ । अनि युगौँयुगसम्म सदा प्रतिपक्षमा रही संघर्षरत रहँदा हामीमा निर्माणको लागि चाहिने सीप र अनुभव छैन । अब प्रतिपक्षीय बन्दूक, ढुंगा, मुढा र हडताल गरेर यो राष्ट्र संचालित हुनेवाला छैन । अझ यसको निर्माण नै नभएको अवस्थामा संचालनको कुरा कता हो कता परै छ । यसै अवस्थामा अनेकानेक स्वार्थहरुले दाउ मार्न खोजिरहेका हुन्छन् ।



विस्थापित शक्तिहरुले भड्काउने, वीष हाल्ने, प्रत्याक्रमण गर्ने, अनेकन हुन सक्छ । अझ सबैलाई बोलीहाल्दा अपच लाग्ने कुरा यो पनि हुन सक्छ कि अगाडि आएका यस्ता अनियमिततालाई नियन्त्रण गर्दागर्दै सत्ता पनि दमनकारी हुन पुग्छ । सत्ताको अर्को नाम नै दमनसंयन्त्र हो । यसले जनमूखी धाराबाट विचलन हुनेवित्तिकै गलत जरा हाल्न लाग्छ र आफूसम्मत नहुने मूल्यहरुको मर्दन सुरु गर्छ । नियन्त्रण खाराब होइन तर यसले जनमूखीहद नाघ्न लागेपछि निरंकुश हुन लाग्दछ । यी सबै अवस्थाहरुमा जागरुक नागरिकहरुले खबरदारी गर्नपर्छ ।



बुद्धीको खेति गर्ने देशका साहित्यकार पत्रकार कलाकार आदिको जिम्मेवारीको सन्दर्भमा भन्दछु पुनरुत्थानका प्रयत्नहरुलाई नाश गर्ने र सकारात्मक निर्माणहरुमा सहयोग पुर्याउने काममा सगाउँदै सत्ताको कृयाकलापलाई खबरदारी गर्ने सशक्त निर्माणमूखी प्रतिपक्षको भूमिकामा तत्कालै आन्दोलित हुनुर्पछ ।



०२६ सालमा आन्दोलित भएको 'अस्वीकृत जमात'को 'अस्वीकृत साहित्यिक अभियान' यस्तै अभिष्टमा आन्दोलित थियो । राजनीतिक दलहरु जब निरंकूशता विरुद्ध प्रयोग गर्नपर्ने आफ्ना शक्तिलाई आफाआफैमा भिड्न खेर फाल्दैथे त्यसबेला विभिन्न राजनीतिक दलमा आस्था राख्ने विद्रोही क्रान्तिकारी साहित्यकारहरुले 'अस्वीकृत जमात'को 'अस्वीकृति'को संखघोष गर्दै संयुक्तमोर्चा कसी बौद्धिक संघर्ष शुरु गरेथे । त्यसबेला ती साहित्यकारहरुलाई अराष्ट्रियतत्व मानिनुको अपगालसाथ निरंकूश सत्ताको दमन त झेल्न पर्यो नै सँगै आफ्नै राजनीतिक दलनजिकका पत्रपत्रिकाहरुले पनि अन्यशक्तिसंग हातेमालो गरेको अभियोग लाएर अराजक, असामाजिक, तत्व, ज्यानमारा, हिप्पी, भुस्याहा कुकुर, आदि अपशब्दले गाली गर्दै यीनलाई देशनिकाला र फाँसीको सजाय दिनपर्छ भनेर दमनकारी सत्तालाई भडकाउने कामसम्म गरे । (हेर्नु मेरा अस्वीकृत मान्यताहरु, अभिव्यक्ति प्रकाशन) । त्यो 'अस्वीकृत लेखन'को विरासत विद्रोही सर्जकहरुमा बढ्दै गयो र त्यसैको उदाहरण झांगिएर राजनीतिक दलहरुको घैँटोमा २० वर्षपछि ०४६ सालमा पुगेरमात्र घामलाग्न पुग्यो । फलस्वरुप देब्रे दाहिने सबै कित्ताका दलहरुले संयुक्तमोर्चा कसी संघर्षलाई एक हदमा सफल गराएरै छाडॆ । त्यही संयुक्त मोर्चाको पुनरावृत्तिले अखिरमा नेपाललाई आज सामन्तबादी जंन्जालबाट पूरा मुक्त गरेको छ । 'अस्वीकृत जमात'को त्यो संघर्षमय इतिहास किताबको पन्नामा साहित्यिक आन्दोलनको रुपमा मात्र थन्किदै आएको छ र अब हुने पनि त्यही हो । 'अस्वीकृतहरु'को नियति नै त्यही हो । कतै भगबण्डा वा लुच्छाचुडीमा उ सलग्न हुन्न । अपितु ऊ अग्रपरिष्कारको लडाईँमा प्रवृत्त भइहाल्छ ।



यहाँसम्म आइपुग्दा राजनीतिक दलहरुको लँडाइ सकिएको छ । अब उनीहरु आफूलाई स्थापना गर्नमै व्यस्त छन् र हुन पर्ने स्वाभाविक नियम पनि त्यही हो । समाजलाई गति दिन उनीहरु व्यवस्थित हुनै पर्छ र सबैले एकसाथ झ्याउँझ्याउँ गरेर देश निर्माण हुँदैन । एक दलले स्थान पाउनै पर्छ र त्यसको लागि भाले जुधाइ हुन्छ नै । त्यो राजनीति हो । यसलाई अन्यथा लिनैपर्दैन र त्यो तालमा हतोत्साहित हुनै पर्दैन ।



कुरा हो साहित्यनीतिको । यसको कुरा अर्कै हुन्छ । यात समयसापेक्षताको नारामा त्यो सत्ताको भाटगीरी गर्छ र सत्ताको आँखामा नबिजाउने 'स्वीकृत जमात' बन्दछ या आफूसापेक्ष समयलाई डोर्याउछु भनेर समयको खबरदारी गर्छ र सत्ताको आँखामा बिझाउने 'अस्वीकृत जमात' बन्दछ । त्यॊ पहिलोखाले जमातको संघर्ष सिद्धिसकेको हुन्छ र त्यो स्तुतिगान गर्दै जीविकोपार्जनमै काल पर्खेर मर्दछ । तर अर्को खाले जमात हरेक क्रान्तिको सफलता पछि फेरि सकारात्मक परिष्कारको लागि प्रतिपक्षको भूमिकामा तत्काल प्रवृत्त हुन्छ । यो मरेर पनि संघर्षहरुमा जीवित रहिरहन्छ । 'अस्वीकृत जमात' भन्ने शव्द प्रतिपक्षीय भूमिकामा रहने शाश्वोत जमातको लागि एउटा नाम मात्र हो । नामसँग के छ ? एउटा विचार हो यो र अस्वीकृतिकै वरिपरी यो वैचारिक भएकोले यसको बिचारलाई 'अस्वीकृत विचार' भनियो अनि यो विचार बोक्ने जमातलाई 'अस्वीकृत जमात' । सामान्यमै बुझौँ - हामी जब बोल्छौँ हाम्रा मुखमा ताला लाग्न सुरु हुनेछ त्यसकारण हामी 'अस्वीकृत जमात' । हामी मुखमा ताला लगाउने संस्कृतिलाई नै उल्टै अस्वीकार गर्छौ त्यसकारणले पनि हामी 'अस्वीकृत जमात' । सबै सकारात्मक परिवर्तनको लागि सत्तासुख र सबैसबै प्रलोभनहरुलाई अस्वीकार गर्दै थप निमार्णको लागि अग्रगामी हुन्छौँ त्यसैले हामी 'अस्वीकृत जमात' ।



स्वाभाविक विज्ञानसम्मत जनमूखी परिष्कारको लागि हुने सबैखाले संघर्षलाई जायज मान्ने मान्यता त्यस जमातको मान्यता हो- 'अस्वीकृत मान्यता' । हाम्रा चिन्तनशील प्रहार सामाजिक आर्थिक साँस्कृतिक समाजका हरपक्षमा अस्वीकारयुक्त सकारात्मक हावी हुनेछ । राष्ट्र निर्माणको सन्दर्भमा दलगत स्वार्थलाई त्याग्दै सामाजिक स्वार्थमा निर्माण कार्यको सहयात्री बन्दछौँ हाम्रो त्यो कार्यनीति हो ।



जुन दिन जुनक्षण हामीमा भड्काउ आयो हामी 'स्वीकृत जमात' । कहीँ कसैले 'स्वीकृत' वा 'अस्वीकृत जमात'मा सदस्यता लिइराख्नु जुरुरी छैन । नाम लेखाइ राख्नु जरुरी छैन । उ उसकै सृर्जनाहरुमा स्वीकृत वा अस्वीकृत कसरी बाँच्ने हो अघोषित बाँचिरहेको हुन्छ । तर सत्य यो हो सबै अघोषित अस्वीकृतहरु खरानीभित्रका भुंग्रो हुन्छन् । मेरो यो घोषणालाई कतै दर्ता गराएको छुइन । त्यसैले यसलाई पनि 'अघोषित घोषणा' नै मानेहुन्छ । यो घोषणा पक्कै हो र बढीमा अस्वीकृतहरुको तर्फबाट ०२६ सालपछिको हाजिरी हो । यसै सन्दर्भमा ०४८ सालमा छापिएको मेरो उपन्यास 'बकपत्र'को अन्तिम घोषणा जसलाई मैले निर्माण गरेको चलचित्र 'मुक्तिसंघर्ष'मा समेत घोषणाको रुपमा प्रयोग गरेको छु त्यो यहाँ पनि घोषणाकै रुपमा दोहोर्याउन चाहन्छु ।



'अब म मुक्त छु सम्पूर्ण आशक्ति र अनाशक्तिहरुबाट । अब मैले आफूलाई हराउनु छैन । हराएर फेरि बाँच्ने लोभमा त्यो शासित त्यो शोषित बाँच्दिनँ । आफ्नो अस्तित्व खोज्दै कमजोरमाथि भाले बास्दिनँ । संस्कार-त्यो एउटा पीडाबाट कँजिइन्न । स्वीकृति- त्यो रन्डी मरण मर्दिनँ । पलायन- त्यो बाउन्नी कुण्ठा वाँच्दिनँ । आत्महत्या नै सही समस्त पीडाहरु विरुद्ध म सुसङ्गठित कीरा लाग्ने छु । विषालु नङ्ग्राहरु झम्टने छु । आफ्नो अस्तित्व म आफैँसँग खोज्छु । अरुसँग माग्दिनँ । म अब प्रस्तुत छु आफ्ना स्वाभाविक मूल्यहरुका जगमा निरङ्कुश त्यो मूल्य त्यो पीडा विरुद्ध । खवरदार ! मैले आफ्नो अभियान सुरु गसिकेँ । मेरो कथा अब सुरु हुन्छ ।'


घरखेत बेची ढुंग्री लाउने सपना

सन् १९५४ अप्रिल २५ मा सम्पन्न नेपाल-भारत कोसी-सम्झौतामा उल्लिखित कुनै पनि बुँदा भारतले पालना गरिरहेको छैन । बाँधबाट विस्थापितले मुआब्जा पाएका छैनन्, न विद्युत् उत्पादन नै गरिएको छ । नेपालका लागि न त नहर बनाइदियो भारतले । उसले आफ्नै अनुकूलतामा बाढी रोकथाम र उसको भूमिमा सिँचाइ गर्‍यो । उपभोक्तावादी नियत एवं नेपालप्रतिको हेपाहा प्रवृत्तिको परिणाम २ भदौ ०६५ मा कोसी तटबन्ध फुट्दा २७ हजार नेपाली घरवारविहीन भए । कोसी-सम्झौताबाट पलपल ठगिएको महसुस गरिरहेका नेपाली शासक भारतलाई पुनः कोसी उच्च बाँध निर्माण गर्न दिन तम्सिरहेका छन् ।



कोसी उच्च बाँध भारतको बिहार राज्यलाई मात्र होइन, उसको राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने विषय हो । यो बाँध भारतका लागि ज्यादै महत्त्वपूर्ण छ, जुन भारतको महत्त्वाकांक्षी बृहत् नदीजडान आयोजनाको एउटा मुख्य अंग बनेको छ । वर्तमान भारतमा तीव्र जनसंख्यावृद्धिका कारण उत्पन्न खाद्यान्न अभावलाई मध्यनजर गरेर भविष्यमा सबै खेतीयोग्य भूमि सिञ्चित गर्ने लक्ष्यसाथ भारतले सन् १९६० तिर औपचारिक रूपमा नदी जोड्ने योजनाको बहस सुरु गराएको थियो । अन्ततः सन् २००२ मा भारतीय सर्वोच्च अदालतको फैसलाबाट यस योजनाले वैधानिकता पायो र त्यसको पहल तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले लिए ।



हुन त सन् १७७९ बाट नै अंग्रेजहरूले कोसीको विनाशकारी बाढी नियन्त्रणको सम्भावना खोजेका थिए । त्यसैको निरन्तरतामा भारतीय अधिकारीहरू कोसीलाई तराई निस्कनुअघि नै पहाडको खोँचमा ठूलो बाँध बाँधेर नियन्त्रणमा लिनुपर्ने निष्कर्षमा पुगे । सन् १९४६ मा भारतीय जल आयोगका अध्यक्ष एएन खोसलाको नेतृत्वमा भारत र नेपालका प्राविधिक टोलीको स्थलगत अध्ययन प्रतिवेदनबाट सुनसरीको बराहक्षेत्रभन्दा पाँच किमि माथि अग्लो बाँध निर्माण गर्ने प्रस्ताव तयार गरियो । सन् १९९७ जनवरी ७, ८ र ९ मा काठमाडौंमा बसेको नेपाल-भारत संयुक्त प्राविधिक टोलीको दोस्रो बैठकमा कोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाबारे एउटा औपचारिक र लिखित सहमतिपत्र तयार गरियो । यस सम्झौताअनुसार कोसीदेखि कलकत्ताको हल्दिया बन्दरगाहसम्म जलमार्ग र सुनकोसी कमला डाइभर्सन निर्माण गर्ने नेपालको प्रमुखतामा पर्छ भने कोसी उच्च बाँध भारतको प्रमुखतामा । परियोजनाअनुसार प्रस्तावित सप्तकोसीमा दुई सय ६९ मिटर अग्लो बाँध निर्माण गरी बाढी नियन्त्रण गर्ने, तीन हजार तीन सय मेगावाट विद्युत्उत्प्ाादन गर्ने र हजारौँ हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ । यसको विस्तृत अध्ययन जनयुद्ध र आन्दोलनका कारण ढिलो भए पनि भर्खरै सम्पन्न गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को औपचारिक भारत-भ्रमणपछि भारतीय पक्षले यसमा बढी सक्रियता देखाएको छ । त्यसैअनुरूप नेपाल-भारत जलस्रोतसम्बन्धी सचिवस्तरीय बैठक बसी २००८ अक्टोबर १ मा जलस्रोतसम्बन्धी २९ बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।



विकास शब्द आफैंमा असल छ । समृद्ध राष्ट्र बनाउन वैज्ञानिक अवधारणाको जरुरी हुन्छ । तर, इतिहासको समीक्षा नगरी वर्तमानमा दम्भ राख्नुले भविष्यमा पश्चात्तापको विषय मात्र बन्नेछ । जुन देशसँग सप्तकोसी उच्च बाँधको सम्झौता गर्ने तयारी गरिँदै छ, त्यसबाट हिजोका सन्धि-सम्झौताबाट हामीले के पायौँ र अब के पाउनेछौँ ? यसको गहिरो समीक्षा गर्नैपर्छ । कोसी उच्च बाँध जहाँ अरुण र तमोरजस्ता ठूल्ाा नदीलाई एक सय ६९ मिटर अग्लो कृत्रिम पर्खालले छेकिनेछ, त्यसबाट एक सय ५५ गाविसका ८० हजार जनता प्रत्यक्षतः विस्थापित हुनेछन् । दुई सय वर्गकिमि उर्वर भूमि, ७८ वर्गकिमि वनजंगल र ५१ वर्गकिमि सिमसारसहित अन्य महत्त्वपूर्ण भूमि नष्ट हुनेछन् । ठूला जलाशयका कारण पहाडी गाउँ जोड्ने सडक, पुल-पुलेसा तथा प्रायः यातायातका साधनमा अवरोध पुग्नेछ । अरुण र तमोर नदीका तल्लो स्थानबाट निस्कने लगभग आठ हजार पाँच सय मेगावाट बिजुली गुमाउनुपर्नेछ ।



मानवनिर्मित जलाशय विस्फोटको इतिहास हेर्दा यो बाँध पनि नफुट्ला भन्न सकिन्न । यी सबै चुनौतीपछि भारतले सबै सर्त पूर्ण रूपमा पालना गरे नेपालको ६९ हजार हेक्टर जमिन सिँचाइ हुने र तीन हजार तीन सय मेगावाट विद्युत् -३.५ रुपैयाँमा भारतले किन्ने र आठ/दस रुपैयाँमा भारतसँग नेपालले किन्नुपर्ने) बाहेक अरू केही पाउनेछैन । पहिल्यै सम्झौता गरिएको काकडभिट्टाबाट फूलबारी हुँदै बंगलादेश जाने सडकमार्ग त भारत बन्द गर्न चाहन्छ भने कलकत्तासम्मको जलमार्गको कल्पना बेकार छ । निष्कर्षमा नेपाललाई नगण्य लाभ हुने कोसी उच्च बाँध निर्माण गर्न दिइनु नेपाल र नेपालीका लागि घरबारी बेचेर ढुंग्री लगाउने रहर मात्रै हो ।



कोसी उच्च बाँधबारे नेपालमा पनि चासो बढेको छ । सरोकार र प्रतिकार समिति स्वस्फूर्त गठन भएका छन् । प्रभावित क्षेत्रका जनता प्रतिरोधमा छन् । सत्तासीन दलले समेत पटक-पटक यस्ता सम्झौतामा विज्ञप्तिमार्फत विरोध जनाएका छन् । अन्तरिम संविधानको भाग- ४, धारा ३३ राज्यको प्राकृतिक स्रोतसाधन राष्ट्रको हितमा मात्र प्रयोग गर्ने भन्ने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रलाई नै अहित हुने कोसी उच्च बाँधजस्तो सम्झौता गर्न खोज्नु संविधानको मर्म र जनताको भावनाविपरीत हुनेछ जसरी ०६५ भदौ २४ को सर्वोच्च अदालतले पश्चिम सेती परियोजनाप्रति गरेको दुर्भाग्यपूर्ण फैसलाले अन्तरिम संविधान र त्यसको धारा १५६ साथै नेपालको सार्वभौमिकतामाथि नै प्रश्नचिह्न खडा गरेको छ । यस्ता सम्झौता गरिनुअगाडि राष्ट्र, राष्ट्रियता, जनभावना र देशको मूल नीतिलाई प्रमुख आधार मान्नु जरुरी छ । संविधानको धारा ३५ को उपधारा-२१ अनुसार संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई मान्यता दिने हो भने सोअनुरूप सन् २००० नोभेम्बर १६ को विश्व बाँध आयोगको प्रतिवेदन, चीनले स्थापित गरेको सन् २००० को विश्व बाँध निर्माणसम्बन्धी नियम तथा विश्वभरि ठूला बाँध निर्माणसम्बन्धी नीतिनियमसमेत अध्ययन गरी अगाडि बढ्नुपर्छ । नेपालमा हालै लागू अन्तर्राष्ट्रिय श्रमसंगठन अभिसन्धि- १६९ अनुसार प्रभावित क्षेत्रका आदिवासी जनजातिको जल, जमिन, जंगल र जडीबुटीमाथिको हक र अधिकारलाई सम्मान गर्नुपर्नेछ । ती अधिकार कुण्ठित गरी जबर्जस्ती योजना कार्यान्वयन गर्ने र आदिवासीलाई निषेध गर्ने दुस्साहस गरिए अर्को दुर्घटना निम्तिनेछ ।



हामी नेपाली सन् १९५० देखि हालसम्म भएका सबै सन्धि-सम्झौतामा भारतबाट ठगिएका छौँ । हाम्रा अग्रजले असमान सन्धि-सम्झौताको खारेजी माग गर्दागर्दै जीवन बिताएको तीतो अनुभूति ताजै छ । हिजोका कोसी, गण्डकी, महाकाली र हालसम्म भएका सम्झौता विकास होइन, विनाश-अभिशाप मात्रै साबित भएका छन् । किनकि, भारत कहिल्यै नेपालको प्रगति र उन्नति चाहँदैन । ऊ त नेपालको जल, खनिज र प्राकृतिक सम्पदा चाहन्छ । राजनीतिक, आर्थिक र प्राकृतिक क्षेत्रमाथि आफ्नो नियन्त्रण राखेर नेपाल र नेपालीलाई दास बनाउन चाहन्छ । ०६५ भदौ २७ मा भारतको केन्द्रीय जलस्रोतमन्त्री सैफ उदिन सोजले बिबिसी नेपाली सेवामा दिएको अन्तर्वार्तालाई महत्त्वका साथ हेरिनुपर्छ । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालको जलस्रोत र कोसी उच्च बाँधप्रति भारतको धारणा उनले स्पष्ट राखेका छन् । सैफको भनाइअनुसार भारत सरकारको चाहना पहिलो बाढी रोकथाम र दोस्रो सिँचाइ हो । विद्युत् नै निस्किएछ भने त्यो भारतका लागि लाभांश मात्र हुनेछ । त्यसैले देशका जल, खनिज र प्राकृतिक सम्पदा दुर्नियतको छिमेकीलाई बुझाएर राष्ट्रको समृद्धि र विकासको सपना देख्नु राजनीतिक दुस्साहस, जनता र राष्ट्रप्रति चरम घात हुनेछ । यस्ता सन्धि-सम्झौताप्रति सबै सचेत र संवेदनशील बन्नु जरुरी छ ।



तत्कालीन इस्ट इन्डिया कम्पनीले नेपालको प्राकृतिक स्रोतमा आफ्नो आधिपत्य जमाउन र त्यसको कुमारीत्वमाथि बलात्कार गर्न सदा आतुर र लालायित थिए । तर, यो सुन्दर देशका बहादुर छोरा-छोरीले अंग्रेजका सपना पूरा हुन दिएनन् । जब भारत स्वतन्त्र भयो, भारतले पनि अंग्रेजहरूको नीतिलाई अनुसरण गर्दै नेपालको प्राकृतिक स्रोतमाथि नै धावा बोल्यो र बोलिरहेको छ । त्यसैको निरन्तरता सन् १९५० को असमान सन्धि भयो । हाम्रा नेताको अदूरदर्शिताका साथै भारतपरस्त मानसिकता र भारतको विस्तारवादी नीतिका कारण नेपालको स्वाधीनता र राष्ट्रियतामाथि नै गम्भीर चुनौती बनेको छ ।

लाहूरे र उनको परिवारको ध्यान अव यतातिर

कहिलेकाँही समय पाउँदाखेरि खोजी खोजी नभए पनि आँखाको अगाडि परि हालेमा पुरै नपढे पनि शिर्षकहरु भने अवश्य हेर्ने गरेको छु। संदर्भ पत्रिकाको हो। २०६५ को मंसीर अंक विमोचन मासिक पत्रिका परदेशमा र ढीलै भए पनि हेर्ने मौका पाएँ। शिर्षकहरु सरसर्ती हेर्ने क्रममा “पुरुष वेश्या को कथा पलपल मा” भन्ने ठूला ठूला अक्षरहरुमा गएर आँखाले विश्राम मागे। भनौ न शिर्षक नै काफी थिए यो लेखको लागि तर भलै शिर्षकले मात्र हुनेवाला केहि थिएन। हुन त यो वेश्या शब्द आफैंमा घृणित छन् आजको यस समयमा पनि। त्यसमाथि हाम्रो जस्तो नेपाली समाजमा त अझ घृणित मानिन्छ।



हामी सवैले सुनेका छौ र वुझेका पनि छौं कि वेश्या भनेको के हो भनेर। यो जगतमा महिला र पुरुष आफैंमा स्वयं वेश्या हँदैन। तर यो समाजले त्यसरी हेरेको छैन। शिर्षक ज्यादै रमाईलो थियो पुरुष वेश्या। त्यसमाथि आफु स्वयं पुरुष भएको नाताले लेख पढदै गएँ। वेश्या पुरुषको कथामा आधारित चलचित्रको नाम रहेछ पलपल। धेरै थोरैको संख्या नगनि भन्ने हो भने पुरुष वेश्या हुन्छ भन्ने कुरामा म सय प्रतिशत सहमत। र महिला वेश्या हुन्छ भन्ने कुरामा पनि सय प्रतिशत सहमत। यस किसिमको धन्दामा लागेका पुरुष र महिला यो संसारमा अनगिन्ति छन्। त्यसमा काला जातका पनि छन्। गोरा जातका पनि छन्। मंगोल जातका पनि छन्। पढेका पनि छन्। अनपढ पनि छन्। धनी पनि छन्। गरिव पनि छन्। यस संसारका मानिसहरुका सेक्सुअल चाहाना उसको लिङ्ग, धर्म, जात, ब्यावसाय र परिस्थितिले फरक पादैन। त्यो त उनीहरुल्ााई अंकुश लाउने षड्यन्त्र मात्र हुन। जो भोलि आफैं विष्फोटन भएर जान्छन्। यदि यी र यस्ता कुराहरु एउटा जात, धर्म, लिङ्ग, समुहप्रति इंकित गरिन्छ भने त्यो स्वत पूर्वाग्रही विचार हो भन्न सकिन्छ। यो समाज भनेको सभ्यताको चरम सीमामा पुगेका मानिसहरुका समाज हुन। प्रत्येक चिज यस्तो होस जसको कुनै दोष नै नहोस, यो असंभव छ। दोष र गुण त हरेक निर्जिव वस्तुसँग पनि छ। त्यसमा हामी त मानिस। हामीमा अलिकति माया छ। अलिकति घृणा छ। अलिकति लोभ छ। अलिकति ईर्ष्या छ। साँच्चि कसैले एउटा मान्छेको वारेमा अगाडि आएर वोल्छ भने कम्तिमा यति कुराहरुको खण्डमा गरेको हुनुपर्छ। नत्रभने त्यो ओकालत नै होईन। यदि राम्रा मात्रै र नराम्रा मात्रै कुरा गरिन्छ भने त्यो मान्छे त्यसप्रति अनुग्रहि छन् यात पूर्वाग्रहि छन् भन्न सकिन्छ। आजको जमानामा मानिसलाई वोल्ने अधिकार छ। लेख्ने अधिकार छ। लेखिसकेपछि पढ्ने अधिकार त झन छँदैछ। तर कसैको ब्यक्तिगत अधिकार र चरित्र हनन भने गर्न पाईने छैन।



अँ प्रसङ्ग थियो पत्रिकाको। यो पत्रिका पाएदेखि काममा जाँदा उतै लिएर जान्छु। कोठामा आउँदा सँगै लिएर आउँछु। केहि लेख्ने ईच्छा जागेर आयो। लेख्न भनेर के तयार मात्रै हुन्छु। वीचमा वीचमा आउने मान्छेले पुरै प्रसङ्ग विमुख बनाई दिन्छ। शुरु गर्छु फेरि अर्कै काम आईपर्छ। मेलोमेसो हराएर झाँट चल्छ। उसैत नचलेकोमाथि। अघि नै वेलिविस्तार लगाई सके कि चलचित्रको नाम हो पलपल। र कथाको मुख्य आसय भनेको नै पुरुष बेश्याले महिला ग्राहकबाट पैसा लिएर यौन सम्पर्क गर्नु। पत्रिकाले भने वमोजिम यस चलचित्रका वेश्या पुरुषहरुको ग्राहकहरु लाहूरेका श्रीमतीहरु अथवा साधारण भाषामा लाहूरेनीहरु हुन्छन्। लामो समयसम्म आफ्ना श्रीमानहरु विदेशमा रहेको कारण आफ्नो तीव्र यौनेच्छालाई पैसा तिरेर ती बेश्या पुरुषहरुसँग तृष्णा मेट्छन। लेखक नखुलेका उक्त लेखमा चलचित्रको निर्देशक, निर्माता र कथा समेत उकेश दाहालको रहेका छन्। समाजमा घटेका घट्नालाई उत्खनन् गर्ने जमर्को कसेका छन् निर्देशक तथा निर्माता दाहालले। तर मैले यहाँ उल्लेख गर्न चाहेको कुरा भने अलिक फरक छ। म निर्माता, निर्देशक तथा लेखक दाहालसँग सहमत छु कि उहाँले भन्नु भए झै “सेक्स प्राकृतिक माग हो।” “समाज जति सभ्य देखिन्छ त्यति नै सेक्सुअल हुन्छ।” अव यी वाहेकका कुनै पनि कुरा र तर्कहरुसँग म सहमत छैन। लाहूरेहरु र उनका परिवारहरुलाई वदनामी अभिप्रायले प्रस्तुत गर्न खोजिएको यस चलचित्रमा दाहाल जीको मनसाय भने वुझ्न सकिएको छैन।



यो समाजले लाहूरेहरुलाई कहिले पो वदनामको खास्टो ओढाउन चाहेका छैनन् र? होईन भने दाहाल जी स्वयं आफु लाहूरे भन्ने शब्दसँग परिचित हुनुहुन्न कि त पूर्वाग्रही हुनुहुन्छ। लाहूरे शब्द र जातको उत्पति कहाँ, कहिले र कसरी भयो? र लाहूरे भनेर क―कस्लाई सम्बोधन गरिन्छ भन्ने कुरामा नै अनभिज्ञ हुनुहुन्छ। यदि यी कुराहरुबाट उहाँ जान वा परिचित हुनुहुन्छ भने यत्त्रो दुश्साहस कसरी गर्नभयो कि! एउटी विक्षिप्त नारी जस्ले आफ्नो श्रीमानसँग छुट्टिएर बस्नुको पीडादायी जीवन भोगिरहेकी हुन्छिन, जसको वाध्यतालाई विचरी भन्नुको सट्टामा उसको कलकलाउँदो वैंश देखेर र्याल काढ्दै बदनामीको उपमा दिने कहाँसम्मको न्याय संगत छन्? पीडाको वेचविखन गर्न अपरिहार्य छ? उनको फक्रेको फुल जस्तो यौवनको उराठलाग्दो जीवनको गीत गाएर गाउँ टोल हल्लाउने कतिको विवेकसिल कुरा हुन? दाहाल जीको चलचित्रको कन्सेप्ट उत्कृष्ट छन् तर दृष्टिकोण ठीक छैन। होईन भने उत्तर दिनोस कि यत्त्रो नेपाली महिला वेश्याहरुको प्रतिनिधित्व मुठीभरका लाहुरेनीहरुले कसरी गरेका छन्? यो देशले लाहूरे र उनका परिवारहरुले गरेका राम्रा कामहरुको मूल्याङ्कन, आदर र सत्कार कहिल्यै गरेका छन्? आजको युगलाई सीधा अर्थमा हेर्ने हो भने पनि लाहूर किन पठाइयो भन्दा यसको उत्तर एक मात्र आउँछ जो हामी सवैलाई थाहै छ। अथवा यसो भनौ ऐना जतिकै छर्लङ्ग देख्न सकिन्छ। सेक्सुअल अन्तरद्वन्द देखाउनको लागि किन लाहूरेनीहरु नै उपयूक्त ठानियो त? के मानवीय सेक्सूअलिटी मात्रै लाहूरेनीहरुसँग छन्? यात लाहूरेनी हुनु नै सेक्सुवालिटी बढ्नु हो? निर्माता तथा निर्देशक जी शायद ब्यावसायिक रुपमा माथि उठ्न सक्नुहोला। तर कसैको ब्यक्तिगत तथा समूहको चरित्र हत्या गरेर कमाएको सम्पति तथा रुपियाँ कुनै दुई नम्वरी धन्दाभन्दा फरक मान्न सकिन्न। यो भन्दा अगाडिको अंकमा पनि लाहुरेनीहरुको वारेमा चरित्र हत्याको वारेमा लेखेका थिए। त्यसको वारेमा कुनै चर्चा परिचर्चा उठेन होला भन्छु कारण कति ठाउँमा शायद त्यो सही पनि हुनसक्छ। कति सही पनि थिए होला। तर आज आएर एउटा छायाँचित्र नै तयार गरेर आम दर्शक सामु ल्यान खोज्नु यसको अर्थ के हुनसक्छ? भोलि बाटोमा हाम्रा छोरीचेली निस्केर हिड्दा दाहाल जी तँपाईको समाजले के भनेर हेर्छन्? के भोलि हाम्रा लाहुरेनी दिदी वहिनीहरु एउटाले गरेको दोषमा घरभन्दा वाहिर निस्केर नहिड्ने? हाट बजारमा निस्केर कुनै आफन्त पुरुषसँग नवोल्ने? सँगै नहिड्ने? तँपाइको चलचित्रलाई स्यावास दिदैं घरमा नै कोचिएर वस्ने? कसैको बारेमा काल्पनिक कथा बनाएर चारित्रिक हत्या गर्नुको अर्थ के? दाहाल जी नाफा कमाउन चाहनुहुन्छ या बदनाम गर्न चाहनुहुन्छ? लाहूरेनी हुनु भनेको के अभिसाप हो? अव लाहूरे र तीनका परिवारहरु सचेत हुने वेला आएको छ।

शिक्षामा समान पहुँच

सरकारले नीजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाबाट लिने शुल्कमा पाँचप्रतिशत शिक्षा सेवा करको घोषणा बजेट मार्फत गरेको छ। शैक्षिक कर अभिभावकबाट असुल गर्ने कि नीजि विद्यालय संचालकको आम्दानीबाट असुल्ने भन्ने अन्यौल कायम नै भए पनि यसबाट अभिभावकमा थप आर्थिक बोझ पर्ने हुँदा नीजि विद्यालयमा शिक्षा महंगो हुने स्पष्ट छ।



नेपाल टेलिभिजनबाट सञ्चालित एक कार्यक्रममा अर्थमन्त्रीले एक प्रश्नको उत्तरमा संचालकहरुले आफ्नो आम्दानीबाट कर तिर्ने वा अभिभावकबाट तिराउने भन्ने कुरा उनीहरुको स्वविवेकमा निर्भर रहने बताउनु भएको छ। मुनाफा आर्जन गर्ने नीजि विद्यालयले आफ्नो आम्दानीबाट र खर्च धान्न नसक्ने विद्यालयले अभिभावकबाट कर तिर्न वा तिराउन नीजि विद्यालय संचालकहरु स्वतन्त्र रहने छन् भन्ने आसय उहाँको रहेको छ। यस सम्बन्धी स्पष्ट पार्न शिक्षा सेवा कर कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सम्बन्धित पक्ष सम्मिलित एक सयन्त्रको निर्माण पनि भइसकेको छ। सामुदायिक विद्यालयमा निम्न माध्यमिक तहसम्म सबै विद्यार्थी, कक्षा ९–१२ सम्म दलित, लोपोन्मुख जाती तथा कर्णाली अञ्चलका सम्पूर्ण विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था गर्न सरकारले उक्त रकम उपलब्ध गराउने भएको छ। यसबाट शैक्षिक गुणस्तरमा वृद्धि भई सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न अभिभावक आकर्षित हुने र नीजि विद्यालयमा महंगो शुल्कका कारण विद्यार्थी भर्ना गर्न अभिभावकहरु निरुत्साहित हुनेछन् भन्ने धारणा सरकारको रहेको देखिन्छ। शिक्षामा नीजिकरण अन्त्य गरी सबैलाई समान शिक्षा प्रदान गर्ने अभिप्रायका साथ शिक्षा सेवा कर लागू गर्न अठोट र दृढताका साथ अर्थमन्त्री कटिबद्ध हुनुहुन्छ भन्ने आभास उहाँका अर्न्तवार्ताबाट प्रष्ट हुन्छ। अधिकांश धनी र मध्यम वर्गका विद्यार्थी अध्ययन गर्ने नीजि विद्यालयका संचालक र अभिभावकबाट शिक्षा सेवा कर तिर्न कठिनाइ नहुने र यसले सामाजिक न्यायका सिद्धान्तलाई टेवा दिने हुँदा पाँच प्रतिशत कर तिर्नु शैक्षिक संस्था संचालक र अभिभावकको दायित्व पनि हो भन्ने उहाँको जोड देखिन्छ।



शुरुमा नीजि विद्यालयलाई सरकारले कम्पनी ऐन अन्तर्गत सञ्चालन गर्न खोजेका थिए। कम्पनीको रुपमा स्थापना हुँदा शिक्षक र कर्मचारीले उचित लाभांश र पारिश्रमिक पाउनुका साथै सरकारले मुनाफा अनुरुप राजश्व पनि पाउने थिए। तर शिक्षा सेवा प्रदायक संस्थाको रुपमा मुनाफा गर्दै आएका नीजि विद्यालयले इमान्दारीपूर्वक कर तिर्नु आफ्नो दायित्व थानेनन्। नीजि विद्यालयले अभिभावक/विद्यार्थीबाट मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क, खेलकुद र पुस्तकालय शुल्क लगायत ड्रेस, ब्याच, किताब, कोचिङ कक्षा, ट्युसन, छात्रावास जस्ता विभिन्न शिर्षकमा शुल्क उठाउँछन् तर तिनै विद्यालयका शिक्षकहरु भने न्यून तलवमा वषार्ंै सम्म सामान्य जीवनमा गुजारा चलाउन बाध्य हुन्छन। जबकि सञ्चालकहरु भने देशका प्रमुख उद्योगपति सरह उच्च जीवन यापन गर्दैछन् र शिक्षा सेवीको रुपमा समाजमा सम्मानजनक रुपमा चिनिन्छन् पनि। विदेशी महंगा विश्वविद्यालयमा जहाँ सुपुत्र सुपुत्री अध्ययन गर्छन र यहाँ स्वदेशमा विदेशबाट आयातित महंगा चिल्ला गाडीमा गुडने हैसियतमा पुगेका छन्, नीजि विद्यालयका संचालकहरु। यसको ठीक विपरित ती विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुको व्यथा भने अर्कै छ। जुन विद्यालयको उन्नतिका लागि हाड छाला घोटेर आफ्ना अमुल्य समय, मिहिनेत र परिश्रम लगायो/ शनिवार, चाडपर्व, हिउँद, झरी र वर्षा नभनी समय दियो, तिनै विद्यालयका संचालकबाट अपहेलित र तिरस्कृत हुँदै एकदिन घरको न घाटको भई नोकरी छोडनुपर्ने स्थितिमा हुन्छन् उनीहरु।



विगतका सरकारले शिक्षा र स्वास्थ्यमा भएको व्यापारीकरण टुलुटुलु हेरेर बसे। नीजि विद्यालयका संचालकहरुले सरकारी उच्चपदमा आसिन व्यक्तित्वसँगको विशेष सम्बन्धबाट राम्रै फाइदा उठाए। नीजि विद्यालयलाई उकास्न, निरीक्षण र अनुगमनको दायित्व बोकेका सरकारी निकायको उदासिनताले सार्वजनिक विद्यालयलाई जानाजानी स्तरहीन बनाइयो। स्तरीय शिक्षाको नाममा आफ्नो छोराछोरीको उज्वल भविष्यका लागि मध्यमवर्गीय जनसंख्याको ठूलो हिस्सा आफ्नो आयको आधा भन्दा बढी भाग नीजि विद्यालयको शिक्षामा लगानी गर्न तयार भए। नीजि विद्यालयमा आफ्ना छोराछोरी पढाउनु भनेको आफ्नो वृत्त वरपर, साथीसंगी, मित्रमण्डली, नाताकुतुम्ब माझ प्रतिष्ठाको विषय बन्यो। जति महंगो शुल्क, उति स्तरीय शिक्षा, उति प्रतिष्ठा र फोस्रो धाक जम्ने भयो समाजमा। रिक्सा चालक देखि मजदूर, किसान सम्म / निम्न, मध्यम र उच्च वर्ग सबका सब बालुवामा पानी हाले सरह पैसा बगाउन तयार भए, नीजि विद्यालयमा। सरकारी अनुदान प्राप्त सामुदायिक विद्यालयहरु उपेक्षित बन्दैगए। यसरी नीजि विद्यालयहरु मौलाउँदै गए। देशकै प्रमुख उद्योगपतिहरु चौधरी, दुगड, गोयन्का वा ज्योति ग्रुपहरुकै हाराहारीमा नाम चलेका नीजि विद्यालयका संंचालकहरु पनि छन् भन्दा आश्चर्य मान्नुपर्ने हुन्छ। ती उद्योगपतिहरुले तिर्ने राजश्वको तुलनामा हाम्रा शिक्षासेवी उद्योगपतिहरुले सरकारलाई कति राजश्व बुझाउलान त?



ठीक उस्तै रोग उच्च माध्यमिक शिक्षामा पनि लाग्न गयो। दुइ दशकअघि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने विद्यार्थीहरु अहिलेका उच्च पदस्थ कर्मचारी, प्रशासक, मन्त्री देखि वरिष्ठ डाक्टर इन्जिनियर सम्म छन्। विद्यार्थीहरु मिहिनेती, परिश्रमी र स्वावलम्बी थिए। अहिलेको जस्तो कोचिङ, ट्यूसन, गाईडमा भरपर्नुपर्ने परावलम्बी प्रवृत्ति त्यतिबेला थिएन भन्दा हुन्छ। न त त्यसबेलाको शैक्षिक वातावरणमा शिक्षा सेवी र शिक्षा ग्राह्यी बीच अहिलेको जस्तो व्यावसायिकता नै मौलाउन पाएको थियो। यस बीच सरकारले विश्वविद्यालयीय शिक्षाबाट प्रविणता प्रमाणपत्र तह विस्थापन गरी उच्च माध्यमिक शिक्षा दश जोड दुइ लागू गर्यो। आवश्यक पूर्वाधार बिना नै तत्कालिन सरकारले नीजि विद्यालयले मनोमानी शुल्क निर्धारण गर्न पाउने गरी दश जोड दुई शिक्षा प्रणाली लागू गर्दा वर्षौ अधिकांश अभिभावक विद्यार्थीको पहुँच भन्दा बाहिर रह्यो, उच्च माध्यमिक शिक्षा। फलस्वरुप विद्यार्थी संगठन र अभिभावकहरुको विरोधको कारण अहिले सम्म पनि त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह हट्न सकेको छैन।



केहि वर्ष यता भने शिक्षा क्षेत्रमा पनि परिवर्तनका संकेतहरु देखा पर्न थालेका छन्। सामुदायिक विद्यालयले आफ्नो स्तर सुधार्न प्रयास गरे र नीजि विद्यालयलाई टक्कर दिन सक्ने अवस्थामा आए। राजधानी उपत्यकाका सामुदायिक विद्यालयको एस्एलसी परीक्षा परिणाम, श्रेणीगत उत्तीर्ण प्रतिशत राम्रो अवस्थामा रहेको छ भने उपत्यका बाहिर पनि स्थितिमा क्रमिक सुधार आइरहेको छ। परीक्षा परिणामलाई विश्लेषण गर्ने हो भने नीजि विद्यालयको दाँजोमा सामुदायिक विद्यालयको स्थिति सतोषजनक नभए पनि उत्साहप्रद भने छन्। यो सुखद पक्ष हो कि कुनै कुनै सामुदायिक विद्यालय त नीजि विद्यालयसँगको टक्करमा उन्नीस बीसको स्थितिमा छन्। अभिभावकहरु पहिलेको जस्तो आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न हिचकिचाउनु पर्ने अवस्था अब छैन।



शिक्षा जनताका संविधान प्रदत्त आधारभूत अधिकार मध्ये एक हो। सरकारले जनताले यो आधारभूत अधिकार निशुल्क उपभोग गर्न पाउन् भनेर सामुदायिक विद्यालयलाई अनुदान दिएर संचालन गरेकाछन्। हामी अभिभावक भने आफ्नो मौलिक अधिकार बिर्सेर शिक्षाका व्यापारी कहाँ पुग्छौं र आफ्नो जीवनभर कठोर श्रमले कमाएको पैसा तीनलाई सहर्ष सुम्पन्छौं। घरखेत बैंकमा धितो राख्छौं, संचयकोष/उपदानका रकम स्वदेश र विदेशका महंगा शिक्षामा खर्चन्छौं र बुढेसकालमा सहारा बनेका छोरा/छोरी बुहारीहरु लस्एन्जेलस्, सानफ्रान्सिस्को, लण्डन, सिड्नी सहरमा आफ्नो भविष्यको तानाबाना बुन्दै आरामसँग जीवन बिताइरहेका हुन्छन् भने यहाँ स्वदेशमा ऋणको बोझले असमयमै उमेर पुगेका हामी अभिभावकहरु बेसहारा दुखी जीवन जीउछौं। अभिभावकज्यूहरु, धरतीमा बसेर चन्द्रलोकको सपना देख्न छाड्नुस्। आफूले जवानीमा मिहिनेत गरेर कमाएको पैसाको सदुपयोग गर्नुस् र आफ्ना छोराछोरीलाई यथार्थ धरतीमा स्वदेश मै श्रम र पसिना बगाउन सिकाउनुस्।

दशै किन मान्ने ? किन नमान्ने ?

धार्मिक विविधता भएको देशमा धार्मिक सहिष्णुताको लागि दशैको अवसरमा शुभकामना आदानप्रदान गर्नु राम्रो कुरा हो । दशै हिन्दुहरुको महान चार्ड हो तर नेपालीहरुको महान चार्ड भन्नु चाहि गलत हुन जान्छ । किन की दशै नमान्ने धेरै सम्प्रदाय र धर्मालम्बिहरु नेपालमा रहेका छन् । नेपालीहरुको महान चार्ड भन्दा उनीहरु अर्थात गैर हिन्दुहरुको अपमान गरेको हुन जान्छ ।



दशै नेपाल सरकार र नेपाली मिडियाले बढि मनाउछ । जहा सरकारलाई दशैको अवसरमा राज्यको कोषबाट खर्च बाड्ने र कर्मचारीलाई छुट्टि दिने मनोमानि छ र नेपाली मिडियामा पनि तिनै सरकारमा झै सनातनवादीहरुकै बर्चश्व रहेको छ । यदि दशैमा झै छुट्टि किरात चार्ड, बौद्ध चार्ड या अन्य कुनै चार्डमा दिने हो भने दशैको सोसरह वा त्यो भन्दा भब्य उत्सव नेपालमा हुन सक्छ ।



दशै कस्को हो किन नमनाउने किन मनाउने आदी इत्यादि कुराहरु गौण हुन । हामीले मनन गर्नुपर्ने कुरा के हो भने यो एउटा संस्कार संस्कृति हो र यो हामी र हाम्रो समाजको लागि शासक सरह हो अर्थात संस्कृतिबाट हामी शासित बनेका हुन्छौ । एउटा सर्वमान्य मान्यता के छ भने आफ्नै महान संस्कृति नभएको जाति (राष्ट्र- म मेरो भन्ने भावना/दावी) स्वतन्त्र र स्वाभिमानि हुन सक्दैन । सरसर्ति हेर्दा केही नदेखिने तर अप्रत्येक्ष महत्वपूर्ण भूमिका खेल्ने यस्ता धर्म संस्कृतिको बारेमा अनभिज्ञ रहनु राम्रो अवश्य होइन । धर्म, जात र सम्प्रदायको कुरा अति सम्बेदनशिल हुने भएकोले यसमा कट्टरवादी हुनु झनै खतरनाक कुरा हो त्यसैले समाजमा सुमधुर सम्बन्धको लागि धार्मिक सांस्कृतिक साहित्यिक आदी सहिष्णुता हुनु जरुरी हुन्छ ।



धर्म, संस्कति ब्यक्तिको स्वेच्छाको कुरा हो । चाहेमा सजिलै परिवर्तन गर्न सकिन्छ तर आफ्नो पहिचान अस्थित्व र राष्ट्र अस्मिताको कुरा आउछ त्यो वेला हामी कदापी इतिहास परिवर्तन गर्न सक्दैनौ । शुन्यवाट इतिहासको शुरुवात गर्नु निक्कै ठूलो हिम्मत हो र घनघोर जंगलभित्र पस्नु सरह हो । त्यसैले आफ्नो मौलिक धर्म, संस्कृतिलाई हामीले अनुशासित तर सुधारात्मक तवरले अगाल्नु नै ब्यक्ति समाज र भावि पुस्ताको लागि सबैभन्दा राम्रो कार्य हुन सक्दछ ।



तत्कालिन हिन्दु प्रधान देश नेपालमा ब्रामणबाद र शोषित पीडित आदीवासी जनजातिको सन्दर्भ संग जोडिएको दशैको कुरा समाजशास्त्रको चस्माबाट हेर्दा निक्कै महत्वपूर्ण रुपले लिनु पर्दछ । धर्म/दशै ले नेपाली समाजका शुद्ध हिन्दुहरुको लागि भर् याङको रुपमा काम गर्दै आएको छ । त्यसैले आफूले चढ्ने भर्याङग उनीहरु आफैले निर्माण गरुन उनीहरुलाई कसैले अवरोध नगरौ तर गैर हिन्दुहरुले बषौदेखि लगाइदिदै आएको भर् याङको परम्परालाई छोड्नु नै दशै नमान्नु हो । दशैको टिका नलगाउनु मुख्यतया दशै नमनाउनु हो भन्ने मान्यता बढ्दै गएको छ । समायानुकुल मान्यताहरु विकसित हुदै गईरहेका छन् ।



आज भन्दा दुइ दशक अघि दशै बहिष्कारको कुराले ठूलो चर्चा पाएको थियो । त्यस बेलाको बहिष्कारको अभियान र अभियानकर्मी आदीवासी विद्धानहरुको योगदान र उपलब्धिको पनि समयले मूल्याङकन गर्दै आएको छ । दशै बहिष्कारको अभियानले समग्र नेपाली समाजमा राजनैतिक र सामाजिक लगायतको क्षेत्रमा ठूलो उपलब्धिहरु पस्केका छन् । यसको एक ज्वलन्त उद्धाहरण नेपाल देश सबै धर्मालम्बीको बन्नु अर्थात धर्म निरपेक्ष घोषणा हुनु हो भने दोस्रो उपलब्धि देशको प्रणाली संघिय ढाँचामा जानु इत्यादि ।



दशैको अनेकौ विशिष्टताहरु छन् । जस्तैः बर्ष दिनमा नातागोता संग भेटघाट गर्ने । अन्नबाली पाक्ने वेलाको सुन्दर समयमा आनन्द लिने । सरकारी पैसा, छुट्टि प्राप्त गर्ने इत्यादी । यसका अब्यवहारिक विकृतिहरु पनि धेरै छन् । जेहोस दशैको हामी जोकसैले सम्मान गर्नुपर्छ । छिमेकीको लागि पनि हामीले शुभकामना साट्नु पर्छ तर यथासक्दो आफ्नो मौलिक चार्डहरुमा मन मष्तिकलाई केन्द्रित गर्दै जानु सबैभन्दा उत्तम हुन्छ ।

नेपाल र हिन्दु धर्म


हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो । फेरी पनि उही पुरानै शैलीको दशैं तिहार मानियो । सञ्चार माध्यम,नेताहरुको भाषण देखि सरकारी कार्यालयहरुमा "नेपालीहरुको महान चाड" भनेर सम्बोधन गरेको देखियो, सुनियो अनि पढियो ।



यसले नेपाल बहुधर्म, बहुसंस्कृति भनेर संबिधानले स्वीकारी सके पनि राज्यले अहिले सम्म स्वीकारेको देखिँदैन । एउटै मात्र धर्मको चाडलाई नेपालीहरुको महान चाड भन्नु अन्य धर्मवलम्बीहरुको मुख्य चाडलाई अपहेलना गर्नु हो । दशैं हिन्दु धर्म बाट उत्पत्ति भएको कुरामा कसैको दुई मत छैन र पनि नेपालीहरुको संस्कृति अवश्य हो । यदि हिन्दुकै महान चाड हो भने हिन्दु धर्म भित्रकै दलित समुदायलाई मन्दिर र सार्वजनिक समारोहहरुमा सहभागी हुन बाट किन वञ्चित गराइन्छ ? महान चाड भनिने दशैको आगमन संगै गाउँ घरमा दर्जीले नयाँ कपडा सिलाउने गर्छ सुनारले नयाँ खुकारी र पातको टपरी सम्म बनाएर दिन्छ । अनि एक थरी उच्च र पवित्र जाति भनिनेले नै त्यही दलितवर्गको हातको सीप प्रयोग गर्छन यस्तो ठुलो जात र सानो जात भनिने संस्कार एउटा धर्म निरपेक्ष र नयाँ नेपाल बनाउने युवा पुस्ताले तिरस्कार गर्न सकिदैन ? अर्को तिर हिन्दु मन्दिरहरुलाई पशु बलि दिएर मारकाट होईन शान्ति र अहिंसाको पवित्र स्थल बनाउनु पर्छ । वलि प्रथा भनेको पुरातन र संकुचित संस्कार हो । अनि जनमानसमा यो पनि सोच्ने गरेको छ कि दशैं तिहार भनेको जुवा तास खेल्ने जाँड रक्सी खाने पशू पंछी मारकाट गर्ने र मासु खाने भन्ने आम भावना भईसकेको छ । दशैं यदि नेपालको महान चाड हुनुलाई पराम्परागत केही संस्कारहरुलाई र हिन्दु कट्टरपन्थीहरुको नस्लीय बोध संसोधन गर्नै पर्छ ।



राष्ट्रको ढुकुटी बाट कर्मचारीहरुलाई दशैंै पेश्की भनेर बाँडिन्छ । महान चाडको नाममा दशैं मानउन नसक्ने गरिबहरुको लागि भनेर मन्त्री, सांसदहरुको तोक आदेश र सिफारीसको आधारमा गृह मन्त्रालय बाट रकम उपलब्ध गरिन्छ । तर त्यो रकम कार्णालीका वर्ष दिनमा एक दिन चामल देख्न पाउने जनताले पाउँदैनन् । जो मन्त्री नेता र पार्टी कार्यकर्ताहरुको खल्ती भर्ने काम हुन्छ । दशैं तिहारको अगामनसंगै शैक्षिक संघ संस्था, अफिस कार्यालयहरु १५ दिन बिदा गरिन्छ । तर अन्य धर्मका मुख्य चाडहरुमा न त यसरी राष्ट्रको ढुकुटी बाट सहयोग रकम बाँडिन्छ न त एक दिन भए पनि सरकारी बिदा हुन्छ । भर्खरै मुसालमानहरुको महान चाड इदमा राज्यले एकदिन पनि छुट्टी घोषणा गरिएन । अब इसाईहरुको महान चाड क्रिसमस र बौद्ध धर्मवलम्बीहरुको ल्होछार पनि आउँदै छन् ।



दशैंलाई नेपालीहरुको महान चाड बनाईने हो भने अन्य धर्मवलम्बीहरुको मुख्य चाडपर्वहरुलाई पनि राज्यले समान व्यवहार गरिनु पर्छ । विश्वको एकमात्र हिन्दु अधिराज्य नेपाल धर्मनिरपेक्ष भएको कारण केही नेपाल र भारतीय हिन्दुकट्टरपन्थीहरुलाई पच्न सकेको छैन । त्यसैको परिणाम हो कपिलवस्तुमा घटेको दु:खद घटना र तराई आन्दोलन । तराईवासीहरुको माग समय सान्दर्भिक छ तर त्यस आन्दोलनमा केही दरवारियाहरु र भारतीय कट्टरपन्थीहरुका साथमा माओवादीका बिद्रोही लडाकुहरुको घुसपेस भएको मात्र हो ।



२०३१ सालमा राजा बिरेन्द्रले शान्ति क्षेत्र नेपालको प्रास्ताव राख्द विश्वका अन्य धेरै राष्ट्रहरुको समर्थन प्राप्त भयो तर तिनै हिन्दु धर्मको रक्षा गर्ने भन्ने छिमिकी राष्ट्र भने मौन रहृयो । साँच्चै नै सोच्ने हो भने हाम्रो दक्षिण छिमिकीको नेपाल प्रति हेर्ने दृष्टिकोण अर्को सिक्किम र भुटान भएको नेपाल हेर्न चाहन्छन् । त्यसैले नेपालमा सामाजिक, सांस्कृतिक, राजनितिक, रक्षा, व्यापार, आपूर्ति, आर्थिक, धार्मिक जस्ता हरेक कुरामा न्यानो हस्तक्षेप भईराखेको छ । त्यसैले नेपाललाई कहिल्यै पनि कृष्ण प्रषाद भट्टराईको सिङ्गापुर र क.प्रचण्डको स्विजरल्याण्ड बनाउने सपना पुरा हुन दिने छैन । अन्त्यमा मेरो लेख हिन्दु धर्म र छिमिकीको बिरोध गर्न खोजेको होईन मात्र हामीलाई छिमिकीबाट छिमिकीको व्यवहार र राज्यबाट समान व्यवहार खोजेको मात्र हो ।



अन्तमा: हामी आत्मा निर्भर नभए सम्म परनिर्भर हुनु पर्छ । तर दासत्व स्वीकारेर स्वाभिमान, स्वविवेक र बुद्धिबन्धक राखेर होईन । यसले राष्ट्रलाई विभिन्न धर्म, भाषा, जाति, मधेशी, पहाडी, सबै वर्गलाई हाम्रो भन्ने भावना जाग्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति

चीन र भारत बीच आरोप प्रत्यारोप जारी छ । कूटनीतिक स्तरमा सम्बन्ध बिस्तार गर्ने प्रयाश गर्ने बिचार दुबै पक्षले हालै थाइल्याण्डको राजधानी ब्याङ्ककमा व्यक्त गरे । चीनका प्रधानमंत्री वेन जियावाओ र भारतका प्रधानमंत्री मनमोहन सिंहबीच आशियानको बैठकका क्रममा भेटवार्ता भयो । आर्थिक, प्राविधिक आदि क्षेत्रमा सम्बन्ध बढाउने कुरा भएको बताइए पनि आपसी द्वन्द्वमा अल्झिएका यी दुई एशियाली मुलुकका नेताहरुले विवाद र तनावका बारेमा कुरा गरेनन्‍ । सीमा विवाद, कश्मिर, दलाई लामाको प्रस्तावित अरुणाचल भ्रमण जस्ता तातो मुद्दामा वेन सिंह वार्ता प्रवेश नै नगरेको जानकारी सञ्चार माध्यमहरुले दिएका छन्‍।



गम्भीर विवाद तथा तनावका बेला सम्बन्धित देशका सरकार प्रमुखहरुको भेटमा मूल विषयमा नै कुरा नहुनु आफैँमा अर्को सोचनीय तथा गम्भीर संकेत हो । विवादको टुँगो लगाउनुको साटो मतभिन्नता र झगडालाई थाँती राखौँ भन्ने सन्देश बेइजिङ र दिल्लीले दिएका छन्‍ । तर अहिलेको विवाद, खास गरी दलाई लामाको प्रस्तावित अरुणाचल भ्रमणका कारण यी दुबै देश पछाडि फर्कन नसक्ने बिन्दूमा पुगेका छन्‍ र स्थितिले कुन मोड लिने हो भन्न सकिने अवस्था छैन ।





नेपालमाथि भारतको दवाव: 



आणविक शक्ति सम्पन्न दुई छिमेकीबीच बढ्‍दो तनावले नेपाललाई के कस्तो असर पर्ला भन्ने विश्लेषण नेपालमा एक थरीले गर्दैछन्‍ । चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन्‍ ।



भारतीय प्रधानमंत्री मनमोहन सिंहले माओवादीलाई नेपाली भूमिवाट सहयोग भैराखेको छ भन्ने आरोप लगाए । चीनसँग भारतको विवाद बढ्‍दै गएका बेला भारतीय प्रधानमंत्रीले लगाएको यो आरोपप्रति नेपाल सरकारले आधिकारिक रुपमा केही प्रतिक्रिया जनाएको छैन । यसरी केही नबोल्नुको अर्थ नेपाली भूमिवाट भारतीय माओवादीहरुलाई सहयोग भैराखेको छ भन्ने लाग्छ, कूटनीतिमा । यद्यपि भारतले पनि यहाँवाट, यसरी, यसले भारतीय माओवादीलाई सहयोग गरिराखेको छ भनेर ठोस किटान गर्न सकेको छैन ।



यसैक्रममा भारतीय गृहमंत्री पी. चिदम्बरम्‍ले नेपालमाथि अर्को गम्भीर आरोप लगाएका छन्‍ । भारतमा बढ्‍दो माओवादी हिँसा सम्बन्धमा बोल्दै चिदम्बरम्‍ले नेपाली भूमिवाट भारतीय माओवादीलाई हतियार समेत गैराखेको छ भन्ने गम्भीर आरोप लगाए, गत साता । उनले पनि ठोस आधार दिएनन्‍, नेपालमाथि थोपरिएको यो आक्षेप सम्बन्धमा ।



यस बारेमा नेपालका शासकहरु आधिकारिक स्तरमा रहश्यमय ढंगले मौन बसेका छन्‍ । यसैबेला हाम्री उपप्रधानमंत्रीले यसमा अर्को रहश्य थपिदिइन्‍, नेपालवाट भारतीय माओवादीलाई हतियार जाँदैछ भनेर । नेपालवाट भारततर्फ हतियार गइरहेको मलाई थाहा छ, भनिन्‍ उपप्रधानमंत्रीले (राजधानी, कात्तकि ०१, २०६६) । भारतीय शासकहरुको होमा हो मिलाउने यो भनाइबारे बिस्तृत जानकारी गराउन भने सरकारले आवश्यक ठानेको छैन । यथार्थ के हो, कसले, कसलाई, किन, कहाँवाट ल्याएर र कसरी नेपाली भूमिवाट भारतमा कस्ता हतियार पठाउँदैछ भन्ने जानकारी नदिनु भनेको अन्तर्राष्ट्रिय आतंकवादीलाई पाल्नु हो । त्यसैले सरकारले नेपाल राष्ट्रलाई जानकारी दिनु जरुरी छ यसबारेमा ।



अवैध व्यापार, नक्कली मुद्रा, आतंकवाद जस्ता अपराधमा संलग्नहरु समेतले नेपाली भूमि प्रयोग गरिराखेका छन्‍ भन्ने दावी गरिराखेको छ भारतले । सुपुदर्गी सन्धिमा हस्ताक्षर गराउन दवाव दिने उद्देश्यले मात्र भारतले यसवेला यस्तो आरोप लगाएको हो भन्ने ठान्नु गल्ती हुनेछ ।



नेपालको आन्तरिक राजनीति अन्यौलग्रस्त रहेका वेला र चीन तथा भारतबीच तनाव बढ्‍दै गएको समयमा नेपालकी उपप्रधानमंत्रीले नै अप्रमाणित भारतीय आरोपलाई पुष्टि गरिदिनु भनेको खतरनाक हुनसक्छ ।





चीनको दवाव : 



चीन भारत विवादमा भारतवाट मात्र नेपालमाथि दवाव आइराखेको छैन । चीनले पनि आफ्नो स्थिति प्रष्ट पार्दै लगेको छ । नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप अव मलाई सह्य छैन भन्ने सन्देश चीनले कडा शैलीमा प्रवाह गर्न थालेको छ । तुलनात्मक रुपमा नरम कूटनीतिक भाषा अनौपचारिक ढंगले प्रयोग गर्दै आएको चीनले यसबेला निकै कडा शैली अपनाएको छ ।



नेपाल विशेषज्ञ चिनियाँ प्राध्यापक वाङ होङ वेईको हालैको टिप्पणीलाई यही सन्दर्भमा हेर्नु उपयुक्त हुन्छ । बिबिसि नेपाली सेवासंगको एउटा अन्तर्वार्तामा प्राध्यापक वाङले भारतले धेरै अघि देखि नेपालमाथि नियन्त्रण जमाउन खोज्दै आएको आरोप लगाए । आफ्नो देशसंग प्रत्यक्ष सरोकार नदेखिने सन्दर्भमा विशेषज्ञ हरु मार्फत स्पष्ट सन्देश दिने र त्यही अनुसार काम गर्ने चिनियाँ तरिकालाई ध्यानमा राखेर प्राध्यापक वाङको यो टिप्पणीको विश्लेषण गर्नु उचित हुन्छ । प्रष्ट छ, नेपालमाथि अब तिम्रो हालीमुहालीका दिन सकिए भन्ने सन्देश बेइजिङले दिल्लीलाई दिन खोजेको छ ।



नयाँ दिल्लीको चाहना अनुरुप नेपालको आन्तरिक राजनीति अगाडि बढ्‍दा र नेपालमा राजतन्त्र वा गणतन्त्र जुन प्रणाली रहे पनि आफूलाई फरक नपर्ने खालको संकेत गरेर बसेको चीन अहिले सतर्क हुन बाध्य भएको छ । गणतान्त्रिक नेपाल का शासकहरुले चीनको राष्ट्रिय सुरक्षा तथा हित विपरित नेपाली भूमि चीन विरोधी शक्तिहरुलाई व्यापक रुपमा दूरुपयोग गर्न दिन थाले पछि बेइजिङले कान ठाडो पार्नु स्वभाविक हो ।



चीन विरोधी तिब्बती पृथकतावादीहरु झण्डै चीनको सीमा सम्म नारा जुलुस गर्न पुग्नु, काठमाण्डौँस्थित चिनियाँ राजदूतावास अगाडि अभूतपूर्व शैलीमा चीन विरुद्ध प्रदर्शन जारी रहनु, मुस्ताङ लगायतका चिनियाँ भूमिसँग जोडिएका नेपाली क्षेत्रमा अस्वभाविक गतिविधि हुनु आदिलाई चिनियाँ शासकहरुले सामान्य ठान्ने प्रश्नै छैन ।



नेपाली भूमिवाट चीन विरोधी गतिविधि हुन नपाओस्‍ भनेर चिनियाँहरुले पटक पटक गरेको आग्रह काम नलाग्ने ठानेरै हुन सक्छ, चिनियाँहरु खुलेरै आउन थालेका छन्‍ । आफ्ना सञ्चार माध्यम र विशेषज्ञहरु मार्फत चीनले स्पष्ट सन्देश दिइराखेको छ ।





नेपाल अव कता ? 



बेइजिङ र नयाँ दिल्लीबीच समान दूरी राखेको देखाउने चेष्टाले निकै गति पाएको छ, हाम्रा राजनीतिक खेलाडीहरुमा । तर यी राजनीतिक नेता तथा शक्तिहरु झन्‍ झन्‍ हलुका बन्दै गएका छन्‍, विदेशी प्रतिद्वन्द्वि शक्तिहरुका आँखामा । चीन र भारत दुबै तिरका उच्च तहका नेताहरुले हाम्रा नेताहरु प्रति हालका दिनमा देखाएको व्यवहारवाट धेरै कुरा प्रष्ट भएको छ ।



भारतले गराइदिएको ०२ बुँदे सम्झौताको मार्गचित्रमा हिँडेर नयाँ नेपाल बनाउने प्रतिवद्धता व्यक्त गर्ने हाम्रा राजनीतिक शक्तिहरुको अहिलेको प्रवृत्तिलाई चीन भारत तनावको सन्दर्भमा अलग राखेर हेर्न मिल्दैन । भारतीय इच्छा अनुरुप सहमति मा हिँडेर यहाँ सम्म आइपुगेका संसदवादी दलहरु र माओवादीबीच दिन प्रति दिन दूरी बढ्‍दै जानुमा हाम्रा नेताहरुको भूमिका न्यून देखिन्छ । विदेशी शक्तिहरुको स्वार्थमा काम गर्ने नयाँ नेपाल का सूत्रधारहरु अहिले अप्ठ्‍यारोमा परेको आभाष पाइँदैछ ।



सात दल र माओवादी आगामी दिनमा पनि भारतीय मार्गचित्र अनुसार मिलेर जानु भनेको चीनका लागि उपयुक्त हुँदैन भन्ने जनाउ बेइजिङले दिइसक्यो प्राध्यापक वाङ तथा दी ग्लोबल टाइम्स मार्फत । यसको प्रष्ट अर्थ नेपालमा सहमतिवाट नयाँ नेपाल बनाउने राजनीतिको भ्रमपूर्ण नारा अव धेरै दिनका लागि होइन भन्ने बुझ्‍नु उपयुक्त हुन्छ । किनभने स्यूचाटारको मैदान प्रयोग गरेर उत्पात मच्चाउन सकिने समय अहिले होइन ।



विगत् चार दशक भन्दा बढी समयदेखि थाँती राखिएको सीमा विवाद एक्कासी त्यसै चर्काइएको छैन । तिमी आफ्ना लागि होस्‍ गर, धेरै दायाँ बायाँ गर्ने दिन गएको यथार्थ स्वीकार गर भन्ने सन्देशका रुपमा अहिलेको विवादलाई बुझ्‍नु उचित हुन्छ । यति प्रष्ट जनाउ नबुझ्‍ने वा बुझ्‍ पचाउनेले त्यसको परिणाम के हुन सक्छ भन्ने थाहा पाउन निकट विगत्‍को आफैँले लेखेको इतिहास पढ्‍दा श्रेयष्कर हुन्छ ।

नेपालमा बहुभाषिक विश्वविधालयको खाँचो

भाषा र संस्कृति मर्न दिनुको अर्थ संसारको बारेमा भएका हाम्रा कूल ज्ञान घटाउनु हो। भाषाशास्त्री डेनियल नेटल र सुजेन रोमेनले भनेका छन्। नेपालको सन्दर्भमा त्यसैगरी भाषाको मर्मलाई घटाउने काम भइरहेको छ। राजनैतिक नेता, राज्यनीति, दयनीय राजनीतिले खसबाहेक अन्य भाषाहरूको संरक्षण, संवर्द्धन र विकास गर्न उत्सुक देखिन्नन्। बरू वक्तारहित संस्कृत भाषालाई करोडौंका लगानी खन्याउने क्रम जारी छ, त्यो पनि सीमित जातिको नाममा।



जनगणना २०५८ को केन्द्रीय तथ्यांक विभागको आँकडामा नेपालमा संस्कृत भाषा बोल्नेहरूको सङ्ख्या ८ सय २३ जना छन्। जबकि मैथिलीभाषी २७ लाख ९७ हजार ५ सय ८२, भोजपुरी १७ लाख १२ हजार ५ सय ३६, थारू १३ लाख ३१ हजार ५ सय ४६, तामाङभाषी ११ लाख ७९ हजार १ सय ४५, नेवारी (नेपाल भाषा) ८ लाख २५ हजार ४ सय ५८, मगरभाषी ७ लाख ७० हजार १ सय १६, अवधी ५ लाख ६० हजार ७ सय ४४, बान्तावा ३ लाख ७१ हजार ५६, गुरुङ ३ लाख ३८ हजार ९ सय २५, लिम्बू ३ लाख ३३ हजार ६ सय ३३ आदि छन्।



मृतप्रायः संस्कृत भाषाको संरक्षण र विकासको लागि छुट्टै नेपाल संस्कृत विश्वविद्यालय छ। तर, माथि उल्लेखित बहुसङ्ख्यक नेपाली नागरिकहरूले बोल्ने कुनै एक मातृभाषाको छुट्टै विश्वविद्यालय छैन।



भाषा आजकल राजनीतिको गर्मागर्मीको विषय पनि भएको छ। उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा खाएको सपथ र त्यसलाई सर्वोच्च अदालतले अवैध ठहर अनि स्वयं झाको अदालतप्रतिको टिकाटिप्पणी र आमनागरिकको मिश्रित प्रतिक्रियाले भाषाको शक्ति कति हुँदो रहेछ भन्ने कुरा छर्लङ्गै भएको छ। त्यतिमात्र हैन, आगामी संघीय राज्यहरूको बारेमा भाषाको आधारमा देश संघीयतामा जान सक्छ कि सक्दैन भन्ने चुरो कुराको नालीबेली आफैमा रोचक हुदै गइरहेको छ। कसैले भाषा आयोग को गठनको कुरा गर्छन् त कसैले भाषाको आधारमा देश संघीयतामा जान सक्दैन भनेर। जे होस्, भाषाको नाममा आ-आफ्ना डम्फू बजाएकै छन्।

यी त भए राजनीतिक सेरोफेरोको कुराहरू। अब प्राज्ञिक हिसाबले पनि भाषालाई हेरौं।

लामो प्रयासपछि बल्ल नेपालमा भाषिक सर्वेक्षण को काम सुरू भएको छ। अहिलेसम्म जे जस्तो भाषासम्बन्धी तथ्याङ्कहरू आए, (कसैले मिथ्याङ्क पनि भनेका छन्।) ती तथ्याङ्क वा मिथ्याङ्क के थिए भन्ने कुराको निचोड्मा पुग्न भाषिक सर्वेक्षणको खोज र उसको अन्तिम निश्कर्ष थाहा पाउन केही वर्ष पर्खनैपर्ने हुन्छ।



नेपालमा आदिवासी जनजातिलगायत पछाडि पारिएका समुदायको मातृभाषाहरू शिक्षा क्षेत्रमा केही न केही कामहरू भएका छन्। पाठ्यक्रम विकास केन्द्रले १७ वटा नेपाली मातृभाषाहरूमा पाठ्यक्रम र पाठ्यपुस्तकहरू निर्माण गरिसकेको र कुनै मातृभाषाहरूमा निर्माणाधीन अवस्थामा छन्। पछिल्लो समयमा शैक्षिक जनशक्ति विकास केन्द्रले कम्तीमु १५ वटा भाषाहरूमा बहुभाषिक शिक्षा सम्बन्धी शिक्षक तालिम सामग्रीहरू निर्माण गरी तालिम दिलाउने काममा अग्रसर भइरहेको छ।



भाषासम्बन्धी जे जति कामहरू भइरहेता यसले नयाँ नेपालको मागलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने प्रश्नको उत्तर खोज्ने बेला पनि आइसकेको छ। शिक्षा एउटा देशको यस्तो मेरुदण्ड हो, जोविना विकास असम्भव छ। र, शिक्षालाई कुन भाषामार्फत जनतासमक्ष पुर्याउने हो भन्ने कुरामा राज्य गम्भीर हुने बेला आइसकेको छ। अबको शिक्षा खस नेपाली भाषामा मात्र असम्भव छ भन्ने कुरा राज्य, भाषिक अभियन्ता, भाषावैज्ञानिक सबैले बुझिसकेका छन् तर खाली कार्यान्वयनको मात्र कमी देखिएको छ।



बहुभाषिक देश नेपालमा बोलिने थुप्रै मातृभाषाहरूमार्फत शिक्षालाई जनसमक्ष पुर्याउनु राज्यको कर्तव्य हो। यसको लागि ती मातृभाषाहरूलाई संरक्षण र विकासमा अग्रसर हुनु राज्य र सम्वन्धित मातृभाषीहरू हातेमालो गर्नु जरूरी छ। यदि त्यसो हो भने माथि भनिएझैँ संस्कृत विश्वविद्यालयजस्तै नेपालमा बहुभाषिक विश्वविद्यालय खोल्ने कि नखोल्ने भन्ने प्रश्न पनि जरूर हाम्रो माझ आउँछ। जवाफमा हामी भन्न सक्छौं कि नेपालमा एउटा बहुभाषिक विश्वविद्यालयको आवश्यक छ, जहाँ नेपालका सबै मातृभाषाहरूको वैज्ञानिकतवरले अध्ययन अध्यापन हुन सकोस्।



भाषावैज्ञानिक तथा अभियन्ता टोवे एस. कङगासले आफ्नो पुस्तक लिङगुइष्टिक जेनोसाइड इन एजुकेसन मा भनेका छन्- भाषाहरू आफै मर्दैनन्, मारिने काम गरिन्छ। त्यसरी नै तत्कालीन राज्य संयन्त्रले एक भाषा एक भेष को नीति लिँदा मुलुकका अधिकांश भाषाहरू थिचोमिचोमा पारिएका थिए। कति भाषाहरू त मार्ने कामै गरिए। मातृभाषामा क्रियाशील व्यक्तिहरूलाई अनावश्यक शारीरिक र मानसिक दुःख दिने काम भयो। त्यो पाटोमा जाने हो भने कहालीलाग्दो घटनाक्रमहरू भएका छन्।



गणतान्त्रिक नयाँ नेपालमा अब त्यो पीडा नदोहोरियोस् भन्ने आग्रह हो। बहुभाषिक विश्वविद्यालयको स्थापनाले देश र जनतालाई हानी गर्दैन। संस्कृत विश्वविद्यालयको स्थापनाले राज्यको लगानीअनुसारको प्रतिफल आएजस्तो लाग्दैन। भाषिक विश्वविद्यालयको स्थापनाले राज्यको लगानी निश्चितरूपमा खेर भने जादैन। भाषिक विश्वविद्यालयले सम्पूर्ण भाषाहरूको सम्मान गर्छ र हरेक भाषाले उचित न्याय पाएको महसुस पनि गर्छन्। ती भाषाहरूको संवर्द्धन, विकास र प्राज्ञिक अध्ययन, अनुसन्धानका निम्ति बहुभाषिक विश्वविद्यालय त्यसको पहिलो आवश्यकता हो, जसको स्थापनाले वर्षौदेखिको पछाडि पारिएका मातृभाषीहरूको मागको सम्बोधन हुनेछ।



सरकारी तथ्यांकमा ९२ वटा भाषाहरू अस्तित्वमा छन्। यद्यपि भाषाविद्हरूले नेपालमा १४० को हाराहारीमा भाषाहरू बोलीचालीमा छन्, भनिरहेका छन्। ती मध्ये अधिकांश आदिवासी जनजाति र पिछडिएका मधेसी समुदायका भाषाहरू छन्। भूगोलविद् डा. हर्क गुरुङले आफ्ना कृतिमा भनेका छन् - जनजातिको पहिचानको आधार आफ्नै मातृभाषा हो।



नेपालको अन्तरिम संविधान -२०६३ ले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भनेको छ। त्यस्तै धारा १७(१) ले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हक को व्यवस्था गरेको छ। त्यतिमात्र हैन, २०६३ को माघ १ गतेदेखि नै बहुभाषिक शिक्षा कार्यक्रम को सुरुवात भएको छ। त्यसअनुरुप सरकारले प्राथमिक तहको कक्षा १ देखि ३ सम्मको बालबालिकाहरूको लागि बहुभाषिक शिक्षा को अवधारणाबाट अघि बढिरहेको छ। बहुभाषिक शिक्षा भन्नु नै मातृभाषामा शिक्षा पनि हो। यो प्रयोग संसारको कमै देशमा मात्र छ र सफल हुदै पनि गएको छ। नेपालमा बहुभाषिक शिक्षा सफल भयो भने विश्वभरका भाषाप्रेमीहरूको लागि हाम्रो देश भाषिक गन्तव्य हुने निश्चित छ। भविष्यको त्यो कार्यक्रमलाई साकार पार्न बहुभाषिक विश्वविद्यालयको स्थापना अनिवार्य सर्त पनि हो।

मातृभाषामा अध्ययन-अध्यापन विगतमा कष्टकर थियो, आज अधिकारको विषय पनि भएको छ। जाति, भाषा, ऐतिहासिकताका आधारमा संघीय राज्य हुनुपर्ने माग बढिरहेको बेला बहुभाषिक विश्वविद्यालयको स्थापना सान्दर्भिक पनि हुनेछ। प्राज्ञ बैरागी काइँलाको विचारमा जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन।



भाषाको सम्बन्ध कला, साहित्य, संस्कृति आदिसँग जोडिएको हुन्छ। र, यो मानव सभ्यता र विकाससँग जोडिएको हुन्छ। त्यसैले मुलुकका सबै भाषा राष्ट्रको अमूल्य निधि, सम्पत्ति, सम्पदा हो। यी अमूल्य सम्पतिहरूको संरक्षण, संवर्द्धन गर्नु राज्यको कर्तव्य हुन आउँछ। अमेरिकी आदिवासी डारिल बेब विल्सन भन्छन् - यस संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छे)को भाषा जान्नुपर्दछ तर सदासदा बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ। (अमृत योञ्जन-तामाङद्वारा लिखित पुस्तक नेपालका भाषाहरूको पहिचान, वर्तमान स्थिति र भाषाविकास योजना मा उल्लेख)



भाषा संरक्षण कार्यमा सम्बन्धित समुदाय वा मातृभाषीलाई सचेत तुल्याएर अग्रसर हुनुपर्छ। विदेशी वा अन्य समुदायले भाषाको संरक्षण गर्न खोज्दैमा स्वयं मातृभाषीले गरेजस्तो त्यो गुणात्मक हुदैन। र, त्यस्तो गुणात्मक कार्यको लागि पनि स्वयं मातृभाषीहरू सचेत, सक्षम र शिक्षित हुनुपर्छ। यो पक्षमा अब बन्ने संघीय राज्यनीतिले बोल्ला। तर, केन्द्रीयतहमै बहुभाषिक विश्वविद्यालय स्थापना भए सरोकारवालाहरूले खोजेको कुराले सार्थकता पाउनेछ। त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय भाषाविज्ञान विभाग त छ, तर त्यति मात्र पर्याप्त छैन। भाषाअध्ययन, अनुसन्धानको लागि पछिसम्म थेग्न पनि सक्दैन।

बहुभाषिक विश्वविद्यालय भएको खण्डमा विश्वभरिका भाषा अन्वेषक, अनुसन्धानदाताहरूलाई आकर्षित गराउन सकिन्छ। नत्र उनीहरू आएर आफूखुसी गर्न दिने हो भने हाम्रा अमूल्य भाषाहरूलाई गिनीपिग बनाउनु बाहेक अरू केही हुने छैन। हामी मक्ख परेर हेरिरहेका हुन्छौँ, विदेशीहरू हाम्रा भाषाहरूको चिरफार गरी सोधपत्र निर्माण र पिएचडी गरेर जानेछन्।



नेपालको विशेषता भनेको बहुभाषा पनि हो। अन्तर्राष्ट्रिय तहको ध्यानाकर्षण गराउन बहुभाषिक विश्वविद्यालयको स्थापना हुनुपर्छ। यसको माग गर्नु र स्थापना हुनुले कुनै अरू भाषाहरू थिचोमिचोमा पर्दैनन् बरु साझेदारी र भाषाहरूको सामुहिक विकास हुने सम्भावना बढी हुन्छ। साथै, सरोकारवालाहरूको मागअनुकूल संस्कृत र खस भाषालाई पछि पार्नु पनि होइन। बहुभाषिक विश्वविद्यालयको स्थापनाले त ती संस्कृत र खस भाषाको विकासमा समेत टेवा पुर्याउँछ। माग मातृभाषी नागरिकहरू आफ्नै मातृभाषामा शिक्षा पाउनुपर्छ भन्ने मात्रै हो। आफ्नो भाषामा लेखपढ् गर्न पाउनु उनीहरूको भाषिक मानवअधिकार पनि हो।



भाषिक तथा साँस्कृतिक विभेदीकरणको दमनले विभाजन र संघर्षका आधारहरू तयार भएका घटनाहरू संसारमा प्रसस्तै छन्। त्यो समय आउनु नदिन बेलैमा राज्यले सचेत भई आम भाषासेवीहरूको भावनालाई समेट्ने काम गर्नेछ। साथै, भाषाको विकासमा सम्पूर्ण शिक्षाविद्, प्राज्ञहरूको ध्यान दिन जरूरी छ। यो भनेको आदिवासी, जनजाति तथा मधेसी समुदायको भाषाहरूको मात्र समस्या हैन, विश्वव्यापीकरण व्यापक चर्चा भइरहेको बेला अंग्रेजीको चपेटामा कतै खस भाषा पनि पर्दैन भन्न सकिने अवस्था छैन। तसर्थ बहुभाषिक विश्वविद्यालयको स्थापनाले नेपाललाई सुन्दर बगैचाको रूपमा स्थापित गर्दै युगौंदेखि थिचोमिचोमा परेका मातृभाषाहरूको विकास गर्नमा ठूलो टेवा पुग्नेछ।

हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना

पशुबलि एउटा आस्थासंग जोडिएको विषय हो । जहाँ आस्था हुन्छ, त्यहाँ कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन् । यो पशुबलि पनि आस्थासंग जोडिएको एउटा प्रथा हो । हामी देवताको पूजा-अर्चना गर्छौ, त्यो पनि आस्थाको नै पर्याय हो । सात्विक, राजसी र तामसी गरेर तीन प्रकारका गुणहरु हुन्छन् । गीताका अनुसार "भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्'' । भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनीमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन् ।

भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन् ।

‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ । यहाँ हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन । यस भू-मण्डलमा सात द्विप भएको पुष्टि हाम्रा वेद शास्त्रहरुले गरेका छन् : "सप्त द्विप वति पृथ्वी सा द्वी विधा: नित्या अनित्या च '' । तिनका नाम हुन् जम्बूद्विप, प्लक्षद्विप, शाल्मलिद्विप, कुशद्विप, क्रौन्चद्विप, शाकद्विप ,पुष्करद्विप । त्यसमा पनि भारतवर्षमा {नेपाल, भारत} देवताहरुले अवतार लिने र लीला गर्ने जस्ता कार्यहरु हुने गर्छन् । हिन्दमहासागरबाट आविर्भूत भएको र यहाकाँ मानिसहरु हिन्द भाषी भएको हुदाँ यहाका धर्मावलम्बीहरु हिन्दु कहलाउन थाले । उनीहरुको आफ्नै प्रकारको विशेष सनातन धर्म छ, उनीहरु धर्मभीरु हुन्छन्, धर्मप्रति आस्था र विश्वास गर्ने गर्छन् : “ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।


धर्म भन्ने वित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ । धर्मले हत्या हिंसाको पक्ष लिदैन भन्ने बुझ्नुपर्छ । धर्म शब्द कुनै हिंसाको द्योतक हैन । मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणिमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन् ।

हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :
(१) नित्य (२) नैमित्तिक (३) काम्य ।
(१) नित्य - शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन् । नित्य कर्म गर्नाले शरीर एवं मन शुद्ध हुने तथा देवपूजन, हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ ।
(२) नैमित्तिक - ग्रहण आदिको विशेष अवसरमा हवन, यज्ञ, देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन् । नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ नगर्दा प्रत्यवाय नामको दोष लाग्छ ।
(३) काम्य - कुनै कामनापूर्तिका निमित्त गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन् । जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन ।
गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ । दाउरा बाल्दा, घर सफाई गर्दा, लुगा धुँदा, ढिकी-जातो गर्दा आदि कार्य जीवको हिंसा नभई हुन सक्दैन । त्यसको प्रायश्चित गर्नलाई पञ्चमहायज्ञ गर्ने आदेश शाश्त्रहरुले दिएकाछन् । ती पञ्चमहायज्ञ हुन् :
(१) ब्रह्म यज्ञ :- वेद, पुराण, इतिहास, धर्मशास्त्र, रामायण, महाभारत आदिको पठन-पाठन गर्नु ।
(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि तर्पण, श्राद्ध आदि गर्नु ।
(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु ।
(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेव, भूत, गाई, कुकुर, काग आदिलाई बलि दिनु ।
(५) नृयज्ञ :- घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु ।
यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ । यी पन्चबलि निम्न प्रकार छन् :-
(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने ।
(२) श्वानबलि :- कुकुरलाई खाना दिने ।
(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने ।
(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने ।
(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने ।

यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ । जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ । यहाँ बलि शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन । भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ) ।

प्रश्न उठ्छ - के शास्त्रमा पशुबलिको विधान छ त ?
समयको काल–चक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो । बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले । अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले । तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले । आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो ।

हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक । बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रियलाई हुँदैन । त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा “रुधिराक्तेंन बलिना मांसेन सुरया नृप । बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता ।।“ आदि शब्दको प्रयोग भएको छ । जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ । हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन । “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो ।

प्राचीन कालमा बलि:- प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो । यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = बध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो । अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याईन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो । कैयौ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाईन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो । त्यस्तै कैयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि । तर स्मरण रहोस् पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ । त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन । जस्तै भनिएको छ -

“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा ।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम् ।।“
( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो । तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ ।

कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन । भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे ।

त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ । जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ । त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो ।

नेपालको सन्धर्भमा बलि :- नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो । देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो । भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन् । नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन् । आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ । अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ । बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले । दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो । बाबु-बाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो । बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ । नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकाश क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यहि नै हो । खुनको बलि ले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ । देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन् । झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै बिधान छ 

"अधुरो प्रेम

धनमाय आज पनि विहानै उ�� ेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना बनाउन मन लागेन मन पनि कसरी लागोस यस बुढेसकालमा एक्लो जीवन विताउन परेपछि हिजोआज त बाहिर निस्कदा केटा- केटीले बोक्सी बुढी भनेर जिस्काउछन् । हुन पनि यहा“ दा“त झरेपछि र केश फूलेपछि सबैले बोक्सी भन्न थाल्छन् । त्यही माथि एक्लो भएपछि जब बोल्न कोही हुदैन एक्लो जीवन देखि वाक्क भएर एक्लै भूत भूताउन सिवाय के पो गर्न सकिन्छ र यो त उसैलाई थाहा हुन्छ । जसले यस्तो जीवन विताइरहेको छ । त्यस्ताको हरेक चाल चलन समाजले शंकालु भएर हेदछन् । यहा“ सम्मकी नुहाएर धुप बाल्दा शरिरमा तेल मालिश गर्दा बोक्सी ज्ञानसिकेको भन्छन् । यस्तै छ हाम्रो रुढीबादी समाज ।

किन किन आज धनमायाको मन उदास छ उ अतितका घटनाहरुलाई सम्झदै कहिले रुने र हास्ने गर्छे आज पनि उ अतितका दिनहरुमा कता हर्राई कता ........ उसको मस्तिष्कमा आफू मात्र उन्नाइस (१९) वर्षो हुदाको घटना आउछ जनुबेला उ यस सानो गाउ“मा सबै भन्दा सुन्दर फूल थिई , जसलाई हेन युवा नयनहरु सधैं उसको घरको चारैतिर घुमी हिड्थ्ये । चारैतिर उसको गुणगान र सुन्दरताको प्रशंसा हुन्थ्यो । जवानीको बेला हो, कसैसित मन मिल्नु र घनिष्ट हुन त स्वभाविक नै हो यसै र उसको हेम खेम पनि यसै गाउको वलिष्�� यूवक मैते सित पर्‍यो उ सधै गाउको हरेक कामना अघि बड्थ्यो ,सारै मिलनसार थियो शायद यही गुणले पनि होला धनमाया उ प्रति आकषिर्त भएकी । उ धेरै जसो खेतालापात जादा दाउरा घा“स जादा पनि मैते स“ग हुन्थ्योे । जनु कुरा यो सानो गाउ“मा आ“गो सरह फैलन स्वाभाविक पनि हो ।

धनमाया साह्रै डराउ“थी कारण उ पुरोहित बाजेकी एकलौटी छोरी र मैते सानो जानको अर्काको पाखुरेको छोरो यसैले पनि उनीहरुको प्रेम सफल हुने सम्भावना कम थियो । एक दिन यसरी नै मैते र धनमाया गाउ“ले �� िटा �� िटीहरुस“ग जंगल गएका थिए धनमायाले एकान्तमा पारेर मैतेलाई कति दिन बिताउने यसरी एक्लै लुक्दै छिप्दै कति दिन बिताउने जाउ यस गाउ“ छाडेर अन्यत्रै र विहे गरौं तर मैतेले भन्यो हैन धनमाया तिमीलाई थाहै छ त्रि्रो बुवाको यस गाउ“मा कत्रो इज्जत छ, फेरि नभन हामी भागेर पनि त कहा“ जाने बुढाको पुहच टा�� ा-टा�� ा सम्म छ मार्छन । धनमाया उत्तेजित हुन्छे हैन मैतेदाई हामी एक अर्कालाई मन पराउ“छौं हाम्रो जीवन सुखी हुन्छ किन समाजको डरमा जीवन बर्वाद गर्ने र मैतेले भन्छ हेर धनमाया हामी भागेर गए मेरो बुढी आमाको कस्तो विजोग हुन्छ म यो पाप गर्न सक्दिन् । धनमाया �� ुस्किन्छे त्यसो हो भने आज सम्म तिमीले मलाई के सोचेर प्रेम गरेको त धनमायको आ“खाबाट आ“शु टलपल गर्नथाल्छ जो मैतेले सहन सक्दैन र भन्छ �� िक छ धनमाया हामी भागौं तर आमालाई .............. । मैतेको निम्ती यहा“ जटिल समस्या भईदिन्छ उसको बुढि आमा जसलाई उ यहा“ एक्लो छाडेर पनि त जान सक्दैन फेरि आमा पनि मान्नु हुन्न तब के गर्ने .........- तर उनीहरुको प्रेम यति अघि बढि सकेको थियो कि उनीहरु यी सब छाडेर भाग्न तत्पर भए तर गरिब मैते शहर नदेखेको �� िटो धनमायालाई लिएर कहा“ जाने उ अर्काे गाउ“मा शरण लिन पुगे तर पुरोहित बाजेको जजमान भएको गाउ“मा उनहिरुलाई समात्न पुरोहित बाजेलाई त्यति साह्रो परेन गाउ“मा ल्याएर धनमायालाई घरमा थुनेर राखे र मैतेलाई कुटेर गाउ“बाट खेदाए सारा समाज मिलेर ।

यसरी मजबुत धनमायाको प्रेमको हत्या भयो र पुरोहित बाजेले हवल्दार जे�� ोसित विवाह रचाए उ भर्खर रिटायर्ड भएर आएको थियो र पहिलो स्वास्नी केही वर्षअघि र्स्वर्गवास भएको थियो । तर हवल्दार जे�� ोले विहे गरेको केही दिनमै नाता भातिका कुरा सुनाउन थाले गाउ“लेहरुले र हवल्दार जे�� ो दिनरात जा“ड रक्सी खाएर घरमा धनमायालाई मैतेकी स्वास्नी मेरो सम्पत्तिमा रजाई गर्न आएकी भन्दै कुटपिट गर्न थाल्यो । दिनरात जा“ड रक्सी जुवा तासमा लागेपछि हवल्दार जे�� ोले भएभरको सम्पत्ति स्वाहा“ पार्‍यो र एकदिन गाउ“ छाडेर हिडेको कहा“ गयो कसैलाई पत्तो भएन गाउ“मा कोही भन्छन मर्‍यो भनेर कोही भन्छन अर्का लिएर शहरमा पस्यो । तर बास्विकता केहो आजसम्म धनमायालाई पनि थाहा छैन । उनीहरुको एउटा छोरो पनि थियो तर सुकेनाशले र खाना राम्रो नपाएर तीन वर्षै मरेको थियो ।

हुन त पुरोहित बाजेलाई आफ्नो भूलको अहसास नभएको हैन छोरीको यस्तो विजोक देखेपछि त्यसैले धनमायालाई माइतमा नै बोलाएर राखेका थिए र पछि छोरीको दुःख र सारा जिवन सोचेर मैतेलाई खोज्न प�� ाएका थिए तर मैते कहा“ गयो गयो कसैले भन्न सकेनन् । धनमायालाई भने अडकल थियो पक्कै पनि मैते आसाम गएको हुनर्ुपर्छ । मामाहरु उता छन भन्थे हुन त धनमायालाई भगाएर मैतेले आसाम लान चाहेको पनि हो तर त्यति टाढो कसरी पुग्ने विचरो गरिब मैतेमा पैसा नै कति थियो र नत्र आज शायद उनीहरुको जीवन कति सुखमय हुने थियो होला ।

जस्तै �� ूलो चोटपनि समयको मलहम पट्टीले निको हुदोरहेछ बस कहिले नमिट्ने दाग रटाटो छाडेर धनमाया पनि अब त एता उता हिडडुल गर्न थालेकी थिइ ता गाउ“घरमा मानिसहरुले उसलाई कति लाश्रण लगाउथे उ यि सब सहने भइ सके की थिई । हुदा हुदा पुरोहित बाजे पनि मरेर गए अब धनमाया एक्ली छे साथमा अतितका घटनाहरु र अधुरो प्रेमहरु । हिजोआज धनमाया घर छाडेर हिड्न नथालेको पनि धेरै भयो । शायद बुढि भएर होला उसका ति सुन्दर केशहरु मुहार जम्मै कुरुप भएको छ बुढेस कालले गर्दा मुखका धेरै जसो दा“तहरु फुस्किएका छन् । बाहिर एक्लै निस्कदा केटाकेटीहरु तर्सन्छन र बोक्सी बुढी बोक्सी बुढी भन्दै जिस्काउ“छन् । तर विचरी धनमाया यि सब दुःख कष्ट सहेर पनि एउटै आशमा बा“चेकी छे र एउटै चाहनाले जिउदो राखेकी छे आफैलाई त्यो हो मर्न अघि एकपल्ट भएपनि मैतेको मुहार हेने ।

जीवन एक यात्रा

उफ् ....! यो हल्ला....! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्नेगरी \"बदाम.... ए.. बदाम... ए चटपटे...नारियल...मेवा....आजको ताजा खबर....\" मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो....सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कम से कम मेरा लागि।



सुन्दर मिथिलानगरी जनकपुर। यही जनकपुरको बसपार्कमा एउटा विराटनगर जाने बसमा बसेकी छु म। बितेका वर्षहरू, महिनाहरू र दिनहरूले ममा अचम्मलाग्दो निस्सारता भरिदिएका छन्। जीवनलाई सुन्दर बाटो र त्यसको यात्रा �� ान्ने मेरा विश्वासहरू केही डगमगाउन लागेझैँ हुन्छन्। विश्वास डगमगाए पनि मैले तिनलाई ढल्नचाहिँ दिएको छैन। त्यस्तै विश्वासहरू थामेर जीवनयात्रालाई निरन्तरता दिनु नै छ। निस्सारतालाई पुस्तकमा साट्ने गरेकी छु मैले अचेल। केही पछुतो पनि लाग्छ, कहिलेकाहीँ, किन बेलैमा पुस्तकहरूसँग मित्रता गाँसिनँ मैले। अहिले सम्झन्छु मैले ती दिनहरूमा पुस्तकहरूसँग मित्रता गाँसेको भए मेरो जिन्दगीको बाटो अर्कै हुन्थ्यो होला। सायद म जीवन्त जीवन जिउँथे होला। तर समयको धारलाई न कसैले बदल्न सक्यो न सक्छ। जुन कुरो हुन सकेन त्यसमा समय खेर फाल्नुभन्दा जे हुनसक्छ त्यसमा चिन्तन गर्नु नै �� ीक होला ? यी कुरा पनि मैले पुस्तकहरूबाट नै थाहा पाएकी हुँ।



म जनकपुरको बसपार्कमा बसभित्र कहिले यसले यात्रा थाल्छ होला भनेर पर्खिरहेकी छु। दिएको समय त बाहिरिइसक्यो तर बस गुड्ने सम्भावना अझै देख्तिनँ। नेपाल न हो, हामीले समयलाई कहिले चिन्यौँ र ? जे भए पनि बसले विराटनगर त पुर्‍याउला नै।... अब के गर्ने त ? म मेरो छोरासँग बसको दाहिनेपट्टिको 6 नम्बरको सिटमा झ्यालनेर बसेकी छु। झ्यालबाहिर पनि हेर्दै छु र बेलाबेलामा छेउमा बसेको छोरालाई पनि हेर्दै छु। मेरो छोरो मसँग टाँसिएर बसेको छ। अब म बसभित्र र बाहिर आफ्नो जिन्दगी खोज्न थाल्छु।



उः बाहिर श्री भवनाथ झा हिँडिरहेका छन्। म झ्यालबाट स्पष्ट देखिरहेकी छु।श्री भवनाथा झा मेरा श्रीमान् हुन्। तर म उनकी श्रीमती हुँ कि हुँइनँ ? शङ्कै छ धेरैलाई ? म आफैँलाई ? खै कुन्नि ? उनीसँग उनको छोरो छ, म छु। कस्तो अचम्म मैले मेरा श्रीमान् र छोरासँग आफूलाई हिँडिरहेको देखिरहेकी छु। मेरो छोराले अचानक आग्रह गर्छ- \"बाबा ! मलाई चाउचाउ किनिदिनुहोस् न।\" म र मेरो छोरो दुवै आस गर्छौँ चाउचाउ किनिदिनुहुन्छ भनेर। तर छोराले त्यसो भनेपछि श्री भवनाथ झा हामीबाट अलि परपर हिँड्न थाल्नुभयो। मलाई लाग्यो चाउचाउ दोकान नभेटेर होला। तर त्यो दूरी बसपार्कआउन्जेल कम भएन। चाउचाउ त कता हो कता। छोरो रटेको रट्यै छ \"चाउचाउ.....चाउचाउ....।\" हेर्छु छैवैमा पसल छ। किनिदिन्छु एक प्याकेट चाउचाउ। सन्तुष्ट हुन्छ ऊ। तर मेरो सन्तुष्टि त कता गयो कता। मलाई श्री भवनाथ झाको हामीसितको दूरी राम्रो लागेन, मैले बुझ्न पनि सकिनँ। बस छेउमा पुगेपछि बर्साउँछु क्रोधका लहरहरू- \"तपाईँ किन हामीबाट परपर हिँड्नुभएको ? छोराले त्यत्रो चाउचाउ किनिमाग्दा पनि किन वास्ता नगरेको ?\"



उहाँको उडेको अनुहारले बतायो- \"बाबुले \'बाबा\' भनेर बोलायो क्या ! यहाँ कसैलाई थाहा छैन, मैले तिमीसँग बिहे गरेको कुरा।\"



\"थुक्क ! आफ्नो सन्तानलाई परिचय दिन नसक्‍ने तपाईँ कति लाछी ? के गर्नु र मैले तपाईँलाई के भन्ने? जति भने पनि जीवन उल्टा बग्दैबग्दैन।\" लाग्‍नथाल्यो विवशताका पनि आआफ्नै संस्करण हुँदा रहेछन्। गोदानको होरीको विवशता र मेरो विवशता एकै नभए पनि असरहरू झन्डै एकै थिए। विचरा होरी ! सामन्ती समाजिक रीतिरिवाजले पिल्सिएको ऊ र त्यस्तै पुरुषप्रधान सामाजिक रीतिरिवाजले पिल्सिएकी म पनि।



घ्यार्र....घ्यार्र.... ए बस स्टार्ट हुन लागेछ। अब त विराटनगर पुर्‍याउला कि ? बसको इन्जिनको घ्यार्रसँगै मेरो पनि जिन्दगीको एउटा नयाँ पाटो सुरु हुन गइरहेको छ। हेरौँ कहाँ पुगिन्छ।



बसभित्र चाहिँ उकुसमुकुस छ। म छोरासँग बसेकी छु। वरिपरि मानिसहरू छन्। दुई सिटअगाडि एउटी महिला बसेकी छन्। अगाडि फर्केर खै के हेर्दै छिन्। हेर्छु, म नै जस्तो लाग्छ। अचानक उनी पछाडि फर्किन्, अरे यो के ? उनी त म नै हुन्। म, दुई वर्ष अगाडिकी म। लुगा केही मैलो, कपाल राम्रो नकोरेकी। अनुहारबाट निराशाको झलक आउने। फेरि मैले आफूलाई नै भेटेँ बसमा। दुई वर्षअगाडि म निराश थिएँ, जिन्दगीबाट केही आस थिएन। बाच्नुको अर्थ थिएन। जीवनलाई घचेट्नु पर्ने थियो।



म दुई वर्ष पहिले इलाम जिल्ला, लक्ष्मीपुर गाउँको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा प्राथमिक तहकी शिक्षिका थिएँ। त्यसो त अहिले पनि छु र त्यो पद अझै कति रहने हो थाहा छैन। तर फरक छ, त्यसबेला मैले जिन्दगी जिउनुको कारण भेटेकी थिइनँ, अहिले भेटेकी छु। अब मेरो जिन्दगीको लक्ष्य छ। मैले आफ्नै बाटो तय गरेकी छु। म छोरोसँग एउटा डेरा लिएर बसेकी छु। म, निर्मला निरौला उर्फ(बनाम) निर्मला झाका पति र छोरो विश्वेश्वर झाका पिता श्री भवनाथ झा जनकपुरमा बस्छन्। पहिले उनी पनि यतै थिए।



लक्ष्यविहीन जिन्दगी घचेट्दाघचेट्दै एकदिन मैले विद्यालयको कहिल्यै नखोलिएको लाइब्रेरी खोल्न पुगेँ। केही भेट्‌छु भनेर त हैन तर त्यसै कुतूहल जाग्यो, हेरौँ न त के छ भनेर खोलेकी थिएँ। प्रधानाध्यापकले पहिले त साँचो दिनै मान्नुभएको थिएन। म केही गडबडी गर्दिनँ भनेर विश्वास दिलाएपछि साँचो दिनुभएको थियो। खोलेर हेरेँ। चारवटा दराजहरूमा पुस्तकैपुस्तक थिए। दराज वर्षौँदेखि खोलिएका थिएनन्। मैले यस विद्यालयमा काम गरेको पनि 12 वर्ष भैसक्यो मैले कहिल्यै यो को�� ा खोलेको देखेकी थिइनँ। को�� ाभरि धूलो र माकुराको जालैजालो थियो। एउटा ल�� ्�� ी टिपेर माकुराको जालो पन्छाउँदै, भित्र पसेँ र ढोकाको छेउको दराज खोलेँ। कब्‍जामा खिया लागेकाले निकै बल लगाउनु पर्‍यो। खातकाखात किताबमाथि मेरो नजर पर्‍यो। यौटा पुस्तकको धूलो यसो टकटक्याएर हेरेँ, देखेँ विश्वेश्वर लेखेको छ। अरे मेरै छोराको नाम, किताब निकालेर शीर्षक हेरेँ, विश्वेश्वरप्रसाद कोइरालाको सुम्‍निमा रहेछ। किताब लिएर त्यस को�� ाको ताला लगाएर निस्केँ र पढाउन कक्षा को�� ातिर लागेँ। मनमा केही नौलो अनुभूति भइरह्यो।



बेलुका घर आएर हतारहतार खाना पकाएर छोरालाई खुवाएँ, आफूले पनि खाएँ। के छ त सुम्‍निमामा, कुतूहल त छँदै थियो। तर मलाई यो के भैरहेछ ? अगिसम्म मेरा गोडाहरू घिस्रिन्थे भने अहिले हिँडिरहेका छन्। होला केही। छोरो सुताईवरी मैले सुम्‍निमाको यात्रा आरम्भ गरेँ। सुम्‍निमा....सोमदत्त....सुम्‍निमा...सोमदत्त...। समय बगेको थाहै भएन। तीनघण्टा बितिसकेछ, मेरो सुम्‍निमा र सोमदत्तसँगको यात्रा पनि टुङ्गिएछ। कस्तो अचम्म तीनघन्टा अघिकी म र अहिलेकी ममा निकै अन्तर फेला पारेँ। त्यसबेला कता जाऊँ भन्ने दुविधैदुविधाले घेरिएकी मलाई अहिले मेरो अगाडिको बाटो स्पष्ट भैसकेको थियो। सुम्‍निमा र सोमदत्तसँगको यात्रा सुरुवात थियो................।



म फेरि दुई वर्षअगाडिकी मबाट वर्तमानकी ममा आइपुगेँ। बस भित्र मेरो मैसित साक्षात्कार। बस जनकपुरबाट उत्तरतर्फ लागिसकेको रहेछ। हेर्छु वरिपरि सबै आफन्तैआफन्त भएझैँ लाग्छ, यो के भएको मलाई ? मेरा आफन्तहरूसित मात्रैको यात्रा हैन यो। कमसेकम अघिसम्म त त्यस्तो थिएन। हेर्दाहेर्दै ढल्केबर आइपुगेछ।ढल्किएको बर। बरमात्रै किन र मानिसको जिन्दगी पनि ढल्किन्छ यसरी नै। तर जीवनलाई कसरी र कता ढल्काउने हो भन्ने कुरो नितान्त ढल्काउने मानिसमा भर पर्छ। केटाकेटीमा ढल्काउने बाबुआमा र समाज हुन्छन् भने, मानिसको चेत फिरेपछि ऊआफैँ।



बस रोकियो केही बेरका लागि। छोराले फेरि चटपटे भन्न लाग्यो। के गर्ने केटाकेटी हो, कति सम्झाउँछु बाटामा बेच्न राखेको खानेकुरा खानुहुँदैन भनेर तर पटक्कै मान्दैन। विशेष यात्रा गर्दा बस रोकियैपिच्छे उसलाई केही न केही खान चाहिन्छ नै। किनिदिन्छु अलिकति र आफू खाने लोभ पनि सम्हालेर राख्‍न सक्तिनँ र आफूलाई पनि किन्छु अलिकति। हरेक मानिसमा अलिकति बालापन भएकै राम्रो लाग्छ मलाई।



बसले फेरि गुड्न सुरसार कसेको छ। देख्छु अगाडिको ढोकाबाट उमेर ढल्किएका एक जोडी पस्छन्। अचम्म ! मेरा आमाबाबु। मेरा आमाबाबु मेरैसिटको दाहिनेपट्टिको सिटमा बस्छन्। मेरी आमा ! गजबकै बानी थियो उहाँको। म उहाँहरूकी एक्ली छोरी। मेरा दाजु छन् जो म सानै छँदा अरबतिर गएकाथिए रे र धेरै पछिमात्र फर्केर आएका। वास्तवमा भन्ने हो भने मेरो बालापन दाजुबिनै बित्यो। एक्लै बित्यो। मैले जान्दादेखि मेरी आमा साह्रै ढिलो काम गर्नुहुन्थ्यो। एक विहानको भात तरकारी बनाउन उहाँलाई चारपाँच घण्टा लाग्‍ने। अर्थात् मेरी आमाको सम्पूर्ण समय घरधन्दैमा बित्यो र मैले चाहँदा पनि उहाँको केही समय म चोर्न सक्तिनँथेँ। आमामात्रै त्यस्तो भए त चित्त बुझाउने �� ाउँहुन्थ्यो होला तर बुबा ! उहाँ पनि त्यस्तै तर बुबाको व्यस्तता पूजाआजा र जपमा नै सीमित थियो। बुबाको पूजाआजा बिहान एघार बजेसम्म चल्ने र फेरि दिउँसो अनि बेलुका पनि त्यही पाराको ध्यान र जप। मैले बाबुआमाको सान्निध्य कहिल्यै पाइनँ। मेरा जो थिए सङ्गीसाथी नै थिए, त्यसैले मेरो उपस्थिति आफ्ना घरमा खान र सुत्‍नका लागि मात्र हुन्थ्यो।



अहिले म बसमा मेरा बाबुआमा देखेर उनीहरूलाई धिक्कारी रहेछु। एक छाक भात तिउन राम्ररी पकाउन नसक्‍ने मेरी आमा र अहिलेको जन्मलाई भएभरको दुःख दिएर अर्कोजन्म सफल बनाउन पूजाआजा गरिरहने मेरा बा। जिम्मेवारीको बोध यदि उहाँहरूमा अलिकति भैदिएको भए मेरो यो हालत हुन्न थियो कि ? मैले उहाँहरूलाई दोष यस कारण दिएकी कि मैले जुन बेला बाटो बिराएँ त्यसबेला मेरो सोचाइ त परिपक्व भएकै थिएन, मैले सही र गलतको निर्णय गर्न सकेकी थिइनँ। तर उहाँहरूले त युग देख्‍नुभएको थियो,आफ्नो समय बाँच्नु भएको थियो र समाज देख्‍नुभएको थियो।



मैले त्यसदिन लाइब्रेरी नखोलेको भए, ममा यस्तो सोच विकसित हुने थिएन। न मेरो कथा म अरूलाई भन्न सक्‍ने थिएँ। मलाई लाग्छ, मेरो जन्मदिनभन्दा प्यारो दिन मैले लाइब्रेरी खोलेको दिन। मेरो पुनर्जन्मको दिन। सुम्‍निमा पछि मेरो यात्रा नरेन्द्र दाइसँग भयो, हिटलर र यहुदीसँग भयो, पारिजातको शिरिषको फूल, डायमन समशेरको सेतो बाघ, बसन्ती अनि अरू सयौँ पुस्तकहरूसँग मेरा यात्राहरू हुँदै गए। मैले जिउनुको अर्थ भेट्दै गएँ। सुखको अनुभूति गर्दै गएँ।



यसपालि पनि जनकपुर यात्रामा मैले पुस्तक किन्न बिर्सिनँ। यसपालि अब गएर शरत्‌चन्द्र चट्टोपाध्यायसँग यात्रामा निस्कन्छु। अनि आँटेकी छु, आफ्ना अनुभवहरूलाई कागतमा उतार्नलाई। हेरौँ कहाँसम्म म मेरो कथा लेख्‍नसक्छु। म मेरा आमाबाबुतिर फुस्रो दृष्टि दिन्छु। हेर्छु उनीहरूको अनुहारमा पश्चातापको पीडा र मलिनता छाएको छ। तर के गर्नु पश्चाताप र मलिनताले खोलो कहिल्यै उँभो बगाउन सक्तैन। किन यस्तो भएको हो मेरा आमाबाबु म जता गयो त्यतै आउँछन्। के उनीहरू अझै पनि मेरै जीवनका पाटाहरू हुन् ? के म उनीहरूबाट अलग्ग रहन सक्तिनँ ......?



म झ्यालबाट बाहिर हेर्नथाल्छु। बाटाका छेउका रूखहरू पछाडि कुदिरहेका छन्। देख्छु अलिक परपरका घरहरू पनि पछाडि कुदिरहेका छन्। पछाडि कुद्‍ने यो क्रम यही बसमात्रमै त हो नि। बसबाहिर निस्केपछि फेरि सबैथोक अगाडिमात्र कुद्छन्। पछाडि कुद्‍ने त कल्पनामै सीमित रहने भयो।



बसको कुदाइ जारी छ। एक तमासको कुदाइ। कुदाइकै क्रममा बस कतै यात्रु चढाउन र ओराल्न रोकिएको छ। हेर्छु बाहिर �� ाउँ त उरा�� लाग्दो छ। फुस्रो जिन्दगी र त्यस �� ाउँको रसहीनता उस्तै छन्। तर त्यहाँबाट एकहुल स्कुले केटीहरू बसमा चढे। खै कहाँ जाने हुन् ? सेतो सर्ट र नीलो जामा लगाएका नौ-दस कक्षामा पढ्ने केटीहरू। ती केटीहरूमध्ये म कतै छु कि भनी खोज्न थालेँ, अरे, मेरो अहोभाग्य, मैले भेटेँ मलाई। मेरै पछाडि। मेरै पछाडि म उभिएकी छु। मेरा भावनाहरू उर्लंदा छन्। जीउ कसिएको छ। अङ्गहरूमा मादकता भरिएको छ। मलाई लाग्‍न थालेको छ मलाई केटाहरूले हेरिरहून्। मेरा अङ्गहरू हेरिरहून्। म उनीहरूका लागि नभैनहुने चीज बनूँ।



म लक्ष्मीपुरको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छु। मेरो पढाइ राम्रो नभएकाले जसोतसो कक्षा चढ्दै यस कक्षासम्म आइपुगेकी छु। खै सानैदेखि पढ्नुपर्छ भन्ने, पढाइले मानिसको जिन्दगीलाई सुबाटामा लान्छ भन्ने कुराको हेक्का रहेन र कसैले सम्झाएन पनि। हाम्रो स्कुलमा जनकपुरबाट श्री भवनाथ झा आउनुभएको छ, विज्ञान शिक्षकको नियुक्ति लिएर। उहाँलाई बस्‍ने �� ाउँको समस्या आइपरेको छ। गाउँमा छलफल भएपछि हाम्रा घरमा राख्‍ने निधो हुन्छ उहाँलाई। सायद मेरा बाबुआमाले मेरो पढाइका निमित्त त्यसो गर्न लागेका होलान्। �� ीकै छ त्यसो भए पनि। तर मलाई पढ्न मन पटक्कै लाग्दैन। जीउ एक तमासको भै रहन्छ। खै कुन्नि उमेरले हो वा केले हो।



ल ! म त भूतकालमा पो यात्रा गर्न थालेँछु। भूतकालका घटनाहरूले हामीलाई किन यति साह्रो पछ्याइरहेका होलान् ? सोचिरहन्छु म। तर समाधान कहीँबाट पाउँदिन। त्यसैबेला देखि नै हो मेरो अवसान सुरु भएको, जुन कुरो म अहिले थाहा पाइरहेकी छु।



मेरा घरमा बुबा, आमा र म थियौँ। दाजु कतै हराउनुभएको थियो। अरब जानुभएको छ भन्थे तर मलाई सम्झना छैन। हाम्रो तीनतले घर थियो, तल्लो तलामा दुई को�� ा थिए। एउटामा भान्सा थियो र अर्को पूजाको�� ा। आमा सधैँ भान्सामा र बुबा सधैँ पूजामा व्यस्त हुनुहुन्थ्यो। दोस्रो तलामा दुई को�� ा थिए। एउटामा बुबाआमा सुत्‍नुहुन्थ्यो भने अर्कामा म सुत्थेँ। मुख्य घरको सिकुवामा को�� ा निकालेर श्री भवनाथ झालाई दिइएको थियो। उहाँ हाम्रैमा खाना खानुहुन्थ्यो र मलाई साँझ-बिहान पढाउने गर्नुहुन्थ्यो। तेस्रो तला सबैकै जस्तो भण्डार वा बुइँगल थियो।



मेरो को�� ामा म र सर बसेर पढ्थ्यौँ। वा भनौँ सरले मलाई पढाउनुहुन्थ्यो। केही दिन त मलाई नौलो लाग्यो। र अररिएको जिउ लिएर पढि रहेँ। मलाई पढ्नमा पटक्कै रूचि भएन। पहिले पनि थिएन। पढाइको महत्त्व बुझेको पनि होइन र मलाई कसैले बुझाएन पनि। विस्तारै म सरका छेउमा गएर बस्‍नथालेँ। उहाँको जिउलाई नजानेजस्तो गरेर छुन्थेँ। उहाँले केही प्रतिवाद गर्नुभएन र मेरो आँट बढ्न थाल्यो। बिस्तारै उहाँको हात समाउन थालेँ, आफ्नो छाती उहाँमा टँसाएर बस्‍न थालेँ। हप्तौंसम्म यो क्रम जारिरह्यो। मेरो इच्छा केही होस् भन्ने थियो। यस्तै हुँदाहुँदै एकदिन अचानक म लड्ने बहानामा उहाँको काखमा पछारिएँ, उहाँले मलाई च्याप्‍नुभयो र त्यही काम भयो जुन मैले निकै अगाडिदेखि चाहिरहेकी थिएँ र सायद उहाँले पनि त्यही चाहनुभएको थियो। यहीँबाट मेरो ओरालो यात्रा सुरु भएको थियो। त्यसबेला त त्यो यात्रा ओरालो लाने हो भन्ने बुझ्ने कुरै भएन। अब सुरुवातपछि त हाम्रो नियमित काम त्यही भयो। अहा क्या मजा। जिन्दगीभरि यस्तै गरिराख्‍न पाए त हुन्थ्यो नि जस्तो लाग्थ्यो त्यसबेला।



हामी सधैँ त्यसैगरी पढ्थ्यौँ, आमा खाना पकाइरहनुहुन्थ्यो र बुबा पूजा गरिरहनुहुन्थ्यो। अहिले मलाई रिस उ�� ्छ आमाबाबुदेखि, किन उनीहरूले वर्षौँ झा सरले मलाई पढाउँदा चियो गरेनन् ? किन छोरीको पढाइमा केही पनि सुधार भएको छैन भनेर सोधीखोजी गरेनन् ?



त्यसदिन देखिको मायाको खेल झाङ्गिदै गयो। खै मायाको खेल पनि के भन्ने, मायाकै खेल भएको भए त सुखदायक र दीर्घजीवी हुनुपर्ने। जे होस् त्यसबेला, त्यो सुखदेखि बाहेक अन्य केही पनि सुख हुन्छन् र जस्तो लाग्थ्यो। हाम्रा दिनहरू कति राम्ररी बित्थे, त्यसको बयान म शायद अहिले गर्न सक्दिनँ। उहाँको फुर्सत हुनासाथ हाम्रो रोमान्सयात्रा सुरु भै हाल्थ्यो। हामीले कन्यामका चियाका बुटाहरूसँग बात मार्दै अन्तु डाँडाको परिदृश्य हेर्‍यौँ, मिरिकलाई चिन्यौँ, खरसाङको चियो गर्‍यौँ। हामी एक अर्काको अँगालामा बाँधिएर चियाका बुटाहरूसँग रमाउँदै हिँड्यौ। घण्टौँसम्म उहाँका अँगालामा बाँधिएर रमिता हेर्न मलाई साह्रै मजा लाग्थ्यो। उहाँका काखमा सुतेर आकाशमा डुलिरहेका बादलहरूसँग यात्रा गर्दा लाग्थ्यो म स्वर्गमा छु। यो भन्दा बढी आनन्द के हुनसक्थ्यो होला र ?



राजदुवालीको कन्काईमाइको पुल पनि हामीबाट अछुतो रहेन। इलामको बम्बईसनले जिब्रो मी�� ो पार्दा मायाभन्दा मी�� ो अरूथोक केही छ भने त्यो बम्बईसन नै हो कि जस्तो पनि लाग्थ्यो। मूर्ति डाँडा,जौबारी भन्ज्याङहरू हाम्रा क्रियाकलापका साक्षी थिए र छन्। प्रेम र युद्धमा जे पनि जायज छ भनेझैँ हाम्रा क्रियाकलापहरूले सामाजिक सीमा पनि नाघेछन्। त्यसको हेक्का अहिले हुँदैछ।



अचानक बसलाई केही झटका लाग्यो र मेरो दृष्टि फेरि पर्‍यो चुरे पहाडहरूमा। थाहा छैन मलाई यी चुरे पहाडहरू कहिलेदेखि यहाँ उभिएका छन्। यिनीहरूको जस्तो दृढताले एउटै सिद्धान्तमा अडिन सकेको भए जीवन निकै सुखी हुन्थ्यो होला। तर भन्छन् जीवन गतिको अर्को नाम हो। जीवन चल्नैपर्छ। चल्ने जीवनले बाटामा के भेट्‌छ के त्यो त कसले भन्नसक्ला र । मेरै जीवन पनि त त्यसरी नै बदलिँदै गयो। श्री भवनाथ झासँगको सम्बन्धको यात्राले थुप्रै वर्षहरू छिचोलिइसकेछन्। आनन्दमय दिनहरू कति छिटो बित्दा रहेछन्, थाहै हुन्न। असहज परिस्थितिका ज्वारभाटाहरूले हिर्काउन थालेपछि मात्रै चेत फिर्ने रहेछ।



उफ ! मैले \'म\'लाई हेरिरहन सकिनँ। दृष्�� ि फेरेँ। लाग्यो म त्यही कुरामा अल्झिरहन सक्तिनँ।बस कतै रोकियो र ती सबै केटीहरू उत्रिए। तिनीहरूसँगै मेरो बितेको केही समय पनि ओर्लियो।



त्यहाँ खाजा खाने घोषणा गरे बसका कर्मचारीहरूले। बससँगै मैले पनि केही क्षण बिसाउने निधो गरेँ र ओर्लिएँ छोरासँग । एउटा पसलमा गएर समोसाचिया खायौँ आमाछोराले। जीवनका यावत् पक्षहरू देखिन थाले। तिनै पक्षहरूसँग हातेमालो गरेर एकछिन बिसायौँ। फेरि बसमा चढ्ने उपक्रम त गर्नैपर्‍यो। हेर्छु बसभित्र एउटी गर्भवती महिला चढ्न खोज्दै छिन्। पछाडिबाट सहारा दिन्छु र चढाउँछु उनलाई बसमा। भित्र पुगेर आफ्ना सिटमा बस्छु र एउटा नजर दिन्छु ती महिलामा। ल ! म त तीन छक्क। मै पो रहेँछु ती महिला त। मैले नै मलाई सहारा दिएर बसमा चढाएकी रहिछु।



म गर्भवती। लक्ष्मीपुरमा हाम्रा घरमा श्री भवनाथ झा बस्‍नुहुन्थ्यो। म उहाँमा यतिसारो आसक्त थिएँ कि मलाई संसारको सबैभन्दा राम्रो पुरुष उहाँ नै लाग्‍नुहुन्थ्यो। मेरो आसक्तिको परिणामले नै त म गर्भवती भएकी थिएँ। मलाई थाहा थियो उहाँ विवाहित हुनुहुन्थ्यो र पहिली पत्‍नीपट्टिबाट उहाँका तीन छोराछोरी पनि थिएँ। तर प्रेमको आशक्तिले के देख्छ र ? भविष्यको कुरा त मैले सोच्न जानेकै थिइनँ। सिकाएन पनि कसैले। मलाई माग्‍न कैयौँ केटाहरू आए। तर मैले �� ाडै बिहे गर्दिनँ भनेर सबैलाई टारेँ। मलाई हेर्न केटाहरू आइरहेका थिए। मेरा आमाबाबुलाई पनि मेरो बिहेको केही हतार लागेको थियो त्यसबेला। एकपल्ट एउटा केटाले मलाई मन पराएर गएछ। मेरा बाबुआमाले उससँग मेरो टीकाटालो गरिदिने भएछन्। म त्यसदिन निकै अत्तालिएकी थिएँ, किनभने मलाई त्यस कुराको जानकारी दिइएको थिएन। केटो आयो, सबै प्रक्रिया पूरा भयो। मैले लज्जाबस केही गर्न सकिनँ तत्कालै। तर बेलुका, केटाले दिएको सबै सरसामान एकघण्टा लाग्‍ने केटाको घरमा पुर्‍याएर, म तिमीसँग बिहे गर्न सक्तिनँ भनेर आएँ। मेरा दिमागमा भवनाथ झादेखि बाहेक कोही थिएन। उहाँदेखि बाहेक मैले अरूसँग जाने वा बिहे गर्ने कुरा कल्पना पनि गर्न सक्तिनँथेँ। उहाँ श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा विज्ञान-शिक्षक हुनुहुन्थ्यो। मेरो बिहे केही गरे अर्को मानिससँग नहुने देखेपछि उहाँले नै भन्नुभयो- \"निर्मला ! तिमी एउटा छोरो पाऊ न त। हेर जिन्दगी एक्लै कसरी कट्‍छ ? म कहिलेसम्म तिमीलाई साथ दिनसक्छु थाहा छैन।\" मलाई थाहा थियो उहाँको बाध्यता। बाध्यताले बाँधिएको मानिसलाई मैले कति माया गरेँ कति। मलाई त अरू के चाहिएको थियो र ? त्यसदिन उहाँले मलाई जुन सुख दिनुभयो त्यसको त म बयानै गर्न सक्तिनँथेँ। हामी एकाकार भयौँ। हाम्रा मन मिले, तन मिले। त्यसदिन उहाँ मेरो हृदयको सबैभन्दा नजिक पुग्‍नुभयो। त्यसदिन उहाँबाट छोरो निस्केर मभित्र पस्यो।



केही महिनापछि त्यही छोराले रूप देखाउन थाल्यो। अब त गाउँलेले उछितो काड्न थाले। मेरो र उहाँको सम्बन्ध जति नै गाढा भए पनि समाजका लागि, मेरा घरका लागि सुपाच्य थिएन। सोच्यौँ, विचार्‍यौँ र एउटा उपाय निकाल्यौँ। उहाँले मलाई विराटनगरमा एउटा को�� ामा ल्याएर थन्क्याउनुभयो र आफू चोखो पल्टिन गाउँ फर्किनुभयो। पछि मैले थाहा पाएँ गाउँमा गएर उहाँले गाउँलेको सातो लिनुभएछ- \"मैले निर्मलालाई भगाएँ रे ? खै देखाओ ! मलाई गाउँका केटी भगाउने देख्यौ ?\"



अब, मेरा दुर्दिनहरू सुरु भए। नजानेका मान्छे, नचिनेको सहर। श्री भवनाथ झाले छोडेर गएका पैसाले सौदा ल्याउँदै खाना एक्लै पकाउँदै खानुपर्ने। आपद् ! ग्यासमा खाना बनाउन न कसैले सिकायो न आफूले सिक्‍ने मौका पाएँ, लक्ष्मीपुरमा ग्यास चलाउने कुरै भएन। अरूबेला बाहिर जाँदा केको चासो थियो र ? जे होस् भाँडामा हालेर ग्यास बाले पछि पाक्दो रहेछ र मात्रै नत्र काँचै खानुपर्ने। अबको काम थियो पकाउनु, खानु र को�� ामा एक्लै बसिरहनु। गर्भमा शिशु छ। त्यसका लागि। मेरो भविष्यको सहारा होला कि ? छोरी जन्मी भनेँ र मजस्तै भई भने ? चिसो पसिरहन्थ्यो मनमा। दुई महिनामा एकपल्ट मेरा उहाँ आउनुहुन्थ्यो मसँग दुई दिन बस्‍नुहुन्थ्यो र फर्किनुहुन्थ्यो। तनावैतनावमा बिते ती गर्भावस्थाका दिनहरू। मेरा आफन्तहरू आउँथे मसँग कहिलेकाहीँ भेट गर्न । अहिले म सम्झन्छु तिनीहरूको अनुहारको भाव। ती सबै अनुहारहरूमा घृणा र खुच्चिङ लुकेको हुन्थ्यो। त्यसबेला त म त्यस्ता भावहरू पढ्न सक्तिनँथेँ। म उनीहरूलाई सुखी छु भनेर देखाउन खोज्थेँ। कति गाह्रो हुन्थ्यो मलाई अभिनय गर्न। मनमा एकथोक र अनुहारमा अर्कैथोक। आखिर जिन्दगी नै अभिनय रहेछ। बस फेरि कतै रोकिएको छ। मेरा आँखाले फेरि अघि बसमा चढेकी \'गर्भवती म\'लाई खोजे। अरे ! उनी त छैनन्। कतिबेला कहाँ हो बसबाट उत्रिसकिछन्।





त्यहाँबाट एक महिला र एक पुरुष बसमा चढे। उनीहरूको कुरा सुन्दा उनीहरू शिक्षक-शिक्षिका रहेछन्। उनीहरू अहिलेका परीक्षाहरूमा हुनेगरेका विसङ्गतिका बारेमा कुरा गर्दै थिए। विसङ्गति, के हो यो ? उनीहरूले जे कुरा गरिरहेका थिए, त्यसबाट त म पहिले नै गुज्रिसकेकी छु। मलाई थाहा छ पढ्नुको साटो मैले के गरेँ श्री भवनाथ झासँग। श्री भवनाथ झाले मसँग जे गरे त्यसको क्षतिपूर्ति गर्न खोजे, मलाई एस.एल.सी पास गराएर, शिक्षा-सेवा आयोग पास गराइ जागिर खुवाएर र मलाई छोरो दिएर। आज मसँग मैले आर्जन नगरेको प्रमाणपत्र छ, अर्कैद्वारा पास गराइएको जागिर छ र श्री भवनाथ झाको छोरो छ। ती शिक्षकशिक्षिकाहरूको कुरा म अहिले राम्ररी बुझिरहेकी छु। परीक्षाको विसङ्गति के हो मलाई अब थाहा भएको छ।



उः कोसी ब्यारेज पनि आइपुगेछ। कोसीको पानी सलल बगिरहेको छ, तलतिर। पानी तल बग्‍नु त प्रकृति नै हो, पानी कैले उकालो बग्दैन। तर जीवन, जीवन त ओरालो बग्‍नुपर्ने होइन। के मेरो जीवन मैले गर्दा ओरालो बग्यो त ? मैले मेरो जीवन ओरालो बगेको छ भनेर थाहा पाएदेखि उकालो लाने प्रयास गर्दै छु। तर बाटाहरू सीमित र साँघुरा छन्। जतिबेला जीवन अगाडि बाटाहरूको कमी थिएन, त्यसबेला मैले बाटो रोज्न जानिनँ। अब के गर्नु र ? समयलाई उल्टो बगाउन सकिँदैन। मैले मेरै जीवनलाई कति पटक यो यात्रामा भेटिसकेँ। अरूका नजरमा जे भए पनि, कुनैबेला लाग्छ यही त हो जिन्दगी ?



कोसी तरियो।एउटा खड्‌गो कट्यो। अब त विराटनगर पुगिन्छ छिट्टै। विराटनगर गएर फेरि पुस्तकहरू किन्नु छ। आफ्नो जीवनको बाँकी भागलाई यो छोरो पढाउन र पढ्न खर्च गर्नुछ। शिक्षिकाको जागिरले भात खान दिएकै छ। मैले जानेर वा नजानेर गरेका भूलहरूलाई कोसी पारिनै छाडेर अगाडि बढ्नु छ। यो कोसी तराइलाई मैले �� ूलो खड्‌गोको रूपमा लिएकी छु। अब म कोसी तरेर फेरि श्री भवनाथ झालाई भेट्न जनकपुर जानेछैन। मैले मेरो यात्रा अनौ�� ो हिसाबले तय गर्नु छ। मेरा छोरालाई स्वावलम्बी बनाउनु छ, मैँपनि आत्मनिर्भर बनिरहनु छ।



यी सबैभन्दा धेर मलाई लक्ष्मीप्रसाद देवकोटासँग विचार-विमर्श गर्नु छ, गुरुप्रसाद मैनालीका कथा भन्नुछ, विश्वेश्वरप्रसाद कोइरालासँग तर्क गर्नुछ, भूपि शेरचनलाई चिन्नु छ, बालकृष्ण समसँग नाटक खेल्नु छ, रवीन्द्रनाथ �� ाकुरका गीत, कथा र कवितामा नुहाउनुछ, प्रेमचन्दका कथा र उपन्यासहरूमा डुब्नुछ, चेखब, गोर्की र टोल्सटोयका रचनाहरूसँग भोट्‌का खानुछ। मोपासा, ओहेनरी, हेमिङ्गवे, इलियट, वर्डसवर्थसँगै बसेर सेम्पेन पिउनुछ। मिर्जा गालिवलाई पिएर मातिनुछ।



विराटनगरबाट मैले एक अर्को नवीन यात्रा सुरु गर्नुछ । जनकपुरबाट विराटनगर पुग्‍न लाग्दा जति मैले जीवनलाई भेटेकी थिएँ, त्योभन्दा अझ उच्चस्तरको जीवनलाई भेट्‍तै जानु छ। अब ममा यात्रा सुरु गर्दाको निस्सारता छैन। मैले उज्यालो बिहानी भेटिसकेकी छु।