तर्राईको सम्म मैदानबाट अग्लिंदै गएका साना साना थुम्काथुम्कीहरु क्रमशः पहाडका डाँडा काँडा भञ्ज्याङ र ठूला ठूला पर्बतका श्रृङखलाहरु हुदै सेताम्मे हिउँ टल्केको हिमालमा पुगेर ती साना साना थुम्काथुम्कीहरुको यात्रा अन्त हुन्छ । त्यसै गरी हिमालको हिउँ पग्लेर बिस्तारै हिम नदीहरुको यात्रा ओरालै ओरालो लाग्न थाल्छन् । ती अनकण्टार डाँडा काँडा र पर्बतहरुका कैयौ घुम्तिहरु पार गर्दै बग्ने नदीहरुले र्स्वर्ग र धर्ती, मानिस अनि प्रकृतिबीचमा अद्भुत सामञ्जस्यताको आभास गरेझैं सङ्गीतको धुन हालेर सुसाइ रहन्छन् संधै संधै ।
नदीको सुस्केरा न थाक्छ न केही बेर आफ्नो आलापको बग्ने गति रोकिन्छ, ऊ त संधै संधै बगी रहन्छ सुसाइ रहन्छ । भनिन्छ नदी जस्तै हुनु पर्छ मान्छेको जीवन पनि आफ्नो बाटोमा आएका बाधा अड्चनहरुलाई बगाउदै बगाउदै सागरको छातीमा र्समर्पण हुन सक्ने । नदीले सिकाएको यहि पाठले मोहित भएर नदी किनारमा नदी सुसाएको सुन्छु अघाउञ्जेल, एक प्रकारको बैराङ्पनले मुटु छुन्छ, अनि मन मनै गुनगुनाउन थाल्छु - आफ्नो मन छुने गीतका भाकाहरु । नदी किनारबाट देखिने निर्मल आकाशमा दुइ चार काकाकुलहरु आफ्नै भाषामा के के बोल्दै आफ्नै स्वतन्त्रतामा रमाइरहेका हुन्छन् । उनीहरुको त्यो मधुर लयदार बोली बुझ्न सक्ने भए त्यो खोलाको बगरमा अझ रोमाञ्चकारी अनुभब थपिन्थ्यो सायद ।
सिरसिरे हावाको कोमल र्स्पर्श संगै नदीको बेग हेर्ने आँखाहरु थाक्दैनन् बरु कल्पनाहरुमा बग्न थाल्छन् नदी संगै । नदीको अन्तिम यात्रा त सागर हो । समुद्र संग मिल्न नदी किन यति हतारले दगुरेको होला - त्यो सागर भन्ने घैटोको पेट किन नभरिएको होला - सारा संसारको नदी नालाहरु पिएर पनि नअघाउने सागरको तृष्णा कस्तो उदेकको होला - यि नै कल्पनाहरुको साथमा दिनभरी बालुवा र बगरको ढुंगाहरु संग जिस्कंदै लुकामारी खेल्छु । जोडा जोडा मलेवाहरु उडेर कुनै जोडी उकालो लाग्छन् कुनै जोडी ओरालो लाग्छन् । यस्तै नदीको अलपाई र रोमाञ्चकारी दृश्यहरु संग खेलेर नदी किनार संग एक दिन बिताउँछु । सायद त्यहि दिनको रात पनि म त्यहि बस्दो हुँ, नदीमा जूनको छाँया उदाउँथ्यो । रातको सुन्यतामा नदी सुसाउँदा फेरि अर्को संगीतको सिर्जना हुन्थ्यो । कतै टाढा पाखा पखेरामा स्यालहरु रातपरेको संकेत दिदै खुशियालीमा जयजयकार मनाउथे अनि सुनसान संग जिस्कँदै रात भरी भरी नदी बगिरहन्थ्यो ।
तर दिन भरी नदी किनारलाई मायाँ गरेर आनन्द लिने मान्छेले एक रात उसलाई रुँग्न नसकेर न्यानो ताप्न र पेटभरी खान आफ्नै बाश तिर लाग्छु । संसारमा मान्छे भएर जन्मे पछि कति स्वार्थी हुनु पर्दो रहेछ । आफै संग दिक्क लाग्छ । जसरी नदी किनारमा बिताएको एक दिन झैं जीवन बिताउन पाए कस्तो रमाइलो हुँदो हो । सारा संसारका भौतिक सुबिधाहरु जोरजाम गरेर संधै भरी दुःख संग सघर्ष गर्नु त पर्दैन थियो होला । यिनै कल्पनाका कुम्लोहरु बोकेर नदी किनार संग टाढिन्छु । घरको आँगनमा आईपुग्दा १२ बर्षो छोराले प्रश्न गर्छ - बाबा, आज कहाँ गएर आउनु भयो ? मेरो जबाफ हुन्छ - छोरा, म नदी किनार गएको थिएँ । शहरमा भएका हल्ला, गाडीको ट्यार्र-टुर्र, आ-आफ्नो चिजबीच र पत्रपत्रिका बेच्नेहरुको बिज्ञापन, मगन्तेहरुको बिन्ति, धुलो, धुवाँ र प्रदुषणको चाप, नक्कली नेताहरुको भाषण, मान्छे मर्ने र मार्ने श्रृङखला अनि संधै बन्दै बन्दले वाक्क भएर मन बहलाउन नदी किनार झरेको थिएँ । नदी किनार संग जिस्कँदा जिस्कँदै रात पर्यो । छोराले खोई के बुझ्यो कुन्नी ऊ भन्दै थियो - आमाले चाल पाउनु भयो भने रिसाउनु हुन्छ है ।
भन्न मन लागेको थियो, आमा बाबुको सोंचाइ र आज भोलीका छोरा छोरीको सोंचाइमा आकाश धर्तीको फरक भएको छ । मेरो मन दोहोरी गीतका भाकाहरुले मुटु छोइ रहेको हुन्छ । तिमी भने टुप्याकको \"च्यान्जेस\" गीत, आइ सि नो च्यान्जेस, वाकअप इन्द मोरनिङ्ग, आइ आस्क माइ सेल्फ, आइ ल्बास्ट माइ सेल्फ, भन्ने र्याप भट्टयाई रहेका हुन्छौ । नदी किनारका सुरम्य एकान्त भन्दा शहरको भिडभाड र आधुनिक भौतिक सामाग्रीहरुले तिम्रो मनलाई आकर्षण गरिरहेको हुन्छ । त्यसैले त ढुंगा माटोको थुप्रो आस्थाको देउराली डाँडा काँडा नदी नाला र पहाडका बस्तिहरु उजाड-उजाड हुदैछन् । म जस्तै दुःख भोग्न नपरोस् भनेर तिमीलाई शहर ल्याएँ । तर तिमी भने ग्याम बोइ, प्लेस्टेशन, एम पि थ्रि, बिस्तारै कम्प्युटरमा च्याट अनि के बिश्वास समाजले पचाउन नसक्ने अबैध कामहरुमा शायद तिम्रो संग्लग्नता बढदै जाने छ । अनि तिमी न नदी किनार संग जिस्कन्छौ, न पहाड र मधेशलाई मायाँ गर्र्छौ । सुर्ता लागेको छ छोरा तिम्रो सन्ततिहरुलाई कस्तो शिक्षा दिन्छौ र कस्तो जीवनको शुरुवात गर्ने हौ ?

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ