एकपल पार्कको बर्साईँमा नै रमाइलो घटना घट्न पुग्छ। जीवनले एकाएक नौलौ परिवर्तनको खास्टो ओड्छ र मन पूर्ण त बेचैन बन्छ। मोहिनीको सलको सिप्काले मलाई झण्डै अन्धो नबनाइदिएको! मोहिनी मैले चिनेकी केटी थिइन। तर उसले मलाई कसरी चिन्थि मैले जान्दैनथेँ। म भर्खर पार्क पुगेको थिएँ। अकस्मात आँखामा परेको चोटले म रन्थनिएँ। ओ सरी," मोहिनीले भनेकी थिई। गोलबद्व साथीहरुको एउटा समूहमा उभिरहेका तीनवटी सुन्दरी यूवतीहरु मध्ये एउटी बाहुनी लाग्ने ठिक्ककी खाइलाग्दि ठिटीको अनुहारमा डरका धर्साा कोरिएका थिए। "माफ गर्नुहोला सुशान्त जी, हतारमा देखिन, गल्ति भो।" मिठो आवाजमा उसले भनी। यसै त दुखेको आँखा त्यसमाथिे अकस्मात उसको पूकार म अझै रन्थनिएँ।
"बस्दै गर्नुहोस् ल! हामीहरु चिसो लिएर आउछौँ।" मुसुक्क हाँस्दै मोहिनी र उसका साथीहरु कराची दरबार रेष्टुरेण्ट तर्फहानिए। मेरो मनभित्रका संझनाका यन्त्रहरु चालू हुन थाले, 'मेरो यो केटीसंग कहाँ भेट भयो- कसरी चिन्दछे यो केटीले मलाई- सुशान्त भनेर त मलाई दुबईभरी कसैले चिन्दैनन्। मेरो पवित्र स्थल चितवन जहाँ मेरा अनन्य मित्रहरु छन्, जहाँसम्म लाग्छ, चितवनमै मात्र म चिनिने गरेको छु यो नामले। त्यसोभए यो केटी पनि पक्कै चितवनकै होलि र मलाई चितवनतिरै एफ. एम्. मार्फतबाट चिन्थि होलि।' चालूवत् यन्त्रले नतिजा शून्यमा निकालेपछि मेरो दिमागले यति अट्कल काट्यो।
करामामा लुलु सपिङ्ग सेन्टरको अगाडि सानो सुन्दर बगैँचा निर्माण गरिएको छ। यो शुक्रबारको दिन थियो र घरमा काम गर्ने अधिकतम् नेपाली चेलीबेटीहरु यहाँ जम्मा हुने गर्दर्थे। हप्ता-महिना दिनदेखि भेटघाट गर्ने यो जस्तो छट्टकिो दिन अरु हुदैनथ्यो। त्यहाँ एउटा समूह निर्माण भइसकेको थियो। म र मजस्तै करीब एकदर्जन जति पत्रकार र साहित्यिक मित्रहरु थिए केटाहरु। नभए प्रायशः महिलाहरु नै थिए। तिनै महिलाहरु मध्यकी त्यो केटी जसले मलाई सलको सिप्का लगाएकी थिई, मेरी पृथ्वी बनिसकेकी थिई। त्यो दिनको बर्साईँभरी उसको गुरुत्वले मलाई खिचिरहेको थियो।
"ल, साथीहरु चिसो पिऔँ। दुबईको गर्मी धित त नमर्ला, तैपनि!" चार लिटरको पेप्सीको बोटल र केही प्लास्टिकका कप बोकेर आएकी त्यो केटी बोली। बाँकी दुइ केटीले पेप्सी गिलासमा हाल्न सुरु गरे। "लिनुहोस् सुशान्त जी।" मलाई पनि एक गिलास पेप्सी हात लाग्यो। मेरो अनुहार नियालिरहेकी केटीको हातबाट पेप्सी समाउँदा झण्डै नपोखिएको। म त पहिल्यैबाट नतमस्तक भइसकेको रहेछु क्यारे। मेरा इन्द्रियहरु धोल्लिइसकेको मेरो मनले सुचना दियो।
"धन्यवाद।" लगभग काँपेको स्वर निस्क्यो मुखबाट औपचारिकता पुरा गर्नका लागि।
"म मोहिनी, घर बुटवल, दुबई भिजिट भिसामा छु। नारी हकहितका लागि काम गर्ने संस्थासंग आबद्ध छु नेपालमा। यू.र्एर्.इ.मा नेपाली नारी संख्याको तथ्यांक र कामको कार्यगत प्रतिवेदन तयार पार्ने जिम्मा पाएकी छु, त्यसैले यतै छु, यो समय।" सभवत मोहिनीले सोची उसले आफ्नो संपूण्ा परिचय दिइसकी। तर मलाई उसको परिचय अपुरो लाग्यो अनि पुरा परिचय माग्ने ममा साहस पनि थिएन। 'कुराको प्रसंग अगाडि बढे अरु कुरा पनि थाहा भइहाल्छ,' भन्नेसम्म अकस्मात मनमा आयो।
"हजुरले मलाई कसरी चिन्नुभयो- कसरी थाहा पाउनुभयो मैले हजुरलाई चिन्दिन भनेर-" संभवत बुझिने गरी नै मैले मोहिनीलाई सोधेको थिएँ।
तर जवाफ दिनु सट्टा मोहिनी एक्कासी उठी र लुलु सुपरमार्केटतिर जाँदै गरेका केटीहरुलाई बोलाउँदै उतै दगुरी। "एकैछिन है सुशान्त जी।" म अब नितान्त एक्लो भएँ। संगैका साथीहरु छत्र, रमेश, खेमनाथ, बालचन्द्रहरु अरु नै केटीहरुसंग गफमा मस्त थिए।
कस्ति अचम्मलाग्दि केटी! सुरिलो शरीर, खाइलाग्दा राता गाला, मिठो हेर्राई हर्ेर्ने सुन्दर आँखा, कलिलो बैँश। तर यत्रो जिम्मेवारी- थाहा छैन को थिई यो वास्तवमा, तापनि मोहनी लगाउने मोहिनी थिई भन्ने अन्तर हृदयले पहिलो भेटमा नै मान्यो। सुन्दर चीजहरु एक देखाइमै मन पर्छन्, हृदयमा बस्छन् र बिस्तारै मानविय चाहनामा परिवर्तित हुन्छन्। अहिले नै मोहिनी सुन्दर फूल बराबर भएकाी थिई, मन परेकी थिई, हृदयमा बसेकी थिई तर बस् चाहना बनेकी थिइन। एकाएक आँफैमा परिवर्तन पाइसकेको थिएँ मैले। त्यो समूहभरीका चिरपरिचित कसैसंग कुरा गर्ने अवसर प्रदान गराएकै थिइन आफूलाई र एकोहोरो अन्जान मोहिनीको पर्खाइमा बसेको थिएँ।
मोहिनी फर्केर आई। सबैलाई गोलबद्घ भएर समूहमा बस्न आग्रह गर्दै भनी "दिदी बहिनीहरु म हजुहरुका दुखसुखका कुराहरु बुझन चाहन्छु। हजुरहरुका समस्याहरुलाई जिम्मेवार पक्षहरुका सामू उजागर गराउन चाहन्छु। बिदेशमा पीर परेका नेपालीहरु कति छौँ, हाम्रा समस्या समाधान गर्न कस्ता खालका उपायहरु अवलम्बन गर्न सक्छौँ भन्ने बारे ठोसरुपले अध्ययन गर्नुपर्ने भएको छ। तर्सथ हजुरहरु सबैले निर्धक्क खुलेर मैले सोधेका प्रश्नहरुको उत्तर दिनुहोला।" यी कुराहरुमा भन्दा पनि मोहिनीले कतिपटक मेरा अनुहारमा आँखा दौडाइ भन्नेमा ध्यान पुगेको थियो। म त एकटक उसलाई नै हेरिरहेको थिएँ।
"हजुरको नाम......" मोहिनी आफ्नो काममा खटिन सुरु गरी। बेलाबेलामा मतिर हेरेर मुसुक्क हाँसिदिन्थि-मेरो बेलुन मन ढक्क फूल्थ्यो उसको मुस्कानको हावाले।
"हजुरलाई कस्तो लाग्छ- नेपाली दिदीबहिनीहरुले यू.ए.इ.मा कस्ता खाले झन्झट भोगेको देख्नुभएको छ र त्यसको समाधानको बारे के सोच्नुभएको छ-" बेलाबेलामा केटा पत्रकार साथीहरुलाई पनि सोध्दथी मोहिनी। उसको हातको कलम छिटोछिटो दौडन्थ्यो कापीका पानामा। आधुनिक विद्युतिय ध्वनि रेकर्डरमा कसैकसैका आवाज टेप गरिरहेकी थिई।
"सुशान्त जी, हजुरले पनि केहि बताइदिनुहुन्थ्यो कि-" सहजै उसले प्रश्न तेसाई म माथि। अन्तिम वक्ता सायद मै बाँकि थिएँ। मेरो आवाज उसको रेकर्डरमा संग्रहित गर्ने भई।
मैले भने, "दर्ुबईमा नेपाली नारी कामदारहरुलाई समस्या छैनन्।" यो रोचक उत्तरले उसलाई झट्का लागेको हुनर्ुपर्छ।
"मात्र यी तीन महिनामा मैले सयौँ थरि समस्याहरु भेटेकी छु, नेपाली दिदीबहिनीका," उसले भनी, "सुशान्त जी, यतिका समस्याको निराकरणमा हजुर जस्ता बुद्दिजीवीहरुको कौशलताको जरूरत रहन्छ। हजुर यो के भन्दैहुनुहुन्छ।" म एउटा सफल पत्रकार र साहित्यकार हुँ भन्ने कुरामा शंका उत्पन्न भएको भाव उसका आँखाले ओकलिसकेका थिए।
"नेपाली दिदीबहिनीहरुको समस्याको जड नेपालभित्रै विद्यमान छ। अशिक्षा सबैभन्दा ठूलो समस्या हो। हजुर शिक्षित हुनुहुन्छ त्यसैले आफूमा समस्या रहेमा आँफै समाधान खोज्न सक्नुहुन्छ, र त हजुर समस्यारहित बन्नुहुन्छ। हजुर शिक्षित हुनुहुन्छ त्यसैले यी र यस्तै सयौँ समस्याहरुको टिपोट गर्न सक्नुहुन्छ। अशिक्षित नारीहरुले आफ्ना समस्या पनि सही ढंगले ब्याख्या गर्न नसकेका त भेट्नुभएको होला," मैले स्पष्टिकरण दिने कोशिस गर्दै भने, "मोहिनी जी, नेपाली महिलाका हजारौँ समस्याहरु अव्यक्त छन् अशिक्षाका कारणले। समाधानको सजिलो उपाय र पहिलो एवं प्राथमिक माध्यम चेतना र शिक्षा हो। चेतनाको माध्यम हजुर जस्तै सयौँ मोहिनीहरु हुनर्ुपर्दछ, संचार-माध्यम हुनुपर्दछ, संघसंस्थाहरु हुनर्ुपर्दछ। यी नारी कामदारहरु जसले समस्या के हो भनेकै जान्दैनन्, तिनीहरुलाई यहाँ के समस्या रहला र- समस्याको अर्थ बुझेमा, आफूले गरेको कामको बारेमा बुझेमा बल्ल यिनीहरुको समस्या 'समस्या' देखिने थियो। नेपालको कानुन विपरित आज हजारौँ दिदीबहिनी कोठीका नोकर्नी बनेका छन्, भारतबाट यू.र्एर्.इ. पसेर। नेपाली दुतावासमा तथ्यांक संकलन पनि छैन। यिनीहरुको समस्याको निराकरण सरकारले उहिल्यै गरेको छ-खाडी मुलुकमा कोठीमा काम गर्न नपाइने कानुन बनाएर।" एकपटक मेरो कुरा मोहिनीलाई दुख्यो। धाराप्रवाह प्रवचनमा मेरो चेतना फूकेको थियो। मेरो चेतनाले मोहिनीलाई एकटक हेरिरहने आशक्तिलाई जितेको थियो। मोहिनी मेरो नजिकै आएर बसी; थोरै अंश हावाका धर्सााले मात्र हाम्रो दूरी कोरेको थियो। उसको बैँशको तातो बाफले मेरो चेतनालाई पगाल्न थाल्यो, खुकुलो बनाउन थाल्यो।
ऊ मुसुक्क हाँसी, "धन्यवाद सुशान्त जी," मिठो बाली, बोली र मसंग आँखा जुदाउने खेल खेल्न थाली। मेरो मुटुको गति बढ्न थाल्यो। शरीरभरी विद्युत दौडेजस्तै हुन थाल्यो। जे भइरहेको थियो ममाथि, मेरो शरीरमाथि यसपटक जीवनकै पहिलो चोटि भइरहेको थियो। सुस्त ध्वनिमा उसले भनी, "केही बेर पख्नुहोला, हजुरसंग कुरा गर्न मन लागेको छ, ल!" मैले मुन्टो हल्लाएर स्विकृति दिएँ। धेरै तरुनीहरु आजसम्म आए, गए तर एक भेटमै मोहिनीले मात्र मोहनी लगाउन सकी मलाई। बिशेषतः आफूले नचिनेकी केटीले आफूलाई चिनेकी र पटक-पटक आफूतिरै ध्यान दिइरहेको भाव हृदयले स्पष्ट बुझेको हुनाले मलाई बेग्लै अनुभव भइरहेको थियो होला।
साँझको रौनकता पार्कभरी फिँजियो। संपर्ूण्ा साथीहरु विदाबारी भइकन बाटो लागे। मोहिनीले आफू आउने बताउँदै उसका मित्रहरुलाई बसस्टपसम्म पुर्याउन गई। अन्ततः पार्कमा म एक्लै भएँ। गर्मीको महिना भएपनि चिसो वतास चलिरहेको थियो। पँहेला बत्तीहरु पार्कभरी मन्द उज्याले छरेर जलिसकेका थिए। 'यी पँहेला बत्तीहरु जस्तै जीवन छ,' मैले सोच्न थालेँ। 'जीवन कहिल्यै स्पष्ट उज्यालो बन्दैन। न त यसका क्षेत्रमा पर्ने अरू चीजहरुलाई नै प्रष्ट उज्यालो बनाइदिन सक्छ।' एकैछिनमा म दुबोबाट उठेर नजिकैको बेञ्चमा बस्न पुगेँ। फिका गुलाबी कर्ुतामा बत्तीको पँहेलोपना अलग्गै टल्केको, अनुहारमा मिठो चमक छाएको; मोहिनीको बैँशालु शरीर, यौवनको छचल्किदो रुप वर्ण्र्ाागरी नसक्नु थियो। बिस्तारै बिस्तारै ऊ मतिर लम्कदै आउँदै थिई।
पार्कमा हामी धेरै बेर बसेनौ। सामान्यतः मोहिनीले आफ्ना संस्थाहरुसंग आबद्ध अनुभवहरु मलाई सुनाई। दुभाग्यवश मसंग मोवाइल नभएको कारण आफ्नो नंबरहरु एकआपसमा साट्न सकेनौ हामीले। तर पनि अर्को पटक पुन भेट हुने वाचा गर्दै त्यो दिन हामी छुट्टयिौँ। मैले निदाउनु भन्दा अगाडि धेरै रात धेरै पलहरु मोहिनीका बारेमा सोचेर बिताउन थालेँ।
महिना दिनपछि लुलु सुपरमार्केटमा मोहिनीसंग भेट भयो। "सुशान्त जी, कता हराउनु भयो, धेरै समय देखिनुभएन त!" मैले सोध्नुपर्ने प्रश्न मैलाई सोधी उसले। डर, त्रास र लज्जाबोधको झिनो घेरा ममा अझैपनि विद्यमान थियो।
"अँ, यस्तै भयो।" उत्तर मात्रै दिने गरी आँफैलाई छल्दै मैले बोलेँ।
"नियमित सर्ंपर्क हुने हो भने हजुरले मेरो काममा ठूलो सहयोग पुर्याउनु हुने थियो। बेला बेलामा भेट्ने गरौँ न सुशान्त जी।" सहयोगको अपेक्षा गरेकी थिई उसले। आजपनि निकै सुन्दर बनेर आएकी थिई ऊ। उसका हातहरु समातेर कोसौँकोस टाढा बादलपारीको देशमा घुम्दै गर्न पाए कस्तो हुन्थ्यो होला! मुखबाट शब्दै निकाल्न सक्ने आँट ममा कहाँ थियो र- म त निशब्द थिएँ।
"अनि आजभोलि कस्ता चलेका छन् त हजुरका साहित्यिक गतिविधि-" ऊ कुरो अगाडि बढाउन खोज्थि। मानौँ कि, म बोलेँ भने हरेक रात मैले उसलाई सोच्ने गरेको थाहा पाउँथि र कार्बाही गर्थि। म निशब्द नै रहेँ। "हुन्छ त फेरि भेट्दै गरौँला।" उसलाई अड् लाग्यो होला। आफ्नै तालमा ऊ अगाडि बढी। 'म साहित्यकार, म पत्रकार, धुक्क मेरो गति! एउटी सामान्य केटीसंग कुरा गर्न नसक्ने, हिम्मत बिनाको मान्छे!' आँफैलाई धिक्कारेँ मैले।
मोहिनीसंग अर्कोपटक बरदुबई पार्कमा भेट भएको थियो दुइ महिना जति पछि। यतिबेला मोहिनी नेपाल पुगिकन पुन आएकी थिई। उसको रुपरंगमा कुनै परिवर्तन थिएन तर दुबईको काम सकिनै लागेकोले चाँडै नै भिसा सकिदाँसाथै ऊ नेपाल फर्किने थिई र यस्तै कामको लागि कतार जाने भएकी थिई। यसपटक मोहिनीसंग वार्तालाप गर्ने साहस जम्मा भएको थियो मभित्र। मोवाइल न.ं पनि साटासाट गर्यौँ हामीले। करिब एक घन्टाको समय आपसी वार्तालापमा बित्यो। उसका कुराको भावानुसार यस्तो लाग्न थालेको थियो कि उसले ममा निकै चासो बढाएकी थिई। हाम्रो भेट नहुँदा पनिे मेरो बारे बुझिरहेकी हुन्थि। म मख्ख पनि परेको थिएँ- मेरो आत्माले यति अट्कल काट्न सकेकोमा। तत्पश्चातका धेरै समय त मैले मोहिनीका बारे गजल कोरेर बिताउन थालेँ। दिनरात मोहिनी मात्र आँखा वरिपरि नाच्न थाली। बेलाबेलामा दूरभाषबाट संपर्क हुन थाल्यो।
एकचोटि मोहिनीसँग वादविवाद पनि चल्यो दूरभाषकै माध्यमबाट। उसले भनेकि थिई, "नारीहरु पाइलट हुन सक्छन्, वैज्ञानिक हुन सक्छन्, अन्तरिक्ष यात्री हुन सक्छन्।"
उत्तरमा मैले भनेको थिएँ, "नेपाली नारीहरु घाँस, दाउरा भारी, खेतीपाती, भाँडाकुँडा अझ बिदेशमा शौचालय सरसफाई, बच्चाको स्याहार सुसार गर्ने कामको धरहरा पनि चढ्न सक्छन्।" अरु के चाहियो- ऊ मसंग रिर्साई। फकाउनका लागि मैले भन्नुपरेको थियो, "आजको जमानामा कलेजको किताबी ज्ञान दिमागमा उकाल्न माछापुच्छ्रे चढ्नु बराबर असंभव त कहाँ छ र, मोहिनी- गरे, पढे, जाने, बुझे नहुने चीज के छ र- दुनिँया जित्न आत्मामा साहस, मनमा आँट, हृदयमा विश्वास हुनर्ुपर्दछ। हाम्रा दिदीबहिनी पनि विश्वमै उदाहरिणय बन्न सक्दछन्। हजुरको प्रयासले सफलता चुमोस्।"
तैपनि ऊ त्यति सन्तोष थिइन। सायद मेरो भनाई वास्तविकतामा र्सार्थक तुल्यिएको पाएकोले मोहिनीलाई भित्रैबाट पीर परेको थियो। नारी हक हितको लागि जीउ ज्यान र संपर्ूण्ा जीवन उर्त्र्सग गर्न तत्पर उसको नेपाली नारी उन्नति प्रगतिको बाटोमा लम्कन सकुन् भन्ने एउटै कामना रहन्थ्यो। यू.ए.इ.मा वेश्यावृत्तिमा लागेका नेपाली नारीका बारेमा बुझदा पनि मोहिनी प्रशस्त दुखी थिई। नेपालीले नेपालीलाई नरकिय मैदानमा उतारेको अवगत गराउँदा उसको मन पोलेको पटक-पटकको वार्तालापमा उद्गार गर्ने गर्थी।
आधा महिना मोहिनीसंग सपनामा मात्र कुरा गरेर बित्यो। मोहिनीले पनि सर्ंपर्क गरिन। मनले नमानेर मैले उसलाई कल गरें एकदिन, तर घन्टि नै गएन मोवाइलमा। धेरै प्रयास गर्दा पनि सर्ंपर्क हुन नसकेपछि म आत्तिन थालेँ। दर्ुइ चार दिन त नंबर परिवर्तन भयो होला भन्ने लाग्यो, तर अर्को हप्ता बितिसक्दा पनि मोहिनीले सर्ंपर्क नगरेपछि म विव्हल बन्न थालेँ। भेट हुने आशामा पार्कहरु धाउन थालेँ। कहिले करामा, कहिले बरदर्ुबई, कहिले सत्वा त कहिले सफा। तर, अहँ, मोहिनी कहीँ भेट भइन। उसका साथीहरुसंग पनि सोधपुछ गरेँ, सबैले केही खबर नभएको बताए। 'नेपाल त फर्किन,' मनले सोच्यो, 'तर नेपाल गएकै भएपनि भन्न त पर्ने एकपटक।'
हुन त म को नै थिएँ र मोहिनीको, ऊ नेपाल फर्किदाँ मलाई भन्नुपर्ने। मोहिनी भेट नहुँदा, अत्तोपत्तो नलाग्दा मेरो भोक, निन्द्रा हराउन थाल्यो। उसको प्रेममा म कसरी फसेको रहेछु भन्ने मलाई स्पष्ट हुन थाल्यो। कहाँ छे भन्ने थाहा नहुनाले कुनै दर्ुघटना भयो कि भन्ने लाग्यो। यतिका समयसम्मको भेटमा पनि मोहिनीले मलाई कसरी विना परिचय चिनेकी थिई भन्ने स्पष्ट हुन सकेको थिएन। न त ऊ बुटवल कुन ठाउँकि हो भन्ने थाहा थियो न त उसको संस्थासंबन्धी नै विशेष चासो पुर्याएको थिएँ। मोहिनीसंग धेरै कुरा अधुरा रहे। मेरो प्रेम पनि अव्यक्त रह्यो। झण्डै म पागल झैँ हुन थालेँ उसको बारेमा अनभिज्ञ रहनु परेको कारणले।
दर्ुइ महिना बित्दा नबित्दै एक्कासी मलाई छुट्ट िजानुपर्ने भयो। यता त्यता बाटोमा हिँड्दा पनि मोहिनीसंग भेट हुन सक्छ कि भन्ने झिनो आशा मनमा रहन्थ्यो। मनभरी मोहिनीको संझना सँगालेर छ महिनाका लागि आफ्नो माटोमा फर्किन लागेको थिएँ। बेला बेलामा उसका कामहरु पुरा भए होलान् या अपूरै होलान् भन्ने सोचिरहन्थेँ।
उफ्, अब कतै मोहिनी भेटिइ भने भनिदिन्थेँ, 'मोहिनी म तिमी बिना पागल हुन लाग्दैछु, मलाई पागल नबनाऊ। अँगाल मोहिनी, समिश्रण गरिदेऊ त्रि्रा चाहनाहरुमा; त्रि्रो उद्देश्यको एउटा सहयात्री बनुला म पनि।' तर ऊ भेट होलि त अब कहिल्यै-
दिन आइपुग्यो र एयरपोर्ट पनि पुगेँ। सामान्य तौर तरिकाले नेपाल फर्किने भइयो। जहाजमा झयालको आडमा नपरेकोले दुखी थिएँ र झयालमा परेको साथीसंग ठाउँ साट्न आग्रह गर्नुपर्ला भनि प्रतिक्षा गर्दै थिएँ। यो यात्रामा मोहिनी पनि साथ भएको भए म कति खुशी हुन्थेँ! मोहिनी कतै यतै छ कि भन्दै आँखा दौडाउँथेँ प्लेनमा, थाहा पाई-पाई यो सब असंभव छ भन्ने। अझै पनि सबै यात्रुहरु आइपुगेका थिएनन्। मलाई पिसाब लाग्यो र शौचालय गएँ। सिटमा फर्किँदा छेउतिर केटा र कुनातिर एउटी केटी बसेकी थिई। अब झयालतिर बस्ने चाहना अधुरो हुने प्रष्ट भयो। जहाज उड्यो। सबै यात्रुहरु एकआपसमा कुरा गर्दै थिए। म भने मोहिनीकै कल्पनामा थिएँ। आडकै साथीहरुसंग पनि मलाई कुरा गर्न खासै चाख थिएन।
तर एकैछिनमा कुनाको केटीले मलाई सोधि, "कुन ठाउँको हुनुहुन्छ, हजुर।"
मैले उसलाई हेरेँ। झयालतिर तल मुन्टो फर्काएकी थिई र झोलाबाट केहि निकाल्न खोज्दै थिई। "चितवनको," मैले भने र एयर होस्टेससंग पानीको लागि आग्रह गरेँ।
"ए, हजुरलाई त चिनेकी छु त मैले।" एकैछिनमा उसले मलाई भनी। अझैपनि ऊ झोलामा केहि खोज्दै थिई।
"कसरी चिन्नुभयो-" मैले सोधेँ।
"ठूला मान्छेलाई चिन्न गाह्रो हुदैन।" उसले भनी। मलाई लाग्यो, मोहिनीले मलाई म ठूलै मान्छे थिएँ र चिनेकी थिई।
"म कसरी ठूलो मान्छे- कुनै ठाउँ विशेषमा त चिन्नुभएको होला-"
"निकै ठूलो शिखर चढ्नु भयो हजुरले!"
"मैले धेरै पटक शिखर चढिसकेँ असफलताको," आफै माथि व्यंग गर्दै भने, "भन्नुहोस्, मलाई कहाँ चिन्नुभयो र हजुर को हुनुहुन्छ-"
कालिका एफ. एम.मा भानु जयन्तीका दिन गजल सुनाउने कार्यक्रम हुँदा पहिलोपटक हजुरलाई चिनेकी थिएं। त्यसपछि पनि धेरै ठाउँमा देख भेट भयो। निकै राम्रो लेख्नुहुन्छ, हजुरले। यसपटक दुबईको बर्साईँमा पनि हजुरसंग पटक पटक भेटघाट भयो मेरो।" मेरो आँखामा आँखा जुदाउँदै उसले भनी।
ओ भगवान, यो त मोहिनी थिई। म चकित परेँ। धन्य भगवान! कसरी भेट गराइदियौ ऊसंग मेरो।
"मोहिनी," श्वास श्वासले मात्रै बोल्न सकेँ म, "यो कस्तो संयोग!"
उसले मेरो हात समाउँदै भनी, "यो संयोग होइन। मैले योजना नै बनाएकी हुँ।"
उसको अव्यक्त प्रेम ब्यक्त गर्ने शब्दावली नै कति अनौठो! मनले बुझयो र एकपटक मोहिनीलाई अँगालोमा लिएर चुमिदिएँ। साथीहरुलाई उसको खबर मलाई नदिनु भन्नु, आजै टिकट कटाएर एउटै जहाज चढ्नु, भित्र भित्रै मेरो चियो चर्चो गर्नु, उसको पे्रम गर्ने अलग तरिका! जहाजमा वरिपरिका सिटका साथीहरु आफ्नै धुनमा मस्त थिए। छेउको साथीले सोच्यो होला-यो यात्राभरी हाम्रो प्रेमलिला हेरेर समय बिताउनुपर्ने भयो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ