सुवास .............साँच्चिकै नाम अनुसारको व्यवहार छ उसमा । दुर्गन्धको कहीँ कतै अंश पनि भेटिंदैनथ्यो । अफिसका मित्रहरु मध्ये मैले सवैभन्दा नजिकवाट नियालेको र सवैभन्दा उच्च कोटीमा राखेको मित्र उही सुवास १ हामी दुइको एउटा बानी व्यहोरामा गजवको संजोग मिलेको थियो -त्यो हो धुमपान,लागुपदार्थ,जांड रक्सी,जुवा तास जस्तो कुलत नहुनु । तर दृष्टिकोणमा भने केही भिन्नता रहेको थियो ।
उनको अन्तरकुन्तरमा एउटा आशंकाले डेरा जमाएको थियो । समाजमा यसको बानी नहुंदो हो त साथीहरु बीचको मित्रता सांघुरिनसक्ने डर नै उसको आशंका थियो । समय वित्न कति लाग्छ र - दिन, महिना भन्दै बर्ष विते । कर्मचारीहरु एक ठाउंवाट अर्को ठाउंमा सरुवा हुनुपर्ने नियमअनुस।र उनको पनि दुर्गम अफिसमा सरुवा भएपछि भने हामी एक आपसमा छुटि्टयौ ।
१ दशक वितिसकेछ हाम्रो भेट नभएको । संजोगले एकपटक उनीसंग मेरो भेट भयो । म अवाक भएं । मैले सुवासमा निकै परिवर्तन भएको पाएं । यो १ दशकको अन्तरालमा जे नहुनु पर्ने थियो त्यही भैछाड्यो । जागिरको धरापसंगै रक्सीको बोतलमा उसको अस्तित्व लिलामी भैसकेको रहेछ ।। धेरै साथीहरुको घेरा भित्र पनि उ निरीह बन्न पुग्यो ।
मैले महसुस गरें - उसको परिवर्तन आखिर अर्थहिन परिवर्तनमा सीमित हुन पुग्यो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ