मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा
छ् स्वागत नयाँ नेपाललाई यो मेरो भोको पेट्मा
यहाँ गरीबी छ् भोका छौ अजै छ् अत्याचार
एस्तो इस्थिती मा कसरी गरौ नयाँ नेपालको सत्कार
नयाँ नेपाल बनाउने पुराना भए यि सबै तिम्रा कुरा
रोटीको सपना देख्दा देख्दै बिती गयो पुष माघ को रात पुरा
नेपालको परिवर्तन लाई सोचेर सबै छन व्यर्थ आशमा
परिवर्तन त् भयो केबल नेताहरुको आफ्नो गोजिमा
सबैको हातमा काम होस् सबैको मुखमा होस् खुशी
अभिनन्दन मैले गर्नेछु हुने छैन कहिल्लै पनि दुखी
छन सबै एउटै दिन दैनिक मनाउने छु खुशीयालिका पर्व
नयाँ नेपाल बनाउन कसैले सकेन बितिगयो पुरा बर्ष
गर्दैनन कसैले पनि नेपालमा गरीब हरुको भलाई
नेपालको भबिस्य अन्धकारमा जानेभयो चिन्ता पर्यो मलाई
पुग्या छैन गाउमा कही मोटर बाटो बिजुली र् संचार
एक जुट भै गर्नु पर्यो युवा हो नेपाली गरीब को उद्दार
लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल