रविवार, 26 फ़रवरी 2012

गरीब को जिन्दगी

मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा
छ् स्वागत नयाँ नेपाललाई यो मेरो भोको पेट्मा
यहाँ गरीबी छ् भोका छौ अजै छ् अत्याचार
एस्तो इस्थिती मा कसरी गरौ नयाँ नेपालको सत्कार


नयाँ नेपाल बनाउने पुराना भए यि सबै तिम्रा कुरा
रोटीको सपना देख्दा देख्दै बिती गयो पुष माघ को रात पुरा
नेपालको परिवर्तन लाई सोचेर सबै छन व्यर्थ आशमा
परिवर्तन त् भयो केबल नेताहरुको आफ्नो गोजिमा


सबैको हातमा काम होस् सबैको मुखमा होस् खुशी
अभिनन्दन मैले गर्नेछु हुने छैन कहिल्लै पनि दुखी
छन सबै एउटै दिन दैनिक मनाउने छु खुशीयालिका पर्व
नयाँ नेपाल बनाउन कसैले सकेन बितिगयो पुरा बर्ष


गर्दैनन कसैले पनि नेपालमा गरीब हरुको भलाई
नेपालको भबिस्य अन्धकारमा जानेभयो चिन्ता पर्‍यो मलाई
पुग्या छैन गाउमा कही मोटर बाटो बिजुली र् संचार
एक जुट भै गर्नु पर्‍यो युवा हो नेपाली गरीब को उद्दार 


लेखक ;
 तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
 गुल्मी नेपाल

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ