रविवार, 15 मई 2011

पत्रकार महासंघको केन्द्रीय कार्यालयमै झडप


काठमाडौं, वैशाख १९ – दलीय भागवण्डाको बिरोधमा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनसनमा बसेका कास्कीका पत्रकारहरुमाथि नेतृत्व तहका पत्रकारहरुको अगुवाईमा हातपात भएको छ। हातपातकोक्रममा पेटमा चोट लागेर पोखरा एफएम र हिमदूत दैनिकमा कार्यरत पत्रकार कृपा भण्ढारीमा घाईते बनेकी छन। पेटमा चोट लागेर लगातार बान्ता गरिरहेकी उनलाई काठमाण्डौं मेडिकल कलेजमा उपचारको लागि लगिएको छ।
बिधिसम्मत अधिबेशनको माग गर्दै कास्कीमा ११ दिनदेखि भोक हड्तालमा बस्दा पनि कुनै सुनुवाई नभएपछि पोखराबाट पत्रकाहरु यहाँ आएका थिए। महासंघका उपाध्यक्ष गोविन्दले आफै अग्रपंक्तिमा रहेर अनसनकारीलाई घिच्याउँदै हातपात गर्दै अरुलाई पनि उक्साएको उनीहरुले आरोप लगाए। महासंघ सभापति धमेन्द्र झाको नेतृत्वमा महासंघका उपाध्यक्ष गोविन्द आचार्य, कोषाध्यक्ष रमेश विष्ट, केन्द्रीय सदस्य प्रमोद दाहालले अनसनकारीले ताला नखोलेको भन्दै जाइलागेको कास्कीका पत्रकारहरुको आरोप छ।
कास्कीमा ११ दिनदेखि भोक हड्तालमा उत्रेका कास्कीका पत्रकारहरु कुनै सुनुवाई नभएपछि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आइतबार बिहानदेखि तालाबन्दी गरी आमरण अनसनमा बसेका थिए। पार्सद र पर्यवेक्षक बनाउने आश्वासन अनसनकारी पत्रकारहरुले अस्वीकार गदै कार्यालयमा लगाएको ताला नखोल्ने अडान लिएपछि नेतृत्व तह हातपातमा उत्रेको थियो। अधिबेशन नै नगरी दल निकट पत्रकार संगठनले होटलमा बसेर राता राता आफु र आफु निकटलाई जिल्ला समिति र पार्सदमा चयन गरेपछि कास्कीका स्वतन्त्र, क्रियाशिल पत्रकारहरु न्याय खोज्दै महासंघको केन्द्रीय कार्यालयमा आईपुगेका थिए। यसअघि अबैधानिक जिल्ला समिति र पार्सद बारे जानकारी दिदै अनसनमा बसेपनि केन्दि्रय तहले कुनै सुनुवाई नगरीकन मागप्रति वेवास्ता गरेको थियो।
दल निकट संगठनले छानेका नामावलीलाई मान्यता दिएकोले आमरण अनसन र तालाबन्दीमा बस्न बाध्य भएको उनीहरुले बताए। एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस यूनियन र माओबादी निकट क्रान्तिकारी संघले अबैधानिक ढंगले छानेका पार्सद र जिल्ला कार्यसमितिलाई अमान्य घोषणा नगरेसम्म आमरण अनसन फिर्ता नलिने घोषणा गरेका छन। ‘बिधि, बिद्यान र कानुनी राज्यको माग गर्दै अनसनमा बस्दा पनि कुनै सुनुवाई नभएपछि आमरण अनसनमा जानुको विकल्प रहेन’ आमरण अनसनमा बसेका पत्रकार नवीन सिग्देलले भने ‘गलतढंगले छानिएका जिल्ला कार्य समिति र पार्सदलाई अमान्य नगरेसम्म अनसन फिर्ता हुने छैन ।’ महासंघको केन्दि्रय कार्यालयमा पहिलो दिन ओम हमाल, कमल पौडेल ‘अथक’ आमरण अनसनमा बसेका थिए।
अधिबेशनै नगरी स्वतन्त्र पत्रकारहरुको छाता संगठनमा दलिय भागवण्डाका आधारमा दलका कार्यकर्ता, ब्यापारि, ब्यबसायी, कर्मचारीको बाहुल्यता कायम गरिएको बिरोधमा कास्कीबाट तीन दर्जन पत्रकार महासंघको कार्यालयमा आएका छन। २ सय ६० सदस्य रहेको कास्की महासंघमा अधिबेशनको माग गर्दै बहुमत सदस्यहरुले महासंघको केन्दि्रय कार्यालयमा हस्ताक्षर समेत बुुझाएका थिए। यसअघि केन्दि्रय कार्यालयको प्रतिनिधित्व गरेका रमेश विष्टले कास्कीमा बिबाद भएकोले कुनै पनि नाम नलैजाने बचन दिएपनि दल निकट संगठनले दिएका नामावली केन्दि्रय कार्यालयमा बुझाएका थिए।
निरकुंश शैलीमा दलिय भागबण्डा गरी आम पत्रकारहरुले लोकतान्त्रिक अधिकार अपहरण गरेपछि बिरोधमा उत्रनु परेको पत्रकारहरुले बताएका छन। ‘पत्रिकामा पार्सदमा चुनिनेमा मेरो नाम पनि देख्दा मलाई आश्चर्य लाग्यो’ न्यूजमार्ट डेलीका सम्पादक राजेन्द्र अधिकारीले भने ‘मैले उम्मेदबारीका लागि निबेदन पनि दिएको थिईन, सहमति पनि जनाएको थिईन।’
पुनराबेदन अदालत पोखराले अबैधानिक कार्यसमिति र पार्सदको बिरुद्व कारण देखाउ आदेश जारी गरिसकेको अबस्थामा महासंघ केन्दि्रय समितिको गत १६ गतेको बैठकले दल निकटका संगठनले छानेको नामावलीलाई अनुुमोदन गरेको थियो।
पत्रकारहरुले आफ्नो घरमा आएर झुक्याएर हस्ताक्षर गरेको गुनासो गर्दै धमाधम समर्थन फिर्ता लिएको घोषणा गरेका छन। महासंघमा दलिय गुटबन्दी हावी हुँदा स्वतन्त्र पत्रकारिताको पेशा कुण्ठित, अमर्यादित हुने उनीहरुको ठहर छ।

धमिरा खानाले यौन क्षमतामा बृद्धी


एजेन्सी यौन असन्तुष्टि धेरै आधुनिक जोडीको साझा समस्या बनेको छ । के उपाय अपनाउँदा यौन सन्तुष्टी मिल्छ भनेर आजकलका जोडी धेरै पैसा, समय र दिमाग खर्च गरिरहेका छन् । यद्यपी उनीहरु यसबारे खुलेर कुरा गर्न हिचकिचाउँछन् । हरेक रात बेडमा जम्न नसक्दा कैयौं दम्पतीहरुको त डिभोर्स समेत हुने गरेको छ ।
बिलासी जीवन शैली, कामको प्रेसर, ब्यायाममा कमी, खाना ब्यवहारलगायतले यौन इच्छामा कमी आउने चिकित्सकहरुको भनाई छ । जिवजन्तु संरक्षणमा संलग्न अब्दुल रहिम नामका एक मलेसियाली पुरुषले स्त्रीसँग सेक्स सुधार्ने जैविक उपाय पत्ता लगाएका छन् ।
रानी धमिरा खानाले यौन क्षमतामा उल्लेख्य बृद्वि हुने उनको दाबी छ । सेक्स लाइफलाई वास्तवमै रोमाञ्चक बनाउन सम्बन्ध राख्नुभन्दा कम्तीमा पनि १५ मिनेटअघि रानी धमिरा खानुपर्ने उनले बताए ।
‘म्याराथनमा लगातार दौडिन सफल भएजस्तै यसको प्रभाव हुन्छ,’ विगत सात वर्षदेखि धमिराको सेवन गर्दै आएका ४५ वषिर्य अर्का पुरुषले बताए । धमिरा लिन थालेपछि आफ्नो सेक्स इच्छा निकै बढेको र बेडमा राम्रै जमेको उनले प्रतिक्रिया दिए ।
धमिराको आकार, रङ्ग आदिका आधारमा एउटाको १ हजार देखि २ हजार अमेरिकी डलर जति पर्ने रहिमले बताए । हालै तीन रानी धमिरा बेचेर झण्डै ३ हजार डलर कमाएको उनको दावी छ ।
के धमिरा खाँदैमा यौन क्षमता बढ्ला त रु सेक्स सुधार्ने यो विधिमा आशङ्का अनि विश्वास नगर्नेहरुको पनि कमी छैन् । धमिरा खाँदा यौन क्षमता बढ्ने कुरा काल्पनिक ‘कथा’ जस्तै भएको बताउँदै एक प्रसिद्व गाइनोकोलोजिस्ट दातुक डा। इसमेल थेम्बीले रहिमको दाबीको खण्डन गरे ।
‘यदि कुनै असर हुन्छ भने यो केबल मनोबैज्ञानिक मात्र हो,’ थेम्बीले भने, ‘किनभने धमिरामाथिको विश्वासका कारण खाने ब्यक्तिको मनोवल उच्च हुन्छ । जसले सेक्समा केहि सुधार ल्याउँछ ।’ हाम्रै घरआगनमा सित्तैमा पाइने धमिरा एक पटक खाने पो हो कि  ?

आइमाईको अनौठो चाह


एजेन्सी । सामान्यतया आइमाईहरु लजालु स्वभावका हुन्छन् । तर, वास्तवमा भने कमजोर नारीमात्र लजालु हुन्छन् भन्ने बेलायतमा भएको एक अध्ययनले देखाएको छ ।
सिड्नीका मनोविद्हरूले गरेको लामो अध्ययनबाट कडा स्वभावका नारीहरुको अनौठो चाहान हुने पत्ता लगाएका छन् । त्यस्ता नारीहरु आफूभन्दा नरम स्वभावको श्रीमानले आफ्नो नाङ्गो रूप हेरिदियोस् भन्ने चाहन्छन् । जुन पुरुषले पत्नीको नाङ्गोपनलाई ध्यान दिदैन भने त्यस्ता श्रीमानप्रति नारी सधैं क्रोधित रहन्छन् ।
अनुसन्धानकर्मीहरूले के पनि थाहा पाए भने आफ्नो नाङ्गो रूप हेरेर आइमाईहरू आफै मनमनै दङ्ग पर्छन् । खासगरी पतिले आफ्नो नाङ्गो शरीरको वास्ता नगरे पनि बटुवा वा कुनै अर्को पुरुषले आँखा लगाइदेओस् भन्ने अधिकांश आइमाईको चाहना हुन्छ ।
यदि पतिले श्रीमतीको चाहानाप्रति वेवास्ता गरेमा त्यस्ता नारीहरू मनोरोगी हुने सम्भावना रहेको अनुसन्धानकर्मीले बताएका छन् । यस्तो परिस्थिती भोग्ने आईमाईमध्ये ९५ प्रतिशत मनोरोगी हुने सम्भावना रहेको अनुसन्धानकर्मीलाई उल्लेख गर्दै समाचार एजेन्सीले जनाएको छ ।

मानिसको लिङ संग्रहालय


एजेन्सी । संग्रहालयमा के हुन्छ ? सहजै अनुमान गर्नुहुन्छ, पुराना सामानहरु, दुर्लभ पशु पन्छीका अवषेश । तर, आइसल्याण्डको एक संग्रहालयमा भने विभिन्न जनावरको लिङ राखिएको छ । हालसालै उत्त सग्रहालयमा मानव लिङ समेत राखेपछि सग्रहालय पूर्ण भएको त्यसका मालिकले बताएका छन् ।
विभिन्न जनावरहरुको अनौठो लिङ्गहरु संग्रह गरिएको हुसाभिक शहरस्थित संग्रहालयलाई मृत्युपर्यन्त आफ्नो लिङ्ग दान गर्ने घोषणापछि ९५ वषिर्य अरसन चर्चा बटुल्न सफल भएका थिए । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो । अरसनपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् ।

संग्रहालयमा  हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए ।  जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । 

शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ । पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने आशा गरिएको छ ।

आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ ।

पौडी खेल्दा गर्भवती


महिला गर्भवती हुनका लागि प्राकृतिक या कृतिम रुपमा यौनसम्पर्क हुनुपर्ने कुरा त सबैलाई थाहा नै छ । त्यसबाहेक आधुनिक टेष्टट्युव बेवीको पनि सुरु भएको छ ।
तर पोल्याण्डकी एक महिला भने कुनै पुरुषसँग यौनसम्पर्क नगरी स्वमिङ पुलमा पौडी खेल्दैमा गर्भवती भएकी छिन् । इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।

आमासँग इजिप्ट घुम्न आएकी क्विटकोस्का स्विमिङ पुलमा तैरिएर रहेको पुरुषको विर्यका कारण गर्भबती भएको र कुन पुरुषले होटलको पौडी पोखरीमा बिर्य छाडे भन्ने खुलेको छैन् । भ्रमणका क्रममा आफ्नी छोरीले कुनै पुरुष नभेटेको बताउँदै आमाले उक्त होटेलविरुद्व क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् ।  आमाको रिटलाई वार्साको पर्यटक अधिकारीहरुले कानुनी कारबाहिको लागि अगाडि बताइएको छ ।

केहि दिनको घुमघामपछि घर फर्किएकी क्विटकोस्का अब चाँडै आमा बन्ने भएकी छिन् । तर नबशिशुको पिता कसलाई बनाउने हो यो भने अन्यौल भएको छ ।

जेठ १४ मा संविधान नवने जीवनभर विहे नगर्ने घोषणा


सल्यानका एक जना युवकले २०६८ साल जेठ १४ गते भित्र संविधान नवने आफु जीवनभर विवाह नगर्ने घोषणा गरेका छन् । बाँझकाँडा गाविस ४ उपल्लो बाँझकाँडाका १८ वर्षीय खेमबहादुर बुढाथोकीले तोकेको समयमा संविधान जारी नभए जीवन भर विहे नगर्ने घोषणा गरेका हुन् ।
दलहरुले तोकिएको मिति २०६८ साल जेठ १४ गते संविधान जारी गरुन् भनेर दवाव दिन आफूले यस्तो घोषणा गरेको बुढाथोकीले वताएका छन् । नयाँ संविधान निर्माणभन्दा सत्तालिप्सामा लागेका राजनीतिक दलहरुलाई आफ्नो यो घोषणाले नैतिक दवाव पर्ने बुढाथोकीको विश्वास छ ।
आफ्नो देशमा नयाँ संविधान तोकेकै समयमा आओस् भन्ने विचारले आफुले जीवनभर विहे नगर्ने घोषणा गरेको बुढाथोकीको भनाई छ । आफ्नो यो घोषणाले तीन दलका नेताहरुलाई नैतिक दवाव पर्ने बुढाथोकी वताउँछन् ।

नेतृत्वलाई कुचो र खटेरो


देश बदल्ने कसम खाएर राजनीतिमा लागेका राजनीतिक दलका नेताहरुले सत्ता र भत्ताको स्वाद चाखेपछि चाकडी, चाप्लुसी र चाटुकारी को स्वादलाई मिठो मान्न थालेको विकृतिले यहाँ नराम्रोसित जरा गाडेको छ ।
अब्राहम लिङ्कन अमेरिकाको राष्ट्रपतिका उमेद्वार भएर चुनाव प्रचारमा मतदाताका घरदैलो कार्यक्रममा थिए । एक जना बुज्रुकले एउटा खरेटो र एउटा कुचो उपहार दिँदै लिङ्कनसित भनेका थिए । तपाई अमेरिकाको राष्ट्रपति भएपछि मुलुकका विकृति र विसंगतिहरुलाई बढार्नुहोला । लिङ्कनले त्यो उपहार सहर्ष स्वीकार गर्दै लिएका थिए । तपाईले दिनुभएको खरेटाले मुलुकका ठूला समस्यालाई र कुचोले विकृतिका धुलोमुलो पनि बढारेर अमेरिकालाई स्वच्छ, हराभरा बनाउनेछु । यो मेरो अठोछ भयो लिङ्कनले भनेका थिए । लिङ्कनले राष्ट्रपतिमा विजय गरेपछि अमेरिकाभरि युगौंदेखि जरो गाडेर रहेका ठूला र साना बेथितिहरुलाई खरेटो र कुचो लगाएर सुधारका काम गरेका थिए । राष्ट्रपति लिङ्कनले खरेटो र कुचालाई आफ्नो बैठकमा भएको सोकेसमा सजाउ र बडो सम्मानका साथ राखेका थिए । भेट्न आउने पाहुनाहरुले लिङ्कनलाई खरेटो र कुचो सोकेसमा स–सम्मान राखेको देखेर छक्क पर्दै सोध्थे– ‘सोकेस’मा त खरेटो र कुचो ? त्यो सुनेर राष्ट्रपति अब्राहम लि«्कन पहिले ती उपहारका कथा सुनाउँथे अनि लिङ्कन विस्तारै भन्थे मुलुकका नराम्रा कुरा बढारकुँढार गर्न मलाई यी खरेटा र कुचाले सधै सचेत गराइरहन्छन् । त्यसैले मैले यिनीहरु हर्दम आँखा परिरहने ठाउँमा राखेको हुँ । गरिबजुलाहाका छोरा अमेरिकाजस्तो देशका राष्ट्रपति बनेका अब्राहम लिङ्कनले मुलुकमा रहेका विकृति  र विसंगतिका डंगुर पन्छाउन दासप्रथाकोअन्त्य जस्ता अनेक काम गरेका उदाहरणहरु छन् । हाम्रो देशका नेता एवं सार्वजनिक र गरिमामय पदमा आसिन व्यक्तिले लिङ्कनको यो प्रसंगलाई हेक्का राख्ने हो भने यहाँ सुधारका कामको श्रीगणेश हुने सम्भावना देखिन्छ ।
हाम्रो देशमा पनि विविध क्षेत्रमा विकृति र विसंगतिका काला बादल मडारिएका मडारिएकै छन् । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, वन, ज्ञान–विज्ञान, हरेक क्षेत्रमा समस्या छन् । उद्योग, व्यापार, उत्पादन, वितरण हरेक कुरामा विकृति छन् । यहाँको सबैभन्दा ठूलो रोग क्षेत्र, जाति, लिङ्गमा विद्यमान गरिवी, अशिक्षा र पछौटेपन नै प्रमख रुपमा रहेको छ । शिक्षक, कर्मचारी, प्राध्यापक, किसान, उद्योगपति र व्यापारी आफ्नो पेसागत इमान्दारीमा भन्दा कुनै राजनीतिक दलको भ्रातृ संगठनको सदस्यता लिएर कर्तव्य पालनको क्षेत्रमा भन्दा आफ्नो राजनीतिक दलका नेताका अघिपछि गरेर गणेशले महादेव पार्वतीको परिक्रमा गरेर रिझाएको पौराणिक कथाको पुनरावृत्ति गरिरहेका पाइन्छन् । देश बदल्न कसम खाएर राजनीतिमा लागेका राजनीतिक दलका नेताहरुले सत्ता र भत्ताको स्वाद चाखेपछि चाकडी, चाप्लुसी र चाटुकारी को स्वादलाई मिठो मान्न थालेको विकृतिले यहाँ नराम्रोसित जरा गाडेको छ । विभिन्न  पेैेसा र क्षेत्रका मुठ्ठीभर चाटुकार आफ्नो कर्तव्यबाट च्युत भएर नेताका मात्र पछि लाग्ने गर्दा राजनीतिक दलका नेताहरुले माखेसाङ्लामा परेर आफ्ना कर्तव्य नै बिर्सेका यहाँ जति पनि उदाहरण पाइन्छन् ।
हाम्रो देशमा कतिपय कर्मचारी सेवाग्राही सर्वसाधारणसित हाक्काहाक्की घुस माग्छन् । सरकारी अस्पतालका कतिपय डाक्टर आफ्नो निजी ‘नर्सिङ होम’मा वा ‘क्लिनिक’मा जान बाध्य पार्छन्, कतिपय शिक्षक र प्राध्यापक कक्षामा नपढाएर ‘ट्युसन’ पढ्न बाध्य पार्छन् । कतिपय उद्योगी व्यापारीले छलकपट र झुटो व्यवहार गरेर दिउँसै रात पारिरहेका हुन्छन् । अझै ठेक्कापट्टा, टेन्डर आदिको त अपरम्पार महिमा छ । सडक, खानेपानी र ढल त कतिको मोटाउने साधन बनेको छ । सडक पुल, पुलेसा निमार्ण गर्न ठेक्का दिने अधिकारी र ठेकेदार दिन दुगुणा रात चौगुना मोटाउँछन् उता बिचरो सडक दुब्लाउँदै जान्छ । सडक पिच गरेको साता नबिति सबै उक्किएर जान्छ ।
यहाँ हरेक ठाउँमा लुटपाट छ । कसैले दोवाटो ढुकेर लुट्छ । कसैले कानुन छलेर लुट्छ, कोही अर्काको खल्तीमा भएको पैसा सुटुक्क पाकेट मार्छ। सके ऊ पक्राउ परेर केही दिन प्रहरी कार्यालय र झ्यालखानको हावा खान पुग्छ । कोही राष्ट्रको ढिकुटीमा हात हालेर मोजमस्ती गर्छ, उसलाई मुलुकको कानुनले निरीह बनेर हेर्नु शिवाय केही गर्न लाउन सक्तैन यसरी चुलिने र चुल्याउनेहरुको हामीकहाँ दिनप्रतिदिन बोलवाला बढ्दै छ । उनीहरुका क्रियाकलापले हाम्रो समाजमा विकृति र विसंगतिको खिया थपिँदै छ । यसलाई खाक्सी लगाएर खुर्किने हिम्मती न विगतको शाही शासनमा नै देखियो न आजको लोकतन्त्र र गणतन्त्रमा नै अनुभूत गर्न सकिएको छ । यी बेथितिलाई बढारकुँढार गरी न्यायपूर्ण समतामुलक मुलुक निमार्ण गर्न कसैले योगदान ग¥यो भने नेपाली जनताले त्यस्तालाई देउता मानेर पुजा गर्ने छन् । नेपाली समाजमा अनादिदेखि तमाम खालका विकृतिका कसिंगर बढार्न सत्ताको बागडोर लिएर बसेकाहरुलाई लिङ्कनलाई झैं जनताले अमुल्य भोट दिएर खरेटो र कुचो उपहार दिइसकेका छन् । ती खरेटा र कुचाले कसिंगर बढारकुँढार गरेर प्रकृतिले दुलहीलाई झैं सिँगारेको यस देशलाई अझ सुन्दर, स्वच्छ र हराभरा बनाउनेतर्फ उनीहरुको ध्यान जानु नितान्त आवश्यक देखिएको छ ।

समुद्रसँग पिरती


परदेश बसाइका पट्यार लाग्दा दिनहरूमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ ।कहिले काहीँ त त्यस्तो रमाइलो क्षणलार्इ वास्तविकतामै अनुभव गर्ने मैाका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरू अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद निकाल्नु , साथीहरू भेला पार्नु अनि गन्तव्य तय गर्नु निकै गाह्रो हुन्छ ।यस्तै अफ्ठ्याराहरू बिचबाट निकालिएको छोटो समय भने आज सम्मको सबै तितोपना बिर्साउने गरी स्वादिलो हुँदोरहेछ ।यो सबै भूमिका बाँधेको मैले मेरो समुद्र भ्रमणलार्इ सम्झनका लागि हो । मेरो दुखाइ कम गर्ने औषधी हो समुद्र । यो बिरानो ठाउँमा मेरो भावना साट्ने साथी हो समुद्र ।त्यसैले जहिले आफ्नो कामबाट अलिकति फुर्सद मिल्छ म उसलार्इ भेट्न दैाडिएर पुगिहाल्छु ।

म जन्मेको ठाउँ पाँचथरको त मलार्इ सम्झना छैन मैले जलराशी पहिलो पल्ट देखेको बिरिङ खोला हो । असार सावनमा गाउँ नै थर्काउने गरी एकोहोरो तवरले स्वा.... गर्दै भयङ्कर रूपमा प्रस्तुत हुने र फागुन चैततिर हवाइ चप्पल पनि बगाउन नसक्ने गरी थला पर्ने त्यसको स्वभाव मलार्इ पटक्कै मन पर्दैनथ्यो तर पनि म त्यसलार्इ हेरेर रोमान्चित हुन्थेँ । एकपटक आमासँग बराहक्षेत्र घुम्न जाँदा चतरा किनारमा लमतन्न पल्टेको कोशीलार्इ देखेर सोधेकी थिएँ , 'आमा समुद्र यही हो ?' आमाले भन्नु भएको थियो, 'समुद्र हेर्न त काँशी जानु पर्छ छोरी ।' अलिक ठूली भएपछि आमाको समुद्र ज्ञान बारे थाहा पाएर म खुब हाँसेकी थिएँ ।

सानैमा सामाजिक विषयमा पढेको र अलिक पछि हिन्दी सिनेमाको पर्दामा देखेको बाहेक समुद्रसँग मेरो प्रत्यक्ष सम्बाद गर्ने मैाका मिलेको थिएन ।चार बर्ष अघि मध्यपूर्बी एसियाको सानो यहुदी बस्तीमा झरेपछि समुद्रसँग परिचित हुने मैाका मिल्यो ।यी चारवर्षमा समुद्रसँगको सम्बन्ध अझ गाडा हुँदै गयो र आज म यसैको मायाले पनि यहाँ बस्न सकेकी हुँ कि जस्तो लाग्छ ।नत्र त टाउकै माथिबाट प्लेन उडेको देखे पिच्छे घर जाउँ जाउँ लाग्ने यो बालुवाको थुप्रोमा के रसले बस्नु छ र !
मेरो समुद्रसँग पहिलो भेट इजरायल आइ पुगेको एक हप्ता पछि भएको थियो ।पारिवारिक विछोडले भत्भति पोलिरहेको छातीलार्इ त्यसले केही शितल पारिदिन्छ कि भन्ने आशाले र सानै देखिको समुद्र हेर्ने उत्कट अभिलाषाले पनि मलार्इ त्यतातिर तानेको थियो ।यस अघि तेलभिवको चार नम्बर अपार्ट, जहाँ पहिलो दिन वास बसेकी थिएँ। त्यहाँ पुगेर भारी बिसाउने बित्तिकै दीदीहरूलार्इ सोधेकी थिएँ , 'समुद्र यहाँबाट कति टाढा पर्छ ?' सिमा दिदीले व्यङ्ग्यात्मक पारामा भन्नु भएको थियो , ' हैन, तिमी त घर छोडेर आएको पिरले समुद्रमा हामफाल्न जान लागेको होकी के हो ?' सबैले मेरो मुखमा हेरे । कोठामा एकछिन हाँसो छायो । त्यतिबेलै हो दिदीहरूका मुखबाट मैले समुद्रबारे पैलो पल्ट केही जानकारी पाएकी थिएँ ।गर्मी याममा प्राय सबै फुर्सदिलाहरूको गन्तव्य स्थान समुद्र हुँदोरहेछ ।अझ साँझ पख समुद्रलार्इ छोएर बग्ने हावाको शितल स्पर्श पाउन सबै लालायित हुँदा रहेछन् ।समुद्र वर्णन सुन्ने बित्तिकै मलार्इ एल्यै दैाडिएर पुगूँ जस्तो भएको थियो तर भोलि पल्टै काममा जानु पर्ने भएकाले रहर मारेर बसेकी थिएँ ।

सुक्रबार दिउँसो मेरो २ बजे नै छुट्टि भएपछि म कतै नहेरी रमातगानको जबुतिन्स्की रोड हुँदै तेलभिवको हार्चियोन १२ मा रहेको हाम्रो चार नम्बर अपार्टमेन्ट तर्फ लागेँ। करिव पाँच मिनेट वसमा दैाडिएपछि म अपार्ट पुगिहाँले ।कृष्णा र प्रमिला पहिले नै आएर बसिरहेका रहेछन् ।केही छिन पछि सिमा दिदी र अरू दिदी बहिनीहरू पनि आउनु भयो ।अपरान्न ५ बजे हार्चियोन रोडबाट लिभेन्स्की रोड हुँदै हामीले समुद्र याता सुरू गर्यैाँ ।फराकिला सडकहरू, पैदल यात्रुको सुविधाका लाथि बाक्लै जेब्रा क्रसिङ, आ काश तिर सोझिएमा अग्ला घरहरू ,बाटाका दुबैतर्फ बाह्रैमास हरियै रहने एकनासे रूखहरू त्यहाँको वैभव पस्कन काफी थिएँ । चार पाँच मिनेटको दुरीमा पैदल यात्रिका सुविधाका लागि चैाराता राखिएका थिए । होटल रेष्टुरेन्ट र पसलहरूको चहलपहलमा चारै तिर सफा सुन्दर बातावरण त्यहाँको भव्यताका निसानी थिए। हिँडिरहँदा मलार्इ एकपटक काडमाडौंको वागबजार ,रत्नपार्क आसपासका ठाउँहरू ,पुतली सडकबाट घट्टेकुलोतिर उक्लने बाँसघारीको साँघुरो बाटोको याद नआ एको हैन तर त्यो सम्झना धेरै वेरसम्म रहेन ।छोटो दुरीमा रहेका रमणीय पार्कहरूले मेरो ध्यान खिचिहाले ।पार्कमा सपरिवार भेला भएकाहरूको खानपान र नाचगान चलिरहेको थियो भने युवा युवतिहरू अंगालोमा बेरिएर एक अर्कालार्इ चुम्मन गर्दै स्वतन्त्र हिँडिरहेका थिए । युवाहरूको भन्दा अझ परिपक्क शैलीमा माया साट्दै मस्कामस्की गरिरहेका प्रैाढ पुरूष महिलाहरू देख्दा लाग्यैा के बिपनामै यो सब भइ रहेको छ त ? यो विपनै हो भन्ने प्रष्ट भएपछि म लाजले खुम्चेर सानी भएकी थिएँ ।त्यतिखेर मलार्इ आफ्ना गाउँका बुढापाकाहरूको याद आयो, जो बिहे गरेको बषैा सम्म एक आपसमा बोल्न लाज मान्थे भन्ने जस्ता किम्बदन्तिहरू मैले गाउँघरमा धेरै पटक सुनेकी थिएँ ।

बाटाभरीका यस्ता अनैाठा अपत्यारिला दृष्यहरू हेर्दै अघि बढ्दा हामी थाहै नपाइ समुद्र किनारमा पुगी सकेछौँ । त्यो किनार मैले कल्पना गरे भन्दा धेरै फरक थियो । ठाउँ कुठाउँ सेतै फुलेको काँसघारी र आकार नमिलेका ढुङ्गाहरूले उबडखावड देखिने बिरिङ जस्तो त त्यो छदै थिएन ।सानदार होटल भव्य महलहरू आकर्षक बगैँचा सेतो पानीका फोहराहरू भएको त्यस्तो अवर्णनीय सजावट युक्त गन्तव्य मैले यस अघि कहिल्यै देखेकै थिएन ।त्यो सबै चमकदमक देखेर एकपल्ट त म लाटी जस्तै अक्क न बक्क भएकी थिएँ ।समुद्री किनार यति मनमोहक हुन्छ भन्ने मैले अनुमान गरेकी थिइँन ।हामी फूलैफूलका पार्कहरू र ओहोर दोहोर गरिरहेका बाक्लै मानिसहरूका समुहलार्इ पार गरेर समुद्री तटमा पुग्यौँ । आँखाले भ्याएसम्म निलो पानीको एकछत्र सामराज्य मैले निकै वेरसम्म नियाली रहेँ ।टाढैबाट दर्शन गरेर मात्र मेरो मन अघाएन । बालुबाको बिस्कुन कुल्चँदै अझ अघि बढेर मैले त्यसलार्इ आफ्नै हातले छोएँ ।

मरूभूमिको तातोवाफलार्इ सुलुत्तै निलेको त्यस समुद्रको चिसो स्पर्श पाएर म एकछिन भावविभोर भइ रहेँ ।
समुद्रसँगको यो प्रथम परिचय हार्दिकतापूर्ण रहेपनि मेरो कौतुहल भने शान्त भएको थिएन ।छेउको बालुवामा लमतन्न पल्टेकी गोरी युवतीसँग मैले केहीबेर भलाकुसारी गरेँ ।यो भूमध्यसागर रहेछ । यसैको किनारमा उत्तर दक्षिण तर्फ लामो र पूर्वपश्चिम चौडाइ साँगुरो भएर इजरायल भन्ने देश बसेको रहेछ भन्ने थाहा पाएँ ।उत्तरमा तिवेरिया र दक्षिणतर्फ इलात रहेको इजरायलको पूर्व पश्चिमको कुनै कुनै भाग भने यति साँगुरिएको छ कि केही क्षणमै सिमा वारवार गर्न सकिन्छ ।
प्रमिलाले तानेर लगेकीले गोरीसँगको सम्बाद बिचैमा टुट्न पुग्यो । हेर्दाहेर्दै हामी अस्ताउन लागेको सूर्य विम्बपरी रातै भएको भूमध्यसागरमा पौडी खेल्नभनि पस्यौँ । अघि देखि खेलिरहेका अर्घनग्न गोरीहरू हामीलार्इ लुगैसँग पानीमा पसेको देखेर उदेक मानिरहेका देखिन्थे । हामी उनीहरूका पहिरन देखेर लाजले जिब्रो टोक्थ्यौँ र मुख छोपेर हाँस्थ्यौ । त्यहाँ दुइ अलग संस्कारबाट निर्मित फरक मनोविज्ञान स्वभाविक ढङ्गमा प्रकट भएको थियो तर दुबै पक्ष अस्वभाविक तवरले चकित भइरहेका थियौँ ।श्लीलता र अश्लिलता भन्ने एउटा कृत्रिम अवधारणा हो ।यस्तो धारणा ठाउँ र समाजले आफ्नो अनुकुलताका लागि बनाएको हुन्छ भनेर मैले कतै पढेकी थिएँ ।त्यसको आशय त्यसबेला आफैँ भोग्नाले राम्ररी बुझेँ ।जङ्घार परसम्म फैलिएको हुनाले निर्धक्क समुद्रसँग खेल्न सकिन्थ्यो ।कमर सम्मको पानी भन्दा पर जान रोक लगाउँदै सुरक्षा गार्डहरू नजिकबाट कराइरहेका हुन्थे। दुइ हत्केलाले भुँइ टेकेरै गोडा छप्ल्याङ छप्ल्याङ पार्दै विरिङ्ग खोलामा जस्तै म त्यहाँ रमाएँ ।कहिले म दुबै हातले पानी सोहोरेर सूर्यलार्इ अर्घ दिए झैँ गर्थे भने कहिले समुद्रलार्इ दुबै हत्केलाले पालैपालो झापड हान्दै रमाउँथेँ । समुद्र स्नान गरिरहेका बेला मलार्इ जेठको चर्को घामले पिल्याएको छाला सेलाउन दौडिएर विरिङ् खोलामा पसेका ती दिनको याद आयो ।

भोटेटारमाथिको जङ्गलबाट स्याउले घाँस लिइ फर्कँदा पसिनाले निथ्रुक्कै भिजिन्थ्यो ।पुरै शरिर भत्भति पोलेर खप्नु हुन्नथ्यो ।राधिका, निर्मला र म बगरमा स्याउला फालेर दहमा एकछिन डुब्थ्यौँ ।किनारका रूखबाट लछारिएर खोलातिर झुन्डिएको भोर्लाको लहरो समाएर मच्चिँदै पानीमा झ्वाम्म फाल हान्थ्यौँ । भाका हालेर गीत गाउँदै पालैपालो भोर्लाको लहरोबाट खोलामा फालहानेको दृष्य पक्कै मन लोभ्याउने खालकै हुँदो हो तब त शान्तिपूरबाट अदुवा, अलैची र अम्लिसो बेच्न बजार जानेहरू अलिक माथि बाँधमा डोको बिसाएर रमाइ रमाइ हामीलार्इ हेर्थे ।राधिका र निर्मला पानीमा खेल्न छाडेर फूलबारी सजाउने दर्शन ढुङ्गा बटुल्ने कार्यमा लाग्थे ।एकपल्ट म भोर्लाको लहरोबाट हामफाल्दा ढुङ्गामा निकै मजाले पछारिएकी थिएँ ।ढुङ्गामा ठोकिएर घुँडो झन्नैले खुस्केको । मेरो शरिर समुद्री जङ्घारमा निकै माथिसम्म डुबेको थियो भने मन चैँ विरिङ खोलामा पुरै डुबेको थियो ।मेरा खुटाहरू थाहा नपाउँदो गरी विस्तारै खतराको सङ्केत भएतिर सर्दै रहेछन् ।छालले हुत्याएर मलार्इ त्यतातिर लाँदै रहेछ। म अात्तिरिएर चिच्याउँदा सिमा दिदी दौडेर आइ मेरो पाखुरामा समातेर तान्नु भयो । निकै सारो चिच्याएछु क्यार, ठूलो समुहले मलार्इ घेरीहाल्यो । बाहिर निस्केर म लाजले काली निली भएको त्यहाँ उपस्थित सबैले भेउ पाए ।
समुद्रसँग पहिलो पटक अविष्मरणीय परिचय भएको केही महिना पछि म फेरि त्यसलार्इ भेट्न गएँ ।त्यसपाली त्यसको नुनिलो पानीले मेरो गलाको सिक्रि चुँडाली दियो । यस घटना पछि मलार्इ किनकिन ज्वाम्म पसेर पौडिखेलिहाल्न डर लागेर आउँथ्यो । त्यसैले म किनारमा बसेर त्यसलार्इ एकोहोरो रूपले हेरिरहन्थेँ । त्यो परै देखि निकै वेगले हुत्तिएर मतिर आउँथ्यो र छालहरू माथिसम्म उठेर मलार्इ छुन खोज्थ्यो। यसरी हामी लामो समयसम्म जिस्किरहन्थ्यौँ । कहिले म त्यसलार्इ आफ्नै विरिङ् सम्झेर अन्जुलीमा उघाउँथे र त्यसको नुनिलो स्वाद थाहा पाएपछि मुखसम्म ल्याएर पनि फालिदिन्थेँ ।कहिले त्यो जुरूक्कै उठेर मेरो कानसम्म आइपुग्थ्यो र गम्भिर आ वाजमा केही फुस्फुसाउँथ्यो ।यसरी मैले समुद्र सँग धेरै समय गुजारेकी छु ।

पछिल्लो पटक म त्यसलार्इ भेट्न २०६७ सालको तिजको सार्वजनिक विदामा गएकी थिएँ ।मेरा साथमा मेरी भतिजी मेनुका र इजरायली साथी मिरी थिए । त्यो दिन मलार्इ धित मरून्जेल जहाजमा बसेर समुद्र विहार गर्ने रहर थियो तर सधैँ शान्त र गम्भिर देखिने समुद्र त्यसपाली केही रिसाएको जस्तो लाग्थ्यो ।सानो पानी जहाजमा बसेर जब हामी बिसाल समुद्रको छातीमा तैरिन थाल्यौँ ।त्यसले आफ्नो ताण्डव नृत्य शुरू गरिहाल्यो ।होचो अग्लो हुँदै हुत्तिएर आउने छालहरूले जहाजलार्इ कोल्टे पार्थे र हामी जहाजबाट पोखिन पोखिन खोज्दाखोज्दै बच्थ्यौँ ।क्षणभर स्थिर भएको जहाज फेरि अर्कातिर घोप्टिन खोज्थ्यो ।मेनुका र जहाजमा बसेका अरूहरू यसैमा मजा मानीमानी फोटो खिच्न तल्लिन देखिन्थे तर मेरो मुटुले भने ठाउँ छोडी सकेको थियो ।मनमा अनेक अपसकुनहरूले जुलुस गर्न थालिसकेका थिए ।जहाज छेउ लागेपछि समुद्री तटमा पार्इला टेक्ने वित्तिकै मैले सबैका सामु कसम खाएकी थिएँ , अब देखि कहिल्यै जहान चढ्दिन भनेर ।त्यसदिन मैले आफूलार्इ ठूलो दुर्घटनाबाट सकुशल घर फर्केको यात्री ठानेकी थिएँ ।

समय एकनासले बगिरहेकै छ । समयसँगै त्यो भूमध्यसागर पनि कहिले शान्त र कहिले उत्ताउलो पाराले बरिरहेकै होला ।जतिबेला म कामबाट फुर्सद पाउँछु ,चार महिना अघि जहाजबाट झण्डै घण्डै घोप्टिएको त्रासद क्षणलार्इ बिर्सिएर त्यसलार्इ भेट्न लालायित भैहाल्छु 
त्यसदिनको कहालीलाग्दो क्षणको सम्झनाले पनि मलार्इ बाँधेर राख्न सक्दैन ।बितेका डरलाग्दा क्षणहरू पछि फर्केर हेर्दा रोमान्चक लाग्दा रहेछन् ।मलार्इ त्यस्ता रोमान्चहरू पोल्टाभरी पोको पारेर नेपाल लैजान पाए कस्तो हुँदो हो भन्ने लागिरहन्छ ।अब म यो देशसँग अघाइ सकेँ तर यसको काखैमा डेरा जमाएर बसेको समुद्रसँग केही मीठा पलहरू साट्ने तिर्सना भने अझै बाँकी नै छ ।

muktak

साबुन भए लजाउदै अंग अंग छूने थिए ! विस्तारै फीज फिजाउदै अंग अंग छूने थिए ! शिर देखि पाऊ सम्म राज मेरो नै हुने थियो, पबित्र जल भिजाउदै अंग अंग छूने थिए !!

"योद्दा"


म यस्तो योद्दानिडर अनि साहसिलोकसैसंग नझुक्ने बन्न जादैछु |
मेरो त्यो आर्तनादभूकम्पमय साहसले थर्किएरज्वालामुखी बिष्फोट हुन लाग्दैछ |
त्यो सिंहदरवारको सभाकोठाको भित्ताहरु हल्लीएरजगसम्म सबै चर्कदै गएकोछ |
मेरो त्यो भूकम्पमयउद्घोष, हामी नेपालीसबैको उद्घोष भएर उठ्दैछ |
हाम्रो कलमी लेखनसाथै वैचारिक हुंकारलेजनताहरुलाई सचेत गराउनु पर्छ |
हाम्रो मातृभूमि नेपाललाईलेन्डुप दोर्जेहरुबाट जोगाउनसंगठित एकजुट हुनै पर्छ |

आशा जगाउने युवा


युवावर्ग चेतनशील हुन्छ। यस वर्गमा परिवर्तनको तातो जोस हुन्छ। युवा शक्तिले विशाल सैन्यशक्तिलाई तहसनहस पारिदिएको छ। डरलाग्दा तानाशाहलाई गर्ल्यामगुलर्म ढालिदिएको छ। पछिल्लो उदाहरण टुयिनिसिया भएको जनसंघर्ष ताजै छ। सानो सहर अलबौदिदीका एक युवकले ठेलागाडामा सामान बेचेर जीवन गुजारा गर्न नपाएको पीडामा आत्महत्या गरेपछि उर्लिएको जनउभारले ट्युनिस राष्ट्रपति बेन अलीको शासनै ढल्यो। देशै छाडेर साउदी अरेबियामा शरणमा जानुपर्ने अवस्था उत्पन्न भयो।
नेपालमा पनि लोकतान्त्रिक आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन युवा पुस्ताकै मुख्य भूमिका छ। राणा शासनविरोधी २००७ को ऐतिहासिक जनक्रान्ति, प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक परिवर्तन युवापुस्ताकै कारण सफल भएको हो। अझ हाम्रो देशमा त एउटा सिंगो पुस्ताले सम्पूर्ण जीवनै प्रजातन्त्रप्राप्तिका लागि उत्सर्ग गरेका छन्। दोस्रो जनआन्दोलनले नेपालको इतिहासमा महत्वपूर्ण पाना थप्ने काम त गर्‍यो नै विश्वलाई नै चकित बनाउने गरी नेपाली क्रान्तिको नमुना देखाइदियो। तर, बितेको ६१ वर्षमा मुलुकमा पटकपटक परिवर्तनका लागि लडेकाहरू अझै ढुक्क हुने अवस्था छैन। विसं २०६२/६३ मा अन्तिमपटकका लागि भन्दै सडकमा ओर्लिएका परिवर्तनकामी जनता 'अन्तिम' भन्दै कतिपटक अझै सडकमा उर्लिनुपर्ने हो ठेगान छैन।

हरेकपटक युवावर्ग आन्दोलनका लागि डटिरहनुपर्ने अवस्था किन आइपर्छ? यो प्रश्नको उत्तर त्यति सहज नहुनसक्छ। परिवर्तन भनेको नराम्रोबाट राम्राका लागि र राम्रोबाट झन् राम्राका लागि हो। सत्तासीनहरू जनताको इच्छा र आकांक्षाअनुरूप चल्नुपर्छ। तर, के हाम्रोजस्तो अल्पविकसित राष्ट्रले युवापुस्ताको सही सदुपयोग गर्न सकेको छ त? लडाइँहरू, ईंटा, ढुंगा, गोलाबारुद, बम, बन्दुक र राजनीतिक स्वार्थपूर्तिकै लागि मात्रै हुन् त युवापुस्ता? चुनावताका युवालाई फुर्काउन चर्काचर्का नारा लगाउने नेताले बितेको छ दशकमा झोले कार्यकर्ता र रक्षाकवचबाहेक युवालाई के नै ठानेका छन् र?
आजको युवा पुस्ता विदेशिन बाध्य छ। परिवारको सुख सुविधाका लागि भन्दा पनि गुजारै चलाउन पनि उनीहरू विदेशिएका छन्। साथै, बिनाकाम रल्लिनुभन्दा विदेशी भूमिमै भएपनि पसिना बगाएर केही कमाउँ भन्नेको लर्को विदेशतिर लागिरहेको छ। कस्तो बिडम्वना, एकातिर गाउँका खेतपाखा उजाड छन्, अर्कातिर हाम्रा युवा भने केही हजार रुपियाँमै काम गर्न ऋण खोजेर विदेश भासिएका छन्। शैक्षिक बेरोजगार पनि यही वर्गले भोगेको छ।
यसका कारण पनि छन्। युवालाई सकरात्मक सोच्न सिकाइएन। आफ्नो देशमा 'सानोतिनो' काम गर्न लाज मान्ने युवा विदेशी भूमिमा सबैभन्दा तुच्छ, कठिन र फोहोरी मानिएका काम गर्न तयार हुन्छन्। स्वदेशमै रहेका अधिकांश युवा पनि अनुत्पादक काममा व्यस्त छन्। धेरै दुर्व्यसनमा फसेका छन्। परिश्रम गरेरभन्दा पनि 'इजी मनी' को मोह युवा पुस्तामा देखिन्छ। अपराधमा युवा पुस्ताको बढ्दो संलग्नता 'इजी मनी' नै प्रमुख कारण हो। कसैलाई डर, धाक, धम्की देखाएर सजिलै पैसा कमाउन सकिन्छ भने हातपाखुरा किन बजार्ने भन्ने सोच बलियो र व्यापक छ। युवा पुस्तालाई राज्यले सभ्य र अनुशासित बन्न सिकाएको पनि छैन। सकारात्मक मार्गमा लाग्न प्रेरित, प्रोत्साहित र पुरस्कृत कहिल्यै गरेको छैन। टायर बाल्ने, धम्क्याउने र कसैलाई नटेर्ने प्रवृत्ति युवापुस्तामा बढ्दै जानु राज्यकै लागि घातक हो। अझ नेपाल जस्तो देशमा जन्मिएँ भन्दै मातृभूमिलाई धिक्कार्ने युवा पनि हाम्रै माझमा छन्। तिनबाट देश र समाजले के अपेक्षा गर्ने?
युवा पुस्ता नै नेपालको भविष्य पनि हो। उनीहरू कतातिर निर्देशित छन् त भनेर गम्भीर भएर सोच्नेबेला आएको छ। यस्तै युवा वर्गलाई लक्षित गरेर तत्कालै सुविधा र परिवर्तनको अनुभव दिलाउने गरी राज्यले कार्यक्रम सञ्चालन नगरे स्थिति झन् बिग्रने जोखिम छ। शिक्षा र बेरोजगार समस्या समाधानका लागि मात्रै भएपनि सरकारले केही गर्नैपर्छ। नत्र, अवस्था यस्तै रहिरह्यो भने राज्यप्रणालीमा युवाको विश्वास गुम्नेछ। त्यसले सबैभन्दा डरलाग्दो निराशा जन्माउने छ। यही भूमिमा मेरो भविष्य सप्रिन सम्भव छ भन्ने आशा जगाउने कार्यक्रम आवश्यक छ।

घर


"दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !" घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी ।
हो, गौँथलीको जोडी घरमा भित्रिनु शुभ हो भन्ने कुरा उसले पनि सुनेकी थिई । त्यसैले बन्दै गरेको आफ्नो घरको दलानमा गौँथलीले गुँड नै बनाउँदै गरेको देखेर ऊ फुरूङ्ग भई दिनभरि । खुसीले होला त्यो रात निकैबेरसम्म ऊ निदाउन सकिनँ । बिहानीपख मात्र झपक्क निदाएकी थिई, फोनको घण्टीले ब्युझाइहाल्यो । नभन्दै घर बनाउँदाबनाउँदै आफूसँग भएको पैसा सकिएर अपर्झट पर्न लागेको सङ्कट टर्ने खबर दिन उसकी जेठी छोरीले फोन गरेकी रहिछे । त्यसबेला गौँथली घरमा भित्रिनु र सङ्कट टर्नु सँयोग मात्र नभई शुभको लक्षण भएको अनुमान गरी उसले ।
केही दिन पहिले देखेको सपनामा सोचमग्न हुन थाली ऊ । एउटा धमिलो झझल्को बनी स्मृति तलाउमा छचल्किने आमाको साथ उसको कलिलो उमेरको यादमा मात्र सजाउन सक्थी हरक्षण विपनामा । सपनामा आमाको सामीप्यको उत्कण्ट अभिलाषा भएर पनि आभाससमेत पाउन नसकेको सपना दृश्य रिल काटिएको चलचित्रझैँ आँखाअगाडि अप्राप्य क्षण बनेर बग्न थाल्यो । जतिजति सम्झने कोसिस गर्न थाली, त्यतित्यति फर्कदै गई त्यो सपनाको क्षणमा ।
अहा ! कति आनन्दमा दुख्ने घाउको स्मृति भयो त्यो सपना ।
कहिले नपुगेको, नदेखेको पहाडी गाउँ । फाट्टफुट्ट मानिसहरू आ-आफ्नै सुरमा मस्त । कसैले कसैलाई वास्ता नगर्ने अवस्थामा उसलाई भने विपतको डाहाले छट्पटिएको बेला अचानक उसको टाउको आमाले काखमा राखी मायालु हातले सुमसुम्याउँदा सुमसुम्याउँदै बिस्तारै दुखाई घट्दै निको भएको क्षण सपना भएर पनि आमाको स्पर्शको मीठो अनुभूति गरी उसले ।
सपना भावविभोर भएर समयको क्यानभासमा सुन्दर चित्र बनी छचल्किन्छ स्मृति तरङ्गमा । त्यहाँ एउटा आनन्दले गाँसिएको जीवनको नौलो अर्थ भेटी उसले । आमाको स्वरूप आँखामा गाँस्न सकेको त्यो क्षण प्रिय भएर बग्न थाल्यो । यसबेला "मायाको अर्को नाम आमा हो" कविको भावचित्रमा हराई ।
"यो धर्तीमा सबै वस्तु खोजे मिल्छ घरिघरि,तर जन्म दिने आमा पाइँदैन कसै गरी"
कविताका लाइन गुनी उसले । जे होस् सपनामा नै भए पनि आमाको स्पर्शबाट प्राप्त हुने अलौकिक सुखानुभूतिको आभास गर्न सक्छे अब उसले बारम्बार ।
आज किन हो किन यी गौँथलीका जोडी देख्दा आफ्नो कष्टमा सुमसुम्याउन सक्ने कुनै न कुनै रूपका आमाका अँशझैँ लागेर मन भरियो उसको । अब ती गौँथलीको सुरक्षाका लागि निकै सँवेदनशील भई ऊ । प्राणीको रक्षा गर्ने भाव मात्र नभएर आफ्नो सम्झिएर यसरी खुसी बाँड्न आउनेलाई मायालु परिवार सम्झिएर झन्झन् विभोर भई ऊ !
पचास वर्षकी भएपछि मात्र घरजस्तो घर बनाएकी थिई उसले । पक्की घरमा बस्ने उसको इच्छा पूरा हुन सक्दैन कि ? भन्ने ठूलो पीर थियो उसलाई तर धैर्यसाथ कर्ममा विश्वास गरी आफ्ना सन्तानको लालनपालन सकेर जिम्मेवारी घटेपछि पक्की घर बनाएर बस्ने रहर पूरा हुन लागेको थियो उसको ।
जीवनमा जबजब उसले घरको अनुभव गरी त्यसबेला टाटीको बार र जस्ताको छानो लगाएको टहरोजस्तो सानो घर थियो । टिनको छानोमा भएका सानासाना प्वालबाट सिमसिमे पानी पर्दा पानी चुहिएर कोठा नै हिलो हुन्थ्यो । ओछ्यानका लुगा नभिजाउन भाडा थापेर सकेसम्म पानीबाट बचाउने कोसिस गर्थी । त्यसपछि छोराछोरीलाई लिएर घरभित्रै पानी नचुहिने ठाउँ सर्दै ओत लागेर बिताएका अनगन्ती रातहरू झलझली उसका आँखैमा घुम्न थाले ।
आफूले बिताएको कहालिलाग्दो एक रातको कुरो हो आकाश चिरेर चट्टानको थर्किदो आवाज, पानीसँगै हावा हुरीको होहल्ला, उफ ! सम्झदा त्यो विगत आफूले भोगेको पनि हो कि होइनझैँ लाग्छ उसलाई ।
एकपटक आत्तिएर लामो सास फेरी उसले । अनि ती स्मृतिहरूलाई आँखाको पर्दामा बगाउन थाली सलललल ।
साउन महिनाको अन्धकार रात थियो त्यो । आकाशमा बिजुली चम्किएर गड्याङ्गगुडुङ्गको चर्को आवाज कानैनेर आएर बजि्रएझैँ भइरहेको बेला मुसलधारे पानी ओइरियो । एकैछिनमा नै टिनका प्वालबाट तरतर पानी चुहिएर कोठामा कहीँ ओभानो रहेन । सधैँ त भाँडा थापेर भए पनि अलिअलि जोगाउँथी उसले तर त्यो बेला त पानीसँगै हुरीबतासले छानाको टिन उक्किनै आँटेझैँ कर्याककुरूक्कको आवाज थर्कदा उसको होसहवास नै उड्यो । कस्तो आपत र बिपतको घडी । बालख छोराछोरीहरू डराएर उसकै शरीरमा लीन भएझैँ टाँसिए । डराउँदै झस्कदै भए पनि रातको अन्धकारमा छोराछोरीको भरोसा बनेर एउटा कुनामा चेपिएर बिताएको आपत्कालीन रातको घटनाले आँखा रसाए उसका ।
त्यो घरमा बालक छोराछोरीहरूको साथमा उसले कतिकति कहालीलाग्दा क्षणहरू बिताई । डर र त्रासको भुमरी मनभित्र गुम्स्याउँदै सास फेर्थी त्यसबेला । हरेकपटक डस्थ्यो उसलाई त्यो घरले । चोर र बदमासको डर त छँदै थियो, त्यसमाथि पनि कीरा, फट्याङ्ग्रा, सर्प र बिच्छीहरूसँग घरभित्र कति पटक पौँठेजोरी खेल्दै छोराछोरी र आफू बाँच्न सकेका अत्यासलाग्दो स्मृतिले यसबेला ऊ झसङ्ग हुन्छे ।
एक दिन रातको नौ बजेको कुरो हो । खानपिन सकेर छोरो आफ्नो कोठामा पसेर ढोका लगाएको आवाज ध्वनित मात्र भएको थियो, अचानक "ममी कोठामा साँप छ " डराउँदै कराएको छोराको आवाजले ऊ निकै आत्तिई र टाटीका च्यापबाट चिहाएर हेरी । ढोकाको भित्री चेपमा साँप तेर्सिएको देखेर उसको सातोपुत्लो उड्यो । उसलाई के गरौँ, कसो गरौँ भयो । उसले "बाबु, खाटबाट नओर्ली है" भन्दै कहालिँदै वल्लोपल्लो कोठामा बस्ने मानिसलाई गुहारी । छोरीहरू "डाँको छोडेर भाइ.......भाइ......." भन्दै रुन थाले । एकछिनको होहल्ला र कोलाहलपछि त्यहाँका मानिसहरूले कसोकसो गरेर साँपलाई बाहिर भगाएर छोरालाई कोठाबाट निकाल्न सकेको त्यो घटना सम्झँदा मात्र पनि डरले उसको आङ जिरिङ्ग हुन्छ अझै ।
हरे कस्ताकस्ता अभाव र मानसिक यन्त्रणा भोग्दै हरक्षण मरेर बाँचेका काहालीलाग्दा समय बिताएर यो स्थितिमा पुग्न कति सङ्घर्ष गरी उसले भन्ने कुरो के थाहा र सबैलाई ?
स्वाभिमानी इष्टमित्रहरू उसको त्यो टाटीको घरमा जाँदा उसलाई अझ सम्मान गर्दै फर्कन्थे । अभिमानी आफन्तहरू आफ्नो इज्जत घट्छ कि भन्ने डरले जानसम्म हिचकिचाउने तीतामीठा अनुभवहरू ऊसँग प्रशस्त छन् ।
"नानी तिमी हाम्री नन्द भएर पनि हाम्रो खान्दान मिल्दैन । आ-आफ्नै भाग्यको कुरो हो, हाम्रो धन सम्पत्ति छ, हामी सम्पन्न छौँ, जहाँ-जतिखेर जे पनि गर्न सक्छौँ । हाम्रामा हुने हरेक कार्यमा खान्दानी मानिस नै आउँछन् । त्यसैले तिमी कमजोर भए पनि हाम्रो पार्टीमा सहभागी हुँदा एउटा राम्रो लुगा र गहना लगाउन सक्ने हैसियत छैन भने अरूकै भए पनि लगाएर आउनु है, नत्र नआउनु हामीलाई लाज लाग्छ । कार्ड दिन तिम्रो घरमा आउन पनि अप्ठ्यारो भएकाले गाडी अगाडि बढाएर फोनमा यी कुराहरू भन्नु पर्यो ।" उसकी आफ्नै भाउजूले उसको मन दुखाएर भनेका यी कुरा र एकदिन नाम चलेकी निकै धनी उद्योगपतिलाई उसले चियाका लागि निम्ता गर्दा तिनले नै कड्किँदै "हत्तेरिका, तिम्रो त्यस्तो टाटीको घरमा कसरी लान्छ्याँै यस्ती धनी ठूली मान्छेलाई" भन्दै होच्याएको क्षण सम्झी र ती भाउजूको मानसिकतामा रहेको खान्दानको अर्थ सोचेर रोष प्रकट गरी मनमनै ।
आमाको मृत्युपछि भाउजूले कमजोर र दयनीय नन्दलाई गर्ने यस्तो दुष्ट र अपहेलित व्यवहारलाई गुनेर आमालाई सम्झदै दुख्नसम्म दुखी ऊ ।
धन, सम्पत्ति र घर मानिसको हैसियत देखाउने कस्ता जलप रहेछन् ? ऊ छक्क पर्छे यसबेला । हुन त ऊ पनि धनी बाबुकी छोरी र जमिन्दारकी बुहारी हो तर आमा गुम्नुको दुर्भाग्य, आफ्नो जन्म दिने बाबु र धनीमानी आफन्तहरूले उपेक्षाको लाठीले बजार्थे हरक्षण । ऊ सहन्थी चुपचाप । विपन्नताले पराजित भएपछि दयनीय पात्र बनेर सहनुको विकल्प थिएन ऊसँग त्यसबेला । जब सहन गाह्रो हुन्थ्यो तब आँसुको आहालमा डुबेर आफ्नो बेदना बालक छोराछोरीसँग बाढ्न विवश हुन्थी । जीवनको महत्त्वपूर्ण क्षण त्यसरी नै बितेको थियो उसको ।
आफूले अनेक दुःख गरेर बँचाएको अलिकति पैसा र छोराको परिश्रमको हिस्सा जोडेर त्यसमा पुग नपुग साथीभाइलगायत ऋणपान गरेर त्यो घर दिन रात नभनी मनैदेखि जाँगरिलो पसिना सिञ्चिएर बनाएकी थिई उसले । घर बनाउन थालेपछि कहिले नआएका उसका आफन्तहरू पनि आउन थाले । घर मानिसको जीवनमा गाँसिएको कस्तो महत्त्वपूर्ण अँश रहेछ भन्ने कुरो बन्दै गरेको घरमा सरेपछि अनुभव गर्न थाली उसले ।
चैत महिनाको सुरूआत काठमाडौँमा ठिही सकिएर सबैतिर न्यानोपनको पारिलो घामले छ्याङ्ग खुलेको नीलो आकाश । आकाशको काखमा जोडिदै, टुक्रदै गरेका सेतासेता वैँसालु बादलका टाकुराहरूको मनोरम दृश्यले सजिएको सुन्दर क्षितिज । जहीँत्यहीँ हरियाली परिवेशमा गमक्क गम्केकी प्रकृति । घरका वरिपरिका अरूका खाली जमिनमा सागसब्जी, फलफूलका बोटबिरूवाहरूले नयाँ पालुवा उमि्रदै आकृति फेरेर वातावरणलाई नै रमाइलो पारेको मौसम । माथिमाथि आकाशमा चराहरूले स्वतन्त्र उडान भरेको रहरलाग्दो दृश्यमा अर्को अनाम प्राप्ति गौँथली भएथे अब उसका लागि ।
मङ्गलबार बिहान कार्यविनायकको दर्शन गरेर घरभित्र पस्नासाथ "दिदी हेर्नु त, घर बनाई नसकी तपाइर्ँको घरमा गौँथलीले गुँड लगाएछ । यो घर त लछिनको छ दिदी । नबेच्नु है, आफैँ बस्नु ।" दलानतिर गौँथलीले बनाउँदै गरेको माटोको कलात्मक गुँड देखाउँदै घर बनाउने समूहमा कार्यरत शान्ताले खुसी हुँदै भनी । नभन्दै आधाभन्दा बढी बनिसकेको गौँथलीको कलात्मक गुँड देखेर त्यसै त्यसै नौलो आभाष भयो उसलाई । त्यो दिनभरि नै पुलकित हुँदै स्फूर्ति छायो उसको अङ्गअङ्गमा ।
त्यसपछि गौँथलीका जोडी हेर्न आतुर हुँदै हरेक दिन बिहान छिट्टै उठेर बार्दलीमा बस्थी ऊ । गौँथलीका जोडीले घर अगाडिको बिजुलीको तारमा आफ्नो गुँडतिर फर्कदै 'चिरबिर-चिरबिर सल्लाह गर्दै सँगसँगै उडेर टाढा जान्थे अनि चुच्चोले कोतर्दै गिलो माटो ल्याएर घर बनाउँथे । त्यो देख्दा उसका घर बनाउने ज्यामीहरू थुप्रै भएर पनि कहिले कहीँ आफूले माटो मुछेको, इँटा सारेको, औजार चलाउने प्रयास गरेको र बिहानको ठिहीमा चाँडै उठेर पानी हाल्दा निथ्रुक्कै भिजेर लुगासमेत फेर्नु परेको क्षणलाई गौँथलीको दुःख र मिहिनेतमा अनूदित हुँदै निकै आनन्द मान्थी ।
त्यसरी नै गौँथलीले आफ्नो कलात्मक गुँड छिट्टै बनाइसके । गौँथलीको यस्तो चालमा रमाउँदारमाउँदै एक महिना बितेको पत्तै भएन उसलाई । रुखमा अरू धेरै चराहरूको करलवको ध्वनिसँगै गौँथलीको आवाजमा हराउँथी ऊ कहिले कहीँ ।
बिस्तारैबिस्तारै पोथी गौँथलीको चहलपहल कम हुँदै गयो । भाले गौँथली आफ्नो नित्यकर्ममा जुटिरह्यो । दिन बित्दै गयो । धेरै दिनपछि एक दिन अचानक गौँथलीका गुँडमा साना गौँथलीहरू देखापरे । उनीहरूले त चार महिनामा नै घर बनाई, पोथी गौँथलीले फुल पारेर बच्चा पनि कोरली सकिछ ! गौँथलीको यस्तेा सही र सुन्दर व्यवस्थापन देखेर चेतनशील भनिने सर्वश्रेष्ठ प्राणी मानिसको अव्यवस्थित जीवनशैलीमा सोचमग्न भई । घामपानीबाट बचाउने सुरक्षित ठाउँमा व्यवस्था गरेर निर्धक्क बच्चा कोरल्ने पक्षी गौँथलीको कर्मले आफू मान्छे भएर पनि यतिका समयसम्म छोराछोरीलाई हरेक दृष्टिबाट बचाउन पक्की घर बनाउन नसकेकोमा भित्रभित्रै नराम्ररी दुःख मान्दै त्यसबेला उसले आफैँलाई धिक्कारी पनि ।
केही समयसम्म पोथी र बचेराका लागि हुनेगरी चारो खोज्न भाले गौँथली मात्र उडेर टाढा गएको देखियो । त्यसरी भाले गौँथली एक्लै भएको बेला हतारिएर भुर्रभुर्र उड्दै गुँडबाट भित्र बाहिर गरिरहन्थ्यो ।
हेर्दाहेर्दै केही दिनपछि भालेपोथी नै टाढाटाढाबाट चुच्चामा कीराफट्याङ्ग्रा च्याप्दै उडेर गुँड फर्कन थाले । बचेराहरू चुच्चो मात्र देखिने गरी आँ......आँ गर्दै गुँडको मुखमा आउँदा माउ गौँथलीले पालैसित बचेराहरूको मुखमा चारो हाल्थी । यो देखेर बिगतमा फर्कदै ती क्षणलाई आँखामा टाँसेर रसाउँदै दुःखी भई ऊ ।
अभाव र कष्टका दिनहरूमा पनि हरतरहले अलिकति समय उभारेर सामाजिक काम गर्दा थुप्रै साथीहरूसँग सङ्गत भयो उसको । अधिकाँश साथीहरू दुःख सुखमा साथ दिने सहृदयीसाथ बने, जुन आजसम्म पनि प्रिय छन् । यो कुरो सम्झदा खुसीले मन भरियो एकैछिनमा उसको ।
कहिले कहीँ सामाजिक कार्यमा हिँड्दा कसैकसैकामा भोज पर्थ्यो । घरमा हरेक परिकार ल्याएर पकाउने अवस्था नभएकाले भोजमा सरिक हुँदा छोराछोरीलाई झल्झली सम्झन्थी ।
हरे ! उमेर छउञ्जेल मानिसको शरीरले मीठो खान र राम्रोराम्रो लाउन मन गर्ने रहेछ तर रहर र इच्छा गर्दागर्दै अभावै अभावले उत्तरार्द्धमा पुग्छ । जब अभावमुक्त भएर मन लागेको कुरा गर्न सक्ने अवस्थामा पुग्छ तब उमेरले, रोगले खान नदिनु र लाउने रहर पनि रित्तिने विवशताले मर्माहत हुन्छे घरिघरि ऊ ।
आज गौँथलीको यस्तो सुन्दर दृश्यमा "मायाको अर्को नाम आमा हो" भावचित्र झन् सार्थक लाग्यो उसलाई ।
एक दिन तीनवटा साना गौँथलीहरूसँग बिजुलीको तारमा बसेर भालेपोथी नै "चिरबिर-चिरबिर" गर्दै वरिपरि उड्दै गरेको देखेर ऊ झन् आल्हादित भई । त्यसरी नै केही दिन बित्दै गयो । अलि पछिदेखि आफ्ना तीनवटा बचेरालाई हुर्काई, बढाई उडाउँदै आफूसँग लाने ल्याउने गर्दागर्दै ती बचेराहरू पनि बिस्तारै टाढाटाढासम्म उड्न थाले । गौँथलीको दिनचर्याले आफ्नो बिगत साटेर उत्साहित हुन्थी र वर्तमानमा हराउँदै जीवनमा खुसीको रङ भेटेर रमाउँदारमाउँदै दिन बितेको थाहै हुँदैनथ्यो उसलाई ।
थाहा छैन, उसको खुसीको रङ खोज्नेक्रममा कसरी गाँसिन्छन् गौँथलीहरू ? उसका जीवनमा मीठो आभाष छर्ने यी प्रिय पात्रहरू ! कुन दिन अब काठमाडौँको जाडो खप्न नसकेर पहाड र जङ्गल नाघ्दै तराई र्झछन् भन्ने कुरो बिर्सिएर खुसीले विभोर भएर सोच्न थाल्छे ।
बाहिर आकाशमा गौँथलीका परिवारसँग अरू चरा र चिलहरूले कावा खाइरहेको सुन्दरताको अनाम दृश्यमा हराउन पुग्छे । त्यसैबेला 'किरिङ.....किरिङ........' फोनको घण्टीको आवाजले झस्कन्छे र आफ्नो स्थितिमा फर्कदै फोन रिसिभ गर्छे । फोन गर्ने त उसले सोच्दै नसोचेकी ती आफ्नी भाउजू रहिन्छन् जसले आफू कमजोर भएको स्थितिमा हरेक पटक नराम्रो व्यवहार गर्दै मनमा चोट पुर्याएर आहत बनाउने गर्थिन् । "नानी, तिम्रोमा एकदुई दिन बस्ने गरी म आउन लागेकी छु । कुन बाटो गरेर कसरी आउनु तिम्रोमा आउनलाई ?" भन्ने तिनै वाक्य सुन्दा एकछिन त अक्क न वक्क पर्छे तर सहृमालिँदै हत्त न पत्त आफ्नो घर आउने बाटो राम्ररी बुझाएर भन्छे । छिट्टै आउनु है भाउजू, तपाइर्ँको बोली सुनेपछि कतिखेर भेटौँजस्तो भयो भन्दै कुरा टुङ्याउँदै फोन राख्छे ।
हिजो र आजको आफ्नो स्थिति तुलना गर्दै विगतमा ती खान्दानी हुँ भन्ने भाउजूले गरेको कटु व्यवहार नचाहेर पनि उसको मन मस्तिष्कमा झङ्कृत हुन थाले । अनि त्यसबेला आफूलाई सन्तुष्ट अनुभव गर्दै पक्की घर बनाउन सकेकोमा यिनीसँग खान्दान मिल्ने मेरो हैसियत भएको अब ठानिँछन् भन्ने सोचेर सम्पत्तिको आडमा उसलाई सधैँ चोट पुर्याउने, होच्याउने गरेकी तिनै घमण्डी भाउजूको बाटो हेरिरही ।

दोष कसको


आज बरबोटे गाँउमा ठुलो हल्ला खल्ला फैलिएको छ । गाउँलेहरू मिलेर हर्केलाई पाता कसेर भुइँमा लडाएर राखेका छन् । कुकर्मी हर्के १३ बर्ष पुग्दैछ, तर उसको कुबुद्धिले ७ बर्षकी बालिका रीतामाथि बलात्कार गरेर सानो उमेरमा नै बाल अपराधी बन्न पुगेको छ । कोही गाउँलेहरू टाढाको गाँउको पुलिस चौकीमा पुलिसलाई खबर गर्न र बोलाउन गएका छन् ।
हर्केको खास नाम हर्कबहादुर हो, तर गाउँमा सबैले हर्के भनेर बोलाउने गर्छन । ऊ गाँउको स्कुलमा नै ७ क्लासमा पढ्दैछ, उसको पढाईमा औसतमा राम्रै थियो । स्कुलमा उसका साथीहरू पनि खासै बदमास टाइपका छैनन् । हर्के सानैदेखि अलि हक्की अनि साहसिलो स्वभावको थियो । हर्केका बुवा गाउँमा छैनन्, विदेश अरब कतार गएको ६/७ बर्ष हुँदैछ । कहिलेकाहीं दुई बर्षमा एक चोटी छुट्टीमा आउँछन । घरमा करिब ३५ बर्ष उमेरकी आमा सरला र एउटी १० बर्ष कि बहिनी मुना छिन् । हर्केको परिवारको आर्थिक स्थिति उसको बुवा विदेश जानुभन्दा अगाडि त्यति राम्रो थिएन । जसो तसो साहुबाट ऋण गरेर भए पनि हर्केका बुवा अरब कतार गएपछि घरमा आमा सरलालाई घर परिवार धान्न सजिलो हुदै गएको थियो । साथै गाउँमा प्राय जसो हरेक घर घरमा विदेश गएर कमाएर पठाएको पैसाले सबैको घर परिवार चलाई रहेका छन् । परम्परागत कृषि खेती पनि भौगोलिक हावापानी परिवर्तनले गर्दा उब्जनी हुन छाडेको छ । खेती किसानी गरेर खाने गाउँलेहरू अब उब्जनी राम्रो नभएर धेरै चिन्तित छन् । गाँउमा कुनै राम्रो रोजगारको सम्भावना नै छैन । अँझ नजिकतिरको सहर बजारतिर पनि खासै कुनै उद्योग धन्दा नभएकोले गाउँलेहरू भारत, अरब अनि मलेसियातिर काम गर्न जानु बाध्यता नै भएको छ ।
हुन त हर्केको बुवालाई पनि परिवार छोडेर विदेश जाने मन त कहाँ थियो र । हर्केको बुवालाई आफ्नो प्यारी श्रीमती अनि बाल बच्चालाई चटक्क छोडेर जानु निकै गाह्रो भएको थियो । तर के गर्नु ? आफ्नो पारिवारिक माना चामल जुटाउनलाई पनि विदेश जान बाध्य भएका थिए । हर्केका बुवा पनि अरु गाउँले सरह विदेश अरब कतार गएपछि परिवारमा सुखका दिन फिरेका थिए । आखिर हर्के ७ बर्षको हुँदा बुवा विदेश लागेकाले उसले बुवाको न्यानो अँगालो अनि माया पाउन सकेको छैन । एकातिर हर्केकी आमा सरलाले पनि आफ्नो श्रीमान साथमा नहुँदा एक्लो महसुस गर्ने गर्छिन् । त्यो उमेरमा श्रीमानसँगै बस्न नपाएकोमा कहिलेकाहीं खिन्न हुन्छिन् । आमा सरलाले हर्केको पढाई लेखाई हरेक कुरा हेर्नु पर्ने बाध्यता, कर्तब्य छ । हर्केका बुवा बेला बेलामा अरब कतारबाट पैसा पठाई रहन्थे, यही पैसाले त्यो अहिले बसेको नया घर बनेको थियो । हर्केका बुवाले विदेशबाट आउँदा परिवारलाई चाहने हरेक कुरा जोहो गरेको थियो । रेडियो, क्यामेरा, टि.भी., डिभिडी प्लेयर, सिडी इत्यादी सबै हर्केको घरमा बन्दोबस्त थियो । सदरमुकाम सहर जाने बाटो परेकोले त्यहीं गाउँ हुदै बिजुलीको लाइन सदरमुकाम लगेकोले हर्केको गाउँमा बिजुलीति हरेक घरमा पुगेको थियो । अरु जे सुकै भए तापनि बिजुली मनग्यै थियो, गाउँलेहरू अरु अर्को गाउँको भन्दा खुशी नै देखिन्थे । हरेक पटक हर्केका बुवा घर छुट्टी आउँदा घरको रौनक नै फेरिन्थ्यो । गाँउमा पनि हर्केको बुवाको निकै इज्जत थियो । ऊ पुरा ४५ दिनको छुट्टीमा मोज गरेर बिताउन्थ्यो । गाँउलेहरूलाई जाँड रक्सी खुवाउनु उसको गर्वको कुरा थियो । रबाफका साथ अरब कतार सहरको बयान गर्ने गर्थ्यो । अरब कतारमा बिदेशी केटीहरूसँग मस्ती गरेको कुरा, अनि बिदेशी केटी हेरेर त यहाँ आफ्ना स्वास्नी राम्रो लाग्दैनन् भनेर जाँडले मातेको बेला कहिलेकाहीं खुस्काउने गर्थ्यो । हर्केका बुवा पनि निकै मिजासिला थिए, कतारमा अर्कै बिदेशी केटीसँग लहसिएको कुरा पनि गाइगुई सुनिन्थ्यो । आखिर जसले खुवाउछ, जसले खर्च गर्छ, उसैको पछि लाग्नु समाजमा देखिएको कुरा नै हो, बरबोटे गाउँका गाँउलेहरू उसको कुरा निकै सुन्थे । मोज मज्जामा नै छुट्टी सिद्धिएपछि हर्केका बुवा अरब कतार फर्कन्थे ।
हर्केकी आमा सरला पनि निकै राम्री थिइन्, दुई बच्चाकी आमा भए पनि अझ कुनै खासै परिवर्तन थिएन । आखिर सरला पनि एउटी वयस्क महिला नै थिइन् । यो अधबैसे उमेरमा लोग्नेको न्यानो स्पर्शताको खाचो नै थियो । आफ्नो श्रीमान ४/५ बर्ष विदेश सम्म बस्ने क्रम बढेपछि न्यास्रो मान्दै आएकी थिइन् । तिनले श्रीमानलाई नभनेकी होइन, तर श्रीमानले अँझ १/२ बर्ष बस्छु अनि फिनिस घर आउला भनेर भनेका थिए । यसै क्रममा तल्लो घरको साइनोमा देवर पर्ने साहिंला सिंह, अरब दुबईबाट काम छोडेर घर आएर बसेका थिए । कमाई राम्रो भएन अर्कै देश जान्छु भनेर राम्रो अवसरको खोजीमा थियो । सरलाको ठुलो ब्यबस्थित घरमा कहिलेकाहीं फिलिम हेर्ने बहानामा साहिंला सिंह आउन थालेका थिए । यसै बेला देखि सरला र साहिंला सिंहको हिम चिम बढ्न थाल्यो, साहिंला सिंह पनि एक हट्टा कठ्ठा जवान थियो । आखिर एक अविवाहित जवान पुरुष अनि अधबैसे महिला, श्रीमान टाढा भएको अबस्थामा कहिलेकाहीं जिस्कनु सामान्य नै थियो । समय क्रमसंगै सरला र साहिंला सिंह बीच सामान्य भलाकुसारी हुदै हिमचिम निकै बढेको थियो । उनीहरू बीचको यही सम्बन्धले बिस्तारै शारीरिक सम्बन्धको रुप लिन थाल्यो । एक रात हर्केले आफ्नी आमा र साहिंला सिंह अंकल टि.भी. कोठामा छोरा-मान्छे अनि छोरी-मान्छे पनि नाङ्गो भएको फिलिम हेर्दै गरेको देख्यो । हर्केले पनि ढोकाको कापबाट हेरिरह्यो । भर्खर १३ बर्ष पुग्दै गरेको हर्के अचम्म पर्यो । यस्तो उसले कहिले पनि सोचेको थिएन, देखेको पनि थिएन । केही समय पश्चात आमा माथि अंकल खप्टिन पुगे, उसलाई झन् अचम्म लाग्यो । उसले स्कुलका सिनियर दाजुहरू सेक्सको बारेमा कुरा गरेको अनि कहिलेकाहीं जिस्काएको याद आयो । आज आफ्नै आँखा अगाडि यो कार्य उसले विश्वास गर्ने सकेन । यो दृश्य हेर्न नसकेर हर्के आफ्नो ओछ्यानमा फर्क्यो । उसको मनभित्र अचम्मको कौतुहल जागिरहयो, कतिखेर ऊ फुस्स निदाएछ ।
भोलिपल्ट बिहान हर्केले राति के गरेको भनी आमालाई सोध्यो, सरला छक्क परिन् । मैले सबै कुरा देखें, म बुवालाई भन्छु भनी घुर्कायो । सरला बोल्न नै सकिनन् । केही बेर पछि सरलाले हर्केलाई फकाउदै "तैले जे माग्छ्स त्यहीं दिउँला, कसैलाई पनि नभन " भन्दै फुरुक्क पारिन् । त्यसो भए मलाई स्पोर्ट जुत्ता, फुटबल जुत्ता, भकुण्डो, ज्याकेट, जिनको पेन्ट, भिडिओ गेम किनिदिने हो भने म कसैलाई भन्दिन भनेर हर्केले बार्गेनिंग गर्यो । यो कुरा अब हर्के र आमा बीच नै रह्यो । अर्को दिन सरला र हर्के सहर पुगे । हर्केले मागे बमोजिम सबै कुराहरू सरलाले पुरयाई दिइन् । हर्के पनि खुशीले फुरुंग भयो । अब हर्केले आफूले मागे बमोजिमको चिज पाएर मख्ख भई भुइँमा खुट्टा थिएन । अब ऊ निकै रवाफका साथ स्कुलमा फुर्ती लगाउदै साथीहरूको अगाडि देखा पर्न थाल्यो । स्कुलका साथीभाइहरू हर्केको फेरिएको अवस्था देखेर इर्ष्यालु हुँदै थिए । यता घरमा साहिंला सिंह अंकल पनि घरि घरि घरमा आउने क्रम जारी नै थियो ।
हर्केको त्यो बाल मष्तिस्कमा कौतुहल जागेको थियो । आमा र अंकलको त्यो दृश्य देखेपछि अचानक मोडिएको थियो । त्यसै त हर्केको टीन एज भर्खर शुरु भएको थियो । स्कुलमा सिनियर साथीहरू सेक्सको बारेमा कुरा गर्दा अब ऊ ध्यान दिएर सुन्न थालेको थियो । आमा र अंकलको त्यो सम्बन्ध थाहा पाएपछि हर्के बेचैन थियो । आखिर आमा र अंकलले टि.भी.मा के हेरेका हुन् अनि अंकल किन आमा माथि खप्टिएको हो ? यो कुरा हर्केको दिमागमा घुमीरहेको थियो । एक दिन घरमा कोही नभएको बेला हर्केले आमाले लुकाएर राखेको त्यो निलो फिलिम डिभिडी प्लेयरमा हालेरा टि.भी.मा हेर्यो । ओहो ! यो त अचम्मको पो रहेछ, ऊ छक्क पर्यो । नांगै ठुलो छोरा मान्छे अनि नांगै छोरी मान्छे अनि एक अर्का बीच त्यो यौन समागमको दृश्य । त्यो दृश्य हेर्दै गर्दा उसलाई आफू सानो छँदाको हराई सकेको झिनो मसिनो आफ्नो नांगै नुहाएको याद आयो । त्यसपछि हर्केलाई उकुस मुकुस भएर आयो, उसलाई के गरौ, कसो गरौ भयो । उसलाई पनि आफ्नो कपडा खोल्न मन लाग्यो ।
ए मुना, मुना! म तसँग खेल्न आएको, कता छस् ? यसै बेला पल्लो घरकी सानी बहिनी रीता हर्केको बहिनी मुनासँग खेल्नलाई खोज्दै आएकी थिइन् । हर्केले हतार हतार टि.भी.बन्द गर्यो । हर्केले अनायास के सोच्यो, उसले रीताको मुख आफ्नो हातले छोपी च्याप्प समातेर आफ्नो कोठाभित्र पुर्यायो अनि अंकलले आमामाथि खप्टे जस्तै रीतामाथि खप्टिन शुरु गर्यो ।

सम्झौता


फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो । इटहरीको पाथीभरा बोर्डिङमा अभिभावकको नाम हाम्रै थियो । सबैले हाम्रै छोरी भन्थे । कान्छो छोरो जन्मेकै थिएन । जेठो र माहिलो ऊभन्दा ठूला थिए । त्यसैले ऊ त काखकी सन्तान थिई ।
फुच्ची अचम्मकी थिई । बेलुका म अफिसबाट आउँदा बाटैमा लिन पुग्थी । 'ड्याडी आउनु भो, ड्याडी आउनु भो' भन्दै जामा उचालेर दौडन्थी । अझ 'ड्याडी' मात्र नभनेर हाम्रो ड्याडी नै भन्थी । आँखा चिम्लेर दौडँदा मेरो शरीर डराउँथ्यो । ऊ खुट्टो ठोक्किएर घोप्टो परेर लड्न सक्थी । भर्खर उम्रिएका दाँत भाँचिन सक्थे । भर्खर फुटेको बोली फाट्न सक्थ्यो ।
बरण्डामा पूर्वी घामले भेट्नेगरी भावना गनगनाउँदै थाङ्ना सुकाउँथिन् 'फुच्चीले आज फेरि मुती । राति उठाएन भने बिगारिहाल्छे ।
डसनामाथि प्लास्टिक, प्लास्टिकमाथि थाङ्नु र थाङ्नामाथि फुच्ची सुत्थी तर उसको थाङ्नु र प्लास्टिक पलङमा घुमिरहन्थे । ड्याडी र ममीका बीचमा सुत्दा उसका लुगा पलङका बीचमा हुन्थे । ड्याडी र ममीसँगै सुत्दा उसका लुगा भित्तामा पुग्थे । बिहान बिउँझदा हामी पिसाबको गन्धले छोपिएका हुन्थ्यौँ । रिसाउनुअघि नै ऊ मुसुक्क मुस्कुराउँदै आँखा खोल्थी । माया, ममता र स्नेहले हामीलाई लतक्कै भिजाइदिन्थी ।
'ए फुच्ची ! तेरो कट्टु ख्वै ?' पिसावले भिजेको कट्टु मिल्काउँदै भावना सोध्थिन । फुच्ची चारैतिर खोज्थी । नभेटेपछि मेरो मुखमा हेर्दै ओठ फुलाउँथी ।
'फेरि ड्याडीले लाइदिनुभयो होला नि ।' हामी अघाउँजी हाँस्थ्यौँ ।
उसलाई ल्याइदिएको नयाँ कट्टु देखाउँदै एक दिन मैले भनेको थिएँ- खै, खै ! यति राम्रो कट्टु लगाइदिऊँ । फुच्चीलाई दियो भने मुतिहाल्छे !'
साँच्चै मैले लगाइदिन्छु होला भनेर ऊ खुब रोई । लडीबुडी गर्दै रोई । भावनाले 'किन रो'की ?' भनेर सोधेकी 'ड्याडीले मेरो कट्टु लगाइदिनुभयो' भनी । उसको अबोधपन देखेर मलाई ग्लानि भयो । आँखाका कोसबाट बगेका आँसुका धाराले भुइँको तख्ती पनि भिजाई । 'तिमी कहिल्यै बूढो नहुने भयौ हगि ? भन्दै भावनाले उसलाई भुईंबाट उठाइन् । ममीका काखमा तेर्सिएर खुट्टा फटफटाउँदै फुच्ची कराई-'डेडी, ढेडी, छुच्चो ।' ममीले आँसु पुछिदिई । 'आहा ! कति मीठो स्याउ हौ, खै, खै अर्को पनि खोइदिऊँ' भन्दै दुवै गालामा म्वाइँ खाइदिई । फुच्ची खितिति हाँसी । फेरि मतिर आँखा फुलाउँदै गर्जिन थाली- 'तपाईं हगुवा ड्याडीलाई स्याउत्याउ पनि दिन्नँ, मेरै ममीलाई दिन्छु ।'
'लौ ! फुच्ची त स्कुल जाने भइछ हगि नानी !'-एक दिन माहिली भाउजूले चियाको सुर्को तान्दै भन्नुभयो । त्यतिबेला ऊ दादाहरूले पढेको हेर्दै थिई । सबै जना चियाको तातो थिलास बोकेर बसेका थियौँ ।
'स्कुल त जान्थी नि तर उसको जन्मदर्ता नै छैन । मैले फुच्चीकी आमातिर हेर्दै भनेँ ।
'आ ऽऽऽ दाजु पनि, खाली घोचेर भन्नुहुन्छ । मैले जेसुकै गल्ती गरे पनि छोरी दिएकै छु । लानू नि ! आफ्नै नाममा जन्मदर्ता गराउनू । झन् ठूली भएपछि समस्या पर्छ ।' फुच्चीकी आमाले पल्लो छेउबाट जवाफ फ्याँकी । ऊ ढिलो बोल्थी तर तौलेर बोल्थी । फुच्चीकी आमाको ओठ बाक्ला थिए । रिसाउँदा तिनै ओठलाई फर्काउँथी । मलाई दाजु भन्थी तर सुन्दा 'दा ऽऽऽजु' सुनिन्थ्यो । साह्रै मिहिनेती थिई । बाबुआमाका कुरा सोधिदियो भने तीन दिन रिसाउँथी ।
शनिबार फुच्चीले नुहाई । भावनाले कैँचीले कपाल मिलाइदिइन् । आइतबार उसलाई लिएर हामी गाविस गयौँ । 'छोरी जन्मी, जन्मदर्ता गर्न आएका' भन्यौँ । 'एकै रातमा कत्री भइछन्' भनेर सचिवले जिस्क्याए । 'छिप्पिएर पाएपछि यत्रै हुन्छन्' भनेर जवाफ दियौँ । एकछिन हाँसोठट्टा भयो । 'छोरीको नाम के हो ?' - सचिवले सोधे ।
भावनाले मेरो मुखमा हेरिन् । मैले प्वाक्कै भनिदिएँ 'सम्झौता' । 'ओहो ! नाम जुराउन त कवि-साहित्यकारलाई पो लगाउनुपर्नेरहेछ ।' सचिवले जन्मदर्ता फाराम भर्दै भने । बाबुको ठाउँमा मेरो नाम लेखे । आमाको ठाउँमा भावनाको नाम लेखे ।
जन्मदर्ता प्रमाणपत्र बोकेर हामी रत्यौली खेल्दै फर्कियौँ । राजमार्गमा आउनासाथ भावनाले सोधिन्- 'सम्झौता भनेर किन भनेको ? यसकै आमाले राखिदिएको नाम भन्नुपर्ने ।''आ ! लाटी, हाम्री छोरी भएपछि अरूले नाम जुराएर हुन्छ ? अब जिन्दगीभर पाल्छौ, हुकाउँछौ, पढाउँछौँ, बिहेदान गरिदिन्छौँ भनेर सम्झौता गरेपछि छोरीको नाम सम्झौता त राख्नुपर्छ । ठीक छ क्या यो नाम । बरु न्वारान गर्ने खर्च जोगियो भन न ।' मैले फुर्तीझार्दै जवाफ दिएँ । उसलाई पनि घत लागेछ क्यारे, 'जजमानेको छोरो' भन्दै हाँसिन् ।
फुच्चीको नाम साजीलाल स्कुलमा लेखियो । ऊ आफूभन्दा ठूलो झोला बोकेर पढ्न जान थाली । पहिलो दिन ऊ स्कुल गएको सबैजनाले हेर्‍यौँ । बाटामा पुगेर 'टाटा' भनी । हामीले पनि आँखाभरि आँसु पारेर 'बाइबाइ' भन्यौँ । त्यो आँसु हर्ष र गौरवले भरिएको थियो ।
साजीलाल सरकारी स्कुल थियो । उसका दाजुहरू अशेष र प्रवेश बोर्डिङमा पढ्थे । सम्झौता सरकारी स्कुलमा पढ्थी । शैक्षिक सत्रको बीचमा नाम लेखाउनु परेकाले ऊ दाजुहरूबाट छुट्टिएकी थिई ।
नयाँ शैक्षिक सत्र सुरु भयो । सम्झौताको हुलिया बदलियो । छालाका काला जुत्ता, नीला मोजा, नीलो फ्रक, सेतो सर्ट भेटी । झोला, किताब, कापी सब चीज नयाँ आए । 'टु वान जा टु, टु टु जा फोर' भन्न थाली पाथीभरा बोर्डिङमा नाम लेखियो तर सुरुसुरुमा अशेष र प्रवेशले पोल सुनाएर हैरान पारे 'गाडीमा चढेपछि कुदिरहन्छे, 'टु वान जा टु' भनेर गीत गाउँछे, उसको क्लासमा बस्दिन, हाम्रो क्लासमा झ्यालमा आएर 'दादा-दादा' भनिरहन्छे । दुई घण्टी लाग्नासाथ टिफिन खाइसक्छे अनि भोक लाग्यो भन्दै कराउँछे । साथीहरूका छेउमा लाजमर्दो पारिसकी ।'
भावना छोराहरूलाई सम्झाउँथिन् -'त्यसो नभन, सानै छे । आफ्नी बहिनीलाई माया गर्नुपर्छ । ऊ नभएकी भए तिहारमा तिमीहरूको निधारै खाली हुन्थ्यो ।' विस्तारै सम्झौताको 'कम्प्लेन' घट्दै गयो । दादाहरूको हात समातेर बोर्डिङ जान थाली ।
सम्झौताकी आमाले हाम्रै घरमा बसेर एस.एल.सी. पास गरी । त्यसपछि उसका सोचाइहरू बदलिए । पहिले 'यही घरको सेवा गरेर बस्छु, कतै जान्नँ' भन्थी । पछि 'यसरी बस्दिनँ, जागिर खोजिदिनुपर्‍यो' भन्न थाली । दिनभरि अर्काकामा जनबनी गर्न जान्थी । साँझ पर्नासाथ विरहको बिस्कुन हाल्थी ।
'मेरा बाबुआमा भने पनि तपाईंहरू नै हो, दाजुभाउजू भने पनि तपाईंहरू नै हो । छोरी जिम्मा दिइहाले अब एउटा जागिर खोजिदिनुहोस् । म तपाईंहरूको गुन अर्को जन्ममा पनि सम्झन्छु ।'
'जागिर' भन्न सजिलो थियो, भेट्न गाह्रो थियो तर 'खोजिदिन सक्दैनौँ' भन्न पनि सक्ने स्थिति थिएन किनकि हामी दुवै जनाले जागिर भेटेका थियौँ । म कृषि विकास बैङ्कको जागिरे थिएँ । भावना ग्रामीण विकास बैङ्कको जागिरे थिइन् । उनलाई मात्र कसरी हतोत्साही बनाउन मिल्थ्यो !
फेरि 'भाउजू ! मलाई पनि दाजुसँगै काठमाडौँ पठाइदिनू । उतै भाँडा माझ्ने ठाउँ खोजिदिनु । पढ्न पाएँ भने जे पनि गर्छु । जागिरभन्दा पढाइ नै ठूलो कुरो रहेछ' भन्दै जागिरको कुरा छाडेर सम्झौताकी आमाले पढ्ने कुरा गरी । यसो भनेको दिन उसले आँखाबाट बगेको आँसु पुछ्दै भनी-
'काठमाडौँ गएँ भने सम्झौतासँग भेटघाट पनि हुँदैन, बिर्संदै जान सजिलो हुन्छ । यहाँ त दिनदिनै भेट हुन्छ । ऊ पौडेल भइसकी । आफूलाई भने कस्तो कस्तो लागिरहन्छ । बरु 'कुमारी केटी हो' भनिदिनुहोला । नानीकी आमा भनेपछि मान्छेले दसथोक सोधेर दिक्क लगाउँछन् ।
उसको कुरा मनासिब लाग्यो । हामीले त्यसै गरिदिने सल्लाह गर्‍यौँ । काठमाडौँ आएपछि धेरै जनासँग मैले सहयोग मागेँ । सम्झौताकी आमाको राम्रो विज्ञापन गरेँ ।
धेरैले मलाई मजामा उडाए । कसैले 'कविलेखक रसिक हुन्छन् भन्थे हो रहेछ' भने । कसैले 'किन पन्छाउन आँटेको
छ ?' भने । कसैले 'त्यस्ता लच्छिनका पनि अरूलाई दिनुहुन्छ
त ?' भने । महिलाका मामलामा समाज यति शङ्कालु हुन्छ भन्ने कुरा मलाई थाहै रहेनछ । एकदिन साहित्य-सन्ध्याको मासिक कार्यक्रम सकिएपछि एकजना प्राध्यापकलाई भनेँ -
'मेरा घरमा एउटी बहिनी छिन् । अहिले एसएलसी पास गरिन् । इमानदार र मिहिनेतको कुरो गर्ने हो भने त्यत्तिका मान्छे भेटिँदैनन् । घरमा सघाएर पढाइदिने भेटिए काठमाडौँ आउँछु भन्छिन् । मलाई मद्दत गर्नुहुन्थ्यो कि !' प्राध्यापकले साह्रै चासो दिएर मेरो कुरा सुने । केरकार फाँटको प्रमुखले जस्तै सोधे । मानौँ, म अभियुक्त हुँ । बयानका लागि न्यायाधीशसामु उभिएको छु ।
आर.आर. क्याम्पसको चौरमा म भन्दै गएँ -'मोरङकै केटी हो । स्कुल जाँदाजाँदै आमा हुने भइछ । केटो हाडनाताभित्रको पर्ने भएकाले भागेछ । बच्चा जन्मने बेलामा घरमा थाहा पाएछन् । केही गर्दा पनि घटना लुकाउन नसक्ने भएपछि बाबुले राति नै जङ्गलमा लगेर रूखमा बाँधिदिएछन् । कराउली भनेर मुखमा रुमाल खाँदिदिएछन् । जङ्गली जनावरले खाओस् भनेर होला तर भोलिपल्ट जङ्गल गएका गोठालाले देखेर खोलिदिएछन् । त्यसपछि ऊ लोकल बसमा चढेर इटहरीमा ओर्लिछ । बाटैमा बच्चा जन्मिएछ । आमाछोरीलाई नै हामीले घरमा लगेर पाल्यौं । छोरी अहिले बोर्डिङ जान्छे । आमा घरधन्दा सघाउँछे । अर्काकामा जनबनी गर्न जान्छे । चोर्ली, ढाँट्ली भन्नु पर्दैन । दुःख पाएपछि मान्छे कलिलैमा बुढिँदारहेछन् ।'
'लौ प्राध्यापक त भावुक रहेछन् । कथा सुन्दासुन्दै आँसु झारे । फेरि हाम्रो सवाल-जवाफ सुरु भयो ।
छोरी के गर्दै छे ?
पढ्दै छे ।
कतिमा ?
वान क्लासमा ।
आमा कस्ती छे ?
कृष्ण वर्णकी छे ।
के जातकी हो ?
ब्राहृमण ।
आमा मात्रै दिनुहुन्छ ?
दिने नै आमा मात्रै हो । छोरी त हाम्रै भइसकी । जन्मदर्ता नै गरिसक्यौं ।
मिल्दो र'छ ?
ख्वै ! मिलाए ।
मेरा घरमा 'कुमारी केटी हो, मेरो आफ्नै मान्छे ।' भनिदिन सक्नुहुन्छ ?
किन नसक्नु ?
भाउजूले थाहा पाई भने ?
थाहा नपाउने गरी ढाँडौँला नि ।
दुई सोली बदाम खाइसक्यौँ हामीले । प्रहरी क्लबको छानामा घाम हराए । अन्त्यमा कुराको चुरो निकाल्दै उनले भने -
'ल अनिलजी ! तपाईंको घरको ठेगाना दिनुस् । म भोलि बिहानको बसमा जान्छु । त्यो केटीले मानी भने ल्याउँछु ।'
साँच्चै प्राध्यापक घर पुगेछन् । भावनाले 'काठमाडौँबाट एकजना मान्छे आए' भन्दा पो झसङ्ग भएँ ।
तीन दिनपछि सम्झौताकी आमा डेरैमा आइपुगी ।
'दाजु !' भन्दै उसले नमस्कार गरी । पछाडि भिर्ने डोरीका झोलामा लुगाफाटा ल्याइछ । भावनाको र सम्झौताको फोटो पनि सँगै ल्याइछ । 'बस्ने घर कस्तो छ ? न्यास्रो लाग्यो भने हेर्न हुन्छ भनेर ल्याएकी' भनी । एक रात हामीसँगै बसी । 'घरबाट हिँड्ने बेलामा केटाकेटीहरू आइपुगेकै थिएनन्, कस्तो हेर्न मन लागेको थियो' भनी । 'दसैँ-दसैँमा दाजुबहिनी घर जाउँला, पीर नगर' भनेर सम्झाएँ । भोलिपल्ट बिहानै उसलाई प्राध्यापकको घर पुर्‍याइदिएँ । मलाई हिँड्ने बेलामा उसले स्वर लर्बराउँदै भनी-
'दाजु ! आउँदै गर्नु है !'
क्याम्पसमा कुनै घण्टी लिजर हुँदा सम्झौताकी आमा हाम्रा डेरामा आउँथी । खाजा पकाउँथी । चिया ख्वाउँथी । मेरा सर्टपेन्ट धोइदिएर दौडन्थी । घरबेटीको बखान गर्थी । 'काम सजिलो छ, पढ्न सकेँ भने भविष्य बन्थ्यो होला, हेर्नु न -दिमागमा त वनजङ्गल उम्रिसकेछ' भन्थी । हुन पनि हो, उसले कसका ब्याडमा बीउ काडिन ! कसका खेतमा धान रोपिन ! कसका बारीमा डोकाभरि मल बोकिन !
वान क्लासको रिजल्ट भयो । सम्झौता पास भइछ । छोरीले सम्झिराखेकी छे । 'ड्याडी ! कहिले आउनुहुन्छ ?' भन्छे । 'एक जोडी छालाका जुत्ता, सेतो मोजा र नीलो मोजा एक-एक जोडी, भिर्ने ब्याग एउटा ल्याइदिनु, भृकुटीमण्डपमा सस्तो पाइन्छ होला ।' भावनाले भनिन् ।
त्यतिबेला हाम्रो डेरा धोबीधारामा थियो । साली नम्रता, जेठान जनार्दन र म बस्थ्यौँ । उनीहरू कीर्तिपुरमा एम.ए.पढ्थे । म बैङ्कमा जागिर खान्थेँ । त्यति बेलै नम्रताको विवाह हुने भयो । सिभिल इन्जिनियर रहेछन् । अभिभावक भएर कुराकानी गरेँ । ठीकै लाग्यो । 'केटा र केटी कुरा गर, मन परापर भयो भने हुन्छ' भनिदिएँ ।
मन परापर भएछ । दुवै जनाले 'हुन्छ' भने । त्यसपछि मोरङबाट सबैजना आए । साथमा छोरी पनि ममीको पछि लागेर आन्टीको विवाह खान आई । यता सरसहयोग गर्न भनेर सम्झौताकी आमालाई पनि बोलाएँ । गौशालाको धर्मशालाबाट नम्रताको विवाह भयो ।
विवाहको भोलिपल्ट हामी घरायसी कुराकानीमा व्यस्त थियौँ । पल्लो कोठाबाट भावना रोएको आवाज आयो । अहिले त विश्वास लागेन । कोठाको हल्लालाई रोक्तै कान थापेको, भावनाकै आवाज रहेछ । 'हिजो बहिनी पठाएको, आज उनलाई पीर परेछ' भन्दै पल्लो कोठामा दौडेँ । सम्झौताकी आमा र भावना मात्र रहेछन् । म पुग्नासाथ नाकको सिँगान पुछ्दै भावनाले भनिन् -'हेर्नु न बाबा ! यसले त छोरी लान्छु भन्छे । जन्मेदेखि गुहुमुत मैँले धोएँ, आज त्यसो भन्छे ।'
भावना झन् भक्कानिएर रुन थालिन् । वातावरण एकदम कोलाहलमय भयो । सम्झौताकी आमा पनि घोसेमुन्टो लाएर रुन थाली । मैले उसको छेवैमा गएर सोधेँ-'के भाउजूले भनेको कुरा साँचो हो ?'
उसले रुमालले आँसु पुछ्दै भनी-'हो, मलाई मेरी छोरीकी आमा हुने अधिकार छ । तपाईंहरू दिनुहुन्न भने यहीँ झुण्डेर मर्छु । यहाँ नदिए बसेकै घरमा मर्छु ।'
'उ.....सुन्नुभो त बाबा, फेरि त्यसै भनी ।' भावना हिक्कहिक्क गर्दै झन् ठूलो स्वरमा रुन थालिन् ।
'के गछ्र्यौ छोरी लगेर ?' मैले सोधेँ ।
'आफैँसँग राख्छु, साथी हुन्छे । आई.ए.पास भएँ, अब बी.ए. पढ्छु । अङ्कलले जागिर पनि खोजिदिनेहुनुभा'छ ।'- उसले भनी ।
'अनि कहाँ बस्छ्यौ त ? अङ्कलको घरमा कुमारी केटी हो भनेको छ । नौ वर्षकी छोरी देखेर निकाल्दैनन् ?' उभिएरै सोधेँ ।
'निकाल्दैनन् । मैले सबै कुरा भनिसकेँ ।' उसले दह्रोसँग जवाफ दिई ।
त्यसपछि मलाई लाग्यो - हामी संवेदनशील विषयमा गलफत्ती गर्दै छौँ । यस्तो विषयमा जति विवाद गर्‍यो उति मूर्ख हुइन्छ । त्यसकारण मायाको जालोमा फस्नुभन्दा बाहिर निस्कनै राम्रो हो ।
'ल, ल, तिम्री छोरी लैजाऊ । गाविसमा गएर निवेदन दिनू । समाज भेला गरेर सर्जिमिन गर्नू । स्कुलमा पनि छोरी जिम्मा लिएँ भनेर कागज गर्नू । भरे बेलुकाको नाइट बसमा आमाछोरी जानू । भाउजूहरू पाँच दिनमा घर फर्किन्छन्, तिमीले मोरङ छाडिसक्नू । अनि सुन ! दाजुभाउजू छन् भनेर फेरि खोज्दै नआउनू । अब हामीले यो सम्बन्धलाई बिर्सनुपर्छ ।' वास्तवमा म भावुक र आवेगको मनस्थितिमा थिएँ । मलाई एकछिन पनि संवाद लम्ब्याएर घटनालाई जटिल बनाउन मन थिएन । उता भावना विक्षिप्त अवस्थामा लडिरहेकी थिइन् ।
'दाजु ! छोरीलाई कसरी लानु ? मेरो छेवै पर्दिन ।'- उसले अनकनाउँदै सोधी । पसलमा बिस्कुट किनिदिन्छु, हिँड् भनेर लैजाऊ । हातमा दसबीस रुपियाँ हालेर अलिक पर पुर्‍याऊ । आफ्नी छोरीलाई फकाउन मैले सिकाउनुपर्छ ?'- मैले झर्किंदै भनेँ । मनिव्याग च्यापेर ऊ बाहिर दौडी । सम्झौता र निमेष आँगनमा खेल्दै थिए । म भावनालाई सम्झाउनपट्टी लागेँ ।
चार दिनपछि आमाले खबर पठाउनुभयो -'हिँड्ने बेलामा सम्झौता साह्रै रोई । आमा चाहिँले 'ड्याडीममी काठमाडौँमा छन्, त्यहीँ पुर्‍याइदिन्छु भनेर फकाई । छरछिमेकी सबैले सम्झाए तर ऊ बाघजस्ती भई । कसैलाई छेउ पर्न दिइन । फुच्चीका जुत्ता, मोजा, किताब, झोला, लुगाफाटा सबै यहीँ छन् । आमाले 'बोक्' भन्दा मानिन । 'मलाई काठमाडौँबाट आएपछि बोर्डिङ जाँदा चाहिन्छ' भनी । रुवाउँदै - रुवाउँदै लगेकी छे है ।'
आमाको समाचारले झन् आहत बनायो । घरभित्रको पीडाले कसरी जलाउँदोरहेछ, हामीले पहिलोपल्ट थाहा पायौँ ।
नम्रतालाई घर पठाइसकेपछि सबै जना मोरङ गयौँ । 'छोरी नभएको घर जान्नँ' भनेर भावनाले पीर गरेकीले म पनि पुर्‍याउन गएँ । घर पुग्नासाथ छिमेकीले घेरे तर मैले सबैलाई सम्बोधन गर्दै भनेँ- 'छोरीको कुराबाहेक अरू कुरा मात्र सोधीखोजी गर्नुहोला । उसलाई घरमा ल्याउँदा तपाईंहरूले देख्नुभएकै हो, नौ वर्षसम्म कसरी बसी, कहाँ बढी थाहै छ । अन्त्यमा आमाले कसरी लगी तयो पनि देख्नुभएकै हो, अझ आमाचैका बारेमा समेत तपाईंहरूलाई थाहा छ । त्यसकारण यस विषयमा तपाईंहरूले कुनै प्रश्न नगरिदिनुहोला ।'
सबै जना चुप लागे । हाम्रो घर त मौनधारण गर्ने ठाउँजस्तो भयो । २०६६ सालको दसैँमा मोरङ गएँ । काठमाडौँको घरमा ताला लगायौँ । छोराहरू पनि सँगै गए । मोरङको घरमा भावना र आमा बस्थे ।
नवमीको बिहान तल्लो कोठामा भावना बरबराएको सुनेँ । फेरि सुँक्क-सुँक्क गरेको आवाज पनि आयो । के भएछ भनेर बिस्तारै पाइला चालेर हेर्न गएँ । उनी त दस वर्षअघिका सम्झौताका जुत्ता, ब्याग, किताव पो पुछेर राख्दै गरिछिन् । म केही बोलिनँ । उनलाई देखेजस्तो पनि गरिनँ । फनक्कै फर्केर माथ्लो कोठामा आएँ । रिँगटा लाग्लाजस्तो भयो । थ्याच्च पलङमा बसेँ र मनमनै भनेँ- 'अब कि यो घरमा अर्की सम्झौता ल्याउनुपर्‍यो, कि यी सामानलाई नदेखिने गरी तह लगाउनु पर्‍यो । नत्र तिनीहरू जहिलेसम्म देखिने र भेटिने ठाउँमा रहन्छन्, तहिलेसम्म हाम्रो घरमा यो विरही धुन बजिरहने भो ।