एजेन्सी । संग्रहालयमा के हुन्छ ? सहजै अनुमान गर्नुहुन्छ, पुराना सामानहरु, दुर्लभ पशु पन्छीका अवषेश । तर, आइसल्याण्डको एक संग्रहालयमा भने विभिन्न जनावरको लिङ राखिएको छ । हालसालै उत्त सग्रहालयमा मानव लिङ समेत राखेपछि सग्रहालय पूर्ण भएको त्यसका मालिकले बताएका छन् ।
विभिन्न जनावरहरुको अनौठो लिङ्गहरु संग्रह गरिएको हुसाभिक शहरस्थित संग्रहालयलाई मृत्युपर्यन्त आफ्नो लिङ्ग दान गर्ने घोषणापछि ९५ वषिर्य अरसन चर्चा बटुल्न सफल भएका थिए । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो । अरसनपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् ।
संग्रहालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो ।
शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ । पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने आशा गरिएको छ ।
आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ