रविवार, 15 मई 2011

साहसी छोरी वीर नेपाली की


पहाड मा जन्मेर छाङ्गा सँग खेलेकी
साग र सिस्नु फाँपर खाएर हुर्किएकी
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की

नाला पानी किल्ला सँग लड्ने मेरा पुर्खा
साना-साना राज्यलाई समेट्ने मेरो गोर्खा
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की

चैतमा लाग्ने उराठ बैशाखमा फूल्ने गुराँस
साजाउँदिन चूल्ठो मा ओरपर फूल्ने पलास
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की

जस्तो सुकै दु:ख आओस पनि आत्तिदिन
सुखले चुमोस मेरो पाइला पनि मात्तिदिन
हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की

सम्पती भन्नु आफ्नो मेरो मात्रै दया धर्म
भूल्ने छुईन कहिल्यै पनि बाउँबाजेको कर्म
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ