काठमाडौं, वैशाख १९ – दलीय भागवण्डाको बिरोधमा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनसनमा बसेका कास्कीका पत्रकारहरुमाथि नेतृत्व तहका पत्रकारहरुको अगुवाईमा हातपात भएको छ। हातपातकोक्रममा पेटमा चोट लागेर पोखरा एफएम र हिमदूत दैनिकमा कार्यरत पत्रकार कृपा भण्ढारीमा घाईते बनेकी छन। पेटमा चोट लागेर लगातार बान्ता गरिरहेकी उनलाई काठमाण्डौं मेडिकल कलेजमा उपचारको लागि लगिएको छ।
बिधिसम्मत अधिबेशनको माग गर्दै कास्कीमा ११ दिनदेखि भोक हड्तालमा बस्दा पनि कुनै सुनुवाई नभएपछि पोखराबाट पत्रकाहरु यहाँ आएका थिए। महासंघका उपाध्यक्ष गोविन्दले आफै अग्रपंक्तिमा रहेर अनसनकारीलाई घिच्याउँदै हातपात गर्दै अरुलाई पनि उक्साएको उनीहरुले आरोप लगाए। महासंघ सभापति धमेन्द्र झाको नेतृत्वमा महासंघका उपाध्यक्ष गोविन्द आचार्य, कोषाध्यक्ष रमेश विष्ट, केन्द्रीय सदस्य प्रमोद दाहालले अनसनकारीले ताला नखोलेको भन्दै जाइलागेको कास्कीका पत्रकारहरुको आरोप छ।
कास्कीमा ११ दिनदेखि भोक हड्तालमा उत्रेका कास्कीका पत्रकारहरु कुनै सुनुवाई नभएपछि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आइतबार बिहानदेखि तालाबन्दी गरी आमरण अनसनमा बसेका थिए। पार्सद र पर्यवेक्षक बनाउने आश्वासन अनसनकारी पत्रकारहरुले अस्वीकार गदै कार्यालयमा लगाएको ताला नखोल्ने अडान लिएपछि नेतृत्व तह हातपातमा उत्रेको थियो। अधिबेशन नै नगरी दल निकट पत्रकार संगठनले होटलमा बसेर राता राता आफु र आफु निकटलाई जिल्ला समिति र पार्सदमा चयन गरेपछि कास्कीका स्वतन्त्र, क्रियाशिल पत्रकारहरु न्याय खोज्दै महासंघको केन्द्रीय कार्यालयमा आईपुगेका थिए। यसअघि अबैधानिक जिल्ला समिति र पार्सद बारे जानकारी दिदै अनसनमा बसेपनि केन्दि्रय तहले कुनै सुनुवाई नगरीकन मागप्रति वेवास्ता गरेको थियो।
दल निकट संगठनले छानेका नामावलीलाई मान्यता दिएकोले आमरण अनसन र तालाबन्दीमा बस्न बाध्य भएको उनीहरुले बताए। एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस यूनियन र माओबादी निकट क्रान्तिकारी संघले अबैधानिक ढंगले छानेका पार्सद र जिल्ला कार्यसमितिलाई अमान्य घोषणा नगरेसम्म आमरण अनसन फिर्ता नलिने घोषणा गरेका छन। ‘बिधि, बिद्यान र कानुनी राज्यको माग गर्दै अनसनमा बस्दा पनि कुनै सुनुवाई नभएपछि आमरण अनसनमा जानुको विकल्प रहेन’ आमरण अनसनमा बसेका पत्रकार नवीन सिग्देलले भने ‘गलतढंगले छानिएका जिल्ला कार्य समिति र पार्सदलाई अमान्य नगरेसम्म अनसन फिर्ता हुने छैन ।’ महासंघको केन्दि्रय कार्यालयमा पहिलो दिन ओम हमाल, कमल पौडेल ‘अथक’ आमरण अनसनमा बसेका थिए।
अधिबेशनै नगरी स्वतन्त्र पत्रकारहरुको छाता संगठनमा दलिय भागवण्डाका आधारमा दलका कार्यकर्ता, ब्यापारि, ब्यबसायी, कर्मचारीको बाहुल्यता कायम गरिएको बिरोधमा कास्कीबाट तीन दर्जन पत्रकार महासंघको कार्यालयमा आएका छन। २ सय ६० सदस्य रहेको कास्की महासंघमा अधिबेशनको माग गर्दै बहुमत सदस्यहरुले महासंघको केन्दि्रय कार्यालयमा हस्ताक्षर समेत बुुझाएका थिए। यसअघि केन्दि्रय कार्यालयको प्रतिनिधित्व गरेका रमेश विष्टले कास्कीमा बिबाद भएकोले कुनै पनि नाम नलैजाने बचन दिएपनि दल निकट संगठनले दिएका नामावली केन्दि्रय कार्यालयमा बुझाएका थिए।
निरकुंश शैलीमा दलिय भागबण्डा गरी आम पत्रकारहरुले लोकतान्त्रिक अधिकार अपहरण गरेपछि बिरोधमा उत्रनु परेको पत्रकारहरुले बताएका छन। ‘पत्रिकामा पार्सदमा चुनिनेमा मेरो नाम पनि देख्दा मलाई आश्चर्य लाग्यो’ न्यूजमार्ट डेलीका सम्पादक राजेन्द्र अधिकारीले भने ‘मैले उम्मेदबारीका लागि निबेदन पनि दिएको थिईन, सहमति पनि जनाएको थिईन।’
पुनराबेदन अदालत पोखराले अबैधानिक कार्यसमिति र पार्सदको बिरुद्व कारण देखाउ आदेश जारी गरिसकेको अबस्थामा महासंघ केन्दि्रय समितिको गत १६ गतेको बैठकले दल निकटका संगठनले छानेको नामावलीलाई अनुुमोदन गरेको थियो।
पत्रकारहरुले आफ्नो घरमा आएर झुक्याएर हस्ताक्षर गरेको गुनासो गर्दै धमाधम समर्थन फिर्ता लिएको घोषणा गरेका छन। महासंघमा दलिय गुटबन्दी हावी हुँदा स्वतन्त्र पत्रकारिताको पेशा कुण्ठित, अमर्यादित हुने उनीहरुको ठहर छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ