आजकल उसको भूमिका फेरिएको छ । भूमिका फेर्दै अघि बढ्दै गरेर त यति चाँडै उनीहरू यहाँसम्म आउन सफल भएका छन् । समलाई आफ्नो अनुकूलमा डोर्याउँदै समयसँगै अगाडि बढ्न असाध्यै सिपालु छन् उनीहरू, यसै भन्छन् जानिफकारहरू । ऊ आजकल काठमाडौँमा छ । नेपालको राजधानीमा । यहाँ उसलाई त्यस्तो नौलो केही लागिरहेको छैन । घरहरू उस्तै छन् तर बाक्ला, मान्छेहरू पनि उस्तै हुन् तर धेरै । उसलाई यहाँको एउटा कुराले अचम्मसित आकषिर्त गरेको छ । त्यो हो जता हेर्यो उतै लाइनमा बसेका मोटरगाडीहरू । संविधानसभाको चुनावको कुराले खुब चर्चा पाएकोले होला ती गाडीका लाइन उसलाई भोट हाल्न पालो पर्खिरहेका मताधिकारीजस्तो पो लाग्छ विस्तारैविस्तारै अगाडि बढिरहेका । सहरमा चिल्ला र फराकिला सडक हुन्छन् । खोला नभएको ठाउँमा पनि पुल पो हुन्छ कतैकतै त । गाडीहरू हुइँकिरहेका हुन्छन् आफ्नै सुरमा । यस्तै सुनेको थियो उसले गाउँमा छँदा । केको हुइँकिनु ! गाडी विस्तारै र्सर्दैपो छन् । ऊ डराइडराइ छेउछाउबाट हिँड्दैछ । अलिपर पुग्छ ऊ । बीच बाटोमा गाडीको लाइन ब्रि्रन्छ । कोही उत्तर र्फकन्छन् कोही दक्षिण, कोही पर्ूव लाग्दैछन्, कोही पश्चिम । उसलाई निर्वाचनमा धाँधली हुनलाग्दाको क्षण याद आयो । बीचमा उभिएर एउटा ट्राफिक प्रहरी सिट्टी फुकिरहेको छ । निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न खटिएको म्यादी प्रहरीजस्तो विचरा ! निरीह । त्यत्रा लाइनका अगाडि के गरोस् त्यसले । "लौ रत्नपार्क रत्नपार्क .." एउटा दस/बाह्र वर्षो केटो कराइरहेको छ । गाडीमा बस्छ ऊ । माइक्रोबसरे त्यो गाडीको नाम । सानो छँदा लुकामारी -तेलकासा) खेल्दा धानको खाली भकारीमा लुकेको याद आउँछ उसलाई । "अलिकति सिट दिनुस् न भन्या... " त्यो फुच्चे र्झकन्छ । ऊ कच्याककुच्चुक पर्छ । बेस्सरि साँघुरिन्छ, साच्चिकै लुकेकोजस्तो गर्छ । अरू यात्री आएर बस्छन् । त्यो भकारीरूपी बस भरियो । बत्तियो अगाडि लाइनमा बस्न । लाइनमा बस्दै हिँड्दैछ बस । कोही बसमा चढ्छन्, कोही र्झछन् । रत्नपार्क पुग्न त लामै समय पो लाग्दोरहेछ । "लौ रत्नपार्क झरौं है..." फुच्चेे करायो । ओर्लनथाले सबैजना । सिधा उभिन बन्दैन तर सबैजना एकसाथ उठे । एउटा आर्लियो । अर्की ओर्लियो । एउटाको पुच्छर अर्कोले समातेको जस्तो । पुरानो घरको दलिनमा चुकेमुसा लाइन लागेर हिँडेजस्तो । ऊ पनि आर्लियो । बडो अप्ठेरोसँग आफूलाई दर्ुघटनाबाट बचाउँदै सडकपेटीमा उक्लियो । ऊ हिँड्न खोज्दै थियो । उसका आँखा एउटा केटामाथि पर्यो । आफ्नो अगाडि २/४ वटा मध्यान्हका र सन्ध्याकालीन पत्रिका राखेर रोइरहेको छ । "क्वा... क्वा...." रोइरहेको छ । छक्क पर्यो ऊ । यताउता हेर्यो । कसैले वास्ता गरेको छैन । ऊ पनि एकमन त अगाडि बढ्न खोज्यो तर भरखर गाउँबाट आएको ऊ त्यसरी रुँदै गरेको मान्छेलाई छोडेर कसरी अगाडि बढ्न सक्छ । केटाको नजिक गयो ऊ । "के भो भाइ किन रोएको -" प्रश्न गर्यो । "समाचार हर्ेर्नुस् दाइ कस्तो ...क्वाँ .. क्वाँ ..." केटो झन् जोडले रुन थाल्यो । "के रहेछ र भाइ" ऊ उत्सुक बन्दै सोध्छ । समाचार हेर्यो । एउटा घरेलु हिंसाको समाचार रहेछ तर प्रतिष्ठित परिवारको । "अनि तिमी किन रोएको त -" उसले पत्रिकाको पैसा दिंदै सोध्यो । "यी पत्रिका बिकाउन" त्यो केटो बडो गजबले मुस्कुरायो । छक्क पर्दै अगाडि बढ्यो ऊ । "गजब गजबका मान्छे भेट्टँिदा रहेछन् सहरमा । दर्ुइ रुपियाँको पत्रिका बेच्न त्यत्रो नाटक" मनमनै सोच्तै अगाडि बढ्दैछ ऊ । उसले पत्रिका हेर्यो खासै केही लागेन नयाँ । प्रायः सबै उस्तै खबरले पाना भरिएको महसुस गर्यो उसले तर पैसा परेको चीज फालिहाल्न मन लागेन उसलाई । पट्याएर गोजीमा हाल्यो । बजारको काम सिध्याएर बेलुकी कोठामा पुग्यो । रेडियो खोल्यो । समाचारका शृङ्खलाहरू अगाडि बढे । फेरि त्यही बिहानको समाचार आयो । पीडित पक्षसँग अन्तर्वार्तासहित । गोजीबाट पत्रिका निकाल्यो वल्र्टाईपल्र्टाई हेर्यो । त्यो समाचार पुनः पढ्यो । ऊ हर्ेदाहर्ेर्दै गम्भीर बन्यो, निकै गम्भीर । उसलाई विगतको एउटा घटनाको याद आयो । घटना पनि के भनौ र ! एउटा इतिहासको याद आयो । ०५५ सालतिरको घटना हो । आजभन्दा करिब आठ वर्षपहिलेको । सम अवधिको हिसाबले हर्ेदा त पुरानो घटना तर आज उसलाई त्यो घटनाको ताजा याद आयो । घटना उसको जिल्ला रोल्पाको हो । उसकै सहयात्री दिदीसँग सम्बन्धित । ऊ उनलाई दिदी नै भनेर सम्बोधन गर्दथ्यो । २०२५ सालतिर जन्मिएकी हुन् रे उनी । पहाडको ठाउँ दर्ुइ कक्षासम्म मात्र स्कुल जान पाएकी । स्कुल गएको के कुरा गरौं र, जेहोस् अक्षर पढ्न र लेख्न जान्ने थिइन् उनी । असाध्यै मिलनसार, कसैको आँखामा नबिझाउने । घरमा सासू-ससुरा, श्रीमान्, देवर र उनका दुइवटी छोरीहरू । जम्माजम्मी परिवार यत्ति नै । पहाडको ठाउँ बिहानदेखि साँझसम्म काममा नजोतिएर खान कहाँ पुग्छ र ! तर खान पुग्ने परिवारका थिए उनीहरू । असाध्यै दुःख गर्दै खुसीका साथ बित्दै थियो जिन्दगी उनीहरूको । बडो गजवको गफ चल्थ्यो उनीहरूको बीचमा बेलुका केहीबेर । खाना पाक्दै गर्दा केहीबेर अँगेनाको डिलमा जम्मा हुन्छन्, सबैजना ।
त्यही हो उनीहरूको भेट हुने ठाउँ । बिहान त उज्यालो नहुँदै एकएक गाँस टिप्छन् अनि को कता, को कता । ससुरा बूढा राणाकालका कुरा झिक्थे । सासू अँ.. अँ.. भन्दै मकैका रोटी पकाइरन्थिन् । उनको श्रीमान् कुलोपानीको बैठकको कुरा निकाल्छन् । उनको देवर स्कुलमा बनेको सङ्गठनको कुरा झिक्थ्यो । उनी महिलाहरूले जम्मा गर्दै गरेको कोष र जाँड रक्सी विरोधी आन्दोलनको प्रसङ्ग उठाउँथिन । बडो रमाइलो हुन्थ्यो उनीहरूको त्यो बेलाको जमघट । एउटा गतिले गोलमेच सम्मेलनजस्तो स्वतन्त्रता र मुक्तिप्रतिको जागरणले छपक्कै ढाकेको थियो, त्यो घरलाई । कसैलाई कसैप्रति गुनासो थिएन । आ-आफ्नो काम गर्यो र बचेको समय मुक्तियात्रामा खर्चियो । बेलुकीपखको त्यो सौहार्द अग्रगामी छलफलले सबैजनाको दिनभरिको थकाई मेटाइ दिन्थ्यो । मकैरोटी र अदुवाको चट्नी खाएर सुत्दथे सबैजना मीठो न्रि्रा । त्यो खुसीले भरिपर्ूण्ा जीवनमा एक दिन सङ्कटको आँधी आइपुग्यो तर कल्पित आँधी । विपत्ति प्रतिरोधक क्षमता जति धेरै भए पनि विपत्ति विपत्ति नै हो । हलचल ल्याइदियो उनीहरूको परिवारमा । परिवारमा मात्र के भनौ र सारा गाउँमै उपद्रो मच्चियो । बिहान उठेर सबै आ-आफ्नो काममा गएका थिए, गाउँमा पुलिस आए । भागाभाग मच्चियो । चेतना भएका र शरीरले सक्ने जतिलाई पुलिसबाट लुक्नुपर्ने बाध्यता छ त्यो गाउँमा । भेट्टायो कि मारिहाल्छ । पुलिस प्रशासनको लागि एक नम्बरको दुश्मन गाउँ त्यो । कोही ओडार पसे । कोही जङ्गलतिर भागे । कोही आफ्नै घरमा बनाएका लुक्ने ठाउँमा लुके । एकैछिनमा सुनसान भयो गाउँ । पुलिसले आफ्नो काम गर्यो । दूध, दही, मह, अण्डा जे पायो खायो । सुँगुरका खोरहरू खोलिदियो । आठदशवटा घरमा आगो लगाइदियो । ताण्डव मच्चाएर बेलुकीपख फर्कियो पुलिस । फर्कियो के भन्ने र गाउँको अलिपर देखिने ठाउँमा पाल टाँगेर बस्यो । त्यो हँसिलो गाउँमा सन्त्रास फैलियो । एकदिन भयो दर्ुइदिन भयो पुलिस फर्किएन । त्यहीँ अझ, व्यवस्थित गरी बस्न पो थाल्यो । गाउँका आइमाई र बूढाबूढीहरू विस्तारै गाउँमा र्फकन थाले । जे बाँकी थियो स्याहार्न थाले । स्याहार्ने के भनौ र फेरि नयाँ बनाउन थाले । अरू जे भए पनि आइमाई र बूढाबूढी सबैजना फर्किए । नफर्किएकाहरूको पनि खबर आयो तर उनको श्रीमान् न फर्किए, न खबर आयो । देवर त अरूजनासँगै पार्टर्ीी सर्म्पर्कमा भएको खबर पाइन् उनले तर उनको श्रीमान् बेपत्ता । आपत्विपत्को पनि बानी पर्न थाल्दोरहेछ मान्छेलाई, अचम्मसित । घर जले पनि कोही रोएनन् । सामान लुटिए पनि कोही कराएनन् तर एक अर्काको आँखामा हर्ेर्दै दृढ प्रतिज्ञा गरे उनीहरूले, क्षतिपर्ूर्ति ब्याजसहित उठाउने । उनीहरूलाई विश्वास छ योजनाबद्ध पक्कै यो घाटको घाला पर्ुर्ने । त्यही दिनको प्रतीक्षामा आफ्नो नियमित काममा लाग्यो बाँकी रहेको उनको परिवार र गाउँलेहरू । अघिपछि पनि पुलिस आउने, उत्पात मच्याउने र जाने त गरिरहन्थ्यो र फेरि सबै मिलेर गाउँघरलाई जस्ताको तस्तै बनाउँथे तर यसपालि पुलिस सदरमुकाम फर्किएन, गाउँमै बस्यो । भयो बरवाद । महिलाहरूको पनि असुरक्षा उत्तिकै बढेकै छ, पुरुष त देखिनै भएन । उनको श्रीमान्लाई त्यसैदिन मारेर सल्लेरीमा फालेका रहेछन् । त्यसदिनदेखि थप तीनजना गाउँले पुरुष मारिए । अब गाउँमा को बस्नु । सबैजना लागे 'पार्टर्ीीको सर्म्पर्कतिर । वैशाखको अन्तिमतिरको कुरा हो यो । मकै र्छनलाई बारी जोतेर ठिक्क पारेको छु । पानी पर्ने बाटो हेरिरहेका छन् उनीहरूले । गाउँमा हिँड्नसक्ने बूढाखाडाबाहेक कोही पनि लोग्नेमान्छे छैन । न मकै नरोपेर भएको छ न हात र कोदालोको भरमा साध्य छ । वल्लोपल्लो गाउँको पनि हालत करिब करिब त्यस्तै हो, सहयोग गर्नै चाहने पनि गाउँमा आउन प्रतिबन्ध छ । पानी पनि परिहाल्यो अलि चाँडै पो पर्यो । दर्ुइ चार दिनपछि पानी परेको भए पनि त हुने । दिक्दारमा छन् गाउँलेहरू । रमाइलो ऊर्जाशील साँझ कता गयो कता । बूढा सासूससुरा उनी र केटाकेटी मात्र छन् घरमा । कोही कसैसँग बोल्दैन । चुपचाप । असाध्यै अत्यासलाग्दो चुपचापसँग बित्छ उनीहरूको आजकलको साँझ । सासू उस्तैगरी रोटी पकाउँदैछिन् । ससुरा आफ्नै ठाउँमा बसेका छन् । छोरीहरू टोलाइरहेका छन्, कहिले भोक लागेको आँखाले हर्ेछन्, कहिले निन्याउरो आँखाले आमालाई हर्ेछन् । उनी पनि चुपचाप मकैको बीउ छोडाउँदै छिन् । 'के दुःखका दिन आए बरा... ' बूढीले लामो सुस्केरा हाल्दै मौनता भङ्ग गरिन् । 'के भन्छे यो बूढी के दुःखका दिन्... भेतनामका कुरा सुनेकी छैनस् लाटी । त्यसको अगाडि हाम्रो के । बूढो एकाएक जोसिए । 'सुन्ने एउटा हो, भोग्ने अर्को...' बूढीले विस्तारै भनिन् । उनी चै विस्तारै मकै छोडाउँदै छिन् । 'आफूलाई पनि पर्छ । गर्नु, व्यहोर्नु पर्छ भनेर त देश-विदेशको कुरा सुन्ने हो । के पुराण सुनेकी होस् तैंले ।
सुन्यो सिद्धियो ।" बूढा अझै तातिए । त्यसपछि फेरि मौनता । खाना खाए, अनि सुते सबैजना । बिहान सबेरै उठिन् उनी । ओछ्यानमै बसेर आफ्ना गहना फुकालिन् । पहाडको ठाउँमा गरिबै भने पनि दुइचार तोलाको गहना हुने कुरा सामान्य नै हो । उनी त झन् खान पुग्ने परिवारका । राम्रै गहना छ उनीसँग । ढुङ्ग्री, माडवारी, तिलहरी, बुलाकी, औंठी सबै फुकालिन् उनले । एउटा टालोमा पोको पारिन् र बाकसमा राखिन् । बाहिर निक्लिन् । सासूससुरा उठिसकेका रहेछन् । आँगनमा उभिएर पर्ूवतिर हर्ेदा टोलाइरहेका । उनलाई देखेर छक्क परे उनीहरू तर प्रतिक्रिया केही व्यक्त गरेनन् । उनी सरासर गोठमा गइन् । गोरुलाई घाँस/दाना दिइन् । हलो/जुवा निकालेर आँगनमा ल्याइन् । घरभित्र गइन् । हलो मर्मत गर्ने राँबो/बसिला लिएर आइन् र भुइँमा राखिन् । अनि मात्र बोलिन् उनी "बुबा हलो र जुवा हेरिदिनुस् त ठीक छ कि छैन ।" बूढा छक्क पर्दैछन् । सकिनसकी आफ्नो ठाउँबाट उठेर हलो भएको ठाउँमा आए । ठाकठाक ढुक्ठुक् गरे । हलो र जुवा दुवैलाई ठोकाठाक गरी ठीक पारिदिए । "तैंले जोत्छेस् त बारी.. -" बूढा विस्तारै सोध्छन् ।" "आमा तपाईं मकैको बीउ लिएर आउनुहोस् । सकिनसकी भए पनि आज खाना बुबाले पकाउनु होला । नानीहरू पनि छन्, सघाउनलाई ।" भन्दै ससुराको प्रश्नको कुनै जवाफ नै नदिई गोठमा गइन् । गोरु फुकाइन् र हलोजुवा बोकेर बारीमा लागिन् । पानी परेर फाटेको आकास । वरपरसम्म स्पष्ट देखिन्छ । कुहिरो छ त न कतै बादल । माथि हिमालको आँखै तिरमिराउने हिउँदेखि तल सुसाइरहेको खोलासम्म स्पष्टै देखिन्छ । उनले गोरु नारिन् । दाहिने गोरुलाई दाहिने नै नारिन् र देव्रेलाई देव्रे नै । हलो जोडिन् र जोत्न थालिन् । अनि सासू पछिपछि मकैको गेडा खसाउँदै हिँड्दैछिन् । एउटा इतिहास बदलियो । पुरातन संस्कृतिमाथिको प्रहारले एउटा भयावह स्थिति पैदा गर्यो । सब उलटपुलट भयो । उनले दायाँबायाँ कतै नहेरी गोरु हिँडाइरहिन् । न अनो हल्लियो न हलो अड्कियो । उनको त्यो अदम्य साहसको अगाडि सब नतमस्तक । एक मेलो जोतेर निधारको पसिना पुछ्दै यताउता हेरिन् । अरू दिदी बहिनीहरूले पनि गोरु नारेका । कसैले गोरु नार्दैछन् । कोही भरखर ल्याउँदैछन् । कसैले जोत्न सुरु गरेका । उज्यालो बिहानीमा राता कपडा लगाएका नारीहरूले पाखैभरी हलो जोतिरहेका । यो देखेर उनको आँखाबाट आँसु आयो । उनको मनमा पीर कति छ । त्यो त उनलाई नै थाहा होला तर उनका श्रीमान् मरेको खबर सुन्दा पनि उनको आँखाबाट आँशु आएको थिएन तर उनी अहिले असाध्यै भावुक भएकी छिन् । उनी रोइरहेकी छिन् । लाग्छ त्यो एउटा विजयको आँसु हो । अचम्म हुँदोरहेछ एउटा उद्देश्यमा हिँडेकाहरूको आँसु र दुःखमा भन्दा विजयमा यो बढी देखिन्छ । यहाँ पनि त्यस्तै आँसु देखियो । एउटा नयाँ आँसु । परम्परालाई चुनौती दिने आँसु । अन्धो शासकलाई खबरदारी गर्ने आँसु । गाउँका सबै महिलाले आफैँ जोतेर मकै छरे । एउटा गजबको इतिहास रचियो । साँझबाट पुनः प्रत्येक घरमा सर भरियो । नयाँ जीवन पाएको अनुभूति गरे सबैले । गफगाफमा स्वाभाविक हार्दिकता आउन थाल्यो । गाउँबाट बाहिर गएका लोग्नेमान्छेहरू पनि रातिराति लुकेर केहीबेरको लागि गाउँमा आउन थाले, हतियारसहित । एउटा बेग्लै रौनक फेरि पैदा भयो । एउटा साँझ खानाको समयमा उनले कुरा उठाइन् "बुबा ! मैले अस्तिदेखि एउटा कुरा भनुँला भनेकी ..." "के हो भन्न्..." बूढा सहज सोध्छन् । "पार्टर्ीीई पैसाको साह्रै नै खाँचो परेको छरे आजकल.. । मलाई मेरा गहनाहरू फेरि लगाउने मन छैन । त्यो पार्टर्ीीई बुझाउँ है -" बडो गम्भीर हुँदै भनिन् उनले । "हो हो गजब हुन्छ । त्यो त गजब हुन्छ । कि तँ पनि दिन्छेस् ए बूढी -" बूढाले बूढीलाई जिस्काउँदै बुहारीको कुरामा सहमति जनाए । बूढी कानका गहना छाम्दै थोरै लजाएको जस्तो मात्र गरिन्, केही बोलिनन् । रौनक थपिँदै गयो । आवत-जावत बढ्दै गयो । नापनक्सा हुन थाल्यो । योजनाले मर्ूतता पाउन थाल्यो । छापामारहरू आए । गाउँलेहरूसँग घुलमिल हुँदै लुकेर बस्न थाले । एकाध लोग्नेमान्छे गाउँमा देख्दा पुलिसहरूलाई पनि स्वभाविक नै लाग्न थाल्यो । योजनाले मर्ूतता पायो । एकरात आक्रमण भयो । पुलिसहरु डल्लो परेकापर्यै भए । जम्मा अठार वीसजना न थिए । फाटफुट गोली हानाहानकै भरमा आत्मर्समर्पण गरे पुलिसहरू । सेन्ट्री बसेका दर्ुइजना बाहेक पुलिसहरूतर्फकसैलाई केही भएन ।
उनीहरूको तर्फपनि कसैलाई केही भएन । उनीहरूतर्फपनि खासै केही भएन । पन्ध्र थान राइफल र थुप्रै गोलीगठ्ठा कब्जा गरे । आत्मर्समर्पण गरेकालाई छोडिदिए । अर्कोदिन बिहान आ-आफ्नो सामान बोकेर सदरमुकामतिर लागे पुलिसहरू । उनीहरू पनि आफ्नो बाटो लागे । गाउँलेहरू जम्मा भएर गाउँलाई व्यवस्थित गर्ने छलफल गर्न थालेका थिए । दर्ुइ दिनपछि पुनः पुलिसहरू आए । अस्तिको लडाइँमा छोडिएका जति सबै र थप अरू पनि आए । नेतृत्व पहिले त्यहाँ भएका पुलिसको कमाण्डरले गरिरहेको छ । फेरि उही ताण्डव मच्चियो । पुलिसको आँखा उनीमाथि परेको थियो, विशेषगरी त्यो बारी जोत्ने पर्वदेखि । धर्ुइधर्ुइ खोजी गर्न थाले उनको । उनी जङ्गलतिर भाग्दै थिइन् । कस्सोकस्सोगरी देखिहाल्यो, त्यो कमाण्डरले उनलाई । लखेट्न थाले । आधाघण्टा जति त भागिन् उनी तर ती तालिमप्राप्तहरूका अगाडि उनको के चल्थ्यो र समातिहाले । मान्छेले गर्न नसक्ने जति सबै गरे उनलाई । उनी पनि कम बहादुर त हैनन् एउटा सामान्य मान्छेले पचाउनै नसक्ने यातना पचाइन दाह्रा किटेर तर भन्दै भनिनन् चौकी आक्रमण गर्ने छापामारहरू कहाँ छन् भनेर । उनको पाइतालामा गोली हानियो । उनी चिच्याइन् "ए दुष्ट हो सक्र्र्छौं भने छातीमा गोली हान नामर्दहरू..." वर्ण्र्ाानै गर्न नसकिने यातना दिए उनलाई तर उनी गल्दै गलिनन् । पोल खोल्दै खोलिनन् उनले । हारथाक खाएपछि छातीमा गोली ठोकेर मारे, उनलाई । वरिपरिको झारपात बटुलेर अलिअलि जलाएको जस्तो गरेर फाल्दिए उनको त्यो बहादुर शरीरलाई । साँझ पर्नै लाग्दा आफ्नो काम सकेर पुलिसहरू सदरमुकाम फर्किए । अर्कोदिन गाउँलेहरू जम्मा भए । वल्लोपल्लो गाउँबाट पनि नारा लगाउँदै आए, सयौँ गाउँलेहरू । छापामार, नेता सबै आए । उनको आधा जलेको शरीरको दाहसंस्कार गरियो र, श्रद्धाञ्जली सभाको आयोजना गरियो । पालैपालो बोले बोल्नेजति सबैले । अब बोल्ने पालो उनको सासूको आयो । विस्तारै आफ्नो ठाउँबाट उठिन् सासू । उनको हातमा एउटा सानो पोका छ । बोल्नलाई अगाडि उभिइन् । उनको गला निचोरिएर आयो । अहँ, उनी केही बोल्न सकिनन् । उनले त्यो पोको भर्ुइंमा राख्न खोजिन् बुहारीका गहनाहरू रहेछन् । केहीबेर ती गहना हेरिरहिन् उनले । उनका आँखा रसाउन थाले । केहीबेर बोल्नै सकिनन् । विस्तारै उनले आफ्नो गलामा हात लगिन् । तिलहरी फुकालिन् । कानका ढुङ्ग्री फुकालिन्, चेप्टेफुकालिन् । नाकको बुलाकी पनि फुकालिन् । हातको औठी फुकालिन्, बाला फुकालिन् । भक्कानो फुट्यो । निकैबेर रोइन् विचरी । मुटु फुट्ने गरी नै रोइन् । सबैजना रोए । निकैबेर रोए । धेरैबेरको सुक्कसुक्क पछि वल्लवल्ल सामान्य बन्यो वातावरण । आफ्नो हातमा लाइराखेका गहना बुहारीको गहनामा मिसाइन् र केहीबेर यताउता हेरिन् । यतिबेला उनको आँखामा आँसु हैन, एउटा विश्वास छचल्किरहेको छ । एउटा अद्भूत विश्वास । "म त केही बोल्न जान्दिन... " उनले विस्तारै कुरा सुरु गरिन् "छोरा रहेन, बुहारी रहिन । हामीले यो शरीरमा प्वाल पारेर गहना लगाएर के गर्ने भन्थी बुहारीले । उनको रगतको बदला दिन म आफ्नो गहना पार्टर्ीीई बुझाउँछु ।" उनी निकै गम्भीर बनिन् । वातावरण नै रहरलाग्दो गम्भीरतामा परिणत भयो । केही सोचेजस्तो गरिन् । उनका आँखा एकाएक चस्किए, आफ्नो बूढालाई हेरिन् र "ए बूढा ! तँ पनि गहना दिनेकी भन्थ्यौ नि, यी मैले त दिएँ । तिमी पनि केही दिने कि -" ठट्यौली पाराले भनिन् र आफ्नो ठाउँमा बसिन् । बूढाका आँखा ढलपल ढलपल गरे । असाध्यै अप्ठेरो भयो उनलाई । मुटु छाम्दै उठेर एकाएक नारा लगाएर बूढाले- वीर सहिद- सबैले उनलाई साथ दिए- लालसलाम ! निकैबेर नारा लागिरहृयो । एउटा अद्भूत इतिहासको सम्झनामा अर्को इतिहास रच्दै नारा लागिरहृयो, लागिरहृयो । झल्याँस्स भयो ऊ । ऊ पुनः वर्तमानमा पुग्छ । दिउँसोको समाचार पुनः सम्झन्छ । त्यो चौकी कब्जा भएको । समाचार सकेजति सम्झन्छ । उसलाई नरमाइलो लाग्छ । आफ्नो डायरी निकाल्छ र यसो लेख्छ- "चौकी हानेको समाचार लेखियो, 'आतङ्ककारी आक्रमण' तर ती दिदीको सत्यकथा कतै आएन, हिजोआज पनि समाचार लेखिँदैछ पहेंला धातुको बारेमा परेको विवादको । म त छक्क पर्छी दिदीको रातो र तातो वास्तविकता यो समाजले कहिले स्वीकार्ने होला । कहिले सम्मान हुने होला त्यो ज्यूँदोजाग्दो इतिहासको । कहिले अनुसरण हुने होला त्यो अगुवा इतिहासको !

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ