रविवार, 22 मई 2011

पढ्‍ने धोको

'ए कान्छा, तँ पनि चिया खान्छस ?'

गलेर लखतरान देखिएको आफ्‍नो छोरालाइ उसले सोधी । छोरा बोलेन । टाउकाको टोपीले आफ्‍नो अनुहार सिनित्तै पुछ्‍यो । अनि त्यसैले हम्कन थाल्यो । पसल्नीले चिया ल्याएर बुढीलाइ दिइन । छोरालाइ पनि दिइन । छोराले छिट्‍छिटो चिया खायो । अनि जुरुक्क उठ्‍यो । तर तुरुन्तै के सोच्यो कोनि थचक्क बस्यो । आफ्‍नो हत्केला एकछिन नियाल्यो । करिब आठ नौ बर्षको उसले हत्केलाका रेखाहरु हेर्यो

वा ठेला त्यो भन्न सकिँन । तर उ घोरिन थाल्यो ।



त्यती नै बेला चिया पसलमा दुइजना मानिसहरु आए । दुवै कुनै विद्यालयका शिक्ष्ाक जस्ता देखिन्थे । उनीहरुले चिया मगाए र गफिन थाले ।

'हुस्सु र कुहीरो त निकै बढ्‍न थाल्यो है सर ?' एकजनाले भने ।

'हो त विहान यसो बाहिर निस्कुँ भन्यो, चिसोले कठ्‍याङि्‍ग्रएर निस्कनै सकिन्न ।'– अर्काले बताए ।

'त्यही त ।' चिया आइपुग्यो । दुवैले एक सर्को चिया पिए ।

'मेरो त विहान दुइ ग्रुप ट्‍युशन आउँछन । ढिलो उठ्‍नै पाइँदैन ।' पहिलोले भने ।

'तपाइको दुइ ग्रुप छन ? वाफरे । मेरो त विहान छैनन बेलुका तीन ग्रुप छन । जम्मा तीन ग्रुप । कसरी त्यत्रा भए तपाइका विद्यार्थी ?'

'यो सब त व्यापार हो नि रमेश जी । व्यापारमा धेरै पैसा कमाउन नयाँ नयाँ रणनीति अपनाएजस्तै मैले पनि सही रणनीति अपनाएकोले यस्तो भएको हो । के गर्नु ? विद्यालयमा पढाउँछु । सबैले सर त भन्छन नि तर आफूचाहि व्यापारी बन्नुपरेको छ । आजको दुनियामा व्यापार नगरी उन्नती हुँदैन नि ।' उनले बताए । यतीञ्जेल झोक्राइ रहेको त्यो अघिको भरिया केटा यतिखेर भने सिधा भयो । उसले ती दुवैलाइ हेर्‍यो । 'हैन हौ सर, यसपाली दश कक्षाका कति जना विद्यार्थी पास होलान एसएलसीमा ?' भावी प्रक्षेपणको लागि एकजनाले अनुरोध गरे । 'खै कति हुन्छन भन्नु ? चिट चोर्न पाए र राम्रोसँग सार्न पाए भने सबै पास हुन्छन । नभएपनि त्यस्तै चालिस प्रतिशत जति चाहि पास होलान ।' उनले रहस्य खोले । 'फेरी सेन्टर सारिदियो भने चिट चोराउन गाह्रो पो पर्ने हो कि ?' पहिलाले आशंका व्यक्त गरे । 'कसरी पर्छ गाह्रो ? हाम्रो विद्यार्थीलाइ गाह्रो पारे भने हामीले पनि त उनीहरुको विद्यार्थीलाइ जानेकै छौं नि ।' उनले यसरी बताए । उनीहरुको गफ ध्यानपूर्वक सुनिरहेको त्यो भरिया केटा उनीहरु नजिकै पुग्यो अनि मसिनो स्वरमा अचानक सोध्यो ('यो एसएलसी पास भयो भने के हुन्छ ? 'प्रश्न सुनेर ती शिक्षकद्धय हाँसे । एक प्रकारले ती बालकको खिल्ली उडाए । खिल्ली उडाउन नहुने हो । तर के सुर चढयो उनीहरुलाइ त्यसरी हाँसे । हाँसो रोक्दै एक जनाले उल्टै सोधे ('पढेपछि के हुन्छ ? 'ती भरियाले भने ('ठूलो मानिस भइन्छ ।''ठूलो भनेको कस्तो ?''तपाइहरुजस्तै ।' उसले उत्तर दियो । 'हो......। एसएलसी पास गरेपछि ठूलो हुने बाटो खुल्छ ।' शिक्षकले ती बालक भित्रैबाट उत्तर निकाले । 'एसएलसी पास नगरी ठूलो होइदैन ?' उसले जिज्ञासा राख्यो ।'अहँ । जसरी घरको तला माथि माथि चढ्‍न एउटा सिँढी अर्को सिँढी गर्दै चढ्‍नुपर्छ, त्यसैगरी एसएलसी पास नगरी त्यहाँ भन्दा माथि पढ्‍नै पाइदैन ।



अनि नपढीकन ठूलो मानिस बनिन्छ कहि ?' ती शिक्षकले एउटा अकाट्‍य सत्य बताए । 'अब म ठुलो मानिस बन्न के गनुपर्छ ?''पढ्‍नुपर्छ । कति पढेका छौ तिमीले ?' शिक्षकले सोधे ।'पाँच कक्षा पढेर छोडिदिएको ।' सगर्व बालकको उत्तर थियो यो । 'त्यसो भए तिमीले अझ धेरै पढ्‍न बाँकी छ । भारी बोकेर कति कमाउँछौ दिनको ?''असी नब्बे रुपियाँ ।' केटाले अघिको हत्केला आपसमा रगड्‍दै भन्यो । 'अब त्यो पैसाले किताब कापी किनेर स्कुलमा भर्ना हुनु । पढ्‍नु है । हामी लाग्यौं ।' शिक्षक त्यहाँबाट हिडे । उनीहरु हिडेपछि उसले उनीहरुलाइ टाढासम्म हेरिरह्यो । आमाले हिड्‍ भनेर घच्घच्याएपछि बल्ल झसंग भयो । बोक्न लागेको भारीबाट आफ्‍नो दृष्टि हटाइ आमातिर हेरेर उसले भन्यो ('आमा, म पनि ठूलो मान्छे बन्छु है । म पनि पढ्‍न जान्छु । पढेर ठूलो बनेपछि म तिमीहरु सबैलाइ आरामले पाल्छु नि है ।' छोराको यस्तो कुरा सुनेर आमा चाहिले केही उत्तर दिन सकिनन । चुपचाप भारी मिलाउन तिर लागिन । 'है ?' छोराले पुन: सोध्यो । 'मलाइ थाहा छैन । तेरो बाबुलाइ सोध ।' बाबुले अनुमती देलान कि नदेलान भन्ने दोधारमा पर्दै उसले भारी उचाल्यो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ