रविवार, 22 मई 2011

हर्के


खुला हृदयको हर्केलाई कसैको रीस छ न डरत्रास नै । विहानै काम गर्न निस्कन्छ हर्के । कहिले मुखियाको टारी खेतमा त कहिले डिट्ठाको गैरी खेतमा । छाक टार्ने देखि लिएर छोराछोरीलाई ड्रेस कापी कलम मसी आफ्नै पसिनाले पुर् याईरहेको छ । काँधमा रेडियो कहिल्यै छोड्दैन हर्के । कालीपारे दाइको गीत आउँदा खेतमै नाचिदिन्छ । रेडियोले 'कण्डम लगाऔं एड्स भगाऔं' भन्दा त्यसै हाँसीदिन्छ ।



दुई मात्र सन्तान ईश्वरको वरदानु भन्दा रेडियो नै बन्द गरिदिन्छ । हर्केका छोराछोरी आधा दर्जन भइसके । एउटा हुनेवालामा छदैछ । एकदिन हर्केकी श्रीमती बच्चा जन्माउन नसकेर बेहोस हुन्छे । उसलाई तुरुन्त अस्पताल पुर् याइन्छ । गाउँलेहरुले दश बीस रुपैयाँ उठाएर पाँच हजार सहित घीउ चामल दिन्छन् । हर्केले श्रीमतीलाई बचाउँछ । ऊ सबैलाई हसाउँछ । रेडियोमा गीत आउँदा आफूमात्र होइन मलाई पनि नचाउँछ । आजभोलि दुईमात्र छोराछोरी पाउनुपर्ने बताउँछ । मलाई घरीघरी सताउँछ । किनकी मेरो पनि यहि महिनामा विहे हुदैछ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ