सँधैजसो नेपालको सीमा फलानो ठाउँमा भारतले मिच्यो भन्ने समाचार आइरहन्छ। तर आज भने अचम्मै भो, नेपालले भारतको सीमा पो मिचेछ।
लौ नेपालीहरु त कस्ता रैछन्, भारत जस्तो शक्तिशाली छिमेकीको समेत सीमा मिच्न सक्ने भएछ। कति बलियो रैछ नेपाल देख्नुभो ? भारतको सीएनएन-आईबीएन टिभी र उसको वेबसाइटले भारतको विहार राज्यको सीमा नेपालले मिचेको खबर दिएको हो। अब कुन दिन भारतलाई नेपालमा विलय गराइँदैछ भनेर समाचार लेख्न पनि बेर लाउँदैन होला यही ताल हो भने।
बिहारको जमिन नेपालले हडप्यो, सरकार चुप बस्यो शीर्षकमा आज (अप्रिल २८) को बिहान ७ बजेर ५५ मिनेटमा प्रभाकर कुमार नामका पत्रकारले नयाँ दिल्लीबाट लेखेको यो समाचार हाँसउठ्दो सुनिन्छ। समाचार अनुसार नेपाल अझै ‘हिमाली अधिराज्य’ नै रहेछ। नेपालको औपचारिक नामसमेत थाहा रहेनछ उनलाई। बिहारका सात जिल्लामा हजारौँ गाउँलेले नेपालले सीमा अतिक्रमण गरेका कारण भूमि र घर गुमाए रे। यसको कारण चाहिँ सुगौली सन्धि रे।
सीएनएन भारतको अंग्रेजी भाषाको टेलिभिजन समाचार च्यानल हो। सीएनएनको मालिक टेड टर्नरको कम्पनी टर्नर इन्टरन्यासनल र ग्लोबल ब्रोडकास्ट न्युजको साझेदारीमा यो च्यानल खुलेको हो। भारतीय कम्पनी ग्लोबल ब्रोडकास्ट न्युजले यो च्यानल चलाउँछ तर सीएनएनको ब्रान्ड यसले प्रयोग गर्छ। त्यसवापत् टाइम वार्नर कम्पनीले २६ प्रतिशत शेयर पाउने सम्झौता छ। यो नेटवर्कका प्रधान सम्पादक राजदीप सरदेसाइ हुन्।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ