काठमाडौ, वैशाख २४ - नवनियुक्त प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो कार्यकाल 'प्रभावकारी र निष्पक्ष न्याय सम्पादन' मा केन्दि्रत हुने भन्दै दर्जनभन्दा बढी सुधारका योजना सार्वजनिक गरेका छन् ।
न्यायपालिकालाई विकृतिविहीन बनाउनु, दण्डहीनताको अन्त्य गर्नु र छिटोछरितो मुद्दाको किनारा लगाउनु नै आफ्नो मुख्य चुनौती भएको रेग्मीले बताए । यसको सामना गर्न उनले सुधारको योजना सार्वजनिक गरेका हुन् । 'म न्याय सम्पादनमा कसैसँग सम्झौता गर्दिनँ,' शुक्रबार बिहान शीतलनिवासमा राष्ट्रपतिबाट शपथ लिएर मध्यान्नतिर सर्वाेच्च आइपुगेका रेग्मीले पदभार सम्हालेलगत्तै भने, 'न्यायिक आचरण र अनुशासनविपरीतका काममा शून्य सहनशीलता
राख्नेछु ।' उनले न्यायपरिषद् र न्याय सेवा आयोगलाई प्रभावकारी राखेर राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड दिने पनि बताए । परिषद् र आयोग दुवैका पदेन अध्यक्ष प्रधान न्यायाधीश हुन्छन् । परिषद्ले न्यायाधीश र आयोगले न्यायिक कर्मचारीको मूल्यांकन गरी पुरस्कार वा दण्ड सजाय दिन सक्छ ।
रेग्मीले राम्रो काम गर्नेहरू डराउनु नपर्ने र नराम्रो गर्नेलाई कुनै हालतमा नछाड्ने संकेत दिए ।
निवर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले जस्तै भ्रष्टाचारका मुद्दालाई रेग्मीले पनि उच्च प्राथमिकता दिने भएका छन् । उनले भ्रष्टाचारका मुद्दाको यथाशीघ्र फैसला गर्ने घोषणा गर्दै पुराना मुद्दाहरूको पछ्र्योटमा अब ढिलाइ नगर्ने बताए ।
मुद्दाको व्यवस्थापनमा वैज्ञानिक पद्धति अपनाउने, फैसलाको कार्यान्वयनलाई जोड दिने, जनशक्तिको व्यवस्थापन गर्ने, पुनरावेदनका मुख्य न्यायाधीशलाई बढी जिम्मेवार बनाएर तल्ला अदालतको सुधार गर्ने, पञ्चवर्षीय रणनीतिक योजनालाई अझै विस्तार गर्ने, न्याय सम्पादनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने, विवाद निरूपणमा मेलमिलाप पद्धतिलाई प्रोत्साहन दिने, प्रेससँगको सम्बन्धलाई अझै नजिक्याउनेलगायतका काम आफ्नो ३ वर्ष २ महिनाको कार्यकालमा गर्ने उनले बताए । रेग्मीले गुनासाहरूलाई सोझै आफूकहाँ आइपुग्ने गरी टोल फ्रि नम्बरको पनि व्यवस्था गर्ने भएका छन् । न्यायलाई बिगार्ने विचौलियालाई पाएसम्म आफूले नछाड्ने भन्दै रेग्मीले यसका लागि सूचना दिन सबैलाई आग्रह पनि गरे ।
'हामीसँग अन्तरदृष्टि नभएकाले कहाँ-कहाँ के के भयो भन्ने सबै कुरो आफैंले पत्ता लगाउन सक्दैनौं,' उनले सञ्चारकर्मीसँग आग्रह गरे, 'कहीँ कतै अनियमितता भएको थाहा पाउनेबित्तिकै हामीलाई भनिदिनुहोस्, कारबाही गरेरै छाड्छौं ।' झन्डै चार दशकदेखि न्यायाधीश भएर काम गर्दै आएका रेग्मी नेपालको कानुन प्रणालीको सुधारमा लामो समयदेखि संलग्न छन् । उनले दर्जनभन्दा बढी ऐन नियम र नियमावलीहरू बनाउने र संशोधन गर्ने काम गरिसकेका छन् ।
संसद्मा पारित हुने अवस्थामा पुगेको देवानी आचारसंहिता उनकै अध्यक्षतामा गठित कार्यदलले
सुधार गरेको थियो ।
प्रधानन्यायाधीशको हैसियतले कुर्सीमा बस्नेबित्तिकै उनले सर्वाेच्चका न्यायाधीशहरूलाई सम्बोधन गरेका थिए । 'छिटो छरितो र निष्पक्ष न्याय सम्पादन मेरो मुख्य अभियान हुनेछ,' त्यसक्रममा उनले सहकर्मी न्यायाधीशहरूलाई भनेका थिए, 'त्यसका लागि यहाँहरू सबैको साथ र सहयोगको मैले आशा लिएको छु ।'
प्रकाशित मिति: २०६८ वैशाख २४ ०९:१०

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ