शनिवार, 7 मई 2011

मलाई सङ्गिनी, सेलो, र त्यो ख्याली भए पुग्छ

मलाई सङ्गिनी, सेलो, र त्यो ख्याली भए पुग्छ
सधैँ बग्ने त्यही मेची, महाकाली भए पुग्छ

मलाई गुन्द्रुकै साँधी, ढिँडो चोपेर खाएको
पुरानो बाउबाजेको, कुनै थाली भए पुग्छ
...
महङ्गा चोक, अट्टाली, घुमेँ धेरै भएँ दिक्क
म रम्ने गाउँमा खर् को, उही पाली भए पुग्छ

किसानैको हुँदा छोरो, सकेसम्मन् मलाई त
हलो, लिङ्गो, जुवा, नारा, अनौ, फाली भए पुग्छ

पराईको झुठो माया, र त्यो आश्वासनै भन्दा
कुनै आफन्तको मीठो, नयाँ गाली भए पुग्छ                                                                               श्री;-   तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी  अंचल पच्छिम नेपाल  ;    email ; tulsirampandey48@yahoo.com                                                                                                                                                                                 tulsirampandey48@gmail.com

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ