बुधवार, 11 मई 2011

मनको स्थान मनै


बिहान उठ्दा मेरो गुडिया रिसाएर अर्कोतिर फर्किदियो । म उसलाई फकाउनपट्ट िलागिनँ । म त हिजो राति तिमीसँग भएको कुरालाई पो केस्रा केस्रा गरी सम्झँदै थिए । कस्तो बिल्कुलै अनौठो अनुभूति दियौ तिमीले मलाई । कहिल्यै नपोखियोस भन्ने लागिरा' छ । ओछ्यानमै हुँदा तिमीले पठाएको म्यासेज सन्चै छौ ? ल म त झन ... ।
अमिर ! म हिजोको रातभन्दा अगाडि पो विसन्चो रहेछु मलाई पत्तै थिएन । आज त म यति निको भएकी छु कि होसारा संसारलाई चुमीचुमी आकाशमा उड्न मन भइरहेको छ । संसारको प्रत्येक चिज प्यारो लागिरहेको छ । रातभर तिमीले निदाउन कहाँ दियौ र ? आँखा अनिँदो भए पनि खै कसरी हो निदाएको भन्दा बढी निन्द्रा पुगेको छ । ओठ खल्लो भयो होला, सुख्खा भए झैँ लाग्दैछ । यो मनमा चैन भित्रिएको छ । म बिल्कुलै सन्चो भएकी छु ।
सधैँ रात गर्ने उही उस्तै घर, परिवार, समाज, राष्ट्रको कुरा गर्न रोकेर 'नयाँ कुरा' गर्न भनी 'कसम' खुवायौ । अमिर म त कसम नै नखुवाएको भए पनि रिसाउने थिइन तिमीसँग । थाहा छ अमिर गर्छु ... तिनकै छोरा त हुन क्यारे मेरो लाग्ने । उनीहरू भने मसँग कहिले पनि रिसाएको थाहा छैन । भगवतीलाई झैँ पूजा गरेर राखेका छन् मलाई । यो देखेर छिमकीहरू मेरो ग्रह बलियो ठान्छन् । तिमीलाई थाहा छ दिपक ? तिमीले पहिलोपटक भेट्दा दिएको उपहार वेस्टफ्रेन्ड लेखेको रिसर्ट पहिरिएको केटो गुडियाले मलाई अलिकति नै सही सन्तुष्टि दिन्छ । त्यसलाई म सधैँ मेरो सिरानीसँगै राख्छु । प्रत्येक रात त्यसलाई चुम्छु अनि बेसरी अँगाल्छु । मेरो त्यो केटो गुडिया कहिलेकाहीँ मसँग घुर्की पनि देखाइ टोपल्छ मतिर र्फकदैन भित्तामा फर्किएर बस्छ । नबोल्ने कसम नै खाए झैं पो गर्छ । मलाई त्यसको धेरै माया लाग्न थालेको छ अचेल । लोग्नेसँग सुत्दा पनि म त्यसलाई च्याप्न छोड्दिन । मेरो लोग्ने त्यसलाई जार सम्झँदैन पनि ।
ऊसँग मेरो बिहे गर्दिएर मात्र मेरो लोग्ने भएको हो होइन भने ऊ लोग्ने मान्छे होइन । उसको शरीर कमलो छ मेरो जस्तै उसको हात नरम छ मेरो जस्तै .... । मेरो लोग्ने एउटा पुरूष हुँदै होइन । ऊ त ... ।
अदभूत लाग्यो यो फोन पनि । तिमी दुरीले टाढा थियौ । तिम्रो आवाज शरीरको बाटो हुँदै गहिराईमा पुग्यो । मनको स्थान मनभित्रै हुँदोरहेछ हगि ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ