आज त तिम्रो जन्मदिन,
तर पनि म धेरै दुखी छु।
किनकि,
तिमीलाई सुहाउदो उपहार, कहीं पाउन सकिन।।
म कहाँ कहाँ गईन,
पहिला त सुर्यमुखीको बगैंचामा गए,
र उनलाई सोधें
“मेरी एक प्यारीसँगिनी छन्, उनको लागि के तपाईंको सुन्दरता पाउन सक्छु ???”
तर सुर्यमुखीले लजाउदै भनिन्,
“ममा त्यति सुन्दरता छैन, जति तपाईंकीसँगिनीमा छ।“
यहाँपछि म अजम्बरीसँग पुगे,
उनको उमेर माग्नका लागि।
तर उनले भनिन्,
“तपाईंको साथीको उमेर त धेरै लामो छ, मेरो भन्दा पानि बढी।“
त्यस पछि म चाँदनीसँग भेट्न, चंन्द्रलोकमा पुगे।
र उनलाई बिन्ती गरें,
“मेरी एक हसिन साथी छन्।
उनलाई संसारकै सबैभन्दा मिठो मुस्कान चाहिएको छ।
के तपाईंको मुस्कान पाउन सक्छु ??”
तर उनले मुस्काउदै भनिन्,
“तपाईंको साथीको जस्तो मधुर,
सुशील अनि अनमोल मुस्कान आजसम्म कसैको देखेकी छैन।“
अन्तत मलाई थाहा भयो,
तिमी त आफैंमा पूर्ण रहिछौ।
तिमीलाई सुहाउदो उपहार त कहीं भेट्न सकिन यो दुनियाँमा,
त्यसैले,
म तिम्रो सामु आएको छु र म मात्र भन्छु
“तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना”

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ