बुधवार, 11 मई 2011

बाध्यता


रातभरि पानी परेर बिहान सिनित्तै उघ्रिएको त्यो नीलो आकाश । आँखै नहटाइकन हेरिरहुँ जस्तो छ । तर केही दिन यता भने म मनमनै अनेक किसिमका उल्झनमा परेकी छु । देशको काल, परिस्थितिले घरको आर्थिक अवस्थामै प्रश्न चिन्ह उभिएको छ । म बार्दलीमा बसेर ती गमलामा निस्फिक्री फुलेका फूल सुम्सुम्याउँछु । कति सुन्दर छन् ती । सा-साना गमलामा पनि सहजै मुस्कुराउन सक्छन् ।
तर मान्छे भने जति सुन्यबाट उठेर माथि पुग्छ उति पिँजडामा थुनिएर निस्सासिएको महसुस गर्छ आफूलाई । म द्विविधामा मौन हुँदै टुलु-टुलु तीनै फूलहरूमा एकोहोरिन्छु । तल बाटोमा मान्छेको चहल पहल आज निक्कै बढेको छ । साँझको किनमेल गर्ने र स्कूलबाट घर फर्किने विद्यार्थीहरूको लर्को छुटेको छ ।
एक्कासि पल्लो बार्दलीबाट सविताका आवाज मेरा कानमा ठोकिन्छन्, "ए,शिला के हेरेर त्यसरी टोलाइरहेकी ?"
त्यो आवाजसँगै मेरो मौनता भंग हुन्छ । म मुन्टो उठाएर सवितातिर फर्किन्छु । मेरो यो उदास मुहारमा उसका आवाजले हाँसो पोत्छन् । सहज हुन्छु - होइन । हेर्न यहाँ गमलाका फूल हिजो रातभरिको पानीले चुटेर ओइलिएछन । यीनैलाई टेको दिएर उठाएकी ।

उताबाट सविता मेरा कुरामा सहि थाप्दै प्रश्न र उत्तर एकैसाथ फ्याँक्छे ।
ए हो र ?
फुर्सत भए आइज चिया खान ।
सविताको निमन्त्रणाको जवाफ हुन्छ अथवा हुन्न भनेर मैले सोच्न नपाउँदै उ भित्र पस्छे । उसलाई एक्कासि खोइ के काम आइलाग्यो । खुट्टयाउन सक्दिनँ म ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ