नमस्कार मित्रहरु ;- जो पनि हुनुहुन्छ जहाँ पनि हो कहिल्लै पनि आफ्नो देश आफ्नो गाउ लाइ नबिर्सौ / हामी तेही माटोमा नै हुर्किएर आज कुन कुन मुलुक मा पुग्न सफल भएका छौ / आफ्नो देशलाइ कसरि बनाउनु पर्छ भन्ने तपाईहरु का सल्लाह र सुझाब यो तल दिएको इमेल मा पठाउन अनुरोध गर्दछु / तपाइहरुका सल्लाह र सुझाब लाइ छनौटगरि नमस्ते गुल्मीमा पर्कासित गरिने छ / tulsirampandey48@gmail.com tulsirampandey48@yahoo.com
सोमवार, 16 मई 2011
यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?
tulsiram pandey
म २५ वषर्ीय परदेशी युवक हुँ । हालसम्म अविवाहित छु । लगभग १६-१७ वर्षको उमेरदेखि हस्तमैथुन गर्दै आएको छु । १८ वर्षको हुँदादेखि साढे १९ वषर् सम्म करिब साढे १ वर्ष एक विवाहित युवतीसँग यौनसम्पर्क राखेको थिएँ । त्यतिबेला भने हस्तमैथुन गरिनँ । त्यस पछिका र पहिलेका सबै समयमा हस्तमैथुन गर्ने गरेको छु । यो एक-दुई वर्षमा म दुई-तीन दिन बिराएर हस्तमैथुन गर्छु । मलाई हस्तमैथुनको बानी नै लागिसक्यो । हस्तमैथुन गर्दा म चार-पाँच मिनेटमै शिथिल हुन्छु र यौनसम्पर्क राख्दा पनि पाँच-सात मिनेटमै शिथिल हुन्छु । हस्तमैथुनको बानि त्याग्न निकै पहल र अठोट गरें, तर केही दिनमै असफल हुन्छु । मलाई हस्तमैथुन त्याग्न मन छ, त्यसका केही उपाय छन् ? के यो मेरो शीघ्रपतनको समस्या हो ? हस्तमैथुनले भावी विवाहित जीवनमा असर पार्छ कि पार्दैन ? यौनसम्पर्क गर्दाको न्यूनतम समय कति हो ? यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?
हस्तमैथुनको बानी कसरी हटाउने ?
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।
यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दर्ैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवै जना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
यौनसम्पर्कको समय कति हुनुपर्छ ?
यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नुभयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।
namaskaar mitra haru laai
गुल्मी बासी सबै मित्र हरुलाई नमस्कार छ / हाम्रो गुल्मी लाइ हामी सबै मिलेर नया गुल्मी बनाउनु छ / तेसैले हामीहरुले गुल्मी लाइ नया रुप दिनु छ / तपाइँ हरु जहाँ हुनुहुन्छ तेही बाट नै जस्तो सक्नुहुन्छ तेस्तै नै सहयोग गर्नुहोस गुल्मी बाट सम्बन्धित लेखहरु / गुल्मी का पर्यटक स्थल हरु को प्रचार प्रसार गर्नु छ तपाइँ हरुका गाउ ठाउँ मा भएका मन्दिर खोला नाला का लेख हरु लेखेर पठाउनुहोस / तपाई हरुका लेख का प्रचार हामी गर्नेछौ / email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
लाहुरे जीवन
लाहुरे जीवन लेखुँ जस्तो लाग्दा लेख्न थालें। प्रश्न आँफैलाई- लाहुरेको जीवन लेख्ने कि लाहुरे-जीवन? फरक छ। एउटा व्यक्तिगत पाटाहरु पल्टाउने काम, अर्को समग्रमा साझा अनुभव कोर्ने। अहिले लाई जनरलाइजेशन गरेर लेख्छु, व्यक्तिगत गन्थन खोल्दिन।
हाम्रो लागि सामान्य कुरा पनि अचम्म हर्षको कारण बन्छ। अहिले उ त्यो बंकरको छत ( छत भनौँ र? ) त्यहा जमेको छ मेहफिल - तासको आवाज सुनिरहेछु , एकान्तमा सुनसानमा थपडी। घर बाट टाढा घर- साथी अपरिचित हरु माझ।
उ! खच्चर हिन्हिनायो। मैले त बिर्सेको रहेछु- यो पहाडको टाकुरामा हामीलाई पानी खुवाउने खच्चरलाई। यहाँ त एक गिलास पानी खाँदा सास ढक्क फुल्छ। एक कदम हिड्दा फोक्सो छाती चिरेर बाहिर निक्लन खोज्छ- मुटुलाई सँगै उछिट्ट्याउँछ कि जस्तो। युद्ध-विरामको बातावरणले हावा खान पाएका छौँ बाहिरको- पातलो अक्सिजन भएको हावा।
खच्चरले भन्नै ला' थियो होला - 'ए केप्टन, मेरो नाम बिर्सेलास् लाहुरे जीवनमा।' किन पो सक्थें र भुल्न तिम्रो योगदान।
अपरिचितलाई जीवन सुम्पने खेल- लाहुरे जीवन। मैंले दर्शन जन्दिन, छाँट्न खोजेको पनि हैन तर हेर्न सक्ने लाई यो भन्दा ठुलो दर्शन कहीं छैन।
कलिलो सोह्र वर्षे ठिटो कल्कलाउँदो, कुखुरे छाती भएको, टल्केको बुट्मा अनुहार हेर्छ- लाज मानेर आँफैलाई वर्दीमा चिटिक्क देख्दा- मख्ख हाँसो खिसिक्क हास्छ कसैले नदेख्ने गरी। त्यो निर्दोष शुरुवात। आरम्भ, श्रीगणेश।
हातमा खुकुरी लिंदा मैले डाएसमा गरेको भाषण कसैले सुन्छ भनेर मान्दिन। कसैले याद दिलाउनु पर्दैन। पुर्खाहरुको पौरख खुकुरीले संचार गरिदिन्छ- झन्न बुटदेखी गोर्खा-ह्याट सम्म। पैताला देखी सिर सम्म। अनी त्यो बेलामा फुस्रा शब्दहरुको, औपचारिकताका लागि जानी नजानी बोलिएका गोर्खाली अप्ठेरा वाक्यहरुको रह्योनै के औचित्य?
अहिले व्यस्तता थाकेछ र अलिकती फुर्सद्ले पनि काम पाएछ। क्रिकेट खेल्दैछन् - धन्न यत्तिको ठाउँ पाएर। दस फीटको सम्म जमिन पाए त खेलिहाल्थे, यहाँ त धेरै खुल्ला छ। कोही नेपालका यस् कुना देखी उस कुना सम्मका, कोही भारतक नेपालीहरु। आ-आफ्नै विगत छ, आ-आफ्नै ईतिहास। एक दुई देखी बिस बाइस बर्ष सम्म लाहुर रहेका लाहुरे हरु। विविधता यसैमा थाहा लाग्छ- कोइ क्रिकेट खेल्न जान्ने छन्, कोही अहँ! क्याजुअल्टी हुन्छौं हामी त क्रिकेट्मा, एउटाले भन्दै थियो। व्यङ्ग। हाँसो। यस्तै हुन्छन् लाहुरेहरु- मृत्युलाई पनि सजिलै हाँसो को बिषय बनाउन सक्छन्। बनाउछन्।
पोखिएका जीवन हरु। वर्षमा दुई महिना छुट्टी बिताएर रित्तिएर फर्किन्छ। खाली बोतल जस्तो। मिठो रस मगजमा चढ्छ तर हेर्दा रिस उठ्छ। अलिकती नशा,अलिकता पछुतो र अलिकती शंका - बिर्को खोलेर ढ्वाक्क स्वाक्क पार्न खोज्छ। तर ...... ।
अर्को वर्षलाई उ आँखा चिम्लेर विश्वास गर्छ। भर पर्छ। शंका मार्छ।
प्रतिदिन टाकुराहरुमा रक्सीको बोतल झैं रित्तिदै गएको लाहुरे जीवन। जीवनमा रित्तिन दु:ख हुँदैन लाहुरेलाई अरुलाई जस्तो।
आजभोलि त हामीलाई खासै गाह्रो छैन- सुविधा छ टेलीफोनको। रङ्गूनमा महिनौँ वर्षौं काट्ने पनि थिए- पारीजातका लाहुरे। जङ्गललाई लहरा लहरा चिनेका पनि थिए। खोपिल्टामा कति मरे कति - तर अझै कति खोपिल्टामै बाँचे होलान्। अहो! आज हो कि भोली, शक्तिशाली तर कमजोर अति - लाहुरे जीवन।
काग कराउँदा सन्देश भनी पढ्ने बुझ्ने पनि छन् यीनैमा। कागचरी झैं उड्ने सन्देश बोकेर लाहुरे जीवन। पहिले पहिले युरोपमा 'ल गोर्खाली आयो' भनेर फ्रान्सेलीहरु रमाएर स्वागत गरेका थिए रे। के सन्देश पाए कुन्नी समुद्रपारका ती गोर्खा चरी हरु बाट- त्यस्तो विश्वास कसरी गरे?
विश्वास पाल्ने, विश्वास कै भरमा बाँच्ने - लाहुरे जीवन।
लामो हाँसो गलल हाँस्छ, सेता दाँत टल्काउँछ र स्वाक्क पारेर भट्टी छोड्छ। बीपी को लाहुरे त्यो। भट्टिनी गुर्सिनिलाई म्वाइं खान खोज्छ र तिम्री छोरी लाई बिहे गर्छु भन्छ।
मैले पनि पढें! अचम्म लाग्यो ।
आज भोग्दैछु! लाहुरे जीवन ! झनै अचम्म लाग्छ!
त्यो हाँसोको मनोविज्ञान बुझ्ने बी पी लाई म यो जीवन कसरी देखाउँ ? यही एउटा बाटो।
हिजो कै कुरा - 'आमाको अप्रेशन गराउन जानु छ, सिरिएस केस छ। ' कति हाँसेर जस्तै भनेको थियो तर आँखामा छ वेदना।
अनि पहिल्यैको एउटा अनुहार - मरेकी छोरीको सम्झनामा मलिन तर त्यो पनि हाँसेरै टिमालेको थियो। यदी आँखाले वेदनामा रसाउन नखोज्ने भए म पनि झुक्किन्थें।
बीपीको बाटोको त्यो भट्टीमा यो आँखा भेटिदैन। आजभोलि त कालो चश्मा होला अझै। झुक्किनु स्वाभाविकै।
तर यस्ता अनेकौँ पीर लाहुरे दिन दिनै बोतल सँग साट्छ। आँफै एउटा बोतल जस्तो। रमझममा जीवन बित्छ हिद्डा हिड्दै। अरु यात्री त के यात्री- लाहुरे यात्री, पर्याय नै भने हुन्छ। नामै त्यस्तै छ।
आज कश्मिरका शिखरहरुमा नेपालको छाँया खोजी रहेको छु। नेपालै कश्मिर बन्छ कि? भन्छन् कोही। बनिसक्यो- थप्छन् केही। म बुझ्दिन। स्विट्जरल्यान्ड बनाउछु भन्ने सुनेको हो, त्यही स्विट्जर्ल्यान्ड खोजिरहन्छु। अनगिन्ती खोजहरुमै गाँसिदै धागाहरु एउटा यग्योपवित बन्छ- जीवनरुपी। मरुभुमी, महसागर, हिमशिखर। त्यसैमा लाग्छ मृत्युलाई कहिले छातीमा पाउचभित्र कहिले पीठको पिठ्युमा बोकेर हिंड्ने यात्रा लाहुरेको पिक्निक।
मलाई मिठो लाग्छ त्यो भनाइ हामीले ट्रेनिङमा छँदा टी-शर्टमा लेखाएको-
I love by choice
I live by chance
I kill by profession
घाट लाग्दो कुर थियो त्यो। ट्रेनिङ को नयाँ नयाँ जोशमा त अझै यसको मोहनी भन्नै परेन।
जोशै जोशको जीवन -लाहुरे जीवन।
हिउँ त हैन फाप्रेको डंगुर .... कति घत्लाग्दो चित्र। यहाँ हिउँका टाकुराहरुमा सेता बुट टल्काउँदै लाहुरे हिउँको सुन्दरता हैन तिर्खा बुझ्छ। हिउँले उमारेको तिर्खा। हिउँ पगालेर पीउनुको तिर्खा पाँच छ महिना सम्म।
अर्को तिर्खा छ हिउँ सँग जोडीएको - नोस्टेल्जिया को चीसो हावा हान्छ झेलम पारीको हिउँको टाकुराले। त्यहाँ पनि हामी जस्तै अर्को साथी- झेलम पारीको हावामा वास्ना खोज्दै होला।(उ त अझै लाहोर कै लाहुरे हो कि ?)।
उसको लागि हामी पारी - हाम्रो लागि उ।
हाम्रो लागि हामी वारी - उसको लागि उ।
सिमानामा बाँडिएको , सिमानाले बाँधिएको लाहुरे जीवन।
बिर्सिसके होलान् तिनिहरुले - त्यो शहरको नामले हाम्रोलागी कति जीवन परिभाषित गरेका छन्। कति प्रेरणाको स्रोत बनेको छ कतिलाई सपना सुनौलो त्यही शब्द !
लाहुरे दाई!
लाहुरे बा!
लाहुरे हजुरबा!
लाहुरेनी!
संस्क्रितीमा छापीइसक्याछ, अब छुट्दैन। मान्छेले नबुझेर पो लड्छ - लाहुरे जती अहिंसक त अरु कोही हुंदैन। अरु को हिंसाको माध्यम हो लाहुरे त।
फौजीले फौजीलाई माया गर्छ शत्रु नै भए पनि। सच्चा फौजीले त कर्तव्य निभाउँछ - हत्यारा होइन उ। बन्धक छ उ त।
ईतिहास लेखिन्छ सिपाहीको रगतलाई मसी बनाएर - कलम राजाको हातमा हुन्छ।
येसैलाई भन्छन नया नेपाल
चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ /किना एस्तो गर्दै गयौ नेपाली ले नेपाली लाइ किना मार्छौ /तिम्रा पनी दाई भाई होलन तिम्रा पनी बाल बच्चा होलान / तिम्ले यस्तै गरेऊ भने उनले पछि के पो गर्लान / चेतना को बिगुल फुक्दै हिड्दै थियौ ग़ाऊ ग़ाऊ पसि / आज फेरी कता गयौ भन्दै हिड़थेयौ हामी होऊ देश बासी / मान्छे ले नै मान्छे लाइ किन एस्तो ब्यवहार गर्ने सक्ने /रावण राक्षेस ले सीता लाइ झै हर्न सक्ने / कती कठोर हदों रहेछ यो मान्छे को मन / देश विकास गर्छु भन्ने कता गयौ आज झन / सबैले बोलना पाउनु पर्छ सबैले मन को कुरा खोल्न पाउनु पर्छ/ / देश को लागी लड़ने हरु डराउदैनन एस्तो संग / एक मुठी सास रहून्जेल लद्नु पर्छ भय पनी अंग भंग / संपर्क tulsiram pandey simichaur 8 rangbas pachase gulmi email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
फेरी पनी नेपाल सकियो
विन्ती मेरो हे नेपाल आमा एउटा वीर जन्माइदेउ येही मेरो कामना / पत्रकार र संचार कर्मी नेता ले किनेछन / देश लाइ बेच्ना यिनले ज्यान पनी दिनेछन /नेपाल आमा ले जन्माएको त्यों वीर आएमा / जनता खुसी हुन्थे नि केहि सांति पाएमा / गरीब लाइ मारेर पेट यिनले भरेका / लाटा जनता बिचारा आसैमा पारेका / आज सम्म यिनले देश लाइ चुसेर / लुटी मारी गरेर सक्ने भये घरैमा घुसेर / राजनीति को गढ़ यिनको पुस्तौं पुस्ता को / कहिले जाग्लान नेपाली जनता कती पो सुस्ताको / गरीब बाच्न पाएनन नि हे आमा यो मेरो देश मा / अवतार लीइ आउनु नै पर्यो नि कुनै एक भेसमा / फेरी पनी नेपाल सकियो / अवतार लीइ आउनुहोस हे आमा नत्र मेरो देशै सकियो / तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल email ; tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
मेरो अन्तिम आग्रह
प्रिय काली
खै काली आज म तिमीलाई कता बाट सम्बोधन गरु पहिला त म तिमीलाई प्रिय भनेर सम्बोधनको सब्द राखने गरेको थिए तर आज तिमि अर्कैको प्रिय बन्न पुगेकी रहिछोंउ तर जे भए पनि काली तिमीलाई यो पर्दीसीको तर्फ बाट छोटो जिबनको लामो सम्झना साथै मुटुभरिको अटुल माया
खै काली
किन आज धेरै समय पछि यकासी तिम्रो याद आयो र फोन लगायको तिम्रो श्रीमान ले फोन उठानु भएको थियो र तिमीलाई भेट्न एउटा विकल्प अर्घाखाँची डट कम मार्फत तिमीलाई केहि सन्देस पुर्यउन लागि रहेको छु तिम्रो याद कति भने तिमि दिदीको घरमा आएको बेलामा संगै बसेर हस खेल गरेको र तिमि बिमारी हुदा राता रात हस्पिटल गएको र तिमि नै भन्ने गर्थ्यौ तपाई बिना त म सोच्न पनि सक्दिन भन्थ्यौ र तिनै बिगत का दिनहरु सम्झेर झस्कन्छु काली तर अचानक तिम्रो त्यो मन भनोउ कि के भनोउ कसरि परिबर्तन भएछ मैले त तिम्रो लागि के के नै सोचेर बिदेस पलायन भएको थिए
तिमि भने त्यो स्वार्थी मनलाई म बाटै अलग बनाएर अर्कैको हुन् पुगीछों मलाई भनि बिस्वास थियो कि तिमि जन्मेको मेरो लागि हो भन्ने सोचेर मैले मेरो तन मन तिमीलाई नै सुम्पिदिएको थिए !
ठिक छ काली अब तिमि जहा जो संग गएकि छो त्यसैमा रमाउनु तिम्रो नया संसार त्यही नै छ म अब
तिमीलाई एउटा मात्र बिन्ति गर्छु यो सन्देस तिमीले कतै बाट पायौ भने एक पटक मात्र सम्पर्कमा आउनु ल ......यही नै मेरो अन्तिम चाहना हो !
पठाउनुस् प्रमाण
पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्याउन सक्नुहुन्छ।
• नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्यो।
सदस्यता लें
संदेश (Atom)


