सभ्य समाजको बिचमा पढ्न लेख्न पाइन् मैले
दिन दुखि गरिबको पिडा बोकेको छु म अहिले
राम्रो बचन पाउन सकिन गाउ समाजमा कहिल्लै
अन्नाय र अत्याचार को पिडा बोकी हिडे पहिलै
गरिबको कोखमा जन्म लिनु मेरो दोस होइन
शिक्षा क्षेत्रमा भिख माग्दा त्यो पनि मैले पाइन्
आशा थियो पढ़िलेखी देशको सेवामा जुट्ने
नेता गिरि गर्ने हरुको काम एकै गरिब लाइ लुट्ने
घर मेरो सक्ष्यम थिएन पढी लेखि अगाडी नै जाने
गरिबको एक मात्रै चिन्ता बिहान बेलुका कसरि हो खाने
७ बर्ष को उमेरमा स्कूल देखे १४ बर्षको उमेरमा छुट्यो
कस्तो भाग्य म गरिबको मेरो जीवन नै डुब्यो
स्कूलमा सहयोग माग्दा केहि पनि भएन
१४ बर्षको परदेशी जीवनमा अस्तित्व नै रहेन
आफ्नो पढाइ छैन हजुर जागिर कस्तो पाउनु
रात र दिन का जुठा भाँडा झाडु पोछा लाउनु
गरिब हरुको पिडा हजुर गरिब ले नै चिन्छ
यथार्थका शब्दहरु मनमा कस्ले लिन्छ
अन्नाय र अत्याचार मा बाच्नु पर्दा सारै कस्ट भयो
गाउका गरिब जनता हरुलाई मर्नु न बाच्नु भयो
लेखक ;
तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ