सोमवार, 16 मई 2011

फूलको चोट


उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ - "फूलको चोटको कथा !"

उसले सेतो फूल मन पराउन छोडेको छ !

ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो हुदोरहेछ, झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट, तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! सधैं दुःखिरहदो रहेछ चस्सचस्स भित्रभित्रै, सधैं दुखिरहदो रहेछ ! सायद ढुङ्गा र फूलमा फरक पनि यतिमात्र हुँदो हो …। !

सीताशालाई सम्झदाँ शिवासु सधै त्यो सेतोफूल सम्झन्छ । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल शिवासुको छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । शिवासु अझै भित्रभित्रै आतंकित हुन्छ "कतै ती भेलले अझै मलाई नबगाउन् ।" उ आफूलाई अझै भयभीत देख्छ ।

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा उभित्र द्धन्द अझै छ । मानौं उभित्र एकप्रकारको युद्ध चलिरहेछ ! उ आफैं एउटा युद्धभूमि भइरहेछ र एउटा युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व उ आफैंले गरेको छ । यो युद्धमा उ आफै एक अर्काको शत्रुपक्ष भएर उभिएकोछ !

सीताशा ठीक थिई वा म आफू गतल थिए ? सीतासा गलत थिइ वा म आफू ठीक थिएँ ? युद्ध निरन्तर छ उभित्र ! सीताशा-शिवासु ! शिवासु-सीतासा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका उसको मनमस्तिष्कमा अझै मडारिरहेछ । उ मुक्ति चाहन्छ यो द्वन्दबाट । तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई र न त आफ्नो भूललाई ! न त्यो युद्दबाट मुक्ति !

उ सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ ! शिवासुको क्षणिक विश्लेषण हो यो मान्छेका बारेमा - हो पनि, होइन पनि; होइन पनि र हो पनि !

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा उसले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकेन । तर एउटा लोग्नेमान्छे उ आफैंले आफैंलाई पनि आजसम्म चिन्न सकेको छैन । उ अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै मजस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' उसका यस्ता हरेक प्रश्नहरु त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग सम्वन्धित छन् । अर्थात फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए .....?

सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै नदीसँग पानीको विम्ब आए जस्तै सीताशासँग फूल आउँछ । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ त्यो सेतोफूल ! तर पानीको पर्याय नदी नभए जस्तै फूलको पर्याय सीतासा भने हैन - भन्ने ठान्छ ।

फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! उसले एउटा कविता पढेको हुन्छ -

निश्छल छ फूल

फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको

उपमा छ आत्मीयतको, वैभव छ विश्वासको

तर फूलभित्र काँडा पनि हुन्छ !

फूल कागजकोपनि हुन्छ !

फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव उसले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ उसलाई न मान्छेप्रति !

सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छ, साथहरु सम्झन्छ; सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छ, मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ, रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छ, जंगलको बाटो सभ्झन्छ । हिउँका फाल्सा सझन्छ, गाउँका खोल्सा सम्झन्छ । शरह सम्झन्छ, गाउँ सम्झन्छ । हिलो सम्झन्छ, धूलो सम्झन्छ । तर प्रत्येक सम्झनासँगै त्यो सेतो फूल सम्झन्छ ।

सीताशाबाट शिवासुले धेरै राम्रा कुराहरु सिक्ने मौका पाउँछ ति सबै सम्झन्छ तर तिसँगै त्यो फूल पनि सम्झन्छ ! राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ ति पनि सबै सम्झन्छ र ति सबैसंग त्यो फूल पनि सम्झन्छ । फूल - सीताशा ! सीताशा - फूल ! अर्थात शिवासुको मुटु छेड्ने त्यो शूल…त्यो सेतोफूल !

शिवासुले एउटा झिनो निष्कर्ष निकाल्छ - मैले आफूलाई भन्दा सीताशालाई राम्ररी चिनेको छु, यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले हेर्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीतासाले मलाई लुकाउँन बाँकी नै के थियो र तर ……! उ मनमनै भन्छ - 'सीतासाको मन बाहेक सबै देखेको छु । देखेँ तर चिनिन, चिन्नु पनि कसरी मन त मैले कहिल्यै देख्दै देखिन ! ‌‌‌‌। मान्छे चिने पनि मान्छेको मन नचिन्नु भूल हो त ?'

हरेक फूल देख्दा उ सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा उ त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दैन र सम्झेर पनि सधैं सम्झन चाँहदैन । तर विडम्बना …सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा त्यो फूल अझै सुरक्षित बसेको छ तर कतै कुनै पत्रुमा ! र, त्यो फूलको चोट अझै फक्रिरहेछ शिवासुको हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन - सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे ।

त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले उसलाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ - 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो शुभकामना …! शुभकामना …! ! शुभकामना ,,,,,! ! !

जागीर खाएकोदश वर्ष भै सकेको छ, उसको यो पहिलो विदेश भ्रमण ! उभित्र उत्सुकता र कौतुहलताहरु उद्वेलित भइरहेकाछन् । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ त्यसमाथि करीव एक महिनाको भ्रमण, त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोच्यो - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने भइयो ।' शिवासु फुरुक्क परेर घर फर्कियो । बाटामा उसले पहिलो पटक पुरा एक किलो खसीको मासु किन्यो साथमा एक क्वाटर मन्जो पनि ! औधी खुशी थियो घर आइपुगेको थाहै भएन । सीताशाप्रति विषेश शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्न फोन गर्यो, फोन उठेन ! आधाघण्टा पछि फेरि गर्यो, फेरि उठेन ! अर्कोआघा घण्टा पछि फेरी गर्यो, फेरि उठेन ! हरेक आधाघण्टा पछि उसले लगातार गरिरह्यो, बल्ल छैठौं पटक फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साध्यो - जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीतासाका बारेमा सोध्यो - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' ।' अपत्यारिलोजवाफ पायो, आश्चार्यचकित भायो ! तर पनि खुशीले रातभर रातसँग बातमारी रह्यो, निदाएन ।

अब सारा साथीभाइबाट वधाइ पाइने भइयो- नाना कल्पनापरिकल्पना गर्दै खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडाउँदै भोलीपल्ट उ विषेश स्फुर्तिसाथ अफिस पुग्यो । तर अफिसको सूचनापाटीमा उसको नाउँ थिएन, त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । सीताशाको घरैछेउमै डेरा बस्ने उसको सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'

शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।

आखिर प्रेम गर्ने र नगर्ने दुबैले गर्ने त एउटै हो - भोग ! अर्थात भोक मेटाउने भोग - सम्भोग ! प्रेम र मित्रता त एउटा नाउ मात्र हो जुन नाउमा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन्, त्यसैले प्रेमामा मित्रतामा घात-प्रतिघात हुन्छन् - मैले सुनिरहे ।

मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट धात-प्रतिघात ! घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको चोटको कथा …!
संपर्क ;-तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल email tulsirampandey48@yahoo.com        tulsirampandey48@gmail.com

कल्पनाको सम्झना मायालुलाई


हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।

शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।

बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।

शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥

खडेरी लागेको मन र असार


हरियो भन्नु सालको पात पहेंलो बेसार 
यता नि पानी उता नि पानी लागेछ असार । 
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ 
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ । 

प्रिय सखा डल्ली, 
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई । 
संपर्क बिनाका थुप्रै वसन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन,  न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे, सँगै तिम्रो पनि अस्पष्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउँछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।

प्रिय डल्ली, छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ? 
पानी पर्‍यो सालघारी करायो 
वर्खा लाग्यो भेटघाटै हरायो । 
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा 
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।
मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?
मेरी प्रिय सखा, हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।

खोला पारी म मायाँ लाउँदिन 
वर्खा लाग्यो आइरहन पाउँदिन । 
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल 
मिठै मा खाउँला राम्रै मा लाउँला हजुरको जीउ छउन्जेल ।
कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा क्रीषी प्रधान देशको लागि कती जर्जर होल कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।
प्रिय डल्ली, असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।

प्रिय बालसखा , प्रक्रीतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो ग्रीहस्ती, चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटक हरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् । 
तिम्रो बाल सखा 
जीवन संघर्षको मैदानबाट । 

रिमिमाझिमी पानी है पर्‍यो असारे मासैमा 
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा 
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू 
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू ।

बैराग


दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट .... अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि छोएन उस्लाई ? कसैले अनुभुती गर्ने मौका पाएका छैनन । फर्कने नफर्कने ? जिउदो छ कि मरिसक्यो कसैले अनुमान लगाएको छैन । किरणको छाया समेतको आभास कतैबाट नगुन्जेको धेरै भयो । चिन्ने जान्नेहरु कहिले काही कुरा काट्छन अती आदर्श अनी महत्वाकांक्षी थियो उ । उस्को आदर्शले उसै लाई खायो पनि भन्दछन कोहि कोहि । यस्तो मान्छे त युरोप अमेरिकामा जन्मनु पर्दछ हाम्रो देशमा के काम अर्कोले थपेको थियो । किरणको आशु र पिडा उसै सित बुझिदिने थिएन कोहि । 

जिन्दगीमा के के न गर्छु भनी टुप्पी बाधेर पढि बि. ए. सम्म पास गरेको थियो किरण ले । समाज को रित र आमा को अनुरोध लाई नाघ्न नसकी पढाई को क्रम मा नै बैबाहिक गाँठोमा बाधिएको थियो किरण । असल बन्छु भनी न त साथी भाई सित बसेर पिउँथ्यो न त धुवा उडाउथ्यो बदनियत पनि थिएन उस्मा । अरुको भाग र हक खोसिने देखे उ टाढै हुन्थ्यो, आफ्नै भाग खोसिए पनि अधैर्य हुँदैनथ्यो, समाज मा न्याय सम्पादनको कुरो उस्को रुची हुन्थ्यो । साथीहरु यसरी माथि चढिदैन कुनै न कुनै हागो त समाउन नै पर्दछ भनी सल्लाह दिन्थे, तर उ एक्लै संघर्ष गर्नुको तितो अनुभब लाई मिठो मानि सहर्स स्विकार्दथ्यो र बिना आफ्नो टेक्ने धरातल त्यो अस्थिर हुन्छ भनी जवाफ दिन्थ्यो । 

एक दुई गर्दै बर्षौ बित्यो किरणले हातमा प्रमाण पत्र बोकी हिंडेको , प्रमाण पत्रको लेमिनेसन पनि पत्र पत्र भै फाटी सकेको थियो । उस्को सोझो पन र आदर्शले बिस्तारै आवारा, गफाडी अनी घमन्डी को भारी बोकाइ रहेको थियो । घरायसि व्यबहारको बोझ उठाउने क्षमता नहुँदा उ आफन्त बाटै गैह्र जिम्मेवार भनी अरोपित भै सकेको थियो । 

कहिले काही अनुनय बिनय गर्दा दुई चार रुपैयाँ को सहयोग गर्ने पनि तर्की हिंड्न थाले । उधारोको बोझले दिन भन्दा रात लाई प्यारो बनाइ सकेको थियो किरणले । सन्तानको बेवास्ता , सङिनी को दैनिक ठास ठुस र घुर्की, आमाको यसो छैन उसो छैन को गन गन ले भित्र भित्रै बिक्षिप्त बन्दै गएको थियो किरण । हरेक बिहानीले उस्का सपना लाई लोक्पा खुवाउदै गएको थियो । अरु को मात्रै होइन अब त किरण स्वयंको भरोसा मा सशंकित हुन पुगेको छ । 

मामा माइज्युको आक्रोस पूर्ण गुनासो थियो कुन्नी के नाम को ब्यापार गर्छु भनी पैसा माग्या थे नदिएर रिसाएका छन, उता दिदी भिनाजु कोस्दै थिए त्यस्तो काम धाम नभएको लाई पैसा सापट दिएर डुबाउनु छ र दु:ख गरेर कमाएको सम्पत्ति ? रिसाए रिसाओस । अाफु चोखो बनेर खोट जती किरणको टाउको मा थोपर्ने को एउटै स्वर हुन्थ्यो । परिस्थितीले किरण लाई संसारको भिड ले एक्लाउदै लगेको थियो । नजिक हुन खोज्यो तर्किने धेरै थिए । सहपाठि,  साथीहरु जो धनाढ्य थिए अनैतिक पेशामा इमान बेच्न हौस्याउथे किरणले साहस गर्न सकेन,  इज्जत र नैतिकताको पर्खाल नाघ्ने हिम्मत किरणले गरेन । हौस्याउने हरु उस्लाई लाछी भन्दथे । किरणको आदर्श र इमान्दारिताले उसै लाई खाइ सकेको थियो । मानसिक तनाब चरम अवस्थामा दौडदै रहदा दुर क्षितिज सम्म आसाको कुनै झल्को छैन उस्को नजरमा । मर्नु भन्दा बहुलाउनु एक मात्र बिकल्प थियो किरण सित आफ्नो हातमा । 

सधैं झै आज पनि किरण झिसमिसे मै उठ्यो । संगीनीको निरास मलिन अनुहारमा क्षमापार्थी याचनात्मक भाबमा हेर्‍यो , संगिनीले कुनै नौलो र उत्साह देखाइनन , नि:शब्द किरण बच्चा हरुको कोठामा छिर्‍यो, दुनियाँ देखी बेखबर बाल सुलभ निन्द्रामा थिए ति .... । मन मनै मुरी मुरी माया दियो । भाब बिभोर भएर टप्किनै आटेको उस्को आशु पछाडि कसैको आवाजले रोक्कियो । थाहा नै नभए झै किरणले ध्यान कतै मोड्ने कोशीस गर्दै थियो तर काँध मा संगीनीको हात उस्ले महसुस गर्‍यो । उन्को आँखा मा हेर्ने साहस किरणले बटुल्न सकेन बच्चा झै लपक्क अँगालो हाल्यो र आशु खसाल्यो लुकाएर । उ अझै निसब्द नै थियो । मन मनै उ माफि माग्दै थियो सुख दिन नसकेकोमा र सदा को लागि मनग्य माया लिदै थियो उनी सित । मन भित्र एउटा अकल्पनिय निर्णय बोकेर ब्युझिएको किरणले अप्रिय बाटो रोजेको थियो । संगीनी सित आँखै नजुधाइ दैनिक बोक्ने गरेको एउटा ब्याग बोकी बाहिर निस्कियो । आमाले पूजा कोठा मा बजाएको घन्टले बच्चा पनि ब्युझि सकेका थिए । उ अगाडि बढ्यो माथि झ्याल बाट बच्चा र तल ढोका बाट जीवन संगिनी ले किरण लाई पछ्याइ रहेको भान थियो । जब भन्झ्याङ बाट ओरालो लाग्नु पर्ने भयो किरण ले साहस गरी घर तिर फर्की हेर्यो सबै को आँखा उस्लाई नै ताकेको ताक्यै रहेछन । किरण थुचुक्क बस्यो र अनायास भक्कानो परेर रोयो धित मरुन्जेल । आफ्नो लाचारी प्रती प्रायश्चित गर्‍यो, माफ माग्यो आँफै सित र यो समाज सित अनी बाटो लाग्यो अदृश्य गन्तब्य तिर । बाटोमा भेटिएका कसै सित पनि हाइ हलो भनेन लगाम लागेको घोडा झै सिधा हिडि रह्यो गोरेटो सडक र हावाइ मार्ग हुँदै .......... 

समयको निरन्तरताले सन्तान जवान भैसके । संगीनी बृद्ध भैसकीन ।आमा परमधाम भैसकिन । संगीनीका आँखा अझै बाटो हेरी टोलाई राखेका छन कतै टुप्लुक्क आइपो हाल्छन कि ? कतै हुलाकी ले खबर पो ल्याइ हाल्दछन कि भनेर ........... 

सीता दिदीका हत्यारा !


हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ !
शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने धेरै नेपाली चैनले सुत्न सक्दैनन् जसका परिवार नेपालमा छन् । उसले यस्तै सम्झियो पक्कै केही दूर्घटना भो कि क्या हो !

के भो भन…। भन…। छिटो भन ……॥ शेखर अत्तालिदै सोध्यो ।
मामा…।! मामा…॥! सीता दिदीलाई घर लान सकिएन !
किन के भो र सकिएन …… के भन्न खोजेको छिटो भन !
हामी उहाँलाई आर्यघाट लादैछौं मैले बाटोबाट फोन गरेको ।
अमृतको आवाज अवरुद्ध थियो । रोदन मिश्रित शव्दहरु उसका मुखबाट फुट्न सकिरहेका थिएनन् ।
शेखर चिच्यायो यो हुन सक्दैन । कसरी भो यो सबै यति चाडै…… हे परमेश्वर …॥के गरिस तैले …। कति निर्दयी छस् त !
हो मामा यथार्थ यही हो । हामीले बचाउन सकेनौ । आज उहाँलाई हामी अन्तिम विदाई गर्न वाध्य भयौ । बडो कष्ठसाथ त्यति भनेर अमृतले फोन राखिदियो ।
जीवनमा धेरै उतारचढाव र दुखका खेलहरु झेलेर आठ नौ वर्षदेखि दशदेश दूर परदेशमा रहेको शेखरले सीता दिदीको त्यो अपत्यारिलो मृत्युलाई सहजरुपमा लिन सकेन । जीवनमा पहिलोपटक सपना साँचो भएको महशूस उसले गर्‍यो । गए राती नराम्रो सपना देखेको कुरा त्यतिबेला सम्झियो जतिबेला सीता दिदीको मृत्युको खबर उसले भान्जाबाट पहिलो पटक पायो ।
आफ्नै बाबुलाई वर्षौ देख्नै नपाई दुइ वर्ष अघि परदेशमै बाबुको काजकि्रया गर्न वाध्य भएको शेखरले बाबुभन्दा केही महिना अघिमात्र आफ्नै सासुलाई गुमाएको थियो । यो बीचमा उसले काका, ठूलाबा तथा नातेदारहरु गरेर धरै गुमाइसकेको थियो । परदेशमा रहनु पर्दाको यो पीडाबाट छटपटीरहेको शेखरका लागि सीता दिदीको मृत्यु सबैभन्दा भयानक लाग्यो । बुबा र सासु धेरै वर्षदेखि विरामी हुनुहुन्थ्यो । उमेर पनि पचहत्तर नाघिसकेका भए पनि पाँच सात वर्ष देख्नै नपाई आफ्ना पि्रयजनलाई विदाई गर्नु पर्दाको पीडा कति दुखदायक हुन्छ त्यो पनि उ सहन र समन गर्न बाध्य थियो ।
तर सीतादिदी त भरखरै बाउन्न त्रिपन्न वर्षकी मान्छे ! पढेलेखेकी मान्छे ! आजभन्दा करीव पच्चीस वर्ष अघि एम. कम. पास गरेकी मान्छे !, त्यो जमानामा नेपालका पढेलेखेका नारीहरुमध्ये औलामा गनिने मान्छे ! नेपालको ठूलो बैंक मध्येमा पर्ने कृषि विकास बैंकको प्रथम श्रेणीको अधिकृतसम्म भएर भरखरै रिटायर्ड भएकी मान्छे ! छ बैनी छोरीहरु मध्ये सबैभन्दा साहसिली छोरी । दुष्ट मानसिकता भएका आफन्तहरुबाट घरमा छोरा तथा भाइ नहुँदाको पीडा भोग्न वाध्य भएता पनि एउटा सुसंस्कृत परिवारी छोरी ! अल्पायुमा भएको आफ्ना बाबुको निधन र छोरीछोरी मात्र हुंदाको अवस्थाले आफन्तहरुबाट सताइए पनि अत्यन्त साहस लिएर अधि बढेकी छोरी सीता दिदी !
शेखर यस्तै यस्तै कुराहरु सोचिरहन्छ सीता दिदीका बारेमा । सीता दिदीको मृत्युलाई उसले स्वाभाविक मान्न सकिरहेको छैन । उ पत्याइरहेको छैन ।
दुइ घण्टा पछि जोसनाको फोन आयो हाकिम के गर्न सीता दिदीलाई बचाउने धेरै प्रयत्न गरियो तर सकिएन । जोसनको बोली स्पष्ट थिएन । बोलीमा बोलीभन्दा पनि वेदना थियो । घुक्कघुक्क र सुक्कसुक्कको आवाज बढी थियो ।
म पछि फोन गर्छु हाकिम…॥! र अहिले घरमा फोन नगर्नु दिदीहरु झन् रुनुहुन्छ । जोसनाले धेरै कुरा गर्न सकिनन् ।
जोसनलाई पनि केही बर्षअघिदेखि आमाको अभाव खड्किएको । त्यसमाथि आफ्नो सबैभन्दा नजिकाको साथी श्रीमान् परदेशमा ! त्यसमाथि अचानक माहिली दिदीको मृत्यु ! जोसनलाई जीवनमा कताकता आँधीतुफान आएर सबै भताभुंग बनाउन खोजिरहेछ जस्तो लागिरेको छ । उसले फोनमा भनेकी थिइ अब दिदीहरु के गर्ने होला ! सीता दिदी ठूलो साहस हुनुहुन्थ्यो घरको !
सीता दिदी अरु दिदीहरु भन्दा अलि झोक्की र रिसाहा भए पनि उसको सोझो पनलाई साहै माया गर्थी र बेलाबेलामा शेखरलाई भन्थी के गर्नु सीता दिदी साह्रै सोझो छ एकहोरो छ भनेको मान्दैन र त साखुल्ले पल्टेर भए नभएका उल्टापाल्टा कुरा सुनाएर एकहोर्याएर आफ्नो दुनो सोझो गरिरहेका छन् । शेखरले पनि सोच्यो ुयस्तो अपराध सायद यो दुनियाँमा कसैले गर्दैनन् होला ! शेखर अझ अबरुद्ध भयो । राजनलाई फोन गरेर काममा बोलायो र कामबाट विदा लियो ।
बग्दा बग्दैको नदी रोकिए जस्तो ! उड्दा उड्दैको चरा आकासबाट खसे जस्तो ! हेर्दाहेर्दैको एउटा रमणीय हिमाल सम्पूर्ण ढले जस्तो ! आफ! उभिएको धरातल भासिए जस्तो ! आकाशगंगा आगो लागेर खरानी भए जस्तो ! कस्तो कस्तो लाग्यो शेखरलाई ! हो बाबुको मृत्युको खबरले उ ज्यादै दःखी भएको थियो र त्यति असहज भएको थिएन जति सीता दिदीको मृत्युको खबरले उ भयो ।
सीता दिदीले अर्को ज्वाईको तुलनामा शेखरलाई त्यति नजिकको नठाने पनि उसले सीता दिदीलाई कहिल्ये टाढाको व्यवहार गरेन । उसालाई विश्वास थियो सीता दिदीको आँखा एकदिन खुल्छन् । जोसना पनि शेखरलाई यसै भन्थिन हेरिराख्नु हाकिम मान्छे हो एकदिन त आँखा खुलिहाल्छ नि । मान्छेको छाला ओढेको मान्छे जस्तो देखिने मान्छे र मान्छेमा फरक त मान्छेले पत्ता लाउन सकिहाल्छ नि । सीता दिदी पनि त मान्छे हो । शेखरले सोच्यो वास्तवमा जसले अरुलाई विश्वास गर्छ त्यो नै मान्छे हो र विश्वासघात गर्ने कुमान्छे हो । मान्छे र कुमान्छेबीचको पहिलो फरका पनि विश्वास र विश्वासघात नै हो । मान्छेले यो संसारमा लुकाउने नै के छ र ! कुनै न कुनै रुपमा कही न कही मान्छेको नाङ्गो र सक्कलीरुप मान्छेले देख्छ नै । कसैले नदेखे पनि लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको नाङ्गोरुप त देख्छ नै । अरुले नचिने पनि लोग्नेले स्वास्नी र स्वास्नीले लोग्ने त चिन्छ नै ।
तर जतिखेर सीता दिदीका आँखा खुले त्यतिखेरसम्म ढिला भइसकेको थियो । सीता दिदीलाई मानसिक र शारीरिक रोगले निकै चापिसकेको थियो । मानसिक सन्ताप सबैभन्दा ठूलो रोगको रुपमा सीता दिदीभित्र गाँजिइरहेको थियो । धेरै वर्षपछि पोहरसाल शेखरलाई भेट्दा सीता दिदीले कोठामा एक्लै पारेर टिलपिल आँशुले भरिएका आँखा मिच्दै भनेको कुराले अहिले उसलाई केही मान्छेसँग यति घृणा हुन थालेको छ त्यतिको घृणित मान्छे अरु कसैको कोही छैन र हुदैन पनि होला संसारमा !
ज्वाइँ मैले मान्छे चिन्न सकिनछु सकुनीहरु त आफ्नो मान्छे भएर घरमै आउँदो रहेछ । चोर र फटाह चिन्न गाह्रो हुदोरहेछ । अब म यो घरबाट कहिल्यै बाहिर जान्न । यस्तो भन्ने सीता दिदी अन्तत सदाका लागि जानु भो । शेखरले कहिल्यै सोचेको थिएन सीता दिदीले कुनै दिन यस्तो कुरा मसँग गर्नुहुन्छ भनेर । सधैं उनीहरुले शेखरका बारेमा नभएका नकारात्मक कुरामात्र कथुरी रहन्थे । मन्थरा र सकुनीले जस्तो उसका विरुद्ध षडयन्त्रमात्र गरिरहन्थे तर त्यो षडयन्त्र शेखर हैन सीताका विरुद्ध भइरहेको थियो । सीता दिदीले त्यो कहिल्यै बुझ्नु भएन ।

अहिले शेखरको कानमा सीता दीदीको मलिन त्यो आवाज गुन्जिरहेको छ । आँखामा सीता दिदीको त्यो पश्चातापपूर्ण अनुहार झल्झली आइरहेको छ । मस्तिष्कमा सीता दिदीको निष्कपटता अनि नारीसुलभ सोझोपन खेलिरहेको छ । शेखर भित्रभित्रै मुरमुरिन्छ दाह्रा किट्छ मुठ्ठी बटार्छ र भन्छ ूपापीहरु तिमीहरुले सीता दिदीको हत्या गर्यौ ! तिमीहरुनै सीता दिदीका हत्यारा हौ । तिमीहरुले गरेको अपमान अपहेलना र धोकाले सीता दिदीको साहस टुटायौ । निर्वल बनायाै लाचार बानायौं र मृत्युको मुखमा हाल्यौ । उपचार गर्न पनि विमुख गरायौ ।
सीता दिदी साह्रै साहासी हुनुहुन्थ्यो । आँटी हुनुहुन्थ्यो । नाजायज कुरामा कसैसँग कहिल्यै झुक्नुहुन्थ्यो । अरु दिदीबहिनी र आमा पनि सीता दिदीसँग डराउनु हुन्थ्यो । तर जालीको जालमा फसेपछि सीता दिदीको आँत कमजोर भइसकेको रहेछ । चंगुलमा फसेको माछो जस्तो भित्रभित्रै छट्पटिइरहनु भएको रहेछ । भनौ कसलाई भनौ घरको पीडा नभनौ कति सहुँ एउटा स्वाभिमानी मान्छेमाथि भएको मानसिक यातना । यो कुरा सबै शेखरले त्यही दिन मात्र खुलस्त थाह पायो । अरु पनि धेरै कुराहरु भन्ने इच्छा सीता दिदीलाई थियो होला तर अनुकुलता परेन । धेरै कुराहरु बाँकी र थाँति राखेर जान!भो !
शेखरले यो कुरा जोसनलाई पनि भनेको थिएन । शेखर सीता दिदीको संघर्ष र त्यागलाई सम्झन्छ । दाजुभाइ नभएको घरमा दिदीबहिनीहरु जस्तै दिदीबहिनीका लागि दुःख गरेर पढेको र अविवाहित बसेको । एम। कम। पढ्न बसन्तपुरदेखि किर्तिपुरसम्म पुसमाघ असारसाउन नभनी पैदले हिडेर जाने आउने गरेको । जागिर खादै पढ्दै त्यहाँसम्म गरेर तीसौं वर्षको लामो जागिरे जीवन पछि सुख गर्छु भन्ने बेलामा भएको उहाँको असहज अप्रत्यासित अस्वाभाविक र असामयिक मृत्युको जिम्मेवार अरु कोही हैन सीता दिदीले भनेका ।शकुनीहरु नै हुन । हरेक शव्दमा हाँ हाँ र जालमा ताल मिलाउने मन्थरा चरित्रहरु नै हुन । जुत्ता लाउनेलाई थाह हुन्छ जुत्ताले खुट्टा कहाँनिर खान्छ भनेर पढेलेखेर अलिकति ज्ञान आर्जन गर्नेलाई मात्र थाह हुन्छ कि पढ्न लेख्न कति गाह्रो छ भनेर । तर ति शकुनी जस्ता पात्रलाई के थाह यि सब कुरा ! शकुनी चरित्र अर्कालाई पीडा दिनु र अरुको दुखमा रमाउनु हो । यस्तै यस्तै कुराले शेखरको मनमा अहिले डेरा जमाएको छ ।
सम्पत्ति खानु थियो खाएको भए हुन्थ्यो तर सीता दिदीको अबला सोझो र एकहोरोपनको भरमार फाइदा उठाएर बहक्याउनु कतिसम्म नीचता हो हुनत घरमा सबैले उसको चलामाला बुझिसेककेका थिए तर छोरीको मायाले आमा पनि चुप लाग्नु हुन्थ्यो र बहिनीले दुःख पाउँछे भनेर दिदीहरु पनि । तर उसले उनीहरुको संयमतालाई आफ्नी स्वास्नी मार्फत उपयोग गरिहर्यो । शेखर यी कुराहरु जति सम्झन्छ त्यति मुरमुरिन्छ ।
शेखरले आफू परदेशिनु अधि नै भनेको थियो सीता दिदी तपाइँ अलि दुव्लाउँदै गए जस्तो छ एक पटक डाक्टरलाई जचाउँनु । तर त्यसको प्रतिवादमा सीता दिदीलाई उल्टो बहकाए । सायद शेखरलाई समेत दोषी बनाए नजर लायो भनेर । डाक्टरकहाँ गएर केही हुदैन दिदी बोक्सीको आँखा लागेको हो । फलानी बोक्सी हो चिलानी यस्ती हो । फालानो बोक्सो हो त्यसको नजरमा हेर्नु हुदैन । त्योसँग बोल्नु हुदैन । धामीझाँक्री झारफुक भाकल तन्त्रमन्त्र आदिमा सीता दिदीलाई घुमाउने बहकाउने काम वर्षैवर्ष गरिरहेछ । आमा दिदीहरुले कति भन्दा पनि सीता दिदी मान्नु भएन सपेराको मोहनीमा फसेको नागजस्तो सीता दिदी उनीहरुले भनेको हरेक कुरामा टाउको हल्लाइरहनु भो । यस्तो पढेलेखेको भएर पनि के भएको होला सीता दिदीलाई सबैले यसै भन्थे ।
सीता दिदी रिटायर्ड हुदाँ आएको एकमुष्ठ तीस पैतीसलाख ! त्यो पैसाले संगसंगै दुइटा घर बने । एउटा भाडामा लाग्यो । अर्कोमा सीता दिदी आमा र आफ्ना अरु दिदीबहिनी छोडेर उतै सर्नु भो । बुढी भएकी आमालाई त्यो कुराले गहिरो असर पार्यो र आमा थलिनु भो । त्यो कुरा अरु दिदीबहिनीले बुझेका थिए तर बुझ्नु पर्ने ले नबुझे पछि के नै लाग्दो रहेछ र ! सीता दिदी अन्धो हुनु भो ।
नयाँ घरमा आज, भोली, पर्सी गर्दै दिन वित्दै गए । सीता दिदी अब उसलाई बोझ हुन थाल्यो । उ सीता दिदीका अगाडि नांगिदै गयो । दिनभर रत्नपार्क तिर चाहर्ने र पीपलबोटमा टुक्रुक्क बसेर सित्तैमा पत्रिका हेरेर त्यसैको भरमा घर आएर डिंग हान्ने गरेको भेद पनि सीता दिदीको ज्ञानचक्षामा खुल्दै गयो । सडकमा ढुङ्गा हान्न गएर आज यस्तो भो आज उस्तो भो भन्दै कहिले दरबारको मान्छे त कहिले सीआइडी विभागको हँ भन्ने मान्छे जब दिनभर विना काम न काज घरमा कुचो लाएर बसेको देखेपछि मात्र सीता दिदीलाई थाह भो म कस्तो मान्छेको फेला परेछु भनेर ! आफैंलाई हप्काइ दप्काइ गर्दा पनि लोग्नेलाई संसारको अलेक्जेन्डर द ग्रेट जस्तो देखाउन सधैं हो मा हो भन्ने बहिनीप्रति पनि सीता दिदीको आँखा अलि उधि्रयो । यो त ………मान्छे होइन रहेछ ।
आज अलिकति ! भोली अलिकति ! पर्सी अलिकति गर्दै गर्दै जब उसले आफ्नो असली चरित्र पुरै देखायो सीता दिदी उसँग बस्न नसकेर फर्किने निधो गर्नु भो तर त्यतिबेलासम्म आमा वितिसक्नु भएको थियो र सीता दिदी आफैका लागि पनि ढिलो भै सकेको थियो । आमा वित्दा पनि उसले खासै वास्ता गरेन । उसबाट कुनै साहनुभूति वा समवेदना चूहिएन । गोहीको जतिपनि आँशु चुहाउन नसक्ने त्यो मान्छे जस्तो देखिने मान्छेले । सायद उ सीता दिदीको पनि कामना गरिरहेको हुनसक्छ जति छिटो सीता दिदी ………… त्यति चाँडो यो घर……॥ !उसलाई साइनो मानवियता र कर्तव्यपरायणता भन्दा पनि घरसँगको साइनो दह्रो बनाउनु थियो । उ त्यो घरमा भित्रिए पछि मान्छेसँगको अरु साइनोलाई उसले तोडिदियो ।

जिन्दगी, खजाना र हामी


जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को स्वर्गीय सतह ! शब्दको ढाढस कतिसम्म न्यानो हत्केला भएर शिरमा नरम मालिस बन्न सक्छ, यही गजलले मलाई प्रवचन दियो । यसको तालले आफ्नो बेताललाई कहाँसम्म प्लास्टर गर्छ भने, घाउको चिराचिरा स्वतः मखमलको स्वाभाविक जुनीमा फेरिइसक्छ ।


मानौँ हामी जिन्दगी नामको प्रतियोगीतामा कुदिरहन्छौँ र एउटा-एउटा खजानाको तिर्खाले रन्थनी छुटेर बहुलाइरहन्छौँ । यस्तो बहुलाइरहनुको निरन्तरता त्यहाँसम्म चालू भइरहन्छ, जहाँहाम्रो समग्र दौडको अघिल्तिर एक मान्छे खरानी वा माटोको चिता वा खाल्डो जम्काभेटमा देखिँदैन । खजाना भेट्ने लफडामा हामी जिन्दगीलाई सुमसुम्याउन छाडेर एकैचोटि मृत्युको काखमा सुहाउँदो बच्चा बन्न पुग्छौँ क्यार । तर लफडैलफडाको धुनमा सँगालिन आइपुगेको हाम्रो दुःखको भने कुनै तौल रहन्न । संवेदनाको चौकिल्ला छल्दैछल्दै तौलको हिसाब निकाल्ने त्यसो त हामी जुँगामुठे व्यापारी पनि होइनौँ । यद्यपि यही दुःख पनि त यात्राभरि कमाएको र हाम्रै भागको खजाना हो नि, माथिको गजलले यस्तै केही भन्छ सायद । र, यस्तो निर्विवाद खजानाको धनी आफू एक्लै पनि त होइन नि ! म पनि तिमी पनि... । साथी भएपछि कहीँ नभएको कहाली ब्युँताएर सुर्ताउने के नै काम ?

यसैकारण आत्माको इनारमा तृप्‍तिको फिँज उठ्छ ।


जिन्दगीमा हामीलाई छडीले छुलुक्क पारीपारी पाठ पढाउने गुरु दुःखहरू निकै हुन्छन् । हामी अनुभूतिमा नोट गरिरहन्छौँ । गुरुको अपेक्षा त हामीलाई सदा रहन्छ नै । गुरुकै कुरामा, बालापनमा तिनले कति-कति हाम्रा बदमासीका अघि पनि आँखा चिम्लिँदै उल्टै मिठाइ टक्र्याएर फकाएका छैनन् (थिएनन्) र ? दुःखहरू पनि ती गुरुभन्दा कुनै मानेमा कम छैनन् । तिनले यात्राभरिको रङ्गीविरङ्गी मन्डपमा हाम्रो सिर्जनशीलताको सिउँदो भरेर समाजमा निर्भीक भएर हिँड्न भरपर्दो रेखा दिन्छन् । भने, दुःख बेकामी हुन्छन् नै कुन अर्थमा र ? प्यारा गुरु दुःखहरू.., जसले हामीलाई कुनै मोडमा खुत्रुक्कै बसाए पनि सम्हालिएर चिप्लिनलाई सरल 'लिक' दिए ।


भित्ताको तस्वीरमा एकपटक हाँसेको त्यो रुप र त्यही पल छाडेर हामी हिँड्दै गर्छौँ अघि झन् अघि ...। तर तस्बिर उस्तै गरी हाँसिरहन्छ । तस्वीरमा कैद हुनुको कुनै अपशोच त्यस चेहरालाई हुन्न । कारण, त्यही त त्यसको स्वाभाविकता हो क्यार । अर्थात् फ्रेमको चार कुनामा स्थिर जीवन रच्नु । दुःखको फ्रेमभित्र हाम्रो यात्रा पनि त्यस्तै तस्वीरजस्तो स्वाभाविक लाग्छ । यही दुःख त रहेछ अन्तरङ्ग साथी, जसको आडमा हामी सुख र चैनको झिल्कादार आतिसबाजीलाई झट्ट नियाल्न भ्याउँछौँ-सक्छौँ ।


कसैले भनेको छ कतै- 'फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन ।' हामीमध्ये धेरैजसो त्यस्तो फकाउने मान्छे नभएर निस्ताउँछौँ । घरमा बसिरहँदा 'खाजा खायौ ? खानुपर्दैन त बदमास मान्छे ?' भन्ने गाली सुन्न नपाएर भोकै दुब्लाउँछौँ । कलेजमा कक्षा सकिएपछि घर फिर्ने बेलामा 'बाइ है फुच्चु !' भन्ने बिदाइ-सम्बोधन नपाएर एक्लिन्छौँ । 'राम्रो नाटक चल्दा पनि तिमीबिना त्यो नाटकघरमा भूतघर बेहोर्नलाई जान मन लागेन' भन्ने समभाव व्यक्त गर्ने आत्मीय साथी नपाएर हुरुक्क बन्छौँ । आफू मन दुखाएर अनाम नदीको किनारैकिनार एक्लै बहकिइरहँदा खोजी गर्ने कोही नहुँदा पटक-पटक मर्छौँ ।


- तर दुःख त अपेक्षाभरि सधैँ साथै हुन्छ ।

- कुनै गुनासोलाई मनबाट निकासी गर्नुपर्दैन ।

- हैरानीलाई पकेटमा च्यापेर हिँड्ने मौका मिल्छ ।

घमन्ड


घमन्ड गर्नु राम्रो मानिन्न। समाजमा होस्,सभामा होस्। घमन्ड ले सदैब अप्ठ्यारा स्थितिमा धकेल्छ। यो सत्य र सार्थक हो। आज हाम्रो देशमा पनि राजनीतिक घमन्ड को रोग लागेको छ। यो चारैतिर फैली रहेछ। देशमा होस् वा बिदेशमा। माहामारी भयानक रोघ झै। देश र तमाम जनताहरु यो माहामारि रोगबाट अछुतो छैनन। समय को प्रबाह सगै आज हाम्रो देश बिकसित राष्ट्रहरु को दाजोमा पछाडि धकेलिदै गैरहेछ। सगैमा छिमेकी राष्ट्रहरु

लाई हेर्ने हो भने चाइना र ईन्डिया कहाँ पुगिसके। बिकास को चरम सिमा नागिसक्यो। हाम्रो देश अझै राजनितिक खिचातानिमालडिरहेछ।

देश ऐले चाकडी र चुक्लिमा ब्यस्तछ। दलहरु एक अर्कामा राजनीतिक लुछाचुडिमा ब्यस्त छन। पौचवालाहरुले जागिरे शैलिमा सत्ताको चाकडी गर्नेबानी हटाउनु जरुरिछ। जनतामाशाहीस्णुता,बिबेक र परम्परालाई सम्मान गर्ने चरित्र हुन आबस्यक छ। चुनाव जितेपछी जनता को मालिक सम्झने परम्परालाई जरैबाट उखेल्न जरुरिछ। प्रजातन्त्रमा जनता सचेत हुन सकेनन भने बिक्रिती फैलिन्छ। अधिकारहरु किनबेच हुन्छन। ऐले हाम्रा देशमा यस्तै भाईरहेछ। हाम्रा नेताजीहरुले पनि घमन्ड गरी रहे भने चाउचेस्कु निकोलस र क्याथरिन झै एक दिन नेपाली जनताहरु को शिकार अबस्य बन्नेछन। एसमा दुई मत छैन। छिमेकी को प्रिय पात्र बन्न बिभिन्न शैलिमा नयाँ लेन्डुपहरु जताततै निमुखा जनताहरु को

अगाडि राष्ट्र का पहरेदार हामी हौ भन्दै खोक्रा आश्वासन बाड्न ब्यस्त छन। तर नेपाली जनताहरु को न राम्रो बास को ब्यबस्था

न आधा पेट खान नै पाएकाछन,यो साह्रै दु:खपूर्ण कुरा हो। आज हाम्रो देश दिन प्रती दिन उन्नती त कता हो कता अबोगती

तिर गैरहेछ। कस्तो बिढम्बना?आफुलाई बुद्दीजिबी र विद्वान ठान्नेहारु को होटबाजी चलिरहेछ। सोझा साझा जनताहरु रमित हेरिरहेछन,बिचराहरु के गर्न र के बोल्न नै सक्छन र,बोल्यो कि पोल्यो।

हाम्रा महान नेताहरु पद को प्रलोभननमा चुर्लुम्मै डुबेकाछन् जो पनि र जे पनि डुब्ने बरमुडा ट्य्रङल भित्रझै। घमन्डी र पाखन्डिहरु आफ्ना स्वार्थ का निमित्त जे गर्न पनि तयारछन। सच्चरित्र अनुशासन र नैतीकता दुर्लब बन्दै गयोभने सधैं को लागि देश र जनताहरु पतन को खाडीमा जाकिने कुरा हाम्रा महान नेताजीहरु लाई थहा हुन जरुरी छ। राष्ट को हित र जनता जनर्दन को माया उत्तराधिकारीहरुमा हुन अनिबार्यछ। जन प्रतिनीधीहरुले अहन्कार को भाषालाई त्यागी जनताहरु प्रती सत्य र तथ्यलाई उजागर गर्दै देशबासिहरु प्रती चिन्तनशैलिमा

परिवर्तन ल्याउन जरुरी छ। धर्म सस्क्रिती सम्प्रदाए र भाषा सम्बन्धी जनचेतना जगाउने खाल को योजनाहरु जनमानसमा ल्याइ सहमती द्वारा

कार्यन्वएन गरी अगाडि बड्न सके प्रजातन्त्र को आवास आउने थियो कि?होइन भने समय अतिनै कस्टकर नहोला भन्न सकिन्न। ठुलो होस्

वा स्यानो,धनी होस् वा गरीब,प्राये हामी सबै को सोचाइहरु सपनाहरु उस्तै उस्तै हुन्छन। काएर बनी जनताहरु को समस्या बाट भाग्न खोज्नु दमकल आँफै बल्नु जस्तै हो।
tulsirampandey48@yahoo.com       tulsirampandey48@gmail.com

mero parichaye

म एक सामान्य गरिब परिवारको मान्छे हुम र मेरो रुची भनेको सादा जीवन उच्चविचार कसै संग नमातने र महिला हरुलाई आमा र दिदि समान को दर्जा दिने जीवन मा कस्तै परेपनि उच्च शिखर छुने कामना राखने झुट नबोल्ने सच्चाई को सम्मान गर्ने अन्नाये को विरुद्ध लड्न सक्ने मानिस हरुले म संग मित्रता गर्न सक्नुहुन्छ  भन्ने कामना गर्दछु  मेरो प्रोफाइल हेर्नु भएको म़ा धन्यवाद दिन्छु  मेरो नाम तुलसीराम पाण्डे  गुल्मी सिमिचौर ८ रान्ग्बास पचासे  मलाई सम्झनु भएको म़ा धन्यवाद

यो हो मेरो नमस्ते गुल्मी


नमस्कार मित्रहरु ;- जो पनि हुनुहुन्छ जहाँ पनि हो कहिल्लै पनि आफ्नो देश आफ्नो गाउ लाइ नबिर्सौ / हामी तेही माटोमा  नै हुर्किएर आज कुन कुन मुलुक मा पुग्न सफल भएका छौ / आफ्नो देशलाइ कसरि बनाउनु पर्छ भन्ने तपाईहरु का  सल्लाह र सुझाब यो तल दिएको इमेल मा पठाउन  अनुरोध गर्दछु / तपाइहरुका सल्लाह  र सुझाब लाइ छनौटगरि नमस्ते गुल्मीमा पर्कासित गरिने छ /                                                                                                                                                         tulsirampandey48@gmail.com                                tulsirampandey48@yahoo.com

यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?


tulsiram pandey
म २५ वषर्ीय परदेशी युवक हुँ । हालसम्म अविवाहित छु । लगभग १६-१७ वर्षको उमेरदेखि हस्तमैथुन गर्दै आएको छु । १८ वर्षको हुँदादेखि साढे १९ वषर् सम्म करिब साढे १ वर्ष एक विवाहित युवतीसँग यौनसम्पर्क राखेको थिएँ । त्यतिबेला भने हस्तमैथुन गरिनँ । त्यस पछिका र पहिलेका सबै समयमा  हस्तमैथुन गर्ने गरेको छु । यो एक-दुई वर्षमा म दुई-तीन दिन बिराएर हस्तमैथुन गर्छु । मलाई हस्तमैथुनको बानी नै लागिसक्यो । हस्तमैथुन गर्दा म  चार-पाँच मिनेटमै शिथिल हुन्छु र यौनसम्पर्क राख्दा पनि पाँच-सात मिनेटमै शिथिल हुन्छु । हस्तमैथुनको बानि त्याग्न निकै पहल र अठोट गरें, तर केही  दिनमै असफल हुन्छु । मलाई हस्तमैथुन त्याग्न मन छ, त्यसका केही उपाय छन् ? के यो मेरो शीघ्रपतनको समस्या हो ? हस्तमैथुनले भावी विवाहित  जीवनमा असर पार्छ कि पार्दैन ? यौनसम्पर्क गर्दाको न्यूनतम समय कति हो ? यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?

हस्तमैथुनको बानी कसरी हटाउने ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको  विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत  धारणा पनि छन् ।

यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा  यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको  यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै  हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले  स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को  व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक  क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा  बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला ।  ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो  सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र  समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य  व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।  विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क  हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला ।

के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?

मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले  अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने  गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दर्ैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै  नगरेको स्थितिमा भने फरक पर्छ । दुवै जना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।

के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि  मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले  आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा  योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी  परिभाषित गर्ने भन्ने बहस पनि  नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव  हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि  तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर  वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

यौनसम्पर्कको समय कति हुनुपर्छ ?

यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नुभयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई  लिएर सन्तुष्ट हुनुपर्छ ।