कति प्यारो, कति प्यारो, मुटु भन्दा माटो प्यारो
घर-देशको दुःख भन्दा पर-देशको सुख गाह्रो ।।
कोही छैन, केही छैन मनले आफ्नु भन्ने हाम्रो
नाता छैन मान्छेबीच कोही आफ्नो ठान्ने हाम्रो
चुहिएको छानो राम्रो, भत्किएको गारो राम्रो
पराईको महल भन्दा आफ्नै घर कति राम्रो ।।
न त गुराँस फुलेको छ, न त हिमाल हाँसेको छ
आफ्नै देशको माटो सम्झी जिन्दगानी बाँचेको छ
गुन्द्रुक, ढिडो, सिन्की खाई हाँसेको त्यो मुहार राम्रो
हिमाल, पहाड ,तराई हाम्रो कति राम्रो कति राम्रॊ

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ