
पशुबलि एउटा आस्थासंग जोडिएको विषय हो । जहाँ आस्था हुन्छ, त्यहाँ कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन् । यो पशुबलि पनि आस्थासंग जोडिएको एउटा प्रथा हो । हामी देवताको पूजा-अर्चना गर्छौ, त्यो पनि आस्थाको नै पर्याय हो । सात्विक, राजसी र तामसी गरेर तीन प्रकारका गुणहरु हुन्छन् । गीताका अनुसार "भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्'' । भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनीमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन् ।
भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन् ।
‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ । यहाँ हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन । यस भू-मण्डलमा सात द्विप भएको पुष्टि हाम्रा वेद शास्त्रहरुले गरेका छन् : "सप्त द्विप वति पृथ्वी सा द्वी विधा: नित्या अनित्या च '' । तिनका नाम हुन् जम्बूद्विप, प्लक्षद्विप, शाल्मलिद्विप, कुशद्विप, क्रौन्चद्विप, शाकद्विप ,पुष्करद्विप । त्यसमा पनि भारतवर्षमा {नेपाल, भारत} देवताहरुले अवतार लिने र लीला गर्ने जस्ता कार्यहरु हुने गर्छन् । हिन्दमहासागरबाट आविर्भूत भएको र यहाकाँ मानिसहरु हिन्द भाषी भएको हुदाँ यहाका धर्मावलम्बीहरु हिन्दु कहलाउन थाले । उनीहरुको आफ्नै प्रकारको विशेष सनातन धर्म छ, उनीहरु धर्मभीरु हुन्छन्, धर्मप्रति आस्था र विश्वास गर्ने गर्छन् : “ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
धर्म भन्ने वित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ । धर्मले हत्या हिंसाको पक्ष लिदैन भन्ने बुझ्नुपर्छ । धर्म शब्द कुनै हिंसाको द्योतक हैन । मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणिमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन् ।
हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :
(१) नित्य (२) नैमित्तिक (३) काम्य ।
(१) नित्य - शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन् । नित्य कर्म गर्नाले शरीर एवं मन शुद्ध हुने तथा देवपूजन, हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ ।
(२) नैमित्तिक - ग्रहण आदिको विशेष अवसरमा हवन, यज्ञ, देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन् । नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ नगर्दा प्रत्यवाय नामको दोष लाग्छ ।
(३) काम्य - कुनै कामनापूर्तिका निमित्त गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन् । जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन ।
गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ । दाउरा बाल्दा, घर सफाई गर्दा, लुगा धुँदा, ढिकी-जातो गर्दा आदि कार्य जीवको हिंसा नभई हुन सक्दैन । त्यसको प्रायश्चित गर्नलाई पञ्चमहायज्ञ गर्ने आदेश शाश्त्रहरुले दिएकाछन् । ती पञ्चमहायज्ञ हुन् :
(१) ब्रह्म यज्ञ :- वेद, पुराण, इतिहास, धर्मशास्त्र, रामायण, महाभारत आदिको पठन-पाठन गर्नु ।
(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि तर्पण, श्राद्ध आदि गर्नु ।
(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु ।
(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेव, भूत, गाई, कुकुर, काग आदिलाई बलि दिनु ।
(५) नृयज्ञ :- घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु ।
यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ । यी पन्चबलि निम्न प्रकार छन् :-
(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने ।
(२) श्वानबलि :- कुकुरलाई खाना दिने ।
(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने ।
(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने ।
(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने ।
यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ । जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ । यहाँ बलि शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन । भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ) ।
प्रश्न उठ्छ - के शास्त्रमा पशुबलिको विधान छ त ?
समयको काल–चक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो । बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले । अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले । तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले । आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो ।
हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक । बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रियलाई हुँदैन । त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा “रुधिराक्तेंन बलिना मांसेन सुरया नृप । बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता ।।“ आदि शब्दको प्रयोग भएको छ । जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ । हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन । “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो ।
प्राचीन कालमा बलि:- प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो । यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = बध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो । अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याईन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो । कैयौ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाईन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो । त्यस्तै कैयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि । तर स्मरण रहोस् पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ । त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन । जस्तै भनिएको छ -
“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा ।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम् ।।“
( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो । तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ ।
कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन । भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे ।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ । जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ । त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो ।
नेपालको सन्धर्भमा बलि :- नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो । देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो । भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन् । नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन् । आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ । अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ । बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले । दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो । बाबु-बाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो । बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ । नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकाश क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यहि नै हो । खुनको बलि ले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ । देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन् । झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै बिधान छ

धनमाय आज पनि विहानै उ�� ेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना बनाउन मन लागेन मन पनि कसरी लागोस यस बुढेसकालमा एक्लो जीवन विताउन परेपछि हिजोआज त बाहिर निस्कदा केटा- केटीले बोक्सी बुढी भनेर जिस्काउछन् । हुन पनि यहा“ दा“त झरेपछि र केश फूलेपछि सबैले बोक्सी भन्न थाल्छन् । त्यही माथि एक्लो भएपछि जब बोल्न कोही हुदैन एक्लो जीवन देखि वाक्क भएर एक्लै भूत भूताउन सिवाय के पो गर्न सकिन्छ र यो त उसैलाई थाहा हुन्छ । जसले यस्तो जीवन विताइरहेको छ । त्यस्ताको हरेक चाल चलन समाजले शंकालु भएर हेदछन् । यहा“ सम्मकी नुहाएर धुप बाल्दा शरिरमा तेल मालिश गर्दा बोक्सी ज्ञानसिकेको भन्छन् । यस्तै छ हाम्रो रुढीबादी समाज ।
किन किन आज धनमायाको मन उदास छ उ अतितका घटनाहरुलाई सम्झदै कहिले रुने र हास्ने गर्छे आज पनि उ अतितका दिनहरुमा कता हर्राई कता ........ उसको मस्तिष्कमा आफू मात्र उन्नाइस (१९) वर्षो हुदाको घटना आउछ जनुबेला उ यस सानो गाउ“मा सबै भन्दा सुन्दर फूल थिई , जसलाई हेन युवा नयनहरु सधैं उसको घरको चारैतिर घुमी हिड्थ्ये । चारैतिर उसको गुणगान र सुन्दरताको प्रशंसा हुन्थ्यो । जवानीको बेला हो, कसैसित मन मिल्नु र घनिष्ट हुन त स्वभाविक नै हो यसै र उसको हेम खेम पनि यसै गाउको वलिष्�� यूवक मैते सित पर्यो उ सधै गाउको हरेक कामना अघि बड्थ्यो ,सारै मिलनसार थियो शायद यही गुणले पनि होला धनमाया उ प्रति आकषिर्त भएकी । उ धेरै जसो खेतालापात जादा दाउरा घा“स जादा पनि मैते स“ग हुन्थ्योे । जनु कुरा यो सानो गाउ“मा आ“गो सरह फैलन स्वाभाविक पनि हो ।
धनमाया साह्रै डराउ“थी कारण उ पुरोहित बाजेकी एकलौटी छोरी र मैते सानो जानको अर्काको पाखुरेको छोरो यसैले पनि उनीहरुको प्रेम सफल हुने सम्भावना कम थियो । एक दिन यसरी नै मैते र धनमाया गाउ“ले �� िटा �� िटीहरुस“ग जंगल गएका थिए धनमायाले एकान्तमा पारेर मैतेलाई कति दिन बिताउने यसरी एक्लै लुक्दै छिप्दै कति दिन बिताउने जाउ यस गाउ“ छाडेर अन्यत्रै र विहे गरौं तर मैतेले भन्यो हैन धनमाया तिमीलाई थाहै छ त्रि्रो बुवाको यस गाउ“मा कत्रो इज्जत छ, फेरि नभन हामी भागेर पनि त कहा“ जाने बुढाको पुहच टा�� ा-टा�� ा सम्म छ मार्छन । धनमाया उत्तेजित हुन्छे हैन मैतेदाई हामी एक अर्कालाई मन पराउ“छौं हाम्रो जीवन सुखी हुन्छ किन समाजको डरमा जीवन बर्वाद गर्ने र मैतेले भन्छ हेर धनमाया हामी भागेर गए मेरो बुढी आमाको कस्तो विजोग हुन्छ म यो पाप गर्न सक्दिन् । धनमाया �� ुस्किन्छे त्यसो हो भने आज सम्म तिमीले मलाई के सोचेर प्रेम गरेको त धनमायको आ“खाबाट आ“शु टलपल गर्नथाल्छ जो मैतेले सहन सक्दैन र भन्छ �� िक छ धनमाया हामी भागौं तर आमालाई .............. । मैतेको निम्ती यहा“ जटिल समस्या भईदिन्छ उसको बुढि आमा जसलाई उ यहा“ एक्लो छाडेर पनि त जान सक्दैन फेरि आमा पनि मान्नु हुन्न तब के गर्ने .........- तर उनीहरुको प्रेम यति अघि बढि सकेको थियो कि उनीहरु यी सब छाडेर भाग्न तत्पर भए तर गरिब मैते शहर नदेखेको �� िटो धनमायालाई लिएर कहा“ जाने उ अर्काे गाउ“मा शरण लिन पुगे तर पुरोहित बाजेको जजमान भएको गाउ“मा उनहिरुलाई समात्न पुरोहित बाजेलाई त्यति साह्रो परेन गाउ“मा ल्याएर धनमायालाई घरमा थुनेर राखे र मैतेलाई कुटेर गाउ“बाट खेदाए सारा समाज मिलेर ।
यसरी मजबुत धनमायाको प्रेमको हत्या भयो र पुरोहित बाजेले हवल्दार जे�� ोसित विवाह रचाए उ भर्खर रिटायर्ड भएर आएको थियो र पहिलो स्वास्नी केही वर्षअघि र्स्वर्गवास भएको थियो । तर हवल्दार जे�� ोले विहे गरेको केही दिनमै नाता भातिका कुरा सुनाउन थाले गाउ“लेहरुले र हवल्दार जे�� ो दिनरात जा“ड रक्सी खाएर घरमा धनमायालाई मैतेकी स्वास्नी मेरो सम्पत्तिमा रजाई गर्न आएकी भन्दै कुटपिट गर्न थाल्यो । दिनरात जा“ड रक्सी जुवा तासमा लागेपछि हवल्दार जे�� ोले भएभरको सम्पत्ति स्वाहा“ पार्यो र एकदिन गाउ“ छाडेर हिडेको कहा“ गयो कसैलाई पत्तो भएन गाउ“मा कोही भन्छन मर्यो भनेर कोही भन्छन अर्का लिएर शहरमा पस्यो । तर बास्विकता केहो आजसम्म धनमायालाई पनि थाहा छैन । उनीहरुको एउटा छोरो पनि थियो तर सुकेनाशले र खाना राम्रो नपाएर तीन वर्षै मरेको थियो ।
हुन त पुरोहित बाजेलाई आफ्नो भूलको अहसास नभएको हैन छोरीको यस्तो विजोक देखेपछि त्यसैले धनमायालाई माइतमा नै बोलाएर राखेका थिए र पछि छोरीको दुःख र सारा जिवन सोचेर मैतेलाई खोज्न प�� ाएका थिए तर मैते कहा“ गयो गयो कसैले भन्न सकेनन् । धनमायालाई भने अडकल थियो पक्कै पनि मैते आसाम गएको हुनर्ुपर्छ । मामाहरु उता छन भन्थे हुन त धनमायालाई भगाएर मैतेले आसाम लान चाहेको पनि हो तर त्यति टाढो कसरी पुग्ने विचरो गरिब मैतेमा पैसा नै कति थियो र नत्र आज शायद उनीहरुको जीवन कति सुखमय हुने थियो होला ।
जस्तै �� ूलो चोटपनि समयको मलहम पट्टीले निको हुदोरहेछ बस कहिले नमिट्ने दाग रटाटो छाडेर धनमाया पनि अब त एता उता हिडडुल गर्न थालेकी थिइ ता गाउ“घरमा मानिसहरुले उसलाई कति लाश्रण लगाउथे उ यि सब सहने भइ सके की थिई । हुदा हुदा पुरोहित बाजे पनि मरेर गए अब धनमाया एक्ली छे साथमा अतितका घटनाहरु र अधुरो प्रेमहरु । हिजोआज धनमाया घर छाडेर हिड्न नथालेको पनि धेरै भयो । शायद बुढि भएर होला उसका ति सुन्दर केशहरु मुहार जम्मै कुरुप भएको छ बुढेस कालले गर्दा मुखका धेरै जसो दा“तहरु फुस्किएका छन् । बाहिर एक्लै निस्कदा केटाकेटीहरु तर्सन्छन र बोक्सी बुढी बोक्सी बुढी भन्दै जिस्काउ“छन् । तर विचरी धनमाया यि सब दुःख कष्ट सहेर पनि एउटै आशमा बा“चेकी छे र एउटै चाहनाले जिउदो राखेकी छे आफैलाई त्यो हो मर्न अघि एकपल्ट भएपनि मैतेको मुहार हेने ।

उफ् ....! यो हल्ला....! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्नेगरी \"बदाम.... ए.. बदाम... ए चटपटे...नारियल...मेवा....आजको ताजा खबर....\" मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्यो....सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कम से कम मेरा लागि।
सुन्दर मिथिलानगरी जनकपुर। यही जनकपुरको बसपार्कमा एउटा विराटनगर जाने बसमा बसेकी छु म। बितेका वर्षहरू, महिनाहरू र दिनहरूले ममा अचम्मलाग्दो निस्सारता भरिदिएका छन्। जीवनलाई सुन्दर बाटो र त्यसको यात्रा �� ान्ने मेरा विश्वासहरू केही डगमगाउन लागेझैँ हुन्छन्। विश्वास डगमगाए पनि मैले तिनलाई ढल्नचाहिँ दिएको छैन। त्यस्तै विश्वासहरू थामेर जीवनयात्रालाई निरन्तरता दिनु नै छ। निस्सारतालाई पुस्तकमा साट्ने गरेकी छु मैले अचेल। केही पछुतो पनि लाग्छ, कहिलेकाहीँ, किन बेलैमा पुस्तकहरूसँग मित्रता गाँसिनँ मैले। अहिले सम्झन्छु मैले ती दिनहरूमा पुस्तकहरूसँग मित्रता गाँसेको भए मेरो जिन्दगीको बाटो अर्कै हुन्थ्यो होला। सायद म जीवन्त जीवन जिउँथे होला। तर समयको धारलाई न कसैले बदल्न सक्यो न सक्छ। जुन कुरो हुन सकेन त्यसमा समय खेर फाल्नुभन्दा जे हुनसक्छ त्यसमा चिन्तन गर्नु नै �� ीक होला ? यी कुरा पनि मैले पुस्तकहरूबाट नै थाहा पाएकी हुँ।
म जनकपुरको बसपार्कमा बसभित्र कहिले यसले यात्रा थाल्छ होला भनेर पर्खिरहेकी छु। दिएको समय त बाहिरिइसक्यो तर बस गुड्ने सम्भावना अझै देख्तिनँ। नेपाल न हो, हामीले समयलाई कहिले चिन्यौँ र ? जे भए पनि बसले विराटनगर त पुर्याउला नै।... अब के गर्ने त ? म मेरो छोरासँग बसको दाहिनेपट्टिको 6 नम्बरको सिटमा झ्यालनेर बसेकी छु। झ्यालबाहिर पनि हेर्दै छु र बेलाबेलामा छेउमा बसेको छोरालाई पनि हेर्दै छु। मेरो छोरो मसँग टाँसिएर बसेको छ। अब म बसभित्र र बाहिर आफ्नो जिन्दगी खोज्न थाल्छु।
उः बाहिर श्री भवनाथ झा हिँडिरहेका छन्। म झ्यालबाट स्पष्ट देखिरहेकी छु।श्री भवनाथा झा मेरा श्रीमान् हुन्। तर म उनकी श्रीमती हुँ कि हुँइनँ ? शङ्कै छ धेरैलाई ? म आफैँलाई ? खै कुन्नि ? उनीसँग उनको छोरो छ, म छु। कस्तो अचम्म मैले मेरा श्रीमान् र छोरासँग आफूलाई हिँडिरहेको देखिरहेकी छु। मेरो छोराले अचानक आग्रह गर्छ- \"बाबा ! मलाई चाउचाउ किनिदिनुहोस् न।\" म र मेरो छोरो दुवै आस गर्छौँ चाउचाउ किनिदिनुहुन्छ भनेर। तर छोराले त्यसो भनेपछि श्री भवनाथ झा हामीबाट अलि परपर हिँड्न थाल्नुभयो। मलाई लाग्यो चाउचाउ दोकान नभेटेर होला। तर त्यो दूरी बसपार्कआउन्जेल कम भएन। चाउचाउ त कता हो कता। छोरो रटेको रट्यै छ \"चाउचाउ.....चाउचाउ....।\" हेर्छु छैवैमा पसल छ। किनिदिन्छु एक प्याकेट चाउचाउ। सन्तुष्ट हुन्छ ऊ। तर मेरो सन्तुष्टि त कता गयो कता। मलाई श्री भवनाथ झाको हामीसितको दूरी राम्रो लागेन, मैले बुझ्न पनि सकिनँ। बस छेउमा पुगेपछि बर्साउँछु क्रोधका लहरहरू- \"तपाईँ किन हामीबाट परपर हिँड्नुभएको ? छोराले त्यत्रो चाउचाउ किनिमाग्दा पनि किन वास्ता नगरेको ?\"
उहाँको उडेको अनुहारले बतायो- \"बाबुले \'बाबा\' भनेर बोलायो क्या ! यहाँ कसैलाई थाहा छैन, मैले तिमीसँग बिहे गरेको कुरा।\"
\"थुक्क ! आफ्नो सन्तानलाई परिचय दिन नसक्ने तपाईँ कति लाछी ? के गर्नु र मैले तपाईँलाई के भन्ने? जति भने पनि जीवन उल्टा बग्दैबग्दैन।\" लाग्नथाल्यो विवशताका पनि आआफ्नै संस्करण हुँदा रहेछन्। गोदानको होरीको विवशता र मेरो विवशता एकै नभए पनि असरहरू झन्डै एकै थिए। विचरा होरी ! सामन्ती समाजिक रीतिरिवाजले पिल्सिएको ऊ र त्यस्तै पुरुषप्रधान सामाजिक रीतिरिवाजले पिल्सिएकी म पनि।
घ्यार्र....घ्यार्र.... ए बस स्टार्ट हुन लागेछ। अब त विराटनगर पुर्याउला कि ? बसको इन्जिनको घ्यार्रसँगै मेरो पनि जिन्दगीको एउटा नयाँ पाटो सुरु हुन गइरहेको छ। हेरौँ कहाँ पुगिन्छ।
बसभित्र चाहिँ उकुसमुकुस छ। म छोरासँग बसेकी छु। वरिपरि मानिसहरू छन्। दुई सिटअगाडि एउटी महिला बसेकी छन्। अगाडि फर्केर खै के हेर्दै छिन्। हेर्छु, म नै जस्तो लाग्छ। अचानक उनी पछाडि फर्किन्, अरे यो के ? उनी त म नै हुन्। म, दुई वर्ष अगाडिकी म। लुगा केही मैलो, कपाल राम्रो नकोरेकी। अनुहारबाट निराशाको झलक आउने। फेरि मैले आफूलाई नै भेटेँ बसमा। दुई वर्षअगाडि म निराश थिएँ, जिन्दगीबाट केही आस थिएन। बाच्नुको अर्थ थिएन। जीवनलाई घचेट्नु पर्ने थियो।
म दुई वर्ष पहिले इलाम जिल्ला, लक्ष्मीपुर गाउँको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा प्राथमिक तहकी शिक्षिका थिएँ। त्यसो त अहिले पनि छु र त्यो पद अझै कति रहने हो थाहा छैन। तर फरक छ, त्यसबेला मैले जिन्दगी जिउनुको कारण भेटेकी थिइनँ, अहिले भेटेकी छु। अब मेरो जिन्दगीको लक्ष्य छ। मैले आफ्नै बाटो तय गरेकी छु। म छोरोसँग एउटा डेरा लिएर बसेकी छु। म, निर्मला निरौला उर्फ(बनाम) निर्मला झाका पति र छोरो विश्वेश्वर झाका पिता श्री भवनाथ झा जनकपुरमा बस्छन्। पहिले उनी पनि यतै थिए।
लक्ष्यविहीन जिन्दगी घचेट्दाघचेट्दै एकदिन मैले विद्यालयको कहिल्यै नखोलिएको लाइब्रेरी खोल्न पुगेँ। केही भेट्छु भनेर त हैन तर त्यसै कुतूहल जाग्यो, हेरौँ न त के छ भनेर खोलेकी थिएँ। प्रधानाध्यापकले पहिले त साँचो दिनै मान्नुभएको थिएन। म केही गडबडी गर्दिनँ भनेर विश्वास दिलाएपछि साँचो दिनुभएको थियो। खोलेर हेरेँ। चारवटा दराजहरूमा पुस्तकैपुस्तक थिए। दराज वर्षौँदेखि खोलिएका थिएनन्। मैले यस विद्यालयमा काम गरेको पनि 12 वर्ष भैसक्यो मैले कहिल्यै यो को�� ा खोलेको देखेकी थिइनँ। को�� ाभरि धूलो र माकुराको जालैजालो थियो। एउटा ल�� ्�� ी टिपेर माकुराको जालो पन्छाउँदै, भित्र पसेँ र ढोकाको छेउको दराज खोलेँ। कब्जामा खिया लागेकाले निकै बल लगाउनु पर्यो। खातकाखात किताबमाथि मेरो नजर पर्यो। यौटा पुस्तकको धूलो यसो टकटक्याएर हेरेँ, देखेँ विश्वेश्वर लेखेको छ। अरे मेरै छोराको नाम, किताब निकालेर शीर्षक हेरेँ, विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा रहेछ। किताब लिएर त्यस को�� ाको ताला लगाएर निस्केँ र पढाउन कक्षा को�� ातिर लागेँ। मनमा केही नौलो अनुभूति भइरह्यो।
बेलुका घर आएर हतारहतार खाना पकाएर छोरालाई खुवाएँ, आफूले पनि खाएँ। के छ त सुम्निमामा, कुतूहल त छँदै थियो। तर मलाई यो के भैरहेछ ? अगिसम्म मेरा गोडाहरू घिस्रिन्थे भने अहिले हिँडिरहेका छन्। होला केही। छोरो सुताईवरी मैले सुम्निमाको यात्रा आरम्भ गरेँ। सुम्निमा....सोमदत्त....सुम्निमा...सोमदत्त...। समय बगेको थाहै भएन। तीनघण्टा बितिसकेछ, मेरो सुम्निमा र सोमदत्तसँगको यात्रा पनि टुङ्गिएछ। कस्तो अचम्म तीनघन्टा अघिकी म र अहिलेकी ममा निकै अन्तर फेला पारेँ। त्यसबेला कता जाऊँ भन्ने दुविधैदुविधाले घेरिएकी मलाई अहिले मेरो अगाडिको बाटो स्पष्ट भैसकेको थियो। सुम्निमा र सोमदत्तसँगको यात्रा सुरुवात थियो................।
म फेरि दुई वर्षअगाडिकी मबाट वर्तमानकी ममा आइपुगेँ। बस भित्र मेरो मैसित साक्षात्कार। बस जनकपुरबाट उत्तरतर्फ लागिसकेको रहेछ। हेर्छु वरिपरि सबै आफन्तैआफन्त भएझैँ लाग्छ, यो के भएको मलाई ? मेरा आफन्तहरूसित मात्रैको यात्रा हैन यो। कमसेकम अघिसम्म त त्यस्तो थिएन। हेर्दाहेर्दै ढल्केबर आइपुगेछ।ढल्किएको बर। बरमात्रै किन र मानिसको जिन्दगी पनि ढल्किन्छ यसरी नै। तर जीवनलाई कसरी र कता ढल्काउने हो भन्ने कुरो नितान्त ढल्काउने मानिसमा भर पर्छ। केटाकेटीमा ढल्काउने बाबुआमा र समाज हुन्छन् भने, मानिसको चेत फिरेपछि ऊआफैँ।
बस रोकियो केही बेरका लागि। छोराले फेरि चटपटे भन्न लाग्यो। के गर्ने केटाकेटी हो, कति सम्झाउँछु बाटामा बेच्न राखेको खानेकुरा खानुहुँदैन भनेर तर पटक्कै मान्दैन। विशेष यात्रा गर्दा बस रोकियैपिच्छे उसलाई केही न केही खान चाहिन्छ नै। किनिदिन्छु अलिकति र आफू खाने लोभ पनि सम्हालेर राख्न सक्तिनँ र आफूलाई पनि किन्छु अलिकति। हरेक मानिसमा अलिकति बालापन भएकै राम्रो लाग्छ मलाई।
बसले फेरि गुड्न सुरसार कसेको छ। देख्छु अगाडिको ढोकाबाट उमेर ढल्किएका एक जोडी पस्छन्। अचम्म ! मेरा आमाबाबु। मेरा आमाबाबु मेरैसिटको दाहिनेपट्टिको सिटमा बस्छन्। मेरी आमा ! गजबकै बानी थियो उहाँको। म उहाँहरूकी एक्ली छोरी। मेरा दाजु छन् जो म सानै छँदा अरबतिर गएकाथिए रे र धेरै पछिमात्र फर्केर आएका। वास्तवमा भन्ने हो भने मेरो बालापन दाजुबिनै बित्यो। एक्लै बित्यो। मैले जान्दादेखि मेरी आमा साह्रै ढिलो काम गर्नुहुन्थ्यो। एक विहानको भात तरकारी बनाउन उहाँलाई चारपाँच घण्टा लाग्ने। अर्थात् मेरी आमाको सम्पूर्ण समय घरधन्दैमा बित्यो र मैले चाहँदा पनि उहाँको केही समय म चोर्न सक्तिनँथेँ। आमामात्रै त्यस्तो भए त चित्त बुझाउने �� ाउँहुन्थ्यो होला तर बुबा ! उहाँ पनि त्यस्तै तर बुबाको व्यस्तता पूजाआजा र जपमा नै सीमित थियो। बुबाको पूजाआजा बिहान एघार बजेसम्म चल्ने र फेरि दिउँसो अनि बेलुका पनि त्यही पाराको ध्यान र जप। मैले बाबुआमाको सान्निध्य कहिल्यै पाइनँ। मेरा जो थिए सङ्गीसाथी नै थिए, त्यसैले मेरो उपस्थिति आफ्ना घरमा खान र सुत्नका लागि मात्र हुन्थ्यो।
अहिले म बसमा मेरा बाबुआमा देखेर उनीहरूलाई धिक्कारी रहेछु। एक छाक भात तिउन राम्ररी पकाउन नसक्ने मेरी आमा र अहिलेको जन्मलाई भएभरको दुःख दिएर अर्कोजन्म सफल बनाउन पूजाआजा गरिरहने मेरा बा। जिम्मेवारीको बोध यदि उहाँहरूमा अलिकति भैदिएको भए मेरो यो हालत हुन्न थियो कि ? मैले उहाँहरूलाई दोष यस कारण दिएकी कि मैले जुन बेला बाटो बिराएँ त्यसबेला मेरो सोचाइ त परिपक्व भएकै थिएन, मैले सही र गलतको निर्णय गर्न सकेकी थिइनँ। तर उहाँहरूले त युग देख्नुभएको थियो,आफ्नो समय बाँच्नु भएको थियो र समाज देख्नुभएको थियो।
मैले त्यसदिन लाइब्रेरी नखोलेको भए, ममा यस्तो सोच विकसित हुने थिएन। न मेरो कथा म अरूलाई भन्न सक्ने थिएँ। मलाई लाग्छ, मेरो जन्मदिनभन्दा प्यारो दिन मैले लाइब्रेरी खोलेको दिन। मेरो पुनर्जन्मको दिन। सुम्निमा पछि मेरो यात्रा नरेन्द्र दाइसँग भयो, हिटलर र यहुदीसँग भयो, पारिजातको शिरिषको फूल, डायमन समशेरको सेतो बाघ, बसन्ती अनि अरू सयौँ पुस्तकहरूसँग मेरा यात्राहरू हुँदै गए। मैले जिउनुको अर्थ भेट्दै गएँ। सुखको अनुभूति गर्दै गएँ।
यसपालि पनि जनकपुर यात्रामा मैले पुस्तक किन्न बिर्सिनँ। यसपालि अब गएर शरत्चन्द्र चट्टोपाध्यायसँग यात्रामा निस्कन्छु। अनि आँटेकी छु, आफ्ना अनुभवहरूलाई कागतमा उतार्नलाई। हेरौँ कहाँसम्म म मेरो कथा लेख्नसक्छु। म मेरा आमाबाबुतिर फुस्रो दृष्टि दिन्छु। हेर्छु उनीहरूको अनुहारमा पश्चातापको पीडा र मलिनता छाएको छ। तर के गर्नु पश्चाताप र मलिनताले खोलो कहिल्यै उँभो बगाउन सक्तैन। किन यस्तो भएको हो मेरा आमाबाबु म जता गयो त्यतै आउँछन्। के उनीहरू अझै पनि मेरै जीवनका पाटाहरू हुन् ? के म उनीहरूबाट अलग्ग रहन सक्तिनँ ......?
म झ्यालबाट बाहिर हेर्नथाल्छु। बाटाका छेउका रूखहरू पछाडि कुदिरहेका छन्। देख्छु अलिक परपरका घरहरू पनि पछाडि कुदिरहेका छन्। पछाडि कुद्ने यो क्रम यही बसमात्रमै त हो नि। बसबाहिर निस्केपछि फेरि सबैथोक अगाडिमात्र कुद्छन्। पछाडि कुद्ने त कल्पनामै सीमित रहने भयो।
बसको कुदाइ जारी छ। एक तमासको कुदाइ। कुदाइकै क्रममा बस कतै यात्रु चढाउन र ओराल्न रोकिएको छ। हेर्छु बाहिर �� ाउँ त उरा�� लाग्दो छ। फुस्रो जिन्दगी र त्यस �� ाउँको रसहीनता उस्तै छन्। तर त्यहाँबाट एकहुल स्कुले केटीहरू बसमा चढे। खै कहाँ जाने हुन् ? सेतो सर्ट र नीलो जामा लगाएका नौ-दस कक्षामा पढ्ने केटीहरू। ती केटीहरूमध्ये म कतै छु कि भनी खोज्न थालेँ, अरे, मेरो अहोभाग्य, मैले भेटेँ मलाई। मेरै पछाडि। मेरै पछाडि म उभिएकी छु। मेरा भावनाहरू उर्लंदा छन्। जीउ कसिएको छ। अङ्गहरूमा मादकता भरिएको छ। मलाई लाग्न थालेको छ मलाई केटाहरूले हेरिरहून्। मेरा अङ्गहरू हेरिरहून्। म उनीहरूका लागि नभैनहुने चीज बनूँ।
म लक्ष्मीपुरको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छु। मेरो पढाइ राम्रो नभएकाले जसोतसो कक्षा चढ्दै यस कक्षासम्म आइपुगेकी छु। खै सानैदेखि पढ्नुपर्छ भन्ने, पढाइले मानिसको जिन्दगीलाई सुबाटामा लान्छ भन्ने कुराको हेक्का रहेन र कसैले सम्झाएन पनि। हाम्रो स्कुलमा जनकपुरबाट श्री भवनाथ झा आउनुभएको छ, विज्ञान शिक्षकको नियुक्ति लिएर। उहाँलाई बस्ने �� ाउँको समस्या आइपरेको छ। गाउँमा छलफल भएपछि हाम्रा घरमा राख्ने निधो हुन्छ उहाँलाई। सायद मेरा बाबुआमाले मेरो पढाइका निमित्त त्यसो गर्न लागेका होलान्। �� ीकै छ त्यसो भए पनि। तर मलाई पढ्न मन पटक्कै लाग्दैन। जीउ एक तमासको भै रहन्छ। खै कुन्नि उमेरले हो वा केले हो।
ल ! म त भूतकालमा पो यात्रा गर्न थालेँछु। भूतकालका घटनाहरूले हामीलाई किन यति साह्रो पछ्याइरहेका होलान् ? सोचिरहन्छु म। तर समाधान कहीँबाट पाउँदिन। त्यसैबेला देखि नै हो मेरो अवसान सुरु भएको, जुन कुरो म अहिले थाहा पाइरहेकी छु।
मेरा घरमा बुबा, आमा र म थियौँ। दाजु कतै हराउनुभएको थियो। अरब जानुभएको छ भन्थे तर मलाई सम्झना छैन। हाम्रो तीनतले घर थियो, तल्लो तलामा दुई को�� ा थिए। एउटामा भान्सा थियो र अर्को पूजाको�� ा। आमा सधैँ भान्सामा र बुबा सधैँ पूजामा व्यस्त हुनुहुन्थ्यो। दोस्रो तलामा दुई को�� ा थिए। एउटामा बुबाआमा सुत्नुहुन्थ्यो भने अर्कामा म सुत्थेँ। मुख्य घरको सिकुवामा को�� ा निकालेर श्री भवनाथ झालाई दिइएको थियो। उहाँ हाम्रैमा खाना खानुहुन्थ्यो र मलाई साँझ-बिहान पढाउने गर्नुहुन्थ्यो। तेस्रो तला सबैकै जस्तो भण्डार वा बुइँगल थियो।
मेरो को�� ामा म र सर बसेर पढ्थ्यौँ। वा भनौँ सरले मलाई पढाउनुहुन्थ्यो। केही दिन त मलाई नौलो लाग्यो। र अररिएको जिउ लिएर पढि रहेँ। मलाई पढ्नमा पटक्कै रूचि भएन। पहिले पनि थिएन। पढाइको महत्त्व बुझेको पनि होइन र मलाई कसैले बुझाएन पनि। विस्तारै म सरका छेउमा गएर बस्नथालेँ। उहाँको जिउलाई नजानेजस्तो गरेर छुन्थेँ। उहाँले केही प्रतिवाद गर्नुभएन र मेरो आँट बढ्न थाल्यो। बिस्तारै उहाँको हात समाउन थालेँ, आफ्नो छाती उहाँमा टँसाएर बस्न थालेँ। हप्तौंसम्म यो क्रम जारिरह्यो। मेरो इच्छा केही होस् भन्ने थियो। यस्तै हुँदाहुँदै एकदिन अचानक म लड्ने बहानामा उहाँको काखमा पछारिएँ, उहाँले मलाई च्याप्नुभयो र त्यही काम भयो जुन मैले निकै अगाडिदेखि चाहिरहेकी थिएँ र सायद उहाँले पनि त्यही चाहनुभएको थियो। यहीँबाट मेरो ओरालो यात्रा सुरु भएको थियो। त्यसबेला त त्यो यात्रा ओरालो लाने हो भन्ने बुझ्ने कुरै भएन। अब सुरुवातपछि त हाम्रो नियमित काम त्यही भयो। अहा क्या मजा। जिन्दगीभरि यस्तै गरिराख्न पाए त हुन्थ्यो नि जस्तो लाग्थ्यो त्यसबेला।
हामी सधैँ त्यसैगरी पढ्थ्यौँ, आमा खाना पकाइरहनुहुन्थ्यो र बुबा पूजा गरिरहनुहुन्थ्यो। अहिले मलाई रिस उ�� ्छ आमाबाबुदेखि, किन उनीहरूले वर्षौँ झा सरले मलाई पढाउँदा चियो गरेनन् ? किन छोरीको पढाइमा केही पनि सुधार भएको छैन भनेर सोधीखोजी गरेनन् ?
त्यसदिन देखिको मायाको खेल झाङ्गिदै गयो। खै मायाको खेल पनि के भन्ने, मायाकै खेल भएको भए त सुखदायक र दीर्घजीवी हुनुपर्ने। जे होस् त्यसबेला, त्यो सुखदेखि बाहेक अन्य केही पनि सुख हुन्छन् र जस्तो लाग्थ्यो। हाम्रा दिनहरू कति राम्ररी बित्थे, त्यसको बयान म शायद अहिले गर्न सक्दिनँ। उहाँको फुर्सत हुनासाथ हाम्रो रोमान्सयात्रा सुरु भै हाल्थ्यो। हामीले कन्यामका चियाका बुटाहरूसँग बात मार्दै अन्तु डाँडाको परिदृश्य हेर्यौँ, मिरिकलाई चिन्यौँ, खरसाङको चियो गर्यौँ। हामी एक अर्काको अँगालामा बाँधिएर चियाका बुटाहरूसँग रमाउँदै हिँड्यौ। घण्टौँसम्म उहाँका अँगालामा बाँधिएर रमिता हेर्न मलाई साह्रै मजा लाग्थ्यो। उहाँका काखमा सुतेर आकाशमा डुलिरहेका बादलहरूसँग यात्रा गर्दा लाग्थ्यो म स्वर्गमा छु। यो भन्दा बढी आनन्द के हुनसक्थ्यो होला र ?
राजदुवालीको कन्काईमाइको पुल पनि हामीबाट अछुतो रहेन। इलामको बम्बईसनले जिब्रो मी�� ो पार्दा मायाभन्दा मी�� ो अरूथोक केही छ भने त्यो बम्बईसन नै हो कि जस्तो पनि लाग्थ्यो। मूर्ति डाँडा,जौबारी भन्ज्याङहरू हाम्रा क्रियाकलापका साक्षी थिए र छन्। प्रेम र युद्धमा जे पनि जायज छ भनेझैँ हाम्रा क्रियाकलापहरूले सामाजिक सीमा पनि नाघेछन्। त्यसको हेक्का अहिले हुँदैछ।
अचानक बसलाई केही झटका लाग्यो र मेरो दृष्टि फेरि पर्यो चुरे पहाडहरूमा। थाहा छैन मलाई यी चुरे पहाडहरू कहिलेदेखि यहाँ उभिएका छन्। यिनीहरूको जस्तो दृढताले एउटै सिद्धान्तमा अडिन सकेको भए जीवन निकै सुखी हुन्थ्यो होला। तर भन्छन् जीवन गतिको अर्को नाम हो। जीवन चल्नैपर्छ। चल्ने जीवनले बाटामा के भेट्छ के त्यो त कसले भन्नसक्ला र । मेरै जीवन पनि त त्यसरी नै बदलिँदै गयो। श्री भवनाथ झासँगको सम्बन्धको यात्राले थुप्रै वर्षहरू छिचोलिइसकेछन्। आनन्दमय दिनहरू कति छिटो बित्दा रहेछन्, थाहै हुन्न। असहज परिस्थितिका ज्वारभाटाहरूले हिर्काउन थालेपछि मात्रै चेत फिर्ने रहेछ।
उफ ! मैले \'म\'लाई हेरिरहन सकिनँ। दृष्�� ि फेरेँ। लाग्यो म त्यही कुरामा अल्झिरहन सक्तिनँ।बस कतै रोकियो र ती सबै केटीहरू उत्रिए। तिनीहरूसँगै मेरो बितेको केही समय पनि ओर्लियो।
त्यहाँ खाजा खाने घोषणा गरे बसका कर्मचारीहरूले। बससँगै मैले पनि केही क्षण बिसाउने निधो गरेँ र ओर्लिएँ छोरासँग । एउटा पसलमा गएर समोसाचिया खायौँ आमाछोराले। जीवनका यावत् पक्षहरू देखिन थाले। तिनै पक्षहरूसँग हातेमालो गरेर एकछिन बिसायौँ। फेरि बसमा चढ्ने उपक्रम त गर्नैपर्यो। हेर्छु बसभित्र एउटी गर्भवती महिला चढ्न खोज्दै छिन्। पछाडिबाट सहारा दिन्छु र चढाउँछु उनलाई बसमा। भित्र पुगेर आफ्ना सिटमा बस्छु र एउटा नजर दिन्छु ती महिलामा। ल ! म त तीन छक्क। मै पो रहेँछु ती महिला त। मैले नै मलाई सहारा दिएर बसमा चढाएकी रहिछु।
म गर्भवती। लक्ष्मीपुरमा हाम्रा घरमा श्री भवनाथ झा बस्नुहुन्थ्यो। म उहाँमा यतिसारो आसक्त थिएँ कि मलाई संसारको सबैभन्दा राम्रो पुरुष उहाँ नै लाग्नुहुन्थ्यो। मेरो आसक्तिको परिणामले नै त म गर्भवती भएकी थिएँ। मलाई थाहा थियो उहाँ विवाहित हुनुहुन्थ्यो र पहिली पत्नीपट्टिबाट उहाँका तीन छोराछोरी पनि थिएँ। तर प्रेमको आशक्तिले के देख्छ र ? भविष्यको कुरा त मैले सोच्न जानेकै थिइनँ। सिकाएन पनि कसैले। मलाई माग्न कैयौँ केटाहरू आए। तर मैले �� ाडै बिहे गर्दिनँ भनेर सबैलाई टारेँ। मलाई हेर्न केटाहरू आइरहेका थिए। मेरा आमाबाबुलाई पनि मेरो बिहेको केही हतार लागेको थियो त्यसबेला। एकपल्ट एउटा केटाले मलाई मन पराएर गएछ। मेरा बाबुआमाले उससँग मेरो टीकाटालो गरिदिने भएछन्। म त्यसदिन निकै अत्तालिएकी थिएँ, किनभने मलाई त्यस कुराको जानकारी दिइएको थिएन। केटो आयो, सबै प्रक्रिया पूरा भयो। मैले लज्जाबस केही गर्न सकिनँ तत्कालै। तर बेलुका, केटाले दिएको सबै सरसामान एकघण्टा लाग्ने केटाको घरमा पुर्याएर, म तिमीसँग बिहे गर्न सक्तिनँ भनेर आएँ। मेरा दिमागमा भवनाथ झादेखि बाहेक कोही थिएन। उहाँदेखि बाहेक मैले अरूसँग जाने वा बिहे गर्ने कुरा कल्पना पनि गर्न सक्तिनँथेँ। उहाँ श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा विज्ञान-शिक्षक हुनुहुन्थ्यो। मेरो बिहे केही गरे अर्को मानिससँग नहुने देखेपछि उहाँले नै भन्नुभयो- \"निर्मला ! तिमी एउटा छोरो पाऊ न त। हेर जिन्दगी एक्लै कसरी कट्छ ? म कहिलेसम्म तिमीलाई साथ दिनसक्छु थाहा छैन।\" मलाई थाहा थियो उहाँको बाध्यता। बाध्यताले बाँधिएको मानिसलाई मैले कति माया गरेँ कति। मलाई त अरू के चाहिएको थियो र ? त्यसदिन उहाँले मलाई जुन सुख दिनुभयो त्यसको त म बयानै गर्न सक्तिनँथेँ। हामी एकाकार भयौँ। हाम्रा मन मिले, तन मिले। त्यसदिन उहाँ मेरो हृदयको सबैभन्दा नजिक पुग्नुभयो। त्यसदिन उहाँबाट छोरो निस्केर मभित्र पस्यो।
केही महिनापछि त्यही छोराले रूप देखाउन थाल्यो। अब त गाउँलेले उछितो काड्न थाले। मेरो र उहाँको सम्बन्ध जति नै गाढा भए पनि समाजका लागि, मेरा घरका लागि सुपाच्य थिएन। सोच्यौँ, विचार्यौँ र एउटा उपाय निकाल्यौँ। उहाँले मलाई विराटनगरमा एउटा को�� ामा ल्याएर थन्क्याउनुभयो र आफू चोखो पल्टिन गाउँ फर्किनुभयो। पछि मैले थाहा पाएँ गाउँमा गएर उहाँले गाउँलेको सातो लिनुभएछ- \"मैले निर्मलालाई भगाएँ रे ? खै देखाओ ! मलाई गाउँका केटी भगाउने देख्यौ ?\"
अब, मेरा दुर्दिनहरू सुरु भए। नजानेका मान्छे, नचिनेको सहर। श्री भवनाथ झाले छोडेर गएका पैसाले सौदा ल्याउँदै खाना एक्लै पकाउँदै खानुपर्ने। आपद् ! ग्यासमा खाना बनाउन न कसैले सिकायो न आफूले सिक्ने मौका पाएँ, लक्ष्मीपुरमा ग्यास चलाउने कुरै भएन। अरूबेला बाहिर जाँदा केको चासो थियो र ? जे होस् भाँडामा हालेर ग्यास बाले पछि पाक्दो रहेछ र मात्रै नत्र काँचै खानुपर्ने। अबको काम थियो पकाउनु, खानु र को�� ामा एक्लै बसिरहनु। गर्भमा शिशु छ। त्यसका लागि। मेरो भविष्यको सहारा होला कि ? छोरी जन्मी भनेँ र मजस्तै भई भने ? चिसो पसिरहन्थ्यो मनमा। दुई महिनामा एकपल्ट मेरा उहाँ आउनुहुन्थ्यो मसँग दुई दिन बस्नुहुन्थ्यो र फर्किनुहुन्थ्यो। तनावैतनावमा बिते ती गर्भावस्थाका दिनहरू। मेरा आफन्तहरू आउँथे मसँग कहिलेकाहीँ भेट गर्न । अहिले म सम्झन्छु तिनीहरूको अनुहारको भाव। ती सबै अनुहारहरूमा घृणा र खुच्चिङ लुकेको हुन्थ्यो। त्यसबेला त म त्यस्ता भावहरू पढ्न सक्तिनँथेँ। म उनीहरूलाई सुखी छु भनेर देखाउन खोज्थेँ। कति गाह्रो हुन्थ्यो मलाई अभिनय गर्न। मनमा एकथोक र अनुहारमा अर्कैथोक। आखिर जिन्दगी नै अभिनय रहेछ। बस फेरि कतै रोकिएको छ। मेरा आँखाले फेरि अघि बसमा चढेकी \'गर्भवती म\'लाई खोजे। अरे ! उनी त छैनन्। कतिबेला कहाँ हो बसबाट उत्रिसकिछन्।
त्यहाँबाट एक महिला र एक पुरुष बसमा चढे। उनीहरूको कुरा सुन्दा उनीहरू शिक्षक-शिक्षिका रहेछन्। उनीहरू अहिलेका परीक्षाहरूमा हुनेगरेका विसङ्गतिका बारेमा कुरा गर्दै थिए। विसङ्गति, के हो यो ? उनीहरूले जे कुरा गरिरहेका थिए, त्यसबाट त म पहिले नै गुज्रिसकेकी छु। मलाई थाहा छ पढ्नुको साटो मैले के गरेँ श्री भवनाथ झासँग। श्री भवनाथ झाले मसँग जे गरे त्यसको क्षतिपूर्ति गर्न खोजे, मलाई एस.एल.सी पास गराएर, शिक्षा-सेवा आयोग पास गराइ जागिर खुवाएर र मलाई छोरो दिएर। आज मसँग मैले आर्जन नगरेको प्रमाणपत्र छ, अर्कैद्वारा पास गराइएको जागिर छ र श्री भवनाथ झाको छोरो छ। ती शिक्षकशिक्षिकाहरूको कुरा म अहिले राम्ररी बुझिरहेकी छु। परीक्षाको विसङ्गति के हो मलाई अब थाहा भएको छ।
उः कोसी ब्यारेज पनि आइपुगेछ। कोसीको पानी सलल बगिरहेको छ, तलतिर। पानी तल बग्नु त प्रकृति नै हो, पानी कैले उकालो बग्दैन। तर जीवन, जीवन त ओरालो बग्नुपर्ने होइन। के मेरो जीवन मैले गर्दा ओरालो बग्यो त ? मैले मेरो जीवन ओरालो बगेको छ भनेर थाहा पाएदेखि उकालो लाने प्रयास गर्दै छु। तर बाटाहरू सीमित र साँघुरा छन्। जतिबेला जीवन अगाडि बाटाहरूको कमी थिएन, त्यसबेला मैले बाटो रोज्न जानिनँ। अब के गर्नु र ? समयलाई उल्टो बगाउन सकिँदैन। मैले मेरै जीवनलाई कति पटक यो यात्रामा भेटिसकेँ। अरूका नजरमा जे भए पनि, कुनैबेला लाग्छ यही त हो जिन्दगी ?
कोसी तरियो।एउटा खड्गो कट्यो। अब त विराटनगर पुगिन्छ छिट्टै। विराटनगर गएर फेरि पुस्तकहरू किन्नु छ। आफ्नो जीवनको बाँकी भागलाई यो छोरो पढाउन र पढ्न खर्च गर्नुछ। शिक्षिकाको जागिरले भात खान दिएकै छ। मैले जानेर वा नजानेर गरेका भूलहरूलाई कोसी पारिनै छाडेर अगाडि बढ्नु छ। यो कोसी तराइलाई मैले �� ूलो खड्गोको रूपमा लिएकी छु। अब म कोसी तरेर फेरि श्री भवनाथ झालाई भेट्न जनकपुर जानेछैन। मैले मेरो यात्रा अनौ�� ो हिसाबले तय गर्नु छ। मेरा छोरालाई स्वावलम्बी बनाउनु छ, मैँपनि आत्मनिर्भर बनिरहनु छ।
यी सबैभन्दा धेर मलाई लक्ष्मीप्रसाद देवकोटासँग विचार-विमर्श गर्नु छ, गुरुप्रसाद मैनालीका कथा भन्नुछ, विश्वेश्वरप्रसाद कोइरालासँग तर्क गर्नुछ, भूपि शेरचनलाई चिन्नु छ, बालकृष्ण समसँग नाटक खेल्नु छ, रवीन्द्रनाथ �� ाकुरका गीत, कथा र कवितामा नुहाउनुछ, प्रेमचन्दका कथा र उपन्यासहरूमा डुब्नुछ, चेखब, गोर्की र टोल्सटोयका रचनाहरूसँग भोट्का खानुछ। मोपासा, ओहेनरी, हेमिङ्गवे, इलियट, वर्डसवर्थसँगै बसेर सेम्पेन पिउनुछ। मिर्जा गालिवलाई पिएर मातिनुछ।
विराटनगरबाट मैले एक अर्को नवीन यात्रा सुरु गर्नुछ । जनकपुरबाट विराटनगर पुग्न लाग्दा जति मैले जीवनलाई भेटेकी थिएँ, त्योभन्दा अझ उच्चस्तरको जीवनलाई भेट्तै जानु छ। अब ममा यात्रा सुरु गर्दाको निस्सारता छैन। मैले उज्यालो बिहानी भेटिसकेकी छु।

जनआन्दोलनको विशाल भीडमा म हराइरहेको छु । सयौ“, हजारौ“, लाखौ“ मानिसहरू नारा लाउ“दै सभा हुने �� ाउ“मा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नया“ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएको छु यो आ“सुको सागरमा । जुलुसबाहेक अरू सम्पर्ूण्ा कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा �� ेलाको आडमा बसेर म हर्ेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आ“खा भेट्छु कि भनेर अ“ाखा दौडाउ“छु । आ“खाहरू निराश हुन्छन् । अलिक पर 'पत्रकार' लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडव|mस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आ“खाहरूले पछ्याएझ“ै लाग्छ । ती आ“खाहरू कालो चस्माभ्रि्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझै“ लाग्छ । म यथावत् रूपमा �� ेलामा अडेस लगाएर उभिरहेको छु अनि हेरिरहेको छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यव|mम सञ्चालक शान्तिपर्ूण्ा सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवय्रि्री कवितापा�� गर्छिन् । राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझि्दन“ । म केही र्सतर्क ह“ुदै चारैतिर आ“खा दौडाउ“छु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सर्ेेभागदौड हुनसक्छ । फेरि पनि ती जोरआ“खाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यव|mमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारीहरू उत्तेजित ह“दै नाच्न थाल्छन् । म आफ्नै �� ाउ“बाट मौन र्समर्थन जनाउ“छु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म र्सतर्कता अपनाउने व|mममा फेरि आ“खा दौडाउ“छु । फेरि उही आ“खाले पछ्याएको पाउ“छु । म आफूलाई लुकाउ“छु र चोर नजरले हर्ेर्छर्ुु फेरि पनि ममाथि आ“खाहरू बिछ्याएको नै पाउ“छु । कतै चिरपरिचित हो कि म ध्यान बङग््याउ“छु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिर्सट लगाउनुपर्ने, म एक्लि“दै कार्यव|mमतिर ध्यान बटार्छर्ुु �� ेलामा का“व|mा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउ“छन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हूलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हर्ेछन् - हुन त पुरुषलाई हर्ेर्ने नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकषिर्त गर्न सकू“ �� ऊ मेरो छेउमा आउ“छ ।
"म्ालाई चिन्नुभएन -" अप्रत्याशित शब्दहरूले मलाई आव|mमण गर्छन् । म झस्कन्छु ।
"अह“ �� "
"ल, अब भन्नोस् �� " उसले चस्मा फुकाल्छ ।
"त्ापार्इ“ श्रीकान्त नेपाल �� " मेरो मुखबाट अनायास निस्कन्छ ।
"हो ।" बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परे“ ।
"त्ापाई“ किन त्यस झुन्डमा -"
"म्ा पत्रकार हु“ ।"
श्रीकान्तले 'कार' उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपा�� ी थिय“ौ“ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनीनसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्ष देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हर्ेर्छर्ुु किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रा“ै दिनदेखिको जनआन्दोलन चरम उत्कर्षा पुगेको छ । कतिचोटि कतिपय �� ाउ“मा पत्रकारहरू स्वयम्ले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको बज्रप्ाात पनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्रप्रतिको आस्था मरेर तेह्रा“ै दिनको काम कपाल समेत खौरेर गरेका थिए ।
''म पत्रकारलाई इज्जत गर्छु'' मैले छोटकरीमा भने“ ।
करिब दस वर्षछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घा“टीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकूल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपथ्र्यो भने ऊ अरूको बचाउका लागि कुदनुपर्ने अवस्था थियो । त्यसैले परिवेशप्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिए“ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आव|mोशित थियो ।
ऊ कसरी, किन यो सहरमा देखा पर्यो, कौतुहलको आ“धीले घेर्यो मलाई ।
"तपाई“ पत्रकार, तर तपाई“को नाम कतै पत्रिकामा देख्दिन“ नि -" हर्ुर्रि“दो मानसिकताले उत्सुुकता मेटाउने प्रयास गरे“ ।
"म छद्मनामले लेखहरू लेख्छु ।"
म असाम्ाज्स्यको लिङ्गे पिङमा मच्चिन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउ“छु । उसलाई म मेलमार्फ धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चतताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फ आफ्ना मनका धेरै कुराहरू गर्छर्ुु किनभने मुनामदनको मुनासरह म जीवन व्यतीत गरिरहेको छु । आधुनिक मुना भएर किनभने मेरो मदन पनि आधुनिक मदन भइसकेको छ । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा-
'जीवन गहिरो छ, जति बह“दै गयो उति नै गहिरि“दै जा“दो रहेछ । किन हो तपाई“को लेखहरूले मलाई नया“ ऊर्जा दिन्छ । नया“ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधै“ तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरू“-हेरू“ र चुमू“-चुमू“ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपार्इ“का शब्दहरूस“ग उडिरहू“ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफकर्“र्ूूस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।
मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउ“छ । म धकाउ“छु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आ“ट आउ“दैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार �� भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउ“छ र -
एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छर्ुु म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु -
"प्ा्रत्येक दिन म तपाई“को रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिन“ ।"
ऊ प्रायजसो छोटा मेल प�� ाउने गर्छ ।
'तपार्इ“हरूजस्ता पा�� कले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।'
"त्ापार्इ“ अहिले के गर्दै हुनुहुन्छ -" उसको वाक्यले म यथार्थमा पछारिन्छु ।
"त्ापाई“स“ग गफ गर्दै छु ।" म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको कुरा फुस्कन्छ कि - म अझ र्सतर्क हुन्छु ।
भ्ााषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरु कबुरुक उप|m“दै ताली मार्छन् । भाषणले भन्दै छ -
'राजाले गोलीगट्�� ा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौ“ । तर तेह्रौ“ दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फर्ेछ र अत्याचारको भात खाइरहेको छ ।'
भाषणले सबैलाई तताउ“छ । हामी पनि उत्तेजित हु“दै ताली बजाउ“छौ“ ।
"तपार्इ“ कतिको लेखहरू पढ्नुहुन्छ -" उसले मेरो ध्यान मोड्दै सोध्छ ।
"पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेेखहरू खूब चाख दिएर पढ्छु ।" उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।
"म भोलि नै का�� माडौ“ र्फक“दै छु ।" ऊ सानो जानकारी दिन्छ ।
"ए �� किन यति चा“डै -"
"हिजो यहा“ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि का�� माडौ“बाट मानवअधिकार अनुगमनटोलीमा आएको थिए“ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नर्ुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउ“दो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकारवादी भइसकेको छ । जे भए पनि आफूस“गै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउ“दा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई 'सन्देशजी' भनेर बोलाएर लिएर जान्छ ।
सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आ“खाले हेर्छु वातावरण रमाइलो लाग्छ । सूर्यका किरणहरूलाई लुकाउ“दै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तर्राईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आ“खाको पालो आउ“छ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तो लाग्छ । ऊ केही पर साथीहरूस“ग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउ“दा म हषिर्त हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्भिmन्छु- 'कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौ“ होला हैन - सायद तपाइ“को वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपार्इ“लाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बा“च्न चाहन्छु । हामी आ“खामा मात्र विश्वास गर्र्छौ“ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौ“ । जसले हाम्रो सम्बन्धलाई टुक््रयाइदिन्छ । अनि म मी�� ो अनुभूतिबाट सधै“ टाढा हुन विवश हुन्छु ।'
एक्कासि पुलिसको ला�� ी मेरो टाउकामा बजारि“दा म ब्य“ूझन्छु । म भाग्न असफल प्रयासमा छु । पुलिसको ला�� ी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले ला�� ी समाउ“छ । म बेहोस हुन्छु ।
होस आउ“दा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउ“छन्् । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आ“खा दौडाउ“छु । निराश हुन्छु ।
म्ा केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु 'कुमुदिनी, स्वास्थ्य कस्तो छ - भगवान्का कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।'
म्ोलका शब्दले म सन्तुष्ट हुन्छु ।झ्यालबाट बाहिर हेर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझै“ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।

चन्द्रमा-अँगालोमा भुतुक्क भइरहेको छ लाजले ...! रात त्रि्रो अनुहारमा...अनि झुकेका त्रि्रा आँखाका परेलिहरूभित्र माया बन्दी भएर बस्यो ...! कहिले आँखाको झ्यालबाट ननिक्लिने वाचा-कसममा कसले भन्यो माया शब्द माग्छ भनेर - मौन समयमा धड्किएको मुटुको आवाज अनुभव गरेर हेर....! केही बोल्ने आवश्यकता पर्दैन ...! आँखाहरू आपसेआप दिलको स्थिति बयान गरिदिन्छ ..। यादको दियालो बलिरहृयो .....! नातासम्बन्धको बस्तीमा मायाको दियो बालिराख्दा कहिले मायाको अभाव रहँदैन । तर दियोमा तेल सकिसकेको बेला बत्ती निभेछ, यहाँ पे्रमको अभाव नै अभावले भरिएछ । त्यसैबेला प्रेमबिनाको बस्तीबाट एउटा अन्यौल भित्रियो जीवनमा ...! माया चुपचाप जीवनमा आयो.....! अनि आत्मघाती छाप छाडेर सुस्तरी पाइला फर्काउँदै थियो । मैले आफ्नो छातीको असैहृय पीडालाई हत्केलाले थामेर भनें-ए..करण केहीक्षण पर्ख......! असाध्य विशाल हुन्छ । आकाङ्क्षाको आकाश...अनि त्यतिकै मुस्किल हुन्छ । हरेक आकाङ्क्षालाई साकार बनाउन ....! मनमा हलचलको द्वन्द्व चलिरहेको बेला रातको न्रि्राले पनि कहाँ साथ दिन्छ र - को�� ाको बरण्डामा निक्लन्छे, कविता । निरव रातमा आकाशको फेदबाट बादलका चोइटाहरू बिस्तारै माथि उक्लिरहेथे...जाडो यामको समयको कारण जतिपल्ट कविता हाई..गर्थी - त्यतिपल्ट कविताका हाइबाट निक्लिएको वाफहरू पनि चोइटिंदै-चोइटिंदै बादलसँग मिसिन पुग्थे । त्यसपछि कविता फेरि आएर बिछ्यौनामा पल्टिन्छे । कोल्टे फर्की-फर्की निदाउने कोसिसमा परेलीहरू बन्द मात्र के गरेकी थिई.. । फोनको घन्टी बज्यो टि्रङ्ग-टि्रङ्ग कविता टेबुलल्याम्प बाल्न लाग्दै थिई.. । 'रिमाले फोन उर्�� ाई र मुख बङ्ग्याउँदै कवितालाई रिसिभर थमाइदिई.. रिमा कविताको फुपूकी छोरी थिई । कविताको घरमा एउटा भान्जी पाल्ने चलन थियो । कविताका आँखा भित्तामा झुन्डिरहेको भित्ते घडीमा पर्यो, मध्येरातको एक बजिरहेको हुन्छ । रातको एक बजे सुनसान वातावरणमा केही मोटरका आवाज सुनिन्थे । करणले भने 'कविता तिमीबिना मेरो जीवन अधुरो छ ।' तिमीले मलाई स्वीकाछ्र्यौ हैन त - मलाई पूरा विश्वास छ । 'कवि' मलाई निराश पार्ने छैनौ ...! पहिला किन मिलन भएन, आज किन भेट भयो भन्नेपट्ट िलाग्नुभन्दा नयाँ जीवन सुरु गरौँ । करणले फोन राखीदियो । बिछ्यौनामा पल्टिएर झ्यालको खापाबाट...हजारौँ चम्किरहेका ताराबीच आँखा दौडाउँदै कविता सोच्न थाल्छे । भेटेको एकहप्ता भएको छैन । कस्तो साहसी व्यक्ति, पहिला चिनेको भनेर हुन्छ र - मेरो स्वीकृतिबिना नै आफ्नो एकतर्फी निर्ण्र्ाासुनाउँछ - यी केटा मान्छेहरू आफूलाई के �� ान्छन् ...कुन्नि - केटी मान्छेको जिन्दगी चलाउने हक त उनीहरूलाई सुम्पेकै जस्तो.......! हृ हृ हृ घाम डुब्न लागिरहेको छ । क्षितिजनिरबाट बादल बेलगम दौडिरहेछ ....। को�� ाको सुनसान वातावरणमा कविता मनमनै गुन्न थाल्छे..। आफूले माया गरेपछि, उसले पनि आफूलाई त्यतिकै माया गर्ने व्यक्ति नै आफ्नो लागि सही प्रेमी र जीवनसाथी सावित हुनसक्छ - 'करणको प्रस्ताव र साहसले कवितालाई मनमा मी�� ो र्स्पर्शको अनुभव हुन्छ....!
नदेओस् पनि किन - पे्रमको घडा भरिएर पोखिएको कहाँ छ र - मायाले अघाएको पनि को छ र - आज जब मेरो जीवनमा केही खुसी आउन लाग्यो.. सवालै-सवाल गुट्मुटिएर- अँध्यारोको कैदी बनेर....! चाहन्छ र - अचानक विस्मृतिको झलक झल्कियो । मन र मस्तिष्ककोे धेरै वाद-विवाद भइरहृयो । आँखीझ्यालको प्वालबाट मात्र आइरहेको चिसो हावाले कविताको अन्तरको ताप कम भएन । छातीभित्र आगो कतै धपधप बलिरहेको भान हुन्छ । जीवनको गुलाफी पर्दा च्यातेर हर्ेदा जीवन कुरूप र सुन्दरको बीचबाट विरहको सुसेली सुसेल्दै बगिरहेछ.. कविताको मन एक्कासि रसाएर आँखाहरू जलासय भए...। 'रिमाका शब्दहरू तिखा वाणझैं बर्सिन थाल्छन् -करणदाइका पत्नीसँग त सामाजिक बन्धन छ । तपाईंसँग के आधार छ - उता भनें अहोरात्र माइजू तपाईंको चिन्ताले रुँदारुँदा बिरामी भइसक्नुभयो । तपाईंलाई माग्न आउने केटाहरू कत्ति लाइनमा छन् । 'हजुरबाले अन्तिम अवस्थामा भन्नुभएको रेे माइजू अस्ति मसँग रुँदै भन्दै हुनुहुन्थ्यो । हाम्रो गल्तीले गर्दा कविताको जीवन बर्बाद भयो । सानै थिई.., बिचरी उसलाई पत्तै थिएन । हेर बुहारी कविताको अर्को विवाह गरिदिन्छु । कथङ्काल म मरिहाले भनें कसैले नाइनास्ति गर्न पाउने छैनन् । तिमीले कविताको जीवन सफल बनाउनु भन्नुभएको थियो । केही समयपछि ससुराको र्स्वर्गवास भयो । अन्तिम अवस्थासम्म पनि उहाँलाई कविताकै सर्ुताले सताइरहृयो । पुरानो बिचारको ससुराले पनि कविताको जीवन बर्बाद भएको सहन सक्नुभएन । कविता आफैंले एउटा मौका फेरि गुमाई भन्दै हुनुहुन्थ्यो 'कविता भन्छे, बुझ्नु भो दि रिमा अभिभावक मार्गदर्शक हुनसक्छ विधाता हैन व्यक्तिलाई गहिरो सोचले दर्दसिवाय अरूकेही दिँदैन । आखिर करणको जिद्धिपनले कवितालाई हराएरै छाड्यो । करणको एकोहोरो बानिको कारणले गर्दा उसको जीत भयो । कविताले सम्पर्ूण्ा जिन्दगी 'करणलाई सुम्पिदिई.....! त्यसपछि कविताको भूतकाल करणको पे्रमको र्स्पर्शले सम्पर्ूण्ा जलनहरू बिसाइदियो । सुरक्षाको अनुभव पनि भयो । निर्धक्क पे्रमरसमा पौडिएर गहिरो जीवनदृष्टि अनि जीवानुभूतिपर्ूण्ा पे्रम यथार्थ साक्षात्कार गरायो करणको मायाले..। आफूले चाहेको व्यक्तिको मायाको र्स्पर्श यति चमत्कारी हुँदोरहेछ वर्षौंवर्षबुझ्न नसकेका कुरा त्यो र्स्पर्शले क्षणमा बुझाइदियो । तर कविताको आमालाई भने चित्तबुझेको थिएन । कविताको आमाले भनिन् । विवाहित व्यक्तिसँग जोडिएको दोस्रो नारीलाई समाजले कस्तो सम्बोधन गर्छन् - थाहा छ छोरी - रिमा अझै थप्छे हो त 'दिदी' अर्काको पतिको प्रेमिका हुने नारीलाई समाजले कस्तो दर्जामा राख्छ - उसले के भन्न खोजेकी कविताले बुझिसकेकी हुन्छे । मुटुमा हजारौं काँडा रोपिन्छन् । तर पनि भन्छे 'आमा समाजले मलाई के दिएको छ र मेरो दर्जा छुट्याउँछ - समाजले अरूलाई बिगार्न मात्र जान्दछ - सपार्न जान्दैन ...- रिमा बीचैमा बोल्छे- 'दिदी' के प्रमाण छ - 'कविता भन्छे.. प्रकृतिको सृष्टिमध्ये मलाई हावा मन पर्छ किन थाहा छ - हावाले आँधी आउने सङ्केत दिएर त जान्छ - जीवनको आँधी त कत्तिखेर आउँछ पत्तै हुँदैन बिनासङ्केत भत्किसकेको हुन्छ । के गर्नु दिदी तपार्इंलाई राजदाइले कस्तो माया गर्नुहुन्थ्यो तपाईंले वास्तै गर्नुभएन ....! बिचराले तपाईं भनेर यतिका वर्षविवाह नगरी बस्यो...! सात-सात वर्षभयो । कमसेकम त्यो माया त तपाईंको एकलौटि हुन्थ्यो - बिचरा कत्ति वर्षम्म त भन्दै भनेन ।
कविता भन्छे- अर्काको माया नबाँड्ने अ�� ोट लिँदालिँदै पनि पछि गएर करणको मायाप्रति म कत्ति लोभी भएकी हुँला - करणप्रतिको मायाले राजलाई पनि सोच्न भ्याइन । करणलाई भेटेपछि पुरानो स्मृति गहिरो भएर पे्रम जाग्यो रिमा, म मात्र कहाँ सन्तुष्ट छु र - विस्तारै-विस्तारै हाम्रो माया फाटेजस्तो लाग्दैछ....! कहिले बिछोडको त्रासले, कहिले बदनामीको डरले हेर न - काँतर सैनिकको कमान्डर भयो भनें आफैँलाई गोली लाग्छ भनेजस्तै भएको छ मलाई..। करणले स्वीकार पनि गर्न सकेनन्- वहिष्कार पनि गर्न सकेनन् ....! तँ पनि विवाह भएर गइहालिस् । करणकै लागि आमाबुबाबाट अलग्गै बस्न थालेकी थिएँ । आज मेरो जीवनमा र्सवत्र सन्नाटा छाएको छ । केही वर्षा नै उन्मुक्त पे्रम लड्खडाउन पुगेको छ । कविता रिमालाई हेरेर आँखा टलपल पार्छर्ेे रिमा दि...यस्तो कलकलाउँदो जिन्दगी जानाजान नास गर्नुभयो हगि... मैले त पहिला पनि भनेकै थिएँ नि - कविता भक्कानो पार्दै बोल्न थाल्छे......! 'करणले त मसँग विवाहको प्रस्ताव पो राखेको थियो त - अब अहिले आएर उसले मुख मोड्यो त म के गरु..- .'रिमा पनि बरबर आँसु खसाल्न पुग्छे...र भन्छे दिदी अरूको आँसुमा आफ्नो खुसी खोज्ने त केटा मान्छेको आदत नै हो नि - दिदी म अलि छिट्टै जान्छु बरू भोलि सबेरै आउँछु ..भन्दै आफ्नो घरतिर लाग्छे अनि भोलिपल्ट सबेरै रिमा आइपुगी....! 'दिदी हिजो हामीले कुरा मात्र के गरेका थियौँ । मैले त्यहीँ तल बस कर्ुदा राजदाइलाई भेटें तपाईंलाई पर्खंदार्-पर्खंदै त एउटी अपाहिज केटीसँग पो विवाह गरेछ । मलाई देख्नेबित्तिकै त्रि्रो दिदी त खुबै खुसी होलिन् नि हैन करणसँग - करण खान्दानी परिवारको भयो आफू भने गाउँले �� कुरी परियो के गर्नु - कि कविता खुसी छैनन् - मेरो पाप त लाग्नै पर्ने हो भन्दै कस्तो व्यङ्ग्य भरिएको हाँसो हाँसेको दिदी.. दुब्लाएर जिङ्रिङ्ग परेछ । दाह्री पनि नकाटेको तपाईंको रिसले उसले आफ्नो जिन्दगी नै बर्बाद गरेछ । आखिर सन्तुष्ट को भयो त - रिमा करणको झन् कस्तो हालत भयो होला भन त - दर्ुइदर्ुइतिर कसरी सन्तुलनमा राख्छन् - पत्नि र प्रेमिकाको बिचमा कष्टदायक जिन्दगी पिल्सिरहेको होला बुजिस् - हेर...भावनाभित्र रहेको अनुभूतिलाई निकालेर चटक्क फ्याँक्न कहाँ सकिन्छ र - मायाको सम्बन्ध भनेको घाउ र चोटको संघार हो जताबाट हिँडे पनि आफैँलाई �� ेस लाग्छ । कुनै बेला उसको यादले- यति धेरै सताउँथ्यो कि भेट्नेबित्तिकै अँगालोमा कसेर जीवनभरि उम्कन नदिउँ - तर त्यो अँगालोको बीच कोही भएजस्तो आभास भइदिन्थ्यो । कविता झसङ्ग भएर करणलाई घचेट्न पुग्थी । आतुर ओ�� हरूले उसको प्यासी आँखामा चुम्न खोज्दा आँखाको नानीमा कसैको तस्बिर देख्न थाल्दा छचल्किसकेका भावनाहरू खिन्न हुनु स्वाभाविक नै हो । कविताको मनमा एउटा प्रश्न उब्जिन्थ्यो- छि.. यस्तो पनि कुनै जिन्दगी हो र - आफ्नो अँगालोको तातो र्स्पर्शमा अरूको चिसो 'गन्ध' फैलिरहने - आज करणको पत्नीप्रतिको कर्तव्य र परिवारको बन्धन-समाजको इज्जतले उनलाई तानिरहेको हुन्छ । जिम्मेवारी र भावनात्मक सम्बन्ध धेरै फरक हुँुदोरहेछ । कहीँ जिम्मेवारीले जित्छ भने कहीँ भावनाले जित्छ ...!
तर करणलाई भनें भावनाले भन्दा पत्नीप्रतिको जिम्मेवारीले जितेछ । जिम्मेवारीको सीमा रेखाले करणलाई भावनाको तलाउसम्म पुग्नै दिएन । कविताको के लाग्छ - कविता करणको पत्नी मिनाक्षीप्रति अनुमान लगाउन थाल्छे । कत्ति आघात पर्याउँछ होला झन् उनको हृदयलाई - यो सोचेर कि आफ्नो पतिसँग दोस्रोे महिला उसको अधिकार क्षेत्रमा प्रवेश भएर- आफ्नो पतिको अंकशायिनी बनिरहिछ । सोच्दा-कवितालाई आफैंप्रति घृणा लागेर आउँछ ...। अनमोल जीवनका पलहरू नष्टगरेर दाँत र ढुङ्गाको सम्बन्धजस्तो भयो । ओ हो । मायाको बदलामा मैले कस्तो चोट भोग्न पुगें.....! यो गल्ति मबाट नै भएको हो म करणको समयको वेगमात्र रहेछु भन्दै सर्ुताउँछे । अब कवितालाई यथार्थको बोध हुनथाल्छ..। अरू कसैको नभएर सधैँ मेरो मात्र भइदिएको भए ..- कविता करणको विषयलाई लिएर सपना नदेखुँ भन्छे तर उसको बसमा रहँदैन...। उनिहरू बीचकोे सम्बन्ध कत्तिपल्ट डगमगाई पनि रहन्थ्यो तर पनि चुँडिहाल्नचाहिँ सकेन । कति रहरहरू थिए मनभित्र करणसँगै बसेर बिताउने....! जीवनमा सबैभन्दा �� ूलो हार नै त्यही भयो ....! आज कसैको जोडीसँगसँगै हिँडेको देख्दा आफ्नो मनमा पींडा छुन्छ...। आखिर नारी जताबाट पनि हारेकै हुन्छे....! 'कविताको स्थिति देखेर रिमा भन्छे ..कविता दि जीवनमा हारपछिको जीत सारै मजा हुन्छ नि बुझ्नु भो - कविता भन्छे अब मसँग हार र जीतको बाजी लगाउनको निम्ति समय पनि कहाँ छ र - मैले यतिका वर्षम्म मरिमेटेर माया गर्दा त करणलाई बुझ्नै सकेकी छुइन । पलमा आफ्नोजस्तो लाग्छ- पलमा पराइजस्तो भइदिन्छ.......! न करण असल पे्रमी सावित भयो न कर्तव्यवान् पति....नै । अब त म भगवान्सँग पनि यही पर््रार्थना गर्छ अरूको पतिसँग पे्रम गर्ने पींडादायीकाम कसैले नगरोस्....!

आ�� दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र .... हरे.... । यो झरीले के गर्न खोज्या होला.... - निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । \"हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि ...!\" आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । \"आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ ...-\" जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी । छोरीको कुरा सुनेपछि मुन्टो मात्र हल्लाएर मौन स्वीकृति दिइन् जयसराले । भन्न त मानिसहरू भन्ने गर्दछन् । देशमा जताततै विकास कार्यहरू भइरहेको छ त र जयसराको गाउँमा अझसम्म पनि अँध्यारोपन छाउनलाई द्रि्री बाल्न छुटेको छैन । गाउँसम्म पुग्ने मोटर बाटो बन्छ भनेको सुनेको पनि वर्षौं बितिसक्यो तर अहिलेसम्म पनि बाटो बन्ने सुरसारै छैन जयसराको गाउँदेखि अर्को गाउँमा जानुपर्यो भने बेइमानको खोलो माथि बनेको टि्वीन र्-र्घररा) को सहारामा जीउ र्सकाउँदै जानर्ुपर्छ अथवा भीर-पहरा भएको जङ्गलको बाटो हुँदै बिहान झिसमिसेमा हिँडेको मान्छे बेलुका रात पर्न लागेपछि मात्र अर्को गाउँमा पुगिन्छ । वषर्ायाममा �� ाउँ-�� ाउँमा पैह्रो गएर बाटो अवरुद्ध हुने भएकोले गर्दा प्रायःजसो मानिसहरू जङ्गलको बास हुने भयले गर्दा पैदल यात्रा गर्न रुचाउँदैनन् । वरपरका पाँच/छओटा गाउँको लागि भनेर खोलापारीको गाउँमा एउटा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको धेरै समय भएको छैन । गाउँका मानिसहरू बिरामी भएको खण्डमा स्वास्थ्य केन्द्रमा भएका एक मात्र स्वास्थ्यकर्मी घरघर गएर बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि उपचार गर्न भ्याउन्न त्यसकारण पनि बिरामीलाई मचिया अथवा डोकामा बोकेर स्वास्थ्य केन्द्रमा पुर्याइने गरिन्छ । कहिलेकाहीँ स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा त्यहाँ कार्यरत पियनले नै बिरामीलाई औषधि उपचार गरिदिने गरेका छन् । \"यो एकनासको झरीले गर्दा खोलो बढेर गाउँ नै डुबाउने हो कि जस्तो भएको छ । छोरोलाई डोकाँ बोकेर पैदलै हिँडेर स्वास्थ्य केन्द्रमा जाउँ भने बाटा �� ाउँ-�� ाउँमा पहिरो गएको छ अरे यस्तो अवस्थामा बिरामी छोरोलाई साथमा लिएर जङ्गलमा कसरी रात बिताउने हो । यता छोरो भने झन् झन् ज्वरोले आलस तालस भइसकेको छ । दुःख पायो मेरो छोरोले ...म के गरुँ -\" आफ्नो विवशतामा आफैं द्रवित भएर आँसुले भिजेको स्वरमा बोल्छिन् जयसरा । \"के गर्ने हो खोइ ! जति सोचे पनि यो विपदबाट पार पाइने उपाय देख्दिन म त । कत्रो आश गरेर रिन गरेर भए पनि �� ूल्�� ूला फाँचो भएको दुहुनो भैंसी किनेर ल्याएको थिएँ । दूध पनि मनग्गे दिने गरेको थियो । अलिअलि भए पनि केटाकेटीको मुखमा दूध/दही पर्ने गरेको थियो । अब भने बन्धकी राखेको घरखेत छुटाउन र साहूको रिन तिर्न सकिने भो भनेर ढुक्क भएको थिएँ । मलाई त जिन्दगीमा कहिल्यै सुख नपाउने सराप परेको छ कि क्या हो अस्ति रातिसम्म राम्रैसँग दानापानी खाएको भैंसी हिजो बिहानदेखि बसेको �� ाउँबाट हल्लिन पनि खोज्दैन । दूध दुहनलाई उभ्याउन खोजेको तर ऊ डेग चलेन । दाना अघि राखिदियो भने मुन्टो बर्टार्छ । दानामा भुस्सा नराखेर दिंदा खालाकी भनेर भुस्सा नराखेको दाना दिएँ अहँ दाना खान त परै जाओस् दाना राखेको भाडोतिर हर्ेदा पनि हर्ेर्दैन । क्यै गरेर यो भैंसी मर्यो भने बर्बाद हुने भइयो ।\" भैंसी मर्छ कि भन्ने पीर र आशङ्काले भित्रभित्रै हताश भएका हर्षानले पीँडामय स्वरमा भन्छन् । \"कतै भ्यागुतो रोग पो लाग्या हो कि.. ।
बिहान म गो�� मा सोतर राख्न जाँदा भैंसीको पेट पनि फुलेको जस्तो लाग्यो । जयसराले कुरा थपिन । भ्यागुते रोग लागेको रहेछ भने त बचाउन गाह्रै पर्छ । स्वास्थ्य केन्द्रसम्म पुग्न पाए त तै आश गर्न सकिन्थ्यो । जे पर्ला पर्ला टि्वीनमै झुण्डिएर भए पनि औषधी लिन त जानै पर्ला ।\" हर्षानले जोसिँदै भने । \"हुँदैन । हुँदैन । यस्तो विधि आँधिबेरी आइरहेको बेला घरबाट निस्कनै हुन्न । घर्रामा झुण्डिएर खोलो पार गर्ने त आट्नै सकिन्न । अहिले खोलो बढेर अजिङ्गको जन्तुजस्तो भएको छ । गाउँमा खोलो पस्यो भने हाम्रो के अवस्था हुने हो भन्न सकिन्न । यता छोरोको अवस्था यस्तो छ । मर्नै परेछ भने पनि सबै सँगै मरौंला । बरु सकिन्छ भने डाँडाघरे साइँला दाइकहाँ गएर अस्ति दिएको झैं औषधी मागेर ल्याउनुहोस् ।\" हर्षानलाई खोलो पारि जानबाट रोक्दै जयसराले भनिन् । खोइ त्यो औषधी पनि पुरानो भइसकेकोले हो कि एउटा चक्की खुवाउनु पर्नेमा दर्ुइओटा खुवाउँदा पनि कामै लागेन । मलाई त भैंसी झोक्राएको देखेर त्यसैत्यसै भाउन्न छुटेको छ क्यै गरी यो भैंसीले सास फर्ेन छोडी भने त आफूसँग भएको सिरीखुरी सबै बेचे पनि साहूको रिन तिर्न सकिँदैन । जे पर्लापर्ला म स्वास्थ्य केन्द्रमा पुग्नर्ैपर्छ नत्र भैंसीलाई बचाउन सकिन्न ।\" बसेको �� ाउँबाट जुरुक्क उ�� ्दै भने हर्षानले । \"त्यस्तै ढिपी गरेर जाँदा त हो नि अस्ति तल्लाघरे रुद्रे उर्लदो भेलमा खसेको । अहिलेसम्म उसको लास पनि भेटिएको छैन । बरु झांकी दाइलाई बोलाएर ल्याउनुहोस् ।\" जयसराले भनिन् । \"त्यो धामीको पनि भर छैन मलाई । ढ्याँग्रो �� टाएको भरमा गाउँका सोझा मानिसहरूलाई दशैंलाई भनेर जोगाइ गरिराखेको बोको काट्न लगायो पछि स्वास्थ्य केन्द्रमा नपुर्याएको भए तँ बाच्ने थिइनस् । झाँक्रीले फुकेको भरमा रोग निको हुने, भएको भए स्वास्थ्यकेन्द्र किन चाहिन्थ्यो र हाम्लाई ! फटााहाहरू हुन् सबै हामीलाई उल्लु बनाउन खोज्दैछ ।\" अनायासै रिसले मुट्मुरिदै भन्छन् हर्षानले । \"पानी....पा.....नी....!\" त्यति नै बेला ज्वरोले निस्लोट भएको कमलले सानो स्वरमा पानी माग्छ । \"क�� ै ! मेरो बाबु ! कति दुःख पायौ बा ! यसरी झरी नपरिदिएको भए म आफैंले तिमीलाई बोकेर खोलापारि पुर्याउने थिएँ । म के गरुँ.....!\" हातको सहाराले छोरोलाई उ�� ाएर आड दिंदै पानी खुवाउँदै भन्छिन् जयसरा- आँखाभरि पीँडा बोकेर हर्षान त्यहीँ उभिएर निर्निमेष दृष्टिले छोरोलाई एकटक लाएर हेरिरहन्छ । \"बा.. । बा... । गो�� ढल्यो त्यति नै बेला सरस्वती आत्तिँदै र चिच्याउँदै ढोकामा आएर भनी । \"हेर्नोस् न छोरो त बेस्कन काम्न थाल्यो । लौ न छोरोलाई के भयो -\" एक्कासि सारा शरीर नै थरथर कमाउँदै बडो कष्टसाथ मुखबाट \'हुँ...हुँ...हुँ\' गर्दै ओछ्यानमा छट्पटिन थालेको छोरोलाई सम्हाल्ने प्रयत्न गर्दै अत्तालिंदै भन्छिन् जयसराले- \"बा ..! भैंसी कराइरहेको छ ।
गो�� त जम्मै ढलेको छ ।\" काम्दै गरेको नाबालक छोरोको फुस्रो अनुहारतिर आहत दृष्टिले हेरिरहेका हर्षान सरस्वतीले बोलेको स्वरले झस्कन्छन् र को�� ा बाहिर जानको निम्ति अग्रसर हुन्छन् । \"हेर्नोस् न छोरोलाई ! यसको त अनुहारै कस्तो-कस्तो भयो हरे ! म के गरुँ !\" आँखाबाट बरबरती आँसु खसाल्दै भनिन् जयसराले । \"बा.. भै...सी !\" सरस्वतीको मुखबाट विस्तारै अस्फुट स्वर निस्कियो । \"लौ न ! हर्ेर्नुहोस् न ! छोरो ता लल्याकलुलुक भइसक्यो । बाबु मेरो छोरो ..।\" जयसराको करुण स्वर को�� ाभरि गुञ्जियो । एकाएक टक्क उभिएका हर्षानको दृष्टि मृत्युसँग जुधिरहेको असहाय बालक छोरोतिर पुग्यो अनि तत्कालै फरक्क फर्केर उनी बेगसँग बाहिर गो�� भए �� ाउँतिर दगुरे ।

उनीहरू आँखाहरू एक्कासी जुधे । केटाले केटीको शरिरलार्इ बेस्सरी नियाल्यो । केटाले आफूलार्इ हेरिरहेको थाह पाएर केटीले लाजेले शिर भmुकार्इ । तर केटाले उबाट आँखा हटाएन । केहीवेर पछि केटीले शिर उ�� ाएर विस्तारै केटालार्इ पुलुक्क हेरी । अभmै पनि आफैलार्इ हेरिरहेको थाह पाएर केटीलार्इ कताकता भित्रैबाट रमाइलो लागेर आयो । सायद समयले आज उसलार्इ साथी दिएको थियो । जसले उसलार्इ मन परायो
। उनीहरूको प्रेमको शुरुवात भएभmैं मलाइ लाग्यो ।
दोस्रो दिन
आज उनीहरू बोलिरहेको देखें । दुवै जनाको मुहारमा एउटा अचम्मको चमक, एउटा अचम्मको खुशी थियो । लाग्थ्यो आज दुवै जना एक अर्कासँग बोल्न पाएर, धेरै दिनका आफ्ना भावनाहरू पोख्न पाएर आफूलार्इ हलुका बनाइरहेका छन् । आज उनीहरूको प्रेमले एउटा बाटो तय गरेको मलार्इ आभाष्ा भयो ।
तेस्रो दिन
केटाले मन थामिराख्न सकेन । उसले केटीको हात समायो । केटीले पनि केटाको हात समातेर दवार्इ । केटाको आँखामा अचम्मको खुशीको लहर दौडियो । उसले विस्तारै केटीलार्इ आफूतिर तान्यो । केटी विना प्रतित्रिmया उतिर तानिइरही । अब उसले केटीको अधर चुम्न चाह्यो । केटीले यसमा कुनै बाधा गरिन् । उफ् ! मलार्इ यस्तो द ृष्य हेरिरहन मन लागेन । म घरतिर लागें ।
चौथो दिन
परबाट हेर्दा आज दुवैजनाको बीचको दुरी हिजा अस्तिको भन्दा बढेको लाग्यो । उनीहरू मौन देखिन्थे । एकैछिनमा केटाले आैलो �� ड्याएर केटीलार्इ केही भने जस्तो गर्यो । केटी पनि अचानक आवेशमा आर्इ । उसले केटाको गालामा हिर्काएको देखें । केटा आफ्नो �� ाउँबाट जुरुक्क उ�� ्यो । उm केटीलार्इ एक्लै छाडेर हिड्यो । केटीले केटा गएको परसम्म हेरिरही । केटीले आफ्नो आँखाको आँशु पुछी र त्यहाँबाट हिडी ।
पाँचौ दिन
आज केटाको आँखा फेरि जुध्यो । केटीले पनि लाजले फेरि शिर भmुकार्इ । केटाको साथमा नयाँ केटी थिर्इ । केटीको साथमा अर्कै केटा थियो । केटाको मन हिजो अस्तिको भन्दा चञ्चल देखें । केटी हिजो अस्तिभन्दा खुशी थिर्इ । मलार्इ उनीहरूको प्रेम जाँचिरहन मन लागेन । मैले उनीहरूको नयाँ जीवनको शुभकामना दिएँ । सायद उनीहरूको यो अन्तिम प्रेम होस् ।

यौटा सडक जसको कूनै कूनामा यौटा कलिलो बालक जो त्यो बाटो हंदै आवतजावत गर्ने सबै यात्रूहरुलाइ आशाको नजरले हेर्ने गर्छ, उ यस सडकमा बसेर माग्न थालेको पनि आज ३ बर्षभइसक्यो । यहि सडक भएर हिंड्ने मन्त्रीज्युहरुका चील्ला काला कारहरु, अधिकृतहरुका २ पाङ्ग्रे माटरर्साईकलहरु अनि एनजिओ अनि आइएनजिओ भनाउंदा संस्थाहरुका जीपहरु उसले कति देख्यो कति, तर के उनीहरुको आंखा कहिल्यै उसमाथि पर्यो, उसले कहिल्यै थाहै पाएन । तिनीहरुका आंखा तान्न कहिले उ जाड-जोडसंग ऐया-ऐया भनी कराउंथ्यो त कहिले छाती पिटी-पिटी रुने गथ्र्यो, तर तिनीहरु कहिले बहिरा बनिदिन्थे भने कहिले अन्धासरी भइदिन्थे ।
यौटा पजेरो बेगसित आएर त्यहींनेर घ्याच्च रोकिन्छ, सूटबूटमा �� ांटिएको यौटा अपरिचित जसलाइ त्यो बालकले पहिले कहिल्यै देखेको थिएन टक्टक् गर्दै उ भएतिरै आउंछ, बालक आशाका हाथ फैलाउंछ, त्यो अपरिचित बालकलाइ नदेखे झै गरि नजिकैको पसलमा पूगी रोकिन्छ ।
“साहूनी ५५५ दिनूस त”
“कति खिल्ली टक्य्राउं हजूर रु ”
“१ बट्टा दिनूस न”
साहूनीले १ बट्टा चूरोट दिन्छिन् । अपरिचितले याटा चूराट सल्काउंछ अनि पर्सबाट पैसा झिकेर दिन्छ ।
“यी लिनूस पैसा”
“हजूर बांकि पैसा” साहूनी फिर्ता पैसा दिन्छिन् ।
अपरिचित फिर्ता पैसा खल्तीमा राखेर फेरि त्यही बाटो हूंदै आफ्नो गाडी तर्फर्फकन थाल्छ । त्यो अपरिचित आफु नजिकै आइपूगेको मात्रै हून्छ कि-
“हजुर” अनायासै बालकको मूख उघ्रिन्छ ।
अपरिचित एकचोटि बालकलाइ हर्ेछ, के-के भन्दै नाक खूम्च्याउंछ अनि लमक-लमक आफ्नो गाडितिर बढ्छ । बालकको मूखबाट अझै हजुर, हजुर निस्किरहेकै हून्छ, तर अपरिचित केहि नसूने झै गरि आफ्नो गाडिको ढोका खोल्दै भित्र पस्छ । गाडि बेगसंग बालककै अघिल्तिर बाट अघि बढ्छ, छ्याप्लांग आवाज संगै बालकको मूखभरि हिलो छ्यापिन्छ । बालक जूरुक्क उ�� ्छ नजिकैको ढूंगा टिप्छ र त्यस जीपलाइ हान्छ । बेगसंग हूंइकिएर गएको त्यो जीपलाइ त ढूंगाले लाग्दैन, बरु नजिकैको ट्राफिक हवल्दारको भने नराम्रो संग टाउको फूट्छ ।
आज ३ दिनपछि बल्ल सोही स्थानमा त्यही बालकको उपस्थिति देखिन्छ, जताततै फाटेका लूगाबाट शरिरका नीलडामहरु ब्ाहिर चिहाइरहेका हून्छन्, मूखभरि घाउ नै घाउ देखिन्छन् ।
“अनि निकै दिन कहां हराइस त कान्छारु” नजिकैको बूढो माग्नेले चूरोटको लामो कश तान्दै सोध्छ ।
“पूलिसको खोरमा नि बा” बालक मन नलागि-नलागि जवाफ फर्काउंछ अनि टोलाउन थाल्छ । एकछिन पछि फेरि त्यहि अपरिचितको प्रवेश हून्छ त्यहां, त्यो अपरिचित उसैगरि जीपबाट ओर्लन्छ अनि बालकको छेउ हूंदै त्यहि पसल जान्छ, तर आज बालकले हाथ फैलाउंदैन । अपरिचित फेरि त्यहि बाटो हूंदै र्फकन्छ, तर आज बालकले हजुर पनि भन्दैन । अपरिचित आज पनि उसैगरि हूंइक्याउंदै गाडि बढाउंछ । फेरि आज पनि बालकको मूखभरि हिलो छ्यापिन्५ । बालकले उसैगरि नजिकैको ढूंगा टिपेर त्यस गाडिलाइ हान्नै लागेको हून्छ कि अनायासै उसको मानसपटलमा जेलको चीसो छिंडि, बेतको ल�� ्�� ी अनि अरु के-के कूराहरु ओहिरिन थाल्छन्, स्वतः उसको हाथ रोकिन्छ ।
निशा जन्मदैँदेखि नेत्रहीन थिई । तर उसको रूप र परिपक्व तार्किक क्षमताले गर्दा पाइला नचालुञ्जेल र दोहोर मुखामुख कुरा नगरिकन कसैलाई पनि नेत्रहीन भनेर �� म्याउन हम्मे पर्दथ्यो । दीपक निशाको शालीनता र विचारले निकै प्रभावित भएको थियो । ऊ निशाको बाहिरी आँखा नभएर को भो त भित्री आँखा कसैभन्दा कमजोर छैन भन्ने �� ान्थ्यो । त्यसैले दीपक निशालाई कुनै न कुनै रूपमा प्रभावित पारेर जीवन साथी बनाउन चाहन्थ्यो । उसले आफू पनि जन्मदैँ नेत्रहीन भएको बहाना गर्दै बाँकी दिनहरूसँगै बाँच्ने प्रस्ताव राख्यो । 'निशा तिमीलाई कसैले आँखा दान दिएर हर्ेन सक्यौ भने तिमीलाई नै हर्ेन पाऔँ भन्ने प्रत्युत्तर दिई । दीपक निशाको अगाध माया देखेर आफूलाई भाग्यमानी �� ान्दथ्यो । दीपकले निशालाई आफ्नो आँखा दान दियो । निशाले दीपकको आँखाले चारैतिर उज्यालो देखी । त्यही उज्यालोमा नेत्रहीन दीपकलाई �� िङ्ग उभिएको देखेर निशालाई अनायास रूप र सीपको अहंता जागेर आयो । र यस्तो अन्धो मान्छे मेरो जीवन साथी बन्नै सक्दैन भनेर दीपकको चोखो मायाप्रति तुषारापात गरिदिई ।

ऊ पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसग भयो । सन्तस“गको सत्सङ्गले उसले धेरै अर्ती-उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूको इष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती-उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो ।
त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन थाल्यो । उसले सबैलाई समान व्यवहार गर्न थाल्यो । आफूभन्दा मुनिका कारिन्दाको सम्मान गर्न थाल्यो । यसो गर्दै जा“दा आफूमुनिका कारिन्दासमेतले उसलाई हेप्न थाले । आफू चापलुसी, चुक्ली नगरी त्यसो गर्ने अरूहरूलाई पनि अर्तीउपदेश दि“दा ऊ छुच्चो कहलियो । असत्य कुरामा होमा हो नमिलाउदा ऊ असामाजिक मानिसमा गनिन पुग्यो । यसरी ऊ कार्यालयमा हाकिमको समेत आखाको कसिङ्गर बन्न पुग्यो । उसको सरुवा दुगम ठाँउमा भयो ।
उसलाई दिक्क लाग्यो । सन्तले देखाएको जीवनमार्गमा हिड्दा सुखशान्ति मिल्ला भनेको झन् ठूलो आपत्ति आइपर्यो । उसले राजीनामा दियो । अनि ऊ व्यापार गर्न थाल्यो । व्यापारमा पनि उसले उदारवादी नीति र सत्यवादी नीति अपनाएको हुनाले ठूलो घाटा बेहोर्नुपर्यो । ऊ धेरै गरिब हु“दै गयो । घरमा खानलाई एक गेडो अन्नसमेत रहेन । एक दिन उसको घरमा चोर आयो । चोरले चोर्ने सामान केही नदेखेपछि उसलाई गाली गर्यो । उसलाई चोरले यसरी गाली गरेकामा साह्रै चित्त दुख्यो ।
उसले चोरलाई आफ्ना विगतका कुरा सबै बतायो । चोरले उसलाई सन्तको होइन आफ्नो सत्सङ्ग गर्ने सल्लाह दियो । चोरले उसलाई आफूजस्तै बन्ने र समयको प्रवाहअनुसार आफूलाई पनि बहाउने सल्लाह दियो । चोरले यी सबै सिक्न उसैस“ग जानुपर्छ भनी सल्लाह दियो । उसले पनि चोरसग जानुसिवाय अरू विकल्प केही देखेन । किनभने घरमा समेत ऊ स्वास्नी-छोराछोरीबाट दिक्क भइसकेको थियो ।
ऊ चोरस“ग केही वर्षबिदेसियो । केही सम्पत्ति लिएर पुनः घर फर्कियो । अब उसले समाजमा बा“च्ने सबै तरिका सिकेर आएको थियो । उसले समयको माग बुझेको थियो । अब उसले मागबमोजिमकै व्यवहार गर्न थाल्यो । ऊ सबैको अगाडि आस्तिक देखिन्थ्यो । तर भित्रभित्रै समाजलाई हानि हुने जुनसुकै काम पनि गथ्र्यो । मुखमा रामराम पेटमा छुरा हुने काम गथ्र्यो । उसले व्यापार सुरु गर्यो । व्यापारबाट उसलाई ठूलो फाइदा भयो । ऊ केही वर्षभत्रमा नै करोडपछि व्यापारी मात्र भएन प्रतिष्ठित समाजसेवी र ठूलो धर्मात्मा कहलियो । घरमा सम्पन्नताले गर्दा होला सबै खुसी र सन्तुष्ट थिए । तर जब ऊ सन्तका कुरा सम्झन्थ्यो उसको मन कु“डिन्थ्यो अनि आत्मा तड्पिन्थ्यो ।
-------------------------------------------------------------------------
संवत्-अफिस
पुसमाघको मुटु छेड्ने चिसोले बिदा लिइसकेको छ । चारैतिर नया“ पालुवा फेरिएको छ । वसन्त ऋतुले प्रकृतिलाई सिगारेर सुन्दर बनाएको छ । थरीथरीका सुन्दर फूलहरूले सजिएकी प्रकृति बेहुलीजस्ती भएकी छिन् । प्रकृतिका प्रत्येक पदचापले नया“ वर्षो आगमन हुदै छ भन्ने कुरा बताइरहेको छ ।
म चौतारीमा बसेर सुस्केरा लिदै छु । मेरा स्मृतिपटलमा विगतका कुरा सलबलाउन थाल्छन् । आजको ठिक एक वर्षगाडि म यसै चौतारीमा सुस्केरा लिदै थिए । यत्तिकैमा चिसो बतासले थकाइस“ग मितेरी लगाएर होला म निदाउन पुगेको थिए“ । न्रि्रारूपी सागरमा स्वप्नरूपी डुङ्गाहरू यसरी तैरिन थालेका थिए -
हाम्रो गाउमा एउटा संवत्-अफिस रहेछ । सो संवत्-अफिस अन्तर्राष्टिय प्रकृतिनियमअनुसार खोलिएको रहेछ । सो अफिसको हाकिम श्रीमान् २०६३ परबाट खुसीसाथ आउदै थिए । नया जोस, जागर, उत्साह र उमङ्ग लिएर आउदै गरेको नौजवान श्रीमान् २०६३ लाई उषाको मिर्मिरे लालीमा प्रकृतिले पनि हर्षोल्लासका साथ स्वागत गरेकी थिइन् । उसको साथमा अर्को एउटा साथी पनि थियो । त्यो साथी उसको सहायक रहेछ भन्ने कुरा मैले छोटो चिनारीपछि थाहा पाए“ । ऊ सहायक समयज्यू रहेछ । उसले मोटामोटा फाइलहरू पनि बोकेको थियो । फाइलमा के होला भन्ने जिज्ञासाले मलाई छोप्यो । मैले पनि उत्सुकतावश थाहा पाउने चष्टा गर्दा श्रीमान् २०६३ ले भन्नुभएको थियो- 'यो फाइलमा जे छ त्यो सबै तपाई“हरूका लागि नै हो । यसमा तपाई“हरूको समाज, गाउ र देशको परिस्थिति, योजना र कार्यक्रमहरू छन् । मलाई आफ्नो गाउमा भविष्यमा हुने योजना केके रहेछ भन्ने कुरा थाहा पाउन कौतुहल जाग्यो । मैले फाइलहरू हेनलाई अनुरोध गरे । तर ती फाइलहरू सहायक समयज्यूले अन्तर्राष्टिय प्रकृतिनियमअनुसार कसैलाई थाहा दिन नहुने बताए । किनभने सहायक समयज्यूले नियमअनुसार चल्नुपर्ने र यसको प्रयोग उचित बेलामा गर्नुपर्ने बताए । श्रीमान् २०६३ आफ्नो अफिसतिर प्रस्थान गर्नुभयो ।
मैले एक वर्षगाडि देखेको यो सपनालाई आज म वास्तविक जीवनस“ग दा“ज्नु पुग्दै छु । वास्तवमा सहायक समयज्यूले हाकिम श्रीमान् २०६३का कार्यकालमा भएका कालघटनाको जानकारी हामीलाई आफ्नो नियमअनुसार दिदै आएका छन् । उनले अब यो पनि थाहा दिएका छन् कि श्रीमान् २०६४को कार्यकाल समाप्त भई संवत्-अफिसमा नया“ हाकिम श्रीमान् २०६४ आउदै छन् भनेर । किनभने प्रकृतिले पनि उही रूप लिइसकेकी छिन् । हामीले पनि हाम्रो जीवन संवत् २०६३लाई बिदा गरेर नया संवत् २०६४लाई स्वागत गर्नु परिरहेछ । अब संवत् २०६४ले पनि संवत् २०६३ले गरेका कुराको पुनरावृत्ति गर्नेछ अनि यो क्रम काल-कालान्तरसम्म निरन्तर चलिरहनेछ ।

"कथा भित्र तपाई लेखक आफैं पात्र बन्ने हो भने हामी कथाका पात्रहरुले कहाँ �� ाउँ पाउने भन्दै" ऊ गयो । आज बढी नै रिसाए छ क्यार । खोई कसका कथामा पनि उसले त्यस्तै पायो रे ! लेखकहरुले आफैं एउटा पात्रको भुमिका निभाएर उनीहरुलाई �� ाउँ दिएनन् रे । यही कुरामा �� ूलो गुनासो गर्दै थियो । तर आज बढी नै रिस उसको अनुहारमा देखियो । कुनै पात्रको �� ाउँमा लेखक आफैं उपस्थित हुनु, अर्को पात्रको रुपमा मात्र कथामा उपस्थित हुनेलाई असहृय हुँदो रहेछ जस्तो लाग्यो, ऊ गएपछि ।
♦
"बसको यात्रा -" ममीले प्रश्न गर्नुभयो । ऊ ब्रेड र चिया खान विजी छ । मुखमा आधा ब्रेड छ । टाउको हल्लाएर नै "हो"-को उत्तर दियो ।
- "टुरबाट कहिले र्फकन्छस् -"
- "सात दिन लाग्छ, त्यो भन्दा बढी पनि हुन सक्छ ।" उसले मुखको ब्रेड निलीसक्यो । उत्तर सजिलै दियो ।
- "आफूलाई सम्हाल्नु, साथीभाईसँग मिल्नु्, झगडा नगर्नु, ....................................।"
-"हुन्छ, हुन्छ ।"
उसले ब्रेड खाइसक्यो । व्याग बोक्यो र ममी तिर हात हल्लाउँदै क्याम्पस तिर लाग्यो ।
उसले विर्सर् छैन् । पाल्पाको तानसेन तर्फजाँदैछ उनीहरुको गाडी । गाडीमा भएका कोही झ्यालबाट बमिटिङ्ग गर्दैछन् । कोही सहज जस्ता लाग्न थालिसके यो यात्रामा । कोही उसका साथीहरु अन्ताक्षरिमा व्यस्त देखिन्छन् । कोही आफैं गुनगुनाइरहेका छन् । हिजो बेलुकाको खाना राम्रो थिएन । त्यही खानाले उसलाई केही अप्�� ्यारो जस्तो भएको छ । भोक हराएको छैन् । पेट पनि �� िक छैन् ।
- "खाना थप्छस् -" ममीले बेलुका सोध्नु भएको थियो ।
- "थप्दीन, भोली टुरमा नै मि�� ो खाइन्छ -" उसको उत्तर थियो ।
- "भोलीको टुरको लागि अहिले देखि नै भोकै बस्छस् त -" उहाँले सोध्नुभएको थियो तर ऊ केही बोलेको थिएन ।
ऊ मुसुक्क मुस्कुराउँछ । उसको "मि�� ो" । मनभित्रको मुस्कानलाई थेग्न सक्दैन । ओ�� सम्म आउँछन् ति, मुस्कुराहटहरु । गाडी तानसेन पुग्न लाग्यो । खलासीले दिएको जानकारी हो यो । विरगंजमा खाना खाने �� ाउँको फोहोर, मान्छेको गोबर । आचैं । उसको भित्रको उकुसमुकुसलाई थेग्न सक्दैन । भित्रैबाट केही "अमिला" आए जस्तो लाग्छ ।
- "कस्तो फोहोर -" ममीलाई भाई बहिनीले खाएको खानाको सिता देखाएर हप्काएको सम्झन्छ ।
- "एकछिन है, म सफा गर्छ ममीले यति भन्दा भन्दै झनक्क उ�� ेर हिंडेको पनि उसलाई अझ सम्म याद छ ।
-"एकछिन, एकछिन.......।" ममीले ढोकै सम्म आएर उसलाई रोक्नु भएको पनि उसले गेट बाहिरबाट फर्केर हेरेको हो ।
विरगंजबाट र्फकदा खाएको खाना, लुम्बिनीको यात्रा सबै उसका दिमागमा खेल्दै छन् । उसले लुम्बिनीमा बेलुका खाएका खाना भुल्न सकेको छैन् । नअगाएको दिनहरु मध्ये त्यो दिन पनि काउन्टमा पर्छ । यस्ता दुइ, चार छाक छन् उसका खाए पनि नखाए सरि भएको ।
तर, उसले हेन आएका �� ाउँ भने राम्रा थिए । प्राकृतिक सौर्न्दर्यले भरिपूण्ा थिए ती ।
- "तैँले हेर्ने �� ाउँ जति सबै हेर्नु नि, पछि फेरि मलाई गनगन गर्लास् ।" ममीले भन्नुभएको थियो ।
- "त्यस्तो केही हुदैन् मम, म सबै थोक हेर्छु डुल्छु, आखिर म भिजिट गर्न गएको हुँ ।" उसले हौसिएर भनेको थियो ।
- "पछि म सोध्छु नी तिमीलाई, तिमीले डुलेका �� ाउँहरुका बारेमा ।" उहाँले केही 'मयालु पारामा' बेलुका खाना खाइसकेपछि भन्नु भएको थियो ।
- "हुन्छ, म तपाईलाई सबै बताउँछु ।" उसले भनेको थियो ।
अहिले गाडी तानसेनको चेकमा छ । प्रहरीहरुले हामीसबैलाई ओरालेर गाडी चेकीङ्ग गरे । एउटा अघि गाडिमा चढेको प्रहरी ओर्लियो, केही नभएको संकेत उसैले गर्यो । अगाडिको हाकीमले गाडी हिंडाउनुको संकेत दियो, र गाडी अगाडि बढ्यो । तानसेन बजार नजिकै छ । अब त्यस्तै पाँच मिनेट जति लाग्ला । खलासीले नै दिएको जानकारी हो ।
- "समय खराब छ, जथाभावी आफ्नो क्याम्पसको टिम छोडेर नहिंड्नु, कसैले बाटोमा दिएको नखानु...............।"
- "कस्तो कुरा गर्नुभएको । म केटाकेटी हुँ र - मलाई सबै थाहा छ ।" उसले भनेको थियो ।
- "होईन र पनि तँलाई सम्झाउनु पर्यो नि । मेरो लागि त तँ जहिले केटाकेटी नै हुन्छस् नि ।" ममीले भन्नुभएको थियो ।
तानसेन आइपुग्यो । सबै आफ्नो व्याग बोकेर गाडीबाट ओर्लिए । मनलाई भारी बनाउँदै म पनि ओर्लिएँ । बस्नु, खानुको फेरि टुङ्गो छैन् । नयाँ गन्तव्यममा काँचो खान आइपुगेका थियौं हामी । तर संयोगवस कुनै होटलमा साग, भात राम्ररी नै खान जुर्यो हामी सबै विद्यार्थी साथीहरुलाई ।
अहिलेलाई तानसेनसम्मको यात्रा यतिनै ।
'उसले डायरी बन्द गर्यो ।'

धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमान्ले । म अँाखा चिम्लिएर ति दिनहरुलाई बिर्ष खोज्थे, तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथे ।
खुल्ला आकाशमा अल्भिmएका एक दुइ टुक्रा वादललाई नियाल्दै म सोचिरहेछु स मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्विटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान् छैन ।
विस्तारै साँझ ढल्न खोज्दै थियो, परबाट आएको घोडाको टापको आवाज मेरो अँागनीमा आएर रोकियो । आज निक्कै दिन पछी यो क्रम दोहोरिएको थियो । मैले झयालबाट तल हेरं, मेरो मुहारमा निशब्धता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनवत्ति बाल्नुपर्ने थियो, सायद त्यसैले त्यही रित दोहोरियो, त्यही द्घन्द चर्कियो ऊ र म बिच, जुन मैले बिगतमा कयै पटक भोगेको छु, अन्ततः आफ्नो हार उसैलाई र्समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनवत्ति जलिरहेछ तर अवाक भएर मलाई हेरिरहेछ ।
मैले मनमनै महसुस गरं स्विटर बुन्नलाई अब धागो बदल्न त सकिएला तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न अंह, सामर्थ्यवान् रहेनछ । मैनवत्ति जलिरहेथ्यो बिस्तारै त्यसका शिखाहरु, मैनवत्तिको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प

कुरो नबुझी प्वाक्क बोल्ने मान्छेहरूको हामीकहाँ कमी छैन । अरू त अरू बुद्धिजीवी बनेर खाइटोपलेका मान्छेहरू पनि कुरै नबुझी मुख खोल्ने गरेकोे देख्दा हामीजस्ता राजनीतिज्ञलाई नमज्जा लाग्छ । मेरा एक जना छिमेकी छन् । उनले आफूलाई अबलदर्जाको बुद्धिजीवी प्राणी हुँ भन्छन् । त्यसैले मलाई देखिसहन्नन् । कारण के भने मेरो राजनीति जनताको लागि भएन रे ! मैले जनताको लागि राजनीति गर्दागर्दा जिन्दगी बिताउन लागिसकेँ तर उनी भन्छन्-मेरो राजनीति जनताको लागि भएन रे ! हर्ेर्नुसन ! मेरो घरबार देखेर उनलाई जलन हुन्छ । मैले भ्रष्टाचार गरेँ रे ! भएन, जनतालाई लोभ्याएर, धम्क्याएर र तर्सर्ाा जनताबाट भोट लिएँ रे ! अनि जनतालाई हेरिन रे ! चुनावको बेलामा कुनै कार्यकर्ताले कसैलाई "ए ! फलानालाई भोट दिनर्ुपर्छ है, नत्र राम्रो हुन्न ।" सम्म भने होलान् । कसैलाई यसो चिया चमेनासम्म गराए होलान् । यसैलाई लोभ्याएको, तर्सर्ााो भन्ने - मैले कुनै भ्रष्टाचार गरेको छैन । मैले जिन्दगीभर राजनीति गरेर कमाएको, श्रीमतीले गुन्द्रुक खर्ुसानी बेचेर, असनमा घिऊ बेचेर कमाएको, छोराछारीले मजदुरी गरेर कमाएको र मेरो पहाडको सात रोपनी खरबारी बेचेर आएको सबै सम्पत्ति जोड्दा त्यस्तै चार-पाँच करोडभन्दा बढी भए तपाईं मारिहत्ते । के यो पनि भ्रष्टाचार गरेको, जनता �� गेको हुन्छ र - तपाईँ नै भन्नुहोस् त - जनताको लागि राजनीति गर्दा कहिलेकाहीँ दस-बीस हजार मानिस मारिन्छन् । दस-बीस अरबको सम्पत्ति नोक्सान हुन्छ । देशको विकास बीस-तीस वर्षरोकिएला । त्यो त �� ूलो कुरो भएन नि ! जनतालाई मालिक बनाउन हामीले राजनीति गरिरहेका छौँ । सानो कुरो हो - प्रजातन्त्र बहाली भएपछि त जनता त्यसै सुखी र सौभाग्यशाली हुँदैगएका छन्, अबको लोकतन्त्रले जनतालाई कति माथि पुर्याउने हो - त्यो त हर्ेर्नै बाँकी छ । के गर्नु ! हप्ताको दर्ुइ/चार दिन नेपाल बन्द, उपत्यका बन्दजस्ता कार्यक्रम राखेको पनि उनलाई मन पर्दैन । आखिर हामीले तोडफोड, आगजनी, हत्या, लुटपाट र बन्दजस्ता कार्यक्रम हाम्रो खुसीले गरेको त होइन नि ! जनताकै लागि बाध्यताले गरेको न हो ! यति पनि नसहने ! हर्ेर् इश्वर - यी बुद्धिजीवी भनाउँदाको घैँटोमा कहिले घाम लाग्ला -

दिनभरीको गाडीको थरथरावट अनि तीन घन्टा सम्मको त्यो उकालो बाटो पार गरेर आएको म केहि आलस्य बनेर चाढै नै कोठामा गएर ओछ्यानमा पल्टेको छु । कोठामा केहि फेरबदल भएछ । स्वभाविक नै थियो अब मेरो कोठामा मेरो साथ सुभद्रा पनि छिन नि ! दुई महिना अघि बिबाह बन्धनमा बाधिएका हामी दुई हप्ता पनि साथै रहन नपाइ म मेरो चरनमा जानु परेको थियो । अहिले कलेजमा पनि मिनपचासको बिदा भएको मौकामै अफिसमा अनुरोध गरेर हप्ता दिनको छुट्टीमा आएको छु। उ बिनाबोलचाल कुनै किताबमा मस्त छ। गाँउमै दश जोड दुई सम्मको पढाई हुने भएकोले आमाले भने बमोजिम उ यहीको स्कूलमा बार्ह कक्षामा भर्ना भएकी छ। पढाईमा राम्रो ध्यान दिने गरेकी छ पढ्न चाहे जती पढाउनु पर्छ भन्नु हुन्छ आमा। "बत्तिसै लक्षणले युक्त केटी बुहारी बनाउन पाइयो छोरा … ओहो उसको बोलि-बचन अनि व्यबहार …।" म आउदै गर्दा बाटोमा तल्लागाँउकि काकीआमाले उनको प्रसंशा मलाई गरेर सुनाउनु भएको थियो । हो नि त सबैले तारिफ गरेका छन , अहिले आमा पनि त्यसै भन्नुहुन्छ। हुनसक्छ मेलापातमा आमाहरुको सर्कलमा यस्ता कुराहरु हुन्छन् नै होला। आमा मख्ख हुनु हुन्छ। म पनि दङ्ग छु। जे होस् चिठ्ठा गजबको पर्यो त्यसो हो भने। मनमनै आफैलाइ धन्यवाद दिन्छु अनि बाटो देखाउने लमिप्रति आभार पनि। लमिको कुरा गर्दा मेरो मामालाई कसले हो कुन्नी नाम भुले तर आमालाई भने मामाले सिफारिस गरेर बिहे भएको हो हाम्रो। न कुनै पहिलेको देखाभेट हो न त अहिले को जस्तो बिबाह हुनु अगाडि कुनै परिचयात्मक कक्षानै चल्यो। बिल्कुल एक अर्कामा अपरिचित हामी दुई प्राणी अचानकै एक सुत्रमा बाधिन आइपुगेका थियौ।
आफ्नो श्रीमान् लामो समय पछि भेट भएको भएतापनि सन्चो-बिसन्चो उँहु केहि केही सोधेकी छैन। हुन सक्छ लाजले पनि होला या आउने बितिकै उसैको अगाडि आमाले सोध्नु भएकाले पनि होस। मेरो मनले उसले केही सोधोस भनिरहेको छ। त्यसै गरी म पनि उसँग कहाँ खुल्न सकेको छु र! मनले धेरै कुरा बोल्न खोजे पनि मुखबाट अभिब्यक्ती दिन गार्है भैरहेको छ अझै पनि मलाइ। सुभद्रा! म बोलेर उसको ध्यान भङ्ग गरिदिन्छु। उ हजुर भन्दै म तिर मुन्टो उठाउछे । पानी राखेको छैन कोठामा ? बोलाउने बहानामा म उसलाइ सोध्छु। उ उठेर मलाइ पानीको करुवा समाउन दिन्छे। तिमी ठिकै छौ नि! "हजुर" । न्यास्रो मानेकी छौ होली, बुबा आमालाई भेट्न गयौ नि हैन, म शहर गएपछि ? "गएको हो । एक हप्ता बसेर आएको"। त्यत्ती मात्र के सोध्न पाएथें उ आफ्नो टेबलमा पुगिसकेकी हुन्छे। उसको ध्यान पढाईको कुनै अध्यायमा केन्द्रीत हुदै छ त्यसैले अरु अबरोध पुर्याउन चाहन्न भलै अरु कुरा गर्ने मन भएपनि बिट मारिदिन्छु।
म झ्यालतिर चिहाउँछु । आकाशमा टहटह ताराहरु टल्किरहेका छन। राती भैसक्दा पनि पारि त्यो सडकमा केही गाडीहरु केही दुरिको अन्तरमा गुडिरहेको देखेर मलाई त्यहि डाँडाको बाटो हुदै आमाले कति पटक पिठ्यौं अनि बुबाले कति पटक काँधमा राखेर मावलघर लगी-ल्याइ गरेको सम्झना आउछ। अहिले सुन्छु मेरो सानो भाई आमासँग कुनै कुरामा मतभेद भयो भने गाडिमा हुइकिएर एक्लै,एक्लै त्यहाँसम्म पुगिदिन्छ रे! केहि बर्ष अगाडि बाटै झलमल बिजुलीबत्ती बलिसकेको छ। स्कूल-कलेज अनि सञ्चार सबै सुबिदा हरु भित्री सकेका छन्। बिकाशको गति आफ्नै रफ्तारमा भैरहेको छ त्यहाँ। यदि त्यो हुन्थेन भने ……? शुभद्रा र म खुइ-खुइ गर्दै, पसिना पुछ्दै त्यहि उकालो चढ्नु पर्ने हुन्थ्यो उहि पुनराबृती दोहोर्याउदै , अनगिन्ती पटक।
शुभद्रा ! "हजुर्" एउटा कुरा सोधुं ? "हुन्छ" तिमीलाइ मेरो माया लाग्छ ? उ लाजले रातोपिरो हुन्छे। प्रश्नसुचक आँखाले हेरेर आँखाले नै जवाफ दिएकी छ - मलाई तपाईको अनि तपाईलाई मेरो माया नलाग्ला र! उ मौन छे। तर मैले सोध्ने एउटा कुरा अर्कै हो , सोधु है तिमीसँग ? "हवस्" । के कुरा भनेर पनि सोद्धिनौ ? उ फिस्स मुस्काउछे बोलाइको बदला । म सोधु त साच्चै ? "हुन्छ"। तिमी नरिसाइकन जवाफ दिनु पर्छ है ? "हुन्छ"। तिमीले सुनेकी छौ कोही कसैको तीन ओटासम्म श्रीमान् हुन्छन् एकै पटक ? "खै" कस्तो खै ? सुनेको या देखेको छौ ? म द्रौपदीको समय हैन अहिलेको समयको कुरा गर्दै छु। अहिले को जमानाको । "मलाई थाहा भएन"। त्यसैगरी मलाई पनि थाहा छैन तर सुन न हाम्रो गाँउको एक जना हजुरबा पर्ने बुढो मान्छेले भन्नु हुन्छ कि जस्तो पतिब्रता भन्ने नारीको पनि तीन ओटा श्रीमान् हुन्छन् रे! होला त ? "होला" जिस्केको कि के हो तिमी ? "हैन, अनि होला भने पछि होला नि त !" हुँ ? होला ?? तर कसरी ??? "थाहा छैन"। थाहा छैन भने कसरी होला भन्यौ त ? मलाइ शब्दमा हैन पुर्ण बक्यमा जवाफ देउ न। र दिने पनि गर। उ घोसे मुन्टो मात्र लगाउछे । ए शुभद्रा तिमी धेरै नै लाटी छौ । हैन तिमी बोल्न नै चहन्नौ कि, बोल्ने शक्ति नै छैन कि ? केही त बोल्ने गर, किन चुप् ? किन ?? मलाई त लागेको थियो नारी भएका नाताले तिमीले सुरुमै प्रतिबाद गर्छौ होली। त्यो त तिमीले गरिनौ । तर होला…, होला भने मलाई एक दुई जनाकै नमुना देउ न त ! कस्कसका छन ? होला भन्नु त स्विकृती जनाउनु झै हैन र ? उ फेरी पनि मौन छ केवल मलाई टुलुटुलु हेरिरहेकी छ मानौ कुनै ठुलो गल्ती गरेकी छ, जसबाट मैलेमत्र मुक्ति दिलाउन सक्छु उसलाइ । कुनै जवाफ छैन हैन, तिम्रो ? पढेकी केटी भएर पनि समान्य कुरामा प्रतिबाद गर्न या तार्किक बन्न नसकेको देख्दा मेरो रिस उ माथि अझै पोखिन्छ। म कड्किएर उसलाई सोध्छु त्यसो भए तिम्रा पनि छन त तीन ओटै लोग्ने ? उ अब आशु झार्न थालेकी छ । नरमाइलो लाग्ने गरी उ घुँक्क घुँक्क गर्छे । बोल, बोल, बोल शुभद्रा के तिम्रा पनि ………? म अझै च्याट्ठिन्छु रुन्चे स्वरबाटै उ केहि कुरा बक्छे, "अनि हजुरबाले झुट्टो कुरा बोल्नु भयो होला त!" हरे……! म हार खान्छु यो केटीसँग कसरी उसलाइ यो लाग्यो कि त्यो बुढाबाजेले सबै कुरा ठिक नै गर्नु भएको छ भनेर! ठट्टामा भने कि , साच्चै कुनै या केहि एकादुई को प्रसङ्गमा भने कि या कसै सँग रिस पोख्न अरुलाई आक्षप लगाउने हेतुले पो भने कि ? उहुँ, कुनै बिश्लेषण गर्नै नखोजी सरासर उसले भनि कि बाजेले झुट पक्कै बोलेनन। म केही सोध्न चहान्न अब । आफैले ले रुवाएं सम्हाल्ने पालो पनि मेरै छ । रुन बन्द गर शुभद्रा, तिमीलाई रुवाउन मैले यि कुरा सोधेको हैन। जबर्जस्ति हुंदा नहुदाको अप्ठेरो प्रश्न राखेर रुवाएकोमा पछुतो हुन्छ मलाई। छेउमा तानेर अँगालेर राख्दै उसका आँशु पुछिदिन्छु । तिम्रा तीन ओटा श्रीमान् पनि छैनन र हुन्दैनन पनि, त्यसैगरी अरुका पनि। तर शुभद्रा, तिमीहरुले किन र कसरी भन्ने प्रश्न किन गर्न सक्दैनौ ? के ले रोकेको छ प्रश्न उठाउन ? मेरो मुख्य सोधाई नै यही हो। भन सामाजिक संस्कार, कुनै डरत्रास् ,तिमीहरुकै अबोधपन, लज्जालुपन ? के ले चाँही रोकेको छ ? या प्रश्न गर्न नै चाहादैनौ ? कसरी अरुको बोलीमै हो मा हो मात्र मिलाईरहेका छौ ? के तिमीहरुको आत्मनिर्णय गर्ने अधिकारै छैन त ? छैन भने पनि लिन खोज्नु पर्ने हैन र ? आफ्नो स्वबिवेकको प्रयोग तिमीहरुले नै गर्न पाउनुपर्ने हैन ? तर किन गरिरहेका छैनौ ? किन आफ्नो बिश्वासलाई अरुको पोल्टामा थपक्क सुम्पिएर आफु निर्धक्क रहन्छौ ? तिमीहरुलाई थाहा हुनु पर्ने हो नि यही मौनता कतिपय अवस्थामा तिमीहरुको जीवनको दुर्भाग्य बनेर आइदिन्छ, आइरहेकै छ । ओझेलमा रहेर यसलाई तिमीहरुको कम्जोरी ठानेर परिचालन गर्नेहरु कमि छैनन यहाँ । के तिमी देख्दिनौ कुनै सिता माथि अर्की सौताको प्रबेश ? के मञ्चन भैरहेका छैनन सृष्टिको भुलमाथि मान्छेलाई दोष दिएर एउटी नारी अपुत्रो अपुत्री बनाइएका अनि असाहय र कमजोर एउटी नारीलाई कथित बोक्सीको बिल्ला भिराइ शारिरिक-मानसिक यातना दिएर सामाज बहिस्कार गरिएका नाटकहरु ? के तिमी सुन्दिनौ भर्खर जन्मिएको बच्चा लावारीस् फेला परेको समाचारहरु ? कुमारी आमाहरुको बेवारीस् र अन्धकार जीवन गाँउ निकाला गरिएका अबोध अनुहारहरु ? सामाजिक कुॠतीले खनेका गहिरा खाल्डाहरु, ……अन्धबिश्वासको पर्दा भित्र रहेर खेलिने घृणीत खेलहरु ? देशमा मात्र सिमित नभएर के तिमीसम्म न आइपुगेकै छ र भारत को सहर- सहरमा नारकिय जीवन ज्युन बाध्य बनाइए का हाम्रा चेलीहरुको चित्कार अनि रोधन ? आर्थिक मानसिक अनि शारीरिक यी सबै पक्ष बाट तिमीहरुमाथि लगातार आक्रमण र शोषण भैरहदा पनि किन चुप छौ अझै ? सुभद्रा, यि सब हुनमा तिमीहरुको मौनताको कति प्रतिशत भूमिका छ होला ? एकपटक सोचेर हेर त। कहिल्यै तिमीहरुले बिश्लेषण गरेर हेर्यौ यसलाइ ? त्यसैले शुभद्रा तोडिदेउ मौनता तिमीहरुको आवाज अब त खुल्नै पर्छ । एकमाथि अर्को, अर्को माथि अर्को मिलाएर बुलन्द पार्नुपर्छ। म बोलिरहेँ उ सुनिरही मैले यती भनिसक्दा पनि उसले खै त उहाँ हजुरबाले अघिको कुरा कुन र के आसयमा कसलाई भन्न खोज्नु भएको हो भनेर सोधिन । म सोध्छु , सुभद्रा तिमी जान्न चहन्नौ अघिको प्रस्नको जवाफ ? म उसलाई झक्झकाउदै भन्छु, तिमीले नसोधे सम्म म ज्यानगय पनि भन्ने हैन क्यारे! सोध्दिनौ ? उ केहि बोल्दिन । ठिकै छ सवाल बिनाको जवाफ को त्यति अर्थ हुदैन, तिमीनै सुन्न चहन्नौ भने म के भनु त! यसो उसको अनुहारमा हेर्छु त उ त निदाइ पो सकिछ!
बिहान चियाको गिलाससंगै मलाइ निद्राबाट उठाइरहेकी हुन्छे उ। म झस्कन्छु उफ् ! कस्तो सपना ! के देखेको होला मैले ? मन आत्तिएको जस्तो लाग्छ आफैलाइ । म उसलाइ हेरिरहन्छु रातमा देखेको सपनाको त्यो पात्र शुभद्रा अनि यो शुभद्रा। के कति भिन्नता होला ? चिया लिने हैन भन्दै गिलास मेरो हातमा थमाएर उ बाहिरिन्छे। मनमा एउटा प्रस्न उठ्छ साच्चै मैले यो प्रश्न बिपनामै उनलाइ राखे भने कस्तो जवाफ आउला ? त्यसै एउटा कौतुहलता जाग्छ । उनी भर्याङ्ग बाट ओर्लिएको उनका पदचापहरु मेरो कानसम्म ध्वनित हुन आइपुग्दा म चियाको चुस्की सुरुप्प बनाउछु ।

ष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता माङले महसशुस गरे । त्यसको लागि माङले सबैभन्दा पहिले ३ वटा पिपलको पातको उत्पत्ति गरे । माङले एउटा पातले जलाम्य धर्ती छोपे । एउटा पातले शिरमाथि पारे र आकाश बनाए एउटा पात घोप्टो पारेर धर्तीमा राखे । त्यै घोप्टिएको पातमाथि बोम्बोयोम्मा-धमिरा) ले पातले छोपिएर विस्तारै जमिन बन्दै गएको भगबाट माटो ओसार्दै थुपानै थाल्यो । माटो थुप्रिदै गएपछि धर्ती माटो र पानी -जलथल) बराबर भयो । माटो र पानी भएपछि विभिन्न जीवहरु बाँच्ने भए र मान्छेको उत्पति माङले गराउने परे र नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्मा मानव सृष्टि मानव सृष्टि गरे र उनीहरुको कोखबाट सुम्निमा-चेली) र पारुहाङ-माइती)को जन्म भयो । सृष्टिले निरन्तरता पाउन स्त्री र पुरुषको समागम हुनुपर्ने भयो । यस अर्थमा सुम्निमाले पारुहाङसँग विवाह गर्न खोजिन् । पारुहाङलाई आफ्नो चेलीसँग विवाह गर्नु अप्ठ्यारो मात्र होइन अपराध नै थियो । सुम्निमाले आफुसँग विवाह गर्न लागेको र पारुहाङ चेलीसँग विहे गर्न मञ्जुर नरहेकोले पारुहाङ सुम्निमाले नदेख्ने नभेट्ने ठाउँ साल्पा पोखरी लागे अलप भए ।
सुम्निमाले जसरी पनि पारुहाङलाईं पाउनु नै थियो । त्यासको लागि अब सुम्निमाले पारुहाङलाई खोज्नुपर्ने भयो । खोज्न्को लागि सुम्निमाले उडेर धेरै ठाउँ घुम्न सक्ने चराहरुको कल्पना गरिन् र सबैभन्दा पहिले ताङटुम्मी-चाँदे नामक चरा वान्तवा भाषामा एक प्रकारको चरा उत्पत्ति गराइन् र पारुहाङलाई खोज्न पठाइन् । टाङटुम्मीले संसार चहार्यो तर अन्तमा उसले पारुहाङ साल्पा साल्पा पोखरीमा लुकेर रहेको ठहर गर्यो । टाङटुम्मीले सिली नाच्दै यारी-अदुवालाई काटेर जोखाना गर्दै साल्पा पोखरीलाई फन्को लायो तर पारुहाङ्ग निस्केनन् । टाङटुम्मीले त्यतिबेला यारी गर्दा एकपाटो आफ्नो टाउको छिनायो- त्यै बखत एक पाटो आफ्नो टाउको छिनाएकोले नै टाङटुम्मी चराको टाउकोमा एक पाटो अस्वाभाविक सेतो पाटा रहेको हो भनिन्छ । टाङटुम्मीले पारुहाङ्गलाई पत्ता त लगायो तर सुम्निमा समक्ष ल्याउन भने सकेन । यो कुरा टाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा-धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा-धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङ्गलाई खोज्न पठाइन् । सिली नाच्दै , यारी गर्दै र सोलोन्वा-चिन्डो) बोकेर मन्त्र उच्चारण गर्दै झेत्वा पारुहाङ्गको खोजीमा लाग्यो । पारुहाङ्गको खोजीमा झेत्वा संसार डुल्यो तर उसले पनि साल्पा पोखरी भित्रै पारुहाङ्गलाई त्यहाँभित्रबाट निकाल्न सकेन र ऊ फक्र्यो ।
सुम्निमाले अब पारुहाङ्गको खोजीका लागि तुइरा-र्सुइ .....र्सुइ....कराउने एक प्रकारको चरा) को उत्पत्ति गराइन् । तुइराले पनि चारै दिशा घुम्यो र साल्पापोखरीमा पारुहाङ्गलाई लिएर आउन सकेन । त्यसपछि माक्वा -कल्चुडो कालो रङ्गको चरा) ,चेन्चेक्वा-पदुवाचरी) र तायामा खियामालाई सुम्निमाले क्रमशः उत्पत्ति गराइन् र पारुहाङ्गलाई खोजेर ल्याउन पालै पालो पठाइन् । उनीहरुले पालो-पालो सिली गाउँदै नाच्दै यारी गर्दै पारुहाङ्गको खाजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्गको खोजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्ग लुकेको ठाउँ ग्यारेन्टी गर्दै फर्के । उनीहरुले सुम्निमालाई विन्ति गरे-"हामीले पारुहाङ्ग साल्पापोखरीमा लुकेको थाहा पायौं तर ल्याउन सकेनौं ।
कसैले पनि पारुहाङ्गलाई ल्याउन नसकेपछि सुम्निमाले निकै सोचविचार गरिन्-'अब कसले पारुहाङ्गलाई ल्याउन सक्छ त -' त्यसपछि उनले पानीभित्र पस्न सक्ने बाजीकुहाङ्ग-गंगटा)को उत्पत्ति गराइन् र चराहरुलाई अह्राइन् -'अब गंगटासहित साल्पापोखरी जाऊ,सिली गाऊ,नाच र चिण्डो सहित यारी गर त्यसपछि पनि पारुहाङ्ग पोखरीदेअि ननिस्किए बाजीकुहाङ्ग आफैले पोखरीभित्र पसेर पारुहाङ्गलाई निकाल्छ ।' त्यसपछि चराहरु र बाजीकुहाङ्ग भएर साल्पा परिपरि सिली नाच्दै गाउँदै चिण्डो सहित यारी गरे तर पारुहाङ्ग निस्किएनन् , बाजीकुहाङ्गले पनि पारुहाङ्ग यै पोखरीभित्र छन् भन्ने किटान गरेपछि बाजीकुहाङ्ग आफै पोखरीमा पसेर पारुहाङ्गको जीऊमा कुतकुती लगायो र पारुहाङ्ग बिउँझिए र पोखरीबाट बाहिर निस्के । आफु कसैले नदेख्ने गरी गुप्तवास बसेको पारुहाङ्गले बताएपछि आफुलाई यसरी व्यूँझाउनुको कारण समेत चरा र बाजीकुहाङ्गलाई सोधे । बाजीकुहाङ्गको समूहले एकै स्वरमा भन्यो-'सुम्निमाले हजुरको अत्यन्तै चाहना गर्नुभएकोले हजुरलाई लिन आएका हौं ।' सुम्निमाले आफुलाई विहे गर्नको लागि सुम्निमाले चाहेको कुरा पारुहाङ्ग थाहा पाइहाले । चेली र माइती प्रत्यक्ष विहे गर्न नहुने ठानी पारुहाङ्गले आफ्नो वीय कर्कलाको पातमा पोको पारेर सुम्निमालाई बाजीकुहाङ्ग समूहको हातमा पठाइदिए र सुम्निमालाई अहिले भेट्न नसक्ने सन्देश पठाए । आफुले पारुहाङ्गलाई लिन पठाएको टोली पारुहाङ्ग विना आइपुगेको देखेर सुम्निमाले सोधिन्-'पारुहाङ्गलाई ल्याएनौ त -' उनीहरुले पारुहाङ्ग अचेल आउन नसक्ने र सुम्निमाको नाममा ओखती पठाइदिएको जानकारी सुम्निमालाई दिए । पारुहाङ्गले पठाएको वीय ओखती ठानेर सुम्निमाले खाइन् । खाएपछि सुम्निमाको पेटमा गर्भ रहृयो । यसरी माइती-पारुहाङ्ग)को गर्भ चेली-सुम्निमा)को पेटमा बढ्दै गयो । त्यसबाट जेठा चाप्चा (बाघ),माइला तुमुन(भालु) र कान्छा हाङ्छा-मान्छे)को जन्म भयो ।
आमा सुम्निमाको रेखदेखमा ती तीनभाइ चाप्चा,तुमुन र हाङ्छा बढ्दै गए र तीनै भाइ शिकार खेल्न सक्ने उमेरका भए । अब सुम्निमाले तीने भाइ छोराहरुलाई शिकार खेल्न पठाउन थालिन् । चाप्चाले मृग,बँदेल जस्ता ठूला शिकार ल्याउन थाल्यो । तुमुन-भालु)ले तरुल,तुलफुल,गिठा,भ्याकुर ल्याउन थाल्यो । हाङ्छा धनुषबाण चलाउने हुनाले खरायो,जरायो इत्यादि ल्याउन थाल्यो । सुम्निमाले तीनै भाइ छोराको शिकारहरुलाई एउटै वादिनखोप-अण्डाको बाहिरी खोल)को भाँडोमा पकाइन् र छोराहरुलाई नै बाँडेर दिइन् । एउटै भाँडोमा धेरै थरी शिकारको स्वाद बेग्ला-बेग्लै भयो । यसरी तिनै भाइ शिकार खेल्न जानेर शिकार ल्याउने अनि बाँडेर खाने गर्न थाले शिकार खेल्न जाने बेला सुम्निमाले तीनै भाइलाई भनेर एकै ठाउँमा खाजा पठाउँथिन् । 'शिकार खेल्दा थाकिन्छ । थाकेको बेला तीनैजना एकै ठाउँ भेला हुनु र खाजा बाँडेर खानु,त्यसपछि फेरि शिकार खेल्नु ।' आमाले भने बमोजिम नै तीन भाइ शिकारीहरुले गर्न थाले । तर पछि-पछि चाप्चाले आफ्ना भाइहरुलाई पाप चिताउन थाल्यो र यताउति शिकार गरेजस्तो गरेर राखिएको साझा खाजा आफैले आफैले मात्र खाएर सिध्याउन थाल्यो । तुमुन-भालु) हाङ्छा-मान्छे) खाजा खान आउँदा खाजा सिद्धिएको मात्र भेट्टाउँथे । 'खाजा के ले खाइदिदैछ - काम गर्नेलाई चैं खाजा छैन ।' हाङ्छा रिसले मुर्मुरियो र खाजा राख्ने ठाउँमा हाङ्छा जस्तो देखिने केराको थम्बा बनाएर आफु रुखमा चढ्यो र जे ले खाजा खान्छ त्यसैलाई हानि मार्ने निधो गर्यो । एक छिनपछि चाप्चा आएर खाजा खान थाल्यो । हाङ्छाले पनि केही पनि विचार नगरी आफ्नो खाजा खाइदिने जन्तुलाई धनुवाणले हानेर ढाल्यो । चाप्चा मर्यो अब तुमुन डरायो -'हाङ्छाले त मार्ने पो रहेछ ।' तुमुनले हाङ्छालाई भन्यो-'चाप्चा त मर्यो अब आमालाई अब के भन्ने -''कता गयो कता - थाहा पाइएन भन्ने नि-हाङ्छाले भन्यो ।
सँधै तीनभाइ छोराहरु सँगै शिकार लिएर र्फकने आज दुइ भाक्ष् मात्र फर्केको देखेर सुम्निमाको मन अमिलो भएर आयो । सुम्निमाले चुमुन र हाङ्छालाई चाप्चाको बारेमा सोधिन् । दुवैले कता गयो भनेर थाहा नपाएको कुरा बताए । सुम्निमाले भाइहरुले दाजुभाइको कुरा बुझिन् र उनीहरुको शिकार खेल्ने ठाउँतिर खोज्न हिडिन् । छोराहरुको खाजा खाने ठाउँमा चाप्चा ढलिराखेको भेटिन् । सुम्निमाले अदुवा,चिण्डो लगेर धुप धुवारो गर्दै सिली गाउँदै र नाच्दै यारी गर्दै चाप्चाको शिर उठाइन् । पेरुङ्गोमा आगो हालेर मरेको चाप्चाको शिर उठाइन उसको जीऊभरि आगो डुलाइन् । त्यै पेरुङ्गोको आगो झरेर चाप्चाको जीऊ डढेर खालको खालको टाटा बस्यो । -चाप्चाको शरीरमा धर्का-धर्का भएको टाटा पांग्राहरु हुन्छन् । सुम्निमाले उसको जीऊमा आगो डुलाउँदा डढेर बाघको जीऊमा टाटापांग्राहरु भएको हो भनिन्छ । ) त्यसपछि चाप्चा जिउँदो भयो ।
अब सुम्निमा पनि खुबै डराइन् । खाजुभाइलाई मिलाप गराए फेरि मारामार हुन्छ भन्ने सुम्निमालाई डर थियो । उनले पाप चिताउने कुवुद्धि र फेरि पनि जन्माउनु-मृत्युबाट ब्यूझाउँनु) परेकालेले जेठो चाप्चालाई कान्छो बनाइदिइन् र चतुरबुद्धिले गर्दा हाङ्छालाई जेठो बनाइदिइन् र शिकार खेल्न अब उनले तीन जनालाई तीनै पट्ट िपठाइन् र भेट्दा मारामार नगर्नु भन्दै सम्झाइन् । 'हाङ्छालाई बाटोमा भेट्दा चाप्चाले बाटोमुनि लुक्नु,भाउजु-हाङ्छाको श्रीमती) भेट्दा बाटो माथि लुक्नु ।' यति भनेर सुम्निमाले अब देखि आफुले गर्ने शिकार आफैले खाने र नबाँड्न अह्राइन् ।-अझै पनि चाप्चा-बाघले पुरुष भेट्दा बाटोमुनि र महिला भेट्दा बाटोमाथि लाग्ने लुक्ने विश्वास गरिन्छ ।
समय बित्दै जाँदा सुम्निमाको पनि मृत्यू भयो । आमाको मृत शरीरलाई जंगल पुर्याएर आउन हाङ्छाले तुमुन-भालु)लाई अह्रायो । तुमुनले आमाको शरीर गाडेर आउनुको सट्टा उल्टै आमाको मासु खाएर फिर्यो । घरमा हाङ्छाले तुमुनलाई 'आमालाई खाइस् कि क्या हो -' भनेर शंका गर्यो तर तुमुनलाई 'होइन' भनेर ङच्च हाँस्यो । त्यसैबेला हाङ्छाले तुमुनको दाँतमा आमाको केश अल्भिmएको देखेर तुमुनले आमालाई खाएको पक्का ठहर्यायो । त्यसपछि 'आमाको मासु खाने तँ --भनेर हाङ्छाले तुमुनलाई साफी गोद्यो । हाङ्छाको गतिलो गोदाइ भेटाएको तुमुन-भालु)ले हाङ्छा-मान्छेले मलाई गोद्यो अबदेखि हाङ्छा-मान्छेको अनुहार हेन नपरोस् भने जंगलतिर लाग्यो । त्यतिबेला मान्छेको गोदाइ भेटाएको भालुले अबदेखि मान्छेको अनुहार हेन नपरोस् भन्ने भालुले अझै पनि मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहारलाई प्रमुख निशाना बनाउने बताइन्छ । भालुले मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहार चिथोरेर धुजाधुजा बनाइ दिने गर्दछ । उत्पत्तिताका मान्छेको अनुहार प्रतिको रिसले गर्दा त्यसो गरेको हो भन्ने भनाइ छ ।
पछि हाङ्छाको धेरै सन्तानहरु भए । तिनै सन्तानहरुको नामबाट पाछाको नाम छुट्टएिको कथन छ । एक दिन हाङ्छाको सन्तानहरु पनि शिकार खेल्न गए रे । दिनभरि शिकारमा डुल्दा पनि एउटै शिकार हात नलागे पछि घरमा आएर उनीहरुले घरमा नै रहेको बाख्रा काटे । बाख्राको मासु उनीहरुले सबै भाइलाई भाग लगाए तर आन्द्रा सफा गर्न पँधेरा गएको पुमा नामका एक भाइलाई भने भाग लाउनेहरुले बिर्सिएर भाग लगाएनन् । एकछिन पछि आन्द्रा बनाएर पुमा आइपुग्यो । पुमाको भाग नराखिदिएकोमा अरु भाइले गल्ती महशुस गरे र पुमालाई त्यही आन्द्रा आफ्नो भागको रुपमा खान भने । पुमा रिसले 'मासु त खान पाइएन,यो आन्द्रा -'भनेर आन्द्रा फालिदियो र अब देखि म बाख्राको मासु नै खान्न भनेर कसम खायो । त्यै पुमा अचेलका पुमा र्राईहरुको पितृ हुन् भनिन्छ । पुमा र्राई जातिको एक पाछा हो । उहिले बाख्राको मासु नखाने कसम खाएकोले नै अचेल पुमाहरु बाख्रा छुदैनन् र मासु खादैनन् भन्छन् बुढापाकाहरु । अनि अर्को कुरा उहिले त्यसरी पारुहाङ्ग-माइतीको वीयबाट चेली-सुम्निमामा गर्भ रहेकोले सारी (अशुभ) भयो । अचेल पनि माइती चेली हाडनाता बिहेवारी गर्न चलन छैन । त्यसलाई अशुभ मानिन्छ । अशुभ मेटाउन सारी ताङ्लान गर्नुपर्छ । यसो गर्दा एउटै माउका दुइ चल्ला ः एक भाले र अर्को पोथी चल्ला चाहिन्छ । एउटै माउका चल्ला किन त - उहिले माइती चेलीको अशुभ सम्बन्ध भएकोले गर्दा यो चलन बसेर आएको हो भन्छन् बुढापाकाहरु ।