रविवार, 22 मई 2011

ऊ को थिई र मेरी

साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । अरु ४ जना दाइहरू बुबाको ठेगाना छैन । न तिनीहरूलाई थाहा छ न तिनीहरूकी आमालाई नै । मलाई पनि थाहै छैन । मेरा मिल्ने साथीहरू हुन् यी बिदेश बसाइका । परिवारबाट टाढा रहनु र एउटा अर्को परिवार परदेशमा पाउनु ठानेको छु मैले। मेरो ड्यूटी तिनीहरूसँगकै भलाकुसारीबाट सुरु भएर तिनीहरूको विदाइसम्ममा सकिन्छ । म यो सउदी अरबको एउटा क्याफेमा वेटरको काम गर्दैछु । ड्यूटीमा आइपुग्ने बित्तिकै पानी भए नभएको, वाश बेशिनमा साबुन पानी भए नभएको, ट्वाइलेटमा पेपर भए नभएको , टेबुल कुर्सीहरू साफ भए नभएको, सबै काम गर्नुपर्थ्यो । भुईंमा मोप लगाउनु पर्थ्यो सर्फ लगाएर । कतै दाग धूलो या फोहोर हुनुहुन्नथ्यो । म त्यसै पनि काम एकदमै फेअर गर्नु पर्छ भन्ने मान्छे । जे काम गरिन्छ त्यो काम अत्यन्तै होशियारीका साथ गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई र लाग्छ अहिले पनि । मेरो आफ्नै फिलोसफी थियो जीवन र हरेक कुरालाई हेर्ने ।



ड्यूटीमा पुगेपछि कुर्सी र टेबुलहरू बाहिर निकाल्नु पर्थ्यो । कुर्सी टेबुल पुछ्न पर्थ्यो, सीसा पुछ्न पर्थ्यो, बाहिर भएका बोटबिरुवामा पानी हाल्नु पर्थ्यो । यति गरीसक्दा मेरो बिहानको First Hour ड्यूटी सकिन्थ्यो । तर त्यतिन्जेल मेरा साथीहरू चिच्याएर हैरानै बनाउँथे मलाई । ढोका कोतरेर मलाई बोलाएको बोलायै गर्ने । कहिले कहिले त मैले काम भ्याइनसक्दै ग्राहक आइपुग्थे । त्यो बेला मेरा साथीहरूको रीसको सीमा नै रहन्नथ्यो । साथीहरूको ठीक्क बाहिर निस्किएर मोर्निङ वाक गर्ने या जी जीउमा फुर्ती ल्याउने बेलामा अर्कोले बाधा पुर्याउँदा रीस उठ्नु स्वाभाविक पनि थियो ।

घरिघरि ढोका खोलेर हेर्थेँ म अनि एकदिनका लागि हल्ला नगरी त्यहीँ बसिदिन आग्रह गर्थेँ । बाहिर बसेको ग्राहकलाई पनि रिस उठ्छ बढ्ता हल्ला भएकोमा । महमद ताल , भन्छ रिसाउँदै मलाई बोलाउँछ । एश् मुशि्कलउ ? के भै राछ यहाँ ?



म साथीहरूलाई सम्झाउनै सक्दिन । उनीहरूको खेल्न पाउने अधिकारको हनन् गर्ने म को? अनि त्यो साउदी को ? ढोका खोलेर सम्झाउन खोज्दा सानी बुनू ठस्स पर्छे मसँग रिसाई । अनि मलाई पनि रिस उठेर आयो साउदीसँग । ढोका खोलिदिउँ ५ जनै एकैपटक बाहिर निक्लेलान् हल्ला गर्दै मलाई नै टेन्शन ।



ढोका खोल्दै हेर्दै गर्थेँ । मेरी सबैभन्दा मिल्ने साथी सानी बुने नै थिई । मलाई उसैको चिन्ता लाग्छ बढी किन किन ? ऊ मेरी छोरी जत्तिकै प्यारी छ । म ढोका खोलेर बाहिर निस्कँदा छेउमा आउँछे लाडिँदै । अनि भन्छे-"अंकल आज त मलाई साह्रै बोर लाग्यो । रातभरि त्यही कोप्चे कुनोमा बिताउन पर्छ । मलाई त कहिले बाहिर निस्कनु जस्तो हुन्छ । जीउ एकछिन् तन्काएर फुर्ती हुन मन लाग्छ ।"



म उसको समस्या बुझ्न सक्छु तर उसको लागि केही गर्न सक्दिन । केटाकेटीलाई बाहिर निस्कन दिउँ, जागिर जाला भन्ने डर, जान नदिउँ नानीहरूसँगको भावनात्मक सम्बन्ध बिग्रिएला भन्ने डर । दोधारमा पर्छु म ।



ढोकामा ढकढक गरेको आवाज आउँछ पछिल्तिरबाट । ढोका खोल्छु सानी बुने रहिछ । ऊ चेतावनीमूलक भाषा प्रुयोग गर्छे र भन्छे -"भोलिदेखि त त्यो भुसतिघ्रे आएपनि हामी बाहिर निस्कन्छौँ नि अंकल । त्यसको हामी वास्ता गर्दैनौँ है आजै भन्दिएकी छु मैले ।



कस्तो सामिप्यता हो, कस्तो सम्बन्ध हो यो जिन्दगीको । मान्छेको मन मान्छेप्रति कोमल छैन आजभोलि । हाम्रो सम्बन्ध झन् झन् प्रगाढ बन्दैछ । ऊ मसँग घुर्क्याउँदैछे, धम्क्याउँदैछे अनायश मलाई आफ्नो सम्झिएर । ऊ म प्रति अधिकार जताउन खोज्छे । कहाँको म सर्बश्रेष्ठ प्राणी म अरूलाई गन्दै नगन्ने, कहाँकी बिरालाकी छाउरी सानी बुनू ।

मुग्लानेको चिट्ठी




वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ।



लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन ।

त्यसैले यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्‍यो नि धर्म पनि परिवर्तन गर्‍यो उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ ।



कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स मोरा भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि म सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन ।



कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर मा खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हत मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।

इन्टरनेट


छोरा समिप्यको पाँचौ जन्मदिन मनाउने तयारीमा हामी सबैजनाको सल्लाहबाट नयाँ बानेश्वरको एलिनाजमा मनाउने निर्णय भयो सोही बमोजिम आफन्त लगायत साथीभाइलाईहरुलाई निमन्त्रणा गरियो। मलाइ धेरै मान्छे बोलाएर धेरै सो गर्ने केही इच्छा त थिएन तैपनि भर्खरमात्र अमेरिकाबाट आएको म, आफन्तहरुको चाहाना पनि पुरा गर्नै पर्यो यसै शिलशिलामा मेरा अन्य पुराना केही साथीहरुसँग भेट्ने चाहाना नि जुराउनु पर्यो। योजना बमोजिम नै हामी सबैको भेला साँझ पाँच बजे भयो। केही आफन्त र साथीभाइ केही समय ढिला भएकोले हामी निकै समय अबेर रहन पर्यो। आखिर सबैको जमघट र पर्कीपखाईमा साँझको नौ बजेमात्र केक काट्ने समय जुर्यो। छोराको जन्मदिनको रमाइलो अर्कै थियो त्यो भन्दा फरक कुरो लामो समयपछि मैले मेरा पुराना मित्रहरुसँग भेटघाट गर्ने अवसर पाएको थिए। मन त थियो पहिले नै उनीहरुसँग भेट्ने तर परिस्थितिले त्यही समयमा मात्र साथ दियो त्यसैले आज बर्षैबर्ष अघिका मेरा केही साथीहरुसँग भेट्दा मन त्यतिकै हलुका भयो। जिन्दगीका सारा दुखहरु केहीक्षणभएपनि भुलेजस्तै लाग्यो। कार्यक्रम लगभग सकियो तैपनि साथीहरुसँग दुखसुखका कुरा गर्ने चाहानाहरु धेरै नै थिए। छोरा समिप्य र श्रीमति दिब्या घर जान हतारिरहेकोले सबै साथीहरुसँग फेरि भेट्ने बाँचाका साथ बिदा लिए। हामी घर जाने तयारीमा बाहिर निस्क्यौं त्यही समयमा एकजना महिला र अर्को पुरुषपनि सानी छोरीको साथमा बाहिर निस्कँदै थिए। मैले झल्याँस ती महिलाको मुहार देख्दा परिचित लाग्ने ती महिला तिनी पनि मलाई देख्दा एकपटक झस्किई, मैले नी बोल्नलाई मुख खोल्न खोजे तर बोली नै फुटेन। आखिर मलाई परिचित लाग्ने ती महिला मैले कहाँ चिनिको हो मलाई नी एकिन भएन सायद उनलाई नै त्यस्तै भयो त्यसैले हाम्रो बोलचाल नभई हामी आ आफ्नो बाटो लाग्यौँ।



घर पुगेपछि छोरा र श्रीमति दिउँसोको थकाईका कारण भुसुक्क निदाए मलाई भने निन्द्रा पटक्कै लागेन। मेरा एउटा अतीत मलाई सम्झेर टुप्लुक्कै मसामु आइदियो सायद मेरो अनुमान सही भयो जुन आज बर्षैबर्ष पछि जब उनीसँग भेट्ने अवसर मिल्यो तर त्यो केवल अन्योल अन्योलपुर्ण वातावरणमै बित्यो। आजभन्दा आठ वर्ष अघि म भर्खर डि भी परेर अमेरिका पुगेको थिए। नेपालमा हुँदा घरमा इन्टरनेट थिएन त्यसैले साथीभाईसँग इमेल लेख्नको लागि केही समय साइबर जान्थे त्यसैले मैले इन्टरनेटको प्रयोग गरेको थिइन। जब अमेरिका पुगे त्यहाँको परिबेश बेग्लै थियो, शुरुका दिनहरु रोएर मात्र बित्यो भन्दा नि हुन्छ। न साथी न आफन्त, अलिअलि भएका आफन्तहरु प्नि सबैजना अस्तव्यस्त। जेहोस् संघर्षका ती दिनहरु सम्झदा अहिले नि कहाली लाग्छ मैले त्यतिबेला नेपालका साथीभाईलाई कति सम्भि्कए सम्भि्कए एकिन छैन। शुरुका दिनमा कति काम बदलिरहे त्यो पनि एकिन छैन। मलाई हरेक रात नेपाल फर्कन पाए नि हुन्थ्यो भन्ने व्यथाले मात्र पिरोलीरहेको हुन्थ्यो तर जब नेपाल फोन गरथे नेपालमा मेरा बाबा आमा र साथीभाईको कुराले फेरि मलाई बाध्य पार्थ्याे यही बस्नका लागि। हुनत मैले नि नेपालमा हुँदा अमेरिकामा देखेको सपना बेग्लै थियो जुन मैले यथार्थमा भोगे। मलाई दिनरात साथीहरुको यादले सताउथ्यो त्यसैले म केही सान्त्वना मिल्ला कि भनेर म नेपालमा रहेका मेरा साथीहरुलाई फोन गरथे तर साथीहरुको चाहाना मबाट फेरि बेग्लै थियो। मैले केही बोल्न नपाउँदै साथीहरु मलाई चाही कहिले बोलाउने हो अमेरिका मात्र भन्थे मेरो दुख र बेदना कोही सुन्न चाहान्न थिए सायद उनीहरु प्नि अमेरिका पुगेको म त्यही सपनाको महलभित्र पाउँथे होलान् जो मैले पनि नेपालमा रहँदा पाउँथे। यसरी नै दिनहरु च्ालेको थियो। केहीसमयपछि ल्याप्टप लिए अनि इनटरनेटपनि।



त्यसपछि इन्टरनेट र मेरो दुनियाँ बेग्लै भयो। मकोठामा एक्लो भएपनि मेरो साथमा ल्यापटप र इन्टरनेट भएकोले मेरो संसार नै त्यही भयो। महरेक दिन दिउँसो कामबाट फर्केपछिका मेरा बाँकी समय इन्टरनेटमै बिताउन थाले। त्यसरी इन्टरनेटको क्रेज दिनका दिन बढ्दै जाँदा एकदिन अचानाक एकजना नेपाली युबतीसँग भेट भयो। कुराकानीकै क्रममा हामी धेरै समयअघि एउटै कलेजमा पढेका रहेछौ तर हाम्रो चिनजान भने भएको थिएन कसरी कसरी इनटरनेटबाट भयो। समयक्रममा हाम्रो भेट लगभग दिनका दिन हुन थाल्यो। मबेलुकी कामबाट फर्कदा नेपालमा उज्यालो हुँदो रहेछ तिनीपनि पछि पछि त मेरै लागि हरेक दिन बिहान बिहान उठ्न थालिन् इन्टरनेटमा च्याट गर्नका लागि। त्यसरी नै हामी त प्रेमको दुनियाँमा पुगेछौ मलाई त थाहा नै भएन। जब उनी एकपटक काठमाडौँबाट कामको शिलशिलामा १५ दिनका लागि बाहिर गइन् तबमात्र थाहा भयो उनको अभाबमा म कति छटपटिदो रहेछु। मलाई त्यसबेला मात्र थाहा भयो मेरो उनीसँग प्रेम बसेछ भन्ने। हुनत मेरो अमेरिकामै पनि त्यो समयमा कयौँ केटी साथी बने तर मेरो मन कहिले पनि त्यसरी झुकेन। कतिले मलाई मन पराए तर खोई मेरो दिमाग नै त्यतातिर गएन। मलाई त मेरो एक्लो दुनियाँ नै प्यारो लाग्न थाल्यो त्यसैले म त विदाको समय पनि धेरैजसो एक्लै कोठामा बिताउन थाले।



समय त्यसरी नै बितिरह्यो हामी शुरुमा साथी भनेर नै बोलचाल गरको थियौ, त्यतिकैमा हरेक दिन भेटघाट र बोलचाल हुँदाहुदै हामीबीचमा माया प्रिती नै बसेछ। मैलेनै प्रस्ताब राखे च्याट मार्फत उनी निक्कै भावुक भइन्। जे भए पनि पनि हामी एक आपसमा सबै कुरा सेयर गथ्यौँ उनको फ्रेक्कनेसबाट म बढी प्राभति भएको थिए त्यसैले म पनि उनलाई जतिसक्दो सबै कुराहरु सेयर गर्थ्ये। हुँदा हुँदा हामी त हरेक दिनको कुराहरु नैएकअर्कालाई सेयर गर्थ्याै। उनको शालिन व्यवहार र बुझकीपन मलाई असाध्य मन पर्थ्याे। सायद उनले पनि मलाई आफ्नै सम्भि्कन थालिन् क्यारे सबै कुराहरु सेयर गर्थिन्। कति माया गर्थिन् उनी मलाई, उनको विश्वास र माया त्यो पनि नदेखेको मान्छेसँग कहिलेकाही म आफै छक्क पर्थे। एकपटक मलाई सानो चोट लागेको थियो तिनी कत्ति आत्तिएकि थिई। सँधै बिहानै आँखा मिच्दै मेरो प्रतिक्षामा आउँथिन् अनलाइन्। एकपटक म पाँचदिन अनलाइन बस्न सकिन मेरो नेटमा समस्या थियो। जब पाँचदिन पछि मैले इमेल खोले उनकै अनगिन्ती प्रेमपत्रहरु थिए। ती भाबुक लेखाइहरुले मलाई कहिलेकाही दिक्क नि बनाउथ्यो मलाई तैपनि म आफुलाई सम्हाल्थे।



जिन्दगीमा जति दुख र पीडाहरु भएपनि म उनको साथमा सारा दुखहरु भुलिदिन्थे, उनलाई भेटेपछि म आफुलाई संसारको भाग्यमानी ठान्थे। हुनपनि यतिका उमेरमा मैले कयौं युवतीलाई भेटे कयौैलाई मन पनि पराए होला, कैयौले मलाई मन पराए होला तर यति गाढा माया कसैसँग बसेन जो मैले एउटी इनटरनेटमा भेटेको युवतीलाई गरे। उनी पनि मसँग यस्तै यस्तै माया पीरतिको कुरा गर्थ्ाी किनकिन उनीसँगको कुराकानी मलाई सबैभन्दा प्यारो लाग्थ्यो। समय यसरी नै बितिरह्यो हामीबीचमा इन्टरनेटबाटै माया पिरती साटासाट निरन्तररुपमा भइरह्यो। क्हिलेकाही म कुनै कारणबश अनलाइन बस्न नपाउँदा उनी कति बेचैन बन्थि, कति उदास बन्थि मैले पनि जीवनमा एतिधेरै माया सायद उनलाई नै गरे जुन मायाको आभास मैले मेरो जीवनमा नै प्रथम पटक गर्दै थिए।



समयक्रममै म अमेरिका बसेको पनि तीन वर्ष भइसकेछ, आमाबाबाको याद पनि त्यतिकै प्रगाढ इन्टरनेटबाट भेटेको मेरी प्रेमिका सामिप्यासँग भेट्ने मेरो रहर नै उत्तिकै भएकोले मैले नेपाल जाने निर्णय गरे। मेरो यो कुराले उनी अत्यन्तै खुशी भइन् सायद जिन्दगीका सम्पुर्ण रंगहरु, रहरहरु, उमंगहरु सबकासब मसँगै अडिएको छ त्यसैले हामी त्यो संसारमा पुग्दै थियौं मानौ हामी संसारका सबैभन्दा भाग्यमानी हौं। मआतुर थिए उनको न्यानो र्स्पशका लागि। ब्ार्षैबर्षदेखि प्रतिक्षामा रहेका मेरा यी भावनाहरुलाई यथार्थमा उतार्न चाहान्थे म। हामीले गरेका भावनका ती सच्चा प्रेमलाई म यथार्थको धरातलमा उतारेर नयाँ छिटिजमा उड्न चाहान्थ्यौ हामी। त्यही सोच र त्यही उमंग बोकेर म ओर्लिए नेपालको एयरपोर्ट।



जब म बाहिर निस्के मेरा बाबाआमा मेरा इन्तजारमा पर्खिरहनुभएको थियो। साथमा मन्द मुस्कानका साथ थिइन् एक युवति। ब्ाबाआमालाई ढोग गरे तिनी लजाए जस्तै गरिन् र अलिकति पर सरिन् मैले नचिनेको अपरिचित ती युबतिलाई मेरा बाबाआमासँग देख्दा मलाई कौतुहलता लाग्न स्वाभाविक हो त्यसेले होला आमाले हतार हतार उनी दिब्या भन्दै चिनाउनुभयो मैले नै हाइ गरेर बोलाए। त्यसपछि हामी घरतिर हुइकियौं। घर पग्नासाथ म सामिप्यालाई फोन गर्न चाहान्थे, सायद उनी कति धेरै खुशी हुन्थिन् होला मैले नै निर्क्याेल गर्न सकिरहेकि थिइन। घरमा पुग्दा मेरा धेरै आफन्त र साथीभाइहरु मेरो स्वागतका खातिर बसिरहेका रहेछन्। त्यसैले म उनीहरुसँग कुराकानी गर्दा गर्दै निकै समय बित्यो। अमेरिकाकाबाट नेपाल आइपुग्दाको लामो यात्रा र जेटलेटका कारण म धेरै थकित भएको थिए त्यसैले सोफामै कुरा गर्दागर्दै भुसुक्क निदाएछु। आमाको सल्लाहले म कोठामा गएर सुते त्यो दिन मैले फोन गर्न सकिन। भोलिपल्ट विहान उठ्दा दिब्या हातमा कफी लिएर मेरो सामु उभिरहेकी थिई म कल्पनाको दुनियाँमा पो पुगेछु दिब्यालाई सामिप्या सम्झेर भावनामा हराइरहेको रहेछु। क्फी पिउनुहोस दिब्याको शब्दले म झस्किँए उनी कफी टेबलमा राखेर बाहिरन्। मेरो सोचाइको दायरा असिमित हुन थाल्यो आखिर को हुन् यी दिब्या किन आमाले मेरो सेवाको खातिर उनलाई उपस्थित गराइरहनुभएको छ मैले केही पनि बुझ्न सकिरहेको थिइन। मकफी लिएर पिउन थाले त्यतिकैमा आमा आइपुग्नुभयो र भन्नुभयो। छोरा दिब्या कस्ती छिन् मैले प्रतिउत्तरमा भने राम्रै छिन् तर किन भन्ने आँट भने गरिन आमाले आफै कुरा लम्बाउनु भयो। हामीले तिम्रो लागि हेरेको बुहारी, शुशील छिन्, पढेलेखेकि छिन् हामीलाई राम्रो लाग्यो त्यसैले तिम्रो लागि हामीले त मग्नी पनि गरिसक्यौं। आमाको कुरा सुनेर म छागाबाट झरेको जस्तै भए। मएकछिन बेहोश भए तर केही भनिन। मचुप भएको देखेर आमाले नै के भयो भन्नुभयो मैले अहिले विहे नगर्ने बताए। ऋामा अध्यारो मुख लाएर बाहिर निस्कनु भयो।



बुबा आमाको चित्त दुखाउने मेरो रहर थिएन तैपनि मेरो बाध्यता थियो किनकि म कसैको सपना माथि खेलबाड गर्न चाहान्न थिए। ऋामाको अनुहार देखेर म सोचनीय मुद्रामा परे। केही समयपछि म बाहिर निस्कँदा आमा र बाबा गफ गरिरहनुभएको पाए। बुबाको कुरा सुनेर झन् म त बेहोस् नै हुन पुगे मैले मेरो यथार्थ आज यतिका उमेरसम्म बुझेको थिइन। मत मलाई जन्म दिने बाबा आमा उहाँहरु नैहो त्यही नै सोचिरहेको थिए किनकि मलाई उहाँहरुबाट पाउने मायामा केही अभाव थिएन। बुबाको भनाई अनुसार म सडकमा पाँच महिना जतिको उमेरमा रोइरहेको रहेछु त्यतिबेला बिनासन्तानका उनीहरुले मलाई उठाएर आफन्नो सन्तानको नाम दिनुभएछ। तर यो कुराको आभास मलाई कहिलेपनि कतैबाट भएन। मैलेनि आजसम्म बाबाआमाको कुरो कहिले काटेको थिइन तर आज पहिलोचोटी त्यो पनि तीन साल पश्चात अमेरिकाबाट नेपाल फर्किए पछि उहाँहरुले मैले जे भने त्यसले सारै चोट पुरयाएछ। त्यसपछि भने म अन्योलको त्यो चौघेरामा पुगे जहाँबाट म निस्कनै सक्दिन थिए। मकोठामा आएर रोए कराए, छटपटिए तर मेरो केही उपाया थिएन म के गर्न सक्थे म त भीरमा फलेको चिन्डो जस्तै भए जो न माथि जान सक्छ न तल। एकातिर सामिप्या जोसँग मैले सपना साचेको छु, जीवनको गोरेटोहरुलाई अघि सारेको छु अर्कातिर मेरो आमाबाबाको सपना। मलाई त्यतिबेला यस्तो पनि लाग्यो संसारमा म जति अभागी कोही रहेनरहेछ सायद मेरो आफ्नै मातृभूमिमा भएको भए सायद यो आपत आउँदैन थियो होलाा। मैले यो महशुश कहिले गरेको थिइन किनकि मैले मेरो आमाबाबा सोही सम्झेको थिए जो अहिले मसाग यथार्थमा थियो। संसार नै यस्तै रहेछ सोचेभन्दा फरक बस्तुहरुसँग संघर्ष गर्नुपर्ने । म आखिरमा आफैसँग सम्झौता गर्दागर्दै निक्यौल यही पुगे जसबाट जीवन पाए, यो धर्तीमा यतिका समय र परिस्थितिसँग जुध्ने मौका पाए उनीहरुको सपना साकार पार्नुमा नै मेरो महानता लुकेको छ। त्यसैले मैले आमालाई भने म दिब्यासँग विहे गर्न राजी छु।



मेरो त्यो समय कसरी वित्यो, क कति छटपटिए, कति रोए तर मैले यो कुरा कुनै मेरो साथीहरुलाई नि बताउन सकिन किनकि सबैका नजरमा मेरो सही मातृभूमिमा उहाँहरु नैथिए त्यसैले मेरो आफ्नो यो दुखको पोकोलाई आफैसँग राख्न चाहान्थे जो न त कसैसँग भनेर साध्य हुन्छ न त मलाई भन्न नै मन लाग्यो। त्यसपछि मैले सामिप्यालाई फोन गर्ने आँट पनि गरिन, इमेल पनि गरिन सायद मलाई जति पीडा भयो उनीपनि म भन्दा हजारौ गुना पीडामा जलिरहेकी थिइन्। समयक्रम बित्यो दिब्या र म प्रणयसुत्रमा बाँधियौं। मदिब्यालाई लिएर अमेरिका पुन फर्के। मैले सामिप्याको हजारौ प्रेमपत्रहरु पाँए इमेलमार्फत उनले मेरो यथार्थ बुझ्न चाहेकि थिइन् जो मैले बताउन सकिन। उनको एउटा कुरा अझपनि मलाई याद छ उनले भनेकि थिइन् इन्टरनेटमा भेटेको मान्छेसँग माया लाउनु मेरो भ्रम रहेछ। मलाई भ्रममा पारेर जुन पीडा दियौँ त्यो पीडा तिमीबाट अरुलाई नहोस्। मउनलाई भन्न चाहान्थे सामिप्या तिमीलाई मैले भ्रममा राखेको होइन, तिमीलाई मैले जति माया गरे संसारमा कहिले कसैलाई त्यति गर्न सकिन मैले तिमीलाई यथार्थमा आफ्नो बनाउन सकिन मेरो यसमा आफ्नै बाध्यताहरु छन्, मैले तिमीलाई सब कुरा सुनाए पनि सायद तिमीलाई त्यही लाग्थ्यो होला जो तिमीले सोचिरहेकी छ्यौँ। त्यसैले मैले तिमीलाई मैले मेरो यथार्थ बताउन चाहिन मलाई माफ गर तर सँधै तिमी मेरो मुटुको एउटा कुनामा बसेको छ्यौं जहाँबाट तिमीलाई कहिले नि निकाल्न सक्दिन। त्यसैले तिम्रो सम्झनामा तिम्रो स्मृति मेरो जीवनभरसम्म साँच्नका लागि मैले मेरो छोराको नाम नै समिप्य राखे तर यो कुरा कसैलाई थाहा छैन। मलाई माफ गर मैले मेरो इन्टरनेटमा जति माया गरे तिमीलाई त्यो भ्रम थिएन त्यो यथार्थ थियो फरक यति हो मैले तिमीलाई आफ्नो बनाउन सकिन।



मत भावनामा डुब्दा डुब्दै विहान पो भएछ। दिब्याको बिउँझाइपछि पो थाहा भयो घडी हेरेको विहानको पाँच बजिसकेछ। सायद म अनिदो भएको दिब्याले थाहा पाइन्



र मलाई सोधिन्, किन आज राति निद्रा परेन? मेरो प्रतिउत्तर थियो आज मैले एउटा सपना देखेको थिए त्यसैले। के थियो त्यो उनको प्रश्न?। केहीहोइन जस्ट इन्टरनेट अनि म।

भेटिएर छुट्टीनु भन्दा

सुन्दर पैतालाको कुर्कुच्चा सम्म लत्त्रिने सेतो मेडी, मिर्ग नयनलाई ढ़ाक्दै कुदिएको नाक मा अड्यिएको चस्मा अनि दुई हिमश्रीन्खला लाई लुकाउदै कसिलो पारामा लगाइऐको निलो टी-शर्ट र निमेशभरमै मधुर मुस्कान सगै सजिएर हुने रिता को आगमन मा राजन आफुले संसार जितेको महशुस गर्दाथ्यो। राजन र रिता आफैले आफैलाई आफ्नै पारा मा बिस्वास को भुमरी मा होमिदिएका थिए। कहिले काहि राजनले ठटयउली पारा मा सोधथ्यो -"रिता हाम्रो बिस्वास ले भरिएको मायामा कुनै दिन कुनै किसिम को बाधा आई लागे तिमी के गर्छेऊ नि? " रिता भाबुक बन्थिन र भन्थिन- "यो संसार मा हामीलाई सगै बाच्न नदिए पनि हामीलाई सगै मर्न बाट त कसैले रोक्न सक्दैना नि। " यी दुई को प्रेंम बिचमा म अलपत्र पर्दथे र सोच्दथे-"के साच्चै माया भन्ने यस्तै हुन्छ र?" यती मिठो सुन्दर जीबन को आहुति नै दिने......i dont belive this किनकी हिजो त हो राजन लाई अन्तिम घड़ी को प्रतिछया मा बिस्तारामा लड़ी रहेको देखेको त्यों पनि एक्लै "खोई त सगै मरने कसम खाएकी रिता ?" भनेर सोधन मन लागेको थियो तर तेती बेला सम्झे एउटा तितो यथार्थ की "जीबन यात्रा मा थुप्रै मोड़हरु आउछन, ति सबै मोड़हरुमा प्रतेक नारी जाती मोड़ीन्छ्न र प्रतेक मोड़ मा एउटा पुरूष पीड़ित बन्छ राजन को पारा मा ......!" यदि कुनै सम्बन्ध ,कसै प्रति को माया अनि बिस्वास को फल हिर्दय को घाऊ बन्छ भने चाहिएन यो राम ली तेस्तो सम्बन्ध,माया अनि बिस्वास।



"राम आईज बसम राजन को छेउमा पुग्दा नपुग्दै पलंग बात उठेर कुर्चिमा बस्दै मलाई पनि बसने अनुमति दियो। "हिजो भन्दा त धेरै ठीक भएछ्स नि!" मैले आश्चय को मुद्रा मा सोधे । उ मुसुक्क मुस्कुराउदै बोल्यो -"पुरा तिन दिन भो रक्सी नापिएको....!" उसका कुरा ले मा बेजोड़ हासो हास्न चाहन्थे तर सबै लुकाउदै बोले-"के एउटी रिता ले माया मा छल गारी भन्दै मा रक्सी को ताल मै हाम्फाल्नु पर्छ र ? तिन दिन पुरा लडिस ...हेरत सरीर को हबिगति.....!" उ एक्कासी बोल्यो -"जिंदगी भरको लागी लडन चाहन्थे । जब मान्छे को बिस्वाश माथि नै बिस्वाश्घात हुन्छ भने जिउनु को के अर्थ ? " उ जती भाबुक बने पनि म भने उसको प्रेंम कथा सुन्न आतुर भैरहेको थिए। "राजन छोड़ यस्ता मरने कुरा , बरु सुना न आख़िर कुन तेस्तो मोड़ आई लाग्यो तिमीहरु यो अबस्था मा आइपुगेऊ ?" उसले लामो सास लियो अनि टेबल मा राखेको गिलास पुग्ने प्रयास गर्यो तर कामिरहेका हात असमर्थ रह्यो अनि म आफै उठे र गिलास उसको हात मा थमाई दीए। एक घुट्कोमै पानि पिइ सकेर शुरू गर्यो आफ्नो कथा ,रिता को कथा ,माया लाउनु को ब्यथा ........................



"त्यों दिन म रिता को लागी एउटा सुंदर उपहार लिन को लागी बाइक मा बजार तीर जादै थिए। बिपरीत दिशा बाट कुनै एक अपरिचित जबान सग जोडले टासिएर एउटा बाइक मा रिता लाई आउदै गरेको देखे । त्यों दृश्य ले म अर्धपागल भैसकेको थिए , साझ म उनको घरमै गए। म झोक्किदै बोले -"रिता को थियो त्यों?" रिता अन्जान बंदी बोल्दै थी -"राजन, के भो तिमीलाई ? किना रिसाएको ?अनि के ? को ? कहा ?" मैले आफ्नो रिस लाई केही हल्का बनाउदै सोधे -"आज दिउसो तिमी को सग बाइक मा दुल्दै थिएऊ?" मेरो कुरा ले उनलाई केही झोक्किने बनायो -"राजन तिम्रो स्वस्थ्य त ठीक छ? म हिजो देखि घर बाट निस्केको नै छैन तिमी आज को कुरा गर्दै छौ.......! म टोंलाउन थाले । फेरी याद गरे त्यों दृश्य पुरा पुरा रिता को नै त हो त्यों रूप ........के रिता म सग झूतो बोल्दै छीन? की मेरो आखा ले धोका खायो? त्यतिकै मा ढोकामा सानी फुच्ची उभिदै भनिन -"रिता दीदी ,हिजो तपाई लाई बाइक मा राखेर लैजाने दाजू आउनु भएको छ र तपाई लाई तल बोलौनु भएको छ। " मैले त्यी कोमल मन भएकी फुच्ची लाई हियर अनि फेरी बिस्वाश घाती रिता लाई हेरे ...रिसलाई काबुमा राखना सकिन अनि रिता को गाला मा एक थप्पड़ लाउदै निस्के ,फुच्ची त्रसित हुदै मलाई बाटो दीदी थी। र मैले नियाले रिता को पर्तिछ्या मा बसेको त्यों जबान लाई म बाट मेरो माया खोसेर यो मुटु मा तिखो छुरा रोपर त्यों मुसुक्का हस्दै थियो । टेस्को भोलिपल्ट पिडाले पाकेको मन लाई भूलौना म एउटा रेस्टुरेंट को टेबल मा रक्सी लाई साथी बनाउदै बसेको थिए। मेरो टेबल नजिकै अर्को टेबल मा त्याही भाग्यमानी जबान मस्त सग रक्सी पिउदै थियो । मा छिनछिनमै उसलाई हेर्दाठे र मन भरी कुरा खेलौदथे "त भाग्यमानी रहेछस तेसैले त आज मा बात रिता लाई खोस्न सफल बनिस । " मेरो एकाग्रता लाई त्यों जबान को टेबल मा निरंतर बजिराहेको मोबाइल ले भंग गरिदियो। त्यों जबान भने लर्खरौदै बाइक स्टार्ट गर्दै थियो । फेरी मोबाइल बज्न थाल्यो । मैले देख्दै थिए स्क्रीन मा रिता को नाम आउदै थियो । अन्तिम पटक सुभकामना दिने अभीप्राए ले कॉल रिसिव गरे-"हेल्लो.......! " मेरो आबाज पुग्दा नपुग्दै रिता छिटो छिटो बोल्न थालिन -"प्रेंम तिमी ले भनेको मान्छे ले एक रात को तिन हज़ार दिने भए मात्र कुरा गर नत्र भने म अरु लाई नै टाइम दिन्छु ओके बाय...." एक समय को लागि त म आफै मा मरे सरि भए। त्यों जबान फर्केर आई "कस्तो मान्छे अर्का को मोबाइल....आदि आदि भन्दै मेरो हात बाट मोबाइल तानेर लग्यो।



म भने रक्सी माथि रक्सी थपेर पिउन थाले। हेर त राम यस्तो पनि हुदोराहेछ । जसलाई अपर माया गरे आख़िर मा उ एउटा बेस्या रहिछे। उसको शरीर शरीर नभएर एउटा खेलौना रहेछ जून प्रतेक रात फरक फरक मान्छे ले खेलौदा रहेछन। उनको त्यों रूप देखेर मैले आफै लाई घिडा गर्न थाले, मेरो बिस्वास लाई घिडा गर्न थाले उ प्रति को माया लाई घिडा गर्न थाले तर......तर राम उ सगै बितेका ति सुनौला पल मुटु को घाऊ बनेर बस्यो तेहि घाऊ लाई निको पर्ण होमिए रक्सी को समुन्द्र मा र आज लडन बाध्य भए यो निर्दोस बिस्तारा मा ......."



राजन को ब्यथा सुनेर एकछिन म पनि भाबबीहल भए । "राजन यो संसार मा जत्ती सोजौन खोजे पनि न सोजिने दुई चीज छन । एउटा कुकुर को पुच्छर र अर्को मति बिग्रिएको आइमाई को बुध्दी तेसैले आफुलाई समलने प्रयास गर। " मेरो कुरा ले उ थोरै फ्रेश भएको जस्तो देखिन्थ्यो। म भने सोच्दै थिए -"रिता र राजन को भेट नभएको भए कस्तो हुन्थ्यो ? र पल भर मै सम्जदै थिए कर्णदास को सुमधुर स्वर मा सजिएको यो गीत -

भेटिएर छुट्टीनु भन्दा नभेतिएकै जाती हुन्थ्यो !

तिम्रो मेरो सम्बन्ध अझ कटी माथी हुन्थ्यो....!!!!

एउटा कसिलो ह्याण्डसेक

अफिसबाट बिहानै फोन आयो, तुरुन्तै अफिस अउनु भनेर । ‘किन आउनु पर्ने ?’ मैले तत्काल सोधें । ‘हैन एकपटक तुरुन्तै आउनु पर्यो रे, साउजीले भनेको’ । म हतारिए, किनकी साउजीले बोलाएका थिए अन्यथा म प्रति नकारात्मक धारणा उब्जिन सक्थ्यो । ‘यो मेरो दास मानसिकता हो कि’ मनले अचानक मेरो आतुरता माथि टिप्पणीे गर्यो, आफु निरिह दास बनेको कल्पे म अल्तालिए । टाउकोमा गरुङ्गो भारिले थिचेझै भयो तथापी शरिर जतिसक्दो चांडो साउजीको अगाडी उपस्थित हुन आतुरिएको थियो ।



अफिसको ढोकामै एक बथान युवाहरुको झुण्ड थिए, मैले झुण्डलाई बिस्तारै भनौ बडो जतनकासाथ पन्छाउंदै भित्र छिरे । ‘हामीहरु तंपाईकै प्रतिक्षामा थियौ’ ढोकाबाट भित्र छिर्दासाथ एक जना मध्यम कदको युवाले भन्यो । म अलिक अचम्मित भए किनकी उ जस्तै अरु युवाहरु पनि मलाईनै हेरेर छेवैमा बसेका थिए । ‘किन होला’ मैले फ्यास्स भने ‘मैले त चिनिन’ । ‘म केदार’ उसले एउटा लुखेर हात मतीर बडायो, मेरो हात अनायासै अगाडी बड्यो । उसले च्याप्प हात अठ्यायो, सारै कसेर समात्यो भनौ हात मिलायो । उसले हात छाडेन च्याप्प समाती रह्यो, ‘तंपाईहरुलाई सारै अन्याय भएको रहेछ’ म अचम्ममा परें र चारैतीर एकपटक हेरे, साउजी नजिकैको सोफासेटमा हंसिलो मुहार बनाएर बसी रहेका थिए, अन्य कर्मचारीहरु चाहीं निर्धक्कसंग एउटा अर्धचन्द्राकार घेरा बनाएर उभिएका थिए । ‘यिनीहरुले’ उसले मेरो हात समातेरै साउजीतर्फ ईशारा गर्दै भन्यो ‘तंपाईहरु माथि धेरै सोशण गरेका रहेछन हैन ?’ मैले तुरुन्तै हो भनेर भन्न सकिन एकपटक साउजीको अनुहारमा हेरे ऊ सारै निरिह देखिन्थ्यो । सायद कर्मचारीहरुप्रती भएका दुव्र्यवहार र शोसणको बारेमा मैले एकशब्द पनि नबोलोस् भन्ने चाहन्छ, मैले तत्काल अनुमान लगाए । ‘तंपाई यस होटेलको जिम्मेबार व्यक्ति भएर यसरी आफु मातहतका कर्मचीहरुको बारेमा अलिकता पनि बोल्नु भएनछ’ उसले मेरो हात पुन एकपटक झट्कार्दै भन्यो । मैले आफ्नो हात विस्तारै तान्न खोजे तर उसले समाती रह्यो मानौ उसले मेरो हात छाड्दासाथै म भागी हाल्ने छु । मैले पनि अलिक निडर भएर टाउको उठाए तर अचानक साउजी र मेरो आंखा जुध्यो, आंखामा एउटा अनौठो लाचारी देखे र याचना पनि भनौ एउटा ठुलो अपराधबाट उम्कन गरेको याचना झै । साउजीको अनुनय विनय थियो या,े केहि पनि नबोल्नको लागि भनौ यो साउजीले यहांका कर्मचारीहरुप्रती सारै उदार व्यवहार देखाएका छन् भनेर भन्नु पर्ने भयो मैले । मैले असमन्जस्यताका साथ अर्धचन्द्राकार भएर उभिएका कर्मचारीहरुतीर आंखा दौडाए ।



एउटा डर अचानक उब्जियो भनौ केहि बेर यसरीनै चुपचाप भनौ केहि पनि नबोलीकन बस्ने हो भने सम्पुर्ण कर्मचारीहरु म माथि जाईलाग्ने छन् । म डरले एकपटक काम आङ्ग सिरिङ्ग भएर आयो जब सारा कर्मचारीहरु ममाथि जाईलाग्दै गरेको दृश्य आंखा अगाडी मडारीयो । ‘सर भन्नु पर्यो साउजीहरुले हामी माथि गरेका ज्यादतीहरुको बारेमा’ छेउमै उभिएको एउटाले मतीर हेर्दै भन्यो । ‘तलव र सुविधाहरु सांच्चै अलिक कमै छन्’ मैले साउजीको अनुहातीर हेर्दै नहेरीकन भने, साउजीले एकपटक हतासीएर मतिर हेर्यो । उसले मेरो हात सर्लक्क छाडिदीयो मानौ यी केहि शब्दहरु नबोल्नाले नै उसले मेरो हातलाई जकडिरहेको थियो । ‘हैन सर यीनीहरुले हामिमाथी दुव्यवहार पनि गरेका छन्’ एउटाले फेरी कड्केर भन्यो, सबैजनाले उतीर नै हेरे । साउजी बोलेन केबल निरिह बनेर अन्यत्र आंखा घुमाई रह्यो । ‘ल तपाई पनि यसरी साउजीको मतीयार भएर चुपनलाग्नुस्’ उसले मतीर हेर्दै भन्यो, मैले तत्काल उसको आसयको चाल पाउन सकिन तर मेरे साउजीहरुसंगको निकटतालाई कर्मचारीहरुले साउजीको बफादारी भनेर रुपान्तरण गरिसकेको अनुमान लगाए । ‘ल हामी जान्छौ’ उसले साउजीतीर हात बडाउदै भन्यो ‘हुन्छ हजुर मैले सक्दो गर्नेछु’ साउजीले हात मिलाउंदै भन्यो ।



उनीहरु एक हुल बांधेर ढोकाबाट बाहिरीए, सम्पुण कर्मचारीहरु सारै दङ्ग देखिन्थे भनौ साउजीको यो निरिहेता उनीहरुका लागि असाध्यै आनन्दको क्षण थियो । तर ममा कुनै परिबर्तन देखिएन न त म खुशी भए, न दुखिनै, केबल हत्केलामा उसले अठ्याएको ऐठनको नमिठो अनुभव मात्र शरिरभरी रङ्गबङ्गीएको थियो । ‘एक दुई शब्द मेरो हितको लागि पनि बोलिदिएको भए हुन्थ्यो नी’ मनले अनायासै एउटा ईच्छा पोख्यो ।


नियतिल़े जन्माएको कुण्ठा

छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिन्छु । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै विमारी हेर्ने कुरा बताउँछ । उक्त ब्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्दछ । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक सस्कारलाई मपनि चाट्न पुग्दछु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हेर्यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षघिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई स्लाइन पानी दिनुपर्ने भयो दिइयो पनि ।



स्लाइनको पानीको थोपासँग म आफ्नो अतीत बगाउन पुग्दछु । मेरो जीवनले दश वर्षो साउने झरी बगाइसकेछ । प्रज्वल उही ब्यक्ति हो जसलाई म क्याम्पसमा मन पराउँदिनथेँ । ऊ आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर मलाई रिझाउन खोज्दथ्यो । तर म उसको छायासम्म मन पराउँदिन थिएँ । ऊ साधारण परिवारको साधारण ब्यक्तित्व भएको थियो भने म उभन्दा निक्कै सम्पन्न परिवारको र रूपवती थिएँ । उसँग मेरो तुलना नै हुन सक्दैनथ्यो । उसले कुनै उपाय नलागेर अर्को ब्यक्ति मार्फ बिहेको प्रस्ताव पनि पठाएको थियो । जुन म लगायत मेरो परिवारकले ठाडै अस्वीकार गरेका थियौँ । यसबाट उसलाई नराम्रो मानसिक असर परेको हुनुपर्दछ । नत्र भने साधारण पढाइ भएको प्रज्वलले कसरी डाक्टरी पढ्न सक्थ्यो होला र - अहिले उसको व्यत्तित्व पनि निकै लोभलाग्दो देखिन्थ्यो । पहिलेको प्रज्वल र अहिलेको प्रज्वलमा आकाश जमिन फरक थियो । ऊ एउटा राम्री युवती लिएर अर्को कोठामा पस्छ । अनि ढोका लगाउँछ । ती दुइजना त्यहाँ किन पसे, मेरो ध्यान त्यतैतिर जान्छ । त्यो केटीसँग आएकी आइमाई मान्छे मसँग बोल्न खोज्दछे । ऊ सोधपुछ गर्न खोज्दछे । म पनि उसको बारेमा सोध्छु । उसले छोरीलाई जचाउन ल्याएकी रहिछे पिलो आएर । उनीहरू एउटै गाउँका रहेछन् । एकछिनपछि उसकी छोरी र प्रज्वल हाँस्दै कोठाबाहिर निस्कन्छन् । म उनीहरूलाई शङ्का र कपटपूर्ण हेर्राईले हेर्छु मलाई कताकता रिस उठ्छ । म आफ्नो स्थानमा बसेर हेरिरहन्छु । फेरि उही सहायक आएर कराउँछ । त्यो ब्यक्ति मसँग निकै नजिक हुन चाहन्छ । सायद प्रज्ज्वलले भनेर होला वा मेरो नारी सौर्न्दर्यपान गर्न हो, यी दुइटा कुरामा एउटा चाहिँ पक्कै हो भन्ने निष्कर्षा म पुग्दछु । तर जे भए पनि नौलो ठाउँमा कसैले आत्मीयता देखाएको हुनाले म खुसी नै हुन्छु । प्रज्वल स्वयम् मसँग चासो राख्दैन । किन होला - सायद विगतमा बिझेको काँडाले वर्तमानमा पनि झस्काउँदो होला उसलाई । म यसो बाहिर चियाउन पुग्छु । ऊ अर्को राम्री लेडी डाक्टरसँग हाँस्दै गफ गरिरहेको देख्छु । ऊ सायद प्रतिसोधको भावानाले मलाई जलाउन खोजिरहेछ, भन्ने म अनुमान गर्दछु । तर होइन उसँग काम परेर गफ गरेको पनि त हुनसक्छ नि, भनेर मभित्रको कुण्ठालाई दबाउँछु । मलाई अब उसको जीवनसँग के सरोकार, ऊ जोसग हाँसे पनि मलाई किन चासो परिरहेछ, थाहा छैन । म आफूभित्रको आवश्यकताभन्दा बाहिरको चिन्तनलाई मेटाइदिन्छु ।



म वर्तमानमा आएर छटपटिन्छु । मलाई प्रज्वलले विगतमा पाएको नियति भोग्न बाध्य गराएको छ । म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु विखण्डित छु, कहिले नजोडिने गरी । व्यक्तिले गरेको निर्णय र सोचाइ कति गलत हुदोरहेछ भन्ने कुरा म आफैँले प्रमाणित गरेर देखाएको छु । म शून्यतामा मनोवाद गर्न पुग्दछु । सायद प्रज्वल मेरो वर्तमानबाट अनभिज्ञ छ । ऊ सोच्दो होला मैले राम्रो घरानामा बिहे गरेर खुसीसाथ बसेकी छु । जीवनमा पाउनु पर्ने खुसी सबै पाएको छु । तर उसलाई के थाहा म आ“सु पिएर बाँचेकी छु भन्ने । उसलाई म यो भन्न पनि चाहन्नँ किनभने उसले यो थाहा पायो भने मेरो स्थितिप्रति ऊ उपहास गर्नेछ अनि मलाई सहनुभूतिका अस्त्रहरू प्रयोग गरेर ऊ आफ्नो हृदयमा लागेको पीडामा मलहमपटी गर्नेछ । जुन म चाहन्नँ ।



केहीछिनपछि एउटी सिस्टर आउँछे । छोरीलाई अस्पतालमा भर्ना गर्नुपर्छ भनेर जान्छे । छोरीलाई वार्डमा लगिन्छ । म छोरीसँग हुन्छु । माइतमा फोन गरेर दाजुभाउजूलाई बोलाउँछु । घरमा फोन गर्नलाई कुनै औचित्य छैन । किनभने घर भन्नु मेरो चारपर्खालको गाह्रो मात्र छ । कान्छी छोरी माइतमा नै छ । घरमा को छ - उनीहरूका बुबा भनौँ मेरो लोग्ने, ऊ घरपरिवारको लागि निर्जिवसरह छ । उसको कुनै अवशेष बाँकी छ भने मात्र छोरीहरूको बाउ भन्ने एउटा पहिचान मात्र बाँकी छ । ओहो † यो पीडाले ठाउँ, बेठाउँ कतै पनि छोड्दैन । जुन बेला बढी दायित्व बोक्नु पर्ने ठाउँ पाउँछु पीडाले पोल्न थालिहाल्छ । यस्तो बेालमा बुबाको भूमिका प्रमुख रहन्छ बच्चाका लागि । तर...... त्यसैले त मुटु पोलिरहेछ । तर...... म पीडा पोख्न पनि सक्दिनँ। उकेल्न पनि सक्दिनँ । पीडाको आभाषसम्म दिन चाहन्नँ परिवेशलाई । त्यसैले त म बाँचिरहेको छु, एउटा शक्तिशाली नारी भएर । त्यहीँ शक्तिशाली नारी व्यक्तित्व दुर्गाको रूप लिएर ममाथि जाइलाग्छे किन सम्झन्छेस् उसलाई, तँलाई के दिएको छ उसले, पीडा, दुःख रोदन र एकाङ्की जीवन सिवाय, वास्तवमा उसले मलाई ठीक भनिरहेकी छे । किनभने ऊ अर्थात शेखरलाई म कति मन पराउँथे । ऊ मेरो हृदयको राजा थियो । उसको स्वर र सगीतप्रति मोहित भएर मैले मेरो माइतीको भावनालाई कुल्चाएर उसलाई अँगालेको थिए । ऊ मेरो सम्पूर्ण थियो, ऊ नै मेरो जिन्दगी थियो ऊ नै मेरो वर्तमान थियो, ऊ नै मेरो भविष्य थियो । ऊ विना एक छण पनि म कल्पना गर्न सक्दिनथेँ । उसको बोलीमा विश्वास गरेँ वाचालाई कबुल गरेँ। उसको सम्पूर्ण क्रियाकलापलाई विश्वास गरे अनि ऊप्रति सकारात्मक पाइलाहरू चाले“ ।



सुखद भविष्यको कल्पना गर्दै पाइलाहरू अघि बढ्न थालेँ । म ठान्दथेँ ऊ मेरो मात्रै हो अरू कसैको होइन । ऊ मेरो सिवाय अरू कसैको हुनै सक्दैन । मेरो अपरिपक्व सोचाईमा तब ठेस पुग्यो जब ऊ रातभर पनि घर आउँदैनथ्यो । उसलाई म र मेरो भावानाप्रति कुनै सरोकार थिएन । ऊ रातभर स्टुडियो, सुटिङ्ग, र रेकडिङ्गमा नै ब्यस्त रहन्थ्यो । बिस्तारै उसको गायन क्षेत्र मौलाउँदै गएको थियो ऊ राष्ट्रियस्तरको गायक तथा कलाकार बन्यो उसका फेनहरू धेरै भए । शुभचिन्तकहरू धेरै भए । ऊ मप्रति मात्र हैन छोरीहरूप्रति पनि उदासिन रहन थाल्यो । कान्छीछोरी जन्मँदा उसले मलाई आफ्नो वास्तविक चरित्र देखाएको थियो । ऊ एकपल्ट पनि अस्पतालमा मलाइ भेट्न आएन । ऊ धेरै माथि पुगिसकेको थियो । उसको लागि म साधारण महिलामात्र थिए । कतिले छोरी जन्म्यो भनेर नआएको होला पनि भने । सबैले आ-आफ्ना अडकलका बिस्कुन फिजाएका थिए । मैले त्यस्तो नाजुक अवस्थामा पनि आफूलाई सम्हालेँ । अनि छोरीहरूलाई पनि सम्हालेँ । त्यसपछि शेखर र मेरो असमझदारीको दूरी बढ्दै गयो । वास्तवमा ऊ, यही चाहन्थ्यो किनभने मसँग उसले खोजेको ग्लैमर्स, प्रतिभा, र सम्पत्ति केही थिएन । माइतीले दिएका केही सम्पत्ति पनि उसका एलबमहरूमा खर्च भइसकेका थिए । त्यसैले उसले मबाट पाउने कुरा केही थिएन । बरु उसको सफलतामा बाधा पर्ने तत्वहरू धेरै थिए मसँग । त्यसैले ऊ मदेखि धेरै टाढा हुँदै गयो । म भने मेरो कोमल नारी हृदयलाई विद्रोही अर्न्तभावले कठोर बनाउँदै लगेँ । अनि आफूलाई जस्तासुकै परिस्थितिमा पनि बाँच्न सक्ने शक्ति पैदा गर्दोरहेछ । जिन्दगीलाई सम्झौता र सङ्रघर्षका पयार्यकारूपमा लिएर पाइलाहरू अघि बढाउँदै लगे ।

पुन ः प्रज्वल र अरू दुइ डाक्टर आएर मेरो एकाग्रता भङ्ग गर्न आइपुग्छन । छोरीलाई एपेन्डिक्सको अपे्रशन गर्नुपर्छ भनेर जान्छन् । म गहिरो चिन्तामा डुब्छु । भोलिपल्ट दिउँसो छोरीको अप्रेसन छ । म रातभर छटपटिन्छु । छोरीको पीडासँगै आफूपनि बग्छु । प्रज्वल किन हो त्यति आएन । रातभर स्लाइन पानी दिइयो । मनमा अनेकौ तर्कनाका ज्वारभाटाहरू उठ्तै, बस्तै गए । आफूले आफैलाई सान्त्वना दिए । तोकिएको समयमा अप्रेसन भयो । अप्रेसन सफल हुन्छ । अप्रेसन सकिएपछि र्सजन डाक्टरले मलाई बोलाउँछ । उसले भन्छ तपार्इँको छोरीको वास्तवमा एपेन्डिक्स फूलेको रहेनछ । हामीसँग भिडियो एक्सरेको मेसिन बिग्रेको हुनाले राम्रो डायग्नोसिस नगरी अप्रेसन गरेछौँ तर पनि केही भएको छैन । यो साधारण कुरो हो । म आक्रोसित बन्न पुग्दछु अनि क्रोधलाई शब्द शब्दका वाणमा परिवर्तन गर्न पुग्दछु । तपार्इ“हरूको लागि यो साधारण कुरो हो तर मेरो लागि होइन । तपाईँहरूले के ठान्नुभएको छ - मेरो छोरीलाई खसी काटेझैँ काट्दा साधारण भन्नु हुन्छ वा एउटा गोली खाएर निको हुने विमारलाई चिरफार गर्नुहुन्छ । मैले यतिका समयसम्म कति मानसिक वेथा सहे हु“ला । तपाईँहरूले यो कल्पना पनि गर्न सक्नु हुन्न । त्यसको क्षतिपूर्ति तिर्नसक्नु हुन्छ - यत्रो नाम चलेको अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन तयारी अवस्थामा राख्नु पर्दैन । विमारीको जिन्दगीसँग खेलवाड गर्नुहुन्छ -



मेरो आवाजले अप्रेसनथियटरको बाहिरको कोठा थर्कन्छ । म आफूभित्रको कुण्ठा सबै पोख्दछु त्यो डाक्टरलाई । उसलाई झम्टन्छु । छुट्टयाउन प्रज्वल आइपुग्छ । मेरो आक्रोशित र व्रि्रोही हृदय पग्लेर आ“सुमा परिणत हुन पुग्दछ । म गल्छु, नियतिले भिज्छु, कुण्ठाले चुटिन्छ । प्रज्वल मूर्तिवत हुन पुग्दछ । यसमा उसको कुनै दोष थियो वा थिएन म भन्न सक्दिनँ । किनभने उसैले मेरो निकटता खोजेर मेरो छोरीको अप्रेसन गराएको पनि हुन सक्दछ । यसोगर्दा उसले मलाई उसको शान शौकत देखाएर मस“ग बदला लिन सक्थ्यो । म उसलाई शङ्कालु र दोषपूर्णहेर्राईले हेर्छु मलाई सबै पुरुषहरू देखि घृणा लागेर आउँछ । छोरीको अवस्था देख्दा मुटु फुटेर आउछ । सास थुनिएर आउँछ । मातृत्व वात्सल्यताले मुटु चिरिएर ज्वालामुखी निकाल्न खोज्दछ । म लामो सुस्केरा लिन पुग्छु । छोरीको नाजुक स्थितिले म छटपटिन्छु । त्यहाँ एक सेकेण्डपनि बस्न सक्दिन। त्यसपछि मेरा दाजुभाउजूलाई छोरीको हेरविचार जिम्मा लगाएर म हिड्छु कतै एकान्तमा जहाँ जाँदा पनि मेरो नियतिले भनिरहेको थियो - जसरी मैल प्रज्वलको प्रेमको एउटै गोली खाएको भएहुने ठाउँमा शेखरको प्रेमलाई राम्रा् डायग्नोसिस नगरी जीवनलाई नराम्ररी चिरफार गर्न पुगेँ त्यसरी नै यी डाक्टरहरूले मेरो छोरीले एउटा गोली खाँदा निको हुने विमारलाइ चिरफार गरेर मैले मेरो जिन्दगीमा भोग्नु परेको नियति भोग्न बाध्य गरायो । म जुन मानसिक पीडामा छटपटिरहेछु त्यहीँ पीडा भौतिकरूपले मेरी छोरीले भोग्न बाध्य भएकी छे ।


प्रभु, मलाई बचाउनु होस्

घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।



तर वहाँहरू दुबैको झगडाको कारण भने म आँफै हुँ। मेरो खुशी र सफल भविष्यका लागि वहाँहरूको लडाईं केन्द्रित छ।



संभवत संसारकै सबै भन्दा बढी भाग्यमानी सन्तानमा पर्छु म किनकि दुबै अभिभावकको संपूर्ण जिन्दगी केबल मेरो उज्जल भविष्यका लागि मात्र समर्पित छ। र वहाँहरू केबल मेरो भलाईका लागि मात्र लड्नु हुन्छ। लुछाचुडी गर्नु हुन्छ र एक अर्काको टाउको फुटाउनु हुन्छ।



आमाले मेरो पढाईमा उचित ध्यान नदिएको आरोपमा बुवाले आमाको कंचडमा दाबिलाले हिर्काएको घाउ अझै निको भएको छैन । आमाले चिथोरेका नंग्राका ढोबहरू बाको अनुहारमा अझै स्पस्ट देखिन्छन।



वाको कथन छ- तँ गतिछाडा आइमाईले छोरालाई बिगार्ने भईस। न समयमा खान दिन्छेस, न समयमा स्कुल पुर्याउछेस। जुम्रा हेरेर बस्न मै तँलाई फुर्सद छैन। थुतुनोभरि नाना थरीका बिषादीहरू धस्यो। । अनुत्पादक काममा समय बितायो। ज्ञानगुणका कुरा भन्दा बढी मतिभ्रस्ट हुने कुराहरूमा ध्यान दियो। अर्काको देखासिकी गर्यो।

आफ्नो भन्दा अर्काको पारीबारले के गर्छ भन्ने कुरामा बढी चासो दियो। कल्ले के लायो, के खायोको चर्चा गर्दै समय बर्बाद गर्यो। आफुले सुको पढेकी छैनस भन्दैमा छोरालाई पनि हली बनाउने बिचार छ?



आमा प्रतिवाद गर्दै भन्नुहुन्छ- तिमी नकच्चरा बुढालाई बहुला कुकुरले झैं गाँउ चहार्दै ठिक्क छ। काम दाम केही छैन। घरभित्र मुन्टिनासाथ तातो भात चाहिने बडाहाकिमलाई घर परिवारको चिन्ता छैन। बिहानदेखि बेलुकासम्म नागरिक सर्बोच्चताका नाममा भाषण ठोक्यो र बेलुका घरभित्र छिर्नासाथ श्रीमतीलाई रुवायो। तीन थाल भात घिच्नासाथ कुम्मकर्ण झैं सुत्छौ र बाघले घुरे झैं घुरेर हामीलाई सुत्न दिदैनौ। घरको काम जति सबै मै बुढीले गर्नु पर्ने। छोराको हेरचाह मै बुढीले गर्नु पर्ने। ऐंचो-पैचो, मेला-पात, छर-छिमेक मैले नै चलाउनु पर्ने। पाहुना-पासो मै बुढीले धान्नु पर्ने। तिमी बुढा त बरु मरेपनि हुन्थ्यो ! एक्लै पाल्थे छोरालाई!



यी संबादहरू मैले बच्चादेखि नै सुन्दै आएको हुँ र निरन्तर सुनिरहेको छु। यस्तो लाग्छ- बा र आमा मेरो भविष्य भन्दा पनि वहाँहरू आफ्नै ब्यक्तिगत सुख, सुबिधा र आत्मा सन्तुष्टिलाई बढी महत्व दिनु हुन्छ। छोरालाई कसले बढी ध्यान दिन्छ भन्ने अहँकार र घमण्डको लडाईका बिच मेरा बाल अधिकारहरू खोसिएका छन। आरोप र प्रत्यारोपको युद्धमा म मिचिएको छु। घुन जस्तै पिसिएको छु।



मेरा खुशीका नाममा मलाई दिनदिनै रुवाँउने काम भएको छ। मेरो भविष्यका नाममा मेरो भविष्य बर्बाद गर्ने काम भएको छ। म चाहन्छु कि मेरा बा र आमाले मेरो भविष्य र सफलताका लागि भन्दा आफ्नो कर्तब्यमा ध्यान दिनुहोस्। जिम्मेबार अभिभाबकले गर्नु पर्ने कर्तब्य र कृयाकलापका बारे छरछिमेकि बाट सिक्ने प्रयास मात्र गरिदिए पनि मेरो भविष्य सुन्दर हुन सक्थ्यो कि ?



प्रभु! मेरा बा र आमाको मनसिकतालाई परिवर्तन गरिदिंदै सदबुद्धि दिनुहोस्। मलाई शान्तिले बाँच्न, हुर्कन, रमाउन, बढ्न, पढ्न र गरिखान पाँउने अधिकार सु-निश्चित गरिदिनु होस् ! यस घरको सदस्य भएर जन्मनुमा मेरो के दोष प्रभु? लौन मलाई बाँच्न दिनुहोस्! म हजुरप्रति जीवनभरि अनुग्रहित हुनेछु। प्रभु, मलाई बचाउनु होस्!नागरिक सर्बोच्चताका नाममा भएपनी बचाउनु होस्! 

पर्खाइ


आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर फर्केर । म मौन छु । मसँग तत्काल उसका लागि चित्तबुझ्दो जवाफ छैन । बुझेको छु ऊभित्रको पीडा । उसभित्र दन्किएको आगो र जलनलाई । म महसुस गर्न सक्छु । मैले पनि पार गरेको छु यस्ता परिस्थिति । सान्त्वनास्वरुप बोलेँ यसमा कसैको दोष छैन सागर भाइ न हामीलाई बनाउने प्रकृतिको न हामीलाई देखेर छक्क ती मानिसको । दोष छ त केबल हेराइमा । दोष छ हाम्रो सोचाइमा । यही हेराइ र सोचाइमा हामीले परिवर्तन ल्याउनु छ । त्यसकै लागि त तिमी यहाँ छौ ।



तर दाइ थाकिसकेँ म । थकाइसक्यो यो समाजको तिरस्कारले । कति सहने कति अबुझ समाज छ यो हाम्रो । आजसम्म पनि धनीगरिब जातपात रुढीवादीमा अल्झिरहेछ । यस्तो समाजले हाम्रो मर्म कहिले बुझ्ला बजारमा गयो नौलो जनावरलाई झैँ क्वार्रक्वार्ती हेर्छन् सामान किन्न जाँदा पसले मुख छोपीछोपी हाँस्छ आखिर कति दिन सहने कसरी सहने उसले फेरि प्रश्न छरपस्ट पारिदियो मेरो सामु । सायद धेरै दुखाएछन् आज उसलाई । नत्र यसरी दुःख पोख्ने मान्छे होइन ऊ । केहीबेर सुस्तायो । लाग्यो ऊभित्रका प्रश्नहरु सकिए ।



एकछिन्मा छेउमा आएर भन्यो दाइ नरिसाउनु ल । यो समाजले दिएको घृणा र वितृष्णाले कहिलेकाहीँ यो जीवनदेखि नै रिस उठ्छ कस्तो जीवन बाँच्नै गाह्रो । अनायसै बहकिएछु ।



हो सागर तर पनि जीवन जीवन नै हो । बाँच्नका लागि हो । जुनरुपमा जसरी पनि हामीले बाँच्नु छ । कहिले भागेर कहिले लडेर दुःखलाई बाँड्दै सुखको खोजीमा डोहोर्याइरहनुपर्छ यसलाई । गन्तव्य भेटिन्छ बस् यही लक्ष्य हुनुपर्छ हामीमा । ठेस लाग्यो भन्दैमा बाटो नै मोड्नु हुँदैन ठूल्ठूला चट्टान टेकेर उक्लनुछ हामीले मैले उसलाई छोटकरीमा सम्झाउन खोजेँ । र खाटमुनी रहेको सात वर्ष पुरानो व्याग निकालेँ । जुन मैले घर छाडेको दिन बोकेर हिँडेको थिएँ ।



कपडाको त्यो कालो व्याग खुइलिएर ध्वाँसेध्वाँसे भएछ । बाँकी सबै उस्तै । खोलेँ त्यहाँ मेरो अतित उघि्रयो । अनायसै आँखा डगमगाए । हुरीको धुलोझैँ अतितका यादहरुले मेरो आँखा झ्वाप्पै पुरिदियो । छेउको सागरलाई पनि धमिलो देख्न थालेँ । विस्तारै यादहरु आँसु बनेर किनारा लाग्दै गए । सागर प्रस्ट देखिन थाल्यो । ऊ मतिर हेरेर छक्क परिरहेको थियो । मैले आँखा निचोरेर आँसु निखार्न खोजेँ । सोध्यो ुदाइ केभो अचानक तपाईंलाई केही होइन अतितका झझल्को आयो मैले सिधै भन्दिएँ ।



कस्तो अतित दाइ उसले मेरो कथालाई कोट्याउन खोज्यो । अलिकति उघ्रेको त्यो व्यागलाई मैले पूरै उघारेँ । एउटा खैरोखैरो ऊनीले बुनेको सुइटर निकालेँ र देखाउँदै भनेँ यो सुइटर मेरीले आमाले म क्याम्पस पढ्दा बुन्दिनुभाको । जाडोमा बिहानै क्याम्पस जानुपथ्र्यो हातैले बुनेको सुइटर न्यानो हुन्छ भनेर हातैले बुन्दिनु भाथ्यो उहाँले । साँच्चै न्यानोसँगै धेरै माया बुनिएको छ यसमा । खुब माया गनुहुन्थ्यो मलाई । तर खै मलाई आमाको माया किन लागेन सुइटर राखेँ ।



त्यहाँ केही तस्वीर छरिएका थिए । ुयोबीचको म अरु सबै स्कूलका साथीहरु । केटीहरु मलाई धेरै माया गर्थे । केटाचाहिँ मेरो साथी बन्नै चाहेनन् । सायद मेरो बोलीव्यवहार मननपर्दो हो उनीहरुलाई । सानो छँदा त म केटीकै जस्तो लुगा किनी माग्थेँ । कहिलेकाहीँ आमाको शृङ्गार सामग्री लगाउँथे । त्यो देखेर बुबाआमा पेट मिचिमिचि हाँस्नुहुन्थ्यो केही गर्नुहुन्नथ्यो त्यो बेला । मेरो बालमस्तिष्कमा उहाँहरुले धेरै माया गरेको लाग्थ्यो । त्यो बेला केटी जस्तै बन्न मन लाग्थ्यो । मेरो हिँडाइ बोलाइ काम गराइ सबै केटी जस्तै हुन थाल्यो । सानैछँदा मलाई प्रुक किन्दिनु भनेर आमासँग जिद्दी गर्दा नराम्ररी पिटाइ खाएको म कहिल्यै बिस्रन्न ।



सानो हुँदाको मेरो यो बानीलाई कसैले ध्यान दिएनन् । समयले मलाई बढाउँदै लगेछ जिन्दगी मोडियो । त्यही बानी समस्या बन्यो । घरको म कान्छो छोरो थिएँ । दाइ काममा लागिसक्नु भएको थियो । दिदीबहिनी थिएनन् । सायद त्यसैले मेरो व्यवहारले आमाबुबालाई छोरीको अभाव पूरा हुन्थ्यो म छोरीजस्तै बन्दा उहाँहरु रमाउनुहुन्थ्यो । तर पछि मेरो त्यही व्यवहारले उहाँको प्रतिष्ठामाथि प्रश्नचिन्ह उठाइदियो । बुबाले मलाई कैयौँपल्ट ुछोरा जस्तो बन्ु भनेर हकार्नु भो तर म परिवर्तन भइसकेको थिएँ । धेरै ढिला भइसकेको थियो । मैले चाहेर पनि साधारण छोरा मान्छे जस्तो बन्न सकिनँ । बारम्बार पारिवारिक यातना सहेँ । पिटिएँ बन्दी भएँ थुनिएँ । आमाले भन्नुभो गाउँलेहरु मलाई देखेर उहाँहरुलाई गाली गर्दै गिज्याउँदै हाँस्छन् रे !



क्याम्पस पढिन्थ्यो त्यसबेला । क्याम्पस पनि नजाने आदेश दिनुभो बुबाले । तर पनि जान्थेँ । जबर्जस्ती । केटाहरु मलाई जिस्काउँथे सताउँथे तर मतलब थिएन । केटीहरु मलाई सहयोग धेरै माया गर्थे । प्रविशा मेरो सबैभन्दा नजिकको साथी थिई । क्याम्पसमा मलाई जिस्काइरहने सन्देश पनि नजिकिएको थियो । हामी तीनजना आपस अत्यन्तै मिल्थ्यौँ ।



पहिला त म सन्देशलाई चिन्दिनथेँ । अचानक नजिकको साथी बन्यो । हुँदाहुँदै उसलाई म अर्कै सोच्न थालेको थिएँ । उसको व्यवहार त्यस्तै लाग्थ्यो । कहिले त सोच्थेँ प्रेम प्रस्ताव राखुँ तर ममा त्यत्रो हिम्मत कहाँ ! एउटा छोरो मान्छे । के सोच्ला उसले म रोकिइरहेँ । मनलाई थामिरहेँ ।



मन थामेको पनि ठीकै भयो । उसलाई त प्रविशा मनपर्दो रहेछ । उनकै लागि ऊ मेरो नजिक भएको रहेछ । पछि मात्रै थाहा पाएँ । मन त छियाछिया बन्यो फेरि भन्दै थियो उसलाई सहयोग गर्नु पर्ने रे मैले । प्रविशाले पनि उसलाई नै मनपराउँदी रहिछे । दुवैलाई मिलाइदिएँ ।



त्यसपछि म घरमै बसेँ । क्याम्पस जान छाडिदिएँ । साथीहरु घरमै लिन आउँथे । सबैलाई गाली गरेर धपाउनु हुन्थ्यो बुबा । एकदिन बुबा साह्रै रिसाउनु भो र भन्नुभो तँ जन्मनुभन्दा त नजन्मिएकै बेस हुने थियो कमसेकम इज्जतले बाँच्न त पाइन्थ्यो । यस्तो छोरो हुनुभन्दा त नभएकै भए हुन्थ्यो ।



मैले बुझेँ । यति नै बुझेँ म त्यो घरमा बस्नु बुबाआमालाई सताउनु हो । अनि यही आमाले बुन्नु भएको सुइटर साथीहरुका यिनै तस्वीर सँगाले । र बिदा मागेँ आमा बुबा अब म हजुरहरुलाई धेरै दुःख दिन चाहन्नँ । सुख दिन सक्ने भएँ भने एकदिन फर्केर आउनेछु ।



बुबाले रुखो बोली बोल्नुभो ुजाजा गइहाल् तर फर्केर पनि नआउनु यो घर । मेरो एउटै मात्र छोरो छ यो संसारमा । मैले मायाको आशमा आमातिर हेरेँ माया त आँखाबाट छचल्किएर पोखिन लागेको थियो । तर उहाँमा मलाई रोक्ने बोली थिएन । बुबा पनि मलाई माया नगर्ने होइन म हिँडेपछि उहाँ धेरैबेर रुनुभो । दाइले पनि मलाई धेरै खोज्यो होला । सन्तानको माया कसलाई हुँदैन र !



सागर मेरो सबै कथा सुनिसकेपछि बोल्यो त्यसपछि तपाईं घर कहिल्यै जानु भएन l



अहँ आँटै भएन । आजसम्म म उहाँहरुलाई सुख दिन सक्ने भएकै छैन । तर मलाई थाहा छ म घर फर्किने दिन आउँछ । जब यो समाजमा हामीजस्ता तेस्रोलिङ्गीलाई बुझ्ने सोचाइमा परिवर्तन हुनेछ हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ हामी पनि उनीहरुजस्तै मान्छे हौँ भनेर यो समाजले हामीलाई चिन्नेछ । त्यसको लागि मैले केही गर्नुछ ।



प्रकृतिले बोली र रुप फेरिदिएको मात्र हो भनेर यो समाजले बुझ्ाउनु छ । अनि मात्र म घर फर्कनेछु । मेरो बुबाआमा आफै मलाई लिन आउनेछन् । अनि म घर जानेछु सबै साथीलाई भेट्नेछु गाउँलेहरु मलाई देखेर हाँस्ने छैनन् बुबाले ममाथि गौरव गर्नुहुनेछ । हो म त्यही दिनको पर्खाईमा छु हो त्यही दिनको ।

आफ्नोपन


विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो । दायाँबायाँ हेर्र्यो सबै पुरानो नयाँ केही देखेन ।



छ्या कस्तो फोहोर भन्दै रुमालले नाक छोप्यो । ह्यारीको प्रतिक्षामा बसेका बाबु-आमाले छोराको लवाई खुवाई देखेर चिन्ने सकेनन् । ह्यारीले भने बाबुले आमालाई चिनी हाल्यो । हरि विदेश जाँदा बाबु किनेको कछाड र आमालाई किनेको धोती फाटेको थिएन । उसलाई ठम्माउन गाह्रो भएन । बाबु आमाका साथ गाउँघरसम्म पुग्यो । गाउँमा हरिलाई सबैले चिने तर उस्ले कसैलाई चिनेन् । आफ्नो पढेको स्कुल लथालिङ भताभुङ थियो । गुरुहरु बुढा भइसकेका थिए । घर छेउको काब्रोको रुख मरिसकॆको थियो । तल्लो गाउँमा डाँडाको डिस्को भत्केको थियो । हरि गाउँ आउँदै छ भन्ने समाचार ल्याउने कागहरु आवाज देखि उ वक्क थियो ।



मिनरल वाटरको बोत्तलमा मात्र पानी खाने भइसेको थियो ह्यारी । अग्रेजी पपमा बसेर फुटबलको आनन्द लिने ह्यारी गाउँका भट्टी देखि वाक्क थियो । गाउँ घरकॊ ढुङ्गा माटोले उसलाई चिन्यो तर ह्यारीले कसैलाई चिनेन । हरिको आगमनले सिङ्गो गाउँ रमाएको थियो । घरमाथिको ढिस्कोले अंगालो हाल्न खोज्दै थियो । घरको बारीमा रहेको मखमली फुल मस्कुराएको थियो तर खोई के भयो कुन्नी ह्यारीलाई आफै जन्मेको ठाउँ बिरानो भयो । गाउँ बस्नै मन गरेन तोकिएको समयभन्दा दुई साता पहिला विदेश फर्कने निर्णय लियो । काठमाडौं विमानस्थलसम्म राम्रोपन आफ्नोपन भेटेन ।



जब विमान उड्यो अनि ह्यारी टोलाउन थाल्यो । सोच्न थाल्यो विदेशको दुःख । मनमनै सोच्न थाल्यो अब कहिले आउने नेपाल उत्तर थिएन । सोची रह्यो अब विदेशीको हवाई अड्डामा उत्रियो । सबै बिरानो कोही थिएन आफ्नो भन्ने । न ह्यारीको भाषा विदेशीले बुझ्ने नत विदेशीको भाषा ह्यारीले । ह्यारी उत्रने हवाई अड्डामा उनको कसैले चासो राखेन । उसलाई नमाटोले चिन्यो न ढुङ्गोले नै । उनको पहिचान काठमाडौं विमानस्थलबाटै समाप्त भयो भन्ने होस् बल्ल ह्यारीलाई आयो । आउँदाका दिन देखि नै ऊ आफ्नो कर्मभूमिमा काम थाल्यो । रात दिन खटिएको छ । खाने बस्ने सुत्ने ठेगान छैन । अहिले केवल थकाई पसिना र मिहेनत उसको लागि आफन्त भएको छ ।



मृतसमानको आफ्नो पहिचान लिएर बाँची रहेको छ- ऊ । कहिलेकाही सम्झन्छ- म जन्मेको गाउँमा बस्न पाए र आफ्नो भन्ने देख्न पाए ।

रत्यौली

गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी ।



ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी ।



यही चौविस गते हो रे कहाँ हो त्यो त मलाई पनि थाहा छैन । तर जे होस् बिहे त गर्ने नै भएछन् । प्रतिउत्तरमा भुन्टीले भनी ।



यत्तिकैमा रमा पनि गाग्री लिएर पानी भर्न टुप्लुक्क आइपुगी । खासखुस गरिरहेका भुन्टी र कान्छी हठात् चूप भए । चूप लाग्नुको कारण रमा गगनेकी भाउजु थिई ।



कुरो झिकेर रमाबाट सबै गुह्य कुरा दुहुने मनसायले होला सायद कान्छी प्याच्च बोली- ूरत्यौली त मज्जासँग खेल्न पाइने भो यसपाला । यो गाउँको यसवर्षको पहिलो बिहे ।



कसको रत्यौली नै आच्या…। अनभिज्ञता प्रकट गर्दै रमाले भनी ।



हेर न त्यहाँ स्वाङ पारेकी । बडो हामीलाई लुकाउन खोज्ने हो र कि खुसुक्कै दुलही भित्र्याउने सुर छ कि क्या हो रमा देवरको । यतिाजेल चुप भएकी भुन्टी कुरोको चुरो फेला पर्न थालेपछि खूब टाँठी भई ।



रमा आश्चर्यमा परी । पर्नु पनि स्वाभाविकै थियो । हिजो बेलुका मात्र केटीको घरबाट टीकाटाला गरेर फर्किएका हुन् उसका देवर र लोग्ने । उनीहरु केटी माग्न गएको पनि कसैलाई पत्तै थिएन । बिहेको कुरो न हो भुसको आगोझैं फैलन्छ । हुन त एकदिन थाहा हुनुपर्ने कुरो हो तर पनि थोरै वास्तविकतामा धेरै अस्वाभाविक कुराहरु थपेर कानकान फुक्दै हिँड्छन् मान्छेहरु ।



हो हो हिजो बेलुका मात्र बिहे आँटेर आए चौबिस गतेलाई । कसले भन्याहोला यिनीहरुलाई । घरमा थाहा नहुँदै गाउँलेलाई पत्तो । यस्तो पनि हुने । रमालाई वास्तविक कुरो खोल्न करै लाग्यो । त्यसबेलासम्म पँधेरामा सात, आठजना आइमाइहरु जम्मा भइसकेका थिए । रमाको कुरो सुनेर सबै हाँसे । आआफ्ना गाग्री भरेर सबै घरतिर लागे ।



गाउँघरका महिलाहरुलाई त्यति फुस्रद हुँदैन । बिहान उठेदेखि बेलुकी सुत्नेबेलासम्म उनीहरु काममै व्यस्त हुन्छन् । खेतीपाती गोठधन्दा आदि गाउँलेहरुका जिउने साधनहरु हुन् । हाम्रो समाजमा व्यवस्था जति परिवर्तन हुन्छ तर अवस्था भने जहाँको तहीं रहन्छ । पुरुषको तुलनामा महिलाहरु नै काममा बढी जोतिन्छन् । उनीहरुलाई न कसैसँग बोल्ने फुस्रद हुन्छ न त कसैसँग भेटघाट गर्न नै । त्यसैले त महिलाहरुको महत्वपूर्ण कुराहरु गर्ने ठाउँ नै बनेको हुन्छ पँधेरो । एकाबिहानै पँधेरामा महिलाहरुको जमघट हुन्छ । किनभने घरको कामधन्दाको सुरुवात नै उनीहरुबाट हुनेगर्छ । त्यसैले त आज गगनेको बिवाहको कुरो त्यही पँधेराबाट चारदिशा फैलियो ।



बिबाह हुने नै भयो गगनेको । धुमधामसँगै हुने भयो । बाजा बजाएरै हुने भयो । जन्त जान पाइने भो भनेर गाउँका लोग्नेमान्छेहरु हौसिएका छन् रत्यौली खेल्न पाइने भो भनेर आइमाइहरुका खुट्टा भुईंमै छैनन् ।



सबैसँग हाँसी बोल्ने गगने । कसैसँग कलह र झगडा नगर्ने गगने । आपत परेका बेला अरुलाई मद्दत गर्न तम्सने गगने । इमान्दार गगने । सोझो लपनछपन नजानेको गगने । सबैको प्यारो गगने आँखामा राखे पनि नबिझाउने स्वभाव । त्यसैले त उसको बिहेले यति छिटै चर्चा पायो । उसको बिहेले गावैं उचालेको छ ।



ए ! यता सुन् त बिहे त रातीकै रहेछ नि । उही पँधेरामा उही एकाबिहानै गौंथलीले सुन्तलीलाई भनी ।



केटीको गाउँ अलि टाढा भएर रातमा गर्ने भएका हुन् रे क्या । दिनमा नभ्याउने भएर । सुन्तलीले आपुूले सुनेको कुरालाई ओकेली । अझ थप्दै गई- ूयसपालाको रत्यौली त बल्ल रत्यौली जस्तो हुने भो । रातमा कसैले पनि देख्दैन म त लुठो भएर नाच्ने हो ।



ऊ कुत्कुतिएको देखेर त्यहाँ भएका अरु पनि गलल हाँसे ।



यस्तै पँधेरीबैठक हुँदाहुँदै बिहेको दिन पनि आयो । जीवनको त्यो महत्वपूर्ण घडीमा गगने पनि मख्ख छ । उसको घरमा बिहेको धूमधाम तयार छ । इष्टमित्र पाहुनापाछा सबै आइसकेका छन् ।



बिहेको दिन गगने सुटपाइन्ट र टाइमा चिटिक्क सजियो । टाउकाको ढाका टोपी र खुट्टाका टल्कने छालाका जुत्ताले उसलाई झन् लोभलाग्दो बनाइदिए । गाउँका बूढापाका तन्नेरीहरुदेखि लिएर दशपन्ध्र वर्षसम्मका अल्लारे केटाहरु जन्त हिँडे । साना भुन्टाहरुलाई ुबाटो लामो छ ु भनेर प्रतिबन्ध गरियो । त्यसमा पनि रातको बिहे साना केटाकेटीहरुको जिम्मा पनि कसले लिने उता हिँड्नका लागि लौरीको भर लिनेहरु जान सक्ने कुरै भएन । आखिर पाचेबाजा र जन्तीहरुको बीचमा रहेर गगने दुलही लिन घरबाट प्रस्थान गर् यो ।



यता आइमाइहरु बल्ल फुक्का भए । जन्ती घरबाट अलि पर के पुगेका थिए आँगनमा जमघट शुरु हुन थाल्यो । बाबै नि ! एकछिनमा त आँगन खचाखच भयो । मादलको तालमा आइमाइहरु रत्यौली सुरु गर्न थाले ।



जति जति रात छिप्पिन थाल्यो आइमाइहरुको रत्यौलीको रौनक पनि त्यति नै चरम सीमामा पुग्न थाल्यो । आमै नि ! लाजशरम सबै माटामुनि गाडेर उन्मत्त हुन थाले आइमाइहरु । त्यो उनीहरुको पनि दोष थिएन । किनकि उनीहरु सँधैं स्वतन्त्र छैनन् । आफ्ना इच्छा र चाहनाहरु सामाजिक संस्कारभित्र थुनिएर रहेका छन् । पशुलाई त बाँधेर राखिराख्दा अनि कुनैबेला फुकाउँदा त्यसलाई थाम्न गाह्रो हुन्छ । उनीहरु त मानिसहरु हुन् । समाजले र परिवारले उनीहरुलाई बाँधेर राखिराखेको फल हो त्यो । जे होस् रत्यौलीको माध्यमबाट आफ्ना भावहरु उनीहरु पोखिरहेका छन् ।



कान्छी भुन्टी सुन्तली गौंथली देखि गाउँका सबै सासुबुहारी चेलीबेटी लगायत घरैका सासुबुहारी रत्यौलीमा खूब मात्तिन थाले । चकमन्न रातको त्यो समयमा डरत्रास केही थिएन । केही आइमाइहरु आफ्ना पतिदेवका दौरासुरुवाल कमिज इष्टकोट जे मिल्छन् त्यही पहिरिएर लुठो बनेर लोग्नेमान्छेको नक्कल गरिरहेका छन् । बसेका आइमाइहरुलाई एकएक उठाएर आफ्नो जोडी बनाएर नचाउँदै गरेका छन् । लाजसरम पचिसकेको छ । आफ्ना श्रीमानसँग हुने कि्रयाकलापहरुको नक्कली प्रदर्शन भइ नै रहेका छन् ।



रमा आफ्नो पतिको सर्ट पाइन्टमा लुठो बनेर नाचिरहेकी थिइ । ऊ सुन्दर थिई । बाटुलो अनुहार बदामरुपी आँखा सुडोल शरीर गहुँगोरी कालो र लामो केश चिटिक्कै परेकी । पतिदेवका कपडा निकै सुहाएको थियो उसलाई । त्यत्तिकैमा एउटी आइमाइले उसलाई पाखुरामा च्याप्प समाती अनि उसको गालामा च्वाप्प म्वाइ खाइ । रमा पनि के कम थिई र ऊ त झन् पुरुष बनेकी थिई मर्दको संज्ञा पाएको पुरुष । त्यस आइमाइको गालैमा टोकिदिई । आइमाइ झन् उत्तेजित भई । रमालाई तानेर पिँढीतिर उकाली । आँगनका लुठा र आइमाइहरु आगनमै रौसिइरहे । मानौं अन्धकार रातले सबैलाई निलिरह्यो । यता आइमाइले रमालाई जाँतो भएको कुनामा पुर् याई । दुबै मात्तिएका थिए । आइमाइ तल परी रमा माथि । एकैछिनमा रमा तल आइमाइ माथि अनि त्यसपछि…।



रमा त्यसबेला मात्र झसङ्ग भई । जुनबेला उसले वास्तविक रुपमै पुरुषको संसर्गको अनुभव गरी । ऊ खग्रास भई । झटपट उठेर हेरी आइमाइ त्यहाँ थिइन ।



हँ के भयो यस्तो को हो त्यो आइमाइरुपी पुरुष रमा खूब आत्तिई । बल्ल ऊ पूर्ण रुपमा सचेत भई । तर के गर्नु रत्यौलीले उसको नारी अस्तित्वलाई लुटिसकेको थियो ।

असार १७ गते नबिनाको विहे

असार १७ गते नबिनाको विहे

परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर ।



हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु । आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथ्र्यो । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्ािन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् ।



मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्दैडुल्दै रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु ग्ााेरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थ्ो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो ।



डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग्ा । खुव तैले मलाइ माया गर्छे नविनाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ ।



मन गरुङगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्।

म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि । के नविनाको खुशी मेरो खुशी होइन्ा र विनोद नविनाकॊ उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग्ा आएर के पाउथिन् र । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो ।



आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र नविनाकॊ पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो फर्कन्छु कि फर्कन त्यो चिन्ताको विषय भएन् । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु ।लाजले घुम्टो नछोपे ल । 

सिपाहीको सपना


उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसे पछि सिपाहीहरुको जत्थाले हुलका हुल नव जवानहरु उस्तै उस्तै उमेरकाहरुलाई बिभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन कुनै पनि कुराको जानकारी ठप्प छ ।



कहिले तीनकुनेबाट फोक्सो फुलाउँदै घोडा झैं दौडिरहेको बेला नाक मुख कान आँखा तथा चर्मका हरेक प्वालहरुबाट श्वास-प्रश्वास भै रहेको भान हुन्थ्यो । बर्षादको झरीले मूल फूटाए झैं हुन्थ्यो शरीरभरी । चौतारी परेड भोली पल्ट बिहानै जो जसले तोकिएको समयमा दुरी पार गर्न सत्तैुनन् केही खर्च हात लगाएर ए.आर.ओ. एरिया रेक्रुटिङ्ग अफिसर हरुले संझाउँदै क्याम्पको मूलद्वार कटाई दिने । बचेका सफल जवानहरुको लागि अर्कै कार्यक्रमको तय गरिएको हुन्थ्यो । कहिले शैक्षिक योग्यताको परीक्षा कहिले शारीरिक सुगठन दौड खेलकुद अप्स्ट्याकल पार गर्नु पर्ने झुण्डिने-उफि्रने अनेकानेक अन्तरबार्ता सबै थोक सकिए पछि ठूलो जिम्नाजियम हलभित्र सबैलाई जम्मा पारेर नाम पुकार्ने क्रम । जो जसको नाम अगाडि माचबाट डि.आर.ओ. डिपोट रेक्रुटिङ्ग अफिसर ले पुकार्दछ आपुनो पोका पत्यौरा बोकेर बाहिरिनु पर्ने अन्यौलको क्षण ।



ऊ गतसाल पनि यसै क्रममा हाजिर भएको थियो । जिम्नाजियम हलभित्र बाँकी रहेका अल्पसंख्या भित्र परेको थियो ऊ । हातमा पाँच सय रुपैंयाँ थमाएर फुस्लाउँदै अर्को साल अवश्य सफलता हात पर्ने आश्वासन दिए पछि सिनेमा हलभित्र हिन्दी चलचित्र हेरेर मन बहलाएको थियो उसले । जीवनमा फौजी कहिल्यै नहुने बाचा कसम खाने उसको ऊ उ_िक्सएको थियो गजवले आपुनै कलेजका साथीहरु र अन्य लाहुरे बन्न कम्मर कसेका दौतरीहरुबाट ।



उन्नाईसौं नम्बरमा क्रमबद्ध रुपले नाम पुकारिएको उसले केही बुभुनै सकेन । मूलद्वारबाट बाहिर निस्कनु पर्ने हो कि होईन पत्तै भएन । केहीबेर मै लामा यौवनात्मुक कपाल हजाम घरमा टुकि्रन्दा र हरिया खाकीका लत्ता कपडा झोला निकाल्न क्वाटर माष्टरको स्टोर अगाडि लाईनमा उिभंदा झस्कन्छ ऊ । यो स्वप्न हो कि बिपना एकक्षण अघि सम्म तपाईं हजुर भन्दै बोल्ने गुरुजी भनाउँदो एक्कासी गर्जन्छ । अब तँ हरु बल्ल फेलामा परिस् !” एक दुई शद्व गर्दै सबै जना यसै भन्न थाल्दछन् । कस्तो फेलामा परिने हो सायद सबै जवानहरुको मनमा यस्तै कुरा खेलि रहेको हुदो हो ।

बिहान शारीरिक सुगठनब्यायाम दिउँसो कवाज टन्टलापुर घाममा बेलुकीपख खेलकुद खाना खाई सकेपछि नाचगानमा सहभागी हुनै पर्ने बाध्यता । जो जसले आदेशको पालना गर्न असमर्थ हुन्छन् सजायँको हकदार हुनु नै पर्ने । उसलॆ दौंतेरीहरुसंग जोडजोडले गीत गाउँदा स्पुूर्तिकासाथ बुर्लुक्क बुर्लुक्क उप्रुन्दै नाच्ने जवानहरुको कमि पनि थिएन । सायद सबैलाई उस्तै उमङ्ग जागेको हुदो हो भर्ती लागेकेामा । केही ऊमङ्ग अनि न्यास्रोपनाको मन बोकेर जेलिएको छ सिपाहीको जिन्दगीभित्र ऊ ।



धरान-काठमाडौंका रमझम सकिएर काईटक हङ्गकङ्ग बिमानस्थल पुगुाजेल सुनाईएको छ सबै जनालाई ँजुङ्गाको मुठ्ठा बाँधेर पर्खिएका छन् तिमीहरुलाई गुरुजीहरुले ।” काउलुन शहरका गगनचुम्वी भवनहरुले हङ्गकङ्ग टापुका डाँडाहरुलाई सहजै उछिनेकॊ प्रष्टिन्थ्यो । एकै प्रकारका कर्मचारीहरु देखिन्थे बिमानस्थलमा । नाक कान घाँटी कद सबै उस्तै उस्तै । भाषा एउटै जस्तो रङ्ग उस्तै देखिने काला-गोरा अग्ला-होचा नदेखिने ती क्यान्टोनिज जातिय हङ्गकङ्गका । बिजुली बत्तिको झिलिमिलि जमिनभित्रको सुरुङ्गे सडक हुँदै गाडी घ्याच्च रोकिन्छ मलाया लाईन्सको छाउनीभित्र । फेरी लाम लगाएर नाम पुकारिने क्रम जारी आ-आपुनो जत्थामा जम्मा भई तालिम शुरु हँुदा सम्म जुङ्गामुठ्ठे जुङ्गामा ताउ लगाउँदै कोही झुल्कँदैनन् अघिल्तिर ।



छ महिने तालिम प्रथम पटक शुरुआत गरिएको त्यो रेक्रुट तालिमभरी नाना प्रकारका कार्यहरु हुन्छन् गुरुजीहरु देखिन्छन् तर जुङ्गामा ताउ लगाउँदै कोही उपस्थित हुँदैन । शैक्षिक योग्यताको थोर बहुत कदर गर्दै प्रशिक्षण दिने शाखाको प्रबन्ध भए पनि बिहानको झिसमिसे देखि मध्य रातसम्मको दैनिक कृयाकलापले थकित बनाउँदथ्यो उसलाई । उसले बिद्यालय-कलेजमा अध्ययन गरेको ती बिज्ञानका मूलशद्व र गणितका फर्मूलाहरु गुरुजीहरुद्वारा उदृत अश्लिल शद्वहरुसँगै घोलिएर साधरण जोड घटाऊमा झरेको प्रत्यक्षदर्शी आफैं मात्र थियो ऊ ।



पहाड जङ्गल-झाडी खोलानाला बाटो गोरेटो-घोरेटो गाऊँ-शहर आदि-ईत्यादि नक्शामा अध्ययन गर्नु पर्ने क्षण । रण कौशल मध्येको एउटा महत्वपूर्ण बिषयवस्तु । आपुू अवस्थित ठाउँ दुश्मनको ईलाका र सम्भावित हलचल गर्ने दिशाबोधक युक्तिपूर्ण रण कौशलताको लागि । हुरी झरी टन्टलापुर सूर्यको ताप गर्मी धूलो हिलो डाँडा-पहाड झरना खोलानाला समथर मैदान दिनका आठैपहर दौतेरी साथीहरु प्रशिक्षक गुरुजीहरु एस।ए। एटी।राईफल हेलमेट बुटपट्टी पिठ्यूमा झोला लादिएको मन-मष्तिष्कमा तनाव ।



बर्मा लाईन्स साईनो हङ्गकङ्ग सिमानाको ड्युटीमा आई। आई। गैरकानूनी आप्रवासी चिनियाँ पक्डनको लागि झरी हुरी नभनि चिनियाँहरुको कुखुरा हाँस सुँगुर पालनको रछ्यान निलेर कति अनिन्द्रै रात बिताउँदछ । कहिले भलबाढीले चिनियाँहरुको माछा पालन गर्दै गरेको पोखरी सबै उदाङ्गै भत्काईंदा त्यहीे भेलमा म्याटमाथि तैरी रहेको पाउँदछ । माछाहरुलाई जालीमा हाल्ने आदेशानुसार रमाउँदछ ती भताभुङ्ग पोखरीहरुमा । ती माछाहरु झैं भलबाढीमा परेर लम्पसार परिने दुर्दशाको चिन्तन-मनन अब्यक्त । कहिले बोर्डर ड्यूटीमा छँदा साथै भर्ती भएको सिपाहींको अकस्मात दुर्घटनामा परी निधन हुँदा कवाज खेल्न पुग्दछ क्यासिनो लाईन्सको चिहान घारीमा । हङ्गकङ्गको क्यासिनो लाईन्स गोर्खाली सिपाही र तिनका परीवारहरुका मृत्यु पश्चातको बासस्थान । स्वप्नहरु सिपाही भएर चुरुम चुरुम चपाई रहेछ उसले ।



कहिले ब्रुनाईको टन्टलापुर घाममा एउटा कनिष्ट सिपाही भएर पुग्दछ उ । बुट पड्काउँदै सलाम छडकाउँदै मासिक तलब प्राप्त गर्नको लागि । गोर्खा सैनिकहरुले बैंक खाता खोल्न पाउने प्रावधान शुरु हुदै गर्दा । ब्रुनाई भूमध्य रेखाको ईर्दा गिर्दामा अवस्थित देश गर्मीको चरमचूली घना जङ्गल सैनिकहरुले रणकौशल सिक्ने बातावरण स्क्वाट वन बनेर खुकुरीले जङ्गल फाँड्दै बाटो बनाउनु पर्ने बाध्यता कनिष्ट सिपाहीको । बेतका काँडा र अन्य रुखका हाँगा छड्केहरुले क्षतबिक्षत रगाताम्य हातहरु । तिर्खाले छटपटी आँतहरु बँदेलको आहालमा तृप्त । अनेकानेक जङ्गली किराफट्याँङ्ग्रा सर्प बिच्छी आदिका टोकाई ।



सैन्यदलको मुख्य आखडामा अनेकानेक कामहरुमा ब्यस्त । एक कनिष्ट सिपाही बेयरा झाडुवाला मेतर कान्छा । बिशिष्ठ भ्रमण ताका सिरमुर गार्ड । सधैंको चड्के सिपाही छाला र अस्थिपाजरले मात्र अडिएको छड्के सिपाही । गुरुजीहरुको भनाई हेर चड्के ती भर्खरै परीवार लिएर आएकाहरुलाई सहुलियतार्थ समय दिनु पर्छ।” चड्केले चार गुणन घडीको सेकेण्ड काँटा झैं फनफन्ती घुमेर धपेडी घाममा काम गर्दा एक चौथाई तलब मात्र हात लाग्दथ्यो ज्येष्ठ सिपाहीैको दाँजोमा । सँघार रुघ्ने दर्वान सानो छहारी रातभरीको हुरी-बतास र हात्ती सुँढे झरी । दिन दहाडै अन्याय र अत्याचारको पिरलो । कनिष्ठ र ज्येष्ठ सिपाहीको मासिक तलब समान भएको सपना सजाउने चड्के को सपना बि्रगेड अफ गोर्खाजको नयाँ ट्याकस ।



ँकायर हुनुभन्दा मर्नु निको” मुखमा नपसेको अमिलो अङ्गुर । लाली र काली पूर्वेली र पश्चिमेली भनेर जोसाईन्दा कठपुतली बनेर अनायसै कैंयौं पटकका नाचहरुमा बुर्लुक्क उप्रुन्दै बर्लङ्ग पछारिएको छ भूईंमा । संकोचित भावना पालेर गोर्खा पल्टन मै मात्र सिमित नरहेर खुल्ला नीति अपनाएर दक्ष जवानहरु जल थल र नवका सम्पूर्ण ओहदा आँक्ने फाईटर र ट्याँक हाँक्ने चिकिच्सक र प्रशिक्षक बन्ने सपनाहरु- खुल्लाद्वारको सँघारमा उभिएर दङ्गदास ।

बहादुर मात्र बने ट्याड्ढले किच्न बेर नलाग्ने । पुरानो भाषिक शैक्षिक प्रणालीमा बिषेश फेर बदल हुनु पर्ने स्वप्नको साकार मा केही थप जानकारी । पल्टन घरमा सैन्यहरुलाई सिकाईने एस। एल। पि। स्ट्याण्डर्ड ल्याङ्ग्जेव प्रोफाईल अवकाश पछि कतै मान्यता प्राप्त नभएको मा उ अवाक बन्दछ परिभाषित आँखाहरु ल्ााेलाएको बेला केही हेरफेर भएकोमा हर्षित । यद्यपि युवा पिढीहरुले कार्यरत छँदै अध्ययन जारी राख्न सके बाहिरी संसारमा अवतरण हुँदा महत्वपूर्ण भूमिका निभाउन सकिने । युगानुसार नयाँ पिढीले त्यो घुम्तिसम्म आई पुग्दा ईतिहासलाई फर्किएर हेर्नु पर्ने र त्यसलाई बिकसित रुप िदंदै अघि बढ्नु पर्ने स्वर्णिम स्वप्नमा चुर्लुम्ौ डुबेको छ ऊ ।



बिगतमा झैं पारिवारीक दुरी हटाईनु पर्ने शैक्षिक-बौद्धिक प्राविधिक कार्यक्रमको सिलसिलाबद्धरुपमा तय गरिनु पर्ने तरङ्गमा उताव चढाव हुदै गर्दा पल्टने सन्ततिहरुले पाएको अवसरलाई सदुपयोग गर्नु पर्ने जोड । बिहानी झुल्को नयाँ िपंढी भविष्यको कर्णधार दर्वान देखि प्रधान मन्त्री सम्मको सपना भविष्यको गर्भमा सुरक्षित । प्रवासमा आर्जेको बौद्धिक आर्थिक सामाजिक भौतिक नैतिक बस्तुहरु म्ाातृभूमीको बिकासार्थ प्रयोग गरिएको बिदेशिएका सबै स्वदेश फर्कदै सेवारत । नेपाल शरणम गच्छामी यत्रतत्र । निबृत्तिभरण सहितका अनेकौं सुबिधामा अलग नीति हट्नु पर्ने स्वप्नमा दङ्गदास एक्काईसौं शताद्विको संघारमा उभिएर पारदर्शिताको स्वागातार्थ ऊ ।

लघु कथा- असहमती


बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।



यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो।मुख्य तयारी समिती,सदस्यता बिस्तार समिति,भाषा, धर्म,जाति,परम्परा,संस्कृति,सभ्यता,भेसभुषा र साहित्य संबर्धन समिति,कोश परिचालन समिति,आकस्मिक सहयोग समिति,खेलकुद समिति,सल्लाहाकार समिति,जनचेतना अभियान समिति,जनसंपर्क समिति,निर्माण समिति,साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरु बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरु बने। प्रस्तावित नाम र निर्णयहरुलाई सतप्रतिशत उपस्थितिले अनुमोदन गर्‍यो।

सहमती र समर्थनका नाममा बजेको तालिले सभाकक्ष गुन्जयमान भयो।



कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देसप्रेमी समाजसेवीहरुलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाती र देशका नाममा एकजुट हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरीक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।



भोजमा सबैले दिल खोलेर मिस्टान परिकारहरु जिब्रो पट्काउदै खाए र बिकासे मदिरा पिए।आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रसंसा गरे।

भोली पल्ट बिहानै स्थानिय बित्धुतिय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरुले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमती नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो-



"हामीहरु कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको,देश र समाज प्रती सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जाती प्रती बिनासर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमती नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।"

सेतु

सेतबबहादुरलाई आफ्नो नाम पनि लामो एवम् भद्दा लाग्न थाल्छ । सेतबहादुरबाट सेतु वनाउछ । नाम मात्र होइन उसलाई आफ्नो वसाई एवम् रहन सहन उस्तै पट्यार लाग्न थाल्छ । घर हेर्छ कुनै छनक मिलेको छैन । सानो झुप्रो फुसले छाएको एक तले घर छ । ऊ संझन्छ कहाको मुम्वइको होटलको सानदार कोठा कहाको आफ्नो एक तले फुसको छानो भएको कच्ची घर । ऊ वेर गर्दैन । आफ्नो झुप्रोलाई छाडेर नजिकैको वजारम डेरा सार्छ । त्यहीबाट नयाँ जीवनीको सुरुवात गर्ने सोच लिएर ।



मिठो खाने राम्रो लाउने इच्छा सवैमा हुन्छ । त्यही इच्छा सेतुमा पनि थियो । त्यसकै खातिर ऊ मुङ्लानल तिर हानिएको थियो । मुङ्लान्मा गएर एउटा होटलमा काम गरेकोे थियो । दुई चार लाख लिएर आएको थियो ।

आफुलाई पुर्ण रुपमा वदलेको सेतबहादरुले आफ्नो गाउँ केही पनि वदलिएको नपाए पछि ऊ दिक्क मान्छ । उही गाउँ, उही फुसले छाएका स–साना फुसले छाएका घर । उही पाखो वारी । उही भिरालो वाटो । आफ्नो गाउँ, झुप्रोलाई मुङ्लानको भव्य एवम् सानदार होटर र त्यसका कोठा संग तुलना गर्न पुग्छ । त्यहा प्राप्त सुविधा संग तुलना गर्न खोज्छ । सवै कुराको कमी भएको पाउछ । यस्ता पनि के जिन्दगी भन्दै तुरुन्त झुप्रोलाई छाडेर नजिकैको वजारमा डेरा गरेर वस्न थाल्छ ।



मुङ्लानबाट आए यता सेतुको व्यबहारमा पनि आकाश पतालको परिवर्तन आएको छ । खानपान देखि लिएर बोली चालीमा सम्म । ऊ वोल्दा आधा जसो हिन्दी मिसाएर वोल्छ । दिनहु जसो होटल रेष्टुरा धाउन थाल्छ । खादा पनि लोकल ठर्राको सट्टामा ब्रण्डी र ह्वीस्की मात्र मगाउछ । जीवन दुई दीनको लागि हो । मोज मस्ती गर्नु पर्छ । सम्पती भनेको त हातको मैला हो । आउछ जान्छ । जवानीमा मस्ती गरिएन भने कहिले गर्ने र ?” सेतु खाएको वेलामा यस्तै यस्तै बिचारहरु ओकल्ने गर्दछ ।



सेतुको यो रुपान्तरित जीवन लामो सम्म टिक्न सक्दैन । आफु संग भए भरको सम्पती साथी संगी संग मोज मस्तीमै उडाइदिन्छ । ऊ हेर्दा हेर्दै टाट पल्टिन पुग्छ । दिनहु हुस्की र ब्राण्डी नभइ नहुनेमा अव ऊ एक कप चिया किनेर खाने अवस्थामा पनि हुदैन । उसले घर खर्च छोरीको स्कुलको शुल्क देखि लिएर डेरा भाडा तिर्न गरेर मासिक रुपमा तीनहजार भन्दा बढि खर्च पुर्याउनु पर्छ । त्यसैवेला श्रीमति पनि विमारी पर्छे । अस्पतालमा श्रीमतिलाई भर्ना त गर्छ तर उसंग औषधी किन्ने पैसा हुदैन । साथी भाइ संग सहयोगको हात पसार्छ । हिजे मोज मस्तीमा सहभागिता जनाउने उसका साथीभाईहरु सहयोग गर्नु त कता हो कता उसलाई भेटन पनि आउन छाड्छन । सेतु मर्नु न बाच्नु हन्छ । ऊ शहरबाट गाउँ फर्कन्छ । पुरानै झुपडीलाइ लिपपोत गरेर त्यही बस्न थाल्छन ।

वालकथा

धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षिहरु प्नि मानिस जस्तै वोल्दथे । त्यसताका जनावर र पशुपंक्षि वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षि र जनावरहरुको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरु जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरुले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरुले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे । कसैको केही उपाए चलेन । निकै सोच विचार गरे । अन्तत उनीहरु आ–आफ्नो शुरक्षाका लागि आफ्नै समाज निर्माण गर्ने निर्णयमा पुगे । त्यसैले त्यसताका जनावरको राज्य छुट्टै निर्माण भएको थियो । सवैले आफ्नो शुरक्षाको लागि सिंहलाई राजा बनाएका थिए । त्यसै गरि चरा जातिले पनि आफ्नो राज्य निर्माण गरी गरुढलाई राजा बनाएका थिए । जनावर र चराजातीहरुले आफ्नो राज्यमा आ–आफ्नै कानुन पनि बनाएका थिए । समय वित्दै जादा राजाले आफ्नो शक्ति मजबुत पार्दै गयो । उसले कानुन पनि आफ्नै अनुकुल बनाउदै गयो । समाजका जनावरलाई विस्तारै चेतनाबाट बन्धक वनाउने तर्फ कानुनहरु निर्माण गरिदै लगियो । जनावरहरु एकआपसमा समेत मित्रता गर्न नपाउने भए । संगै बसेर छलफल गर्न पनि बन्देज लगाइयो ।



दिनभरिको आफ्नो आहारा जुटाउन जान पनि राजाको आज्ञा लिनु पर्ने भयो । उसको विरोध गर्नु त के राजा तर्फ सिधा हेर्न समेत नपाइने भयो । धरै कालसम्म यस्तै रित चल्दै आयो । जनावरहरुलाई आफुले बनाएको राजा हो भन्ने पनि पछिका सन्ततिले भुल्दै गए । राजा भनेको त देवादी देवताले नै बनाई पठाएको हो भन्ने भनाइको सविस्तार हुदै गयो । सवै जनावरहरुले राजालाई देवदुतको रुपमा मान्न थाले । राजाको आज्ञाको शिरोपर नगरे त धरै थिएन । यसरी राजा आफुसंग पुरै अधिकार पाए पछि क्रुर र घमण्डी बन्दै गयो । सम्पुर्ण कानुन उसले नै बनाउने र आफूले चाही कानुन तोड्न थाल्यो । त्यतिखेर राजाको वोली नै कानुन सरह हुन थाल्योे ।

राजा सिहंले आफ्नो कानुन आफै बनायो । जस अनुसार सवै जनावरले राजाको सम्मानार्थ उसको दरवारमा उपस्थित हुनुपर्ने भयो । राजको आहाराको लागि सवै जनावरहरुबाट पालो पालो गरि दैनिक एक एकले आफ्नो वलिचडाउनु पर्ने भयो । यसरी आफ्नो वली चडाएका जनावरहरु सिधै स्वर्ग पुग्ने छन भन्ने भनाईको मान्यतालाई सवैमा विश्वस्त पारियो । त्यसैले सिंहले दैनिक एक एक जनावरलाई मारेर खान थाल्यो ।



उता चराजतीका राजा गरुढले पनि त्यहीकुराको देखा सिकी गरिसकेको थियो । उसले पनि आफ्ना राज्यवाट दैनिक जसो एउटा एउटा चरालाई मारेर खाने गरेको थियो । यसरी आफ्ना प्रजालाई मारेर आफ्नो भोक प्यास मेटाउन मै सिंह र गरुढ व्यस्त हुन थाले । उनीहरुमा कसै प्रति दयामाया हुदैनथ्यो । कसैले पनि राजाको विरोध गर्न पाउन्नथ्यो । यदि कसैले विरोध गर्यो भने पालै नआएपनि शिकार हुनु पर्दथ्यो ।



यसैगरी कैयौ वर्ष वित्दै गयो । जंगलका जनावर र आकासका चराहरुको संख्या पातलो हुदै गयो । त्यसै जगंलको किनारमा व्वासो र सुगा एउटा बुढो रुखको फेदमा संगै वस्दथे । उनीहरु दुवै अती घनिष्ठ मित्र थिए । एक अर्का प्रति अतिनै सहयोग र सदभाव गर्दथे । दुवैका दुःख सुख वारेमा एक अर्काप्रतिको मर्म वुझ्दथे । दुवै दिनभर आ–आफ्नो आहाराको खोजीमा टाढा टाढा सम्म जान्थे र साझ परेपछि दुवै जना त्यही रुखमा वास वस्न आउने गर्दथे । दिनभरका आफ्ना तिता मिठा अनुभवहरु एक अर्कामा साटासाट गर्दथे । यसरी एकले अर्काको कुरा सुन्न पाउदा उनीहरुलाई अत्यन्तै रमाइलो लाग्दथ्यो । त्यसरी उनीहरु दिनभरको थकाई विर्सन्थे र रुखको टोढकामा नै निधाउन पुग्थे ।



एक दिनको कुरा हो सुगा विहान उठेर आफ्नो आहारा खोज्न जादै थियो । त्यसै वखत गरुढको मन्त्री चिल वाटामा भेट भयो । चिल निकै छाँट वाट संग कड्कीलो स्वभावको थियो । उसले टाढैबाट सुगालाई रोक्न आफ्नो दुत कागलाई पठायो । कागले दिएको सुचनाको आधारमा सुगाले गरुढलाई कुरेर बस्यो । नभन्दै गरुढ पनि ठुलो गड्गढाहट स्वरमा आयो र भन्यो । हेर सुगा राजको सुचना अनुसार म यहा आएको हु । त भोलि विहानै नुहाई धुहाई गरेर सफा सुग्घर बनी दरवारमा समयमै उपस्थीत हुनु । भोलि राजको भोजन गराउने तेरो पालो छ । राजको हुकुम हो यो, अन्यथा नगर्नु भन्दै गरुढ कड्कदै आदेश दिएर गयो । सुगालाई त्यो कुरा सुने पछि मनमनै असाध्यै खिन्नता भयो । शरिर त्यसै कामेर आयो । उसको दिमागमा के गरौं के नगरौं जस्तो भयो । हुनत जन्मे पछि एक दिन आवस्य मर्नु पर्छ भन्ने उसलाई थाहा थियो । तै पनि मर्नबाट सवैलाई डर लग्दो रहेछ । सवैलाई लामो समय सम्म वाच्न मन लाग्छ । त्यसमा पनि प्रकृतिको नियम विपरित उसलाई आफुले यति छिटो मर्नुपर्ला भनेर सय मनमा एक मन पनि कहिलै सोचेको थिएन । एक्कासी त्यो सुचना पाए पछि ऊ अगाडि बढ्न सकेन । अव के का लागि आहारा खोज्न जाने । भोलि त आफै अरुको आहारा बन्नु पर्ने छ । एक दिन त नखाइकन पनि बाचिन्छ भन्दै ऊ वाटो वाटै फरक्क फर्की आफ्नो वासस्थान तर्फ लाग्यो । वासस्थानमा पुगे पछि त्यसै भुइमा पछारियो र आफ्नो साथी व्वासोलाई संझिन पुग्यो । शरिरका सवै नसा तरंगित हुनथाले । भोलिबाट व्वासोको साथी कोहि हुने छैन । ऊ एक्लो हुने छ । मलाई संझेर रुने छ । विलौना गर्ने छ । ऊ पनि नखाई नखाई दुव्लाउने छ भन्ने सुगालाई लाग्यो । ब्वासो एक्लै भएपछि उसले यो आफ्नो गुड पनि छाड्ला भन्ने लाग्यो । अनि यो रुखको स्याहार गर्ने कोहि पनि हुने छैनन । कसैको स्याहार नपाए पछि यो बुढो रुख त्यसै ढल्ने छ भन्ने चिन्ता लाग्यो । सकभर आफ्नो साथीलाई यो रुखको स्याहार सुसार गर्नलाई अनुरोध गर्नु पार्यो । उसले विवाह गरेर यसै रुखको तल घरजम गरी वस्नलाई पनि अनुरोध गर्ने निश्चय गर्यो । यस्तै यस्तै सोच्दै उसको दिन वित्यो । दिन लामो भए पनि वितेको उसलाई थाहनै भएन ।



साझ परेपछि ब्वासो पनि वासस्थान तर्फ फर्कियो । त्यस दिन ब्वासो आफ्नो खाने आहारा नजिकै भेटेको हुदा अलि चाडै फर्केको थियो । आज आफु छिट्टो फर्केकोले बासस्थानमा एक्लै के गरेर सुगालाई पर्खने भन्ने बारेमा सोच्दै बाटामा पनि ढिलो ढिलो गरी आउदै थियो । बाटोमा एक गफाडी मुसासंग भेट भयो । मुसाले ब्वासोलाई गफ गरेर भुलाउने बिचार गर्यो र आफ्नो कथाको गफनिकाल्दै भन्यो । एक दिन ऊ तीनवटा विरालो संग बाच्न सफल भएको कुरा, आफ्ना बाबु आमालाई भेट्न जाउ भन्दै तीनैवटा बिरालोलाई दुलोमा छिराई आफुले बहिरबाट माटोले बन्दगरी मर्नबाट जोगिएको थियो । भन्ने सारा वृतान्त सुनेर भ्याउदा पनि ब्वासो चाडो नै आएको थियो । आफु आएको कुरा र मुसाको कथा आज सुगालाई भन्न पाईने भएकोले ब्वासो ज्यादै खुशी थियो । जब ऊ आईपुग्यो आफुभन्दा पहिलै नै आएर सुगालाई सुतिरहेको देख्दा ब्वासो अचम्म पर्यो । कतै असञ्चो भएर त होइन भन्ने चिन्ता पनि लाग्यो । उसले मनमनै भगवानलाई पुकार्यो ।



ब्वासो सुगाको नजिक गएर बिस्तारै बस्यो । सुगालाई भने निद्रा लागेकै थिएन । मनभरी चिन्ता लिएर पल्टीमात्र रहेको थियो । साथी आएको उसले टाढैबाट थाहा पाएको थियो । तर उसले आवाज नै निकाल्न सकेको थिएन । निन्याउरो अनुहार, आँखाबाट आसुझार्दै साथीलाई हेरीरहन बाहेक केही वोल्न सकिरहेको थिएन । उसको यस्तो अवस्था देखेर ब्वासो आत्तियो । उसलालई सबै भन्दा प्यारो साथीलाई पक्कै के भएको छ भन्ने लाग्यो र झन चिन्तित बन्दै सोध्यो –साथी तिमीलाई के भयो आज ? विसञ्चो भयो कि के भयो भन्दै मलिन स्वरमा सोध्यो ।



सुगालाई आफ्नो साथी झन चिन्तित भएको देख्दा झन मुटुभरी अमिलो भएर आयो । ऊ आसु झार्दै साथीलाई हेर्न थाल्यो । केही वोल्न सकेन । कसरी उत्तर दिऊँ । मुखमा वोलीनै फुट्दैन भन्ने लाग्यो । धेरै बेर पछि हिम्मत गर्दै बिस्तार संग मधुरो स्वारमा रुदै भन्न थाल्यो । तिम्रो यो साथी भोलिबाट नरहने भयो । तिमीले यति धेरै माया दिएकोले झन मलाई बोझ भइरहेको छ । तिमीले मलाई बिर्सीनु पर्छ । यसरी सधै को कहा संगै सधैभरी रहन सकेको छ र । त्यसैले म नभए पनि तिमी हाँसी खुशी रमायौ भने मलाई स्वर्गमा पनि आनन्द होला । म नभए पनि तिमीले विवाह गरेर बस्नु । अन्तमा मेरो एउटा अनुरोध छ तिमी जहा गएपनि यो हाम्रो बासस्थानको माया नभुल्नु । ब्वासीनीको साथमा यही बुढो रुखको स्याहार गरेर बस्नु भन्दै अन्तिम विदा माग्दै भन्यो ।



सुगाको यस्तो कुरा सुन्दा ब्वासो छक्क पर्यो । सोच्यो आज आफ्नो साथीले के भएर यस्तो कुरा गर्दैछ भन्ने लाग्यो । पक्कै पनि उसलाई कुनै आपति परेको हुनु पर्दछ । हैन भने आजसम्म उसले यस्तो कुरा कहिलै गरेको थिएन । कहिले काही मैले हाँसो ठट्टा गर्दा पनि ऊ गम्भिर हुने गर्दथ्यो । मलाई सधै राम्रा अर्ति दिने गर्दथ्यो । कुनै खतरा आइपर्दा पनि उसैले बच्ने उपाए निकाल्थ्यो । आत्तिनु हुदैन भनेर मलाई सम्झाउथ्यो । मिठा मिठा कुराहरु गरेर भुल्यााउथ्यो । मधुरो स्वरमा गीत गाएर सुनाउथ्यो । साधारण समस्या त उसको लागि केहि पनि हुदैनथ्यो । आज उसलाई के आपति परेको रहेछ मैले बुझ्नै पर्छ भन्ने सोचेर ब्वासोले सुगालाई संझाउदै सोध्यो – “मेरो साथी तिमी यो के भनिरहेकाछौ ? म त केही पनि बुझिरहेको छुइन नि । तिमी यस्तो के कुरा गर्दैछौ ? तिमी विना त म एक छिन पनि रहन सक्दिन । तिमी म भन्दा झन बाठा छौ । सहनसिल छौ । अनेक जुक्ति सोच्न सक्छौ । अनि के आपति प–यो र तिमी मलाई यस्ता कुरा गरिरहेका छौ । बरु भन के भयो । दुवैले सल्लाह गरेर तिम्रो समस्याबाट मुक्त हुन पो सकिन्छ कि ? तिमीले मलाई यस्तो कुरा गर्न सुहाउदैन । मर्न नै पर्ने भए हामी दुवै मरौला ।



ब्वासोको यस्तो कुरा सुन्दा सुगालाई झन अव के भनेर सम्झाउने भन्ने अप्ठारोमा पा–यो । के भनेर सम्झऊ भन्ने डर लाग्यो । भन्न लाग्यो –हामीहरु छुट्टै जातीका जन्तु भए पनि हाम्रो मित्रता ज्यादै घनिष्ठ छ । हाम्रो यो मित्रता आदिमकाल सम्म पनि अमर रहने छ । यसमा कुनै सन्देह छैन । हामी माथी कुनै नियमहरु प्रकृतिले बनाएका छन भने कुनै नियमहरु हामीले बनाएका छौ । कतिपय नियमहरु हामी माथी बाध्यतावश लगाईएको हुन्छन । त्यो हामी नकार्न सक्दैनौ । बाध्यतामा हामीहरु एका एक होमीरहेका हुन्छौ । थाहा छ, सवैको एक मत छ तर एकता छैन । कसैले आवाज उठाउन सक्दैन । आवाज उठायो भने पनि कसैले सुन्दैनन । यसमा केही उपाए गरेर पनि बच्न सकिने अवस्था हुदैन । घेरामा परेपछि सवैलाई बाध्यतानै हुन्छ आफ्नो आहुति दिन । म यसवारे सवै तिमीलाई नभनेर कसलाई भन्न सक्छु र । तिमीलाई सुनाउन भनेरै म यहा आएर दिन भर पर्खेको छु भन्दै आफ्नो दिनभरि भएको र त्यो मन्त्रि आएर सुनाएको समाचार भन्छ । आफु आफ्नो राजाको शिकार हुनु पर्ने । भोलिको पालो आफु कसैगरी टार्न नसक्ने सवै वृतान्त सुगाले आफ्नो साथी ब्वासोलाइ सुनायो ।



सुगाको यस्तो कुरा सुने पछि ब्वासोको पनि मन करुण भएर आयो । उसललाई के गर्ने के नगर्ने भयो । उसले मनमनै उपायहरु सोच्यो । आफुलाई मुसाले भनेको कथा पनि याद आयो । आफुले दिनमा भेटेको मरेको गोरुको आन्द्राभुडी निकालेर छोडेको पनि सम्झियो र साथीलाई संझाउदै भन्यो– तिमी अतिनु पर्दैन म भोलि बिहान तिम्रा राजा गरुढकहा जाने छु सम्झाउदा माने भने भइहाल्यो । नत्र अनुरोध गर्दछु । कतै केहि उपाए लागेन भने अनि सोचौला । अहिलेलाई धेरै चिन्ता लिनु भन्दा भोलि कुनै उपाए निक्लिहाल्यो भने सवैको भलाई होला भन्दै दुवै सुत्न गए ।



भोलिपल्ट बिहान ब्वासो गरुढको दरवारमा पुगयो । चतुर ब्वासोले दरवारको गेटमा पुगेर पाले संग भन्यो तिमीहरुको राजालाई यहा डाक । म हाम्रो राजा सिंहले बोलाउन पठाएर आएको हु । हाम्रो दरवारमा अहिले अफर्झट बैठक बस्नुपरेको छ भनि मलाई लिन पठाइबक्सेको हुदा म लिन आएको हुँ । पाले कत्ति पनि ढिलो नगरी राजाकहा पुग्यो र व्वासोको कुरा सुनायो । गरुढले पनि सिंह राजाले आफुलाइ के अर्फझट प–यो होला भन्दै ब्वासोलाई सम्मान सित भित्र ल्याई आफु समक्ष पेश गर्न लगायो । ब्वासोलाई दरवारको बैठक कोठामा लगेर राजा समक्ष प्रस्तुत गराइयो । त्यसै अवसरमा चतुर व्वाँसोले पनि कुरा मिलाउदै भन्यो । हाम्राराजा सिंहले आजबाट नयाँ नियम निकाली आफ्ना प्रजालाई नखाने र आफ्नै छोरा छोरी जस्तै गरी माया गर्नै भन्ने निर्णय गर्नु भएको छ । यही प्रस्ताव तपाई सामु पनिराख्नु भएको छ । हजुरको राय वुझ्न चाहानु भएको छ । त्यही खवर लिएर म आएको हुँ भन्यो । गरुढलाई यो कुराको चित्त बुझेन । कतै सिंहले प्रजाको हत्या नगर्ने भनेर घोषणा त गर्दैनन । बरु चाँडो गएर यो कामलाई रोक्नु प–यो भन्दै ब्वाँसो संग हिडेर जाने निर्णय गर्यो ।

यसरी ब्वासो अघि अघि गरुढ राजा पछि पछि गरेर ठुलो जंगलको बाटो हिडे । राजदरवारमा पंक्षिहरुलाइ मार्दै खादै गरेका राजा केहि वेर हिड्ना साथ भोक र थकाइ बाट गलस्त परिहाल्यो । उसले ब्वासोलाइ केही खाने कुराको इन्तजाम गर्न भन्यो । ब्वासोले पनि यहि मौकामा आफुले हिजै मात्र खाएर बचेको गोरुको मासु खानु पर्छ भन्योे । खाने भने पछि उसको मुखबाट र–याल छुटेर आयो । लौ भन कहा छ त्यो गोरु तुरुन्तै लगिहाल । ब्वासोले गरुढलाई आफुले हिजो मात्र छोडेको गोरुको पेटको प्वाललाई केहि ठुलो बनाई भित्र पसायो । हिडाइको थकाइले गलित भएको गरुड गोरुको आन्द्रा भँुडी खादाखादै भुसुकै निदायो । तर व्वाँसो भने बाहिर आयो । छाला तनक्क तन्काई प्वाललाई थुनि दियो । दिनको टन्टलापुर घाममा गोरुको छालसुकेर भुडि कसक्क भयो । प्वाल बाहिरको छाला तन्किएर अझ बलियोसंग बन्द भयो । भित्र सुतेको गरुढ ब्युझदा त सवै प्वालहरु बन्द भै सकेका थिए । ऊ रात परेछ क्यारे भन्दै अझ सुत्दै गयो । तर कहिलै पनि उज्याले भएन । अन्तत गरुढ गोरुको छाला भित्र थुनिएर म–यो । यसरी आफ्नो साथीको ज्यान वचाएर बेलुकी व्वासो बासस्थानमा फर्कियो ।

नयाँ जीवन पाएपछि सुगालाई पनि केही कृित गर्न मन लाग्यो । उसले नजिकको शिमलको रुख आफ्नो ठुँडले खोपेर महल तयार पार्यो । आफुलाई जस्तै आपत एक दिन आफ्नो साथीलाई पनि आउन सक्ने कुराको सुगाले महसुस गरेको थियो । सिंह ज्यादै बाठो र बलियो थिया । गरुढलाई जस्तो गरेर सजिलै सित थुन्न पनि सक्ने अवस्था थिएन । सुँगाले अनेक जुक्ति सोच्यो । अनेक उपाय रच्यो । दैनिक रुपमा सिंहको कमजोरी पत्तालगाउन दरवारमा लुकेर चियो गर्न थाल्यो । अन्तत उसले एक जुक्ति निकाल्यो ।

एक दिन सुगा राजाको दरबारमा गयो । मैले जीवन भर लगाएर एक महल बनाएको छु । राजा भनेका देवताको रुप हुन्छन । त्यसैले म जिवित छदै राजालाई दान गर्नपाए भने देवताले मलाई आवस्य पनि मेरा सवै पाप नास हुने छन । मरेपछि पनि स्वर्गमा बास दिने छन । त्यसैले म महल दान दिन चाहान्छु भन्यो । लोभी सिंह सितैमा पाए अलकत्र पनि नछाड्ने खालको थियो । त्यो कुरा सुगाले राम्ररी बुझेको थियो । सुँगाको यस्तो प्रस्ताव सुन्न साथ बिहानको पुजा आराधनामा बसेको सिंह एक्कासी बाहिर निस्कियो ।

“तिमी त बास्तवमा निकै बुद्धीमानी रहेछौ । यस्तो शुभ काममा रत्तीभर ढिलाई गर्न हुदैन भन्यो” । उसलाई मनमनै कस्तो महल दिन खोज्यो भनी हेर्नजान उत्सुक भयो । लौ भन कहा छ त्यो महल मलाई अहिले नै देखाइहाल भन्दै हिड्न तयार भइहाल्यो । सुगाले पनि मौकाको चौका छोपिहाल्यो । सिंहलाई लिएर खुरुखुरु सिमलको फेदमा पुगिहाल्यो र ढोका खोली भित्र पसायो । सिंह दरवारको लागि उपयुक्त रहेछ भनी माथी माथी हेर्दै गयो । सुगालाई धन्यबाद दिदै अहिले नै आफ्ना मन्त्रिहरुलाई डाकी ल्याउन सुगालाई नै खबर पठायो । सुगाले आफु नआउन्जेल सम्म महलमा नै बस्नु भन्दै बाहिरबाट ढोकामा ताल्चा लगाई दियो । सिहंलाई आफुले थुनेको कसैलाई पनि भनेन । अन्तत सिंह राजाको अन्त भयो । यसरी सुगाले सिंहको अन्त्य गरी आफ्नो साथीको पैचो तिर्यो ।