बुधवार, 25 मई 2011

कुहिरोभित्रको काग

जनआन्दोलनको विशाल भीडमा म हराइरहेको छु । सयौ“, हजारौ“, लाखौ“ मानिसहरू नारा लाउ“दै सभा हुने �� ाउ“मा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नया“ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएको छु यो आ“सुको सागरमा । जुलुसबाहेक अरू सम्पर्ूण्ा कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा �� ेलाको आडमा बसेर म हर्ेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आ“खा भेट्छु कि भनेर अ“ाखा दौडाउ“छु । आ“खाहरू निराश हुन्छन् । अलिक पर 'पत्रकार' लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडव|mस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आ“खाहरूले पछ्याएझ“ै लाग्छ । ती आ“खाहरू कालो चस्माभ्रि्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझै“ लाग्छ । म यथावत् रूपमा �� ेलामा अडेस लगाएर उभिरहेको छु अनि हेरिरहेको छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यव|mम सञ्चालक शान्तिपर्ूण्ा सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवय्रि्री कवितापा�� गर्छिन् । राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझि्दन“ । म केही र्सतर्क ह“ुदै चारैतिर आ“खा दौडाउ“छु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सर्ेेभागदौड हुनसक्छ । फेरि पनि ती जोरआ“खाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यव|mमतिर ध्यान बटुल्छु ।



एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारीहरू उत्तेजित ह“दै नाच्न थाल्छन् । म आफ्नै �� ाउ“बाट मौन र्समर्थन जनाउ“छु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म र्सतर्कता अपनाउने व|mममा फेरि आ“खा दौडाउ“छु । फेरि उही आ“खाले पछ्याएको पाउ“छु । म आफूलाई लुकाउ“छु र चोर नजरले हर्ेर्छर्ुु फेरि पनि ममाथि आ“खाहरू बिछ्याएको नै पाउ“छु । कतै चिरपरिचित हो कि म ध्यान बङग््याउ“छु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिर्सट लगाउनुपर्ने, म एक्लि“दै कार्यव|mमतिर ध्यान बटार्छर्ुु �� ेलामा का“व|mा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउ“छन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हूलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हर्ेछन् - हुन त पुरुषलाई हर्ेर्ने नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकषिर्त गर्न सकू“ �� ऊ मेरो छेउमा आउ“छ ।



"म्ालाई चिन्नुभएन -" अप्रत्याशित शब्दहरूले मलाई आव|mमण गर्छन् । म झस्कन्छु ।



"अह“ �� "



"ल, अब भन्नोस् �� " उसले चस्मा फुकाल्छ ।



"त्ापार्इ“ श्रीकान्त नेपाल �� " मेरो मुखबाट अनायास निस्कन्छ ।



"हो ।" बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परे“ ।



"त्ापाई“ किन त्यस झुन्डमा -"



"म्ा पत्रकार हु“ ।"



श्रीकान्तले 'कार' उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपा�� ी थिय“ौ“ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनीनसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्ष देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हर्ेर्छर्ुु किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रा“ै दिनदेखिको जनआन्दोलन चरम उत्कर्षा पुगेको छ । कतिचोटि कतिपय �� ाउ“मा पत्रकारहरू स्वयम्ले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको बज्रप्ाात पनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्रप्रतिको आस्था मरेर तेह्रा“ै दिनको काम कपाल समेत खौरेर गरेका थिए ।



''म पत्रकारलाई इज्जत गर्छु'' मैले छोटकरीमा भने“ ।



करिब दस वर्षछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घा“टीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकूल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपथ्र्यो भने ऊ अरूको बचाउका लागि कुदनुपर्ने अवस्था थियो । त्यसैले परिवेशप्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिए“ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आव|mोशित थियो ।



ऊ कसरी, किन यो सहरमा देखा पर्‍यो, कौतुहलको आ“धीले घेर्‍यो मलाई ।



"तपाई“ पत्रकार, तर तपाई“को नाम कतै पत्रिकामा देख्दिन“ नि -" हर्ुर्रि“दो मानसिकताले उत्सुुकता मेटाउने प्रयास गरे“ ।



"म छद्मनामले लेखहरू लेख्छु ।"



म असाम्ाज्स्यको लिङ्गे पिङमा मच्चिन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउ“छु । उसलाई म मेलमार्फ धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चतताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फ आफ्ना मनका धेरै कुराहरू गर्छर्ुु किनभने मुनामदनको मुनासरह म जीवन व्यतीत गरिरहेको छु । आधुनिक मुना भएर किनभने मेरो मदन पनि आधुनिक मदन भइसकेको छ । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा-



'जीवन गहिरो छ, जति बह“दै गयो उति नै गहिरि“दै जा“दो रहेछ । किन हो तपाई“को लेखहरूले मलाई नया“ ऊर्जा दिन्छ । नया“ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधै“ तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरू“-हेरू“ र चुमू“-चुमू“ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपार्इ“का शब्दहरूस“ग उडिरहू“ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफकर्“र्ूूस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।



मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउ“छ । म धकाउ“छु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आ“ट आउ“दैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार �� भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउ“छ र -



एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छर्ुु म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु -



"प्ा्रत्येक दिन म तपाई“को रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिन“ ।"



ऊ प्रायजसो छोटा मेल प�� ाउने गर्छ ।



'तपार्इ“हरूजस्ता पा�� कले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।'



"त्ापार्इ“ अहिले के गर्दै हुनुहुन्छ -" उसको वाक्यले म यथार्थमा पछारिन्छु ।



"त्ापाई“स“ग गफ गर्दै छु ।" म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको कुरा फुस्कन्छ कि - म अझ र्सतर्क हुन्छु ।



भ्ााषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरु कबुरुक उप|m“दै ताली मार्छन् । भाषणले भन्दै छ -



'राजाले गोलीगट्�� ा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौ“ । तर तेह्रौ“ दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फर्ेछ र अत्याचारको भात खाइरहेको छ ।'



भाषणले सबैलाई तताउ“छ । हामी पनि उत्तेजित हु“दै ताली बजाउ“छौ“ ।



"तपार्इ“ कतिको लेखहरू पढ्नुहुन्छ -" उसले मेरो ध्यान मोड्दै सोध्छ ।



"पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेेखहरू खूब चाख दिएर पढ्छु ।" उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।



"म भोलि नै का�� माडौ“ र्फक“दै छु ।" ऊ सानो जानकारी दिन्छ ।



"ए �� किन यति चा“डै -"



"हिजो यहा“ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि का�� माडौ“बाट मानवअधिकार अनुगमनटोलीमा आएको थिए“ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नर्ुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउ“दो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकारवादी भइसकेको छ । जे भए पनि आफूस“गै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउ“दा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई 'सन्देशजी' भनेर बोलाएर लिएर जान्छ ।



सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आ“खाले हेर्छु वातावरण रमाइलो लाग्छ । सूर्यका किरणहरूलाई लुकाउ“दै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तर्राईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आ“खाको पालो आउ“छ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तो लाग्छ । ऊ केही पर साथीहरूस“ग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउ“दा म हषिर्त हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्भिmन्छु- 'कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौ“ होला हैन - सायद तपाइ“को वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपार्इ“लाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बा“च्न चाहन्छु । हामी आ“खामा मात्र विश्वास गर्र्छौ“ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौ“ । जसले हाम्रो सम्बन्धलाई टुक््रयाइदिन्छ । अनि म मी�� ो अनुभूतिबाट सधै“ टाढा हुन विवश हुन्छु ।'



एक्कासि पुलिसको ला�� ी मेरो टाउकामा बजारि“दा म ब्य“ूझन्छु । म भाग्न असफल प्रयासमा छु । पुलिसको ला�� ी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले ला�� ी समाउ“छ । म बेहोस हुन्छु ।



होस आउ“दा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउ“छन्् । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आ“खा दौडाउ“छु । निराश हुन्छु ।



म्ा केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु 'कुमुदिनी, स्वास्थ्य कस्तो छ - भगवान्का कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।'



म्ोलका शब्दले म सन्तुष्ट हुन्छु ।झ्यालबाट बाहिर हेर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझै“ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् । 

माया बाँडिएपछि.....

चन्द्रमा-अँगालोमा भुतुक्क भइरहेको छ लाजले ...! रात त्रि्रो अनुहारमा...अनि झुकेका त्रि्रा आँखाका परेलिहरूभित्र माया बन्दी भएर बस्यो ...! कहिले आँखाको झ्यालबाट ननिक्लिने वाचा-कसममा कसले भन्यो माया शब्द माग्छ भनेर - मौन समयमा धड्किएको मुटुको आवाज अनुभव गरेर हेर....! केही बोल्ने आवश्यकता पर्दैन ...! आँखाहरू आपसेआप दिलको स्थिति बयान गरिदिन्छ ..। यादको दियालो बलिरहृयो .....! नातासम्बन्धको बस्तीमा मायाको दियो बालिराख्दा कहिले मायाको अभाव रहँदैन । तर दियोमा तेल सकिसकेको बेला बत्ती निभेछ, यहाँ पे्रमको अभाव नै अभावले भरिएछ । त्यसैबेला प्रेमबिनाको बस्तीबाट एउटा अन्यौल भित्रियो जीवनमा ...! माया चुपचाप जीवनमा आयो.....! अनि आत्मघाती छाप छाडेर सुस्तरी पाइला फर्काउँदै थियो । मैले आफ्नो छातीको असैहृय पीडालाई हत्केलाले थामेर भनें-ए..करण केहीक्षण पर्ख......! असाध्य विशाल हुन्छ । आकाङ्क्षाको आकाश...अनि त्यतिकै मुस्किल हुन्छ । हरेक आकाङ्क्षालाई साकार बनाउन ....! मनमा हलचलको द्वन्द्व चलिरहेको बेला रातको न्रि्राले पनि कहाँ साथ दिन्छ र - को�� ाको बरण्डामा निक्लन्छे, कविता । निरव रातमा आकाशको फेदबाट बादलका चोइटाहरू बिस्तारै माथि उक्लिरहेथे...जाडो यामको समयको कारण जतिपल्ट कविता हाई..गर्थी - त्यतिपल्ट कविताका हाइबाट निक्लिएको वाफहरू पनि चोइटिंदै-चोइटिंदै बादलसँग मिसिन पुग्थे । त्यसपछि कविता फेरि आएर बिछ्यौनामा पल्टिन्छे । कोल्टे फर्की-फर्की निदाउने कोसिसमा परेलीहरू बन्द मात्र के गरेकी थिई.. । फोनको घन्टी बज्यो टि्रङ्ग-टि्रङ्ग कविता टेबुलल्याम्प बाल्न लाग्दै थिई.. । 'रिमाले फोन उर्�� ाई र मुख बङ्ग्याउँदै कवितालाई रिसिभर थमाइदिई.. रिमा कविताको फुपूकी छोरी थिई । कविताको घरमा एउटा भान्जी पाल्ने चलन थियो । कविताका आँखा भित्तामा झुन्डिरहेको भित्ते घडीमा पर्‍यो, मध्येरातको एक बजिरहेको हुन्छ । रातको एक बजे सुनसान वातावरणमा केही मोटरका आवाज सुनिन्थे । करणले भने 'कविता तिमीबिना मेरो जीवन अधुरो छ ।' तिमीले मलाई स्वीकाछ्र्यौ हैन त - मलाई पूरा विश्वास छ । 'कवि' मलाई निराश पार्ने छैनौ ...! पहिला किन मिलन भएन, आज किन भेट भयो भन्नेपट्ट िलाग्नुभन्दा नयाँ जीवन सुरु गरौँ । करणले फोन राखीदियो । बिछ्यौनामा पल्टिएर झ्यालको खापाबाट...हजारौँ चम्किरहेका ताराबीच आँखा दौडाउँदै कविता सोच्न थाल्छे । भेटेको एकहप्ता भएको छैन । कस्तो साहसी व्यक्ति, पहिला चिनेको भनेर हुन्छ र - मेरो स्वीकृतिबिना नै आफ्नो एकतर्फी निर्ण्र्ाासुनाउँछ - यी केटा मान्छेहरू आफूलाई के �� ान्छन् ...कुन्नि - केटी मान्छेको जिन्दगी चलाउने हक त उनीहरूलाई सुम्पेकै जस्तो.......! हृ हृ हृ घाम डुब्न लागिरहेको छ । क्षितिजनिरबाट बादल बेलगम दौडिरहेछ ....। को�� ाको सुनसान वातावरणमा कविता मनमनै गुन्न थाल्छे..। आफूले माया गरेपछि, उसले पनि आफूलाई त्यतिकै माया गर्ने व्यक्ति नै आफ्नो लागि सही प्रेमी र जीवनसाथी सावित हुनसक्छ - 'करणको प्रस्ताव र साहसले कवितालाई मनमा मी�� ो र्स्पर्शको अनुभव हुन्छ....!



नदेओस् पनि किन - पे्रमको घडा भरिएर पोखिएको कहाँ छ र - मायाले अघाएको पनि को छ र - आज जब मेरो जीवनमा केही खुसी आउन लाग्यो.. सवालै-सवाल गुट्मुटिएर- अँध्यारोको कैदी बनेर....! चाहन्छ र - अचानक विस्मृतिको झलक झल्कियो । मन र मस्तिष्ककोे धेरै वाद-विवाद भइरहृयो । आँखीझ्यालको प्वालबाट मात्र आइरहेको चिसो हावाले कविताको अन्तरको ताप कम भएन । छातीभित्र आगो कतै धपधप बलिरहेको भान हुन्छ । जीवनको गुलाफी पर्दा च्यातेर हर्ेदा जीवन कुरूप र सुन्दरको बीचबाट विरहको सुसेली सुसेल्दै बगिरहेछ.. कविताको मन एक्कासि रसाएर आँखाहरू जलासय भए...। 'रिमाका शब्दहरू तिखा वाणझैं बर्सिन थाल्छन् -करणदाइका पत्नीसँग त सामाजिक बन्धन छ । तपाईंसँग के आधार छ - उता भनें अहोरात्र माइजू तपाईंको चिन्ताले रुँदारुँदा बिरामी भइसक्नुभयो । तपाईंलाई माग्न आउने केटाहरू कत्ति लाइनमा छन् । 'हजुरबाले अन्तिम अवस्थामा भन्नुभएको रेे माइजू अस्ति मसँग रुँदै भन्दै हुनुहुन्थ्यो । हाम्रो गल्तीले गर्दा कविताको जीवन बर्बाद भयो । सानै थिई.., बिचरी उसलाई पत्तै थिएन । हेर बुहारी कविताको अर्को विवाह गरिदिन्छु । कथङ्काल म मरिहाले भनें कसैले नाइनास्ति गर्न पाउने छैनन् । तिमीले कविताको जीवन सफल बनाउनु भन्नुभएको थियो । केही समयपछि ससुराको र्स्वर्गवास भयो । अन्तिम अवस्थासम्म पनि उहाँलाई कविताकै सर्ुताले सताइरहृयो । पुरानो बिचारको ससुराले पनि कविताको जीवन बर्बाद भएको सहन सक्नुभएन । कविता आफैंले एउटा मौका फेरि गुमाई भन्दै हुनुहुन्थ्यो 'कविता भन्छे, बुझ्नु भो दि रिमा अभिभावक मार्गदर्शक हुनसक्छ विधाता हैन व्यक्तिलाई गहिरो सोचले दर्दसिवाय अरूकेही दिँदैन । आखिर करणको जिद्धिपनले कवितालाई हराएरै छाड्यो । करणको एकोहोरो बानिको कारणले गर्दा उसको जीत भयो । कविताले सम्पर्ूण्ा जिन्दगी 'करणलाई सुम्पिदिई.....! त्यसपछि कविताको भूतकाल करणको पे्रमको र्स्पर्शले सम्पर्ूण्ा जलनहरू बिसाइदियो । सुरक्षाको अनुभव पनि भयो । निर्धक्क पे्रमरसमा पौडिएर गहिरो जीवनदृष्टि अनि जीवानुभूतिपर्ूण्ा पे्रम यथार्थ साक्षात्कार गरायो करणको मायाले..। आफूले चाहेको व्यक्तिको मायाको र्स्पर्श यति चमत्कारी हुँदोरहेछ वर्षौंवर्षबुझ्न नसकेका कुरा त्यो र्स्पर्शले क्षणमा बुझाइदियो । तर कविताको आमालाई भने चित्तबुझेको थिएन । कविताको आमाले भनिन् । विवाहित व्यक्तिसँग जोडिएको दोस्रो नारीलाई समाजले कस्तो सम्बोधन गर्छन् - थाहा छ छोरी - रिमा अझै थप्छे हो त 'दिदी' अर्काको पतिको प्रेमिका हुने नारीलाई समाजले कस्तो दर्जामा राख्छ - उसले के भन्न खोजेकी कविताले बुझिसकेकी हुन्छे । मुटुमा हजारौं काँडा रोपिन्छन् । तर पनि भन्छे 'आमा समाजले मलाई के दिएको छ र मेरो दर्जा छुट्याउँछ - समाजले अरूलाई बिगार्न मात्र जान्दछ - सपार्न जान्दैन ...- रिमा बीचैमा बोल्छे- 'दिदी' के प्रमाण छ - 'कविता भन्छे.. प्रकृतिको सृष्टिमध्ये मलाई हावा मन पर्छ किन थाहा छ - हावाले आँधी आउने सङ्केत दिएर त जान्छ - जीवनको आँधी त कत्तिखेर आउँछ पत्तै हुँदैन बिनासङ्केत भत्किसकेको हुन्छ । के गर्नु दिदी तपार्इंलाई राजदाइले कस्तो माया गर्नुहुन्थ्यो तपाईंले वास्तै गर्नुभएन ....! बिचराले तपाईं भनेर यतिका वर्षविवाह नगरी बस्यो...! सात-सात वर्षभयो । कमसेकम त्यो माया त तपाईंको एकलौटि हुन्थ्यो - बिचरा कत्ति वर्षम्म त भन्दै भनेन ।



कविता भन्छे- अर्काको माया नबाँड्ने अ�� ोट लिँदालिँदै पनि पछि गएर करणको मायाप्रति म कत्ति लोभी भएकी हुँला - करणप्रतिको मायाले राजलाई पनि सोच्न भ्याइन । करणलाई भेटेपछि पुरानो स्मृति गहिरो भएर पे्रम जाग्यो रिमा, म मात्र कहाँ सन्तुष्ट छु र - विस्तारै-विस्तारै हाम्रो माया फाटेजस्तो लाग्दैछ....! कहिले बिछोडको त्रासले, कहिले बदनामीको डरले हेर न - काँतर सैनिकको कमान्डर भयो भनें आफैँलाई गोली लाग्छ भनेजस्तै भएको छ मलाई..। करणले स्वीकार पनि गर्न सकेनन्- वहिष्कार पनि गर्न सकेनन् ....! तँ पनि विवाह भएर गइहालिस् । करणकै लागि आमाबुबाबाट अलग्गै बस्न थालेकी थिएँ । आज मेरो जीवनमा र्सवत्र सन्नाटा छाएको छ । केही वर्षा नै उन्मुक्त पे्रम लड्खडाउन पुगेको छ । कविता रिमालाई हेरेर आँखा टलपल पार्छर्ेे रिमा दि...यस्तो कलकलाउँदो जिन्दगी जानाजान नास गर्नुभयो हगि... मैले त पहिला पनि भनेकै थिएँ नि - कविता भक्कानो पार्दै बोल्न थाल्छे......! 'करणले त मसँग विवाहको प्रस्ताव पो राखेको थियो त - अब अहिले आएर उसले मुख मोड्यो त म के गरु..- .'रिमा पनि बरबर आँसु खसाल्न पुग्छे...र भन्छे दिदी अरूको आँसुमा आफ्नो खुसी खोज्ने त केटा मान्छेको आदत नै हो नि - दिदी म अलि छिट्टै जान्छु बरू भोलि सबेरै आउँछु ..भन्दै आफ्नो घरतिर लाग्छे अनि भोलिपल्ट सबेरै रिमा आइपुगी....! 'दिदी हिजो हामीले कुरा मात्र के गरेका थियौँ । मैले त्यहीँ तल बस कर्ुदा राजदाइलाई भेटें तपाईंलाई पर्खंदार्-पर्खंदै त एउटी अपाहिज केटीसँग पो विवाह गरेछ । मलाई देख्नेबित्तिकै त्रि्रो दिदी त खुबै खुसी होलिन् नि हैन करणसँग - करण खान्दानी परिवारको भयो आफू भने गाउँले �� कुरी परियो के गर्नु - कि कविता खुसी छैनन् - मेरो पाप त लाग्नै पर्ने हो भन्दै कस्तो व्यङ्ग्य भरिएको हाँसो हाँसेको दिदी.. दुब्लाएर जिङ्रिङ्ग परेछ । दाह्री पनि नकाटेको तपाईंको रिसले उसले आफ्नो जिन्दगी नै बर्बाद गरेछ । आखिर सन्तुष्ट को भयो त - रिमा करणको झन् कस्तो हालत भयो होला भन त - दर्ुइदर्ुइतिर कसरी सन्तुलनमा राख्छन् - पत्नि र प्रेमिकाको बिचमा कष्टदायक जिन्दगी पिल्सिरहेको होला बुजिस् - हेर...भावनाभित्र रहेको अनुभूतिलाई निकालेर चटक्क फ्याँक्न कहाँ सकिन्छ र - मायाको सम्बन्ध भनेको घाउ र चोटको संघार हो जताबाट हिँडे पनि आफैँलाई �� ेस लाग्छ । कुनै बेला उसको यादले- यति धेरै सताउँथ्यो कि भेट्नेबित्तिकै अँगालोमा कसेर जीवनभरि उम्कन नदिउँ - तर त्यो अँगालोको बीच कोही भएजस्तो आभास भइदिन्थ्यो । कविता झसङ्ग भएर करणलाई घचेट्न पुग्थी । आतुर ओ�� हरूले उसको प्यासी आँखामा चुम्न खोज्दा आँखाको नानीमा कसैको तस्बिर देख्न थाल्दा छचल्किसकेका भावनाहरू खिन्न हुनु स्वाभाविक नै हो । कविताको मनमा एउटा प्रश्न उब्जिन्थ्यो- छि.. यस्तो पनि कुनै जिन्दगी हो र - आफ्नो अँगालोको तातो र्स्पर्शमा अरूको चिसो 'गन्ध' फैलिरहने - आज करणको पत्नीप्रतिको कर्तव्य र परिवारको बन्धन-समाजको इज्जतले उनलाई तानिरहेको हुन्छ । जिम्मेवारी र भावनात्मक सम्बन्ध धेरै फरक हुँुदोरहेछ । कहीँ जिम्मेवारीले जित्छ भने कहीँ भावनाले जित्छ ...!



तर करणलाई भनें भावनाले भन्दा पत्नीप्रतिको जिम्मेवारीले जितेछ । जिम्मेवारीको सीमा रेखाले करणलाई भावनाको तलाउसम्म पुग्नै दिएन । कविताको के लाग्छ - कविता करणको पत्नी मिनाक्षीप्रति अनुमान लगाउन थाल्छे । कत्ति आघात पर्‍याउँछ होला झन् उनको हृदयलाई - यो सोचेर कि आफ्नो पतिसँग दोस्रोे महिला उसको अधिकार क्षेत्रमा प्रवेश भएर- आफ्नो पतिको अंकशायिनी बनिरहिछ । सोच्दा-कवितालाई आफैंप्रति घृणा लागेर आउँछ ...। अनमोल जीवनका पलहरू नष्टगरेर दाँत र ढुङ्गाको सम्बन्धजस्तो भयो । ओ हो । मायाको बदलामा मैले कस्तो चोट भोग्न पुगें.....! यो गल्ति मबाट नै भएको हो म करणको समयको वेगमात्र रहेछु भन्दै सर्ुताउँछे । अब कवितालाई यथार्थको बोध हुनथाल्छ..। अरू कसैको नभएर सधैँ मेरो मात्र भइदिएको भए ..- कविता करणको विषयलाई लिएर सपना नदेखुँ भन्छे तर उसको बसमा रहँदैन...। उनिहरू बीचकोे सम्बन्ध कत्तिपल्ट डगमगाई पनि रहन्थ्यो तर पनि चुँडिहाल्नचाहिँ सकेन । कति रहरहरू थिए मनभित्र करणसँगै बसेर बिताउने....! जीवनमा सबैभन्दा �� ूलो हार नै त्यही भयो ....! आज कसैको जोडीसँगसँगै हिँडेको देख्दा आफ्नो मनमा पींडा छुन्छ...। आखिर नारी जताबाट पनि हारेकै हुन्छे....! 'कविताको स्थिति देखेर रिमा भन्छे ..कविता दि जीवनमा हारपछिको जीत सारै मजा हुन्छ नि बुझ्नु भो - कविता भन्छे अब मसँग हार र जीतको बाजी लगाउनको निम्ति समय पनि कहाँ छ र - मैले यतिका वर्षम्म मरिमेटेर माया गर्दा त करणलाई बुझ्नै सकेकी छुइन । पलमा आफ्नोजस्तो लाग्छ- पलमा पराइजस्तो भइदिन्छ.......! न करण असल पे्रमी सावित भयो न कर्तव्यवान् पति....नै । अब त म भगवान्सँग पनि यही पर््रार्थना गर्छ अरूको पतिसँग पे्रम गर्ने पींडादायीकाम कसैले नगरोस्....!

भैंसी र मान्छे

आ�� दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र .... हरे.... । यो झरीले के गर्न खोज्या होला.... - निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । \"हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि ...!\" आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । \"आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ ...-\" जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी । छोरीको कुरा सुनेपछि मुन्टो मात्र हल्लाएर मौन स्वीकृति दिइन् जयसराले । भन्न त मानिसहरू भन्ने गर्दछन् । देशमा जताततै विकास कार्यहरू भइरहेको छ त र जयसराको गाउँमा अझसम्म पनि अँध्यारोपन छाउनलाई द्रि्री बाल्न छुटेको छैन । गाउँसम्म पुग्ने मोटर बाटो बन्छ भनेको सुनेको पनि वर्षौं बितिसक्यो तर अहिलेसम्म पनि बाटो बन्ने सुरसारै छैन जयसराको गाउँदेखि अर्को गाउँमा जानुपर्‍यो भने बेइमानको खोलो माथि बनेको टि्वीन र्-र्घररा) को सहारामा जीउ र्सकाउँदै जानर्ुपर्छ अथवा भीर-पहरा भएको जङ्गलको बाटो हुँदै बिहान झिसमिसेमा हिँडेको मान्छे बेलुका रात पर्न लागेपछि मात्र अर्को गाउँमा पुगिन्छ । वषर्ायाममा �� ाउँ-�� ाउँमा पैह्रो गएर बाटो अवरुद्ध हुने भएकोले गर्दा प्रायःजसो मानिसहरू जङ्गलको बास हुने भयले गर्दा पैदल यात्रा गर्न रुचाउँदैनन् । वरपरका पाँच/छओटा गाउँको लागि भनेर खोलापारीको गाउँमा एउटा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको धेरै समय भएको छैन । गाउँका मानिसहरू बिरामी भएको खण्डमा स्वास्थ्य केन्द्रमा भएका एक मात्र स्वास्थ्यकर्मी घरघर गएर बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि उपचार गर्न भ्याउन्न त्यसकारण पनि बिरामीलाई मचिया अथवा डोकामा बोकेर स्वास्थ्य केन्द्रमा पुर्‍याइने गरिन्छ । कहिलेकाहीँ स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा त्यहाँ कार्यरत पियनले नै बिरामीलाई औषधि उपचार गरिदिने गरेका छन् । \"यो एकनासको झरीले गर्दा खोलो बढेर गाउँ नै डुबाउने हो कि जस्तो भएको छ । छोरोलाई डोकाँ बोकेर पैदलै हिँडेर स्वास्थ्य केन्द्रमा जाउँ भने बाटा �� ाउँ-�� ाउँमा पहिरो गएको छ अरे यस्तो अवस्थामा बिरामी छोरोलाई साथमा लिएर जङ्गलमा कसरी रात बिताउने हो । यता छोरो भने झन् झन् ज्वरोले आलस तालस भइसकेको छ । दुःख पायो मेरो छोरोले ...म के गरुँ -\" आफ्नो विवशतामा आफैं द्रवित भएर आँसुले भिजेको स्वरमा बोल्छिन् जयसरा । \"के गर्ने हो खोइ ! जति सोचे पनि यो विपदबाट पार पाइने उपाय देख्दिन म त । कत्रो आश गरेर रिन गरेर भए पनि �� ूल्�� ूला फाँचो भएको दुहुनो भैंसी किनेर ल्याएको थिएँ । दूध पनि मनग्गे दिने गरेको थियो । अलिअलि भए पनि केटाकेटीको मुखमा दूध/दही पर्ने गरेको थियो । अब भने बन्धकी राखेको घरखेत छुटाउन र साहूको रिन तिर्न सकिने भो भनेर ढुक्क भएको थिएँ । मलाई त जिन्दगीमा कहिल्यै सुख नपाउने सराप परेको छ कि क्या हो अस्ति रातिसम्म राम्रैसँग दानापानी खाएको भैंसी हिजो बिहानदेखि बसेको �� ाउँबाट हल्लिन पनि खोज्दैन । दूध दुहनलाई उभ्याउन खोजेको तर ऊ डेग चलेन । दाना अघि राखिदियो भने मुन्टो बर्टार्छ । दानामा भुस्सा नराखेर दिंदा खालाकी भनेर भुस्सा नराखेको दाना दिएँ अहँ दाना खान त परै जाओस् दाना राखेको भाडोतिर हर्ेदा पनि हर्ेर्दैन । क्यै गरेर यो भैंसी मर्‍यो भने बर्बाद हुने भइयो ।\" भैंसी मर्छ कि भन्ने पीर र आशङ्काले भित्रभित्रै हताश भएका हर्षानले पीँडामय स्वरमा भन्छन् । \"कतै भ्यागुतो रोग पो लाग्या हो कि.. ।



बिहान म गो�� मा सोतर राख्न जाँदा भैंसीको पेट पनि फुलेको जस्तो लाग्यो । जयसराले कुरा थपिन । भ्यागुते रोग लागेको रहेछ भने त बचाउन गाह्रै पर्छ । स्वास्थ्य केन्द्रसम्म पुग्न पाए त तै आश गर्न सकिन्थ्यो । जे पर्ला पर्ला टि्वीनमै झुण्डिएर भए पनि औषधी लिन त जानै पर्ला ।\" हर्षानले जोसिँदै भने । \"हुँदैन । हुँदैन । यस्तो विधि आँधिबेरी आइरहेको बेला घरबाट निस्कनै हुन्न । घर्रामा झुण्डिएर खोलो पार गर्ने त आट्नै सकिन्न । अहिले खोलो बढेर अजिङ्गको जन्तुजस्तो भएको छ । गाउँमा खोलो पस्यो भने हाम्रो के अवस्था हुने हो भन्न सकिन्न । यता छोरोको अवस्था यस्तो छ । मर्नै परेछ भने पनि सबै सँगै मरौंला । बरु सकिन्छ भने डाँडाघरे साइँला दाइकहाँ गएर अस्ति दिएको झैं औषधी मागेर ल्याउनुहोस् ।\" हर्षानलाई खोलो पारि जानबाट रोक्दै जयसराले भनिन् । खोइ त्यो औषधी पनि पुरानो भइसकेकोले हो कि एउटा चक्की खुवाउनु पर्नेमा दर्ुइओटा खुवाउँदा पनि कामै लागेन । मलाई त भैंसी झोक्राएको देखेर त्यसैत्यसै भाउन्न छुटेको छ क्यै गरी यो भैंसीले सास फर्ेन छोडी भने त आफूसँग भएको सिरीखुरी सबै बेचे पनि साहूको रिन तिर्न सकिँदैन । जे पर्लापर्ला म स्वास्थ्य केन्द्रमा पुग्नर्ैपर्छ नत्र भैंसीलाई बचाउन सकिन्न ।\" बसेको �� ाउँबाट जुरुक्क उ�� ्दै भने हर्षानले । \"त्यस्तै ढिपी गरेर जाँदा त हो नि अस्ति तल्लाघरे रुद्रे उर्लदो भेलमा खसेको । अहिलेसम्म उसको लास पनि भेटिएको छैन । बरु झांकी दाइलाई बोलाएर ल्याउनुहोस् ।\" जयसराले भनिन् । \"त्यो धामीको पनि भर छैन मलाई । ढ्याँग्रो �� टाएको भरमा गाउँका सोझा मानिसहरूलाई दशैंलाई भनेर जोगाइ गरिराखेको बोको काट्न लगायो पछि स्वास्थ्य केन्द्रमा नपुर्‍याएको भए तँ बाच्ने थिइनस् । झाँक्रीले फुकेको भरमा रोग निको हुने, भएको भए स्वास्थ्यकेन्द्र किन चाहिन्थ्यो र हाम्लाई ! फटााहाहरू हुन् सबै हामीलाई उल्लु बनाउन खोज्दैछ ।\" अनायासै रिसले मुट्मुरिदै भन्छन् हर्षानले । \"पानी....पा.....नी....!\" त्यति नै बेला ज्वरोले निस्लोट भएको कमलले सानो स्वरमा पानी माग्छ । \"क�� ै ! मेरो बाबु ! कति दुःख पायौ बा ! यसरी झरी नपरिदिएको भए म आफैंले तिमीलाई बोकेर खोलापारि पुर्‍याउने थिएँ । म के गरुँ.....!\" हातको सहाराले छोरोलाई उ�� ाएर आड दिंदै पानी खुवाउँदै भन्छिन् जयसरा- आँखाभरि पीँडा बोकेर हर्षान त्यहीँ उभिएर निर्निमेष दृष्टिले छोरोलाई एकटक लाएर हेरिरहन्छ । \"बा.. । बा... । गो�� ढल्यो त्यति नै बेला सरस्वती आत्तिँदै र चिच्याउँदै ढोकामा आएर भनी । \"हेर्नोस् न छोरो त बेस्कन काम्न थाल्यो । लौ न छोरोलाई के भयो -\" एक्कासि सारा शरीर नै थरथर कमाउँदै बडो कष्टसाथ मुखबाट \'हुँ...हुँ...हुँ\' गर्दै ओछ्यानमा छट्पटिन थालेको छोरोलाई सम्हाल्ने प्रयत्न गर्दै अत्तालिंदै भन्छिन् जयसराले- \"बा ..! भैंसी कराइरहेको छ ।



गो�� त जम्मै ढलेको छ ।\" काम्दै गरेको नाबालक छोरोको फुस्रो अनुहारतिर आहत दृष्टिले हेरिरहेका हर्षान सरस्वतीले बोलेको स्वरले झस्कन्छन् र को�� ा बाहिर जानको निम्ति अग्रसर हुन्छन् । \"हेर्नोस् न छोरोलाई ! यसको त अनुहारै कस्तो-कस्तो भयो हरे ! म के गरुँ !\" आँखाबाट बरबरती आँसु खसाल्दै भनिन् जयसराले । \"बा.. भै...सी !\" सरस्वतीको मुखबाट विस्तारै अस्फुट स्वर निस्कियो । \"लौ न ! हर्ेर्नुहोस् न ! छोरो ता लल्याकलुलुक भइसक्यो । बाबु मेरो छोरो ..।\" जयसराको करुण स्वर को�� ाभरि गुञ्जियो । एकाएक टक्क उभिएका हर्षानको दृष्टि मृत्युसँग जुधिरहेको असहाय बालक छोरोतिर पुग्यो अनि तत्कालै फरक्क फर्केर उनी बेगसँग बाहिर गो�� भए �� ाउँतिर दगुरे ।

पहिलो दिन

उनीहरू आँखाहरू एक्कासी जुधे । केटाले केटीको शरिरलार्इ बेस्सरी नियाल्यो । केटाले आफूलार्इ हेरिरहेको थाह पाएर केटीले लाजेले शिर भmुकार्इ । तर केटाले उबाट आँखा हटाएन । केहीवेर पछि केटीले शिर उ�� ाएर विस्तारै केटालार्इ पुलुक्क हेरी । अभmै पनि आफैलार्इ हेरिरहेको थाह पाएर केटीलार्इ कताकता भित्रैबाट रमाइलो लागेर आयो । सायद समयले आज उसलार्इ साथी दिएको थियो । जसले उसलार्इ मन परायो

। उनीहरूको प्रेमको शुरुवात भएभmैं मलाइ लाग्यो ।





दोस्रो दिन



आज उनीहरू बोलिरहेको देखें । दुवै जनाको मुहारमा एउटा अचम्मको चमक, एउटा अचम्मको खुशी थियो । लाग्थ्यो आज दुवै जना एक अर्कासँग बोल्न पाएर, धेरै दिनका आफ्ना भावनाहरू पोख्न पाएर आफूलार्इ हलुका बनाइरहेका छन्‍ । आज उनीहरूको प्रेमले एउटा बाटो तय गरेको मलार्इ आभाष्ा भयो ।





तेस्रो दिन



केटाले मन थामिराख्न सकेन । उसले केटीको हात समायो । केटीले पनि केटाको हात समातेर दवार्इ । केटाको आँखामा अचम्मको खुशीको लहर दौडियो । उसले विस्तारै केटीलार्इ आफूतिर तान्यो । केटी विना प्रतित्रिmया उतिर तानिइरही । अब उसले केटीको अधर चुम्न चाह्यो । केटीले यसमा कुनै बाधा गरिन्‍ । उफ्‍ ! मलार्इ यस्तो द ृष्य हेरिरहन मन लागेन । म घरतिर लागें ।





चौथो दिन



परबाट हेर्दा आज दुवैजनाको बीचको दुरी हिजा अस्तिको भन्दा बढेको लाग्यो । उनीहरू मौन देखिन्थे । एकैछिनमा केटाले आैलो �� ड्‍याएर केटीलार्इ केही भने जस्तो गर्‍यो । केटी पनि अचानक आवेशमा आर्इ । उसले केटाको गालामा हिर्काएको देखें । केटा आफ्नो �� ाउँबाट जुरुक्क उ�� ्‍यो । उm केटीलार्इ एक्लै छाडेर हिड्‍यो । केटीले केटा गएको परसम्म हेरिरही । केटीले आफ्नो आँखाको आँशु पुछी र त्यहाँबाट हिडी ।







पाँचौ दिन



आज केटाको आँखा फेरि जुध्यो । केटीले पनि लाजले फेरि शिर भmुकार्इ । केटाको साथमा नयाँ केटी थिर्इ । केटीको साथमा अर्कै केटा थियो । केटाको मन हिजो अस्तिको भन्दा चञ्चल देखें । केटी हिजो अस्तिभन्दा खुशी थिर्इ । मलार्इ उनीहरूको प्रेम जाँचिरहन मन लागेन । मैले उनीहरूको नयाँ जीवनको शुभकामना दिएँ । सायद उनीहरूको यो अन्तिम प्रेम होस्‍ ।


यौटा सडकको कथा

यौटा सडक जसको कूनै कूनामा यौटा कलिलो बालक जो त्यो बाटो हंदै आवतजावत गर्ने सबै यात्रूहरुलाइ आशाको नजरले हेर्ने गर्छ, उ यस सडकमा बसेर माग्न थालेको पनि आज ३ बर्षभइसक्यो । यहि सडक भएर हिंड्ने मन्त्रीज्युहरुका चील्ला काला कारहरु, अधिकृतहरुका २ पाङ्ग्रे माटरर्साईकलहरु अनि एनजिओ अनि आइएनजिओ भनाउंदा संस्थाहरुका जीपहरु उसले कति देख्यो कति, तर के उनीहरुको आंखा कहिल्यै उसमाथि पर्यो, उसले कहिल्यै थाहै पाएन । तिनीहरुका आंखा तान्न कहिले उ जाड-जोडसंग ऐया-ऐया भनी कराउंथ्यो त कहिले छाती पिटी-पिटी रुने गथ्र्यो, तर तिनीहरु कहिले बहिरा बनिदिन्थे भने कहिले अन्धासरी भइदिन्थे ।

यौटा पजेरो बेगसित आएर त्यहींनेर घ्याच्च रोकिन्छ, सूटबूटमा �� ांटिएको यौटा अपरिचित जसलाइ त्यो बालकले पहिले कहिल्यै देखेको थिएन टक्टक् गर्दै उ भएतिरै आउंछ, बालक आशाका हाथ फैलाउंछ, त्यो अपरिचित बालकलाइ नदेखे झै गरि नजिकैको पसलमा पूगी रोकिन्छ ।

“साहूनी ५५५ दिनूस त”

“कति खिल्ली टक्य्राउं हजूर रु ”

“१ बट्टा दिनूस न”

साहूनीले १ बट्टा चूरोट दिन्छिन् । अपरिचितले याटा चूराट सल्काउंछ अनि पर्सबाट पैसा झिकेर दिन्छ ।

“यी लिनूस पैसा”

“हजूर बांकि पैसा” साहूनी फिर्ता पैसा दिन्छिन् ।

अपरिचित फिर्ता पैसा खल्तीमा राखेर फेरि त्यही बाटो हूंदै आफ्नो गाडी तर्फर्फकन थाल्छ । त्यो अपरिचित आफु नजिकै आइपूगेको मात्रै हून्छ कि-

“हजुर” अनायासै बालकको मूख उघ्रिन्छ ।

अपरिचित एकचोटि बालकलाइ हर्ेछ, के-के भन्दै नाक खूम्च्याउंछ अनि लमक-लमक आफ्नो गाडितिर बढ्छ । बालकको मूखबाट अझै हजुर, हजुर निस्किरहेकै हून्छ, तर अपरिचित केहि नसूने झै गरि आफ्नो गाडिको ढोका खोल्दै भित्र पस्छ । गाडि बेगसंग बालककै अघिल्तिर बाट अघि बढ्छ, छ्याप्लांग आवाज संगै बालकको मूखभरि हिलो छ्यापिन्छ । बालक जूरुक्क उ�� ्छ नजिकैको ढूंगा टिप्छ र त्यस जीपलाइ हान्छ । बेगसंग हूंइकिएर गएको त्यो जीपलाइ त ढूंगाले लाग्दैन, बरु नजिकैको ट्राफिक हवल्दारको भने नराम्रो संग टाउको फूट्छ ।

आज ३ दिनपछि बल्ल सोही स्थानमा त्यही बालकको उपस्थिति देखिन्छ, जताततै फाटेका लूगाबाट शरिरका नीलडामहरु ब्ाहिर चिहाइरहेका हून्छन्, मूखभरि घाउ नै घाउ देखिन्छन् ।

“अनि निकै दिन कहां हराइस त कान्छारु” नजिकैको बूढो माग्नेले चूरोटको लामो कश तान्दै सोध्छ ।

“पूलिसको खोरमा नि बा” बालक मन नलागि-नलागि जवाफ फर्काउंछ अनि टोलाउन थाल्छ । एकछिन पछि फेरि त्यहि अपरिचितको प्रवेश हून्छ त्यहां, त्यो अपरिचित उसैगरि जीपबाट ओर्लन्छ अनि बालकको छेउ हूंदै त्यहि पसल जान्छ, तर आज बालकले हाथ फैलाउंदैन । अपरिचित फेरि त्यहि बाटो हूंदै र्फकन्छ, तर आज बालकले हजुर पनि भन्दैन । अपरिचित आज पनि उसैगरि हूंइक्याउंदै गाडि बढाउंछ । फेरि आज पनि बालकको मूखभरि हिलो छ्यापिन्५ । बालकले उसैगरि नजिकैको ढूंगा टिपेर त्यस गाडिलाइ हान्नै लागेको हून्छ कि अनायासै उसको मानसपटलमा जेलको चीसो छिंडि, बेतको ल�� ्�� ी अनि अरु के-के कूराहरु ओहिरिन थाल्छन्, स्वतः उसको हाथ रोकिन्छ ।

कथा/लोककथा चोखो माया

निशा जन्मदैँदेखि नेत्रहीन थिई । तर उसको रूप र परिपक्व तार्किक क्षमताले गर्दा पाइला नचालुञ्जेल र दोहोर मुखामुख कुरा नगरिकन कसैलाई पनि नेत्रहीन भनेर �� म्याउन हम्मे पर्दथ्यो । दीपक निशाको शालीनता र विचारले निकै प्रभावित भएको थियो । ऊ निशाको बाहिरी आँखा नभएर को भो त भित्री आँखा कसैभन्दा कमजोर छैन भन्ने �� ान्थ्यो । त्यसैले दीपक निशालाई कुनै न कुनै रूपमा प्रभावित पारेर जीवन साथी बनाउन चाहन्थ्यो । उसले आफू पनि जन्मदैँ नेत्रहीन भएको बहाना गर्दै बाँकी दिनहरूसँगै बाँच्ने प्रस्ताव राख्यो । 'निशा तिमीलाई कसैले आँखा दान दिएर हर्ेन सक्यौ भने तिमीलाई नै हर्ेन पाऔँ भन्ने प्रत्युत्तर दिई । दीपक निशाको अगाध माया देखेर आफूलाई भाग्यमानी �� ान्दथ्यो । दीपकले निशालाई आफ्नो आँखा दान दियो । निशाले दीपकको आँखाले चारैतिर उज्यालो देखी । त्यही उज्यालोमा नेत्रहीन दीपकलाई �� िङ्ग उभिएको देखेर निशालाई अनायास रूप र सीपको अहंता जागेर आयो । र यस्तो अन्धो मान्छे मेरो जीवन साथी बन्नै सक्दैन भनेर दीपकको चोखो मायाप्रति तुषारापात गरिदिई ।

कथा/लोककथा समयको माग

ऊ पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसग भयो । सन्तस“गको सत्सङ्गले उसले धेरै अर्ती-उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूको इष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती-उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो ।



त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन थाल्यो । उसले सबैलाई समान व्यवहार गर्न थाल्यो । आफूभन्दा मुनिका कारिन्दाको सम्मान गर्न थाल्यो । यसो गर्दै जा“दा आफूमुनिका कारिन्दासमेतले उसलाई हेप्न थाले । आफू चापलुसी, चुक्ली नगरी त्यसो गर्ने अरूहरूलाई पनि अर्तीउपदेश दि“दा ऊ छुच्चो कहलियो । असत्य कुरामा होमा हो नमिलाउदा ऊ असामाजिक मानिसमा गनिन पुग्यो । यसरी ऊ कार्यालयमा हाकिमको समेत आखाको कसिङ्गर बन्न पुग्यो । उसको सरुवा दुगम ठाँउमा भयो ।



उसलाई दिक्क लाग्यो । सन्तले देखाएको जीवनमार्गमा हिड्दा सुखशान्ति मिल्ला भनेको झन् ठूलो आपत्ति आइपर्‍यो । उसले राजीनामा दियो । अनि ऊ व्यापार गर्न थाल्यो । व्यापारमा पनि उसले उदारवादी नीति र सत्यवादी नीति अपनाएको हुनाले ठूलो घाटा बेहोर्नुपर्‍यो । ऊ धेरै गरिब हु“दै गयो । घरमा खानलाई एक गेडो अन्नसमेत रहेन । एक दिन उसको घरमा चोर आयो । चोरले चोर्ने सामान केही नदेखेपछि उसलाई गाली गर्‍यो । उसलाई चोरले यसरी गाली गरेकामा साह्रै चित्त दुख्यो ।



उसले चोरलाई आफ्ना विगतका कुरा सबै बतायो । चोरले उसलाई सन्तको होइन आफ्नो सत्सङ्ग गर्ने सल्लाह दियो । चोरले उसलाई आफूजस्तै बन्ने र समयको प्रवाहअनुसार आफूलाई पनि बहाउने सल्लाह दियो । चोरले यी सबै सिक्न उसैस“ग जानुपर्छ भनी सल्लाह दियो । उसले पनि चोरसग जानुसिवाय अरू विकल्प केही देखेन । किनभने घरमा समेत ऊ स्वास्नी-छोराछोरीबाट दिक्क भइसकेको थियो ।



ऊ चोरस“ग केही वर्षबिदेसियो । केही सम्पत्ति लिएर पुनः घर फर्कियो । अब उसले समाजमा बा“च्ने सबै तरिका सिकेर आएको थियो । उसले समयको माग बुझेको थियो । अब उसले मागबमोजिमकै व्यवहार गर्न थाल्यो । ऊ सबैको अगाडि आस्तिक देखिन्थ्यो । तर भित्रभित्रै समाजलाई हानि हुने जुनसुकै काम पनि गथ्र्यो । मुखमा रामराम पेटमा छुरा हुने काम गथ्र्यो । उसले व्यापार सुरु गर्‍यो । व्यापारबाट उसलाई ठूलो फाइदा भयो । ऊ केही वर्षभत्रमा नै करोडपछि व्यापारी मात्र भएन प्रतिष्ठित समाजसेवी र ठूलो धर्मात्मा कहलियो । घरमा सम्पन्नताले गर्दा होला सबै खुसी र सन्तुष्ट थिए । तर जब ऊ सन्तका कुरा सम्झन्थ्यो उसको मन कु“डिन्थ्यो अनि आत्मा तड्पिन्थ्यो ।

-------------------------------------------------------------------------









संवत्-अफिस



पुसमाघको मुटु छेड्ने चिसोले बिदा लिइसकेको छ । चारैतिर नया“ पालुवा फेरिएको छ । वसन्त ऋतुले प्रकृतिलाई सिगारेर सुन्दर बनाएको छ । थरीथरीका सुन्दर फूलहरूले सजिएकी प्रकृति बेहुलीजस्ती भएकी छिन् । प्रकृतिका प्रत्येक पदचापले नया“ वर्षो आगमन हुदै छ भन्ने कुरा बताइरहेको छ ।



म चौतारीमा बसेर सुस्केरा लिदै छु । मेरा स्मृतिपटलमा विगतका कुरा सलबलाउन थाल्छन् । आजको ठिक एक वर्षगाडि म यसै चौतारीमा सुस्केरा लिदै थिए । यत्तिकैमा चिसो बतासले थकाइस“ग मितेरी लगाएर होला म निदाउन पुगेको थिए“ । न्रि्रारूपी सागरमा स्वप्नरूपी डुङ्गाहरू यसरी तैरिन थालेका थिए -



हाम्रो गाउमा एउटा संवत्-अफिस रहेछ । सो संवत्-अफिस अन्तर्राष्टिय प्रकृतिनियमअनुसार खोलिएको रहेछ । सो अफिसको हाकिम श्रीमान् २०६३ परबाट खुसीसाथ आउदै थिए । नया जोस, जागर, उत्साह र उमङ्ग लिएर आउदै गरेको नौजवान श्रीमान् २०६३ लाई उषाको मिर्मिरे लालीमा प्रकृतिले पनि हर्षोल्लासका साथ स्वागत गरेकी थिइन् । उसको साथमा अर्को एउटा साथी पनि थियो । त्यो साथी उसको सहायक रहेछ भन्ने कुरा मैले छोटो चिनारीपछि थाहा पाए“ । ऊ सहायक समयज्यू रहेछ । उसले मोटामोटा फाइलहरू पनि बोकेको थियो । फाइलमा के होला भन्ने जिज्ञासाले मलाई छोप्यो । मैले पनि उत्सुकतावश थाहा पाउने चष्टा गर्दा श्रीमान् २०६३ ले भन्नुभएको थियो- 'यो फाइलमा जे छ त्यो सबै तपाई“हरूका लागि नै हो । यसमा तपाई“हरूको समाज, गाउ र देशको परिस्थिति, योजना र कार्यक्रमहरू छन् । मलाई आफ्नो गाउमा भविष्यमा हुने योजना केके रहेछ भन्ने कुरा थाहा पाउन कौतुहल जाग्यो । मैले फाइलहरू हेनलाई अनुरोध गरे । तर ती फाइलहरू सहायक समयज्यूले अन्तर्राष्टिय प्रकृतिनियमअनुसार कसैलाई थाहा दिन नहुने बताए । किनभने सहायक समयज्यूले नियमअनुसार चल्नुपर्ने र यसको प्रयोग उचित बेलामा गर्नुपर्ने बताए । श्रीमान् २०६३ आफ्नो अफिसतिर प्रस्थान गर्नुभयो ।

मैले एक वर्षगाडि देखेको यो सपनालाई आज म वास्तविक जीवनस“ग दा“ज्नु पुग्दै छु । वास्तवमा सहायक समयज्यूले हाकिम श्रीमान् २०६३का कार्यकालमा भएका कालघटनाको जानकारी हामीलाई आफ्नो नियमअनुसार दिदै आएका छन् । उनले अब यो पनि थाहा दिएका छन् कि श्रीमान् २०६४को कार्यकाल समाप्त भई संवत्-अफिसमा नया“ हाकिम श्रीमान् २०६४ आउदै छन् भनेर । किनभने प्रकृतिले पनि उही रूप लिइसकेकी छिन् । हामीले पनि हाम्रो जीवन संवत् २०६३लाई बिदा गरेर नया संवत् २०६४लाई स्वागत गर्नु परिरहेछ । अब संवत् २०६४ले पनि संवत् २०६३ले गरेका कुराको पुनरावृत्ति गर्नेछ अनि यो क्रम काल-कालान्तरसम्म निरन्तर चलिरहनेछ । 

तानसेन पुग्नु अघि. .

"कथा भित्र तपाई लेखक आफैं पात्र बन्ने हो भने हामी कथाका पात्रहरुले कहाँ �� ाउँ पाउने भन्दै" ऊ गयो । आज बढी नै रिसाए छ क्यार । खोई कसका कथामा पनि उसले त्यस्तै पायो रे ! लेखकहरुले आफैं एउटा पात्रको भुमिका निभाएर उनीहरुलाई �� ाउँ दिएनन् रे । यही कुरामा �� ूलो गुनासो गर्दै थियो । तर आज बढी नै रिस उसको अनुहारमा देखियो । कुनै पात्रको �� ाउँमा लेखक आफैं उपस्थित हुनु, अर्को पात्रको रुपमा मात्र कथामा उपस्थित हुनेलाई असहृय हुँदो रहेछ जस्तो लाग्यो, ऊ गएपछि ।



"बसको यात्रा -" ममीले प्रश्न गर्नुभयो । ऊ ब्रेड र चिया खान विजी छ । मुखमा आधा ब्रेड छ । टाउको हल्लाएर नै "हो"-को उत्तर दियो ।

- "टुरबाट कहिले र्फकन्छस् -"

- "सात दिन लाग्छ, त्यो भन्दा बढी पनि हुन सक्छ ।" उसले मुखको ब्रेड निलीसक्यो । उत्तर सजिलै दियो ।

- "आफूलाई सम्हाल्नु, साथीभाईसँग मिल्नु्, झगडा नगर्नु, ....................................।"

-"हुन्छ, हुन्छ ।"

उसले ब्रेड खाइसक्यो । व्याग बोक्यो र ममी तिर हात हल्लाउँदै क्याम्पस तिर लाग्यो ।

उसले विर्सर् छैन् । पाल्पाको तानसेन तर्फजाँदैछ उनीहरुको गाडी । गाडीमा भएका कोही झ्यालबाट बमिटिङ्ग गर्दैछन् । कोही सहज जस्ता लाग्न थालिसके यो यात्रामा । कोही उसका साथीहरु अन्ताक्षरिमा व्यस्त देखिन्छन् । कोही आफैं गुनगुनाइरहेका छन् । हिजो बेलुकाको खाना राम्रो थिएन । त्यही खानाले उसलाई केही अप्�� ्यारो जस्तो भएको छ । भोक हराएको छैन् । पेट पनि �� िक छैन् ।

- "खाना थप्छस् -" ममीले बेलुका सोध्नु भएको थियो ।

- "थप्दीन, भोली टुरमा नै मि�� ो खाइन्छ -" उसको उत्तर थियो ।

- "भोलीको टुरको लागि अहिले देखि नै भोकै बस्छस् त -" उहाँले सोध्नुभएको थियो तर ऊ केही बोलेको थिएन ।

ऊ मुसुक्क मुस्कुराउँछ । उसको "मि�� ो" । मनभित्रको मुस्कानलाई थेग्न सक्दैन । ओ�� सम्म आउँछन् ति, मुस्कुराहटहरु । गाडी तानसेन पुग्न लाग्यो । खलासीले दिएको जानकारी हो यो । विरगंजमा खाना खाने �� ाउँको फोहोर, मान्छेको गोबर । आचैं । उसको भित्रको उकुसमुकुसलाई थेग्न सक्दैन । भित्रैबाट केही "अमिला" आए जस्तो लाग्छ ।

- "कस्तो फोहोर -" ममीलाई भाई बहिनीले खाएको खानाको सिता देखाएर हप्काएको सम्झन्छ ।

- "एकछिन है, म सफा गर्छ ममीले यति भन्दा भन्दै झनक्क उ�� ेर हिंडेको पनि उसलाई अझ सम्म याद छ ।

-"एकछिन, एकछिन.......।" ममीले ढोकै सम्म आएर उसलाई रोक्नु भएको पनि उसले गेट बाहिरबाट फर्केर हेरेको हो ।

विरगंजबाट र्फकदा खाएको खाना, लुम्बिनीको यात्रा सबै उसका दिमागमा खेल्दै छन् । उसले लुम्बिनीमा बेलुका खाएका खाना भुल्न सकेको छैन् । नअगाएको दिनहरु मध्ये त्यो दिन पनि काउन्टमा पर्छ । यस्ता दुइ, चार छाक छन् उसका खाए पनि नखाए सरि भएको ।

तर, उसले हेन आएका �� ाउँ भने राम्रा थिए । प्राकृतिक सौर्न्दर्यले भरिपूण्ा थिए ती ।

- "तैँले हेर्ने �� ाउँ जति सबै हेर्नु नि, पछि फेरि मलाई गनगन गर्लास् ।" ममीले भन्नुभएको थियो ।

- "त्यस्तो केही हुदैन् मम, म सबै थोक हेर्छु डुल्छु, आखिर म भिजिट गर्न गएको हुँ ।" उसले हौसिएर भनेको थियो ।

- "पछि म सोध्छु नी तिमीलाई, तिमीले डुलेका �� ाउँहरुका बारेमा ।" उहाँले केही 'मयालु पारामा' बेलुका खाना खाइसकेपछि भन्नु भएको थियो ।

- "हुन्छ, म तपाईलाई सबै बताउँछु ।" उसले भनेको थियो ।

अहिले गाडी तानसेनको चेकमा छ । प्रहरीहरुले हामीसबैलाई ओरालेर गाडी चेकीङ्ग गरे । एउटा अघि गाडिमा चढेको प्रहरी ओर्लियो, केही नभएको संकेत उसैले गर्‍यो । अगाडिको हाकीमले गाडी हिंडाउनुको संकेत दियो, र गाडी अगाडि बढ्यो । तानसेन बजार नजिकै छ । अब त्यस्तै पाँच मिनेट जति लाग्ला । खलासीले नै दिएको जानकारी हो ।

- "समय खराब छ, जथाभावी आफ्नो क्याम्पसको टिम छोडेर नहिंड्नु, कसैले बाटोमा दिएको नखानु...............।"

- "कस्तो कुरा गर्नुभएको । म केटाकेटी हुँ र - मलाई सबै थाहा छ ।" उसले भनेको थियो ।

- "होईन र पनि तँलाई सम्झाउनु पर्‍यो नि । मेरो लागि त तँ जहिले केटाकेटी नै हुन्छस् नि ।" ममीले भन्नुभएको थियो ।

तानसेन आइपुग्यो । सबै आफ्नो व्याग बोकेर गाडीबाट ओर्लिए । मनलाई भारी बनाउँदै म पनि ओर्लिएँ । बस्नु, खानुको फेरि टुङ्गो छैन् । नयाँ गन्तव्यममा काँचो खान आइपुगेका थियौं हामी । तर संयोगवस कुनै होटलमा साग, भात राम्ररी नै खान जुर्‍यो हामी सबै विद्यार्थी साथीहरुलाई ।

अहिलेलाई तानसेनसम्मको यात्रा यतिनै ।

'उसले डायरी बन्द गर्‍यो ।'

जल्दो मैनवत्ति

धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमान्ले । म अँाखा चिम्लिएर ति दिनहरुलाई बिर्ष खोज्थे, तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथे ।



खुल्ला आकाशमा अल्भिmएका एक दुइ टुक्रा वादललाई नियाल्दै म सोचिरहेछु स मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्विटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान् छैन ।



विस्तारै साँझ ढल्न खोज्दै थियो, परबाट आएको घोडाको टापको आवाज मेरो अँागनीमा आएर रोकियो । आज निक्कै दिन पछी यो क्रम दोहोरिएको थियो । मैले झयालबाट तल हेरं, मेरो मुहारमा निशब्धता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनवत्ति बाल्नुपर्ने थियो, सायद त्यसैले त्यही रित दोहोरियो, त्यही द्घन्द चर्कियो ऊ र म बिच, जुन मैले बिगतमा कयै पटक भोगेको छु, अन्ततः आफ्नो हार उसैलाई र्समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनवत्ति जलिरहेछ तर अवाक भएर मलाई हेरिरहेछ ।

मैले मनमनै महसुस गरं स्विटर बुन्नलाई अब धागो बदल्न त सकिएला तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न अंह, सामर्थ्यवान् रहेनछ । मैनवत्ति जलिरहेथ्यो बिस्तारै त्यसका शिखाहरु, मैनवत्तिको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प

जनताको

कुरो नबुझी प्वाक्क बोल्ने मान्छेहरूको हामीकहाँ कमी छैन । अरू त अरू बुद्धिजीवी बनेर खाइटोपलेका मान्छेहरू पनि कुरै नबुझी मुख खोल्ने गरेकोे देख्दा हामीजस्ता राजनीतिज्ञलाई नमज्जा लाग्छ । मेरा एक जना छिमेकी छन् । उनले आफूलाई अबलदर्जाको बुद्धिजीवी प्राणी हुँ भन्छन् । त्यसैले मलाई देखिसहन्नन् । कारण के भने मेरो राजनीति जनताको लागि भएन रे ! मैले जनताको लागि राजनीति गर्दागर्दा जिन्दगी बिताउन लागिसकेँ तर उनी भन्छन्-मेरो राजनीति जनताको लागि भएन रे ! हर्ेर्नुसन ! मेरो घरबार देखेर उनलाई जलन हुन्छ । मैले भ्रष्टाचार गरेँ रे ! भएन, जनतालाई लोभ्याएर, धम्क्याएर र तर्सर्ाा जनताबाट भोट लिएँ रे ! अनि जनतालाई हेरिन रे ! चुनावको बेलामा कुनै कार्यकर्ताले कसैलाई "ए ! फलानालाई भोट दिनर्ुपर्छ है, नत्र राम्रो हुन्न ।" सम्म भने होलान् । कसैलाई यसो चिया चमेनासम्म गराए होलान् । यसैलाई लोभ्याएको, तर्सर्ााो भन्ने - मैले कुनै भ्रष्टाचार गरेको छैन । मैले जिन्दगीभर राजनीति गरेर कमाएको, श्रीमतीले गुन्द्रुक खर्ुसानी बेचेर, असनमा घिऊ बेचेर कमाएको, छोराछारीले मजदुरी गरेर कमाएको र मेरो पहाडको सात रोपनी खरबारी बेचेर आएको सबै सम्पत्ति जोड्दा त्यस्तै चार-पाँच करोडभन्दा बढी भए तपाईं मारिहत्ते । के यो पनि भ्रष्टाचार गरेको, जनता �� गेको हुन्छ र - तपाईँ नै भन्नुहोस् त - जनताको लागि राजनीति गर्दा कहिलेकाहीँ दस-बीस हजार मानिस मारिन्छन् । दस-बीस अरबको सम्पत्ति नोक्सान हुन्छ । देशको विकास बीस-तीस वर्षरोकिएला । त्यो त �� ूलो कुरो भएन नि ! जनतालाई मालिक बनाउन हामीले राजनीति गरिरहेका छौँ । सानो कुरो हो - प्रजातन्त्र बहाली भएपछि त जनता त्यसै सुखी र सौभाग्यशाली हुँदैगएका छन्, अबको लोकतन्त्रले जनतालाई कति माथि पुर्‍याउने हो - त्यो त हर्ेर्नै बाँकी छ । के गर्नु ! हप्ताको दर्ुइ/चार दिन नेपाल बन्द, उपत्यका बन्दजस्ता कार्यक्रम राखेको पनि उनलाई मन पर्दैन । आखिर हामीले तोडफोड, आगजनी, हत्या, लुटपाट र बन्दजस्ता कार्यक्रम हाम्रो खुसीले गरेको त होइन नि ! जनताकै लागि बाध्यताले गरेको न हो ! यति पनि नसहने ! हर्ेर् इश्वर - यी बुद्धिजीवी भनाउँदाको घैँटोमा कहिले घाम लाग्ला -

सपनाले देखाएको यथार्थता

दिनभरीको गाडीको थरथरावट अनि तीन घन्टा सम्मको त्यो उकालो बाटो पार गरेर आएको म केहि आलस्य बनेर चाढै नै कोठामा गएर ओछ्यानमा पल्टेको छु । कोठामा केहि फेरबदल भएछ । स्वभाविक नै थियो अब मेरो कोठामा मेरो साथ सुभद्रा पनि छिन नि ! दुई महिना अघि बिबाह बन्धनमा बाधिएका हामी दुई हप्ता पनि साथै रहन नपाइ म मेरो चरनमा जानु परेको थियो । अहिले कलेजमा पनि मिनपचासको बिदा भएको मौकामै अफिसमा अनुरोध गरेर हप्ता दिनको छुट्टीमा आएको छु। उ बिनाबोलचाल कुनै किताबमा मस्त छ। गाँउमै दश जोड दुई सम्मको पढाई हुने भएकोले आमाले भने बमोजिम उ यहीको स्कूलमा बार्‍ह कक्षामा भर्ना भएकी छ। पढाईमा राम्रो ध्यान दिने गरेकी छ पढ्न चाहे जती पढाउनु पर्छ भन्नु हुन्छ आमा। "बत्तिसै लक्षणले युक्त केटी बुहारी बनाउन पाइयो छोरा … ओहो उसको बोलि-बचन अनि व्यबहार …।" म आउदै गर्दा बाटोमा तल्लागाँउकि काकीआमाले उनको प्रसंशा मलाई गरेर सुनाउनु भएको थियो । हो नि त सबैले तारिफ गरेका छन , अहिले आमा पनि त्यसै भन्नुहुन्छ। हुनसक्छ मेलापातमा आमाहरुको सर्कलमा यस्ता कुराहरु हुन्छन् नै होला। आमा मख्ख हुनु हुन्छ। म पनि दङ्ग छु। जे होस् चिठ्ठा गजबको पर्‍यो त्यसो हो भने। मनमनै आफैलाइ धन्यवाद दिन्छु अनि बाटो देखाउने लमिप्रति आभार पनि। लमिको कुरा गर्दा मेरो मामालाई कसले हो कुन्नी नाम भुले तर आमालाई भने मामाले सिफारिस गरेर बिहे भएको हो हाम्रो। न कुनै पहिलेको देखाभेट हो न त अहिले को जस्तो बिबाह हुनु अगाडि कुनै परिचयात्मक कक्षानै चल्यो। बिल्कुल एक अर्कामा अपरिचित हामी दुई प्राणी अचानकै एक सुत्रमा बाधिन आइपुगेका थियौ।





आफ्नो श्रीमान् लामो समय पछि भेट भएको भएतापनि सन्चो-बिसन्चो उँहु केहि केही सोधेकी छैन। हुन सक्छ लाजले पनि होला या आउने बितिकै उसैको अगाडि आमाले सोध्नु भएकाले पनि होस। मेरो मनले उसले केही सोधोस भनिरहेको छ। त्यसै गरी म पनि उसँग कहाँ खुल्न सकेको छु र! मनले धेरै कुरा बोल्न खोजे पनि मुखबाट अभिब्यक्ती दिन गार्है भैरहेको छ अझै पनि मलाइ। सुभद्रा! म बोलेर उसको ध्यान भङ्ग गरिदिन्छु। उ हजुर भन्दै म तिर मुन्टो उठाउछे । पानी राखेको छैन कोठामा ? बोलाउने बहानामा म उसलाइ सोध्छु। उ उठेर मलाइ पानीको करुवा समाउन दिन्छे। तिमी ठिकै छौ नि! "हजुर" । न्यास्रो मानेकी छौ होली, बुबा आमालाई भेट्न गयौ नि हैन, म शहर गएपछि ? "गएको हो । एक हप्ता बसेर आएको"। त्यत्ती मात्र के सोध्न पाएथें उ आफ्नो टेबलमा पुगिसकेकी हुन्छे। उसको ध्यान पढाईको कुनै अध्यायमा केन्द्रीत हुदै छ त्यसैले अरु अबरोध पुर्‍याउन चाहन्न भलै अरु कुरा गर्ने मन भएपनि बिट मारिदिन्छु।





म झ्यालतिर चिहाउँछु । आकाशमा टहटह ताराहरु टल्किरहेका छन। राती भैसक्दा पनि पारि त्यो सडकमा केही गाडीहरु केही दुरिको अन्तरमा गुडिरहेको देखेर मलाई त्यहि डाँडाको बाटो हुदै आमाले कति पटक पिठ्यौं अनि बुबाले कति पटक काँधमा राखेर मावलघर लगी-ल्याइ गरेको सम्झना आउछ। अहिले सुन्छु मेरो सानो भाई आमासँग कुनै कुरामा मतभेद भयो भने गाडिमा हुइकिएर एक्लै,एक्लै त्यहाँसम्म पुगिदिन्छ रे! केहि बर्ष अगाडि बाटै झलमल बिजुलीबत्ती बलिसकेको छ। स्कूल-कलेज अनि सञ्चार सबै सुबिदा हरु भित्री सकेका छन्। बिकाशको गति आफ्नै रफ्तारमा भैरहेको छ त्यहाँ। यदि त्यो हुन्थेन भने ……? शुभद्रा र म खुइ-खुइ गर्दै, पसिना पुछ्दै त्यहि उकालो चढ्नु पर्ने हुन्थ्यो उहि पुनराबृती दोहोर्‍याउदै , अनगिन्ती पटक।



शुभद्रा ! "हजुर्" एउटा कुरा सोधुं ? "हुन्छ" तिमीलाइ मेरो माया लाग्छ ? उ लाजले रातोपिरो हुन्छे। प्रश्नसुचक आँखाले हेरेर आँखाले नै जवाफ दिएकी छ - मलाई तपाईको अनि तपाईलाई मेरो माया नलाग्ला र! उ मौन छे। तर मैले सोध्ने एउटा कुरा अर्कै हो , सोधु है तिमीसँग ? "हवस्" । के कुरा भनेर पनि सोद्धिनौ ? उ फिस्स मुस्काउछे बोलाइको बदला । म सोधु त साच्चै ? "हुन्छ"। तिमी नरिसाइकन जवाफ दिनु पर्छ है ? "हुन्छ"। तिमीले सुनेकी छौ कोही कसैको तीन ओटासम्म श्रीमान् हुन्छन् एकै पटक ? "खै" कस्तो खै ? सुनेको या देखेको छौ ? म द्रौपदीको समय हैन अहिलेको समयको कुरा गर्दै छु। अहिले को जमानाको । "मलाई थाहा भएन"। त्यसैगरी मलाई पनि थाहा छैन तर सुन न हाम्रो गाँउको एक जना हजुरबा पर्ने बुढो मान्छेले भन्नु हुन्छ कि जस्तो पतिब्रता भन्ने नारीको पनि तीन ओटा श्रीमान् हुन्छन् रे! होला त ? "होला" जिस्केको कि के हो तिमी ? "हैन, अनि होला भने पछि होला नि त !" हुँ ? होला ?? तर कसरी ??? "थाहा छैन"। थाहा छैन भने कसरी होला भन्यौ त ? मलाइ शब्दमा हैन पुर्ण बक्यमा जवाफ देउ न। र दिने पनि गर। उ घोसे मुन्टो मात्र लगाउछे । ए शुभद्रा तिमी धेरै नै लाटी छौ । हैन तिमी बोल्न नै चहन्नौ कि, बोल्ने शक्ति नै छैन कि ? केही त बोल्ने गर, किन चुप् ? किन ?? मलाई त लागेको थियो नारी भएका नाताले तिमीले सुरुमै प्रतिबाद गर्छौ होली। त्यो त तिमीले गरिनौ । तर होला…, होला भने मलाई एक दुई जनाकै नमुना देउ न त ! कस्कसका छन ? होला भन्नु त स्विकृती जनाउनु झै हैन र ? उ फेरी पनि मौन छ केवल मलाई टुलुटुलु हेरिरहेकी छ मानौ कुनै ठुलो गल्ती गरेकी छ, जसबाट मैलेमत्र मुक्ति दिलाउन सक्छु उसलाइ । कुनै जवाफ छैन हैन, तिम्रो ? पढेकी केटी भएर पनि समान्य कुरामा प्रतिबाद गर्न या तार्किक बन्न नसकेको देख्दा मेरो रिस उ माथि अझै पोखिन्छ। म कड्किएर उसलाई सोध्छु त्यसो भए तिम्रा पनि छन त तीन ओटै लोग्ने ? उ अब आशु झार्न थालेकी छ । नरमाइलो लाग्ने गरी उ घुँक्क घुँक्क गर्छे । बोल, बोल, बोल शुभद्रा के तिम्रा पनि ………? म अझै च्याट्ठिन्छु रुन्चे स्वरबाटै उ केहि कुरा बक्छे, "अनि हजुरबाले झुट्टो कुरा बोल्नु भयो होला त!" हरे……! म हार खान्छु यो केटीसँग कसरी उसलाइ यो लाग्यो कि त्यो बुढाबाजेले सबै कुरा ठिक नै गर्नु भएको छ भनेर! ठट्टामा भने कि , साच्चै कुनै या केहि एकादुई को प्रसङ्गमा भने कि या कसै सँग रिस पोख्न अरुलाई आक्षप लगाउने हेतुले पो भने कि ? उहुँ, कुनै बिश्लेषण गर्नै नखोजी सरासर उसले भनि कि बाजेले झुट पक्कै बोलेनन। म केही सोध्न चहान्न अब । आफैले ले रुवाएं सम्हाल्ने पालो पनि मेरै छ । रुन बन्द गर शुभद्रा, तिमीलाई रुवाउन मैले यि कुरा सोधेको हैन। जबर्जस्ति हुंदा नहुदाको अप्ठेरो प्रश्न राखेर रुवाएकोमा पछुतो हुन्छ मलाई। छेउमा तानेर अँगालेर राख्दै उसका आँशु पुछिदिन्छु । तिम्रा तीन ओटा श्रीमान् पनि छैनन र हुन्दैनन पनि, त्यसैगरी अरुका पनि। तर शुभद्रा, तिमीहरुले किन र कसरी भन्ने प्रश्न किन गर्न सक्दैनौ ? के ले रोकेको छ प्रश्न उठाउन ? मेरो मुख्य सोधाई नै यही हो। भन सामाजिक संस्कार, कुनै डरत्रास् ,तिमीहरुकै अबोधपन, लज्जालुपन ? के ले चाँही रोकेको छ ? या प्रश्न गर्न नै चाहादैनौ ? कसरी अरुको बोलीमै हो मा हो मात्र मिलाईरहेका छौ ? के तिमीहरुको आत्मनिर्णय गर्ने अधिकारै छैन त ? छैन भने पनि लिन खोज्नु पर्ने हैन र ? आफ्नो स्वबिवेकको प्रयोग तिमीहरुले नै गर्न पाउनुपर्ने हैन ? तर किन गरिरहेका छैनौ ? किन आफ्नो बिश्वासलाई अरुको पोल्टामा थपक्क सुम्पिएर आफु निर्धक्क रहन्छौ ? तिमीहरुलाई थाहा हुनु पर्ने हो नि यही मौनता कतिपय अवस्थामा तिमीहरुको जीवनको दुर्भाग्य बनेर आइदिन्छ, आइरहेकै छ । ओझेलमा रहेर यसलाई तिमीहरुको कम्जोरी ठानेर परिचालन गर्नेहरु कमि छैनन यहाँ । के तिमी देख्दिनौ कुनै सिता माथि अर्की सौताको प्रबेश ? के मञ्चन भैरहेका छैनन सृष्टिको भुलमाथि मान्छेलाई दोष दिएर एउटी नारी अपुत्रो अपुत्री बनाइएका अनि असाहय र कमजोर एउटी नारीलाई कथित बोक्सीको बिल्ला भिराइ शारिरिक-मानसिक यातना दिएर सामाज बहिस्कार गरिएका नाटकहरु ? के तिमी सुन्दिनौ भर्खर जन्मिएको बच्चा लावारीस् फेला परेको समाचारहरु ? कुमारी आमाहरुको बेवारीस् र अन्धकार जीवन गाँउ निकाला गरिएका अबोध अनुहारहरु ? सामाजिक कुॠतीले खनेका गहिरा खाल्डाहरु, ……अन्धबिश्वासको पर्दा भित्र रहेर खेलिने घृणीत खेलहरु ? देशमा मात्र सिमित नभएर के तिमीसम्म न आइपुगेकै छ र भारत को सहर- सहरमा नारकिय जीवन ज्युन बाध्य बनाइए का हाम्रा चेलीहरुको चित्कार अनि रोधन ? आर्थिक मानसिक अनि शारीरिक यी सबै पक्ष बाट तिमीहरुमाथि लगातार आक्रमण र शोषण भैरहदा पनि किन चुप छौ अझै ? सुभद्रा, यि सब हुनमा तिमीहरुको मौनताको कति प्रतिशत भूमिका छ होला ? एकपटक सोचेर हेर त। कहिल्यै तिमीहरुले बिश्लेषण गरेर हेर्‍यौ यसलाइ ? त्यसैले शुभद्रा तोडिदेउ मौनता तिमीहरुको आवाज अब त खुल्नै पर्छ । एकमाथि अर्को, अर्को माथि अर्को मिलाएर बुलन्द पार्नुपर्छ। म बोलिरहेँ उ सुनिरही मैले यती भनिसक्दा पनि उसले खै त उहाँ हजुरबाले अघिको कुरा कुन र के आसयमा कसलाई भन्न खोज्नु भएको हो भनेर सोधिन । म सोध्छु , सुभद्रा तिमी जान्न चहन्नौ अघिको प्रस्नको जवाफ ? म उसलाई झक्झकाउदै भन्छु, तिमीले नसोधे सम्म म ज्यानगय पनि भन्ने हैन क्यारे! सोध्दिनौ ? उ केहि बोल्दिन । ठिकै छ सवाल बिनाको जवाफ को त्यति अर्थ हुदैन, तिमीनै सुन्न चहन्नौ भने म के भनु त! यसो उसको अनुहारमा हेर्छु त उ त निदाइ पो सकिछ!



बिहान चियाको गिलाससंगै मलाइ निद्राबाट उठाइरहेकी हुन्छे उ। म झस्कन्छु उफ् ! कस्तो सपना ! के देखेको होला मैले ? मन आत्तिएको जस्तो लाग्छ आफैलाइ । म उसलाइ हेरिरहन्छु रातमा देखेको सपनाको त्यो पात्र शुभद्रा अनि यो शुभद्रा। के कति भिन्नता होला ? चिया लिने हैन भन्दै गिलास मेरो हातमा थमाएर उ बाहिरिन्छे। मनमा एउटा प्रस्न उठ्छ साच्चै मैले यो प्रश्न बिपनामै उनलाइ राखे भने कस्तो जवाफ आउला ? त्यसै एउटा कौतुहलता जाग्छ । उनी भर्‍याङ्ग बाट ओर्लिएको उनका पदचापहरु मेरो कानसम्म ध्वनित हुन आइपुग्दा म चियाको चुस्की सुरुप्प बनाउछु । 

लोककथा हाङ्छा

ष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता माङले महसशुस गरे । त्यसको लागि माङले सबैभन्दा पहिले ३ वटा पिपलको पातको उत्पत्ति गरे । माङले एउटा पातले जलाम्य धर्ती छोपे । एउटा पातले शिरमाथि पारे र आकाश बनाए एउटा पात घोप्टो पारेर धर्तीमा राखे । त्यै घोप्टिएको पातमाथि बोम्बोयोम्मा-धमिरा) ले पातले छोपिएर विस्तारै जमिन बन्दै गएको भगबाट माटो ओसार्दै थुपानै थाल्यो । माटो थुप्रिदै गएपछि धर्ती माटो र पानी -जलथल) बराबर भयो । माटो र पानी भएपछि विभिन्न जीवहरु बाँच्ने भए र मान्छेको उत्पति माङले गराउने परे र नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्मा मानव सृष्टि मानव सृष्टि गरे र उनीहरुको कोखबाट सुम्निमा-चेली) र पारुहाङ-माइती)को जन्म भयो । सृष्टिले निरन्तरता पाउन स्त्री र पुरुषको समागम हुनुपर्ने भयो । यस अर्थमा सुम्निमाले पारुहाङसँग विवाह गर्न खोजिन् । पारुहाङलाई आफ्नो चेलीसँग विवाह गर्नु अप्ठ्यारो मात्र होइन अपराध नै थियो । सुम्निमाले आफुसँग विवाह गर्न लागेको र पारुहाङ चेलीसँग विहे गर्न मञ्जुर नरहेकोले पारुहाङ सुम्निमाले नदेख्ने नभेट्ने ठाउँ साल्पा पोखरी लागे अलप भए ।



सुम्निमाले जसरी पनि पारुहाङलाईं पाउनु नै थियो । त्यासको लागि अब सुम्निमाले पारुहाङलाई खोज्नुपर्ने भयो । खोज्न्को लागि सुम्निमाले उडेर धेरै ठाउँ घुम्न सक्ने चराहरुको कल्पना गरिन् र सबैभन्दा पहिले ताङटुम्मी-चाँदे नामक चरा वान्तवा भाषामा एक प्रकारको चरा उत्पत्ति गराइन् र पारुहाङलाई खोज्न पठाइन् । टाङटुम्मीले संसार चहार्यो तर अन्तमा उसले पारुहाङ साल्पा साल्पा पोखरीमा लुकेर रहेको ठहर गर्यो । टाङटुम्मीले सिली नाच्दै यारी-अदुवालाई काटेर जोखाना गर्दै साल्पा पोखरीलाई फन्को लायो तर पारुहाङ्ग निस्केनन् । टाङटुम्मीले त्यतिबेला यारी गर्दा एकपाटो आफ्नो टाउको छिनायो- त्यै बखत एक पाटो आफ्नो टाउको छिनाएकोले नै टाङटुम्मी चराको टाउकोमा एक पाटो अस्वाभाविक सेतो पाटा रहेको हो भनिन्छ । टाङटुम्मीले पारुहाङ्गलाई पत्ता त लगायो तर सुम्निमा समक्ष ल्याउन भने सकेन । यो कुरा टाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा-धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा-धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङ्गलाई खोज्न पठाइन् । सिली नाच्दै , यारी गर्दै र सोलोन्वा-चिन्डो) बोकेर मन्त्र उच्चारण गर्दै झेत्वा पारुहाङ्गको खोजीमा लाग्यो । पारुहाङ्गको खोजीमा झेत्वा संसार डुल्यो तर उसले पनि साल्पा पोखरी भित्रै पारुहाङ्गलाई त्यहाँभित्रबाट निकाल्न सकेन र ऊ फक्र्यो ।

सुम्निमाले अब पारुहाङ्गको खोजीका लागि तुइरा-र्सुइ .....र्सुइ....कराउने एक प्रकारको चरा) को उत्पत्ति गराइन् । तुइराले पनि चारै दिशा घुम्यो र साल्पापोखरीमा पारुहाङ्गलाई लिएर आउन सकेन । त्यसपछि माक्वा -कल्चुडो कालो रङ्गको चरा) ,चेन्चेक्वा-पदुवाचरी) र तायामा खियामालाई सुम्निमाले क्रमशः उत्पत्ति गराइन् र पारुहाङ्गलाई खोजेर ल्याउन पालै पालो पठाइन् । उनीहरुले पालो-पालो सिली गाउँदै नाच्दै यारी गर्दै पारुहाङ्गको खाजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्गको खोजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्ग लुकेको ठाउँ ग्यारेन्टी गर्दै फर्के । उनीहरुले सुम्निमालाई विन्ति गरे-"हामीले पारुहाङ्ग साल्पापोखरीमा लुकेको थाहा पायौं तर ल्याउन सकेनौं ।



कसैले पनि पारुहाङ्गलाई ल्याउन नसकेपछि सुम्निमाले निकै सोचविचार गरिन्-'अब कसले पारुहाङ्गलाई ल्याउन सक्छ त -' त्यसपछि उनले पानीभित्र पस्न सक्ने बाजीकुहाङ्ग-गंगटा)को उत्पत्ति गराइन् र चराहरुलाई अह्राइन् -'अब गंगटासहित साल्पापोखरी जाऊ,सिली गाऊ,नाच र चिण्डो सहित यारी गर त्यसपछि पनि पारुहाङ्ग पोखरीदेअि ननिस्किए बाजीकुहाङ्ग आफैले पोखरीभित्र पसेर पारुहाङ्गलाई निकाल्छ ।' त्यसपछि चराहरु र बाजीकुहाङ्ग भएर साल्पा परिपरि सिली नाच्दै गाउँदै चिण्डो सहित यारी गरे तर पारुहाङ्ग निस्किएनन् , बाजीकुहाङ्गले पनि पारुहाङ्ग यै पोखरीभित्र छन् भन्ने किटान गरेपछि बाजीकुहाङ्ग आफै पोखरीमा पसेर पारुहाङ्गको जीऊमा कुतकुती लगायो र पारुहाङ्ग बिउँझिए र पोखरीबाट बाहिर निस्के । आफु कसैले नदेख्ने गरी गुप्तवास बसेको पारुहाङ्गले बताएपछि आफुलाई यसरी व्यूँझाउनुको कारण समेत चरा र बाजीकुहाङ्गलाई सोधे । बाजीकुहाङ्गको समूहले एकै स्वरमा भन्यो-'सुम्निमाले हजुरको अत्यन्तै चाहना गर्नुभएकोले हजुरलाई लिन आएका हौं ।' सुम्निमाले आफुलाई विहे गर्नको लागि सुम्निमाले चाहेको कुरा पारुहाङ्ग थाहा पाइहाले । चेली र माइती प्रत्यक्ष विहे गर्न नहुने ठानी पारुहाङ्गले आफ्नो वीय कर्कलाको पातमा पोको पारेर सुम्निमालाई बाजीकुहाङ्ग समूहको हातमा पठाइदिए र सुम्निमालाई अहिले भेट्न नसक्ने सन्देश पठाए । आफुले पारुहाङ्गलाई लिन पठाएको टोली पारुहाङ्ग विना आइपुगेको देखेर सुम्निमाले सोधिन्-'पारुहाङ्गलाई ल्याएनौ त -' उनीहरुले पारुहाङ्ग अचेल आउन नसक्ने र सुम्निमाको नाममा ओखती पठाइदिएको जानकारी सुम्निमालाई दिए । पारुहाङ्गले पठाएको वीय ओखती ठानेर सुम्निमाले खाइन् । खाएपछि सुम्निमाको पेटमा गर्भ रहृयो । यसरी माइती-पारुहाङ्ग)को गर्भ चेली-सुम्निमा)को पेटमा बढ्दै गयो । त्यसबाट जेठा चाप्चा (बाघ),माइला तुमुन(भालु) र कान्छा हाङ्छा-मान्छे)को जन्म भयो ।



आमा सुम्निमाको रेखदेखमा ती तीनभाइ चाप्चा,तुमुन र हाङ्छा बढ्दै गए र तीनै भाइ शिकार खेल्न सक्ने उमेरका भए । अब सुम्निमाले तीने भाइ छोराहरुलाई शिकार खेल्न पठाउन थालिन् । चाप्चाले मृग,बँदेल जस्ता ठूला शिकार ल्याउन थाल्यो । तुमुन-भालु)ले तरुल,तुलफुल,गिठा,भ्याकुर ल्याउन थाल्यो । हाङ्छा धनुषबाण चलाउने हुनाले खरायो,जरायो इत्यादि ल्याउन थाल्यो । सुम्निमाले तीनै भाइ छोराको शिकारहरुलाई एउटै वादिनखोप-अण्डाको बाहिरी खोल)को भाँडोमा पकाइन् र छोराहरुलाई नै बाँडेर दिइन् । एउटै भाँडोमा धेरै थरी शिकारको स्वाद बेग्ला-बेग्लै भयो । यसरी तिनै भाइ शिकार खेल्न जानेर शिकार ल्याउने अनि बाँडेर खाने गर्न थाले शिकार खेल्न जाने बेला सुम्निमाले तीनै भाइलाई भनेर एकै ठाउँमा खाजा पठाउँथिन् । 'शिकार खेल्दा थाकिन्छ । थाकेको बेला तीनैजना एकै ठाउँ भेला हुनु र खाजा बाँडेर खानु,त्यसपछि फेरि शिकार खेल्नु ।' आमाले भने बमोजिम नै तीन भाइ शिकारीहरुले गर्न थाले । तर पछि-पछि चाप्चाले आफ्ना भाइहरुलाई पाप चिताउन थाल्यो र यताउति शिकार गरेजस्तो गरेर राखिएको साझा खाजा आफैले आफैले मात्र खाएर सिध्याउन थाल्यो । तुमुन-भालु) हाङ्छा-मान्छे) खाजा खान आउँदा खाजा सिद्धिएको मात्र भेट्टाउँथे । 'खाजा के ले खाइदिदैछ - काम गर्नेलाई चैं खाजा छैन ।' हाङ्छा रिसले मुर्मुरियो र खाजा राख्ने ठाउँमा हाङ्छा जस्तो देखिने केराको थम्बा बनाएर आफु रुखमा चढ्यो र जे ले खाजा खान्छ त्यसैलाई हानि मार्ने निधो गर्‍यो । एक छिनपछि चाप्चा आएर खाजा खान थाल्यो । हाङ्छाले पनि केही पनि विचार नगरी आफ्नो खाजा खाइदिने जन्तुलाई धनुवाणले हानेर ढाल्यो । चाप्चा मर्‍यो अब तुमुन डरायो -'हाङ्छाले त मार्ने पो रहेछ ।' तुमुनले हाङ्छालाई भन्यो-'चाप्चा त मर्‍यो अब आमालाई अब के भन्ने -''कता गयो कता - थाहा पाइएन भन्ने नि-हाङ्छाले भन्यो ।



सँधै तीनभाइ छोराहरु सँगै शिकार लिएर र्फकने आज दुइ भाक्ष् मात्र फर्केको देखेर सुम्निमाको मन अमिलो भएर आयो । सुम्निमाले चुमुन र हाङ्छालाई चाप्चाको बारेमा सोधिन् । दुवैले कता गयो भनेर थाहा नपाएको कुरा बताए । सुम्निमाले भाइहरुले दाजुभाइको कुरा बुझिन् र उनीहरुको शिकार खेल्ने ठाउँतिर खोज्न हिडिन् । छोराहरुको खाजा खाने ठाउँमा चाप्चा ढलिराखेको भेटिन् । सुम्निमाले अदुवा,चिण्डो लगेर धुप धुवारो गर्दै सिली गाउँदै र नाच्दै यारी गर्दै चाप्चाको शिर उठाइन् । पेरुङ्गोमा आगो हालेर मरेको चाप्चाको शिर उठाइन उसको जीऊभरि आगो डुलाइन् । त्यै पेरुङ्गोको आगो झरेर चाप्चाको जीऊ डढेर खालको खालको टाटा बस्यो । -चाप्चाको शरीरमा धर्का-धर्का भएको टाटा पांग्राहरु हुन्छन् । सुम्निमाले उसको जीऊमा आगो डुलाउँदा डढेर बाघको जीऊमा टाटापांग्राहरु भएको हो भनिन्छ । ) त्यसपछि चाप्चा जिउँदो भयो ।



अब सुम्निमा पनि खुबै डराइन् । खाजुभाइलाई मिलाप गराए फेरि मारामार हुन्छ भन्ने सुम्निमालाई डर थियो । उनले पाप चिताउने कुवुद्धि र फेरि पनि जन्माउनु-मृत्युबाट ब्यूझाउँनु) परेकालेले जेठो चाप्चालाई कान्छो बनाइदिइन् र चतुरबुद्धिले गर्दा हाङ्छालाई जेठो बनाइदिइन् र शिकार खेल्न अब उनले तीन जनालाई तीनै पट्ट िपठाइन् र भेट्दा मारामार नगर्नु भन्दै सम्झाइन् । 'हाङ्छालाई बाटोमा भेट्दा चाप्चाले बाटोमुनि लुक्नु,भाउजु-हाङ्छाको श्रीमती) भेट्दा बाटो माथि लुक्नु ।' यति भनेर सुम्निमाले अब देखि आफुले गर्ने शिकार आफैले खाने र नबाँड्न अह्राइन् ।-अझै पनि चाप्चा-बाघले पुरुष भेट्दा बाटोमुनि र महिला भेट्दा बाटोमाथि लाग्ने लुक्ने विश्वास गरिन्छ ।



समय बित्दै जाँदा सुम्निमाको पनि मृत्यू भयो । आमाको मृत शरीरलाई जंगल पुर्‍याएर आउन हाङ्छाले तुमुन-भालु)लाई अह्रायो । तुमुनले आमाको शरीर गाडेर आउनुको सट्टा उल्टै आमाको मासु खाएर फिर्‍यो । घरमा हाङ्छाले तुमुनलाई 'आमालाई खाइस् कि क्या हो -' भनेर शंका गर्‍यो तर तुमुनलाई 'होइन' भनेर ङच्च हाँस्यो । त्यसैबेला हाङ्छाले तुमुनको दाँतमा आमाको केश अल्भिmएको देखेर तुमुनले आमालाई खाएको पक्का ठहर्‍यायो । त्यसपछि 'आमाको मासु खाने तँ --भनेर हाङ्छाले तुमुनलाई साफी गोद्यो । हाङ्छाको गतिलो गोदाइ भेटाएको तुमुन-भालु)ले हाङ्छा-मान्छेले मलाई गोद्यो अबदेखि हाङ्छा-मान्छेको अनुहार हेन नपरोस् भने जंगलतिर लाग्यो । त्यतिबेला मान्छेको गोदाइ भेटाएको भालुले अबदेखि मान्छेको अनुहार हेन नपरोस् भन्ने भालुले अझै पनि मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहारलाई प्रमुख निशाना बनाउने बताइन्छ । भालुले मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहार चिथोरेर धुजाधुजा बनाइ दिने गर्दछ । उत्पत्तिताका मान्छेको अनुहार प्रतिको रिसले गर्दा त्यसो गरेको हो भन्ने भनाइ छ ।



पछि हाङ्छाको धेरै सन्तानहरु भए । तिनै सन्तानहरुको नामबाट पाछाको नाम छुट्टएिको कथन छ । एक दिन हाङ्छाको सन्तानहरु पनि शिकार खेल्न गए रे । दिनभरि शिकारमा डुल्दा पनि एउटै शिकार हात नलागे पछि घरमा आएर उनीहरुले घरमा नै रहेको बाख्रा काटे । बाख्राको मासु उनीहरुले सबै भाइलाई भाग लगाए तर आन्द्रा सफा गर्न पँधेरा गएको पुमा नामका एक भाइलाई भने भाग लाउनेहरुले बिर्सिएर भाग लगाएनन् । एकछिन पछि आन्द्रा बनाएर पुमा आइपुग्यो । पुमाको भाग नराखिदिएकोमा अरु भाइले गल्ती महशुस गरे र पुमालाई त्यही आन्द्रा आफ्नो भागको रुपमा खान भने । पुमा रिसले 'मासु त खान पाइएन,यो आन्द्रा -'भनेर आन्द्रा फालिदियो र अब देखि म बाख्राको मासु नै खान्न भनेर कसम खायो । त्यै पुमा अचेलका पुमा र्राईहरुको पितृ हुन् भनिन्छ । पुमा र्राई जातिको एक पाछा हो । उहिले बाख्राको मासु नखाने कसम खाएकोले नै अचेल पुमाहरु बाख्रा छुदैनन् र मासु खादैनन् भन्छन् बुढापाकाहरु । अनि अर्को कुरा उहिले त्यसरी पारुहाङ्ग-माइतीको वीयबाट चेली-सुम्निमामा गर्भ रहेकोले सारी (अशुभ) भयो । अचेल पनि माइती चेली हाडनाता बिहेवारी गर्न चलन छैन । त्यसलाई अशुभ मानिन्छ । अशुभ मेटाउन सारी ताङ्लान गर्नुपर्छ । यसो गर्दा एउटै माउका दुइ चल्ला ः एक भाले र अर्को पोथी चल्ला चाहिन्छ । एउटै माउका चल्ला किन त - उहिले माइती चेलीको अशुभ सम्बन्ध भएकोले गर्दा यो चलन बसेर आएको हो भन्छन् बुढापाकाहरु । 

काठमाडौँमा उसको एक दिन

आजकल उसको भूमिका फेरिएको छ । भूमिका फेर्दै अघि बढ्दै गरेर त यति चाँडै उनीहरू यहाँसम्म आउन सफल भएका छन् । समलाई आफ्नो अनुकूलमा डोर्‍याउँदै समयसँगै अगाडि बढ्न असाध्यै सिपालु छन् उनीहरू, यसै भन्छन् जानिफकारहरू । ऊ आजकल काठमाडौँमा छ । नेपालको राजधानीमा । यहाँ उसलाई त्यस्तो नौलो केही लागिरहेको छैन । घरहरू उस्तै छन् तर बाक्ला, मान्छेहरू पनि उस्तै हुन् तर धेरै । उसलाई यहाँको एउटा कुराले अचम्मसित आकषिर्त गरेको छ । त्यो हो जता हेर्‍यो उतै लाइनमा बसेका मोटरगाडीहरू । संविधानसभाको चुनावको कुराले खुब चर्चा पाएकोले होला ती गाडीका लाइन उसलाई भोट हाल्न पालो पर्खिरहेका मताधिकारीजस्तो पो लाग्छ विस्तारैविस्तारै अगाडि बढिरहेका । सहरमा चिल्ला र फराकिला सडक हुन्छन् । खोला नभएको ठाउँमा पनि पुल पो हुन्छ कतैकतै त । गाडीहरू हुइँकिरहेका हुन्छन् आफ्नै सुरमा । यस्तै सुनेको थियो उसले गाउँमा छँदा । केको हुइँकिनु ! गाडी विस्तारै र्सर्दैपो छन् । ऊ डराइडराइ छेउछाउबाट हिँड्दैछ । अलिपर पुग्छ ऊ । बीच बाटोमा गाडीको लाइन ब्रि्रन्छ । कोही उत्तर र्फकन्छन् कोही दक्षिण, कोही पर्ूव लाग्दैछन्, कोही पश्चिम । उसलाई निर्वाचनमा धाँधली हुनलाग्दाको क्षण याद आयो । बीचमा उभिएर एउटा ट्राफिक प्रहरी सिट्टी फुकिरहेको छ । निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न खटिएको म्यादी प्रहरीजस्तो विचरा ! निरीह । त्यत्रा लाइनका अगाडि के गरोस् त्यसले । "लौ रत्नपार्क रत्नपार्क .." एउटा दस/बाह्र वर्षो केटो कराइरहेको छ । गाडीमा बस्छ ऊ । माइक्रोबसरे त्यो गाडीको नाम । सानो छँदा लुकामारी -तेलकासा) खेल्दा धानको खाली भकारीमा लुकेको याद आउँछ उसलाई । "अलिकति सिट दिनुस् न भन्या... " त्यो फुच्चे र्झकन्छ । ऊ कच्याककुच्चुक पर्छ । बेस्सरि साँघुरिन्छ, साच्चिकै लुकेकोजस्तो गर्छ । अरू यात्री आएर बस्छन् । त्यो भकारीरूपी बस भरियो । बत्तियो अगाडि लाइनमा बस्न । लाइनमा बस्दै हिँड्दैछ बस । कोही बसमा चढ्छन्, कोही र्झछन् । रत्नपार्क पुग्न त लामै समय पो लाग्दोरहेछ । "लौ रत्नपार्क झरौं है..." फुच्चेे करायो । ओर्लनथाले सबैजना । सिधा उभिन बन्दैन तर सबैजना एकसाथ उठे । एउटा आर्लियो । अर्की ओर्लियो । एउटाको पुच्छर अर्कोले समातेको जस्तो । पुरानो घरको दलिनमा चुकेमुसा लाइन लागेर हिँडेजस्तो । ऊ पनि आर्लियो । बडो अप्ठेरोसँग आफूलाई दर्ुघटनाबाट बचाउँदै सडकपेटीमा उक्लियो । ऊ हिँड्न खोज्दै थियो । उसका आँखा एउटा केटामाथि पर्‍यो । आफ्नो अगाडि २/४ वटा मध्यान्हका र सन्ध्याकालीन पत्रिका राखेर रोइरहेको छ । "क्वा... क्वा...." रोइरहेको छ । छक्क पर्‍यो ऊ । यताउता हेर्‍यो । कसैले वास्ता गरेको छैन । ऊ पनि एकमन त अगाडि बढ्न खोज्यो तर भरखर गाउँबाट आएको ऊ त्यसरी रुँदै गरेको मान्छेलाई छोडेर कसरी अगाडि बढ्न सक्छ । केटाको नजिक गयो ऊ । "के भो भाइ किन रोएको -" प्रश्न गर्‍यो । "समाचार हर्ेर्नुस् दाइ कस्तो ...क्वाँ .. क्वाँ ..." केटो झन् जोडले रुन थाल्यो । "के रहेछ र भाइ" ऊ उत्सुक बन्दै सोध्छ । समाचार हेर्‍यो । एउटा घरेलु हिंसाको समाचार रहेछ तर प्रतिष्ठित परिवारको । "अनि तिमी किन रोएको त -" उसले पत्रिकाको पैसा दिंदै सोध्यो । "यी पत्रिका बिकाउन" त्यो केटो बडो गजबले मुस्कुरायो । छक्क पर्दै अगाडि बढ्यो ऊ । "गजब गजबका मान्छे भेट्टँिदा रहेछन् सहरमा । दर्ुइ रुपियाँको पत्रिका बेच्न त्यत्रो नाटक" मनमनै सोच्तै अगाडि बढ्दैछ ऊ । उसले पत्रिका हेर्‍यो खासै केही लागेन नयाँ । प्रायः सबै उस्तै खबरले पाना भरिएको महसुस गर्‍यो उसले तर पैसा परेको चीज फालिहाल्न मन लागेन उसलाई । पट्याएर गोजीमा हाल्यो । बजारको काम सिध्याएर बेलुकी कोठामा पुग्यो । रेडियो खोल्यो । समाचारका शृङ्खलाहरू अगाडि बढे । फेरि त्यही बिहानको समाचार आयो । पीडित पक्षसँग अन्तर्वार्तासहित । गोजीबाट पत्रिका निकाल्यो वल्र्टाईपल्र्टाई हेर्‍यो । त्यो समाचार पुनः पढ्यो । ऊ हर्ेदाहर्ेर्दै गम्भीर बन्यो, निकै गम्भीर । उसलाई विगतको एउटा घटनाको याद आयो । घटना पनि के भनौ र ! एउटा इतिहासको याद आयो । ०५५ सालतिरको घटना हो । आजभन्दा करिब आठ वर्षपहिलेको । सम अवधिको हिसाबले हर्ेदा त पुरानो घटना तर आज उसलाई त्यो घटनाको ताजा याद आयो । घटना उसको जिल्ला रोल्पाको हो । उसकै सहयात्री दिदीसँग सम्बन्धित । ऊ उनलाई दिदी नै भनेर सम्बोधन गर्दथ्यो । २०२५ सालतिर जन्मिएकी हुन् रे उनी । पहाडको ठाउँ दर्ुइ कक्षासम्म मात्र स्कुल जान पाएकी । स्कुल गएको के कुरा गरौं र, जेहोस् अक्षर पढ्न र लेख्न जान्ने थिइन् उनी । असाध्यै मिलनसार, कसैको आँखामा नबिझाउने । घरमा सासू-ससुरा, श्रीमान्, देवर र उनका दुइवटी छोरीहरू । जम्माजम्मी परिवार यत्ति नै । पहाडको ठाउँ बिहानदेखि साँझसम्म काममा नजोतिएर खान कहाँ पुग्छ र ! तर खान पुग्ने परिवारका थिए उनीहरू । असाध्यै दुःख गर्दै खुसीका साथ बित्दै थियो जिन्दगी उनीहरूको । बडो गजवको गफ चल्थ्यो उनीहरूको बीचमा बेलुका केहीबेर । खाना पाक्दै गर्दा केहीबेर अँगेनाको डिलमा जम्मा हुन्छन्, सबैजना ।



त्यही हो उनीहरूको भेट हुने ठाउँ । बिहान त उज्यालो नहुँदै एकएक गाँस टिप्छन् अनि को कता, को कता । ससुरा बूढा राणाकालका कुरा झिक्थे । सासू अँ.. अँ.. भन्दै मकैका रोटी पकाइरन्थिन् । उनको श्रीमान् कुलोपानीको बैठकको कुरा निकाल्छन् । उनको देवर स्कुलमा बनेको सङ्गठनको कुरा झिक्थ्यो । उनी महिलाहरूले जम्मा गर्दै गरेको कोष र जाँड रक्सी विरोधी आन्दोलनको प्रसङ्ग उठाउँथिन । बडो रमाइलो हुन्थ्यो उनीहरूको त्यो बेलाको जमघट । एउटा गतिले गोलमेच सम्मेलनजस्तो स्वतन्त्रता र मुक्तिप्रतिको जागरणले छपक्कै ढाकेको थियो, त्यो घरलाई । कसैलाई कसैप्रति गुनासो थिएन । आ-आफ्नो काम गर्‍यो र बचेको समय मुक्तियात्रामा खर्चियो । बेलुकीपखको त्यो सौहार्द अग्रगामी छलफलले सबैजनाको दिनभरिको थकाई मेटाइ दिन्थ्यो । मकैरोटी र अदुवाको चट्नी खाएर सुत्दथे सबैजना मीठो न्रि्रा । त्यो खुसीले भरिपर्ूण्ा जीवनमा एक दिन सङ्कटको आँधी आइपुग्यो तर कल्पित आँधी । विपत्ति प्रतिरोधक क्षमता जति धेरै भए पनि विपत्ति विपत्ति नै हो । हलचल ल्याइदियो उनीहरूको परिवारमा । परिवारमा मात्र के भनौ र सारा गाउँमै उपद्रो मच्चियो । बिहान उठेर सबै आ-आफ्नो काममा गएका थिए, गाउँमा पुलिस आए । भागाभाग मच्चियो । चेतना भएका र शरीरले सक्ने जतिलाई पुलिसबाट लुक्नुपर्ने बाध्यता छ त्यो गाउँमा । भेट्टायो कि मारिहाल्छ । पुलिस प्रशासनको लागि एक नम्बरको दुश्मन गाउँ त्यो । कोही ओडार पसे । कोही जङ्गलतिर भागे । कोही आफ्नै घरमा बनाएका लुक्ने ठाउँमा लुके । एकैछिनमा सुनसान भयो गाउँ । पुलिसले आफ्नो काम गर्‍यो । दूध, दही, मह, अण्डा जे पायो खायो । सुँगुरका खोरहरू खोलिदियो । आठदशवटा घरमा आगो लगाइदियो । ताण्डव मच्चाएर बेलुकीपख फर्कियो पुलिस । फर्कियो के भन्ने र गाउँको अलिपर देखिने ठाउँमा पाल टाँगेर बस्यो । त्यो हँसिलो गाउँमा सन्त्रास फैलियो । एकदिन भयो दर्ुइदिन भयो पुलिस फर्किएन । त्यहीँ अझ, व्यवस्थित गरी बस्न पो थाल्यो । गाउँका आइमाई र बूढाबूढीहरू विस्तारै गाउँमा र्फकन थाले । जे बाँकी थियो स्याहार्न थाले । स्याहार्ने के भनौ र फेरि नयाँ बनाउन थाले । अरू जे भए पनि आइमाई र बूढाबूढी सबैजना फर्किए । नफर्किएकाहरूको पनि खबर आयो तर उनको श्रीमान् न फर्किए, न खबर आयो । देवर त अरूजनासँगै पार्टर्ीी सर्म्पर्कमा भएको खबर पाइन् उनले तर उनको श्रीमान् बेपत्ता । आपत्विपत्को पनि बानी पर्न थाल्दोरहेछ मान्छेलाई, अचम्मसित । घर जले पनि कोही रोएनन् । सामान लुटिए पनि कोही कराएनन् तर एक अर्काको आँखामा हर्ेर्दै दृढ प्रतिज्ञा गरे उनीहरूले, क्षतिपर्ूर्ति ब्याजसहित उठाउने । उनीहरूलाई विश्वास छ योजनाबद्ध पक्कै यो घाटको घाला पर्ुर्ने । त्यही दिनको प्रतीक्षामा आफ्नो नियमित काममा लाग्यो बाँकी रहेको उनको परिवार र गाउँलेहरू । अघिपछि पनि पुलिस आउने, उत्पात मच्याउने र जाने त गरिरहन्थ्यो र फेरि सबै मिलेर गाउँघरलाई जस्ताको तस्तै बनाउँथे तर यसपालि पुलिस सदरमुकाम फर्किएन, गाउँमै बस्यो । भयो बरवाद । महिलाहरूको पनि असुरक्षा उत्तिकै बढेकै छ, पुरुष त देखिनै भएन । उनको श्रीमान्लाई त्यसैदिन मारेर सल्लेरीमा फालेका रहेछन् । त्यसदिनदेखि थप तीनजना गाउँले पुरुष मारिए । अब गाउँमा को बस्नु । सबैजना लागे 'पार्टर्ीीको सर्म्पर्कतिर । वैशाखको अन्तिमतिरको कुरा हो यो । मकै र्छनलाई बारी जोतेर ठिक्क पारेको छु । पानी पर्ने बाटो हेरिरहेका छन् उनीहरूले । गाउँमा हिँड्नसक्ने बूढाखाडाबाहेक कोही पनि लोग्नेमान्छे छैन । न मकै नरोपेर भएको छ न हात र कोदालोको भरमा साध्य छ । वल्लोपल्लो गाउँको पनि हालत करिब करिब त्यस्तै हो, सहयोग गर्नै चाहने पनि गाउँमा आउन प्रतिबन्ध छ । पानी पनि परिहाल्यो अलि चाँडै पो पर्‍यो । दर्ुइ चार दिनपछि पानी परेको भए पनि त हुने । दिक्दारमा छन् गाउँलेहरू । रमाइलो ऊर्जाशील साँझ कता गयो कता । बूढा सासूससुरा उनी र केटाकेटी मात्र छन् घरमा । कोही कसैसँग बोल्दैन । चुपचाप । असाध्यै अत्यासलाग्दो चुपचापसँग बित्छ उनीहरूको आजकलको साँझ । सासू उस्तैगरी रोटी पकाउँदैछिन् । ससुरा आफ्नै ठाउँमा बसेका छन् । छोरीहरू टोलाइरहेका छन्, कहिले भोक लागेको आँखाले हर्ेछन्, कहिले निन्याउरो आँखाले आमालाई हर्ेछन् । उनी पनि चुपचाप मकैको बीउ छोडाउँदै छिन् । 'के दुःखका दिन आए बरा... ' बूढीले लामो सुस्केरा हाल्दै मौनता भङ्ग गरिन् । 'के भन्छे यो बूढी के दुःखका दिन्... भेतनामका कुरा सुनेकी छैनस् लाटी । त्यसको अगाडि हाम्रो के । बूढो एकाएक जोसिए । 'सुन्ने एउटा हो, भोग्ने अर्को...' बूढीले विस्तारै भनिन् । उनी चै विस्तारै मकै छोडाउँदै छिन् । 'आफूलाई पनि पर्छ । गर्नु, व्यहोर्नु पर्छ भनेर त देश-विदेशको कुरा सुन्ने हो । के पुराण सुनेकी होस् तैंले ।



सुन्यो सिद्धियो ।" बूढा अझै तातिए । त्यसपछि फेरि मौनता । खाना खाए, अनि सुते सबैजना । बिहान सबेरै उठिन् उनी । ओछ्यानमै बसेर आफ्ना गहना फुकालिन् । पहाडको ठाउँमा गरिबै भने पनि दुइचार तोलाको गहना हुने कुरा सामान्य नै हो । उनी त झन् खान पुग्ने परिवारका । राम्रै गहना छ उनीसँग । ढुङ्ग्री, माडवारी, तिलहरी, बुलाकी, औंठी सबै फुकालिन् उनले । एउटा टालोमा पोको पारिन् र बाकसमा राखिन् । बाहिर निक्लिन् । सासूससुरा उठिसकेका रहेछन् । आँगनमा उभिएर पर्ूवतिर हर्ेदा टोलाइरहेका । उनलाई देखेर छक्क परे उनीहरू तर प्रतिक्रिया केही व्यक्त गरेनन् । उनी सरासर गोठमा गइन् । गोरुलाई घाँस/दाना दिइन् । हलो/जुवा निकालेर आँगनमा ल्याइन् । घरभित्र गइन् । हलो मर्मत गर्ने राँबो/बसिला लिएर आइन् र भुइँमा राखिन् । अनि मात्र बोलिन् उनी "बुबा हलो र जुवा हेरिदिनुस् त ठीक छ कि छैन ।" बूढा छक्क पर्दैछन् । सकिनसकी आफ्नो ठाउँबाट उठेर हलो भएको ठाउँमा आए । ठाकठाक ढुक्ठुक् गरे । हलो र जुवा दुवैलाई ठोकाठाक गरी ठीक पारिदिए । "तैंले जोत्छेस् त बारी.. -" बूढा विस्तारै सोध्छन् ।" "आमा तपाईं मकैको बीउ लिएर आउनुहोस् । सकिनसकी भए पनि आज खाना बुबाले पकाउनु होला । नानीहरू पनि छन्, सघाउनलाई ।" भन्दै ससुराको प्रश्नको कुनै जवाफ नै नदिई गोठमा गइन् । गोरु फुकाइन् र हलोजुवा बोकेर बारीमा लागिन् । पानी परेर फाटेको आकास । वरपरसम्म स्पष्ट देखिन्छ । कुहिरो छ त न कतै बादल । माथि हिमालको आँखै तिरमिराउने हिउँदेखि तल सुसाइरहेको खोलासम्म स्पष्टै देखिन्छ । उनले गोरु नारिन् । दाहिने गोरुलाई दाहिने नै नारिन् र देव्रेलाई देव्रे नै । हलो जोडिन् र जोत्न थालिन् । अनि सासू पछिपछि मकैको गेडा खसाउँदै हिँड्दैछिन् । एउटा इतिहास बदलियो । पुरातन संस्कृतिमाथिको प्रहारले एउटा भयावह स्थिति पैदा गर्‍यो । सब उलटपुलट भयो । उनले दायाँबायाँ कतै नहेरी गोरु हिँडाइरहिन् । न अनो हल्लियो न हलो अड्कियो । उनको त्यो अदम्य साहसको अगाडि सब नतमस्तक । एक मेलो जोतेर निधारको पसिना पुछ्दै यताउता हेरिन् । अरू दिदी बहिनीहरूले पनि गोरु नारेका । कसैले गोरु नार्दैछन् । कोही भरखर ल्याउँदैछन् । कसैले जोत्न सुरु गरेका । उज्यालो बिहानीमा राता कपडा लगाएका नारीहरूले पाखैभरी हलो जोतिरहेका । यो देखेर उनको आँखाबाट आँसु आयो । उनको मनमा पीर कति छ । त्यो त उनलाई नै थाहा होला तर उनका श्रीमान् मरेको खबर सुन्दा पनि उनको आँखाबाट आँशु आएको थिएन तर उनी अहिले असाध्यै भावुक भएकी छिन् । उनी रोइरहेकी छिन् । लाग्छ त्यो एउटा विजयको आँसु हो । अचम्म हुँदोरहेछ एउटा उद्देश्यमा हिँडेकाहरूको आँसु र दुःखमा भन्दा विजयमा यो बढी देखिन्छ । यहाँ पनि त्यस्तै आँसु देखियो । एउटा नयाँ आँसु । परम्परालाई चुनौती दिने आँसु । अन्धो शासकलाई खबरदारी गर्ने आँसु । गाउँका सबै महिलाले आफैँ जोतेर मकै छरे । एउटा गजबको इतिहास रचियो । साँझबाट पुनः प्रत्येक घरमा सर भरियो । नयाँ जीवन पाएको अनुभूति गरे सबैले । गफगाफमा स्वाभाविक हार्दिकता आउन थाल्यो । गाउँबाट बाहिर गएका लोग्नेमान्छेहरू पनि रातिराति लुकेर केहीबेरको लागि गाउँमा आउन थाले, हतियारसहित । एउटा बेग्लै रौनक फेरि पैदा भयो । एउटा साँझ खानाको समयमा उनले कुरा उठाइन् "बुबा ! मैले अस्तिदेखि एउटा कुरा भनुँला भनेकी ..." "के हो भन्न्..." बूढा सहज सोध्छन् । "पार्टर्ीीई पैसाको साह्रै नै खाँचो परेको छरे आजकल.. । मलाई मेरा गहनाहरू फेरि लगाउने मन छैन । त्यो पार्टर्ीीई बुझाउँ है -" बडो गम्भीर हुँदै भनिन् उनले । "हो हो गजब हुन्छ । त्यो त गजब हुन्छ । कि तँ पनि दिन्छेस् ए बूढी -" बूढाले बूढीलाई जिस्काउँदै बुहारीको कुरामा सहमति जनाए । बूढी कानका गहना छाम्दै थोरै लजाएको जस्तो मात्र गरिन्, केही बोलिनन् । रौनक थपिँदै गयो । आवत-जावत बढ्दै गयो । नापनक्सा हुन थाल्यो । योजनाले मर्ूतता पाउन थाल्यो । छापामारहरू आए । गाउँलेहरूसँग घुलमिल हुँदै लुकेर बस्न थाले । एकाध लोग्नेमान्छे गाउँमा देख्दा पुलिसहरूलाई पनि स्वभाविक नै लाग्न थाल्यो । योजनाले मर्ूतता पायो । एकरात आक्रमण भयो । पुलिसहरु डल्लो परेकापर्‍यै भए । जम्मा अठार वीसजना न थिए । फाटफुट गोली हानाहानकै भरमा आत्मर्समर्पण गरे पुलिसहरू । सेन्ट्री बसेका दर्ुइजना बाहेक पुलिसहरूतर्फकसैलाई केही भएन ।



उनीहरूको तर्फपनि कसैलाई केही भएन । उनीहरूतर्फपनि खासै केही भएन । पन्ध्र थान राइफल र थुप्रै गोलीगठ्ठा कब्जा गरे । आत्मर्समर्पण गरेकालाई छोडिदिए । अर्कोदिन बिहान आ-आफ्नो सामान बोकेर सदरमुकामतिर लागे पुलिसहरू । उनीहरू पनि आफ्नो बाटो लागे । गाउँलेहरू जम्मा भएर गाउँलाई व्यवस्थित गर्ने छलफल गर्न थालेका थिए । दर्ुइ दिनपछि पुनः पुलिसहरू आए । अस्तिको लडाइँमा छोडिएका जति सबै र थप अरू पनि आए । नेतृत्व पहिले त्यहाँ भएका पुलिसको कमाण्डरले गरिरहेको छ । फेरि उही ताण्डव मच्चियो । पुलिसको आँखा उनीमाथि परेको थियो, विशेषगरी त्यो बारी जोत्ने पर्वदेखि । धर्ुइधर्ुइ खोजी गर्न थाले उनको । उनी जङ्गलतिर भाग्दै थिइन् । कस्सोकस्सोगरी देखिहाल्यो, त्यो कमाण्डरले उनलाई । लखेट्न थाले । आधाघण्टा जति त भागिन् उनी तर ती तालिमप्राप्तहरूका अगाडि उनको के चल्थ्यो र समातिहाले । मान्छेले गर्न नसक्ने जति सबै गरे उनलाई । उनी पनि कम बहादुर त हैनन् एउटा सामान्य मान्छेले पचाउनै नसक्ने यातना पचाइन दाह्रा किटेर तर भन्दै भनिनन् चौकी आक्रमण गर्ने छापामारहरू कहाँ छन् भनेर । उनको पाइतालामा गोली हानियो । उनी चिच्याइन् "ए दुष्ट हो सक्र्र्छौं भने छातीमा गोली हान नामर्दहरू..." वर्ण्र्ाानै गर्न नसकिने यातना दिए उनलाई तर उनी गल्दै गलिनन् । पोल खोल्दै खोलिनन् उनले । हारथाक खाएपछि छातीमा गोली ठोकेर मारे, उनलाई । वरिपरिको झारपात बटुलेर अलिअलि जलाएको जस्तो गरेर फाल्दिए उनको त्यो बहादुर शरीरलाई । साँझ पर्नै लाग्दा आफ्नो काम सकेर पुलिसहरू सदरमुकाम फर्किए । अर्कोदिन गाउँलेहरू जम्मा भए । वल्लोपल्लो गाउँबाट पनि नारा लगाउँदै आए, सयौँ गाउँलेहरू । छापामार, नेता सबै आए । उनको आधा जलेको शरीरको दाहसंस्कार गरियो र, श्रद्धाञ्जली सभाको आयोजना गरियो । पालैपालो बोले बोल्नेजति सबैले । अब बोल्ने पालो उनको सासूको आयो । विस्तारै आफ्नो ठाउँबाट उठिन् सासू । उनको हातमा एउटा सानो पोका छ । बोल्नलाई अगाडि उभिइन् । उनको गला निचोरिएर आयो । अहँ, उनी केही बोल्न सकिनन् । उनले त्यो पोको भर्ुइंमा राख्न खोजिन् बुहारीका गहनाहरू रहेछन् । केहीबेर ती गहना हेरिरहिन् उनले । उनका आँखा रसाउन थाले । केहीबेर बोल्नै सकिनन् । विस्तारै उनले आफ्नो गलामा हात लगिन् । तिलहरी फुकालिन् । कानका ढुङ्ग्री फुकालिन्, चेप्टेफुकालिन् । नाकको बुलाकी पनि फुकालिन् । हातको औठी फुकालिन्, बाला फुकालिन् । भक्कानो फुट्यो । निकैबेर रोइन् विचरी । मुटु फुट्ने गरी नै रोइन् । सबैजना रोए । निकैबेर रोए । धेरैबेरको सुक्कसुक्क पछि वल्लवल्ल सामान्य बन्यो वातावरण । आफ्नो हातमा लाइराखेका गहना बुहारीको गहनामा मिसाइन् र केहीबेर यताउता हेरिन् । यतिबेला उनको आँखामा आँसु हैन, एउटा विश्वास छचल्किरहेको छ । एउटा अद्भूत विश्वास । "म त केही बोल्न जान्दिन... " उनले विस्तारै कुरा सुरु गरिन् "छोरा रहेन, बुहारी रहिन । हामीले यो शरीरमा प्वाल पारेर गहना लगाएर के गर्ने भन्थी बुहारीले । उनको रगतको बदला दिन म आफ्नो गहना पार्टर्ीीई बुझाउँछु ।" उनी निकै गम्भीर बनिन् । वातावरण नै रहरलाग्दो गम्भीरतामा परिणत भयो । केही सोचेजस्तो गरिन् । उनका आँखा एकाएक चस्किए, आफ्नो बूढालाई हेरिन् र "ए बूढा ! तँ पनि गहना दिनेकी भन्थ्यौ नि, यी मैले त दिएँ । तिमी पनि केही दिने कि -" ठट्यौली पाराले भनिन् र आफ्नो ठाउँमा बसिन् । बूढाका आँखा ढलपल ढलपल गरे । असाध्यै अप्ठेरो भयो उनलाई । मुटु छाम्दै उठेर एकाएक नारा लगाएर बूढाले- वीर सहिद- सबैले उनलाई साथ दिए- लालसलाम ! निकैबेर नारा लागिरहृयो । एउटा अद्भूत इतिहासको सम्झनामा अर्को इतिहास रच्दै नारा लागिरहृयो, लागिरहृयो । झल्याँस्स भयो ऊ । ऊ पुनः वर्तमानमा पुग्छ । दिउँसोको समाचार पुनः सम्झन्छ । त्यो चौकी कब्जा भएको । समाचार सकेजति सम्झन्छ । उसलाई नरमाइलो लाग्छ । आफ्नो डायरी निकाल्छ र यसो लेख्छ- "चौकी हानेको समाचार लेखियो, 'आतङ्ककारी आक्रमण' तर ती दिदीको सत्यकथा कतै आएन, हिजोआज पनि समाचार लेखिँदैछ पहेंला धातुको बारेमा परेको विवादको । म त छक्क पर्छी दिदीको रातो र तातो वास्तविकता यो समाजले कहिले स्वीकार्ने होला । कहिले सम्मान हुने होला त्यो ज्यूँदोजाग्दो इतिहासको । कहिले अनुसरण हुने होला त्यो अगुवा इतिहासको !

बिरालो

भित्तामा टसाएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिए। प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइन । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भए । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिट धमिरा लागेर किताबको खोल मात्र बाकी बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहा�कहा�देखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौ�ला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।



मेरो पुस्तकप्रेम देखेर आमा छक्क पर्नुहुन्थ्यो । जता गएर आउ�दा पनि मेरा झोलाबाट पुस्तक नै निस्कन्थे । घरका सबै जनाले मेरो त्यस रुचिको सम्मान गर्दै मलाई नसोधी सानो कागजको टुक्रा पनि फाल्दैन थिए । तर, एकाएक धमिराले त्यस्तरी पुस्तक खाइदिएको देखेर आमा पनि नराम्रँ गरी पिरोलिनुभयो । म त रोए पनि धुरुधुरु । २०३३ सालमा घर डढ्दा, त्यसबेलासम्मका सबै पुस्तकहरू आगोले खाएको थियो, त्यसपछि समेटिएकाहरू यसपालि धमिराले खाएको थियो । सम्पत्तिकै सट्टा पुस्तक सङ्कलनमा लागेको म पटकपटक यस्ता दुघटनामा परिरहेको थिए ।



धमिराले पुस्तक खाएपछि हारेको र रिसाएको मनले अबदेखि यस्तो र्‍याकमा किताब नराख्ने भनी बजारबाट एउटा ठूलो टीनको बाकस किनेर ल्याए� । केही समय त्यसमा किताब राखियो तर कतिवटा बाकस किन्ने भन्ने समस्या पनि आयो र भनेको पुस्तक फुत्त झिक्न पनि गाह्रो भयो । त्यसैले बाकसलाई परित्याग गरी फेरि र्‍याकतिरै लागे�, तर अब दर्ुइ/चार, दर्ुइ/चार दिनमा र्‍याक चलाइरहने गर्न थालियो । आमा, सीताजी जसले पनि बेलाबेला पुस्तकहरू चलाएर धमिरा लागे/नलागेको हर्ेर्ने गर्नुहुन्थ्यो ।



हु�दाहु�दै एकपल्ट फेरि घरमा एकाएक मुसाको आतङ्क बढ्यो । यति मुसा फैलिए कि केही चीज पनि सद्दे हुन छोडे । ओछ्यानका सिरक, डसना, सिरानीदेखि बेलुका खोलेर राखेको लुगासम्म बिहान उठ्दा काटिसकेको हुन्थ्यो । यस्ता बेलामा किताब त झन् मुसाकै गुड हुन पुग्यो । रिसैले विष ल्याएर राखिदियौ । सुरुसुरुमा दुइ/चारवटाले खाएर कताकता अप्ठ्यारो चेपतिर गएर मरेछन्, कुहेर गन्हाएर घरमै बसिनसक्नु दुगन्ध व्याप्त भयो । हैजै फैलिएलाजस्तो भयो । विष ख्वाएर मार्दा पनि घरमै बस्न नसकिने भइयो ।



मुसाले पुस्तकमाथि गरेको ज्यादती फेरि खपिनसक्नुभयो । कति महत्त्वपूण्ा पुस्तकहरू जतासुकै काटिदिएर कामै नलाग्ने बनाइदिए । मुसाको यस आतङ्कले दिक्क हुनुभएकी आमाले एकदिन कहा�बाट हो एउटा सानो बिरालोको बच्चो लिएर आउनुभयो । बिरालो म्याउम्याउ गरेर कराउदै घुम्न थालेपछि मुसाहरू विस्तारै घट्दै गए । सुरुमा सानै थियो बिरालो । त्यसले मुसा मार्न सक्ने कुरै थिएन । तर पनि मुसाको लागि त्यो आतङ्कित थियो । हामी सबैले माया गर्‍यौ त्यसलाई । दूधभात खान दिने, काखमा राख्ने गर्न थाल्यौ । बिरालो पनि चाडै रत्तियो हामीसग ।



म जब बिहानै उठेर पढ्न वा लेख्न बस्थे, बिरालो कताकताबाट म्याउम्याउ गर्दै आएर मेरो काखमा 'घुरुरुरु' गर्दै बस्थ्यो र सानो बालकजस्तो आखा चिम्लिएर निदाउथ्यो । ठूलो हुदै गएपछि साच्चै नै त्यसले घरका मुसा मार्न थाल्यो । कताकतातिरबाट पनि मारेर ल्याउथ्यो । बिरालो घरमा ल्याएपछि मुसाको अत्याचारबाट साच्चै मुक्त भइयो ।



बिरालो घरमा आएपछि बुहारी भएको घरझै ढुक्क भयो मेरो पुस्तकालय । र, बिरालो मेरो एकान्तको साथी पनि । हुदाहुदा त्यसले मलाई एकक्षण पनि नछोड्ने भयो । म जता जान्छु त्यो मेरै पछिपछि । म बाथरुमभित्र पसे भने त्यो बाहिर ढोकामा बसिरहन्थ्यो, भान्सामा भए म्याउम्याउ गरी छेउमै हुन्थ्यो । मैले आफ्नो भागबाट अलिकति भात नदिई त्यो त्यहाबाट चलबलाउदैन थियो । बिरालोले मलाई पछ्याएको देखेर कहिलेकाही आमा हास्दै भन्नुहुन्थ्यो, "हैन साह्रै गहिरो पिर्ती पो लायौ त तिमेरुले । यो बिरालो तेरी पूवजन्मकी बेहुली हो कि के हो -" म पनि हास्दै भनिदिन्थे, "तपाईंले नै खोजी ल्याइदिएकी बुहारी हो त " हासो हुन्थ्यो घरमा । सीताजी भन्थिन्, "साच्चै नै यो त मेरी सौताजत्तिकै भई ।" वास्तवमा त्यो बिराली पोथी रहिछे । हामी सबै हास्यौ । हामी हासेको देखेर कुरा बुझेझै त्यो टुलुटुलु हाम्रो अनुहारतिर हेरिरहन्थी र आफ्ना खुट्टाहरूले उसको अनुहार पुछिरहन्थी । लामालामा जुगा हल्लाउदै फेरि आएर मेरै काखमा बस्थी । हातले उठाएर पर पुग्ने गरी फ्याक्दा पनि थेत्तरो बालकजस्तो विस्तारै आइहाल्थी ।



बिरालोसग ज्यादा घुलमिल गर्नु राम्रो हुदैन, बिरालाका रौहरू निलियो भने त्यसले पछि दमरोगको समस्या उत्पन्न गर्छ आदि भन्थे मान्छेहरू । तर, बिरालीको साथ मलाई अभ्यस्थ हुदै जान थाल्यो । ऊ आएर काखमा नबसी म झन्डैझन्डै लेख्नै नसक्ने जस्तो पो हुन पुगेछु पछि त । निकैवटा लेख-रचनाहरू बिरालीबिना नलेखिएरै खेर गए कतिपल्ट । आमा भन्नुहुन्थ्यो, "काखमा छोरी नसुती लेख्न सक्दैनस् -" हास्थ्यौ हामी । साच्चै नै मलाई त्यो बिराली 'छोरी' जस्तै नै लाग्न थालेकी थिई । पशुसग मान्छेको यस्तो प्रेम होला भन्ने मैले सोचेको थिइन । बिराली पनि निकै नै कुरा बुझ्ने भएकी थिई । त्यसले घरमा मलाई एकैछिन नछोडे पनि अफिस वा अन्यत्र जानुपर्दा कहिल्यै पछ्याउदैन थिई । तर, साझसम्म पनि त्यो आगनमा, म आउने बाटोतिरै उभिएर हेरिरहेकी हुन्थी । जब म आगनमा पुग्थे, त्यसले मेरा खुट्टामा लुटपुटिएर, सुघेर र जीउमा चढ्न खोजेर माया गर्थी । हिड्दाहिड्दै अल्भिmएर लडिएला वा झुक्किएर कुल्चिएला कि भन्ने पीर पार्थी त्यसले ।



जेहोस्, बिराली घरको घनिष्ठ सदस्यजस्ती भएकी थिई । साना केटाकेटीहरू पनि बिरालीसग खेल्न रमाउथे । त्यसले मुसो समातेर खेलाई-खेलाई मारेको देखेर साना छोराछोरी रमाइलो मान्थे ।



छिट्टै नै त्यो जवान भई । सानो बोन्र्साई बाघजस्तो देखिन थाली । ठूलो सुरिलो स्वरले लेघ्रो तानेर कराउदै घरभरि घुमीघुमी घरको रखवाली गर्न थाली । कहिलेकाही आधा रातसम्म पनि हराउन थाली । आमा हास्दै भन्नुहुन्थ्यो, "तेरी छोरीको उमेर पुग्यो, अब घर बस्न छोडी ।"



ढिलो आइपुग्दा मान्छेलाई जस्तो हकार्नुहुन्थ्यो आमा, "कहा गएकी थिइस् घर छोडेर - अब बैस चढ्यो तलाई - कुनचाहिले विष ख्वाएर मार्ला अनि थाहा पाउलिस् । घरै बसिरहनुपर्दैन भोलिदेखि तेरो खुट्टा भाचिदिन्छु ।"



कुरा बुझेकी जवान अविवाहिता छोरी डराउदै, धकाउदै आफ्नो कोठातिर पसेझै विस्तारै सिढी चढ्थी र खुरुरु कुदेर भित्र पस्थी । मेरो छेउमा आएर बस्थी । म सजिलो गरी पलेटी कसी दिन्थे, त्यो डराउदै काखमा बस्थी । अनौठो खाले माया लाग्थ्यो त्यसको । त्यसैत्यसै मानवीकृत हुदै गएकी थिई त्यो । राती सुत्दा पनि कहिले गोडामुनि, कहिले सिरानीतिर आएर टासिएर सुतिरहेकी हुन्थी । कहिलेकाही� सीताजीले झर्किएर त्यसलाई हातले टिपेर पर पुग्ने गरी फालिदिन्थिन् तर फेरि कतिखेर आइसकेकी हुन्थी ।



केही समयपछि त्यो मोटाउ�दै गई । एकदिन आमाले भन्नुभयो, "अब यो ब्याउने भइछे । कति बच्चा पाउने हो - बिरालाका छाउराले घर सारै फोहोर गर्छन् ।"



नभन्दै एकदिन सा�झमा घर पुग्दा बिराली बियाएको चर्चा चलिरहेको थियो । एक/दर्ुइ दिनदेखि बिराली मेरो छेउमा आएकी पनि थिइन् । खाने बेला पनि त्यस दिन बिराली आइन । सीताजीले भनिन्, "आज अचम्मै भयो । यो हाम्रो घरको पशु होइन है, यो त मान्छे नै भइसकी ।"



"के भयो र -" मैले सामान्य चासो देखाए� ।



उनले भनिन्, "हामी घरमुनि चिया खाजा खाएर बसिरहेका थियौ� । तलामाथि गन्द्रयाङगुन्द्रुङ आवाज आइरहेको थियो । बिरालीले मुसो खोज्दै होली भनी खासै याद गरेनौ� । बिराली पनि अनौठो आवाज निकालेर बेलाबेला कराउने गर्थी । निकैबेरपछि चालचुल हरायो । हामी बसेकै थियौ� । माथिबाट विस्तारो बिराली सि�ढी ओर्लेर आई र अनौठो पाराले आमाको अनुहार टुलुटुलु हर्ेर्दै माया लाग्दो गरी म्याउ�म्याउ� गर्न थाली । हामीले त्यसको कुरा बुझेनौ� । आमाको खुट्टाको वरिपरि लुटुपुटु गर्दै कुदेर सि�ढीतिर जा�दै, फर्केर हर्ेर्दै फेरि फर्केर आउ�दै आमाको साडी दा�तले टोक्दै उप|mेर सि�ढीतिर जा�दै गर्न थाली । आमा उठेर पछि लागेपछि त्यो सुरुसुरु सि�ढी चढ्न थाली । एकक्षणपछि आमाले माथिबाट बोलाउनुभयो, "ए सीते � यता आइज आइज �" माथि पुग्दा आमा छक्क परेर खाटको छेउमा उभिएर हेरिरहनुभएको थियो । बिराली खाटमाथि टुक्रुक्क बसेकी थिई र त्यसको छेउमा एउटा सालनालसहितको मरेको बच्चो खुनमा लटपटिएको थियो । त्यस दृश्यले हामी दुवै जना अचम्भित भयौ� । त्यसले त हामीस�ग सहयोग पो मागेकी रहिछे । तन्नैसमेत उठाएर लगेर त्यसलाई माटोमा पुरिदियौ� । "



सीताजीका कुरा सुनेर अनौठो लाग्यो मलाई । माया पनि लाग्यो ।



अब त्यसको स्वभावमा परिवर्तन आउन थालेको थियो । त्यो अब फोहोरी र अटेरी पनि हुन थालेकी थिई । त्यसले मुसा मार्न छोडेकी, गाउतिर जान थालेकी र जथाभावी दिसा गर्न थालेकी थिई । घरकै कोठाचोटातिर पनि हग्न थालेकी थिई । त्यसको बिग्रिएको बानीले अब आमा र सीताजी दिक्क हुन थालेका थिए । तर, मलाई त त्यो बानी परेकी थिई । लेख्न बस्नेबेलामा 'सु...री' भन्नासाथ कहाबाट प्रकट हुन्थी, आएर काखमा बसी हाल्थी ।



एकदिन आमाले भन्नुभयो, "अब यस बिरालीलाई घरमा राख्नुहु�दैन । कत्राकत्रा बाघजत्रा ढाडेहरू आएर घरै लडाउलान्जस्तो गर्न थाले । यो पनि अब पहिलाकी जस्ती छैन । यसले मुसा पनि मार्दिन ।" आमाको कुरा त्यति राम्रँे लागेन तर मैले केही पनि भनिन ।



नभन्दै एकदिन साझमा घर पुग्दा बिराली आगनमा थिइन । कोठा, धारा, भान्सा सबैतिर चहारे तर कतै पनि बिरालीको उपस्थिति थिएन । खाना खादै गर्दा चर्चा चलाए, "खै आज त बिरालीको चालचुल छैन ।"



सीताजीले भनिन्, "आज आमाले त्यसलाई बोरामा हालेर माथि नारायणचोक पुर्‍याएर आउनुभयो ।"



मलाई भित्र कहा चिसो गरी दुख्यो । नमीठो लाग्यो, त्यस्सै मन बिरसिलो भयो । तर, केही पनि भनिन । सीताजीले भनिन्, "अस्तिदेखि त्यसलाई आमाले कहाकहा पुर्‍याए पनि आमाभन्दा चाडो त्यो घर आइपुग्थी । आजचाहि यसबेलासम्म आइपुगेकी छैन ।"



मनमा सानो आशा पलायो, "ए � त्यो आउनसक्ने रहिछे ।"



तर, त्यो रातभरि पनि आइन । भोलि बिहान खाना खानेबेलासम्म पनि आइपुगेकी थिइन । मनमा केके नराम्रोजस्तो भइरह्यो । कुनै प्रिय मित्रसगको विछोडजस्तो । बेलुका घर पुगे । त्यसको चालचुल थिएन । लेख्न बसे, मन लागेन, त्यत्तिकै सुते ।



दिनहरू बित्दै गए । विस्तारै बिराली विस्मृतितिर ठेलिदै गई । म बिरालीबिना पनि लेखपढ गर्न अभ्यस्त हुदै आए । फाट्टफुट्ट मुसाहरू फेरि देखापर्न थाले I

कमरेड पाताल

शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड-खावड र कष्टकर देख्न थालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । मभन्दा अघिल्लो पुस्तामा देखिएको निराशाले कतै मलाई छोप्दै गएको त हैन - हिजोआज आफैंलाई यो प्रश्न सोध्छु ।

फेरि आफूले आफैंलाई उत्तर दिन्छु- अरुको कारणले आफ्नो उद्देश्यलाई बराल्नु आफ्नै कमजोरी हो ।



मनलाई बलियो बनाएर घरिघरि यसैगरी सोच्छु । नकारात्मक कुरालाई धूरीमा राखेर नसोचौंभन्दा पनि मलाई बेलाबेलामा यसले झम्टिरहन्छ ।

आज कमरेड पातालको हेराइ मप्रति पहिलेको भन्दा धेरै फरक थियो । हुन त, केही समयदेखि नै उनको हेराइ मप्रति अत्यन्तै अस्वाभाविक भएको मैले महशूस गर्न थालेको छु । मैले राखेका कार्ययोजना र तर्कहरुमा उनको नकारात्मक धारणाले ठाउँ पाउन थालेको थियो । हिजोआजका केही बैठक र भेटघाटहरुबाट म यो निश्कर्षा पुगेको थिएँ ।

म विगतका केही घटनाहरुको जति साक्षी हुँदैआएको छु, मलाई भविष्यको बाटो झन्-झन् कमजोर र जीण्ा बन्दै गएको बोध भइरहेको छ ।

हुन त पोहोरको एउटा घटनाबाट पनि मैले उनी मसँग अलिक टाढिएको महशूस गरेको छु । त्यस दिन उनको निम्ताबिना नै म उनको घर थानकोट पुगेको थिएँ । घरमा पुगेर म सिधै उनको बैठक कोठामा गएँ । कमरेड पाताल म पुग्दा त्यहाँ थिएनन् । उनको बैठक कोठामा खाइलाग्दा मान्छेहरुको एउटा जमात बसिरहेको थियो । अरुतिर बस्ने ठाउँ नभएकोले अप्ठ्यारो मान्दै म पनि बैठकको एउटा कुनामा गएर थचक्क बसें ।

एकछिनपछि कमरेड शान्ता चिया लिएर टुप्लुक्क भित्र पसिन् । म अचम्मित भएको थिएँ, त्यसबेला । तडक-भडकपर्ूण्ा जिन्दगीको विरोध गर्ने मान्छेलाई त्यो अवस्थामा देख्दा म एक प्रकारले छाँगाबाटै खसेको थिएँ । त्यस दिनको उनको ओठको लिपिष्टिक र अनुहारको लाली, पाउडर मैले कल्पनासम्म गर्न सकेको विषय थिएन । धेरै बैठक र भेलाहरुमा कमरेड शान्ताका \'शादा जीवन र उच्च विचार\'का धारणाहरुबाट म पटक-पटक प्रभावित भएको छु । त्यस दिन कमरेड शान्ता पनि मेरो उपस्थितिबाट अत्यन्त क्रोधित भएको मैले अनुमान गरेको थिएँ । मसँग त्यति राम्रो व्यवहार प्रस्तुत गर्ने मान्छे, त्यस दिन उनी मसँग बोल्दै बोलिनन् । उनले त्यस दिन लगाएका अनेकौं सुनका गहनाहरु देखेर म दङ्गदास भएको थिएँ । केही छिनपछि कमरेड पाताल त्यही बैठक कक्षमा पसेका थिए । मेरो उपस्थितिले उनी पनि चकित भए । मेरो उपस्थिति त्यहाँ \'कवाफभित्रको हड्डी\' बनिरहेको कुरामा म प्रष्ट थिएँ ।

\'तपाईं सूचना नगरी किन आउनुभयो -\' आँखा रातो पार्दै कमरेड पातालले मसँग भनेका थिए ।

हो, म अर्कै कामले त्यो क्षेत्रतिर पुगेको थिएँ । बाटोमा परेकाले मात्र म त्यहाँ पुगेको थिएँ ।

उनलाई मैले त्यही कुरा भनें ।

\'सूचना नगरी आएको मलाई राम्रौ लाग्दैन ।\' कमरेड पातालले फेरि आफ्नो आक्रोशपर्ूण्ा निर्ण्र्ाासुनाए र श्रीमतीसँग खुसुक्क कुरा गर्ने निहुँमा बाहिर निस्किए ।

उनीहरु बाहिर निस्किएको मौका छोपेर म पनि त्यहाँबाट कुलेलम ठोकेको थिएँ ।

त्यस दिन कमरेड पातालको घरबाट बाहिर निस्किएपछि मैले पार्टर्ीीे भविष्यमा एउटा अँध्यारो छायाँ देखेको थिएँ । पार्टर्ीी उनी चानचुने नेता थिएनन् । एक जना प्रभावकारी नेता ।

त्यसका धेरै दिनहरुसम्म मेरो मष्तिष्कमा जाँतो जम्तो एउटा चिज घुमिरहृयो । राति न्रि्रालाई समेत प्रभावित पारेको थियो त्यो घटनाले । त्यसपछि मलाई आफैं सामेल भएका जुलुसहरुसँग पनि आफैंलाई अविश्वास पैदा हुन थालेको थियो । आफ्नो यात्रा नै गहुङ्गोजस्तो लाग्न थालेको थियो ।

त्यसपछिका दिनहरुमा कमरेड पातालले मलाई हर्ेर्ने आँखामा आतंकको बादल घुमिरहेको देख्न थालेको थिएँ ।

\'व्यक्तिगत सम्पत्तिका बारेमा चिन्ता लिने मान्छेले क्रान्तिकारी आन्दोलनलाई कसरी सहयोग पुर्‍याउन सक्छ -\' भरखर आन्दोलनमा आएका सामान्य कार्यकर्ताहरुलाई यसो भन्दै उनी कडा शंकासाथ झम्टिने गर्थे ।

तर पोहोरको त्यस घटनापछि भने म उपस्थित भएका छलफलहरुमा पहिले-पहिले गर्ने ठूल्ठूला क्रान्तिकारी कुराहरुमा उनी सचेत देखिनथाले । अलि हच्किन थाले ।

कमरेड पातालको तर्कशैलीले उत्साहित र ऊर्जाशील मान्छेहरुलाई धेरै प्रेरणा पनि दिन्थ्यो तर केही सामान्य मानिसहरु भने कडा कुरा सुनेर आन्दोलनको मैदान छाडेर भाग्थे । उनको आक्रामक र ओजिलो शैलीको प्रभावमा परेर धेरै कमरेडहरुले आफ्नो छोराको नामसमेत \'पाताल\' राख्न थालेका थिए ।

आन्दोलनमा उनको नियमित लगावले परारैको त्यो घटनालाई मैले विस्तारै-विस्तारै बिर्सिदै जानथालेको थिएँ ।



अकस्मात अस्तिको घटनाले म फेरि एक पटक नराम्ररी झस्किएँ ।

त्यस दिन हामी केही साथीहरु सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आयोजित \'नेपालबन्द\'को कार्यक्रम सफल पार्न मशाल जुलूसको तयारीका लागि मशाल बनाउन इन्द्रचोकको एउटा पुरानो घरमा जम्मा भएका थियौं । जुलूस कार्यक्रमको लागि मानिसहरु जुटाउने, रुट तय गर्नेदेखि लिएर सम्पर्ूण्ा कार्य त्यही बैठकबाट गर्नेसमेत तय भएको थियो । त्यो निर्ण्र्ााो जानकारीसमेत हामीलाई कमरेड पातालले नै गराएका थिए । त्यो कार्यक्रमको नेतृत्व पनि कमरेड पातालले नै गरेका थिए । बिहानै बोलाइएको भए पनि धेरै साथीहरु ढिलो आइपुगेका थिए कार्यस्थलमा । त्यसै गरेर कमरेड पाताल पनि त्यहाँ ढीलै गरेर आइपुगे ।

\'पार्टी काममा धेरै व्यस्त रहियो, राति सुत्न पनि पाइएको छैन ।\' आउनेबित्तिकै कमरेड पातालले आफू अत्यन्तै थकित भएको कुरा बताए ।

उनी जहिले र जहाँ भेट्दा पनि आफूलाई पार्टीामको ज्यादै बोझ भएको र अत्यन्तै व्यस्त रहने कुरा बताउने गर्थे । तर अब उनको कुराप्रति म शंकालु बन्न थालेको थिएँ, त्यस कुराको संकेत उनले पनि पाइसकेको हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो । त्यसै कारणले पनि मेरा अधिल्तिर उनी अत्यन्तै सचेत भएर कुरा गर्ने कोशीस गर्थे । म नभएको मौका छोपेर भने उनी उग्र-क्रान्तिकारी गफ लगाउन पछि पर्दैनथे भन्ने कुरा मैले बाहिरका ढोका र चोटाहरुबाट धेरै पटक सुनेको थिएँ ।

पहिले-पहिलेझैं त्यस दिन पनि उनले उपस्थित भएका सबै साथीहरुसमक्ष आफूलाई त्यसैगरी प्रस्तुत गरे ।

कमरेड पातालको क्रान्तिकारी लगावसँग सदाझैं फेरि पनि साथीहरु द्रवीभूत भए । मसँगका पुराना घटनाहरु बिर्सिएझैं गरेर त्यस दिन उनले मेरै अघिल्तिर फेरि आफ्नै शैलीमा कुरा शुरु गरे ।

नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रुपान्तरण नै भएन ! कमरेड पाताल बोल्दाबोल्दै गम्भीर भए ।

अघिल्लो पुस्ताका नेताहरुको व्यवहार र कुरामा कतै सामान्यजस्यता र तालमेल मिलेन । कमरेड पातालले चिन्तित मुद्रामा फेरि थपे ।

म यतिबेला उनीसँगको त्यो अतीततिर फर्किरहेको थिएँ । उनको कुराले मभित्र अर्को चिन्ता थपिरहेको थियो ।





हामी सबै काममा जुटिसकेका थियौं र कमरेड पाताल पनि कार्यक्रममा सहभागिता गराउन कार्यकर्ताहरुलाई टेलिफोनबाट निर्देशन दिइरहेका थिए । दिउसोको बाह्र बजिसकेको थियो । बिहानै आउनु परेका कारण हामीले केही खाएका थिएनौं । हामी सबैलाई भोक लाग्न थालेको थियो । हामीले कमरेड पाताललाई पनि यो कुरा भन्यौं ।

क्रान्तिका लागि भोक सामान्य कुरा हो ! कमरेड पातालले फेरि सहज जवाफ फाले ।

क्रान्तिका लागि दिनु परे त ठीकै हो । तर अहिले नै बलिदान दिनुपर्ने आवश्यकता छैन । कमरेड विशाखाले प्रत्युत्तर थपिन् ।

\"तपाईंले र्सवहारा संस्कृतिलाई आत्मसात गर्ने प्रयत्न गरिरहनु भएको छैन । कमरेड पातालले उही बनिबनाऊ तर्कको फेरि झटारो हाने ।

\"म ग्याष्ट्रिकको विरामी हुँ ! मैले केही नखाई हुँदैन । ट्रेड युनियनमा काम गर्ने मजदूर साथी कमरेड जसबहादुरले आफ्नो बाध्यता राखे ।

\"भोको बस्न सकिँदैन भने क्रान्तिका लागि केही पनि गर्न सकिँदैन ।\" कमरेड पातालले आफ्नो कुरालाई जाँतोझैं फेरि घुमाए ।

\"खै ! नेपालको कम्युनिष्ट आन्दोलन !\" कमरेड पातालले फेरि निराश बनेझैं गरेर आफ्नो मुखाकृति बिगारे ।

\"मैले कमरेड हिमालबाट पातालमार्फ् खानाको प्रबन्ध गरिएको सूचना पाएको थिएँ ।\" कमरेड विशाखाले मेरो कानमा आएर खुसुक्क भनिन् ।

तर उता कमरेड पाताल आफूसँग पैसा नभएको र आफैं पनि भोकै रहेको कुरा बताइरहेका थिए ।

म कमरेड पातालसँगका सम्बन्धलाई लिएर केही समयदेखि र्सतर्क रहँदै आएको छु । तर्सथ पनि उनको बारेमा कुनै टिप्पणी भइहालेमा सचेत भएर प्रत्युत्तर दिन्छु । अझ, कसैले मेरो अघिल्तिर उनको प्रंशसा गर्‍यो भने म धेरैबेरसम्म पीडाले छट्पटिन्छु ।

\"म एकछिन बाहिर पुगेर आइहाल्छु ।\" कमरेड पाताल यसोभन्दै बाहिरिए ।

\"भोकले पेटै दुख्नथाल्यो ।\" कत्लेटी परेका ओठहरुबाट कमरेड सौरभ अलिकति हाँसे ।

क. सौरभतिर फर्किएर हामी सबै एकपटक हाँस्यौं ।

\"मसँग तीन रुपियाँ छ । अरुसँग जति छ, सबै निकालौं र पाउरोटी किनेर ल्याउFm । क. सौरभले सबैतिर हेरेर मलिनो स्वरमा एउटा प्रस्ताव फ्याँके ।

कसैले गोजी छाम्न थाले । कसैले फोन डायरीका पाना पल्टाएर पैसा खोजे । केही कमरेडहरुसँग पैसा थिएन । सबैबाट जोडजोड गर्दा तीस रुपियाँ जम्मा भयो ।

\'पाउरोटी किनेर ल्याऊँ, मैले फेरि प्रस्तावलाई अघि बढाएँ ।

\"सबैभन्दा सस्तो र राम्रो त्यही हुन्छ ।\" कमरेड सौरभको भोक ब्यग्र भएर बल्यो ।

\"तपाईं र म किनेर आऊँ । अरु साथीहरु काम गर्दै गर्नुहुन्छ ।\" कमरेड जसबहादुरले मलाई संकेत गरेर जुरुक्क उठे ।

हामी दुइजना इन्द्रचोकको बहाल हुँदै पश्चिमतिरको गल्ली छिर्‍यां । हामी पाउरोटी पाइने पसलको खोजिमा थियौं । गल्लीतिर सोझिनेबित्तिकै छेउमा एउटा रेष्टुरेन्ट थियो । रेष्टुरेन्टको अघिल्लो भागमा आकर्ष र पारदर्शी सिसा लगाइएको थियो; जसबाट रेष्टुरेन्टभित्रको दृश्यलाई राम्ररी देख्न सकिन्थ्यो । रेष्टुरेन्टलाई नाघेर केही पाइलामात्र अघि बढेपछि क. जसबहादुरले मेरो कुमनेरको र्सटको भागलाई ताने । म एकाएक अचम्मित भएँ ।

\"यता पछाडि फर्किनुस् त !\" कमरेड जसबहादुरले दबेको स्वरमा मेरो कानमा आएर फुसफुसाए ।

\"किन - के भयो -\" म पनि उनको कुरा बुझन हतारिएँ ।

कमरेड जसबहादुरले मलाई विस्तारै दर्ुइ कदम पछि ताने र चोर आंैलाले पारदर्शी सिसाबाट रेष्टुरेन्टभित्र देखाए । उनले औंला देखाएको ठाउँमा कमरेड पाताल काँटा र चम्चालेे पिजा टुक्राउँदै खाइरहेका थिए । उनको अघि कोकाकोलाको बोतल पनि थियो । कमरेड जसबहादुरलाई अघिल्तिर तान्न खोजें । उनी कमरेड पाताललाई अझै हर्ेर्ने कोशिस गर्दैथिए । मैले रेष्टुरेन्टको पारदर्शी सिसाबाट भित्रतिर फेरि हेरें । अनायास कमरेड पातालका आँखाहरुसँग हाम्रा आँखाहरु जुधे । त्यसपछि कमरेड पातालले पिजा राखिएको प्लेटलाई आफ्नो शरीरले एक पटक छेक्न खोजे । तर त्यो छेकिएन । उनी त्यसपछि अर्कैतिर फर्किए ।

\"यस्ता फटाहाहरुलाई पनि नेता मानेर हिंड्नुपर्ने -!\" कमरेड जसबहादुरले तुरुन्तै प्रतिक्रिया दिए ।

\"हेर न, उही कस्ता-कस्ता सांस्कृतिक कुराहरु गर्छ !\" मैले पनि अलिकति प्रतिक्रिया नदिई बस्न सकिँन ।

कमरेड जसबहादुर पनि केहीबेर निरासजस्तै देखिए । पाउरोटी किनेर साथीहरु भएको ठाउँमा नपुगुन्जेल उनी पनि चुप रहे । म पनि चुप रहें ।

\"त्यो फटाहाको हामी सबैले भण्डाफोर गर्न सक्नर्ुपर्छ ।\" कमरेड जसबहादुरले आक्रोशित भएर सबै साथीहरुसँग आफ्नो धारणा राखे ।

\"यस्तो नेतृत्व भएपछि कसरी समाज र देशको परिवर्तन होला -\" बहसमा कमैमात्र उत्रने स्वभाव भएका कमरेड जसबहादुरले कम्युनिष्ट आन्दोलनभित्रको अवसरवादका बारेमा सैद्धान्तिक छलफल गर्न खोजे ।

\"नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरुको सांस्कृतिक पक्षलाई मूल्यांकनको विषय बनाएन । केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु नेतृत्व तहमा पुग्नथाले ।\" कमरेड सौरभले पनि आफ्नो तर्क अघि सारे ।

कमरेड पातालका बारेमा सबै साथीहरु केही समय चिन्तित भएर बहसमा उत्रिए । त्यस दिन कमरेड पाताल हामी भएको ठाउँमा फर्किएनन् ।



चिसो हुस्सूले काठमाडौंलाई पुरै छोपेको छ । मलाई लाग्छ- म काठमाडौंमा आएपछि यति धेरै जाडोको महशूस कहिले पनि गरेको थिइनँ । आज बिहान एउटा मिटिङ्ग थियो । मिटिङको समय भने हुन लागिसक्यो । म सिरकभित्रै छु । आजको मिटिङमा पनि केन्द्रबाट कमरेड पाताल नै इन्चार्ज बनेर आउँदैछन् ।

म विस्तारै ओछ्यानबाट उठें । यति साह्रो अल्छी योभन्दा पहिले कहिल्यै पनि लागेको थिएन ।