शनिवार, 7 मई 2011

हाइ, हाइ हिमाल

मनबाट बाहिर निस्के हिमालहरू ।
कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।।
गोरखाको उत्तरी थुम्कामा गजधुम्मिएको पुरानो राजमहल । हामी पसिनामा पखालिएर टेकियौं यो थुम्कीमा । अघिको खलखली पसिना अब साटियो चिसोमा । आंख...ाहरूले सबै थोक हेरी-हेरी हानिए उत्तरतिर । र, हृदयको पाइतोसराइ भयो मास्तिरका शैलशृङ्खलातातिर ।
हिउंतर्ीथ रुचाउंछ मन ।
हिउंचुलीमुन्तिरका हरिया लाग्ने निर्दोष पहाडहरू । एक्लो अनुभूतिमा सुलुल्ल बग्ने पहाडी खोलाहरू । सुरिला, सुलुत्त रूखहरू । क्षिितजको तुजुकमा कक्रिएको आकाश । मनको ग्लोबमा घुम्छन् फनफनी- यी भूदृश्यहरू, भूतलहरू ।
सांझ खोर्लिएको बेला ।
मैले मेरा चेतनामा पिङ लेखेको पाइरहेछु सुन्दरताका । मैले मेरा स्पन्दनमा सुसेली हालेको पाइरहेछु उत्फुल्लताका । मैले मेरा धुकधुकीमा तरङ्ग छचल्किएको पाइरहेछु प्रकम्पनका । यी अनुभूतिले बालेका चम्काभित्र भरभराउंदा हिमालका खिचडी छड्किरहेछन्' छड्किरहेछन् ।
पानीलाई गर्भाधान पानीकै । अनि त हिमकण बिर्बिरिन्छ र लटरम्म भरिन्छ हिमाली फलफूल हिउंचुलीमा । बैग्लै चमक पोतिन्छ, बेग्लै कान्ति पोखिन्छ । रित्तो मन रसाउंछ सौर्न्दर्यको जलप पाएर ।
एउटा बेग्लै विज्ञान छ रङ्गको । एउटा भिन्नै संसार छ आकृतिको । र, मेरो आंखाले सम्यक् संयोजन गरी हेर्ने एउटा फरक अनुभूति छ- हिमालको । त्यही हिमालमा छ रङ्ग पनि, आकृति पनि ।
घुमेका मनले कति बुझे हिमाल । डुलेका चेतनाले कति जाने हिमाल । हेरेका आंखाले कति पढे हिमाल । सोध्ने मन त छ नि ⁄ हो, चमत्कारी र विलक्षणताले यदाकदा नबुझन, नजान्न र नपढ्न सक्छन् । हामीलाई मिल्न सक्ला यो तर्क ।
के प्रत्येक नेपालीका ओठमा झुन्डेको छ हिमालको नाम -
सरसराइरहेछ चिसो हावा । र, घरी-घरी धोएर गइरहेछ मलाई । म सिनित्त धोइन्छु चिसोमा । ल्याफल्याती भिजेको म, फेरि हिमालको प्रकाशले सुक्छु र्र्सलर्क्क । पानीको आलोकले गम्न लगाउंछ मलाई । पानीको उज्यालोले अंध्यारोबाट अलग्याउंछ मलाई । पानीको ऊर्जाले ब्युंताउंछ मलाई ।
मनबाट धमाधम निस्किरहेछन् हिमालहरू ।
जल, जङ्गल र जीवन- मेरो देशको ऐर्श्वर्य । यिनै तीन थोकमा बांधिएको छ- राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि । ढुक्कले भन्छु- यहींनेर छ गतिमय । जातीय, क्षेत्रीय वा सगोलका परखालहरू ठडिन्छन् अनि गर्ल्यामगर्ुर्लुमिन्छन्- यिनै जल, जङ्गल र जीवनको त्रिकोणमा ।
हिमालका कालीभीरमा लिपपोत गर्छ घामले, जूनले र ताराले । आङअठिङरमा मस्किएका बैंसालु खित्का सजाई हांस्छ हिमाल- छोटा परेलीभित्रका विशाल दृष्टिले पढिरहेछु म हिमाली लावण्य ।
हिमालीहरू छन् उत्र्सर्गी अनुहारमा । प्रत्येक बिहान भालेको डाक सुनिंदो हो यहां पनि, प्रत्येक मध्या≍नमा चरीको चिरबिर सुनिंदो हो यहां पनि, प्रत्येक सांझ रैनबसेराको सुस्केरा गुन्जिंदो हो यहां पनि । तर कति अटल यो ⁄⁄⁄ झन्-झन् उमेद लिएर स्थापित हुंदो छ ।
देशका धेरै अञ्चलमा टेकेको छ हिमालले । अञ्चलका धेरै जिल्लामा छोएको छ हिमालले । जिल्लाका धेरै नगरपालिका वा गाविस नाघेको छ हिमालले । मजस्ता अलेख नेपालीका टोलबाट फड्केको छ हिमालले । पूर्वबाट पश्चिमसम्म लमतन्न छ हिमाल । उत्तरबाट दक्षिणसम्म पग्ली-पग्ली बगेको छ हिमाल ।
पानी रिसाउंछ, हिउंचुली बन्छ । कठोरताको अर्थ यो । पानी हांस्छ, नदी बन्छ । तरलताको सङ्केत यो । पानी मर्छ, वाष्प, बन्छ । वायुको अर्थ यो ।
हिमालको रहस्यज्ञान नपढेर परास्त भइरहेछु म, पराजित भइरहेछु म र अज्ञानतामा भासिइरहेछु म ।
आंखामा छन् वेगवान् तरङ्ग । ती उत्तरतिरका सेता पहाडहरूको फन्को मार्छन् र नअघाएको राग अलाप्छन् । म थच्च्याउन कहां सक्छु अन्तस्करणलाई । यसैको आकाङ्क्षामा उनिएर आएको म, अब विरोधको तुक न तर्क । र, हिमालका जन्म-मरणमा सहभागी हुन मुक्त छोडिदिएको छु आंखालाई ।
हिमाल उठाएर,
माझ-माझ धरतीमा
जीवनका थप रङहरू
छोडौं
कलाकारलाई ।
गीत भए मनका । र्समर्पण गरें हिमाललाई । अब गाउन सकौं । सबैका सुरतालले नसुसेल्ने किन यही शब्दलाई ⁄ परबाट अछेता फालेर अर्थ के मुर्तिलाई - नजिक जाऔं र आस्तिक भए अर्चना गरौं, नानिस्तक भए सांस्कृतिक भावले पढौं मुर्तिलाई । त्यस्तै हुन् हिमालहरू ।
हिमालवरपर हरिया पहाड- सेनाजस्ता । रूप, गुण, शील, स्वभावमा मोहिनी लाग्छन् हिउं-थुम्काहरू । रङगीबिङ्गी पर्दामा मौसम खेल्छ यहां ।
प्रकृतिको जादू छ हिमालमा ।
कलिला रूख छन् । छिप्पट हांगाका बूढा रूख छन् । ती दुवैले थेग्ने हिउं फुसफुससाइरहेछ- गोरखामास्तिर हिमालयमा । हात्तीलाई सुंडकै र भुसुनालाई परेलीकै भारी होला नि त । तर हिउंभित्रको रङ र आकार, बर्साई र मौसम पढ्ने मेरा आंखाले कुनै भारीको किञ्चित् अनूभूत गरेनन् । थकित भएनन् हृदय, गलेनन्, चेतना, बिसाएनन्, आंखाका खुट्टा । वस्तुभित्र रहेन निरक्षेप वजन त्यै हो कि -
मनबाट बाहिर निस्के हिमालहरू ।
बोलाउनु छ हिमगिरिहरूलाई । सबभन्दा होचोबाट नाम लिऊं कि अग्लोबाट - तर्ेर्सियो प्रश्न । उत्तर उभियो- अग्लोबाट, किन नि - प्रश्नै छ किनभने हामी चिनिएकै त्यही अग्लाइबाट । तर विरोध बोल्यो मनले प्रत्येक होचोबाटै अग्लोको निर्माण भा हो नि ⁄ अं त्यो त हो नि ⁄ बल्ल सामसुम भो, मन ।
लाङटाङ कि कञ्चनजङ्घा, आमादब्लम कि जुगल, मनासलु कि गौरीशङ्कर- हामीले गोता लाउनुअघि नै डोब बनाइसकेका छन् पर्राईका पैतालाले । हाम्रा त मनसम्म जेनतेन पुग्या छन्, पाइला त कहां पुग्नु ।
भुल्न आंटेको लाग्ला सगरमाथाको नाउं । कहां बिर्सनु त्यो श्रीपेचलाई । तर कहिलेकाहिं बाजेभन्दा नातिको बढी हुंदो रहेछ चर्चाचासो । यसै भन्दिउं आजलाई । तर तेन्जिङ नोर्गेचाहिं लोभमा जाकिएर नर्के भएपछि सगरमाथाको नाम उच्चारण गर्दा ढुङ्गा लाग्दो रहेछ दांतमा ⁄
विवशता थिचेर ऐर्श्वर्यको रागमा प्रमुदित मेरा हिमालहरू ⁄⁄⁄
लगालग खेदो गर्यो- रङले । बिहान पनि देखेको हो र सांझै पनि देखेको, हिउंचुलीलाई । तर चांदीले बनेको पहाड आरक्त वर्णन तरुनी बन्दिंदा- तीनछक्कले सोहोरेकोसोहोर्यै गर्यो मलाई । यो कस्तो लुकामारी ⁄
के पानीभित्र रङपरिवर्तनको रहस्यमय सूत्र हुन्छ -
के हेर्ने- आकार कि रूपसज्जा ⁄ आकारै हेरौं न । किन कुनै हिमाल चुच्चिएका, कुनै नेप्टिएका, कुनै बाटुलिएका, कुनै गान्टिएका, कुनै पसारिएका - किन, हं किन - लघारिरहेछ मलाई आशङ्काले । उचाइ नाप्ने मनको चुलबुले तरङ्गले ।
पानीको तंछाडमछाड
तरङ्गको अनित्य कुस्ताकुस्ती
कतै नारीको गहिरोपन
हिमाल, पिरामिड ⁄
लेख्दै छु हिउंराशि हेरेर । समेट्न सकेको छैन सबै । चुचुरामा वास बसेका हिमकणहरू टलपलिन्छन् आंखामा । उता गहिरा गुफामा लिप्सिएका हिउंथोपा पनपनिन्छन् हृदयमा । के गर्नु, नेपालभरि छरिएका पानीपिरामिडहरूको कि दायां कि बायां हेरियो । हिमालका अस्थिपञ्जर हर्ेछन् मान्छे, सम्पूर्णतामा कसैले हेरेका छैनन् हिमाललाई ।
हिउंचुचुरामा बस्ती छन् मान्छेका । त्यस्तै अरूहरू बस्ती बसाउने पोख्छन् धोको । याक, चौंरी, हिउंचितुवाको दिक्कालदेखि घुमफरि छंदै छ ।
उता तुन्ıा प्रदेशका झारबुटयान वा धुपी-सल्लाका कोणधारी रूखहरूको रजगज पनि त अनादिकालदेखि नै ओर्लिरहेछ सांझबिहानमा ।
टुङ्नाको मधुर धुन वारिपारि बज्रिन्छ- हिमशिलामा ठोकिएर ।
सेताम्मे हिउं । हरियो हरियाली । एकअर्कामा गहिरो मिलाप । बास्ना र बहार- मानका खातिर मान । हिमालमा ठिङ्गिएका रूख, गहिरो खुसीमा रमाएका पाउंछु म । लेकका चौंरीगोठालाको सुसेलीजस्तो- सघन खुसी ।
भ्रष्ट मनले सब थोकको व्यापार गर्छ । हिमाललाई हताश हृदयका बिच्छुकले सराप्ने पनि कस्तूरीको सिकार अ जिटामसीका जरापर्यन्त लुछलाछ गर्नेहरूको बस्ती थपिंदै छ मिहालयवरपर । झन् यार्चागुम्बाका गल्लावालाहरूको ऐंठनमा उकुसमुकुसिंदो छ हिमाली भूमि । तर मायालु मन बेपत्ता, उही लालचीको धुइरो । भीडभाड अनि घचारो सगबगाउंछ अचेल हिउंथुम्कातिर ।
हिउंमा नुहाएको हावाले भिजाएर गयो मलाई ।
न्रि्रुक्क भिजिरहेछु । आंखा भिजेका छन्, मन भिजेको छर लप|mक्क भिजेको छ अनुभूति । उत्तरतिर शृङ्खलाहीन हिउंचुलीमा रङको अङ्गुल थपिंदो छ, बढ्दो छ र रूपान्तरित हुंदो छ । पटके रङफेराइमा हिउंको जीवनले कतै जुठो-सूतक भोगेको छ होइन - प्रश्नका पटुकी बेरिन्छन् फनफनी । रछायांमा एकटक साथ दगुरेजस्तो, घाङबादलमा अविचलित उत्रिरहेको आकाशजस्तो ।
क्रोध मरेर करुण हर्ुकन्छ- हिमाल देख्दा । झोक झरेर ममता फुल्छ- हिमाल हेर्दा । सभ्यता हामीसंग डोरियो । यो हिंडाइमा हिमाली हावापानी आफन्छ भो’ हाम्रो । आयआऊन, धर्मसंस्कार, युद्ध-झगडा, मेल-मित्रता लम्किए हामीसंगै । दुर्ग-किल्ला भयो हिमालय हाम्रा निम्ति । मित्रवत्, असाध्यै मित्रवत् । पूर्वजले लडेका लडाइंमा छाती भए हिउंचुलीहरू । अब स्वाभिमान अक्षरमा कुंदिंदा परिवेश '' किन -
कोमलता छोडौं एकछिन । अंगालौं चट्टान कठोरता । हिमाल-आरोहणको प्रयत्न भो’ धेरै अघिदेखि । सन्तोष, सुख र सुबिस्ता त्यसैमा भयो- हाम्रा पाखुरीले सधैं अग्रता कायमै राखे अर्थात् श्रेष्ठता झुकेन, झन् पथपर््रदर्शन भइर≍यो हाम्रा बरिष्ठ पैतालाबाट ।
"अक्सिजनविना सगरमाथामा चौबीस घण्टा ⁄"
"दौरा-सुरुवालमा एभरेस्टक्लने ⁄⁄"
"दसौं पटक सगरमाथा टेक्ने हिउंचितुवा ⁄⁄⁄"
यसरी पाना भरिए रङ्गीन कलेवरले- साहसीका, आंटीका र जुझारु आरोहीका । तर एक दिन बौद्धको अंध्यारो गल्लीमा हिउंचितुवाले भातपानी नपाएर भोकभोकै हप्तौं पसारिएको देख्ने अखबारको समाचारदाताले के-कस्तो टिप्पणी गर्यो, त्यो जगजाहेरै छ नि ⁄
अब गज्याङगुजुङ कहां भो, उठ्लान् प्रश्नहरू ।
सधैं लागिर≍यो' लागिर≍यो । यतिका हिमाल चढ्ने विख्यात आरोहीका नाममा कुन छ हिमाल - आदर्श जब मान्छेको कर्म हो, तिलस्मी देउताको नाम होइन । मैले गणेश हिमाल, गौरीशङ्कर वा अन्नपूर्णका ठाउंमा आङरिता, बाबुछिरी वा पासाङ ≍लामुका नाममा पढ्न कहिले पाउने - शताब्दीको छातीमा प्रेमको हावा भरिएर फुकोस् फयिो, सङ्कर्ीण्ाताका कीटाणुले नखाऊन् कुटुकुटु ।
मुहुनी लाउने जीवनशैली हुर्केको छ हिमालमा । हेरूं, चोरूं, लुटूं वा माया बसाऊं- यतिले पनगुे ऋतुदान गरूं ⁄ शेर्पीनी हेर्नेले मलाई भन्यो, यै भन्यो मेरो मनले मलाई पनि । जतिखेर धौलागिरीमुनि छुर्पी चपाइरहेथ्यौं हामी ।
ढुङ्गाका हारमा चुच्चा छन् घरहरू । त्यसै आंगनमा कञ्चन पानी पिएका हिमाली षोडशीका राता गाला इख्याउंछन् हामी नक्कलेलाई । मनबाट बाहिर निस्के हिमालहरू ।
हिउंद, बर्खा- उस्तै हिमाल । झरी, बादल- उस्तै हिमाल । वसन्त, शिशिर- उस्तै हिमाल । आंफैं पनि हिउं नै भइदिऊंजस्तो । कति ऋतु बन्नु, सुशील-शान्त हुन खोज्छ मन । निर्विकार हुन खोज्छ हृदय ।
जलसमाधिको अर्को नाम हिउंराशि ।
रिसाएजस्तो छ- अररिएको हिमाल देख्दा, लाग्छ । खुसाएजस्तो छ- बिरबिराएको हिउं देख्दा, लाग्छ । हरका आंकुरा उम्रन्छन्- हिमालको वसन्त हेर्ने, वर्षा हेर्ने र शिशिर हेर्ने शरद्को हिमाल हेरी मन धुने रहर हो पुरानै । हिउं कहिले फुल्छ, कहिल्यै ओइलाउंछ - अनित्य उही लाग्छ, उस्तै लाग्छ ।
पानीको तपस्या हो
हिमाल ।
र,
प्राणायाममा
ऊ बिरबिर गर्छ
अनि बर्सिन्छन् हिउंका डल्ला ।
आज त सबै चाहन्छन् सिंगारिन । रूपयौवनले धपक्क हुने चाह छ ।
सबैको । आभूषणका लचकमा हरेकको चाल छ चलायमान । गहनाका भारी बोक्ने बोझमा हरेकको पाइला सरेको छ धीरललित । होस्-नहोस् तर नक्कली नै भए पनि सौर्न्दर्य बढाउने लालची चरित्र छ अत्यन्त बढ्दो । तर खोइ, हिमाल सजिएको । के कति चित्ताकर्ष हुंदो हो हिमाल सिंगारिंदा ।
वंशवृद्धिमा बाधा भइरहेछ हिमचुलीको । हिमालको ऋतुदान भो नरोकौं हामी । हिउं-चपरीका डोबमा सुन्न पाइयोस् हिमालको च्यां-च्यां ।
ıव्यका लासहरूले धावा बोल्न छोडेका छैनन् हाम्रा हिमालहरूमा । सधैंको किचाघानले थिलिथिलो पारिरहेछन् यी शान्त पानी-पिरामिडहरूलाई ⁄⁄ चिसा यी जलपहाडहरू झन् चिसा पारिंदै छन् किन-किन /
पतित पैतालाले नटेक मेरा हिमालहरू, पातकी पाइलाले नछोऊ मेरा मैलो मनले नहेर- मैलेला हिमाल ⁄

हजार पीडाहरूको माया लागेर आउंछ

हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्द...गी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई नै माया गर्यो र नभएको वर्तमानको दोभानमा दुवैको भेट भयो ।
'अर्थात् जम्मामा म शून्यमै छु≤ जसलाई प्रारम्भ भने पनि, अन्त्य भने पनि या दुवै नभने पनि हुन्छ । आखिर जिन्दगी एउटा यस्तो असाध्य वीणा बनिदियो, धुन आंफैसंग छ तर बजाउन सकिएन । हुन त घण्टलाई नठोकी घण्ट बज्दैन भन्छन्, फेरि सन्तुष्टि त एक अर्थमा मृत्यु त हो ⁄ यर्सथमै म मृत्युबाट बौरिएर ठोक्करहरूबीच जिन्दगी हिंडिरहेछु र कहिले जीवनको मध्यराततिर सपनाको पहाडबाट खसेर बिपनाको फेदीमा झस्कन्छु त कहिले सपनाका सारा रङ्गहरू इन्द्रेनीलाई र्समर्पण गरेपश्चात्को बिलकुल रङ्गहीन चित्रकारको चित्रकारिताजस्तो पहाडमाथिको घाम हिउंले छोपेर मात्र सादा ब्ल्याक एन्ड ≍वाइटको युगविकल्प पर्खिरहन्छु र गुनगुनाउंछु- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।
मैले बांचेको जिन्दगीको कुन निश्चित समयरेखा हो, यकिन भन्न त सक्दिनं≤ यद्यपि मीठो सम्झनाको अन्तिम विन्दुसम्म र्फकंदा बालसुलभ कोमल हातहरूले हार्मोनियमको सरगम खेलेको यादहरूसम्म म पुग्छु । नजाने सागरमा मात्र एक बुंद पानीको अस्तित्व पोखिएं हुंला, तर त्यो उत्सुक प्रहर मसंग केवल खुसीको उन्मुक्तता बयली खेल्दै थियो । ममा कुनै अर्किड पीडाको चेत थिएन । समकक्षी जिन्दगीहरूको माहोलमा खुसीको अतिरिक्त बोधले म झुमिरहन्थें । तिनै सरगम खेल्ने हातहरू अझ रङ्गहरू, नृत्यका विविध भावभङ्गिमाहरू, शब्दका रहस्यमय बान्कीहरूमा ब्यक्तिंदा मेरो खुसीको अतिरिक्त बोध अझ चुलिंदै गइरहेको आभास मिल्दथ्यो । यसरी नै समयको सतहमा अस्तित्वका रेखाहरू कोरिंदै जांदा धुनहरूमा, रङ्गहरूमा अनि शब्दका कोलाजहरूमा जिन्दगी लहरायो कि भन्थें, तर आज आफ्नो लागेका सारा खुसीका भ्रमहरू एकलासमा फुलेको जङ्गली फूलको कांडामा अल्झिएर टुट्दा प्रश्नपीडाको अतिरिक्त बोधले बोझिल छ मेरो चेतना≤ जो मान्छेकै पीडा र खुसीसम्मत संवेदनासंग मानौं अझ नभेटिएको अस्तित्वको प्रश्न गरिरहेछ । तिनै अस्तित्वका वक्ररेखाहरू पुनः प्रत्रि्रश्न बनेर मेरो बाटो छेकिरहेछन् र यतिखेर म यी र यस्तै मेरा हजार प्रश्नपीडाहरूको याद गरिरहेछु ।
उज्यालोविना रङ्गको अस्तित्व सम्झिंदा सबैको सपना रङ्गीन नै हुन्छ भन्ने पनि त छैन ⁄ जसरी भए पनि यथार्थतः मान्छे बाह्रवर्षो जमेको इनारजस्तो भएर निकासहीन बांच्न कहां सक्दो रहेछ र ⁄ ऊ त समयका ऋतुहरूमा जसरी नि अन्जान फुलिसक्दो रहेछ, थाहै नपाई यात्रामा बगिसक्दो रहेछ, तर यतिखेर मसंग यात्रामा दृश्य छुटेजस्तो मात्र बाकी छन् उही थकानको अंध्यारोमा आलो सम्झनाहरू, हिंडिएका जीवनका रेखाचित्रहरू≤ जसलाई म आफूभित्रै मनपर्दो रङ्ग सिर्जना गरेर जीवनको अन्तिम क्यानभासमा एकसाथ सजाउंदै उज्यालोविना नै एउटा भव्य चित्रकारिता सिर्जना गर्नेछु र भन्नेछु- मेरा हजार पीडाहरूसंगै अंध्यारोको माया लागेर आउंछ ।
आजभोलि मेरा सुकोमल भावनाहरूमाथि विचारहरूको निर्मम हमला हुने गर्छ । विचारको यस्तो असामञ्जस्य प्रदूषणबाट मुक्तिका लागि म आंखा बन्द गर्छु संसार सुन्दर लाग्छ, आंखा खोल्छु संसार विरूप लाग्छ । यसैले त विरूप संसारलाई सुन्दर देख्न म अंध्यारो रोज्छु र आंखा चिम्लन्छु । साथमा मेरा हजार पीडाहरूको याद गर्छुजुन पीडाहरूको प्रेमनिवेदनले बारबार म पुलकित हुन्छु≤ जतिखेर मलाई जीवनको औधी माया लागेर आउंछ ।
आज म स्वयम्का अस्तित्वप्रश्नहरूद्वारा लखेटिएर यो निर्वासित समयसम्म आइपुगेको छु । यतिखेर मलाई त्यतिखेरको मेरो कविताको भावकका पङ्क्तिहरूले छोइरहेछन्- "कुनै कविताहरू यस्ता पनि हुंदा रहेछन्≤ जसलाई उपहारस्वरूप दिन सकिन्छ फूलजस्तो, शिरीषजस्तो, गुलाबजस्तो' ।" कति सहृदयी आंखाहरूले पढिए होलान् मेरा कविताका घायल मनहरू ⁄ जो सुन्दर उपहार बनेर समुıपार पुगेको थियो । आत्मीयताको यो हरियाली लाग्छ, लेखक र पाठक दुवैको पूरक अस्तित्वमा मात्र झांगिन सक्छ अर्थात् कविको अस्तित्व के कवितामा छैन ⁄ कविताको अस्तित्व पाठकमा छैन ⁄ पाठकको अस्तित्व भावनाको गहिराइ एवम् चेतनाको उचाइसम्मत छैन ⁄ फेरि भावचेत पनि त सम्बद्ध जीवन अर्थात् सिङ्गो युगसापेक्ष हुन्छ अनि युग समयसापेक्ष हैन र ⁄' ⁄⁄ यहांनेर प्रश्नमा पूर्णाविराम लागेजस्तो समयको गति निरपेक्षझैं लाग्छ, तर समयको पनि कहां एक्लो अर्थ खुल्न सक्छ र ⁄ समयको वस्तुता त पानीजस्तै रङ्गहीन हुन्छ र विभिन्न जागतिक रङ्गमा घोलिएर रङ्गीन बन्दछ । यद्यपि यो सत्य पनि समयको केवल आफ्नो भन्न सकिन्न किनकि सम्भिmइएका सारा सत्यहरू अर्को सत्यलाई केन्ı बनाएर परिक्रमा गरिरहेका हुन्छन् र विभिन्न दूरीमा पुग्दा उज्यालोसंगको अन्तक्रिर्याका कारण विभिन्न रङ्गहरूमा परावर्तन भइरहेका हुन्छन्- हाम्रा सामु । यर्सथमै जागतिक सम्पूर्णता कहीं भेटिन्छ जस्तो लाग्दैन । पीडाबोधको यही विन्दुमा उभिंदा कांडामा गुलाबको अस्तित्व खुब खुलेजस्तो लागिरहेछ ।
यहां देखिन्छन्- फूलको सुन्दरता स्वयम् पत्थर बनेर प्रहार भइरहेछ फूलकै जवानीमा, मीठो लाग्ने मुस्कान स्वयम् बाण बनेर प्रहार हुन्छ मायाकै कहानीमा, मनहरू स्वयम् पनि मनसंग छल गरिरहेछन् मनकै हैरानीमा । यस्तो लाग्छ, मान्छेको बस्तीमा भगवान् त केवल मान्छेको युटोपियन सूत्र हो, पापीहरूको बस्तीमा धर्म त केवल पापीहरूको युटोपियन कवच हो, पीडाको बस्तीमा प्रेम त केवल नरम-नरम युटोपियन बहाना हो । यसैले जीवनको किनारमा म एउटा आत्मबोध कुरिरहेको छु । जब कमलको फूलबाट तरङ्गित मेरा चेतनाका लहरहरू टाढा-टाढा फैलिएको हेदाहेर्दै क्षिितजसम्म पुगेर बेटुङ्गोमा मोडिन्छ≤ लाग्छ, धरतीका सारा सीधा रेखाहरू केवल युटोपियन भ्रम हुनुपर्छ । यदि पृथ्वी गोलो छ भने स्पष्टतः धरतीका सारा सीधा रेखाहरू मोडिएर स्वयम् प्रश्नचि≍नको जुलुस बनिसकेको हुन्छ अर्थात् संसारमा विचारको कुनै निचोड रहेनछ । यसैले त माफ गर्नुहोसर््र् इश्वर दाइ ⁄ बांच्ने बहानाको सबैभन्दा सुन्दर भ्रम जिन्दगीका सारा सपनाहरू कतै थाती राखेर भनिरहेछु- मेरा हजार प्रश्नपीडाहरूको माया लागेर आउंछ ।
जसरी जीवनका बाटाहरू धर्म, अर्थ, काम, मोक्षका विविध बान्कीहरूमा प|mेमिङ हुन्छन्≤ जीवनसम्बद्ध अस्तित्वहरू पनि बदलिंदो रङ्गमा प|mेमिङ हुदै जान्छन् । मानौं, अस्तित्व स्वयम् एउटा यात्रा हो≤ ऊ देउराली फुल्न सक्छ, हिमचुली उक्लिन सक्छ, सागर गहिरिन सक्छ या धार मोडिन सक्छ अर्थात् अस्तित्व स्वयम् मान्यताको सुरुआत अनि मान्यताकै अथाह अन्त्य पनि हो । इतिहास साक्षी छ- तत्कालीन मान्यताको दह्रो किल्ला ठोकेर मान्छे भनाउंदाहरूबाटै जिससको हत्या गरियो र फेरि मान्यताकै कलेवर ओढाएर उनै जिससको पूजा गरिरहेछन् उही मान्छेहरू' । लेनिनको सालिक स्थापना गरियो र ढालियो पनि' । हरे ⁄ अस्तित्वका रङ्गहरू चिन्नै नसकिने गरी कस्तरी बदलिंदा रहेछन्, तर यो पनि सत्य हो कि मान्छेको कर्मशीलता जागतिक रङ्ग घोलिएको समयसंग अन्तक्रिर्या हुदै युगको आंगनीमा परावर्तन हुंदो रहेछ र त्यही चहकमा प्रतिविम्बित सभ्यताले आफ्नो अस्तित्वको दाबी गर्दै मान्छेको नायकत्व स्वीकार गर्दछ र मान्छे पीडाहरूमा पनि उत्सवमय बन्दछ ।
भन्ने नै हो भने अंध्यारोमा झटारो हान्दा भूलले झरेको फलजस्तो यो जिन्दगीमा सङ्गति नै कहां र≍यो र ⁄ सिङ्गो र्स्वर्ग नै दाउमा राखिए पनि यहां कुनै होड जित्ने मनफूल फुलेन, घण्टध्वनिको सस्तो भेटीले ढुङ्गे मुटु पग्लेन । भत्किसकेको आस्थाविन्दु क्षणिक आकर्षाहेतु कति दिन टिक्न सक्थ्यो र ⁄ सम्भवतः र्समर्पणको भोको आस्थाकेन्ı देवताको देशमा प्रेमको खडेरी परेको हुनुपर्छ । कठै ⁄ त्यो र्स्वर्गमा महान्ताका नाममा त्यागमय प्रेमको आदर्श लेपनभित्र तृष्णाका गुत्थीहरू कति सलबलाउंदा होलान् ⁄' ⁄⁄ अप्सराको सदाबहार यौवन मातृत्वविहीन किचकन्नी बनेर कैयौं प्रहर रोएको होला ⁄' ⁄⁄ लाग्छ, र्स्वर्गमा साह्रै दुःख हुनुपर्छ ।
मेरा कतिपय यादहरूले मलाई जीवनका धारावाहिक विसङ्गतिबीचको आस्तित्विक लडाइंमा गहिरो सान्त्वना दिने गर्छ । मेरा बुबाको मृत्यु भएको भय र चोटग्रस्त त्यो सांझ भयानक रातमा अनूदित भएर मलाई ऐठन गरेथ्यो र आज पनि म कैयौं पीडाहरूको ऐठन भोग्न विवश छु, तर पनि एउटा लामो दिन सीमान्त पीडादायी नै किन नहोस् या एउटा छोटो दिन सीमान्त सुखद नै किन नहोस् आखिर दिनको अन्त्य उही सांझमा हुन्छ≤ जो कैयौंको जिन्दगीमा शीतल-शीतल मृदु बनेर सिङ्गो रात छाइदिन पनि सक्छ । यसैले त बिदाइका हर पीडाहरूलाई दिन-रातजस्तै आदतमै जिउन थालेछु अर्थात् सारा पीडास्मृतिहरू सुमधुर बनेर आज जीवनका तारहरूमा व्याप्त रहेको आभास छ≤ जसलाई म सपनासरि भ्रम ठानेर भुल्न चाहन्नं । पीडाबोध वास्तवमा यस्तो जागृत चेतना हो≤ जसमा भ्रम टुट्नुपछिको कठोर यातना भोग्नुपर्नेछैन । लाग्छ, पीडाका यिनै अनन्त सुखानुभूतिहरूले यो विसङ्गत जीवनलाई अझ सुरुचिपूर्ण जिउने प्रेरणा दिएको छ ।
म मेरो जिन्दगीको उपयुक्त विशेषणको खोजीमा छु र जिन्दगी पीडाहरूको भव्यता बोकेर मेरै अगाडि आशर्वादपूर्ण्ा ऐर्श्वर्यशाली बन्ने प्रतिबद्धता जाहेर गरिरहेछ, तर म भने उज्यालोमै पर्खाल अग्ल्याएर अंध्यारोमा बसेको छु र यही अंध्यारोमा कैयौं उद्घाटित दुर्घटनाहरूसहित जिन्दगी बांचेको आभास छ मसित, जिन्दगी बांचेको उपलब्धि छ मसित किनकि मेरो संसारमा मलाई प्रेम गर्नेहरू छन्, घृणा गर्नेहरू छन्, आफन्तहरू छन्, पर्राईहरू छन्, औपचारिकताहरू छन्, शुभकामनाहरू छन्र्,र् इष्र्याहरू छन्, त्रुटिहरू छन्, क्षमाहरू छन् र छन् बर्षा बादल, घाम, पानी, दूबो, शीत, सूर्य, जूनताराको प्राकृतिक नृत्य । तर कोही सधैं मलाई भित्र एउटा आवाज दिन्छ, तिमी कहीं छैनौ≤ जसले मलाई अझ बढी म’ हुनुको विश्वास दिलाएको छ । यी र यस्तै पीडायुक्त सुन्दर छायाचित्रहरूमा जीवनको भागदौडसंगै म जहींतहीं छु, र्सवत्र फिंजिएको छु ।
अझ खोजिरहेछु म जिन्दगीको र्सवश्रेष्ठ उपमा' । प्रेम-घृणा, जीवन-मृत्यु साराहरू अमूर्त चित्रकारिताझैं दुर्बोध्य लाग्छ । एकरस जीवनको मुक्तिको खोजीमा जीवनका निर्रथक प्रश्नहरूको दलदलभित्र नित्से, कामुमात्र होइन म पनि फसेको रहेछु । यसैले त सारा सुन्दर सपनालाई सपनाकै जिम्मा लगाएर बिपनाका सुन्दर पीडालाई माया गर्न थालेछु । सम्झ, अब मेरो अस्तित्वको डुङ्गा छिन्नभिन्न हुदै पार गर्ने तरखरमा छ र यतिखेर म जे छु त्यही रहन चाहन्छु ।
यथार्थतः जीवनमा असफल हुनुको सुन्दरतम उपहारस्वरूप गुमाउनका लागि अब मसंग कुनै त्यस्तो खास वस्तु नै बाकी रहेन । भनौं, यसैले कि वैशाख दुखेर बर्सर्ेेे बदनाम मेरो आंसु फूलको सतहमा कहिल्यै विद्रोहको बाढी उर्लन सकेन, नजरका मेरा दुखेसाहरू कसैको बांसुरीमा सुरिलो धुन बज्न सकेन, बरु मध्यरातको एकलासमा सपनाहरू जल्दै जान्छन् र म प्रभाती भस्म टीका थापेर बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर' ।
आज आत्मबोधको नवीन पृष्ठमा नीलो गहिराइबाट प्रेम र घृणाका चन्ıकिरणहरू परावर्तन भइरहेछन् एकसाथ, तर प्रेमको कुनै शुभसाइत खोपेर होइन र घृणाको फूल रोपेर पनि होइन, बरु एकलासको चितामा नयां चिता पस्केर आकाङ्क्षाहरू जलिरहेछन् प्रातःदेखि सांझसम्म र म अंधेरी रात ओढेर अवशेष बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर' ।
आखिर फूलको भाका उनेर वर्तमानसम्म, आंखामा स्वरूपको रङ्ग छरेर स्वप्नहारसम्म र वासन्ती पालुवामा अलिकति घाउ बनेर मृत्युको सीमासम्म युगको निर्वासित आंसु चुपचाप कैद भोगिरहेछ बाफलिदो मध्या≍नमा र म आफ्नो जुनेली सपना आकाशको तारामहलमै साइत सारेर, कसैको सपनाको पिंध अलिकति चोइटयाएर तृष्णाको भेल बग्दै रहेछु हर वैशाख दुखेर बर्सने साउने झरीमा, हर विसङ्गत र्स्पर्श दुखेर रोएको जीवनको अवशेषमा । यसैले त म मेरा हजार पीडाहरूको माया गर्दो रहेछु ।
जिन्दगीलाई नितान्त एउटा सादा क्यानभासमा रूपान्तरण गरेर जब-जब म आगामी बुद्धको चित्र कोर्न खोज्छु, चित्रबाट फेर परेर म प्राचीन बुद्धको छायामा ओत लागिरहेको हुन्छु अर्थात् मेरो उमेरभरिको इरेजरले आफूलाई मेटेर पनि मैले बिलकुल विगतमुक्त सग्लो आफ्नो परिचय दिन सकिनं । यसरी नै अस्तित्वको उत्खननमा बारबार तथाकथित राजनीति, धर्म, विचार र तर्कहरू अवरोध बन्छन् । यस्तो लाग्छ, कुनै कलाकृतिको सुन्दर रहस्यजस्तो प्रवाहशील समयको कुनै अंध्यारो गर्तमा तिमीजस्तै म पनि छुटेको छु≤ जुन रहरलाग्दा पीडाहरूप्रति मेरो प्रेमभाव जगजाहेर छ ।
कुनै समय दांतभित्रको ज्रि्रोजस्तै म सुरक्षति थिएं, यसैले म हांस्नका लागि पनि दांतकै अनुमति माग्थें, तर अवसर-अवसरमा त्यही दांतले टोकेर मलाई रगताम्मे बनाइदिन्थ्यो र पनि त्यो त्रसित समय मेरो एक आत्मीय मित्रको मृत्युमा मैले रुनका लागि कसैसित अनुमति मागिनं । मृत्युपछि पो थाहा पाएं, म उसलाई प्रेम गर्दो रहेछु' ⁄⁄ जसले मेरो सिङ्गो जीवनलाई नै पीडामय उत्सव बनाइदियो ।
पीडाको सौर्न्दर्यले पुलकित म, आज उसलाई गाढा नीलो पृष्ठभूमिमा याद गरिरहेछु । याद पनि त वैचारिक कसरतसहितको हृदयविलास त हो ⁄ यिनै यादहरूको सुन्दर पुष्पहारको जीवन्त प्रतिबद्धताले मलाई वर्तमानबाट भाग्न कदापि दिंदैन । भनूं भने विगत, पीडा, आंसु र याद नै जीवनको सुन्दरतम आत्मिक आकर्षा बनिदियो । पीडाको हांसोजस्तो उही आकर्षा नै जीवनको उत्कृष्ट आदर्श पनि बनिदियो किनकि मृत आमाको दूध चुसिरहेको तस्बिरको मानवपीडाले मलाई जति छोएथ्यो त्यति फूलहरूमा रमाइरहेकोर् इश्वरको र्फर्ुसदिलो वरदानजस्तो तस्बिरले मलाई छुन सकेन ⁄' ⁄⁄ यदि यो मेरो खुसीप्रतिकोर् इष्र्या हो भने विश्वस्त छु, मानवीय कमजोरी ठानेर वल्लभ दाइ मलाई माफ गर्नुहुनेछ ।
जब म पीडा भेट्छु≤ फूल बिर्सन्छु, जूनतारा बिर्सन्छु । मृत्युलाई भेटे जिन्दगी बिर्सन्छु क्यारे ⁄ जुन तीतो सत्य संसारलाई सुन्दर बनाइराख्ने क्रूर दूरदर्शिता हो प्रकृतिको≤ जुन सत्य मेरो दाबीमा अन्ततः प्रेम नै हो ।
मबाहेक अरूले अनुभव गर्न नसक्ने मेरा पीडाहरूसहित म जीवनरत छु । हजार पीडाहरूले प्रहार गरेको भग्नावशेष मन्दिरजस्तो यो जीवनमा अब कुनै देख्य आकर्षा त रहेन, तर तिमीले भनेजस्तै मेरो अनुभवरत आत्मा भने पुरातात्त्विक मूल्ययुक्त भव्य मुर्ति सम्भिmरहेछु≤ जसलाई पीडाका नाममा म आंफै पूजा गरिरहेछु । सांच्चै प्रेम त त्यही आदिवासी मुर्ति रहेछ ।
चराहरू गुंडमा र्फकने समयसांझको यो प्रहर उज्यालोले छाडेर गएको डोब महसुस गर्न सकिन्छ, नीलो आकाशलाई जर्जर इतिहास र्समर्पण गरेर अनगिन्ती पातहरू झरिरहेछन्, पातहरू पानीसंगै बगिरहेछन्, म डिलमा उभिएर कुदिरहेको पानीलाई हेरिरहेछु । निश्चय नै एक दिन म त्यही पानीमा खस्नेछु, बगरमा लासहरू जलिरहेका हुनेछन्, बिस्तारै-बिस्तारै आकाश धूवांले ढाकिनेछ । यिनै शब्दरङ्गी विम्बाङ्कित एउटा पेन्टिङ यतिखेर मभित्र उद्घाटित छ≤ जुन पेन्टिङ म मेरा पीडानायकलाई र्समर्पण गर्न चाहन्छु≤ जसको प्रेमिकाबाट मैले आफूलाई च्युत गरे पनि मेरो प्रेमीबाट उसलाई च्युत गर्ने कमै मात्र सम्भावना छ किनकि म हिटलरको मुर्तिमा बुद्धको आत्मा समाहित गर्न खोजिरहेछु । हुन सक्छ, हिटलरकी प्रेमिका पनि यही चाहन्थी । अपसोच ⁄ म पनि त्यही भूल गरिरहेछु' ।
यिनै हजार पीडाहरूको सम्झनामा जब म लीन हुन्छु≤ हो, म जिन्दगीको सपना नै बिर्सन्छु । सम्पूर्णमा मेरो वर्तमान शून्य नै रहन्छ । सम्भवतः यो मभित्रको अधिकतम ऊर्जाको क्षण≤ जसलाई एकाकार चैतन्यप्राप्त ब्र≍ममय एवम् प्रकाशमय भन्न मन पराउंछु । तर हामी सबै आ-आफ्नै आकाशको सीमाङ्कन गर्न प्रतिबद्ध छौं । यसरी मानवचेतनाको कन्जुस्याइंग्रस्त भीडमा हांडीले आफ्नै आकाशको कल्पना गर्नु अस्वाभाविक पनि त होइन ⁄ यद्यपि हांडी फुटे उसको आकाश पनि उही सिङ्गो आकाशमा लीन हुनुको विकल्प कतै छ र ⁄ वास्तवमै आकाश एउटै बोध गरेको क्षण हामी सबै एकाकार हुन्छौं । निराकार ब्र≍मस्वरूपको परमानन्द भनेको यही विभाजनहीन निरपेक्ष सत्य हुनुपर्छ≤ जहांनेर न उसको सपना रहन्छ न मेरो पीडा रहन्छ, न भविष्य रहन्छ न विगत रहन्छ । मात्र एकाकार वर्तमानको निराकार ब्र≍मानन्दमा लीन हुनु मेरो पीडाप्रेमको खोज हो । यही निरपेक्ष सत्य बोध गर्न प्रेरित गर्ने मेरा हजार पीडाहरूलाई साधुवाद ⁄
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । फरक यतिमात्र हो, म पीडा सम्हालेर सपना देख्छु≤ ऊ सपना सम्हाल्दै पीडा झेल्छ । हो, ऊ स्वप्ननायिकालाई प्रेम गर्छ, म बिपनाको पीडानायकलाई प्रेम गर्छु आधा उसको सपनाजस्तो, आधा मेरो बिपनाजस्तो प्रेम त त्यही आदिवासी अनुभूति रहेछ ।

बर्खान्तको बेला डेरिडाको सम्झना

आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । यसबेला हामीलाई उनको सम्झनाले सताउनु स्वाभाविक लाग्दछ किनभने तिनै मूल्यहरूको अभावले जगत जर्जर हुँदैछ ।
डेरिडा...ले देखे- वर्तमान विश्वइतिहास रक्तपातमय अभिघातले भरिएको छ । यसका सामुन्नेमा देखिएको प्रवल कारण शस्त्रास्त्रको निरन्तर उत्पादन र सर्वत्र सहज उपलब्धता हो तर यसको सञ्चालक तत्वचाहिँ मानिसको हातमा परेको अन्धशक्ति नै हो । त्यो शक्तिको शासक वा राज्यसत्ता हुन्छ अथवा त्यो आसनमा पुग्न चाहने प्रतिरोधी हुन्छ । उनीहरू आफ्ना अहङ्कार र अभिमानको उन्मादलाई बाजी थापेर एकअर्कालाई निमिट्यान्न पार्न उद्यत हुन्छन्, परिणामस्वरुप उनीहरू सर्वनाशक ध्वंसतर्फ आकृष्ट हुन्छन् । यसकारण वर्तमान विश्वमा जाति विनाश, आत्महत्या, नरसंहार, देशनिकाला, थुना, नजरबन्दी र प्रतिबन्धका अनेक उदाहरण पाइन्छन् । यी मानव सभ्यताका अँध्यारा पाटा हुन् । दुस्खको कुरा के छ भने हाम्रो देशले पनि यस्ता कुराको अभ्यास गरिरहेको छ । यस्ता घटना र तिनीहरूका परिणामको प्रत्यक्षदर्शी भएको छ । भोगिरहेको छ । भोगाइरहेको छ । देशवासी नै यसमा लागेका छौं ।
यस्ता प्रकारका दुखकष्टहरू सङ्कीर्णतावादको अभ्यासले उत्पन्न गराएका कुरा हुन् । यो देखेर डेरिडाले भने- हाम्रा चिन्तन, दर्शन, परिकल्पना र प्रयोग सारा कुरा मानवजातिका लागि हुन् । उसको शरीर र मनको संरक्षणका लागि हुन् । उसको अस्तित्व नै सधैं संकटमा परिरहन्छ भने हाम्रा चिन्तनको वा दर्शनको कुनै अर्थ छैन । संसारलाई यही कु्रा बुझाउन लेखिएको कृति उनी मर्नुभन्दा तीनचार वर्ष पहिले
विश्वबन्धुत्व र क्षमाशीलताका विषयमा (On Cosmopolitatism and Forgiveness) शीर्षकमा प्रकाशित भयो । यस कृतिमा केवल दुईवटा लामालामा निबन्ध प्रकाशित छन् - विश्वबन्धुत्व विषयमा एउटा, क्षमाशीलता विषयमा अर्को । यस कृतिमा उनका अन्तिम दर्शनको प्रस्तावना छ ।
डेरिडाले देखे- अन्तर्कलह र विद्वेषले गर्दा मानिसमानिस बीचमा कहिल्यै नजोडिनेजस्ता धाँजा फाटिरहेका छन् । के मानवसभ्यता चलिन्जेल हामी यसैगरी फुक्लिएर बाँच्न चाहन्छौं त रु अवश्य होइन । हामी प्रेमले, सहिष्णुताले, मानवीय बन्धनले र कानुनले बाँधिन चाहन्छौं । हामी अराजकता र बर्बरताबाट मुक्त हुन चाहन्छौं । यसरी मानवहरूलाई जोड्नका निमित्त डेरिडाले मेलमिलाप, आममाफी अर्थात् सर्वक्षमाको प्रस्ताव राखेका थिए ।
डेरिडाका निबन्धका विषयवस्तु हेर्दा हाम्रो देशको परिस्थितिलाई हेरेरै लेखिएका हुन् कि जस्तो पनि लाग्दछ । तर त्यसो होइनस महासमरदेखि यता संसारले भोगेका कष्ट देखेर उनले यी चिन्ता लेखेका हुन् । उनका चिन्ताको एउटा विषय हो विश्वमा देखिएको शरणार्थी समस्या । वर्तमान विश्वमा झन्डै एक चौथाइ नागरिक आफ्नो देशबाट उखेलिने, खेदिने, मारिने, बेपत्ता पारिनेमा पर्दछन् । नागरिक अधिकार वञ्चित गराइएका, देशनिकाला गरिएका, निर्वासित, विस्थापित र अरु अनेक कोटिमा पर्दछन् । यसैबाट उत्पन्न हुन्छ शरणार्थी समस्या । त्यसमाथि स्वभावैले उत्पन्न हुने परदेशी, विदेशी, आप्रवासी, विद्यार्थी, यात्री, पर्यटक आदि थपिन्छन् । यो दोस्रो वर्गमा पर्नेहरू संसारको नियमित चालाभित्र पर्दछन् तर पहिलो वर्गकाहरू शरणार्थीको रुपमा परिणत भएपछि त्यसले जहाँ पनि समस्याको रुप लिएको छ । अतीतमा कहिल्यै नसोचेको यो विषयले आज आफ्नै मुलुक आक्रान्त बनेको छ । डेढ दशक पुग्यो । हजारौं मानिस अस्थायी शिबिरमा छन् । आफ्नो अतीतबाट उखेलिएका तिनीहरु भविष्यरहित आँखाले पानी चुहिने कटेराबाट हामीतिर हेरिरहेका छन्, अनागरिक नानीहरू नाङ्गा खुट्टाले धुलामा वरपर गर्दछन् । बाबुआमाले पाउने बेसार, खुर्सानी, तरकारी कटौती भएको छ, झुप्रा छाउने खरबाँस कटौती भएको छ, ती बाहिर गएर काम गर्न सक्दैनन् । अपूरो खाना खाएर भत्केको अतीत र अनिश्चित भविष्य कल्पेर शिबिरमा झोक्राइरहन्छन् । यी शरणार्थी शिबिर होइनन्, यातना शिविर हुन् । कुनै अपराधमा संलग्न नभए पनि यी नागरिकहरू ठूलो सजाय काटिरहेका छन्- घरको सम्झनामा मेचीपुल पुग्दै फर्किंदै यी महाशक्तिले खेलौना बनाइएका झुम्राका भकुन्डासरह भएका छन् (यस्ता चिन्ताहरू कृष्णचन्द्रसिंह प्रधानका निबन्धमा खासगरी उनको प्रकाशोन्मुख समय सुनामीमा देख्न पाइनेछ) ।
विश्वभरि शरणार्थीको बढ्दो समस्या देखेर डेरिडाले प्रस्तावित गरेका थिए- संसारभरि राजनैतिक शरण माग्नेहरुका लागि, अन्य प्रकारका शरणार्थी, निर्बासित, विस्थापित र आप्रवासीका लागि विश्वव्यापी अधिकार र कर्तव्यहरू तय गर्नुपर्दछ । तिनीहरूका निमित्त खुला नगरु वा शरणार्थी नगरु को स्थापना गर्नु पर्दछ । उनले भने- त्यसलाई अन्तर्राष्ट्रिय समुदायले शरणार्थी नगरको बडापत्रमा पास गरोस् । त्यस्तो नगरमा पुगेर नागरिकहरूले यातना, भय र कष्टबाट मुक्तिको सुनिश्चिति प्राप्त गरून् । त्यहाँ भयमुक्त भएर केवल रात र दिन काट्ने प्रबन्ध उपलब्ध गराउने मात्र होइन, त्यसका अतिरिक्त ती शरणार्थीलाई भोजन, बस्त्र, आवासजस्तै जीवनका पूर्वाधारबारे कुनै चिन्ता नहोस्स स्वास्थ्य, शिक्षा, सम्मान र अन्य नागरिक अधिकारको सुनिश्चित होओस् । त्यस्ता नगरको स्थापनालाई उनले विश्वबन्धुनगर ठानेका थिए । त्यस्ता नगर स्वयं शासित र स्वतन्त्र भए पनि राज्य संयन्त्रका नियमको अधीनमा हुनेछन् । यसभित्र शरणार्थी मात्र नभएर निर्वासित, फिर्ता बोलाइएका, निकाला गरिएका, उठिबास भएका, विस्थापित, आप्रवासी अनेक वर्गका हुनसक्छन् । त्यस्ता नयाँ शरणार्थी नगरमा आतिथ्यको एउटा न्यूनतम आधार हुन्छ र आचरणको न्यूनतम रेखा । विश्वस्तरमा उत्पन्न हुने हिँसालाई सम्झेर उनले यस्तो परिकल्पना गरेका थिए । त्यस्तो हिंसा उत्पन्न गर्न कहिले राज्य संयन्त्र नै लागि पर्दछ -जस्तो भुटान देखिएको छ । यस्तो कष्ट उत्पन्न गर्न मानसिक यातना, शारीरिक यातना, सेन्सरसिप, अन्य प्रकारका दासता र आतंङ्कको पनि भूमिका हुन्छ । राज्य वा राज्येतर दुबैखाले शक्तिले यस्तो उत्पन्न गर्न सक्छन् । अनेकौं व्यक्ति यस्ता कर्मका शिकार भएका हुन्छन् तर ती बेनामी समूह हुन्छन् । त्यसभित्र मानसिक सन्त्रास खेपिरहेका बौद्धिक, चिन्तक, विद्वान्, सञ्चारकर्मी, लेखक, मनको पीडा र अन्यायबिरुद्ध खुलेर बोल्न चाहने वर्ग सधैं तारो हुन्छ । हाम्रो देशमा पनि त्यस्तो भइरहेकै छ ।
वि श्वभरि चलिरहेको हत्या, हिंसा र विविध प्रकारको यातनालाई कम गराउन डेरिडाले क्षमादानको पनि प्रस्ताव गरेका छन् । हामीले प्रथम विश्वयुद्धकालदेखि अहिलेको कोसोभोसम्म आइपुग्दा सर्वनाशका डरलाग्दा दृश्यहरु देख्नुपर्यो । ती सबै दृश्यहरू यही ग्रहका मानिसका कर्म हुन् । हामीले अरु कसलाई दोष दिनू रु हामी आफ्नो जातिका आफैं बैरी भएका छौं । डेरिडाले देखे - मानिसका हृदयमा दयाभाव समाप्त भएर, करुणा, प्रेम र क्षमाशीलता समाप्त भएर पनि यी पाशविक र क्रूर कर्म भएका हुनसक्छन् । त्यसैले उनले दयाभावको प्रस्ताव राखेका हुन् ।

क्षमाको प्रस्तावनाले अहिलेको विश्वग्रामीकरणको धारणालाई पनि सहयोग पुर्याउँछ । विश्वभ्रातृत्व बढाउँछ । कुनै जाति, वर्ग, दल वा समूहप्रति उत्पन्न भएको द्वेष, ईर्ष्या, बदलाभाव मेटिएर जान्छ । इतिहासले यसका केही पाठ पनि सिकाएको छ । अतीतमा आफ्नो देशबाट भएको हिंसाप्रति जापानी प्रधानमन्त्रीले कोरियाली जनतासमक्ष क्षमायाचना गरे, दक्षिण अफ्रिकामा कालाप्रति भएको अन्याय सम्झेर गोराले क्षमायाचना गरे । आज अतीतको साम्राज्यवादले, सामन्तवादले जताततै क्षमायाचना गर्नुपर्ने देखिन्छ । पुराना घाउहरू यसैगरी बिस्तारै निको पार्न सकिन्छ । हाम्रो आँगनमा पनि प्रजातन्त्र मास्ने, त्यसको प्रवेश रोक्ने अनेक सत्ताहरू छन् । एकदिन तिनीहरूले जनतासमक्ष आफ्ना सारा अत्याचार र अन्यायका निमित्त क्षमायाचना गर्नुपर्ने छ । हामी देखिरहेछौँ आफ्ना नागरिकहरूमाथि अकल्पनीय अत्याचार गर्ने भुटानी राजाले एक दिन यी दुखी जनतासमक्ष क्षमायाचना गर्नुपर्ने छ ।

डेरिडाको मत छ- वास्तविक क्षमा भन्नुको तात्पर्य अक्षम्यलाई क्षमादान दिनु हो । यदि क्षम्यलाईमात्र क्षमा दिने हो भने त्यसकार्यभित्र क्षमाको अवधारणा नै रहँदैन । यसभित्र रङ्गभेदका हिँसामा भएका नरसंहारक हत्याहरू पनि पर्नुपर्दछ। त्यसो भए कानुन समाप्त भए हुन्छ रु प्रश्न आउँछ । तर त्यसो होइन। क्षमा सधैं विरोधाभाषपूर्ण निर्णय हो । भुलले, आवेगले, अन्धवेगले, अहङ्कारले कुनै प्रकारले उत्पन्न भएका यस्ता दुखद परिणामलाई एक ठाउँमा अन्त्य गरी फेरि मेलमिलापको स्थापना गर्न र विश्ववन्धुत्वको भाव जगाउन सकिएला कि भनी डेरिडाले त्यो प्रस्ताव गरेका हुन् । मित्रता, प्रेम, कानुन, विश्ववन्धुत्व, क्षमा र मृत्युदण्ड अन्तर्सम्बन्धित धारणा हुन् । ती मध्ये सबैभन्दा ठूलो मूल्य हो स्वतन्त्रता । अहिले अक्षम्यलाई क्षमा दिने र मिल्न नसक्नेहरूबीच मित्रता कायम गर्नुपर्ने समय छ । अरूको अस्तित्वको सम्मान गर्दै व्यक्तिगत र सामाजिक स्वतन्त्रताको निम्ति लड्ने समय आएको छ । आजको कला, साहित्यले पनि यिनै मूल्यलाई प्रोत्साहित गर्नुपर्दछ ।

पारिजातको जिन्दगानी

पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात सामान्य परिवारमा जन्मेकी थिइन् । अनि यिनको वास्तविक नाउँ विष्णुकुमारी वाइबा हो । साथै त्यतिखेर यिनलाई लामाले प्रदान गरेको न...ाउँ छेकुडोल्मा हो । वाइबाको अर्थ यी तामाङ थिइन् । आफ्नो थरका विषयमा उनले भनेकी पनि थिइन् "म तामाङ पनि पिछडिएको जातबाट आएकी हुँ ।"
विष्णुकुमारी वाइबाले आफ्नो चेतना आफैँ भित्र परिपक्व हुन थालेपछि आफ्ना बाबुआमा तथा लामाले राखिदिएको नाउँलाई फेरेर आफूलाई पारिजात बनाएकी थिइन् । पारिजातकै कुरा गर्ने हो भने यिनले आफू काठमाडौं आएपछि मात्र पारिजातको फूल देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजात बोटबाट होइन झरेपछि भुइँ बाट टिपिन्छ भन्ने थाहा पाएर यिनले विष्णुकुमारी वाइबालाई पारिजातसँग साटेकी थिइन् । यसै विषयलाई लिएर यिनले फेरि पनि भनेकी थिइन्, "पारिजात नाउँका पछि रहेको ऐतिहासिक तथा पौराणिक अवधारणाबाट प्रभावित भएर राखेकी हुँ ।" यही पारिजातका नाउँबाट यिनको साहित्यिक व्यक्तित्व क्रमशःक्रमशः फैलिएर देशदेशान्तर पुग्यो । पारिजात यही नाउँबाट नेपाली भाषासाहित्यका संसारमा चिरञ्जीवी भइन् ।
ड्ड
पारिजातका बाबु दार्जिलिङनिवासी भए तापनि उनीहरूको पुख्र्यौली थलो सङ्खुवासभाको चैनपुरस्थित उँखुवा गाउँ थियो । पारिजातका बाजे सरदार धनमानसिंह वाइबा र्सवप्रथम भारतको दार्जिलिङ पुगेका थिए । वाइबा दार्जिलिङ पसेर चियाकमानमा कुल्ली भए । उनले त्यतै बिहे गरेर आफ्नो गृहस्थी पनि कायम गरे । अनि उनले छोरा कालुसिंह पाए ।
के.एस्. लामा (कालुसिंह लामा) अर्थात् पारिजातका बाबु पनि पहिला भारतीय सैनिक सेवामा कार्यरत थिए । त्यस कालमा पारिजातको घरमा आर्थिक पक्षले पनि राम्रो टेवा पाएको थियो । तर पारिजातका घरमा क्रमशः दसा पस्न थालेपछि उनीहरूको सम्पन्नता पनि बिस्तारै खच्किन थाल्यो, हराउन थाल्यो र डुब्न पनि थाल्यो । वास्तवमा त्यसपछि दार्जिलिङमा उनीहरूका लागि सुनको फुल पार्ने अर्को कुनै कुखुराको आविष्कार हुन सकेन । त्यसैले उनीहरूले त्यहाँ आयआर्जन गरी खास कुनै उन्नति गर्ने सपना पनि देख्न सकेनन् । त्यस बेला उनीहरूका जीवनमा जेजति कष्ट भए तापनि पारिजातका बाबु होमियोप्याथीका चिकित्सक थिए । तिनै चिकित्सकले दुक्खसुक्ख घरको दैनिक कारोबार धानेका थिए ।
पारिजातका बाबु कालुसिंह वाइबालाई डा. के.एस्. लामा भनेरै चिनिन्थ्यो । अनि उनकी आमाको नाउँ अमृता मोक्तान थियो । अमृताचाहिँ के.एस्. लामाकी दोस्री पत्नी थिइन् । प्रथम पत्नी दिवङ्गत भएपछि लामाले पुनः अर्को बिहे गरेका थिए । पारिजात भने लामा दम्पतिकी तेस्रो सन्तान थिइन् । पारिजातका दुवै आमाबाट चाहिँ जम्मा ११ जना सन्तान जन्मेका थिए ।
ड्ड
पारिजात बाल्यावस्थादेखि नै बिमारी परिरहन्थिन् । उनको शारीरिक दुर्बल ताले गर्दा स्कुलमा पनि साथीभाइहरूसँगको झैझगडा र खेलकुदमा उनी हार्ने गर्थिन् । वास्तवमा त्यसै बेला यिनलाई शरीर कुँजिने रोगले भित्रभित्रै आक्रमण गर्न थालेको रहेछ । पहिलोपल्ट त्यस रोगले आक्रमण गर्दा पारिजात १३ वर्षी थिइन् । त्यस बेला हाडजोर्नी दुख्ने रोगले पारिजातलाई निक्कै विहृवल बनाएको थियो । पारिजात जेजस्तो बिमारी हुँदा पनि उनका बाबुले आफै औषधिउपचार गर्थे । डा. के. एस्. लामा आफ्नै हठ, अडान र सिद्धान्तका चिकित्सक थिए । त्यसैले २०११ सालसम्म पारिजातले अरू चिकित्सकको मुख राम्ररी देख्न पाएकी थिइनन् । त्यस बेलासम्म उनका बाबुले आफू चिकित्सक भएको अहम् पारिजातमाथि नै थोपरिराखे । वास्तवमा सानैदेखि पारिजातले समुचित उपचार पाएको भए सायद उनी जीवनभरि ओछयानमा पल्टनुपर्ने थिएन भन्ने पनि त्यस समयका मान्छेहरूको गुनासो थियो ।
बिमारी परिरहने भए तापनि पारिजात सानैदेखि अन्तर्मुखी थिइन्, अनि यी भावुक पनि थिइन् । आफ्नो किशोरावस्थाका विषयमा पारिजातले भनेकी थिइन्( "मेरो गाउँ सहरदेखि टाढा थियो । मेरो घर जङ्गलबीचमा थियो । त्यस बेला सायद मेरो भित्री अचेतन मनबाटै लेखूँ लेखूँ लाग्यो होला; त्यसैले मलाई जङ्गलजङ्गल डुलूँ डुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा गएर सुतूँ सुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँ नाचूँ लाग्थ्यो । त्यति मात्र होइन, म त्यस बेला भीरपाखा ओरालोउकालो सबैतिर डुल्न पुग्थे“ । त्यतिखेर मलाई रमाइलो गर्न नै विशेष मन पथ्र्यो । तरै पनि त्यस बेलाचाहिँ मैले कविता लेख्न सकेकी थिइन“ ।"
लेखूँ लेखूँ , पढूँ पढूँ र गम्भीर बनूँ बनूँ लाग्ने बेलामा पारिजात घुम्नमा नै मन दिन्थिन्, जङ्गल पस्थिन्, ऐँ सेलुको झाङमा पसेर ऐँ सेलुका दाना टिपेर खाँ दै दिन बिताउँथिन्; पुतलीको विवाह गर्थिन्; झयाउँकिरी समातेर उडाउने गर्थिन् । अरूअरू साथी भेला पारेर जङ्गलका बीचमा पुग्ने गर्थिन् र खोलामा गएर नुहाउने गर्थिन् । वास्तवमा उनलाई खोला, पानी र वर्षा सानैदेखि मन पर्थे । यसबारे पारिजातले पछिसम्म पनि भनिरहिन् "म वर्षा मा हराउँछु , मेरो शरीरले दिने भए त मलाई पानीमा भिज्न रमाइलो लाग्छ । जब वर्षा सकिन्छ मलाई म आफू नै रित्तो भएझै“ लाग्छ । मेरो मन छटपटिन्छ र म तीव्र प्यासको अनुभूति गर्छु "
ड्ड
शिशु अवस्थामा नै पारिजातको भावना चराझै“ चारैतिर घुमिरहने गथ्र्यो । त्यसैले बाल्यकालदेखि नै यी डुलन्ते थिइन् । यी प्रायः एक्लै डुल्ने गर्थिन् । पानीमा भिज्दैभिज्दै डुल्नमा पनि यीभित्र आनन्द जम्ने गथ्र्यो । त्यसै बेलादेखि यिनलाई जूनले नुहाएको धर्तीमा समय बिताउन मन लाग्थ्यो । त्यो चञ्चले उमेरमा यिनलाई फूलबारीको एकान्तमा रात बिताउन मन लाग्थ्यो । साथै यिनलाई त्यस समयमा चौतारीमा पनि सुत्न मन लाग्थ्यो । तर जतिजति दिन बित्दै गए यिनका सोचाइहरू पनि अर्थहीन हुँदै गए । घाम अस्ताउनासाथ यिनले कैदी हुनुपथ्र्यो । मानौँ यिनको घर यिनको जेल हुन्थ्यो । जेलबाट फुत्किन यिनले कैयौ“ संघर्ष गर्नुपथ्र्यो । जेल फोर्न नसकेर यिनले आफ्ना अभिभावकहरूसँग मुखमुखै लाग्नुपथ्र्यो । विभिन्न वाध्यता, विवशता र परिस्थितिले हिर्काएर त्यस बेला यिनको सशक्त जाँगरलाई कैदी बनाइएको थियो । त्यो घडी यिनले आफ्ना मनका अविरल चाहनालाई बिर्को लाएर आफैभित्र आफैलाई कज्याउनु परेको थियो ।
ड्ड
पारिजात सानैदेखि घर र कोठा सजाउने काममा सिपालु थिइन् । यी राम्राराम्रा फूलहरू खोजेर ल्याउँथिन्, अनि कोठा सजाएर ढकमक्क पार्थिन् । यिनको यो रीत दार्जिलिङमा थियो र त्यही रीत काठमाडौंमा पनि कायमै थियो । यिनको आफ्ना घरमा रहेको लेख्ने टेबलमा राखिएको फूलदानमा पनि प्रायः ताजा फूलै राखिएको हुन्थ्यो । फूलप्रतिको यिनको चाहना देखेर पछिपछि पनि यिनका एक जना मित्र रूपचन्द्र विष्ट यिनलाई बारम्बार जिस्काउने गर्थे । अर्थात् विष्ट यिनलाई फूल टिपेर नहिँड्ने सल्लाह दिन्थे । किनभने रूपचन्द्र विष्टलाई फूल बोटैमा ओइलाएको मन पथ्र्यो । त्यतिबेला विष्टले पारिजातलाई थप भनेका थिए "तपाईंमा एउटा अपराधी प्रवृत्ति लुकेको छ; तपाईं परपीडक हुनुहुन्छ; यी फूलहरूलाई घाँटी निमोठ्तै ल्याएर आफ्ना वरिपरि सजाउनुहुन्छ । बोटमा नै ओइलिन दिए हुन्छ नि ।" फूलका प्रसङ्गमा पारिजातचाहिँ भन्थिन्( "फूल नै मेरो कमजोरी हो । म बसेको कोठामा फूल छैन भने त्यो ठाउँ नै मलाई बिरानो लाग्छ ।"
ड्ड
आफ्नो बाल्यकालमै पारिजातले आमालाई गुमाएकी थिइन् । त्यसैले आमाको प्रेम, माया र आत्मीयताका विषयमा यी अनभिज्ञ थिइन् । पारिजातले साँच्चै नै आफ्नो जीवनकालमा आमाको अनुभव गर्न पाइनन् । नारीको रूपमा जन्मेकी पारिजातले आफूले आफ्नी आमाको र आफूले नै भौतिक सन्तानकी आमा हुनुको अनुभूति सँगाल्न पनि पाइनन् । त्यसो त उनका मानस सन्तानको पर्याप्तताले गर्दा आफू आमा हुनुको अनुभूतिको छायाप्राप्ति भने उनले अवश्यै गरेकी थिइन् । यस सिलसिलामा पारिजातले भनेकी थिइन्( "मैले आमाको अनुभव गर्न पाइन“ । आमाको माया कस्तो हुन्छ त्यो
थाहा छैन ।" त्यसैले पारिजात बाबुको मात्रै संरक्षण र रेखदेखमा आबद्ध थिइन् ।
कामको विविध प्रपञ्चले गर्दा डा. के. एस्. लामा प्रायः सधै व्यस्त रहन्थे । पारिजात भने त्यसै अवस्थामा बाबुका आँखाहरूमा छारो हाल्न पुग्थिन् । त्यही परिणामले बाबुको आँखा छलेर यिनले सानैदेखि चुरोट खान सिकिन् । आफू छैटौ कक्षा पढ्न थालेदेखि नै यिनले राम्ररी चुरोट तान्न थालेकी थिइन् । आफ्नै फुपूकी छोरीसँगको सङ्गत र घोडचढी दाजुको आत्मीयताले गर्दा यिनले आफूलाई चुरोटमा बानी पारेकी थिइन् । यी क्रमशः यसैमा डुब्दै पनि गइन् । यतिसम्म कि भात खाइसकेपछि चुरोटको हरर तलतल लागेको यी प्रस्टै थाहा पाउँथिन् । उमेर बढ्दै जाँदा चुरोट त यिनलाई सामान्य लाग्न थाल्यो । त्यसपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । यिनले त्यसैबेला गाँजा खाएर मुटुको ढुकढुकी पनि बढाएकी थिइन् । पारिजात गाँजा खाएरै बिरामी पनि भएकी थिइन् ।
ड्ड
सानैदेखि पारिजातको हातमा घरको भान्साको बागडोर परेको थियो । पारिजातलाई भान्सामा पकाउने ठूलो रहर थियो । त्यसैले उनी सहर्षत्यसबापतका कामहरू सम्हाल्थिन् । तर क्रमशः शारीरिक अवस्थाले गर्दा यी भान्साबाट पनि निष्कासित हुन थालिन् । यसै प्रसङ्गमा उनी भन्थिन्( "पाक मेरो रुचि थियो र त्यो मेरा बुबाको रहर पनि थियो । अझै पनि मैले पकाउन नपाउँदा मलाई दुक्ख लाग्ने गर्छ ।" आफ्ना किशोरवयमा जङ्गलमा पसेर स्याउला बटुल्ने, आगो बालेर आलु पोल्ने, चराहरू पोलेर खाने आदि मनोरञ्जनमा दिन बिताए पनि घरका प्रायः सबै काममा यिनले राम्ररी नै दलिनुपथ्र्यो । किनभने घरका सबैखाले काममा यी पोख्त थिइन् । वास्तवमा सानै उमेरकी भए पनि त्यस बेला आफ्नो घरकी मियो नै पारिजात थिइन् ।
ड्ड
पारिजातले प्रारम्भिक चरणमा दार्जिलिङकै क्रिस्चियन स्कुलमा पढिन् । ती स्कुलहरू थिए( 'नेपाली गर्ल्स हाईस्कुल' र 'सेन्ट टेरिजा स्कुल' । सेन्ट टेरिजा स्कुल क्रिस्चियनले सञ्चालन गरेकाले त्यस स्कुलमा जुनसुकै विद्यार्थीले पनि बाइबल पढ्नै पथ्र्यो । त्यसैले यिनले सानै उमेरमा 'बाइबल'का पाठहरूको अध्ययन गरेकी थिइन् । क्रिस्चियन स्कुलमा पढे पनि यिनले आफ्नो धर्मचाहिँ छाडिनन् । यी बौद्धधर्मावलम्बी थिइन् । यिनले पन्ध्र वर्षो उमेरमै बौर्द्धदर्शनका ग्रन्थहरू र गीता पढेकी थिइन् । साथै यिनले अन्य धार्मिक ग्रन्थहरूको पनि अध्ययन गरेकी थिइन् । त्यही स्कुलमा पढ्दापढ्दै यिनलाई स्काउटप्रति पनि चासो लाग्यो र यिनले गर्ल्स स्काउट हुने मौका पनि पाएकी थिइन् । पारिजातले प्रारम्भिक कक्षादेखि दस कक्षासम्म दार्जिलिङमा नै पढेकी थिइन् । उनी २०११ सालमा दार्जिलिङबाट काठमाडौं आइन् । काठमाडौं उपत्यकामा प्रवेशपछि उनी एस्.एल्.सी. परीक्षाका लागि डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् ।
ड्ड
पारिजात सानैदेखि गीत गाउनमा रुचि राख्थिन् । सानामा पारिजातको स्वर पनि राम्रो थियो । त्यसैले पारिजात सानैदेखि स्कुलमा होस् या घरमा होस्, सभामा होस् या वनभोजमा होस् गीत गाउन चाहन्थिन् । गीत गाएर उनले धेरैलाई लोभ्याएकी पनि थिइन् । तर यिनका बाबुलाई यिनले गीत गाएको पटक्कै मन पर्दैनथ्यो । त्यसैले यिनको स्वर बिस्तारै खुम्चेर जान थाल्यो, हराएर जान थाल्यो र सेलाएर जान थाल्यो । सानामा नाच्न पनि यिनमा त्यत्तिकै सोख थियो तर बाबुका डरले यी यस बाटामा पनि औपचारिक रूपमा हिँड्न अर्समर्थ भइन् । सृजनात्मक रचनाहरू गर्न पनि यिनलाई त्यति नै रुचि थियो तर यिनले लेखेका लेखहरू यिनका बाबुका लागि असहृय हुन्थे । यिनलाई जनताका माझ र समाजमा नै पनि यी विविध रमाइला काम गर्न र लेख्न ज्यादै लोभ लाग्थ्यो । तर बाबुको डरले गर्दा पारिजात यस बाटामा प्रत्यक्ष खुल्न सक्तिनथिन् । लुकेर नै भए पनि यिनले गाउन छाडिनन्, नाच्न पनि छाडिनन् र लेख्न पनि छाडिनन् । आफू जिद्दी भएका कारणले नै यिनले आफ्ना रुचिहरूमा दिग्विजय प्राप्त गरेकी थिइन् । वास्तवमा उनी आफ्नै मनकी रानी पनि थिइन् । त्यसैले यसबारे उनी बराबर भन्थिन्( "बाबुसँग छलेर पनि म मेरा यात्रामा नै बगेँ । मेरा इच्छाहरूमा मैले नै जितेँ । घरबाट भने लेख्ने प्रेरणासम्म पनि मैले पाएकी थिइन“ । तर पनि मैले मेरा जीवनका उद्देश्यहरू त पूरा गरें नि !"
ड्ड
पारिजातलाई विज्ञान, अङ्ग्रेजी साहित्य र गणित पढाउने उनका बाबु डा. के. एस्. लामाको ठूलो धोको थियो । डा. लामा दिनरात एउटी छोरीलाई डाक्टर बनाउने कामना गर्थे । तर बाबुको चाहनामा पारिजात रत्तीभर चलेकी थिइनन् । यिनका बाबुको छोरीलाई प्राविधिक बनाउने दृष्टिकोणबाट मोडिएर यी स्वतन्त्र अध्ययनमा नै मन गर्थिन् । वास्तवमा यी आफ्ना कक्षाका पुस्तक पनि किन्दिनथिन् र मन दिएर पनि पढ्दिनथिन् । बरु अरू पुस्तकहरू पढ्दा नै यिनले स्वाद मेट्थिन् । आफ्ना बाबुको त्यस्तो कडा व्यवहारसँग सामना गरेर यी स्वतन्त्र नै भई छाडिन् । व्रि्रोह गरेर पनि यी स्वतन्त्र रूपमा बढ्न चाहन्थिन् । यसै विषयमा बाबुछोरीको ठयाकठयाक ठुकठुक परिरहन्थ्यो । यसबारे उनी भन्थिन्( "मेरो अटेरपनादेखि उहाँ (बुबा) लाई यातना हुन्थ्यो, उहाँको वाध्यतादेखि मलाई यातना हुन्थ्यो ।" त्यस बेला आफ्ना बाबुबाट यिनका गोडामा कति साङ्ला ठोकिन्थे, अनि कति काटिन्थे । तर उनी एकैनासले आफ्नै ढिपीमा आफ्नै बाटामा मात्रै हिँड्न खोज्थिन् । त्यसैअनुरूप पारिजात विशेषतः लेखनमा नै समर्पित हुन थालिन् र उनी यस उद्देश्यमा सफल पनि भइन् । यिनले लेखक बन्ने आफ्नो तीव्र इच्छालाई आफै साकार बनाइन् । आफ्नो दृढता, लगन र र्समर्पणका कारण उनी यस धर्तीकी सफल साहित्यकार बनिन् ।
ड्ड
दार्जिलिङको जीवनकालमा पारिजातले जति सुक्ख पाइन् दुक्ख पनि त्यति नै भोगिन् । आफ्नो मातृभूमिका विभिन्न मनोरञ्जन, प्रेम, सद्भावना, दुक्ख र सुक्खमा डुबुल्किँ दाडुबुल्किँदै यी २०११ साल मङ्सिरमा दाजु (काकाका छोरा) का साथ लागेर काठमाडौं
पसिन् । काठमाडौं आएर यिनले पढ्न थालिन् । त्यसै वर्षयिनले पद्मकन्या विद्याश्रमबाट एस्.एल्.सी. परीक्षा दिइन् र यी तृतीय श्रेणीमा उत्तीर्ण भइन् ।
ड्ड
काठमाडौंमा सुरुका दिनमा पारिजात र सुकन्या रामशाहपथमा डेरा गरी बसेका थिए । त्यस बेला यिनीहरू कहिले बानेश्वर, कहिले कीर्तिपुर अनि कहिले लगनटोलमा पनि डेरा सरेका थिए । जहाँजहाँ डेरा सरे पनि त्यहीँत्यहीँ मित्रहरूको जनसङ्ख्या बढाउने पारिजातको नैर्सर्गिक कला थियो । पारिजात असाद्धे मिलनसार थिइन् । पढ्ने क्रममा पनि यिनले थुप्रैलाई मित्र बनाइन् । आई.ए. पढ्न पद्मकन्या कलेज पुगेपछि दया सिंह यिनकी आत्मीयताकी डोरी बनिन् । मित्रताको डोरी कसिँदै जाँदा पारिजात दया सिंहकी माया, व्यथा र करुणाकी मूर्ति बनिन् । अथवा उनी पारिजातकी एउटा पथिक बनिन्, अनि उनी पारिजातकी एउटा पथ बनिन् । पारिजातका आ“सु जति पोखिन्थे ती सबै दया सिंहले देख्थिन् अनि पारिजातका खुसी जति हुन्थे ती सबै दया सिंहले नै पहिलोपल्टमा नै अथवा दोस्रोपल्टसम्ममा पक्कै देख्न पाउँथिन् ।
आई.ए. पढ्न पारिजात सुरुमा नेशनल कलेजमा भर्ना भएकी थिइन् । तर उनी त्यहाँ एक हप्ताजति मात्र गइन् र त्यसपछि पद्मकन्या कलेजमा यिनले आफ्नो नाउँ लेखाइन् । पद्मकन्या कलेजमा चाहिं यिनको मन पनि रत्तिएको थियो । त्यस कलेजमा पढेताका त्यहाँ उनी एक प्रकारले हिरोइनझै चम्केकी पनि थिइन् ।
पद्मकन्या कलेज पढेकाबेला यिनका मन पर्ने साथीहरूमा नमी राणा, भुवनेश्वरी थपलिया (पछि सत्याल), नारायणीदेवी चित्रकार (पछि मल्ल) पनि थपिएका थिए । भुवनेश्वरी थपलियाहरूले यिनको पढाइका सर्न्दर्भमा पनि प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याएका थिए । यसबारे पारिजातले भनेकी पनि थिइन्( "मलाई उनीहरूले कक्षँ का नोट दिएर पनि सहयोग गरे ।" साथीसँगिनी, बोलीचाली हरेक दृष्टिले उनी त्यहाँ चाँडै नै प्रायः र्सवपरिचित भइसकेकी थिइन् । कलेजका कार्यक्रममा उनी कत्थक नृत्य पनि गर्थिन् । त्यहाँ पढेताका उनी व्याडमिन्टन पनि खेल्थिन् । व्याडमिन्टन खेलेका बेला उनी हातको नारीमा रुमाल बान्ने गर्थिन् । त्यति बेलाको त्यो दृश्य हेर्न पनि रमाइलो हुन्थ्यो ।
पद्मकन्या कलेजमा अध्ययन गर्दा सुरुसुरुमा पारिजातले गाँजा पनि खाइन् । पारिजातका अनुसार यिनले पद्मकन्या कलेज पढ्दा त्यहाँका प्रायः विद्यार्थीहरू चुरोट खान्थे; तर मधु गिरी तथा देवलक्ष्मी भन्ने दुईजना विद्यार्थीहरूले भने चुरोट खाँ दैनथे । पारिजातकी असाध्यै मिल्ने साथी दया सिंहले पनि पारिजातको सङ्गत भेटेपछि चुरोट खान थालेकी रहिछन् । दया सिंहको सङ्गतपछि पारिजातले झन् एकान्तमा बसेर चुरोट तान्ने साथी पनि पाइन् । बाँचुन्जेलसम्म पारिजातले चुरोट खाई नै रहिन् । मानौँ , चुरोट यिनको एक प्रकारको अभिन्न साथी बनिसकेको थियो । किशोरावस्थामा उनी दार्जिलिङमा मटरमार चुरोट खान्थिन् भने काठमाडौंमा उनले खाने चुरोट 'गैंडा' (गैंडा चुरोट निस्केपछि) हुन्थ्यो ।
पारिजातले पद्मकन्या कलेजबाट २०१४ सालमा आई. ए. उत्तीर्ण गरेकी थिइन् । पद्मकन्या कलेजको अध्ययनका क्रममा पारिजातको बेग्लै हाउभाउ थियो । आफू बी.ए.को दोस्रो वर्षी छात्रा भएका बेला यिनले हस्तरेखाको पनि अध्ययन गर्न थालेकी थिइन् । त्यस समयको चित्रात्मक घटनालाई अघि सार्दै उनी भन्थिन्- "म सारा कोर्स एकातिर थन्क्याएर हस्तरेखामा दत्तचित्त भएँ ।" हस्तरेखाको अध्ययनका समयमा पारिजातले ज्योतिष विद्याको गणित गर्दै आफ्ना साथीहरूको जन्मकुण्डली बनाएर र हात हेरेर व्यावहारिक सीप आर्जन गर्ने प्रयास गरेकी थिइन् । उनले आफू शिक्षिका भएका बेला पनि यो रीत कायम राखेकी थिइन् । तर पछि आफ्ना बाबुले यस विषयमा हात हाल्न कडाइका साथ निषेध गरेपछि उनी यस मार्गमा हिँड्न बन्द भएकी थिइन् ।
पारिजात नाटयकलामा पनि अभिरुचि लिन्थिन् । अध्ययनका बेला उनले केही नाटकमा अभिनयको भूमिका पनि खेलेकी थिइन् । यसै क्रममा गोविन्दबहादुर मल्ल 'गोठाले'को 'युगको शिकार'नामक नारीप्रधान नाटकमा पारिजातले नायिकाको सशक्त भूमिका निर्वाह गरेकी थिइन् । त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए । पारिजातसँग त्यस नाटकमा खेल्ने अर्का साहित्यकार चित्तरञ्जन नेपाली थिए ।
पारिजातले पद्मकन्या कलेजमा पढेताका उनको कक्षामार् इश्वर बरालले अङ्ग्रेजी पढाउने गर्थे । पढाउँदापढाउँदै बरालले त्यस बेलाकी विष्णुकुमारी वाइबा अर्थात् भविष्यकी पारिजातमा भएको कस्तूरीको नाभिको बास्ना प्राप्त गरिसकेका थिए । बरालले मात्र होइन प्रायः सबै प्राध्यापकले उनको शिष्टाचारको बढाइँ गर्थे । उनी कलेजताकाको पढाइमा पनि राम्रो कसरत गर्थिन् । उनले २०१६सालमा सोही कलेजबाट बी. ए. पनि उत्तीर्ण गरिन् ।
अङ्ग्रेजी साहित्य लिएर पारिजातले एम्.ए. पनि पढिन् । त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत एम्.ए. पढ्ने यिनको समूह पहिलो थियो । अर्थात् त्यस वर्षेखि मात्र नेपालमा एम्.ए. स्तरको पढाइ सञ्चालन हुन थालेको थियो । तर आर्थिक अवस्थाका कारण उनी ललितपुरस्थित मदनमेमोरियल गर्ल्स हाईस्कुलमा पढाउन जान थालिन् । अनि स्कुलमा शिक्षिका भएपछि यी एम्.ए.का कक्षाहरूमा उपस्थित हुन सकिनन् । त्यसपछि पारिजातले औपचारिक हिसाबबाटै एम्.ए. पढ्न छाडेकी थिइन् ।
ड्ड
२०१७ साल फागुनदेखि पारिजातले मदन मेमोरियल गर्ल्स हाईस्कुलमा मासिक दुई सय रुपियाँमा काम गर्न थालिन् । त्यस स्कुलमा यिनलाई भर्ना गर्न सिफारिस गर्ने वासुदेव शर्मा लुइँ टेल थिए भने भर्ना गर्ने व्यक्ति कमल दीक्षति थिए । उनी मदन मेमोरियल गर्ल्स हाईस्कुलमा दसौं कक्षामा अङ्ग्रेजी, भूगोल, नेपाली र भारतको इतिहास पढाउँथिन् । साथै उनी आफ्नो रुचि र विषयअनुसार सात र आठ कक्षाका विद्यार्थीलाई चित्रकला पनि सिकाउने गर्थिन् । त्यस स्कुलमा पारिजातले आफ्नो कला, सीप र जाँगर देखाउन पाइन् । स्कुलमा पनि यी प्रायः सबैकी प्रिय भइन् । उनी एउटी स्तरीय, कुशल र सक्षम गुरुआमा थिइन् । त्यतिमात्र होइन; उनले त्यस स्कुलमा प्रातःप्रार्थना का लागि गीत पनि लेखेकी थिइन् । यस विषयमा कमल दीक्षतिले लेखेका छन्- "उनले रचेका प्रार्थना गीत स्कुलका हाम्रा नानीहरूले सधै“ बिहान गाउँथे ।" विष्णुकुमारी वाइबाले स्कुलका लागि प्रार्थना गीत रचेपछि मात्र उनी पारिजात भएको कुरो मदन मेमोरियल स्कुलसँग सम्बन्धितहरूले पनि थाहा पाएका थिए । यसै प्रसङ्गमा सो स्कुलका तत्कालीन सक्रेटरी कमल दीक्षितको भनाइ छ- "बी. ए. पास भएकी विष्णुकुमारी वाइबालाई पाउनु स्कूलका लागि ठूलो कुरा भएको थियो त्यस बेला । विष्णुकुमारी वाइबा कवि पनि भन्ने कुरा स्कूलमा हामीले थाहा पायौ । उनले स्कूलमा प्रातः प्रार्थना लेखिदिएपछि ।"
स्कुलमा पढाउन थालेपछि पारिजातमा बिस्तारैबिस्तारै रोगको सशक्त आक्रमण हुन थाल्यो । आफ्नो शारीर कि स्वास्थ्य प्रतिकूल हुन थालेपछि यी स्कुल जान पनि अर्समर्थ भइन् । त्यसैले २०१९ सालदेखि यिनले मदन मेमोरियल हाईस्कुलबाट अवकाश लिन खोजिन् । तर त्यति बेला त्यस स्कुलले उनको राजीनामा स्वीकारेन । उनी स्वस्थ भई पुनः स्कुल र्फकलिन् कि भन्ने आशामा उनको राजीनामालाई औपचारिकता दिइएको थिएन । यसको प्रमुख कारण उनीप्रतिको दया थिएन; उनी कुशल अङ्ग्रेजी शिक्षिका थिइन् ।
स्कुलबाट पारिजातको राजीनामा स्वीकृत नभएकाले २०२२ सालमा उनले सो स्कुललाई फेरि अर्को कडा चिठी लेखिन् "मेरो राजीनामा तपाईंहरूले किन स्वीकार नगरेको ? " त्यसपछि चाहिँ उनको राजीनामा स्वीकृत भयो । वास्तवमा गम्भीर शारीरिक अवस्थाका कारण उनी त्यो स्कुल छोड्न बाध्य भएकी थिइन् । त्यस बेला पैदा भएको त्यो बिरामीले उनलाई जीवनपर्यन्त झन्झनै रोगी बनाउनेछ भन्ने कुरा त्यस बेला स्वयं पारिजातलाई पनि त्यतिको थाहा थिएन ।
पारिजातलाई बाथले कक्राककुक्रुक पार्न थालिसकेको थियो । उनका हातखुट्टाका जोर्नी खपी नसक्नु दुख्न थाले । त्यति बेला उनको उपचार्रार्थ कमल दीक्षित पनि खटेका थिए । यस विषयमा दीक्षितले लेखेका छन्( "बाथको रोगीलाई स्यालको मासु खायो भने फाइदा हुन्छ भन्ने र एउटा स्याल मारिदिनु पर्यो भन्ने अनुरोध मलाई (मदन मेमोरिल) स्कूलबाट आयो । तिनताका श्रीदरबार जङ्गलजस्तै थियो र दिउँसै पनि त्यहाँ स्यालहरू कुदिरहन्थे ।... मैले मेरो टुटु बन्दुकले एउटा स्याल मारेर छाला काढ्न लगाई त्यसका चारवटा सपेटा स्कूलमा पारिजातका लागि पठाइदिएको थिएँ । तर स्यालको मासुले पनि उनलाई केही फाइदा भएन ।" अनि त्यसै वर्षेखि जीवनमा कहिल्यै निको नहुने गरी बाथ (Rheumatoid arthritis)का कारणबाट पारिजात थला परिन् । यसै प्रसङ्गलाई लिएर पारिजातले लेखेकी थिइन्- "झन्डै उन्नाइसबीस सालदेखि म बाथको रोगले कुजिएँ । दुई वर्षम्म खाटमा सीमित भएँ । त्यसैताका मैले एउटा उपन्यास सिध्याएँ 'शिरीषको फूल' । यसको भूमिका मैले मलाई आफ्नो सबैभन्दा मन परेको लेखकद्वारा लेखाउनु थियो र त्यस धोकोलाई मैले सफलतासाथ पूरा गरेँ ।" वास्तवमा शङ्कर लामिछानेले 'शिरीषको फूल' भित्र एउटा अभूतपूर्व भूमिकाको रचना गरेका थिए ।
ड्ड
पारिजातको औषधी उपचारका हेतु सिद्धिचरण श्रेष्ठ र दान खालिङले उनलाई राजा महेन्द्र (म. वी. वि. शाह) का नाउँमा बिन्तीपत्र लेख्न आग्रह गर्दै भनेका थिए- "एउटा बिन्तीपत्र हाल्नुस् बैनी !तपाईंका निम्ति जे पनि हुन सक्छ ।" त्यस बेला दान खालिङले चाहिँ पारिजातलाई राजा महेन्द्रको महानताका बारे धेरै बुझाएका थिए । अनि पारिजातले प्रत्युत्तरका क्रममा भनेकी थिइन् -"त्यसरी सुटुक्कै दरखास्त हाल्न मेरो मन राजी हुँदैन; यो काम मलाई मीठो कुरा एक्लै खाएजस्तै लाग्छ ।" यस प्रसङ्गमा पारिजातले लेखिन् पनि-"धेरै बेरको बहसपछि उनीहरू मलाई बिन्तीपत्र लेख्न राजी गराएरै छोड्छन् । बिन्तीपत्र उनीहरूले नै तयार पार्छन् म हस्ताक्षर गर्छु केही समयपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट एउटा चिठी आउँछ । चिठीमा जुन अस्पतालमा गएर पनि रोगको अनुसन्धान गराउन पाउने सङ्केत थियो । शान्तभवनका डा. मिलरले यस पत्रको अपहेलना गरिदिए । त्यसको केही दिनपछि अर्को पत्र सोझै राजदरबारबाट आउँछ; जसमा रोगको अनुसन्धान गरी अथवा कति खर्चले ठीक हुन्छ पत्तो लगाउनुपर्ने कुरा लेखिएको थियो ।" त्यसघडी यस कामका लागि पारिजातले धेरै दौडधूप पनि गरिन्, तर नोकरशाहहरूको एक इन्च पनि सहयोग पाइनन् । पारिजातले त्यतिबेला पनि आफ्नो स्वाभिमान ढलेको ठानिन् । साँच्चै भन्ने हो भने राजा महेन्द्रले चिने पनि उनलाई कर्मचारीले चिनेनन् ।
२०४६ सालको आरम्भतिरको कुरा हो; पारिजातको औषधी उपचार गर्नेबारे पारिजातसमक्ष थप प्रस्ताव नरेन्द्रराज प्रर्साईले पनि राखेका थिए । त्यति बेला प्रर्साईले पारिजातलाई भनेका थिए "दिदी !हजुरले हुन्छ मात्रै भन्नु, दिदीलाई संसारको जुनसुकै ठाउँमा गएर औषधीउपचार गर्ने विषयमा रानी ऐर्श्वर्य (कवयित्री चाँदनी शाह) मार्फत म समर्पित हुन्छु । दिदीको स्वास्थ्य ठीक भएमा नेपाली भाषासाहित्यका लागि थप अर्को उपलब्धि हुन्छ ।" तर पारिजातले त्यो प्रस्ताव अस्वीकार गरेकी थिइन् । वास्तवमा स्वाभिमानलाई शिरमा बोकेर हिँड्नुपर्दा उनले आफ्नो रोगलाई पनि सधैं शरीरमा बोकेरै हिँड्नुपर्यो । सी. के. प्रर्साईका शब्दमा भन्ने हो भने "पारिजातले जीवनभर रोग एवम् शैयाग्रस्त हुँदा पनि केवल दिनुभयो; कसैबाट केही लिनुभएन ।"
ड्ड
पारिजातलाई नेपालको नागरिकता लिने साहै्र ठूलो इच्छा थियो । त्यसैले उनी नागरिकता लिन ठाउँठाउँमा पनि धाइन् । तर उनले नेपाली नागरिकता पाइनन् । उनले यस विषयमा पनि अत्यन्तै विहृवलित हुँदै लेखिन्- "कति ठाउँबाट भौ“तारिएर नोकरशाह अधिकृतहरूको ढोकाबाट भकुन्डो खेलाइ सहेर हिँड्दा पनि मैले नागरिकताको प्रमाणपत्र पाउन सकिन“ ।"
ड्ड
पारिजात आफ्ना अभिन्न मित्र भूपी शेरचनका माध्यमबाट वामपन्थी नेता निर्मल लामासँग घनिष्ठ हुन पुगेकी थिइन् । निर्मल लामाको पारिजातसँग ज्यादै घनिष्ठता बढेपछि पारिजातकी बहिनी
(नाउँ अज्ञात) सँग निर्मल लामाका भाइ सचिनको बिहे भयो । त्यसपछि सुकन्यासँग निर्मल लामाको पनि वैवाहिक जीवन बाँधियो । निर्मल लामा र सुकन्याको जोडी बाँधिएपछि क्रमशः पारिजातमा प्रसन्नताको वृद्धि भइरहेको पाइन्थ्यो । त्यसपछि बिस्तारै पारिजातले निर्मल लामालाई गडफादर भनेका प्रसङ्गहरूसमेत पनि प्रकाशनमा आए ।
शारीरिक अस्वस्थताले दुक्ख दिए तापनि मानसिक रूपमा पारिजात सम्पन्नतामा हुर्कि रहेकी थिइन् । यसैबीच फेरि पनि पारिजातको शिरमा अर्को चट्याङ बज्रन पुग्यो । भनूँ , पारिजात र सुकन्याका जीवनमा फेरि अर्को आकाश खसेको थियो । अर्थात् २०२९ सालमा पारिजातका बाबु डा. के.एस्. लामाको निधन भएको थियो ।
ड्ड
पारिजातको घर काठमाडौको म्हैपीमा २०३२ सालमा निर्माण भएको थियो । पारिजातकी बहिनी सुकन्या फोर्ड फाउन्डेशनमा काम गर्थिन् । त्यहाँबाट प्राप्त रकम जोडेर त्यहाँ एउटा सामान्य अथवा अझै भनूँ अत्यन्तै सामान्य घर बनाइएको थियो । त्यस निवासमा साहित्यिक जमघटहरू भइरहन्थे, त्यस निवासमा कलाकारहरू उपस्थित भइरहन्थे र त्यस निवासमा साहित्यानुरागीहरूको भिड लागिरहने गथ्र्यो । त्यहाँ कहिले साहित्यगोष्ठी हुन्थे, कहिले गीतगायन
कार्यक्रम हुन्थे र कहिले स्रष्टाहरूमाझमा परिचयात्मक कार्यक्रम हुने गर्थे । पारिजातका समकालीन साथीहरू भन्छन्( त्यस बेलाको म्हैपी नेपाली कला र साहित्यको मनोरम, चमकदार र अनुरागी ठाउँ थियो ।
ड्ड
पारिजातलाई २०२१ सालदेखि बाथ रोगले क्रमशः पीडा दिन थाल्यो । दिन बित्तै जाँदा उनको रोगले उनलाई अत्यन्तै दुक्ख दिन थाल्यो । कहीँ कतै गए पनि त्यस रोगको उपचार हुन नसक्ने सङ्केत त्यसै बेला भइसकेको थियो । सास भइन्जेल आस हुन्छ भन्ने अभ्रि्रायले गोविन्द भट्टले मीनभवनमा बस्ने चीनियाँ एकुपन्चर डाक्टरकहाँ पनि पारिजातलाई पुर्याए । त्यस बेला चीनियाँ डाक्टरले भनेका थिए "क्रोनिक भएछ ।" र्यूमोटोइड आथ्राइटिस भन्ने रोगले बेस्सरी च्याप्न थालेपछि यी वेदनामा चुर्लुम्मै डुब्न थालिन् । त्यसै बेलादेखि पारिजात जीवनभरका लागि ओछयान लागिन् । त्यसपछि उनलाई अल्सरले पनि दुक्ख दिइरहृयो । यसरी बैसको कल्कलाउँदो र भर्भराउँदो जिन्दगीमै उनले बाँचुन्जेल कुँजिने रोगको सिकार हुनुपरेको दुखद सूचना आफ्नै शरीरमार्फत पाएकी थिइन् ।
ड्ड
पारिजातको जीवनमा राल्फाको पनि ठूलो प्रभाव पर्यो । राल्फामा लागेर उनले धेरै पाइन् र केही गुमाइन् । त्यति बेला पनि यौनपिपासुदेखिर् इष्र्या गर्नेसम्मले उनका शरीर र व्यक्तित्वमा पनि आ“खा गाडे । त्यस घडी उनी प्रायः बघिनी हुन्थिन् त कहिलेकाहीँ बिरालाले खेलाउन खोजेको मुसो पनि बन्नुपर्ने बाध्यतामा गाँसिन्थिन् । त्यसबेला पनि यिनले धूमधाम निराशाका दिनहरू खेप्नुपरेको थियो ।
ड्ड
आफ्ना विभिन्न व्यथालाई ढाक्न, छोप्न र रोक्न उनी बिजुली र्सबतमा पनि निर्धक्क डुब्न थालेकी थिइन् । चुरोटपछि रक्सी
उनको जीवनको अर्को महत्त्वपूर्ण कमजोरी भइसकेको थियो । यसै सिलसिलामा एक दिनको बिजुली र्सबतको प्रसङ्गबाट रामेश श्रेष्ठ लेख्छन्- "नसाभित्र हुनुहुन्थ्यो दिदी । मैले माया र आदरले नपिउन अनुरोध गरे । नभन रामेश म अति व्यस्त छु । रामेश !म थाक्छु, अति नै थाक्छु । मेरो यो सानो रिल्याक्स !थकाइ र पीडा बिर्सने बहाना ! अलिकति मनोरञ्जन........!"
ड्ड
मान्छेका लागि बाँच्ने कुरा नै प्यारो लाग्छ । बाँच्नका लागि भनेर पारिजातको उपचार, औषधि र सेवा बराबर भइरहेको थियो । कैयौ“पल्टको उपचारप्रयास पनि उनको जीवनका लागि सफल हुन सकेन । साढे तीन दशकसम्म निरन्तर शरीर दुख्तादुख्तै यस पृथ्वीबाट उनको भौतिक शरीर एकाएक विलीन भयो ।
पारिजातले यो चमत्कारी संसारबाट घरीघरी बिदा लिन खोजेकी थिइन्; अनि साँच्चै नै काठमाडौ“को वीर अस्पतालबाट २०५० सालको वैशाख ५ गते एकाबिहानै सबैसँग सधै“का लागि बिदा मागेर उनी स्वर्गीय भइन् । उनको इच्छा थियो- "मेरो शरीरलाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा नराख्नू ।" उनको पार्थिव शरीर टु“डिखेलमा राखियो । त्यहाँ उनको अन्तिम दर्शनका लागि मान्छेहरूको ओइरो लाग्यो । पारिजातको पूर्वइच्छाबमोजिम उनको पार्थिव शरीरमा हरियो रङ्गको सारी लगाइएको थियो भने रातो रङ्गको पछयौरी ओढाइएको थियो । उनकै इच्छाअनुसार उनको शव आठ जना महिलाहरूद्वारा उठाइएको थियो ।

उज्यालोको चौकीदारी

त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो ।
... जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल,
चिसोका साम्राज्यहरू पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर,
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा,
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर,
अनि हिमपात बर्साएर-
र सिरेटो र्छर्केर,
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा,
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका,
मान्छेहरू भने,
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै,
आकाशले चोरेका हाम्रा न्यानाहरू,
धर्तीमै फर्काउन भनेर,
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौं ।
सभा लगाइरहन्थ्यौं ।
र नारा घन्काइरहन्थ्यौं ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरू,
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरू पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरू त्यसबेलासम्म पनि,
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरू -
हामी फिर्ता लिने तरखरमा थियौं ।
हुँदा-हुँदा,
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन,
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरू,
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरू विनाशर्त आकाशले फिर्ता दियो ।
अहिले पनि हामी एक हूल मान्छेहरू छौं ।
जो धर्तीमा फ्याँकिएको त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर,
अहिले हामी,
उज्यालोको चौकीदारीमा छौं ।

म बिक्रीमा छु

मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन्
मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।
...
मेरो योजना, प्रतिवद्धता र दृढताहरू बिक्रीमा छन्
मेरो कलम, शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमङ्गहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो विवेक, चाहना र दृष्टिकोणहरू बिक्रीमा छन्
मेरो सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सपनाहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

मेरो आत्मा, चिता र श्रद्धाहरू बिक्रीमा छन्
मेरो मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सैयौं मृत्युहरूमा रमाउनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।
  tulsirampandey48@yahoo.com

हतियार

सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ

... र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ
तिमीले हँसिया चलायौ
मैले खुकुरी चलाएँ
तिमीले तरबार निकाल्यौ
मैले खुँडा चलाएँ
तिमीले थ्री-नट-थ्री पड्कायौ
मैले बन्दुक चलाएँ
तिमीले एस. एल. आर. देखायौ
मैले एल. एम. जी. उठाएँ
तिमीले ए. के. फोर्टीसेभेन प्रयोग गर्‍यौ
म हतियारविहीन उभिएँ

जबसम्म मसँग हतियार थियो
जित्ने बहानामा मैले हारिरहेँ
तर जब हतियारविहीन चेतना, म
तिम्रो मनको सँघारमा उभिएँ
अनिमात्र म सुरक्षित रहेँ
र विजयी भएँ ।

मान्छेको भगवान्

मान्छेले बनाएको मन्दिर
मन्दिरभित्रको देवता
मान्छे उसैसँग डराउँछ ।

युग पगालेर
... मान्छेले स्थापन गरेको आस्था
उही ईश्वरका अगाडि
मान्छे अपराध गर्छ ।

कहिले बेमौसममा अपराधबोध गरेर
मान्छे नै मान्छे बन्छ
कहिले अपराध नदोहोर्‍याएर मान्छे
मान्छेकै भगवान् बन्छ ।

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो

अग्लो त्यो पहाड चढे पो हुन्थ्यो
जे देख्छौ क्षितिजमा पढे पो हुन्थ्यो

आफ्नै सर्तमा तिमी बाँच्न त खोज्छौ -
दुनियासित पनि बरु लडे पो हुन्थ्यो
...
मञ्जुर थिएन यदि कसैको अन्ध अनुकरण
परिभाषा आफ्नै नया गढे पो हुन्थ्यो

बिरालोको घाटीमा त्यो घण्टी बाध्ने-
को छ खोइ - अघि बढे पो हुन्थ्यो

ठेस लागे अचानक उठ्छौ कुन्नि कसरी
था' पाउन कुनै दिन लडे पो हुन्थ्यो ।

गुरुजी ट्याक्सीमा छुस छ ?/

केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार यस पटक मलाई मोटर वाइकमा मनखुसी हुइकिन मन लागेन । काठमाण्डौको अस्तब्यस्त ट्राफिक ब्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसुँ झैँ लाग्यो । चुनाव ताका साच...्चै नै काठमाण्डौ राज्य विहीन थियो । कुनै ब्यक्तिले कसैको कतैको डर मान्ने गरेको पाइन । स्वयं आफू जोगिनु नै सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्थ्यो ।
देश कै एउटा राजनैतिक महोत्सव भनौ संविधान सभा निर्वाचनको वेला बाध्यात्मकवस धेरै पटक अर्थात कहिलेकहि दिनभर जस्तो ट्याक्सीमा हिड्नु पथ्र्यो । एउटै दुरीको एउटै बाटोमा ट्याक्सी भाडा फरकफरक उठ्थ्यो । यति सम्मकी कहिले त पत्यारै नलाग्ने भाडा उठ्थ्यो । ट्याक्सी हकाइ पनि फरकफरक हुन्थ्यो । काठमाडौको ट्राफिक त्यसमा कतैकतै बिग्रिएको बाटो अनि ड्राइभरको हकाइ धेरै अनौठो लाग्थ्यो ।
झण्डै डेड महिनाको काठमाण्डौ बसाईमा सधै जसो ट्यासी चलाउनु मेरो नियति थियो । कहिले ट्याक्सीको धनीनै ड्राइभर काम गरेर हिडेको भेटे र प्राय जसो मालिकको ट्याक्सी चलाउने ड्राइभरहरुलाई भेटे । ती ड्राइभरहरु कोहि पाका हुन्थे कोहि तन्नेरी र कोहि चाहि दादागीरी गर्ने जस्ता भेटे । विभिन्न ट्याक्सी ड्राइभरहरु संग भलाकुसारी गर्नेक्रममा चाहिन्दो नचाहिन्दो धेरै कुराहरुको जानकारी मिल्थ्यो । ट्याक्सी संगको उनीहरुको जीवन निक्कै कष्टप्रद देखे । हुन त राजनैतिक अस्थिरताले सारा देशवासी नै मारमा परेको वेला उनीहरुको मात्र त्यो समस्या थिएन । जो ट्याक्सी चलाएरै काठमाण्डौमा स-परिवार बसेका थिए उनीहरुलाई नानी पढाउने घरभाडा तिर्ने हातमुख जोड्ने समस्या विरक्त्त लाग्दो थियो ।
एक साँझको कुरा नयाँ वानेश्वर चोकबाट ललितपुर आउनु पर्नेभयो । हतारको कारण म सिधै ट्याक्सी चढे । बाटोमा ट्राफिक खासै थिएन असाधारण तरिकाले उसले ट्याक्सी हाक्यो । वेलाबेला हर्न पनि लगाउथ्यो । म स्वयंलाइ पनि ड्राइभिङको बारे थोरबहुत ज्ञान भएकोले त्यो ड्राइभरको हकाइ प्रति शंका लाग्यो । त्यसदिन मैले केही सोधिन । अर्को पटक एउटा पातलो ज्यान भएको ड्राइभर थियो उ अलि बोलाइलो थियो र भर्खरै देखि मात्र यो काम गर्न शुरु गरेको रहेछ । उसलाई मैले सोधे ए भाइ यो ट्याक्सीहरुले एउटै दुरीमा किन फरकफरक मिटर भाडा उठाउछ उसले भ्याटै मुख खोल्यो l थियो होला नि दाई सेटिङ नै त्यस्तो । अब मेरो जिज्ञास बढेर आयो कस्तो हो त्यो सेटिङ ?
अर्कोपटक अर्कै ट्यासीमा फेरी बाटो काट्ने गफ झिक्दै ए दाइ ट्याक्सीमा पैसा धेरै उठ्ने मिटरको सेटिङ हुन्छ रे नि हो खै सर हामीलाई त थाह भएन उमेरले निक्कै पाको ड्राइभरले जवाफ दियो । फेरी अर्को पटक अलि हल्ला गर्ने ड्राइभर भेटे ए भाइ त्यो तिम्रो मिटरमा पैसा धेरै उठ्ने सेटिङ चाहि नहाल है मैले भने । ए दाइले छुस (अर्थिङ) को कुरा गर्नुभएको त्यो त नाइट ट्याक्सीमा हुन्छ दाइ यो त मेरो आफ्नै गाडी हो त्यस्तो यसमा छैन । अर्को पटक ठमेलबाट अबेर घर फर्कनु पर्नेभयो ट्याक्सी समाते निर्धक्क साथ भने भाइ मिटरमा छुस चाहि नथप है यहाबाट मेरो घर पुग्न कति लाग्छ मलाइ थाह छ । यस पटक उसलाई कुरा लुकाउने मौका भएन र बोल्न थाल्यो ।
दाइ तेल महङ्गो छ साहुको गाडी हो प्रत्येक दिनको पैसा मालिकलाई दिनै पर्छ । टिप भने जस्तो लाग्दैन । परिवार यहि छ पाल्नै पर्यो । यसो अलिअलि त छ सर । मैले भने ए तिमी त बद्मास रहेछौ । उसले जवाफ दियो होइन सर यहाको ९५ प्रतिशत ट्याक्सीमा छुस हुन्छ । ट्याक्सी घरअगाडि पुग्यो भाडा अघिल्लो पटकको भन्दा अलि बढि उठ्यो तर उसको दुखेसो र जानकारीको कारण मेरो मन प्रसन्न भयो र खुसिसाथ तिरे ।
अब मलाई ट्याक्सी जीवनको बारेमा निक्कै जानकारी भयो । ट्याक्सी चढ्ने वित्तिकै पुन सोधिखोजि गर्न थालि हाल्थे । ए भाई आज चाहि तिमीले छुस लागाउनु पर्छ है ड्राइभर मुसुक्क हाँस्यो । साच्चै भनेको भाई छुस लागाउनु l अनि पैसा बढि उठ्छ नी त्यो तिर्नुहुन्छ प्रतिप्रश्न गर्यो । ल म पैसा तिर्न राजी छु छुस लागाउ । उसलाई पनि नौलो लागेछ छुस लागाएर देखायो म रोमान्चित भए । ए भाइ ल भन अरु कुनकुन ठाँउमा छुस राखेको हुन्छ दाइ मेरो चाहि दाहिने कुहिनाले छुने गरि ढोकाको भित्रिपट्टि नदेखिने तवरले राखेको छु । अनि अरुहरुले चाहि कता राख्छन त खोइदाई अरुले यो हर्न लगाउने ठाँउनेर राख्छन कसैले खुट्टाले छुन मिल्नेगरि एस्किलेटर नजिक राख्छन । ठाँउमा पुग्न अगावै पुन: छुस लागाउन लागाए उसले छुसलाई कुहिनाले छोयो अगाडि राखिएको मिटर फनन घुमेर ७५ रुपैयाबाट एकैचोटि ९५ पुग्यो । ठाँउ आयो म उत्रिए ए भाइ तिमीहरु त बद्मास हुदा रहेछौ । दाइले भनेर मात्र मैले देखाएको अब के कुरा दाई मिटरमै पनि त डेणी हिर्काउने बनाएका हुन्छन ।
यो ड्राइभरलाई खुसी बनाएर अरु धेरै कुरा लिनुछ त्यसैले कुरा उठान गाँउ परिवार देखि लिएर उसको प्रेम कहानी सम्म पुर्याए र एकप्रकार उसको मनको कुरा लिए पछि पुन त्यहि छुसको कुरा संगै थपिएको डेणी मिटरमा लगे । यो मिटरहरु चाहि दाई नेपालमा इटालियन कोरियन र अमेरिकन बढि चलाइन्छ त्यसमा कोरियन चाहि अलि सजिलो छ डेणी बनाउन । अनि डेणी चाहि कहा बनाउने नी त्यो दाई हामीले नापतौलमा मिटर लैजानु पर्छ त्यतिखेर नै एकदुइ सय दिए पछि उनीहरुले नै एक किलोमिटर गुढे बापत २० रुपैया हुनुपर्ने ठाँउमा २४ रुपैया उठ्ने बनाईदिन्छ । अनि टाँचा लगाइ दिन्छ । अब जति हिर्काउने मिटरको कांटा बनाउन चाहानुहुन्छ त्यतिनै हान्ने पनि बनाइदिन्छ । बढि कांटा हान्ने बनाएमा धेरै समस्या आउछ दाई । लौ भाई मलाइ भन कस्तो वेला र कसरी चाहि ट्याक्सी बढि भाडा लिन्छ दाइ पहिलो नम्बर तपाइलाई यहाको ठाँउको बारेमा थाह छ छैन त्यो विचार गर्छन यदि तपाइलाई थाहछैन भन्ने थाह पाएमा अत्यधिक छुस लगाउछन् । ल भन त ड्राइभरले छुस लगाउदैछ भनेर चाहि कसरी थाह पाउने ? हेर्नुहोस दाई यदि ट्याक्सी राम्रो बाटोमा पनि कुनैबेला स्पीडमा कुदाउछ हर्न बजाउछ अलि बढि हल्लाउछ भने त्यसवेला छुस थप्दैछ भनेर शंका गरे हुन्छ किन की त्यसवेला ड्राइभर चाहन्छ प्यासेन्जरले ध्यान चलिरहेको मिटरमा नभई आफै सम्हालिन ध्यानदेवस । मेरो गन्तब्यस्थान आइपुग्यो हितैषी ड्राइभरको फोन नम्बर टिपे र फेरी भेट्ने वाचा गर्दै ट्यासीलाई छाडि दिए ।
यसपटक म साथि संग छु । हामी जुनसुकै ट्याक्सी ड्राइभरलाई मनले जितेरै छुसको बारे कुरा झिकेर इल्लिबिल्ल बनाउन थालेका छौ । हामी नारायण गोपाल चोकबाट बागबजार आउनु थियो । ट्याक्सीमा चढ्दाचढ्दै ड्राइभर दाई हामीलाई त तपाईको मिटरमा सरर छुस चढेको मनपर्छ । ट्याक्सी अगाडी गुड्यो । ट्याक्सीको मिटर पनि इटालियन राम्रो रहेछ । यो मिटर त लक्षिनको हुन्छ पैसा भुरुरुरै झार्छ । हाम्रो हल्ला पनि बढ्दै गएको थियो । हामीलाई कुन प्रकारको गाडि कस्तो ड्राइभर वास्तै थिएन । अन्तत हाम्रो हल्ला र पेलाइले ड्राइभर हामी तिर फर्केर बोल्यो ए भाइहरुलाई छुस भएको ट्याक्सी चाहिने रहेछ मेरोमा त छुस छैन लौ यतै ओर्लिनुहोस निक्कै लामो दुरी हिडी सकेको ट्याक्सी पनि रोकियो । सधै ट्याक्सी ड्राइभरलाई जित्दै आएको हामी त्यसवेला हार्यौ । ड्राइभर दाई भद्र र बुढा थिए ट्याक्सी पनि कालो कार थियो जर्मनी गाडी झै देखिन्थ्यो भाई यो इलाकामा मैले ट्याक्सी चलाएको २५ बर्ष भयो छुट्नु अघि बुढाले अर्को डाइलग थपे । लाग्यो यो क्षेत्रमा सज्जनबर्गहरु पनि अवश्य छन् ।
बढि उम्लिए पछि पोखिए झै छुसको बारे चर्चा अलिकम हुन थाल्यो । निर्धक्क बोल्न नसक्दा त छुस हान्दै गर्छन छैन पनि भन्छन् अनि त्यो पैसा पनि तिराउदा रहेछन् । तपाइले सोध्नुहोस त उनीहरुले पहिलो कुरा हुदैन भन्छन् दोस्रो नम्बर मेरोमा चाहि छैन भन्छन तेस्रो नम्बर म त्यस्तो होइन भन्छन् । आखिरमा चाहि सबै ट्याक्सीमा हुन्छ भन्छन् । त्यसो भए म पुलिसलाई रिपोर्ट गर्छु भन्नुहोस उनीहरु भन्छन यो कुरो तपाइले भन्नै पर्दैन पुलिसलाई राम्ररी थाह छ उनीहरुले पनि खान परयो नि भन्छन् ।
अलि रिस उठाउदा अरुकुरा आउला कि भनेर ए भाइ काठमाण्डौमा त सबै बदमास छन हगि तिमीहरु ट्याक्सी ड्राइभरले मिटरमा पनि तोकिएको मापदण्ड भन्दा बढि उठाउछौ छुस पनि लागाउछौ यसो भगवान संग डर लाग्दैन दाई पहिलो नम्बर मलाई भन्नुहोस कस्तो मान्छे ट्याक्सी चढ्छ अनि दाइ नर्बिसनुहोस यो नेपाल हो विदेश होइन । लौ ड्राइभर भाई तिम्रै जीत भो

तिमी एक्लै छैनौ

हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।
डाँडाकाँडा वनपाखा तसवीरहरुले
पहिरो र पहाडहरु थामिरहेका भीरहरुले
अघि अघि र अहिलेका वीरहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।
फूल र पातहरु ली उभिरहने रुखहरुले
कुरा बुझ्ने मुटु र मौन मौन मुखहरुले
सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन् ।

म बहुला होइन

आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।

मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
...
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,

नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;

बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू

मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन

आमाको सपना

आमा, त्यो आउँछ र?
“हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि
बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
तयो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ !”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।”
* * *
“तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !”

रातो र चन्द्र सुर्जे

रातो र चन्द्र सुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।

हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
...
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो ।।

जबसम्म चन्द्र सुर्जे आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।

गाईसरि छन् साधु जोजो यहाँ जगत्मा ।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।

मलाई सङ्गिनी, सेलो, र त्यो ख्याली भए पुग्छ

मलाई सङ्गिनी, सेलो, र त्यो ख्याली भए पुग्छ
सधैँ बग्ने त्यही मेची, महाकाली भए पुग्छ

मलाई गुन्द्रुकै साँधी, ढिँडो चोपेर खाएको
पुरानो बाउबाजेको, कुनै थाली भए पुग्छ
...
महङ्गा चोक, अट्टाली, घुमेँ धेरै भएँ दिक्क
म रम्ने गाउँमा खर् को, उही पाली भए पुग्छ

किसानैको हुँदा छोरो, सकेसम्मन् मलाई त
हलो, लिङ्गो, जुवा, नारा, अनौ, फाली भए पुग्छ

पराईको झुठो माया, र त्यो आश्वासनै भन्दा
कुनै आफन्तको मीठो, नयाँ गाली भए पुग्छ                                                                               श्री;-   तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी  अंचल पच्छिम नेपाल  ;    email ; tulsirampandey48@yahoo.com                                                                                                                                                                                 tulsirampandey48@gmail.com

नमीठो दु:खमा कैले, नपर्ने मानिसै हुन्न

नमीठो दु:खमा कैले, नपर्ने मानिसै हुन्न
लिएमा जन्म धर्तीमा, नमर्ने मानिसै हुन्न

सधैँ यो घामपानीमा, सबैको जिन्दगी बित्छ
कतै त्यो ओत पाएमा, नसर्ने मानिसै हुन्न
...
नराम्रो काममा लागे, उडाई इज्जतै फाले
सबैको सामुमा आफै, नझर्ने मानिसै हुन्न

सबै जाली सबै स्वार्थी, यही संसार कस्तो हो
सके पैला भुँडी आफ्नै, नभर्ने मानिसै हुन्न

सबैले एउटा भन्ने, कतै मौका परे फेरि
यहाँ अन्धो भई अर्कै, नगर्ने मानिसै हुन्न           
        श्री;-   तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी  अंचल पच्छिम नेपाल  ;    email ; tulsirampandey48@yahoo.com                                                                                                                                                                                 tulsirampandey48@gmail.com

गुराँसै फुल्छ पाखामा, फुलेको देख्न पाऊँ म

गुराँसै फुल्छ पाखामा, फुलेको देख्न पाऊँ म
रमाई खर्कमा चौरी, डुलेको देख्न पाऊँ म

तराई अन्नको खानी, हुनाले खेतबारीमा
फलेका धानका बाला, झुलेको देख्न पाऊँ म
...
नयाँ नेपाल हामीले, बनाए मात्र बन्ने छ
त्यसैले काममा सारा, भुलेको देख्न पाऊँ म

कतै अन्यायमा कोही, फसेमा न्याय नै खोज्न
स्वयम्भूका दुवै आँखा, खुलेको देख्न पाऊँ म

सधैँ मेची र कालीमा, बगेकी स्वच्छ पानी झैँ
सबै नै एक-अर्कामा, धुलेको देख्न पाऊँ म                     श्री;-   तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी  अंचल पच्छिम नेपाल  ;    email ; tulsirampandey48@yahoo.com                                                                                                                                                                                 tulsirampandey48@gmail.com

उदायो जून आँखामा, र आफैँ ढल्कियो फेरि

उदायो जून आँखामा, र आफैँ ढल्कियो फेरि
पुरानो घाउको खाटो, अकस्मात् बल्झियो फेरि

हजारौँ चाहना मेरा, सिसाझैँ चर्किँदा आज,
परेलीबाट बाढी झन्, असाध्यै छल्कियो फेरि
...
म गर्थेँ कल्पना धेरै, र देख्थेँ स्वप्न झन् मीठा
टुट्यो निद्रा अनायासै, र छाती बल्कियो फेरि

हजारौँ दु:ख पीडाले, मलाई थिच्न थालेर
अभागी कर्महारा यो, थलामा थल्लियो फेरि

अकालै दाउरा ओढ्ने, नमीठो स्वप्न देखे नि
श्री;-   तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी  अंचल पच्छिम नेपाल  ;    email ; tulsirampandey48@yahoo.com                                                                                                                                                                                 tulsirampandey48@gmail.com

परिवर्तन

हिजोसम्म रोईरोई बाँचिरहेका थिए।
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको बोलीमा केही थिएन;
मनको प्रतिध्वनिसम्म थिएन,
मानिसले बोलेजस्तै थिएन;
... केवल शब्द थियो, अर्थ थिएन;
आज तिनैको बोलीमा प्राण छ,
व्यथा, उन्माद, आह्वान छ, आकर्षण छ,
आज तिनैको मौनता पनि बोल्छ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो
आज त्यही हात अँजुली परेको छ—
आफ्नो सम्पूर्ण जीवनलाई एक स्वप्नको निम्ति
अर्पिदिने प्रेरणा त्यसमा आएको छ;
हिजोसम्म जसमा लिने लाचारी मात्र थियो,
दिने इच्छाको उदय पनि भएको थिएन;
लाचारी, निश्छलता, कायरताका दिन बिते ।
आज सब कटिबद्ध छन्, प्राण हत्केलामा छ ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
हिजोसम्म जसको माया गर्ने मित्र थिएन,
घृणा गरिदिने दुश्मनसम्म थिएन—
त्यस्तो गरीब थियो!
हिजोसम्म जसको क्षुद्रता नै सर्वस्व थियो,
जो त्यही क्षुद्रतालाई कुच्रीकुच्री
कायरताको ढालले बचाएर हिँड्थे
आज तिनैको ज्यान दिने मात्र होइनन्
ज्यान लिने दुश्मन पनि छन्—
आज यस्ता धन छ!
आज तिनैको छाती फुलेको छ, त्यही तिनको ढाल छ ।
हिजोसम्म रोईरोई जो बाँचिरहेका थिए ।
श्री;-   तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी  अंचल पच्छिम नेपाल  ;    email ; tulsirampandey48@yahoo.com                                                                                                                                                                                 tulsirampandey48@gmail.com

यता पनि ध्यान दिनुहोस त्

गुल्मी बासी सबै मित्र हरुलाई नमस्कार छ / हाम्रो गुल्मी लाइ हामी सबै मिलेर नया गुल्मी बनाउनु छ / तेसैले हामीहरुले गुल्मी लाइ नया रुप दिनु छ / तपाइँ हरु जहाँ हुनुहुन्छ तेही बाट नै जस्तो सक्नुहुन्छ तेस्तै नै सहयोग गर्नुहोस गुल्मी बाट सम्बन्धित लेखहरु / गुल्मी का पर्यटक स्थल हरु को प्रचार प्रसार गर्नु छ तपाइँ हरुका गाउ ठाउँ मा भएका मन्दिर खोला नाला का लेख हरु लेखेर पठाउनुहोस / तपाई हरुका लेख का प्रचार हामी गर्नेछौ / email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्

नेपाली श्रम र सिपको प्रभाव दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
... नेपालको म सन्तती सगर्व भन्न पाइयोस्

मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरू म नर्कमा परूँ
जहाँ पुगेपनि तर नेपाली भन्न पाइयोस्

यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रंगियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्

संविधानसभाको म्याद थप्न कांग्रेसको सर्त

काठमाडौ, वैशाख २४ - कांग्रेसले संविधानसभाको म्याद थप्न माओवादीसामु दुई सर्त अघि सारेको छ, 'शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने सुनिश्चित आधारसहितको कार्यतालिका र संविधानमा मिल्न नसकेका विषयमा आधारभूत सहमति । 'यी दुई विषय नमिले म्याद थप्नुको कुनै औचित्व रहने छैन,' कांग्रेसका एक नेताले कान्तिपुरसँग भने ।
शान्ति प्रक्रिया र संविधान निर्माण सुनिश्चित हुने आधार तय भए ६ महिनासम्म म्याद थप्ने मनस्थितिमा कांग्रेस पुगेको छ । त्यसबारे अनौपचारिक रूपमा माओवादी, एमाले र मधेसवादी दलका नेताहरूसँग समेत छलफल भएको स्रोतको दाबी छ । ६ महिना भित्र पनि शान्ति प्रक्रिया टुंगोमा नपुगी संविधान जारी हुन नसके कांग्रेसले ताजा जनादेशमा जानुपर्ने विषयसमेत उठाएको छ । 'थपिएको म्यादमा पूरा भएन भने के गर्ने भन्ने विषय उठ्दा विकल्पमा ताजा जनादेशको चर्चा चलेको छ । त्यसमा अन्य दलसमेतको सहमति हुनसक्छ,' स्रोतले भन्यो, 'तर औपचारिक रूपमा भने यस विषयमा जेठ ६ पछिमात्रै छलफल हुनेछ ।'
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने संविधानसभाको म्याद थपबारे पार्टी र अन्यदलसँगको वार्तामा औपचारिक छलफल नभएको बताए । शान्ति तथा संविधान र संविधानसभाको म्याद थप्ने विषयमा कांग्रेसले जेठ ६ गते काठमाडौंमा आयोजना हुने जनसभामार्फत 'बटम लाइन' घोषणा गर्ने सिटौलाले बताए । कांग्रेसले राजधानीबाहिरको जागरणसभा सकेर काठमाडौंमा आएर समापन गर्ने भएको छ ।
मंगलबार माओवादीसँगको वार्तामा पनि कांग्रेसले यथास्थितिमा म्याद थप्नुको औचित्व नरहेको बताएको थियो । उसले शान्ति प्रक्रिया टुंगोमा पुगेर र लोकतान्त्रिक संविधान निर्माण हुने सुनिश्चित आधार तय भएपछि मात्रै ६ महिनासम्मको म्याद थप्ने संकेत गरेको थियो । माओवादीले जेठ १४ अघि नै समायोजन प्रक्रिया अघि बढाउन विश्वस्त तुल्याएका थिए ।
'माओवादी नेताहरूले हाम्रा शीर्ष नेताहरूसँग दस दिनभित्र समायोजन र पुनःस्थापना हुने लडाकुको समूह विभाजन गर्छौं भनेर प्रतिबद्धता जनाउनु
भएको छ, त्यसको आज चार दिन बित्यो, ६ दिनभित्र हुन्छ कि हुँदैन हामीले पर्खिरहेका छौं,' महामन्त्री सिटौलाले भने, 'माओवादी कसरी अघि बढ्छ त्यसैको आधारमा जेठ ६ गते काठमाडौंको आमसभाबाट हाम्रो बटम लाइन सार्वजनिक गर्ने छौं ।'
शान्ति प्रक्रिया र संविधान निर्माणमा एक वर्षभित्र कुनै प्रगति हुन नसकेकाले म्याद थप गर्न नहुने धार पनि पार्टीभित्र बलियो छ । तर उनीहरूले म्याद थप नगर्दा हुने विकल्पबारे भने सोचेका छैनन् । 'म्याद नथप्दा झन् ठूलो शून्यता छाउने छ । त्यसैले शान्ति र संविधान निर्माणमा केही न केही सहमति गरेर म्याद थप्नुपर्छ भन्नेमा पार्टी पुग्छ,' अर्का एक केन्द्रीय सदस्यले भने, 'त्यसका लागि अब छलफल सुरु हुन्छ ।' केन्द्रीय सदस्य नरहरि आचार्यले पनि म्याद थपका लागि लडाकु समायोजन र पुनःस्थापनाको भरपर्दो कार्यतालिका ल्याएर काम अघि बढाउनुपर्ने बताए । 
'एक वर्षमा शान्ति प्रक्रिया विल्कुलै अघि नबढेकाले फेरि पनि म्याद थप्दा त्यस्तै हुने हो कि भन्ने आशंका छ,' आचार्यले भने, 'त्यसैले शान्ति प्रक्रियाको भरपर्दो कार्यतालिका र संविधानमा नमिलेका विषयमा आधारभूत सहमति खोजेको हो ।' उनले शासकीय स्वरूप र राज्य पुनर्संरचनाबारे जेठ १४ अघि नै सहमति हुनुपर्ने बताए । 'त्यसमा सहमति भए संविधानसभाको म्याद थपको पनि औचित्यपूर्ण हुन्छ,' आचार्यले भने, 'नत्र भने जति थपे पनि उस्तै हो भन्ने सन्देश जान्छ ।'



प्रकाशित मिति: २०६८ वैशाख २४ ०९:३२

आवश्यकता अनुसार कांग्रेस हतियार उठाउन तयारः खड्का

दाङ, वैशाख २४ - कांग्रेस नेता  खुमबहादुर खड्काले शान्ति र संविधानका लागि आवश्यकता अनुसार नेपाली कांग्रेस हतियार उठाउन पनि तयार रहेको बताएका छन् ।
शनिबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले नेपालमा कसैले पनि कांग्रेसलाई एक्ल्याएर सर्वसत्तावाद लादन खोजे त्यो दिवासपना मात्र हुने चेतावनी दिए ।
खडकाले माओवादीले चाहे जेठ १४ अघि नै शान्ति प्रक्रिया टुंगिने दावी गरे । उनले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माओवादीसँग अध्यक्ष  प्रचण्ड  इमान्दार भए समयमै सम्पन्न गर्न सकिने बताए ।
खडकाले जेठ १४ गते सम्म संविधान निर्माणको खाँका आए केही महिनाको लागि संविधानसभाको म्याद थप्न सकिने समेत उल्लेख गरे ।
 

कसैसँग सम्झौता गर्दिनँ

काठमाडौ, वैशाख २४ - नवनियुक्त प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो कार्यकाल 'प्रभावकारी र निष्पक्ष न्याय सम्पादन' मा केन्दि्रत हुने भन्दै दर्जनभन्दा बढी सुधारका योजना सार्वजनिक गरेका छन् ।
न्यायपालिकालाई विकृतिविहीन बनाउनु, दण्डहीनताको अन्त्य गर्नु र छिटोछरितो मुद्दाको किनारा लगाउनु नै आफ्नो मुख्य चुनौती भएको रेग्मीले बताए । यसको सामना गर्न उनले सुधारको योजना सार्वजनिक गरेका हुन् । 'म न्याय सम्पादनमा कसैसँग सम्झौता गर्दिनँ,' शुक्रबार बिहान शीतलनिवासमा राष्ट्रपतिबाट शपथ लिएर मध्यान्नतिर सर्वाेच्च आइपुगेका रेग्मीले पदभार सम्हालेलगत्तै भने, 'न्यायिक आचरण र अनुशासनविपरीतका काममा शून्य सहनशीलता
राख्नेछु ।' उनले न्यायपरिषद् र न्याय सेवा आयोगलाई प्रभावकारी राखेर राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड दिने पनि बताए । परिषद् र आयोग दुवैका पदेन अध्यक्ष प्रधान न्यायाधीश हुन्छन् । परिषद्ले न्यायाधीश र आयोगले न्यायिक कर्मचारीको मूल्यांकन गरी पुरस्कार वा दण्ड सजाय दिन सक्छ ।
रेग्मीले राम्रो काम गर्नेहरू डराउनु नपर्ने र नराम्रो गर्नेलाई कुनै हालतमा नछाड्ने संकेत दिए ।
निवर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले जस्तै भ्रष्टाचारका मुद्दालाई रेग्मीले पनि उच्च प्राथमिकता दिने भएका छन् । उनले भ्रष्टाचारका मुद्दाको यथाशीघ्र फैसला गर्ने घोषणा गर्दै पुराना मुद्दाहरूको पछ्र्योटमा अब ढिलाइ नगर्ने बताए ।
मुद्दाको व्यवस्थापनमा वैज्ञानिक पद्धति अपनाउने, फैसलाको कार्यान्वयनलाई जोड दिने, जनशक्तिको व्यवस्थापन गर्ने, पुनरावेदनका मुख्य न्यायाधीशलाई बढी जिम्मेवार बनाएर तल्ला अदालतको सुधार गर्ने, पञ्चवर्षीय रणनीतिक योजनालाई अझै विस्तार गर्ने, न्याय सम्पादनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने, विवाद निरूपणमा मेलमिलाप पद्धतिलाई प्रोत्साहन दिने, प्रेससँगको सम्बन्धलाई अझै नजिक्याउनेलगायतका काम आफ्नो ३ वर्ष २ महिनाको कार्यकालमा गर्ने उनले बताए । रेग्मीले गुनासाहरूलाई सोझै आफूकहाँ आइपुग्ने गरी टोल फ्रि नम्बरको पनि व्यवस्था गर्ने भएका छन् । न्यायलाई बिगार्ने विचौलियालाई पाएसम्म आफूले नछाड्ने भन्दै रेग्मीले यसका लागि सूचना दिन सबैलाई आग्रह पनि गरे ।
'हामीसँग अन्तरदृष्टि नभएकाले कहाँ-कहाँ के के भयो भन्ने सबै कुरो आफैंले पत्ता लगाउन सक्दैनौं,' उनले सञ्चारकर्मीसँग आग्रह गरे, 'कहीँ कतै अनियमितता भएको थाहा पाउनेबित्तिकै हामीलाई भनिदिनुहोस्, कारबाही गरेरै छाड्छौं ।' झन्डै चार दशकदेखि न्यायाधीश भएर काम गर्दै आएका रेग्मी नेपालको कानुन प्रणालीको सुधारमा लामो समयदेखि संलग्न छन् । उनले दर्जनभन्दा बढी ऐन नियम र नियमावलीहरू बनाउने र संशोधन गर्ने काम गरिसकेका छन् ।
संसद्मा पारित हुने अवस्थामा पुगेको देवानी आचारसंहिता उनकै अध्यक्षतामा गठित कार्यदलले
सुधार गरेको थियो ।
प्रधानन्यायाधीशको हैसियतले कुर्सीमा बस्नेबित्तिकै उनले सर्वाेच्चका न्यायाधीशहरूलाई सम्बोधन गरेका थिए । 'छिटो छरितो र निष्पक्ष न्याय सम्पादन मेरो मुख्य अभियान हुनेछ,' त्यसक्रममा उनले सहकर्मी न्यायाधीशहरूलाई भनेका थिए, 'त्यसका लागि यहाँहरू सबैको साथ र सहयोगको मैले आशा लिएको छु ।'







प्रकाशित मिति: २०६८ वैशाख २४ ०९:१०

दिउँसो यता, राति उता

काठमाडौ, वैशाख २४ - व्यापारमात्रै होइन सीमा क्षेत्रका बासिन्दको रोजगारी र सामान्य बजार पनि जिल्ला सदरमुकामभन्दा राजधानी नै सहज हुन्छ ।

मानाले भूगोल छुट्याउँछ सिमन छुट्याउन सक्दैन । मन छुट्याउने भए मकवानपुरको फाखेल गाविस हुमानेका चन्द्रबहादुर तामाङको दैनिकी काठमाडौं आउजाउ गरेर कसरी बित्थ्यो ? तामाङ पछिल्लो १५ वर्षदेखि व्यापारका लागि काठमाडौं आउँछन्, साँझ मकवानपुर र्फकन्छन् ।
'सामान ल्याउने र बेच्न लाने काठमाडौं नै हो', ५९ वर्षे तामाङले सुनाए, 'सिमानामा घर छ, बसाइ मकवानपुर, व्यापार काठमाडौं ।'  दुई जिल्लाको सीमा क्षेत्रमा उत्पादन हुने घिउ, खसी, सागसब्जीको बजार काठमाडौं हो । 'दिनभर काठमाडौंवासी, साँझ-बिहान मकवानपुरे,' उनले भने ।
राजधानीको सीमा जोडिएका जिल्लामा बस्नेहरूको दैनिकी झन्डै समान छ । उनीहरूको हिमचिम काठमाडांैसित बढ्छ । बासमात्रै आफ्नो जिल्लामा हुन्छ । जन्म दर्ता, जग्गा, नागरिकताजस्ता सरकारी कामले मात्रै उनीहरूलाई मकवानपुरसित गाँसिरहेको छ । तामाङ भन्छन्, 'लाजपुर्जा र नागरिकता बनाउन हेटांैडा जानुपर्छ, त्यतिबेलामात्रै आफू मकवानपुरे भएको सम्झना हुन्छ ।'
२०३१ सालअघि फाखेल काठमाडौं  थियो ।  त्यसपछि मकवानपुरका नेताले त्यसलाई आफ्नो जिल्लातिर गाभे । अहिले पनि कति नाप नक्सामा फाखेल काठमाडौंतिरै देखिन्छ । 'हामीले डेढ वर्षपछि फाखेल मकवानपुर भएको थाहा पायांै,' तामाङ भन्छन्, 'पछि कति गर्दा पनि काठमाडांैमा गाभ्न सकिएन । हामी दिनभर काठमाडौंको रातभर मकवानपुरको ।'
तामाङमात्रै होइन धादिङ खानीखोलाका प्रेम रूपाखेती पनि सरकारी कामको सिलसिलामा मात्र जिल्ला सदरमुकाम धादिङबंेसी पुग्छन् । काठमाडौंको वाणभन्ज्याङ गाविससँग जोडिएको खानीखोलाका प्रेमजस्ता धेरैको दैनिकी जिल्लामा भन्दा राजधानीसित बढी जोडिएको छ । व्यापार मात्रै होइन उनीहरूलाई रोजगारी र सामान्य बजार पनि जिल्ला सदरमुकामभन्दा राजधानी नै सहज हुन्छ । 'जिल्ला सदरमुकामसित हाम्रो सम्पर्क हुँदैन भने पनि हुन्छ, सबै काम काठमाडौं गएर गर्छौं । प्रशासनिक काम परेमात्र सदरमुकाम जाने हो', उनले सिमानामा बस्दाको अनुभव सुनाए । काठमाडौंसित सबै साइनो गाँसिएकाले गाविसलाई त्यतै गाभ्नुपर्ने उनको सल्लाह छ । उनको गाविसबाट धादिङबंेसी जान  गाडीमा एक दिन लाग्छ भने काठमाडांै दुई घन्टामै पुगिन्छ ।
काठमाडौं जिल्ला नाङ्लेभारे गाविस पटापका सुकु तामाङको सिमानामा बस्दाको अनुभव अरूको भन्दा भिन्न छ । नाममात्रले केही नहुने भन्दै विकासका पूर्वाधार नहुँदा आफूलाई काठमाडौं जिल्ला नै भन्न गाह्रो लाग्ने गरेको उनी बताउँछन् । 'शिक्षा, स्वास्थ्य अहिलेसम्म कुनै विकास भएको छैन भन्दा पनि हुन्छ,' उनले भने । काठमाडौं जिल्ला भनेर छात्रवृत्ति र अन्य सरकारी सुविधाबाट वञ्चित हुनुपरेकोमा उनको दुखेसो छ । विकासका पूर्वाधारले यहाँ अझै छुन सकेको छैन ।
करिब २०३१ सालतिर नाङ्लेभारे लगायतका केही गाविस सिन्धुपाल्चोकबाट काठमाडौं जिल्लामा गाभिएका थिए । काठमाडौंभन्दा न्युरोड र नाङ्लेभारेलाई हेर्ने दृष्टिकोण एउटै भएको भन्दै त्यसरी दाँज्न नमिल्ने उनको तर्क थियो । 'कहाँको न्युरोड र कहाँको लप्सेफेदी, नाङ्लेभारे ?, यो त अमेरिका र नेपालको विकाससँग तुलना गरे जस्तो भइहाल्यो नि,' उनले भने ।
काभ्रे साँगा गाविसका वीरमान श्रेष्ठको दैनिकी पनि काठमाडांैमै बित्छ, दिनभर व्यापार व्यवसाय गरेर बेलुकी उनी साँगा नै र्फकन्छन् । सरकारी काम वा इस्टमित्र भेट्न कहिलेकाहीं उनी सदुरमुकाम बनेपा पुग्छन् । भक्तपुरको चित्तपोल गाविससँग जोडिएको साँगाका स्थानीय बासिन्दा रोजगारी, अन्य व्यवसाय अथवा शिक्षा, स्वास्थ्यको सुविधा लिन दैनिक काठमाडौं धाउँछन् ।
'हाम्रो घरमात्र काभ्रे जिल्ला हो, सबै व्यापार व्यवसाय काठमाडौं वा भक्तपुरमा हुन्छ,' उनले भने । आफ्नो गाविस सुगममै भएकाले काभ्रे जिल्ला सिमानाले कुनै असर नपारेको उनको भनाइ छ । 'हामी काभ्रे, भक्तपुर वा काठमाडौंमै हुँदा कुनै फरक छैन, आखिर चाहिएको विकास हो, भएकै छ,' उनले भने ।




प्रकाशित मिति: २०६८ वैशाख २४ ०९:३५

सभासदलाई झापड हान्ने देवकोटा सिकिस्त

काठमाडौ, वैशाख २४ - माओवादी सभासद झक्कुप्रसाद सुवेदीलाई झापड हानेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रेमराज देवकोटाको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । तिनकुने सुविधाननगरमा कफी सप चलाउँदै आएका देवकोटाले गत सोमबार सभासद सुवेदीलाई पसलमा बोलाएर झपाड हानेका थिए ।
हिरासतमा रहेका गोर्खा गाईखुर-८ का देवकोटाको टाउको,आँखा र क्षाति पोलेपछि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिदैंछ । संविधान नबनाएको आरोप लगाउँदै देवकोटाले सभासद सुवेदीलाई झापड हानेका थिए ।

जेठ १४मा संविधान जारी हुँदैन'

नवलपरासी, वैशाख २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ भित्र संविधान जारी गर्न नसकिने स्पष्ट पारेका छन् । उनले त्यसअघि संबिधानको मस्यौदा जनताको हातमा पुर्‍याउन सके संविधान सभाको म्याद थप्ने आधार तयार हुने बताए । 
जेठ १४ अघि संबिधान जारी गर्न सकिने अबस्था अब टुङ्गिएको ठोकुवा गर्दै उनले अन्तरिम सबिधानमा ब्यवस्था भए बमोजिम संबिधानको खाका जनताको हातमा पुर्‍याउन सके संबिधान सभाको म्याद थप्न सहज हुने बताए । उनले संबिधान निमार्णका लागि ८० प्रतिशत काम पुरा भैसकेकाले तीनदलको सहमति जुटाए छोटो समयमै संबिधान जारी गर्न सकिने दावी गरे । दाहालले संबिधान सभाको म्याद कति समय थपिने हो भन्ने नखुलाइकन संसारमै संबिधान सभाले २ वर्षभित्र संबिधान बनाएको उदाहरण नभएको दावी गरे ।
न्ावलपरासीको पिठौली स्थित नारायणी प्राबिको उदघाटन गर्न शुक्रबार बिहान यहाँ आएका प्रचण्डले क्रान्तिकारी पत्रकार संघद्धारा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
अब छिट्टै बस्ने संबैधानिक समितिको बैठक पछि शान्ति प्रकृयाको मोडालिटी तयार हुने र त्यसपछि शान्ति प्रकृया र संबिधान निमार्णको कार्य एक साथ अघि बढने वताए ।
एमाले प्रति संकेत गर्दै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा गृह मन्त्री माओवादीले पाए लगत्तै एमालेमा तरङ्ग पैदा भएको उल्लेख गर्दै उनले आफ्नो पार्टिमा मन्त्रीमण्डल गठनमा खासै बिमती नरहेको दावी गर्दै कार्यबिभाजनमा सामान्य असहमती भएको उल्लेख गरे । मन्त्री मण्डल गठनमा माओवादीका अर्का नेता मोहन बैद्यको असहमतीलाई उनले बैदको नाम उल्लेख नगरिकन कार्यबिभाजनमा देखिएको सामान्य मतभेदलाई छलफलवाट निर्णयमा पुगिने बताए । उनले बिहान नारायणी प्राबिको उदघाटन गरेर आजै राजधानी फर्किने जनाए  । 

प्रकाशित मिति: २०६८ वैशाख २४ १२:०२